चिकित्सा बिज्ञानमा पछिल्लो दिनमा चिनियाँहरुले निकै चमत्कारिक प्रयोगहरु गर्न थालेका छन् । हालै मात्र हुनान प्रान्तमा एक युवकको मेसिनले काटेर छिनाएको हातलाई उनीहरुले एक महिनासम्म जीवितै राखेर पुनः हातमै जोडिदिएका छन् ।
नाडीबाट छुटिएका हत्केला र औंलालाई जिवित राख्न पनि उनीहरुले अनौठो तरिका अपनाए । टुक्रा हातलाई खुट्टाको नलिहाडमा एक महिनासम्म जोडेर राखे, ताकि टुक्रिएको हात पनि जिवित रहोस् ।नोभेम्बर १० मा जीओ वाईको दाहिने हात कामका क्रममा मेसिनले काटेको थियो । उनले भनेका छन्-’साथीहरुले मेसिन बन्द गरेर मेरो हातको टुक्रा जम्मा नगरेसम्म म टक्क अडिएको थिएँ र के भयो थाहा पाइन ।’ त्यसपछि उनलाई हुनानको एक अस्पतालमा लगियो जहाँ डाक्टरहरुले हात जोड्न नसक्ने जवाफ दिए । तर उनीहरुले अर्को अस्पताल रिफर गरे ।
उनी निराश त थिए तर हार खाएका थिएनन् । उनले चिकित्सकहरुलाई भने-’म अहिले युवा नै छु , म हात विनाको जीवन कल्पना समेत गर्न सक्दिन, जसरी पनि हात जोड्ने उपाय निकाल्नुपर्यो ।’घटनाको झण्डै ७ घण्टापछि उनलाई चाङ्गशाको एक अस्पतालमा पुर्याइयो । जहाँ चिकित्सकले उनलाई हात फेरि जोड्न सक्ने आश जगाए । छुटि्टएको हातलाई डाक्टरहरुले गोडाको नलिखुट्टामा जोडे, ता कि जीवित राख्न सकियोस् । झण्डै एक महिनापछि उनको हात पुन जोडिएको छ । थप अपरेशनपछि उनको हात पहिलाको जस्तै हुने चिकित्सकहरुले जनाएका छन् ।
इजरायलमा कुकुरका लागि छुट्टै च्यानल सुरु भएको छ ।हालै
सुरु भएको ‘डग टीभी’ प्रति कुकुर पनि मोहित हुन थालेका छन । तेल अभिभको डल
बीचमा रहेका कुकुरका मालिक यसलाई लिएर उत्साहित छन, किनकी उनीहरुले आफ्नो
पाल्तु साथी कुकरको मनोरन्जनका लागि नयाँ तरिका भेट्टाए ।
यिनीहरु मध्ये एक हुन जेरुसेलमका जेफ । आफू घरबाट बाहिर निस्कँदा कुकुरलाई
रेडियो सुनाउने गरेका उनी अब डग टीभी सुरु भएपनि खुसी छन् । कुकुरहरु
समूहमा बस्न रुचाउँछन् र आफ्नो मालिक लामो समय अलग रहँदा तनावमा हुन्छन् ।
त्यसैले टीभीमा चर्को भुकाईको सट्टामा बैज्ञानिक अध्ययन र कुशल
प्रशिक्षकहरुको सहयोगमा तयार पारिएको उनीहरुलाई मनोरन्जन दिने संगीत प्रयोग
गरिन्छ । यस्तो संगीतयुक्त टीभी हेर्न पाएपछि कुकुरहरु घण्टौं त्यहाँ
झुम्मिछन, उनीहरु भुक्दा डिस्टर्व भयो भनेर गुनासो गर्ने छिमेकीहरु पनि चुप
छन ।
कुकुरका लागि लक्षित गरिएको भएपनि अहिले टेलिभिजन हेरेर बिरालाहरुले पनि आनन्द लिइरहेका छन् ।
भारतको वाराणसीको चोलापुर गाउँकी कुशमावति जो अहिले ७२ बर्षकी छिन, पछिल्ला
४१ बर्षदेखी लगातार बलुवा खाएर सजिलै पचाउदै आएकी छिन । मेडिकल साइन्सलाई
पनि चुनौती दिने यो घटना भर्खरै मात्र सार्वजनिक भएको कुरा भारतीय
संचारमाध्यममा आएको छ ।यस्तो घटनाबाट डाक्टरहरु पनि छक्क परेका छन् । किनकि यत्रो मात्रामा बालुवा
पचाउनु भनेको अचम्मकै कुरा हो । जानकारहरु भन्छन "यस माथि गम्भीर रुपले
अनुसन्धान हुनु जरुरि छ ।"
उनका छोरा राजेश भन्छन आमालाई बलुवा खाने बानि हटाउन हामीले करिब २८ बर्ष अगाडी नै पनि कोशिश गरेका थियौं । आमा त्यतिबेला धेरै दिन बिरामी पर्नुभयो । तर बालुवा खाएपछी सबै ठिक भयो र आमा तन्दुरुस्त हुनुभयो ।" उनि अगाडी थप्छन "हामी आमाकै लागि बालुवा किनेर ल्याउँछौँ र त्यसलाई राम्ररी धोएर र सुकाएर आमालाई खान दिन्छौं । आमालाई केहि खाइसकेपछी बालुवा अनिबार्य चाहिन्छ नत्र आमा खाना पचाउन सक्नुहुन्न ।"
यस बिषयमा कुरा गर्दा कुशमावती भन्छिन, "धेरै पहिला मेरो पेट एकदमै दुखेको थियो, त्यतिबेला गाउकै कुनै मानिसले सल्लाह दिनुभएको थियो की बालुवा खायो भने पेटको दुखाई बन्द हुन्छ । त्यसबेलादेखि नै मैले बालुवा खान सुरु गरेको हुँ । बालुवा खान थालेको पनि अहिले त ४१ बर्ष भैसक्यो ।"
उनका छोरा राजेश भन्छन आमालाई बलुवा खाने बानि हटाउन हामीले करिब २८ बर्ष अगाडी नै पनि कोशिश गरेका थियौं । आमा त्यतिबेला धेरै दिन बिरामी पर्नुभयो । तर बालुवा खाएपछी सबै ठिक भयो र आमा तन्दुरुस्त हुनुभयो ।" उनि अगाडी थप्छन "हामी आमाकै लागि बालुवा किनेर ल्याउँछौँ र त्यसलाई राम्ररी धोएर र सुकाएर आमालाई खान दिन्छौं । आमालाई केहि खाइसकेपछी बालुवा अनिबार्य चाहिन्छ नत्र आमा खाना पचाउन सक्नुहुन्न ।"
यस बिषयमा कुरा गर्दा कुशमावती भन्छिन, "धेरै पहिला मेरो पेट एकदमै दुखेको थियो, त्यतिबेला गाउकै कुनै मानिसले सल्लाह दिनुभएको थियो की बालुवा खायो भने पेटको दुखाई बन्द हुन्छ । त्यसबेलादेखि नै मैले बालुवा खान सुरु गरेको हुँ । बालुवा खान थालेको पनि अहिले त ४१ बर्ष भैसक्यो ।"
जनावरले मान्छेको बच्चा जन्माएको र मान्छेले जनावरको बच्चा जन्माएको खबर
नयाँ होइन । केही साताअघि मात्र महिलाले घोडाको बच्चा जन्माएकी थिइन् ।
त्यस्तै हालै एक महिलाले बाख्रा आधारको शिशु जन्मएकी छन्।
रुवान्डाको रुबाबुमा एक महिलाले जन्माएको बच्चा मानिस हो वा जनावर पहिचान
गर्नै कठिन भएको छ ।
मुकेशिमाना एलिजाबेथ नामकी महिलाले जन्माएको बच्चा
देखेर सिंगै गाउँमा हल्लीखल्ली मच्चिएको छ । आइजीआइएचइ डट कमका अनुसार
मुकेशिमाना नौ महिने गर्भवती थिइन् । अचानक एक रात पेटमा तिब्र दुखाई महशुस
भयो । घरमा सबै जना खुस थिए ।
अब घरमा सानो पाहुना आउनेमा सबै खुसियाली
मनाउने तयारीमा थिए । तर, अचम्मको शारीरिक संरचना भएको बच्चा जन्मियो सबै
आश्चर्यचकित भए । बच्चाको शरीर केही हदसम्म बाख्रासँग मिल्छ । तर, यो न
जनावर हो न मान्छे छुट्याउन गाह्रो भएको छ ।
अचम्मको कुरा त मुकेशिमाना गर्भावस्थाका क्रममा नियमित रुपमा चिकित्सकीय
जाँच गराएकी थिइन् । तर डाक्टरहरुले कहिल्यै यसप्रकारको आशंकासमेत गरेका
थिइएनन् । एजेन्सी
अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो पेटको बोसो । पेटको बोसो धेरै मानिसहरुका लागि याद राख्ने ठाउँ बनेको छ । यसले तपाईंको व्यक्तित्व मात्र खराब नगरि धेरै प्रकारको रोगको शिकार बनाउन सक्छ । पेटको बोसो घटाउनका लागि यो आयुर्वेदिक पद्धति अपनाउनुहोस् ।
- दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस् । पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ । मनतातो पानीमा एक चिम्टि पहेँलो जुसमा नुन हाल्नुहोस् । यसलाई दैनिक रुपमा पिउने गर्नाले तपाईंको मेटाबोलिजमलाई तीव्र पार्दछ ।
- सेतो चामलबाट टाढै बस्नुहोस् । यसको सट्टामा तपाईंले गहुँको खाद्यसामग्री बनाउन सक्नुहुनेछ । आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस् ।
- गुलियो खानेकुराबाट टाढै बस्नुहोस् । चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसोजम्मा हुन मद्दत गर्दछ ।
- प्रशस्त मात्रामा पानी पिउनुहोस् । यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने दैनिक रुपमा प्रशस्त पानी पिउने गर्नुहोस् । केहि समयको अन्तरालपछि पिइएको पानीले तपाईंको मेटाबोलिजमको गतिलाई तिव्र पार्दछ र शरिरको टक्सिनहरुलाई हटाउने गर्दछ ।
- काँचो मूलालाई चपाउनुहोस् । प्रत्येक बिहान दुई चार वटा मूलाको चाना चपाउनुहोस् र त्यसपछि कागती पानी पिउनुहोस् । यो पद्धतीले तपाईंको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ ।
- शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस् ।
- तरकारी र फलफूलमा बढि जोड दिनुहोस् । दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ ।
- खानामा बढि मसलाको प्रयोग गर्नुहोस् । अदुवा, मरिचलाई खानेकुरामा हाल्न कहिले नछुटाउनुहोस् । यस्ता मसलाले शरिरलाई निकै फाइदा गर्दछ ।
कुनै जनावर अथवा मानिस, टाउको बिना जिउँदो भएको देख्नुभएको छ ? सायद धेरैजसोले टाउको नै छैन भने त मरिहाल्छ नि भनेर सोचिरहनुभएको होला । तर, यो सोचाई गलत भएको छ । टाउको बिना एउटा कुखुरा दुई वर्षसम्म जिउँदो भयो र यसकै कारण विश्वप्रख्यात समेत बन्यो । माइक नाम दिइएको उक्त कुखुराले सन् १९४५ सेप्टेम्बर १० तारिकका दिन आफ्नो टाउको गुमाउनु परेको थियो ।
फ्रुटा कालोराडोका उनका मालिक लोइड ओल्सेनले त्यो दिन उनलाई पकाउने मनसायका साथ उनलाई काटे । माइकलाई काट्ने क्रममा लोइडले उनको सबै गलत
ताङ्सान, चीनका ५१ वर्षीय जाङ्ह फुजिंग प्रत्येक दिन बिहान ४०५ किलोको फलामको जुत्ता लगाएर हिँड्ने गर्दछन् ।बिगत सात वर्षदेखि, फुजिंगले आफ्नो दैनिक व्यायाम यो निकै गह्रुँगो जुत्ता लगाएर गर्ने गर्दछन् । फ्याक्ट्रिमा काम गर्ने उनले यो अचम्म लाग्दो ३० से ।मि । लम्बाई र २० से ।मि चौडाई भएको जुत्ता आफैँ डिजाइन गरेका हुन् । सुरुमा उनको यो जुत्ता मात्र ७० किलोग्रामको थियो तर पछि उनले यसको तौलमा वृद्धि गर्दै गए ।
अहिले उनको यो जुत्ता ४० से ।मि अग्लो र ४०५ किलोको छ, उनको शरिरको तौलभन्दा सात गुणा बढी । यस्तो जुत्ता लगाएर मानिसले आफ्नो खुट्टा उठाउन पनि सक्दैन होला भन्ने धेरै मानिसले सोचेको हुनुपर्छ तर उनका अनुसार यो जुत्ता लगाएर उनी दैनिक दुई मिटर हिँड्ने गर्छन् त्यो पनि २० मिनेटमा । उनले आफ्नो ती जुत्ताहरु आँगनमा राख्छन् र ती निकै गह्रुँगो भएका कारण त्यसलाई कसैले चोर्न सक्दैन भन्ने कुरामा ढुक्क छन् ।
चीनका २४ वर्षीय हो झिलगाङका मुटु पेटको बाहिरी भागमा छ र बाहिरबाट छालालेमात्र ढाकिएको छ । उनलाई जन्मजात हुने मुटुको जोखिमसम्वन्धी विमारी छ । उनका अनुसार उनका बाबुआमालाई यतिका वर्षसम्म झिलगाङ बाँच्छन् भन्ने विश्वास नै थिएन । औसतमा यस्तो रोगबाट पीडित भएकाहरु ९० प्रतिशत बाँच्दैनन् ।
तर, झिलगाङ ती १० प्रतिशत भाग्यमानी मध्येका एक हुन् । झिलगाङले केही समयअघि पत्रिकामार्फत् थाहा पाए कि आफूजस्तै एक व्यक्ति चीनमै छन् । उनको सफल सर्जरी भएको थाहा पाएपछि उनी पनि मुटुलाई सही स्थानमा फर्काउन लालायित छन् । अब उनी पनि सर्जरी गर्न चाहन्छन्, त्यसका लागि उनले डाक्टरसँग सम्पर्क गरिसकेका छन् । डाक्टरले उनको अबस्थाबारे जानकारी लिंदै सहयोग गर्ने बचन दिइसकेका छन् ।
तर, झिलगाङ ती १० प्रतिशत भाग्यमानी मध्येका एक हुन् । झिलगाङले केही समयअघि पत्रिकामार्फत् थाहा पाए कि आफूजस्तै एक व्यक्ति चीनमै छन् । उनको सफल सर्जरी भएको थाहा पाएपछि उनी पनि मुटुलाई सही स्थानमा फर्काउन लालायित छन् । अब उनी पनि सर्जरी गर्न चाहन्छन्, त्यसका लागि उनले डाक्टरसँग सम्पर्क गरिसकेका छन् । डाक्टरले उनको अबस्थाबारे जानकारी लिंदै सहयोग गर्ने बचन दिइसकेका छन् ।