सिन्धुपाल्चोकको राम्चे गाविसमा पर्ने जुरेमा आएको बाढी पहिरोका कारण ८ जनाको ज्यान भएको छ भने सयौं बेपत्ता छन् ।
साउन १७ गते विहान करिब दुई बजे आएको पहिरोका कारण १७ घाइते भएका छन् भने ४० घर पुरिएका छन् । पहिरोको कारणले रोखिएको नदीको बहावलाई नियन्त्रित बहाव सुरु गरी क्षतिलाई न्युनिकरण गर्न २ पटक विष्फोटक पदार्थ प्रयोग गरी रोकिएको नदीको बहाव पुनः सुरु भएको छ ।
पहिरोबाट नदीको करिव २०० मिटर लम्बाई र करिव १५० मिटर उचाईको क्षेत्र पुरिएको थियो । जसले सुनकोशी नदीको पानीको बहावलाई अवरुद्ध गरी उक्त स्थानभन्दा मुनिका क्षेत्रलाई खतराजन्य क्षेत्रमा परिणत गरेको छ । उक्त खतरालाई न्युनिकरण गर्न नेपाली सेनाको ईन्जिनियर्स टोली उक्त स्थानमा परिचालन भई पानीको बहावलाई नियन्त्रित तरिकाले बहाव सुरु गर्न गरेको प्रयास सफल भएको छ ।
तस्वीर सौजन्यः नेपाली सेना
स्पेनमा भएको साँढे दौड प्रतियोगितामा वर्षोनी कुनै न कुनै दुखद घटना भएकै हुन्छन् । साँडे दौडमा सहभागी हुने मान्छेहरु मध्ये केहीले त ज्यान नै गुमाउँछन् भने घाइते हुनेको त गणना नै हुँदैन । स्पनेमा अहिले चलिरहेको साँढे दौड पर्वका बेला एक जना मान्छेलाई मत्त साँढेले सिङमा उन्यो, नराम्ररी उधिन्यो, घाउ नै घाउ बनाइदियो र रगतले लत्पताइदियो । धन्न उद्धारकर्ताहरु आएर ती मान्छेलाई साँढेको पञ्जाबाट फुत्काए र उनको ज्यान बँच्यो ।

















.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

































