हामीले सँधै महशुस गर्दै आइरहेकै कुरा हो, कुनै पनि बासना वा गन्धले हाम्रो शरीर र दिमागमा शक्तिशाली प्रभाव पारिरहेको हुन्छ! बाटोमा हिँड्दै गर्दा कतैबाट मीठो सुगन्ध आयो भने, मनै चङ्गा हुन्छ, फोहोरको दुर्गन्धले नाक खुम्च्याँउछ।
कुनै वास्नाले जीवनका ती पुराना पल झल्यास्स सम्झाइदिन्छन्, कुनैले निकै आत्मीय भाव पैदा गरिदिन्छ। बिहान बिहान कोठामा मिठो अगरबत्तीको बास्नाले त झन् शरिरनै हलुको बनाउँछ, सुघिँरहौं झै बास्नाले लठ्ठ बनाउँछ।
कुरा रह्यो अगरबत्तीको! हजारौँ वर्ष अगाडि देखि नै एसिया र दक्षिणी अफ्रिकामा अगरबत्तीको विशेष महत्व रहँदै आएको छ। धार्मिक तथा आध्यात्मिक समारोहहरूमा धूपको प्रयोगले शारीरिक तथा मानसिक पक्षमा फाइदा गर्दछ भन्ने विश्वास पनि रहेको छ।
यसको धार्मिक महत्व कस्तो रहेको छ त?
धेरै जस्तो धर्म तथा अध्यात्मविद्का अनुसार, धूप एक माध्यम हो- हाम्रो दिमागलाई अदृश्य तत्वहरूसँग मेल गराउनको लागि। अरूको कदर गर्न सिकाउने शक्ति हो अनि स्वर्ग र पृथ्वीलाई जोड्ने अदृश्य शक्तिको मार्गदर्शक हो। यसले हामीलाई सद्भाव र नैतिकताको पाठ सिकाउँदछ।
अगरबत्तीको प्रयोग गर्ने चलन हिन्दु धर्मबाट स्थापित भएको विश्वास गरिन्छ, पछि बुद्ध धर्मावलम्बीहरूले पनि ध्यान गर्नको लागि धूपको प्रयोग गरिएको पाइन्छ। भौतिक तथा सांसारिक दुनियाँभन्दा भिन्न अकल्पनीय स्वर्गीय दुनियाँ जहाँ सबै कुराको अर्थ अनि महत्व छर्लङ्ग हुन्छ, त्यस संसारमा प्रवेश गर्नको लागि अगरबत्तीको सुगन्धले मूख्य भूमीका खल्ने पनि कतिपय धार्मिक गुरुहरूको मान्यता रहेको छ।
भनिन्छ, जब मन, मुटु र मस्तिष्क स्वच्छ, सुन्दर र निश्चल हुन्छ, तब सबै कुराको अर्थ बुझ्न सकिन्छ। संसार के हो, धर्म के हो, कर्म के हो, जीवनको अर्थ के हो, अनि मृत्युको अर्थ के हो? यो सबै कुराको ज्ञान हुनु नै बुद्धत्व पाउनु हो। र हाम्रो मन, मुटु र मस्तिष्कमा सुगन्ध फैलाउने यो अगरबत्तीले पनि ठ्याक्कै यस्तै काम गर्दछ भन्ने धार्मिकशास्त्रीहरूको विश्वास रहेको छ।
विज्ञानले धूपलाई कसरी लिने गर्दछ?
धर्म, अध्यात्म, स्वर्ग, नर्क अनि बुद्धत्वको महत्व आफ्नो ठाँउमा छँदै छ, तर विज्ञानले धूप र यसको बासनालाई भने फरक ढङ्गले व्याख्या गरेको छ। हो, धूपको गन्धले मानिसको दिमागलाई शान्त, आनन्द र स्फूर्त राख्छ, तर शारीरिक रूपमा धूपको धुँवाले फाइदा भन्दा बढी बेफाइदा गर्ने वैज्ञानिकहरू बताउँछन्।
सन् २००८ मा गरिएको एक खोजको अनुसार, धूपको धुँवाले क्यान्सर जस्तो खतरनाक स्वास्थ्य समस्या ल्याउन सक्ने पनि देखिएको थियो। १२ वर्षसम्म चीनका करीब ६० हजार व्यक्तिहरूमा गरिएको अनुसन्धानले धूपको धुँवामा क्यान्सर पैदा गराउने रसायनहरू हुन्छन् भन्ने कुराको पुष्टि भएको थियो।
ती व्यक्तिहरूमध्ये जसले अगरबत्तीको प्रयोग दिनहुँ गर्दथे, तिनीहरूमा फोक्सोको क्यान्सर, अनि माथिल्लो स्वासप्रश्वास प्रणाली जस्तै घाँटी र मुखको क्यान्सरको लक्षण देखा परेको थियो। यो त पहिले भएको अनुसन्धानको नतिजा थियो, तर हालै भएको नयाँ अनुसन्धानले त झन् त्योभन्दा पनि साँचो र ठेट रहस्य पत्ता लगाएको छ।
चीनका वैज्ञानिकहरूले गरेको यो अनुसन्धानले, अगरबत्तीको धुँवा चुरोटको धुँवा भन्दा धेरै गुणाले खतरनाक हुने पनि निष्कर्ष निकालेका छन्। यो अनुसन्धानको नतिजाले एसियाका केहि देशहरू, जस्तै नेपाल, भारत, जापानमा अन्यौलको वातावरण सिर्जना गर्न सक्दछ, जहाँ घर अनि धार्मिक समारोहहरूमा अगरबत्ती बाल्ने परम्परा रहेको हुन्छ।
“घरभित्र धूप बाल्दा हुने स्वास्थ्य समस्याको बारेमा मानिसहरूमा अझ बढी जानकारी दिनुपर्ने हुन्छ।”, ‘साउथ चाइना युनिभर्सिटी अफ टेक्नोलोजी’का अनुसन्धानकर्ता ‘रोङ्ग झु’ले एक पत्रकार सम्मेलनमा भने।
अनुसन्धानकर्ताहरूले चुरोटको धुँवासँग दुई प्रकारको धूपहरूको परीक्षण गरेका थिए। चुरोटको र धूपको धुँवाले ब्याक्टेरिया र चीनमा पाइने मुसाहरूको भ्रूणमा कस्तो असर पर्दछ भनेर परीक्षण गरिएको थियो। ती दुई धूपहरूमा प्रचलित सामाग्रीहरू प्रयोग गरिएको थियो- अगर र चन्दन, जसले धूपमा सुगन्ध थप्ने काम गर्दछ।
धूपको बासनाले आनुवंशिक पदार्थ र डि.एन.ए हरूमा उत्परिवर्तन ल्याउँदछ, जसलाई ‘म्युटाजेनिक्स’ (Mutagenics) भनिन्छ। चुरोटको धुँवासँग दाँजो गरेर हेर्दा, धूपको धुँवा जीवित कोषहरूको लागि अनि प्राणिको डि.एन.ए.को लागि पनि विषालु हुने देखिएको छ। अगरबत्तीहरूमा हुने ६४ वटा यौगिकहरू मध्ये २ वटा यौगिकहरू चाहिँ सबैभन्दा विषालु हुने बताइन्छ।
सुन्दा नराम्रो लाग्न सक्छ तर जो व्यक्तिहरू दिनहूँ धूपको धुँवामा रम्ने गर्छन्, ती व्यक्तिहरूमा ‘म्युटाजेनिक्स’ (Mutagenics), ‘जेनोटक्सिन्स’ (Genotoxins), ‘साइटोटक्सिन्स’ (Cytotoxins) जस्ता खतरनाक विषालु पदार्थहरूले गर्दा क्यान्सर हुन सक्ने अनुसन्धानकर्ता बताउँछन्।
छुटाउनै नहुने, धूपको धुँवाले तब असर गर्छ जब हामीले त्यस धुँवालाई सिधै निल्छौँ। हुन त , चुरोटको धुँवा र धूपको धुँवा सेवन हुने तरिका धेरै फरक हुन्छ। जे होस्, हामी जति धेरै धूपको धुँवामा बस्छौँ, त्यति नै त्यसले असर गरिरहेको हुन्छ। “धूप र चुरोटको धुँवालाई सेवन गर्ने तरिकाले गर्दा धूपलाई सिधै खतरनाक भन्न पनि मिल्दैन। तर यसमा हुने रसायनहरू चुरोटको धुँवा भन्दा पनि खतरनाक हुन्छन्। तपाईँहरूले धूपलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरामा मात्रै भर पर्दछ।”, अनुसन्धानकर्ताहरूले भने।
लज्जाबति झारलाई लाजवंती वा लाजमान्ने झारको नामले पनि चिनिन्छ। यसको बानस्पतिक नाम भने माईमोसा पुदिका हो।हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवन्ति झार भनिएको हो।
गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ।यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ।
अभुमका हर्बल प्रा लि अहमदाबादका डाइरेक्टर डा दीपक आचार्य यहि झारको औषधिय गुणको बारेमा बिगत १५ बर्षदेखि भारतको बिभिन्न क्षेत्रमा रहेर अध्ययन गरिरहेका छन्।भारतको सुदूर आदिवासी अंचल जस्तै पातालकोट (मध्यप्रदेश), डांग (गुजरात) र अरावली (राजस्थान)का आदिवासिहरुले कसरि परम्परागत रुपबाट यसलाई औषधिको रुपमा प्रयोग गर्दै आएका छन् र र यसले कसरि काम गर्छ भन्ने उनले अध्ययन गरेका छन् र यसलाई प्रमाणित गर्दैछन्।
- गन्दे नामक झारको झोलले काटेको ठाउँमा बगेको रगतलाई तुरुन्तै निको बनाए जस्तै लाजवन्ति झारले पनि काटेको घाउलाई निको बनाउँछ। यति मात्रै होइन यो झार बहु उपयोगि छ।
- यो झारको जराको दुइ ग्राम चूर्ण दिनमा तीन पटक मनतातो पानीसंग खानाले बाबाशिर वा अन्य कारणबाट हुने आन्तरिक घाउ छिट्टै निको हुने आचार्य बताउछन्।
- आधुनिक विज्ञानको अनुसन्धान अनुसार भाँचिएको हड्डि रर मांस-पेशिको आंतरिक घाउको उपचारको लागि लाजवन्ति झार अति उपयोगि हुन्छ।
- त्यस्तै, लाजवन्ति झारको जरा तथा बिउको चूर्णलाई दूधसंग मिलाएर खानाले पुरूषमा हुने हुने वीर्यको कमीलाई धेरै कम गर्दछ।
- लाजवन्ति झारको पातको धुलोलाई मख्खनसंग मिलाएर बाबाशिरको घाउमा दिनस्को दुइ वा तिनपटक लगाउनाले छिट्तै निको हुन्छ।
- त्यस्तै, यस्को पातलाई पिसेर नाइटो वरिपरि लगाउनाले धेरै पिसाब आउने समस्या बन्द हुन्छ।
- यसको पातको काड-पानी बनाएर खुवाउनाले मधुमेहको रोगिलाई धेरै फाइदा गर्छ।
- त्यस्तै, यसको बिउको धेउलो बनाएर नियमित सेवन गर्नाले शारिरिक दुर्बलता पनि कम हुन्छ।
- लाजवन्ति र र अश्वगंधाको जरालाई समान मात्रामा मिलाएर पिस्ने र लेप तयार गरेर स्तनमा हल्का मालिस गर्नाले स्त्न झोलिने समस्याबाट मुक्त हुन सकिन्छ।
सामान्य रूपमा देख्दा स्वाइन फ्लुको लक्षण सामान्य बिरामीजस्तै देखिन्छ। सर्दी, रुघाखोकी र ज्वरो नै स्वाइन फ्लुको लक्षण हो। तर, यही लक्षणले कहिलेकाहीँ मानिसको ज्यानै लगिदिन्छ।
स्वाइन फ्लु (एच वान एन वान भाइरस) सुँगुरमा पाइएको छ। यस पशुमा पाइने स्वाइन फ्लुको भाइरसबाट वातावरण दूषित भएपछि मानिसमा पनि पुग्छ र भाइरसको संक्रमण फैलन्छ। यसै संक्रमणले मानिसको ज्यान लिनसक्छ।गुडुची र बेसारमा तुलसी मिसाएर त्यसको सेवन गर्दा शरीरमा प्रतिरोधात्मक क्षमता बढ्छ।
यस्तो प्रतिरोधात्मक क्षमताले स्वाइन फ्लुजस्तो संक्रमणसँग लड्न सकिन्छ। स्वाइन फ्लुबाट बच्न चिसो खालका खानेकुरा बार्नुपर्छ।
चिसो खानेकुराले रुघाखोकी लाग्छ। बरु पालुंगो, लसुन र मुला खाँदा राम्रो हुन्छ। फोक्सोमा कफ जमेको छ भने सस्र्युंको तेलले मालिस गर्नु फाइदाजनक हुन्छ।
तुलसी सेवनको फाइदा
तुलसीमा रहेको औषधीय गुणका कारण यसलाई महत्त्वपूर्ण जडीबुटी मानिन्छ। आयुर्वेदिक चिकित्सकहरू स्वाइन फ्लुको रोकथामका लागि तुलसीको प्रयोग उपयोगी र लाभदायक रहेको बताइरहेका छन्।
परम्परागत चिकित्सा प्रणाली स्वाइन फ्लुको संक्रमण रोक्न असफल भइरहेका छन्। तर, तुलसीको प्रयोग वैकल्पिक चिकित्सामा परिणत गर्न सकिने समय आएको छ।
किनकि तुलसीले भाइरलजन्य रोगसँग लड्नसक्ने क्षमता मानिसलाई प्रदान गर्छ। त्यसैले तुलसीले स्वाइन फ्लुको संक्रमणबाट बच्न निकै सहयोग गर्छ।
तुलसीको नियमित सेवनले तनावबाट मुक्ति, सहनशक्ति वृद्धि, सुजन र कोलेस्ट्रोल कम गर्नुका साथै शरीरमा एन्टिअक्सिडेन्टलको आपूर्ति पनि गर्छ।
-एजेन्सीको सहयोगबाट
क्यान्सर एक असाध्य तथा खतरनाक रोग हो । शरीरका कोषहरुको अनियन्त्रित वृद्धि भयो भने क्यान्सर हुन्छ । क्यान्सरको एकिन उपचार अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यद्यपि यसको आंशिक उपचारमा विभिन्न विधिहरु अपनाउने गरिएको छ । त्यसैले क्यान्सर लाग्नै नदिन सजगता अपनाउनु आवश्यक हुन्छ । आफ्नो दिनचर्या तथा खानपानमा विशेष ध्यान दिने हो भने क्यान्सरको खतराबाट केही हदसम्म जोगिन सकिन्छ । हरियो सागपातको नियमित सेवनले पेटको क्यान्सर लगायतको जोखिम कम गर्छ । फूल गोभी, ब्रोकाउली तथा बन्दा लगायतका तरकारीमा क्यान्सर प्रतिरोधी गुण हुन्छ जसको सेवनबाट सरीरमा घातक क्यान्सरसँग लड्ने क्षमता विकाश हुन्छ । विभिन्न अध्ययनहरुले यो कुराको पुष्टि गरिसकेका छन् । हरियो सागपात तथा तरकारीहरुमा पाइने विभिन्न लवण, फाइबर तथा भिटामिन लगायतका केही त्यस्ता फाइटोकेमिकल्स सरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्नमा सहयोगी हुन्छन् ।
हरियो सागपातमा पाइने सल्फोफेन नामक तत्वले एचडीएसी नामक इन्जाइमको सश्लेषण कम गर्ने र क्यान्सर प्रतिरोधी इन्जाइमको उत्पादन बढाएर एक क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्ने विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार सल्फोरेफेन नामक तत्वले क्यान्सर कोशिकाहरुको वृद्धि तथा फैलावट नियन्त्रण गर्दछ । सरीरमा हुने डिएनए मिथाइलेसन नामक रासायनिक प्रतिक्रियाको माध्यमबाट जिनका केही भागमा प्रभाव स्थापित गरी कोशिकाहरुको कार्यप्रणाली सन्तुलित गर्ने तथा क्यान्सर कोषको विकाश रोक्ने काम गर्छ । त्यसकारण हरियो सागपातको नियमित तथा यथेष्ट सेवन क्यान्सर लगायतका विभिन्न खाले रोगको खतरा कम गर्न अति महत्वपर्ूण्ा हुन्छ । हरियो सागपात तथा रेशादार खानेकुराको नियमित भोजनले स्तन क्यान्सर, रक्त क्यान्सर जस्ता खतरनाक क्यान्सरको खतरा पनि कम गर्छ ।
थाहा पाउनैपर्ने कुरा के छ भने, यस्ता सागपात पकाउँदा धेरैबेर पकाउनु भने हुँदैन । धेरै पकाइयो भने त्यसमा भएको भिटामिन सी तथा फोलेट जस्ता उपयोगी तत्व नास हुन्छन् । केवल हरियो सागपात मात्र होइन केही रेशादार खाद्यपदार्थहरु पनि क्यान्सर प्रतिरोधी गुणले युक्त हुन्छन् । अदुवाले रगतमा सुगरको मात्रा घटाउँछ, लसुनलेे रगतमा चिल्लोको मात्रा घटाउँछ भने बेसारले सुजन नियन्त्रण गर्न सघाउ पुराउँछ । यावत् पदार्थहरु हाम्रो दैनिक भोजनमा यथेष्ट मात्रामा समावेश गर्ने हो भने क्यान्सर जस्ता असाध्य रोगका साथै अरु विभिन्न खाले स्वास्थ्य समस्याको जोखिम पनि कम हुने कुरा क्लिनिकल एपिजेनेटिक्स जर्नलमा छापिएको छ ।
पछिल्ला केही महिनामा स्वाईन फ्लु को कारणले विश्वभर थुप्रै मानिसहरुको मृत्यु भईसकेको छ। केही दिन मात्र अगाडी नेपालमा समेत स्वाइन फ्लुको कारण मृत्यु भएको छ ।नेपालस“ग सीमा जोडिएका कारण तथा नेपाल भारतबीच खुल्ला सीमाका कारण नेपालमा संक्रमणको खतरा अधिक छ । तर यदी चाहानु भयो तपाइले स्वाईन फ्लु माथी विजय पाउन सक्नुहुन्छ । यसको लागी यस बारे जानकारी लिनु धेरै जरुरी छ। यसको बारेमा जानकारी लिएर तपाई पनी स्वाईन फ्लु बाट सचेत बन्न सक्नुहुन्छ । त्यसो भए के गर्ने त ? हामीले यसबारे केही जानकारी दिने प्रयास गरेका छौं ।
स्वाइन फ्लू के हो ?:- स्वाईन फ्लु एक खतरनाक भाइरस हो जुन सुगुरको कारण फैलिने गर्दछ । सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्राज इलाकाको सुगु“र फार्ममा सबैभन्दा पहिले देखिएको थियो । यसलाई कतै–कतै सुगुर ज्वरो पनि भन्ने गरिन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन ।
– H1N1
– H1N2
– H3N2
– H3N1
जस मध्ये अहिले ज्ज्ञल्ज्ञ जुन सबैभन्दा खतरनाक भाइरस हो त्यसैको सक्रमण संसारका करिब दुई सय देशहरुमा देखिइसकेको छ । प्रयोगशालामा गरिएको परीक्षणहरु बाट यो रोगको भाइरसको जीन उत्तरी अमेरिकाका सुंगुरमा पाइने जीनजस्तो भएको पत्ता लागेको थियो। जसका कारण यसलाई स्वाइन फ्लू भन्न थालिएको हो ।
कसरी फैलन्छ स्वाइन फ्लू ?:- सर्वप्रथम त सु“गुर को सम्पर्कमा नियमित रहिरहने मानिसहरुमा सु“गुरबाट यो भाइरस सर्ने गर्दछ । त्यसपछि स्वाइन फ्लू प्रभावित व्यक्तीहरुको सम्पर्कमा आउ“दा हावाबाट सर्ने गर्दछ । स्वाइनफ्लुको किटाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ ।रोगीले कुरा गर्दा, खोक्दा वा हाच्छिउ गर्दा किटाणु युक्त स–साना पानीको नदेखिने कण वातावरणमा फैलिन्छ । यस बाहेक घर वा सार्वजनिक स्थानमा दिनहु“ उपयोगमा आउने वस्तुमा समेत किटाणु हुन सक्छन् । ढोकाको हेन्डिल, टी.भी.को रिमोट कन्ट्रोल, हात राखेर हिडने रेलिङ, बसको गेटमा भएको हेन्डिल, कम्प्युटरको कि–बोर्ड, आदि सतहमा विÈाणु घन्टौं जीवित रहन सक्छन् ।
यसका लक्षणहरु के–के हुन त ?:- यसको लक्षण सामान्य रुघा खोकी स“ग मिल्दो जुल्दो हुन्छ तर रगतको परिक्षण बाटमात्र यो पत्ता लगाउन सकिन्छ । स्वाइन फ्लु भए ज्वरो आउने, घा“टी दुख्ने, जीउ दुख्ने, थकाइ लाग्नेजस्ता लक्षणदेखिन्छ । सास लिन कठिनाइ, वान्ता, झाडापखाला समेत हुन सक्छ ।
उपचार र बचावटका उपायहरु :- यदी शुरुवाती दिनहरुमा नै यस रोगको पहिचान हुन सकेमा यस रोगको उपचार केही हद सम्म सम्भव छ । यदी नेपालमा यसको संक्रमण्ँ भेटिएमा नेपाल सरकारले काठमाडौमा यसको उपचारका लागि विशेस प्रबन्ध गरेको छ ।यसबाट बच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा–सुग्गर रहनु नै हो । सार्वजनिक स्थानहरुमा जा“दा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउ“ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही उपायहरु हुन किनकी फोहोरबाट भाइरस छिटै फैलिन सक्छ ।
प्याज भान्सामा नियमित तरकारी वा मसलाको रुपमा प्रयोग हुने बस्तु हो । कतिपयलाई प्याज मन नपरेपनि अधिकांशलाई यो मन पर्छ ।प्याज सामान्य देखिने बस्तु भएपनि यसका दर्जनौं फाइदा छन् । प्याजले रोगसँग लढ्ने क्षमता बढाउँछ भने अनुहार पनि सफा पार्छ । आँखाको दृष्टी बढाउने प्याजले विभिन्न रोगबाट पनि बचाउँछ । यदि तपाई स्वास गन्हाउने डरले प्याज खानुहुँदैन भने आजदेखि मज्जाले प्याज खानुहोस्
यहाँ प्याजका १० फाइदाबारे चर्चा गरिएको छ ।
१. कोलेस्ट्रोल सन्तुलित राख्छ
प्याजमा पाइने एन्टी-ब्याक्टेरियल गुणले शरीरमा हुने कोलेस्ट्रोलको स्तर नियमितरुपमा कम राख्छ । प्याजमा हुने तत्वले पाँचन प्रणाली पनि सुधार गर्छ ।
२. मुटुलाई फाइदाजनक
काँचो प्याजले रक्तचापलाई सन्तुलित राख्छ । यसमा हुने मिथाइल सल्फाइड र एमीनो एसिडले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ मुटुमा हुने रोग लाग्न दिँदैन ।
३. कपालका लागि फाइदाजनक
प्याजले कपाललाई पनि स्वस्थ राख्छ । प्याजको रस लगाउँदा कपाल झर्न रोकिन्छ भने कालो पनि हुन्छ । यसले कपाललाई फुल्नबाट रोकेर कालो पार्ने काम समेत गर्छ ।
४. क्यान्सरबाट बचाउँछ
प्याजमा सल्फर तत्व अधिक हुन्छ । यो पेटमा हुने कोलोन, स्तन वा फोक्सोको क्यानसरबाट बचाउन उपयोगी हुन्छ । यसले पिसावमा हुने संक्रमण समेत रोक्छ ।
५. मधुमेहबाट बचाउँछ
नियमित प्याज सेवन गर्दा शरीरमा इन्सुलिनको मात्र सन्तुलित हुन्छ र मधुमेहबाट बचाउँछ । मधुमेह हुने ब्यक्तिले नियमित खानामा प्याज सलादकोरुपमा खानु राम्रो हुन्छ ।
६. पत्थर
पत्थर भएका ब्यक्तिलाई प्याजको सेवन निक्कै राम्रो हुन्छ । प्याजको रस चिनीसँग मिलाएर शरवत बनाएर सेवन गरेमा पत्थरीको समस्या रहँदैन । प्याजको रस सहितको पानी विहानमा सेवन गर्दा पत्थरी निस्कन्छ ।
७. कब्जियतको समस्या समाधान
प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ । प्याजमा हुने रेशादार पदार्थले पेटमा हुने समस्याबाट मुक्त गर्छ ।
८. चिसोबाट बचाउँछ
प्याज गर्मी चिज हो । यसले चिसो हुनबाट बचाउँछ । चिसो लागेको समयमा वा रुघा खोकी लाग्दा प्याजको सेवन गर्दा फाइदा हुन्छ ।
९. लू बाट बचाउँछ
गर्मी मौषममा प्याज सेवन गर्दा लू लाग्ने खतरा हुँदैन । प्याजको एक चम्चा रस पानीमा मिसाएर छातीमा मालिस गर्दा फाइदाजनक हुन्छ ।
१०. यौन शक्ति बढाउँछ
प्याजले यौन शक्ति पनि वृद्धी गर्छ । सुन्दर यौन जीवनका लागि प्याजको सेवन फाइदाजनक मानिन्छ । पुरुषले प्याजको सेवन गर्दा उनीहरुको यौन शक्ति बढ्छ ।
यहाँ प्याजका १० फाइदाबारे चर्चा गरिएको छ ।
१. कोलेस्ट्रोल सन्तुलित राख्छ
प्याजमा पाइने एन्टी-ब्याक्टेरियल गुणले शरीरमा हुने कोलेस्ट्रोलको स्तर नियमितरुपमा कम राख्छ । प्याजमा हुने तत्वले पाँचन प्रणाली पनि सुधार गर्छ ।
२. मुटुलाई फाइदाजनक
काँचो प्याजले रक्तचापलाई सन्तुलित राख्छ । यसमा हुने मिथाइल सल्फाइड र एमीनो एसिडले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ मुटुमा हुने रोग लाग्न दिँदैन ।
३. कपालका लागि फाइदाजनक
प्याजले कपाललाई पनि स्वस्थ राख्छ । प्याजको रस लगाउँदा कपाल झर्न रोकिन्छ भने कालो पनि हुन्छ । यसले कपाललाई फुल्नबाट रोकेर कालो पार्ने काम समेत गर्छ ।
४. क्यान्सरबाट बचाउँछ
प्याजमा सल्फर तत्व अधिक हुन्छ । यो पेटमा हुने कोलोन, स्तन वा फोक्सोको क्यानसरबाट बचाउन उपयोगी हुन्छ । यसले पिसावमा हुने संक्रमण समेत रोक्छ ।
५. मधुमेहबाट बचाउँछ
नियमित प्याज सेवन गर्दा शरीरमा इन्सुलिनको मात्र सन्तुलित हुन्छ र मधुमेहबाट बचाउँछ । मधुमेह हुने ब्यक्तिले नियमित खानामा प्याज सलादकोरुपमा खानु राम्रो हुन्छ ।
६. पत्थर
पत्थर भएका ब्यक्तिलाई प्याजको सेवन निक्कै राम्रो हुन्छ । प्याजको रस चिनीसँग मिलाएर शरवत बनाएर सेवन गरेमा पत्थरीको समस्या रहँदैन । प्याजको रस सहितको पानी विहानमा सेवन गर्दा पत्थरी निस्कन्छ ।
७. कब्जियतको समस्या समाधान
प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ । प्याजमा हुने रेशादार पदार्थले पेटमा हुने समस्याबाट मुक्त गर्छ ।
८. चिसोबाट बचाउँछ
प्याज गर्मी चिज हो । यसले चिसो हुनबाट बचाउँछ । चिसो लागेको समयमा वा रुघा खोकी लाग्दा प्याजको सेवन गर्दा फाइदा हुन्छ ।
९. लू बाट बचाउँछ
गर्मी मौषममा प्याज सेवन गर्दा लू लाग्ने खतरा हुँदैन । प्याजको एक चम्चा रस पानीमा मिसाएर छातीमा मालिस गर्दा फाइदाजनक हुन्छ ।
१०. यौन शक्ति बढाउँछ
प्याजले यौन शक्ति पनि वृद्धी गर्छ । सुन्दर यौन जीवनका लागि प्याजको सेवन फाइदाजनक मानिन्छ । पुरुषले प्याजको सेवन गर्दा उनीहरुको यौन शक्ति बढ्छ ।
के तपाईं आफ्नो बढिरहेको कम्मरका कारण तनावमा हुनुहुन्छ रु लुगाबाट प्रस्टै देखिने मोटो कम्मरबाट सम्भवतः सबैलाई छुटकारा पाउन मन लाग्छ होला । तर, सहि तरिका थाहा नपाउँदा नचाहँदा नचाहँदै पनि यस्तो समस्याको शिकार धेरै मानिसहरु हुनुपर्छ ।मोटोपन कसैलाई पनि मन पर्दैन। जोही पनि आफु सुन्दर देखिन चाहन्छ । मनिसको सुन्दरता बढाउन शरिरका रहेक अङ्गको उतिकै महत्तो हुन्छ। पेट लागेको व्यक्ति खसै आकर्ष्क देखिदैनन् । बिचार गर्नुहोस् कतै तपाई पनि पेट लागेर तनावमा त हुनुहुन्न? यस्तो हो भने तपाइँको लागि खुसीको खवर छ । पेट घटाउन चाहनेहरुका लागि नयाँ वेट ट्रेनिङ विकाश भएको छ ।
अमेरिकाको हावार्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुले आफ्नो अध्यनका क्रममा पेटघटाउने नयाँ विधी विकाश गरेका हुन् जुन केवल २० मिनेटको अभ्यास गर्दा तपाइँको पेट सहजै घट्छ । शोधकर्ताहरुका अनुसार २० मिनेटको एरोबेटिक्स वा वेट ट्रेनिङको मद्दतले तपाइँको मसल नघटाइकन पेट घटाउन सकिने बताएका छन् । शोधर्कताहरुले यस्तो ट्रेनिङ तथा एरोबेटिक्सबाट उमेर घर्किसकेका मानिसले पनि पेटघटाउन सक्ने दावी समेत गरेका छन् । शोधका क्रममा सन् १९८८ देखि २००८ सम्म ४० वा त्यस भन्दा बढी उमेरका महिला पुरुष गरेर १० हजार जनामा यस्तो अनुसन्धान गरिएको थियो । बीस मिनेटमा पेट घटाउने यो विधीले धेरैलाई फाइदा गर्ने विश्वास गरिएको छ । आउनुहोस्, हामी तपाईंलाई घरेलु उपायद्वारा पातलो कम्मर पाउने सजिलो तरिकाको बारेमा जानकारी दिँदैछौँ ।
अमेरिकाको हावार्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुले आफ्नो अध्यनका क्रममा पेटघटाउने नयाँ विधी विकाश गरेका हुन् जुन केवल २० मिनेटको अभ्यास गर्दा तपाइँको पेट सहजै घट्छ । शोधकर्ताहरुका अनुसार २० मिनेटको एरोबेटिक्स वा वेट ट्रेनिङको मद्दतले तपाइँको मसल नघटाइकन पेट घटाउन सकिने बताएका छन् । शोधर्कताहरुले यस्तो ट्रेनिङ तथा एरोबेटिक्सबाट उमेर घर्किसकेका मानिसले पनि पेटघटाउन सक्ने दावी समेत गरेका छन् । शोधका क्रममा सन् १९८८ देखि २००८ सम्म ४० वा त्यस भन्दा बढी उमेरका महिला पुरुष गरेर १० हजार जनामा यस्तो अनुसन्धान गरिएको थियो । बीस मिनेटमा पेट घटाउने यो विधीले धेरैलाई फाइदा गर्ने विश्वास गरिएको छ । आउनुहोस्, हामी तपाईंलाई घरेलु उपायद्वारा पातलो कम्मर पाउने सजिलो तरिकाको बारेमा जानकारी दिँदैछौँ ।
२. क्रेनबेरीको रसः क्रेनबेरीमा भरपूर मात्रामा मेलिक एसिड, साइट्रिक एसिड र क्यूनिक एसिड हुने भएका कारण यसले इन्जाइमको रुपमा काम गर्ने गर्दछ । त्यसकारण यसले कम्मरको चौडाईलाई घटाउन मद्दत गर्दछ । हरेक दिन शत प्रतिशत शुद्ध क्रेनबेरीको रस पिउनाले तपाईंले केहि दिनमा नै पातलो कम्मर पाउन सक्नुहुन्छ ।
३. माछाको तेल पिउनुहोस् अथवा माछा खानुहोस्ः आफ्नो पेटमा जमेको बोसोलाई कम गर्न चाहनुहुन्छ भने माछाको तेलको सेवन गर्नुहोस् । माछाको ओमेगा थ्रीको फ्याटी एसिडमा पाइने आइकोसिपेन्टिनोइक एसिड, डोकोसुहेक्सीनोइक एसिड र लिनोलेनिक एसिडले पेटको बोसोलाई घटाउन मद्दत गर्दछ ।
४. अदुवा हालेको चियाः हुन त नेपाली खानामा अदुवाको प्रयोग नियमित रुपमा हुने गर्दछ जसले पातलो कम्मर हुन मद्दत गर्दछ । अदुवाले हाम्रो शरिरको तापक्रमलाई बढाउँदछ जसले गर्दा पेटमा जमेको बोसोलाई कम गर्दछ । तपाईंको पेटमा बोसो थुप्रै कारणले जम्मा हुन सक्दछ तर यसको विकल्पद्वारा निकै सजिलै सँग जम्मा भएका बोसो घटाउन सक्नुुहुनेछ ।
अदुवाको सेवन शरिरमा कोर्टिसोलको उत्पादनलाई घटाउने गर्दछ र शरिरको उर्जालाई नियन्त्रणमा राख्ने गर्दछ । त्यसकारण यदि तपाईं तरकारीमा अदुवा हाल्नु हुन्न भने चियामा हालेर पिउनुहोस् ।
वास्तुशास्त्र एक प्राचीन विज्ञान हो । वास्तुशास्त्रलाई आधुनिक विज्ञानले पनि विस्वाशीलो आधार मान्ने गर्छ । यसै गरी वास्तुशास्त्रलाई हिन्दु शास्त्रले पनि विस्वाश गर्ने गर्छ । वास्तुशास्त्र अनुसार मानिस बस्ने घर अथवा भवन निर्माण गर्दा कुन दिशा शुभ कुन अशुभ हुने कुरा यसरी विश्लेषण गरेको छ ।
पूर्व दिशा
वास्तुशास्त्र अनुसार घरको पूर्व दिशामा मूल ढोका हुनु राम्रो मानिन्छ । यसैगरी बरन्डा, ढोका, झ्याल, बास बेसिन आदि बनाउन शुभ मानिन्छ । बालबालिकाहरुले यो दिशातर्फ फर्केर अध्ययन गरे राम्रो हुने वास्तुशास्त्र बताउँछ ।
दक्षिण–पूर्व दिशा
यसलाई आग्नेय भनिन्छ । यो दिशामा अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ । भान्साकोठा यो दिशामा बनाउन राम्रो हुने वास्तुशास्त्र बताउँछ । ट्रान्सर्फमर, जेनेरेटर आदि यो दिशामा राख्नुपर्छ । यसका साथै यो दिशामा घरमा काम गर्नेको कोठा, ट्वाइलेट आदि बनाउन सकिन्छ ।
दक्षिण–दिशा
घरको दक्षिण–दिशामा खुलापन हुनुपर्छ । यो दिशामा कुनै प्रकारको खाल्टो अथवा चर्पी हुनु राम्रो नहुने वास्तुशास्त्र बताउँछ । यो दिशा धन सम्पत्ति अथवा पैसा राख्न उपयुक्त मानिन्छ ।
दक्षिण–पश्चिम दिशा
घरको दक्षिण–पश्चिम दिशामा परिवारको मुलीको कोठा हुनु शुभ मानिन्छ । यो दिशामा बिर्षेर पनि घरमा काम गर्नेहरु बस्ने कोठा बनाउनु हुदैन । यो दिशामा झ्याल ढोका बनाउनु हुदैन ।
पश्चिम दिशा
घरको पश्चिम दिशामा भोजन कक्ष वा शौचालय निर्माण गर्दा राम्रो हुने वाीतुशास्त्र बताउँछ ।
उत्तर–पश्चिम दिशा
वास्तुशास्त्र अनुसार घरको उत्तर–पश्चिम दिशामा गोठ, बेडरुम, ग्यारेज आदि बनाउनु शुभ मानिन्छ । घरमा काम गर्नेहरुको कोठा पनि यही दिशामा हुनु राम्रो मानिन्छ ।
श्रोतः नेपाली विकिपीडिया र एजेन्सीहरु
श्रोतः नेपाली विकिपीडिया र एजेन्सीहरु
विश्वका अधिकांश समुदायमा देवी एक अध्यात्मिक संसारको प्रतिक हो । तर, नेपालमा देवीहरु बाँचिरहेका छन् । उनीहरुलाई जीवित देवी कुमारीको रूपमा पुजिन्छ । यो भूमिकाका लागि उनीहरु कठोर ३२ चरण पार गर्नु पर्ने हुन्छ ।
तर, उनीहरुलाई नाम र सम्मान मात्र दिइँदैन, उनीहरुको जीवन नै परिर्वतन हुन्छ । उनीहरु आफूले चाहेको बेला घरबाहिर निस्कन र हिडडुल गर्न पाउँदैनन् । चाडपर्वहरुमा मात्र उनीहरु जिवित देवी कुमारीका रुपमा उपस्थित हुन्छन् ।
यसरी जाँदा पनि उनीहरुको पाउले भुई छाएको हुँदैन । रथमा राखेर यात्रा गराइन्छ वा बोकिन्छ । उनीलाई स्कुल जान रोक लगाइएको हुन्छ भने समाजमा दिनदिनै हुने कामकारबाहीबाट पनि अलग गरिएको हुन्छ । आवश्यक पठन पाठनको व्यवस्था छुट्टै मिलाइन्छ ।
तर, जब उनीहरु यौवन अवस्थामा पुग्छन्, फेरि सबै परिर्वतन हुन्छ । रजश्वाला भएपछि उनीहरुलाई १२ दिने गुफामा राखिन्छ र उनीहरुको कुमारी जीवन अन्त्य भएर समान्य जीवन सुरु हुन्छ ।

- कुमारी भएपछि समिता बज्राचार्य । उनीहरुलाई घर बाहिर जान दिइँदैन । कुमारीलाई पर्वहरुमा हुने पूजाहरुमा मात्र जिवित देवीको रुपमा लैजाने गरिन्छ ।


- कुमारी भएपछि समिता बज्राचार्य स्कुल जान पाइनन् । उनलाई अध्ययनका लागि छुट्टै व्यवस्था गरिएको थियो । उनलाई पढाउन सेन्ट भेभियरबाट एक शिक्षकलाई घरमै बोलाइएको थियो ।

- चाडपर्वमा जिवित कुमारीका रुपमा उपस्थित हुने बेला समितालार्इ परम्परागत श्रृगार लगाइदिँदै ।


- जीवित कुमारीको रुपमा मन्दिरमा बोकेर लैजाँदै परिवारका सदस्य । कुमारी भएको अवधीमा उनीहरुले भुइँमा टेकको हुँदैन । रथमा यात्रापछि यसरी नै बोकेर लैजाने प्रचलन छ ।

- कुमारी जीवन अन्त्य भएपछि स्कुलका साथीहरुसँग खेल्दै समिता ।

- गुफा राखेको समयमा समितालाई समारोहमा ल्याउँदै उनकी आमा पूर्णासोभा । गुफा बसेको समयमा उनीहरुले घाम देख्नु हुँदैन भन्ने मान्यता रहकाले अनुहार छोपिएको छ ।

- गुफापछि बाबु कुलरत्न, आमा पूर्णासोभा र भाई सविनको साथमा समिता । अब उनकाे जीवन अन्य किशोरीहरू जस्तै सुरू हुन्छ ।
+20- १२ दिन गुफा बसेका समिता नजिकैको नदीमा आफ्नो निधारमा तेस्रो आँखाका रुपमा बनाइएको आकृति पखाल्दै । जुन परम्परागत रंगले बनाइएको हुन्छ ।

- सामान्य जीवन सुरू गर्दै । १२ दिनको गुफापछि उनले नयाँ जीवन सुरू गरिन् र अन्य मानिसहरू जस्तै समाजमा हरेक काममा संलग्न हुन सकिन् ।


- पूर्व कुमारी समिता बज्राचार्य अन्य साथीहरुसँग प्रवेशिका परीक्षामा सहभागी हुँदै ।
डेलिमेलको सहयोगमा
Asia
| Permitted length of | |
|---|---|
| 120 day visa issued on | |
| visa required | |
| 15-day visa issued on arrival (pre-approval required) | |
| Unlimited access | |
| 360-day visa issued on arrival | |
| 30-day visa issued on arrival | |
| 30 days | |
| Right of abode | |
| 30 days | |
| 21 days | |
| 30 days - ETA required ($15) | |
| 15 day visa issued on arrival | |
| 30 days | |
| 30 day visa issued on arrival |
Africa
| Countries and Territories | Permitted length of stay |
|---|---|
| visa issued on arrival | |
| visa issued on arrival | |
| 1 | |
| 30 day visa issued on arrival | |
| 3 month visa issued on arrival | |
| 90 day visa issued on arrival | |
| 1 month visa issued on arrival | |
| 1 month | |
| 3 month visa issued on arrival | |
| 7 day visa issued on arrival | |
| 3 month visa issued on arrival | |
| 3 month visa issued on arrival |
Americas
| Countries and Territories | Permitted length of stay |
|---|---|
| 21 days | |
| 3 months | |
| 1 month |
Oceania
| Countries and Territories | Permitted length of stay |
|---|---|
| 30 days | |
| 30 days | |
| 30 days visa on arrival | |
| 60 days | |
| 1 month |
In these countries, you will be issued a visa when you enter.









