आज म केही साथीहरुले सामाजिक संजालमा उललेख
गरेको र मलाई ट्याग गरेका दलित सम्बन्धि कुराहरुमा केन्द्रित हुदै केहि लेखन मन
लाग्यो ।मनुस्मृतिको घिन लाग्दो चातुरबर्णमा आधारित सुद्र (अछुत ) बनाएकाहरु (जसलाई
अहिले उत्पीडित र दलित भनेर बुझिन्छ ) को पीडा र संबेदनाको अनुभवलाई आत्मा साथ
गर्दै समाज परिवर्तन र दिशाबोध गराउछु भन्ने बुदिजिबि र समुह दुवारा समय समयमा यो
जुकरबक क्याफेको सामाजिक भितोमा सकरात्मक भन्दा नि नकरात्मक सब्द मिस्रित व्यक्त
चिन्तनका अध्यारा पाटाहरु, बिचारहरु पढ्दा हजारौ टाउका भएका शेषनाघहरु नै भएको हो आत्मबोध हुन्छ
। यधपी समग्रमा भनु पर्दा सर्बाधिक स्वीकृत व्यक्तित्व बुद्ध र सर्बाधिक
घृणासपद व्यक्तित्व हिटलर दुबै थरि बिचारका, चिन्तनका सुद्र (अछुत ), दलित समुदायमा छन् । अब यी दुवै पक्षलाई शक्तिको रुपमा पर्योग
गर्ने समय भएको छ । सकरात्मक त् त्यतिकै सकरात्मक छ त्यसलाई सुधारको आवश्यकता
पर्दैन र त्यसलाई कुनै खोल लगाएर प्रस्तुत गर्नु पर्दैन तर नकरात्मक कुरालाई
सकरात्मक रुपमा बदलिनु पर्छ । व्यक्तिगत स्वार्थ र अलगाववादी मानसिकताका कारण
केहीले इतिहास देखि सुद्र (अछुत ), दलित भनेर अनेकौ तय तरिकाले
अपव्याख्या गरीदिँदा यो सुद्र (अछुत ) दलित समुदायका बारेमा के हौ हामी र हाम्रो
मुख्य समस्या के हो भनेर केही भ्रम सृजना भएको पाइन्छ । तर हजारौ बर्ष शोषित
उत्पीडित भएकोलाई सूद्र,दलित त्यतिकै भएका हैनौ भनेर व्यहोरालाई गाली गरेर बस्ने दिन छैन अब
।
यथार्थमा गहिरिएर बर्णश्रमि समाज भित्र यसले
सिर्जना गरेको शोषण उत्पीडन निर्मुलको उपाय खोज्ने हो भने अवस्था सकरात्मक छैन ।
खास गरि सुद्र (अछुत ) बनाएकाहरु सबैको सही प्रतिनिधित्व तब मात्रै हुन्छ, जब बर्णश्रमि समाज भित्र सुद्र (अछुत) बनाएकाहरु साझा समस्या पहिचान
गरेर सूनिश्चित हुन्छन । अहिले जे जति सुद्र (अछुत), दलित उत्पीडित को दाग मेटाउने काम
भन्दा नि सब्दको आछेप लगाउने प्रकृयाहरु भएका छन् ति सबैले अरु सुद्र (अछुत), दलित समुदायलाई अझ छायाँमा पारिरहेको
अवस्था छ ।
हामी एक भएर हाम्रो समस्या पहिचान गरेर अघि
बढ्नु पर्ने बेलामा हामी लाई सम्झाउने दलितका बुदिजिबि साथीहरु आफैले ठीक ढंगले
बुझ्न नसकेर अलिकति असमयमा बहस शुरु गर्नुभएको छ ।अब बन्ने नया संबिधानमा सुद्र
(अछुत ) दलित बनाएकाहरु लाई न्यायोचित ब्यबस्था गराउने यो बेला के दलित हौ र हैनौ
भन्ने बहसको उपयुक्त समय हो ? कुनै युगमा बर्ण सोचले तयार गरेको सुद्र लाई हाम्रा अग्रजले जे जस्तो
कारणले दलित भनेर बुझाउने काम गरे पनि अहिलेका समस्याको व्याख्या गर्न सकने भन्ने
दलित सब्द नै छ । सुद्र या दलित निश्चित रुपमा हामी उत्पीडित भएका कमि दमै सार्की
लगायत् अन्य २५ ओटा जतिको बुझाई हो ।
सुद्र
वा दलित , उत्पीडित
भन्दा पनि राज्यको चरित्र र ब्यबहारिक सामाजिक ब्यबस्था प्रमुख कुरा हो । हामीले
सुद्र वा दलित , उत्पीडित
को पक्षमा कुन सब्द उपयुक्त हुन्छ भनेर अवलम्बन गर्ने कुरालाई स्थायी सिद्धान्तका
रुपमा व्याख्या गर्नुहुँदैन । मुल कुरा हामीले हेर्ने भनेको त्यो राज्यको चरित्र
कस्तो छ ? सबै
नागरिकलाई राज्यको मुलधारमा ल्याउन कतिको कानुनी प्रक्रियालाई ब्यबहारिक रुपमा
लागु गर्छ । मानबिय मूल्य मान्यतामा आधारित हो कि, सामन्ती सोच बोकेको हो कि ? यो हेरिनुपर्छ । सुद्र या दलित हो कि
हैन भन्ने कुराले यो तय गर्दैन ।
अहिलेको यो गम्भिर परिस्थितिमा सुद्र (अछुत ), दलित
अगुवाहरु धेरै सचेत र जिम्मेवार भएर लाग्नु पर्ने अवस्था छ । यति बेला
गरिएको थोरै गल्तीले हाम्रै समुदाय बीच भावनात्मक फाटो आउनसक्छ । जो जस्को पक्ष वा
विपक्षमा रहेपनि त्यो हुन दिनुहुन्न । मुल कुरा कसरी सुद्र (अछुत ) दलितहरुले
राज्यबाट बढी अधिकार पाउने भन्ने हो । दुःखको कुरा, कहलिएका सुद्र (अछुत ) दलित अगुवा र विद्धानहरु अहिले कोही एकातिर कम्मर
कसेर लागेका छन्, भने कोही बुख्याचा भएका छन् । उनीहरुको दायित्व समुदायलाई सही
मार्गनिर्देश गर्न सहयोग गर्ने हो । जुन पटक्कै भइरहेको छैन ।
अन्तमा बिभिन् सिप र कलाले पोख्त भएका हामी
साठी लाख श्रमजीबीहरु जो कुनै काल खण्ड देखि सुद्र (अछुत ) दलित पारिएकाहरु
समतामुलक पहिचान र अस्तित्व सहित एक भएर
बाँच्न सकौं ।नयाँ संविधानमा बाट नै प्रदत गर्ने आएको मौकालाई हामी सबै मिलेर
हाम्रै पक्षमा प्रयोग गर्न सकियोस् । सुभ
समय
यस ब्लगमा भ्रमण गरिदिनु हुने सम्मपूर्ण मित्रहरुमा सादर नमस्कार, मेरो नाम गोपाल शिवा हो । म अहिले त्रिभुवन बिश्व बिध्यालयमा अध्यनरत छु । अतिरिक्त फुर्सदकको समयमा लेख , समाचार लेख्ने गर्दछु ।
मलाई तपाई फेसबुक , टुवीटर , गुगल प्लसको सर्कलमा पनि जोड्न सक्नु हुन्छ । यस ब्लगमा भ्रमण गरिसके पछि gopsiwa@gmail.com मा ईमेल गर्न सक्नु हुन्छ अथवा हजुरको मनमा लागेको कुरा जस्ताको तस्तै कमेन्टको रुपमा लेखि दिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु।
Namaste and wel come .my name is Gopal siwa. gopalsiwa.blogspot.com is an online independent Blog where contains or which index online News, views, entertainment, various activities from Nepal and around the world in an easier accessible manner.thank you
Gopal siwa

