लसुन प्राय हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ तर यसका स्वास्थ्यसम्बन्धी धेरै गुणबाट हामीमध्ये सायद थोरै मात्रै जानकार छौ ।
लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र उपयुक्त नभइ औषधीका रूपमा समेत निकै उपयोगी मानिन्छ । लसुनका केही उपयोगिताका बारेमा जानीराखे भविष्यमा तपाईलाई समेत फाइदाजनक हुन सक्छ भने अहिले आफूमा रहेका समस्याबाट बच्नका लागी समेत यो सामग्री उपयोगी हुन सक्छ ।
जानीराखौँ लसुनका केही उपयोगिता...
लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र उपयुक्त नभइ औषधीका रूपमा समेत निकै उपयोगी मानिन्छ । लसुनका केही उपयोगिताका बारेमा जानीराखे भविष्यमा तपाईलाई समेत फाइदाजनक हुन सक्छ भने अहिले आफूमा रहेका समस्याबाट बच्नका लागी समेत यो सामग्री उपयोगी हुन सक्छ ।
जानीराखौँ लसुनका केही उपयोगिता...
१. गानो गएमा: लसुन पिसेर वा एक केस्रा लसुन तातो पानीसित खाएमा गानो गएको अवस्थामा फाइदा गर्छ ।
२. विषम ज्वरोमा: बिग्रेको ज्वरोमा लसुन घिऊ वा तेलमा डढाएर त्यो घिउ वा तेल पिए लाभ गर्दछ ।
३. मुटुको रोगमा: यस रोगमा घिऊमा फुराएको लसुन एक-दुई केस्रा भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ ।
४. शरिर सुनिएकोमा: लसुन हालेर पकाएको तेलम मालिस र एक-दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ ।
५. पेट दुखेमा: लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ ।
६. बाजीकरणमा: एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या धिऊमा पकाएर खाए उत्तेजना र बलविर्य बढ्छ ।
७. स्वप्नदोषमा: एक केस्रा काँचो लसुन चपाउनुपर्छ । यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ ।
८. भित्री चोटमा: नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ गर्दछ ।
९. वीर्य बृद्दीमा: लसुनको केस्रा छोडाएर घीऊमा रातो पारेर भुट्ने तर कालो पारेर भने डढाउनइ दुधमा खीर पकाएर एक महिना जति िनहुँ खाए विर्य बढ्छ । नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ ।
१०. कपाल दुखेमा: दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ ।
११. बिच्छीको विषमा: लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ ।
१२. जिब्रो सुनिएमा: लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ ।
१३: घाऊ धुन: पानिमा कुटेका लसुन मिसएर घाऊ धोए लाभ गर्दछ ।
१४: कान दुखेमा: लसुनको पातको रस वा लसुन तेलमा डढाएर त्यो तेल कानमा हाले लाभ गर्छ ।
१५ भोक नलागेमा: बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत हुन्छ ।
३. मुटुको रोगमा: यस रोगमा घिऊमा फुराएको लसुन एक-दुई केस्रा भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ ।
४. शरिर सुनिएकोमा: लसुन हालेर पकाएको तेलम मालिस र एक-दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ ।
५. पेट दुखेमा: लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ ।
६. बाजीकरणमा: एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या धिऊमा पकाएर खाए उत्तेजना र बलविर्य बढ्छ ।
७. स्वप्नदोषमा: एक केस्रा काँचो लसुन चपाउनुपर्छ । यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ ।
८. भित्री चोटमा: नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ गर्दछ ।
९. वीर्य बृद्दीमा: लसुनको केस्रा छोडाएर घीऊमा रातो पारेर भुट्ने तर कालो पारेर भने डढाउनइ दुधमा खीर पकाएर एक महिना जति िनहुँ खाए विर्य बढ्छ । नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ ।
१०. कपाल दुखेमा: दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ ।
११. बिच्छीको विषमा: लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ ।
१२. जिब्रो सुनिएमा: लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ ।
१३: घाऊ धुन: पानिमा कुटेका लसुन मिसएर घाऊ धोए लाभ गर्दछ ।
१४: कान दुखेमा: लसुनको पातको रस वा लसुन तेलमा डढाएर त्यो तेल कानमा हाले लाभ गर्छ ।
१५ भोक नलागेमा: बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत हुन्छ ।
एक-अर्काको सम्मान गरौं :
भावनात्मक सम्बन्ध प्रेमका लागि ओखती हो, जसले प्रेमलाई जीवन्त तुल्याउँछ, अरूलाई सम्मान गर्न नजान्नेले सम्मान पाउँदैन। सबैको व्यक्तिगत जीवन हुन्छ उसको भावना एकजनासँग मात्र होइन कि अरूसँगपनि गाँसिएको हुन सक्छ। त्यसैले प्रेममा एक-अर्काको मन जित्नु आवश्यक हुन्छ। समानताको भावना भएको प्रेमनै उत्कर्षमा पुग्नसक्छ।
एक-अर्कालाई समय दिऊँ :
यदि कसैले बिरुवा रोपेको छ भने त्यसमा मलजल गर्नु पनि आवश्यक हुन्छ। होइन भने त्यो बिरुवा सुकेर जान्छ। कसैले कसैको भावना बुझ्न केही समय माग्नु कदापि अनुचित हुन सक्दैन। यसले आफूलाई पनि राम्रो महसुस हुन्छ। साथीले आफ्नो भावना साट्न सकेमात्र एक-अर्काको मन जित्न सकिन्छ।
स्पेस दिऊँ :
प्रेमी वा प्रेमिकाको एक अर्कासँग टाँसिइरहने स्वभावको नकारात्मक असर पनि हुनसक्छ। प्रत्येक व्यक्तिको निजी जीवन हुन्छ। त्यसैले उनीहरूको इच्छा जसलाई उनीहरूले आफै पूरा गर्न चाहन्छन्, पूरा गर्न दिनुपर्छ। यदि कसैले साँचो अर्थमा आफूलाई प्रेमी मान्छ भने उसले आफ्नो साथीलाई पूर्ण स्वतन्त्रता प्रदान गर्नुपर्छ।
उपहार दिऊँ :
साँचो प्रेमले जीवनमा सानोतिनो खुसी ल्याइरहन्छ। त्यसलाई यादगार बनाउन एक-अर्कालाई उपहार दिनुपर्छ। उपहार प्रेमी-पे्रेमिकाले बिताएको खुसीको प्रत्यक्षदर्शी हुन्छ। उपहारले सम्बन्धलाई प्रगाढ बनाउँछ अनि मनको मैलो हटाउँछ।
प्रशंसा गरौं :
प्रशंसा गर्नु मानिसको सकारात्मक व्यक्तित्वको पहिचान पनि हो। एकजना साथीले गरेको प्रशंसाले अर्को साथीलाई आकषिर्त गर्छ।
मन जितौं : याद राखौं प्रेमी पनि एउटा मानिस नै हो। उसबाट गल्ती हुनु स्वाभाविक हो। उसका सानातिना गल्तीलाई नजरअन्दाज गर्दै उसको मन जित्नुपर्छ।
भावनात्मक सम्बन्ध प्रेमका लागि ओखती हो, जसले प्रेमलाई जीवन्त तुल्याउँछ, अरूलाई सम्मान गर्न नजान्नेले सम्मान पाउँदैन। सबैको व्यक्तिगत जीवन हुन्छ उसको भावना एकजनासँग मात्र होइन कि अरूसँगपनि गाँसिएको हुन सक्छ। त्यसैले प्रेममा एक-अर्काको मन जित्नु आवश्यक हुन्छ। समानताको भावना भएको प्रेमनै उत्कर्षमा पुग्नसक्छ।
एक-अर्कालाई समय दिऊँ :
यदि कसैले बिरुवा रोपेको छ भने त्यसमा मलजल गर्नु पनि आवश्यक हुन्छ। होइन भने त्यो बिरुवा सुकेर जान्छ। कसैले कसैको भावना बुझ्न केही समय माग्नु कदापि अनुचित हुन सक्दैन। यसले आफूलाई पनि राम्रो महसुस हुन्छ। साथीले आफ्नो भावना साट्न सकेमात्र एक-अर्काको मन जित्न सकिन्छ।
स्पेस दिऊँ :
प्रेमी वा प्रेमिकाको एक अर्कासँग टाँसिइरहने स्वभावको नकारात्मक असर पनि हुनसक्छ। प्रत्येक व्यक्तिको निजी जीवन हुन्छ। त्यसैले उनीहरूको इच्छा जसलाई उनीहरूले आफै पूरा गर्न चाहन्छन्, पूरा गर्न दिनुपर्छ। यदि कसैले साँचो अर्थमा आफूलाई प्रेमी मान्छ भने उसले आफ्नो साथीलाई पूर्ण स्वतन्त्रता प्रदान गर्नुपर्छ।
उपहार दिऊँ :
साँचो प्रेमले जीवनमा सानोतिनो खुसी ल्याइरहन्छ। त्यसलाई यादगार बनाउन एक-अर्कालाई उपहार दिनुपर्छ। उपहार प्रेमी-पे्रेमिकाले बिताएको खुसीको प्रत्यक्षदर्शी हुन्छ। उपहारले सम्बन्धलाई प्रगाढ बनाउँछ अनि मनको मैलो हटाउँछ।
प्रशंसा गरौं :
प्रशंसा गर्नु मानिसको सकारात्मक व्यक्तित्वको पहिचान पनि हो। एकजना साथीले गरेको प्रशंसाले अर्को साथीलाई आकषिर्त गर्छ।
मन जितौं : याद राखौं प्रेमी पनि एउटा मानिस नै हो। उसबाट गल्ती हुनु स्वाभाविक हो। उसका सानातिना गल्तीलाई नजरअन्दाज गर्दै उसको मन जित्नुपर्छ।
नेपाली समाजमा
सर्वंगिन र बहुआयमिक बिकाश तथा समृर्दीका सपना देखेका नेपाली र नेपालको
बिगतका विसंगति , बिकृतिहरु संग जुझ्दै सर्व आयामिक परिवर्तनका निम्ति आज
भन्दा नौ बर्ष अघि आमुल परिवर्तनको सम्भावना र चुनौतीहरु बीच लोकतन्त्रको
जग बसाउने काम भएको सर्वबिदितै छ । जुन जग बाटमुलुकको बिगतका सबै खाले
अधिनायकतव , एकाधिकार र असमानता एवं बिभेधरु नामेट हुन्छन र लोकतन्त्र
अधिनस्त हुनेछ भने थियो । तर पछिलो आठ बर्ष लोकतन्त्र र सुशासनको कल्पना नै
गर्न सकिँएन ।
प्रस्ट छ हामीले परिस्थिति अनुसार
राजनीतिक परिवर्तको संखघोष गर्यौ तर समाजको मानसिकता लाई आधारभूत रुपमा
बदलिने , लोकतान्त्रिकरण गर्ने चाहना नै राखेनौ । मुलुकलाई लोकतन्त्र घोषणा
गरेर तत्कालिन क्षणिक समय मात्र खुशी भयौ । आगामी शताब्धिहरुमा हुन् सक्ने
परिवर्तनको समेत रुपरेखा कस्तो हुनु पर्छ भनेर कोर्न सकेनौ । मुलुकको
मुहार फेर्न सक्षम र बिस्व संग प्रतिस्पर्धा गर्न सक्ने बनाउन के कस्ट उपाय
गर्नु पर्छ भन्ने कुरामा केन्द्रित नै भएनौ । त्यसैले पनि मुलुकमा यत्रो
बर्ष हुदा सम्म पनि मुलुकमा भेदभाव शून्य परिस्थिति र कानुनको शासनमा
राष्ट्र प्रमुखदेखि सरकारप्रमुख हुँदै सर्वसाधारण जनता कानुनी दृष्टिमा
समान हुने लोकतान्त्रिक पद्धतीको सुरुवात समेत हुन सकेको छैन ।
यी र यस्ता परिस्थितिलाई मध्ये नजर
गर्दा लोकतन्त्र लाई सामयिक बनाउन हामी सबैले आ आफ्नो गलत सोचाई र
ब्यबहारको अन्त्य गरि सहि सोच र आचरण अपनाउनु पर्ने आवश्यकता बोध गराएको छ
। हाम्रो समाजमा कतिपय व्यक्तिहरु छुवाछुत , घुसलिने दिने र अन्य गलत
ब्यबहार र आचरण त्याग्नुको सटा त्यसलाई औचित्यपूर्ण भन्न तिर लागेका छन्
। अरुले जे सुकै गरे पनि म सहि आचरण गर्छु भने प्रतिबद्ता हामी सबैमा
अहिले बाटै आओश । समाजमा भएका कुरीति , गलत ब्यबहारको अन्त्य गर्न तिर
सबै नेपाली गम्भीर भै लागि पर्नु पर्छ भन्ने दृढ सोच जागोश । लोकतन्त्र
दिवशको हार्दिक सुभकामना !!!
-गोपाल सिवा
gopsiwa@gmail.com
-गोपाल सिवा
gopsiwa@gmail.com
काठमाडौं, तौल घटाउने धुनमा होस् वा स्वास्थ्य डाइटको चाहनामा नै किन नहोस । यदि तपाइँ जूसको सेवन धेरै मात्रा गर्नुहुन्छ भने होसियार हुनुस । यसो गर्नु मानसिक रोगको कारण पनि हुन सक्ने विशेषज्ञहरूले बताएका छन । न्यूट्रिशन एक्सपर्ट का अनुसार धेरै मात्रामा जूसको सेवन द्वारा तौल माथि नियन्त्रण राख्ने कोशिशमा कतिपय मानिसहरू यसलाइ डाइटको विकल्पको रूपमा प्रयोग गर्दै खाना खाननै छोड्ने गर्दछन ।
साइकोथेरेपिस्ट सारा शमाले जूसलाइ भोजनको विकल्पका रूपमा हेर्नाले र यसको सेवन पछि भोजन गर्न छाड्ने मनोस्थितिलाइ ‘जूसरेक्सिया’ रोग को नाम दिएकी छन । उनले डेलीमेल वेबसाइटको एक रिपोर्टमा बताए अनुसार धेरै जूसको सेवनबाट भोजन छोड्ने प्रवृत्ति हुन सक्दछ, जुन कुरा कतिपटक त यति प्रवल हुन्छ, कि यसले एक मानसिक रोगको रूप लिन सक्दछ ।
यस स्थितिमा व्यक्ति जूसलाइनै भोजनको विकल्प मान्दछ र भोजन गर्न छोड्न थाल्दछ ।” यसैले धेरै जूस सेवन गर्नेहरूले यस कुरालाइ ध्यान दिनुपर्ने उनले बताएकी छन ।
यो तस्बिर सायद त्यो समयको होला भनेर पत्याउन गाह्रो पर्छ जब हात्तीलाई फाँसी दिइएको थियो । यो सुन्दा एकचोटि पक्कै सबै झसंग हुनसक्छन् । डेली मेलका अनुसार १९१६ मा चार्ली पाससित एउटा सर्कस थियो । मेरी नाम गरेकी एउटी हात्तीनी त्यो सर्कसको मुख्य सदस्य थिई । १९१६ मा यो सर्कस किंगपोर्टमा पुगेको थियो । सर्कसको प्रचारको लागि एउटा झाँकीको प्रयोग गरिएको थियो जसमा मेरीको शिरमा वाल्टर एल्ड्रिज बसेका थिए । उनलाई हात्ती नियन्त्रण गर्ने कुनै अनुभव नै थिएन । उनलाई यति मात्र थाहा थियो कि भाला हात्तीको गर्दनमा अड्याएर राख्ने ।
परेड गर्ने बेलामा मेरीले तरबुज देखि र उ रोकिन पुगि । अनुभवविहिन एल्ड्रिजले मेरीको गर्दनमा हान्न थाल्यो । यो हर्कतले मेरीलाई रिस उठ्यो । एल्ड्रिजलाई तल भुईमा फाली दिई र मारी दिई । त्यो घटनाले मानिसहरुमा आक्रोस पैदा ग¥यो र मेरीलाई मार्ने निर्णय ग¥यो । त्यही दिन हात्तीनी मेरीलाई फाँसीको सजाय सुनाइयो । एरबिन नामक सहरबाट १०० टन बोक्ने क्रेन मगाइयो । चार्लीले खुलेआम देखिने गरी मेरीलाई फाँसी दिने योजना बनाए । जसले गर्दा मानिसहरुले रमाइलो लिन सकुन् । मेरीलाई एउटा रेलमा बाँधियो अनि आधि धण्टा सम्म क्रेनमा झुण्डाएर राखियो ताकि नबाँचोस् । त्यही भएर त्यो ठाउँका मानिसहरुलाई मेरी मर्डरअर मेरीको नामबाट चिनिने गरिन्छ ।
हिंड्न नसक्ने भएपछि मानिसले के चाँहि गर्दो रहेनछ । चीनका एक व्यक्ति जो ३० वर्षदेखि बुंगुर पाल्दै आइरहेका थिए हिंड्नै नसक्ने गरी बिरामी परेपछि उनले सुंगुर चढेर हिड्न थालेका छन् । चीनको चोङकिङ निवसी ६८ वर्षिय ति किसान आफ्नो तीन फिट अग्लो र २५० केजी तौल भएको सुंगुरमा सवार गर्दै आइरहेका छन् । ब्रोनकाइटिष्टले बिरामी परेपछि उनलाई हिड्न गाह्रो भएको थियो । हिंड्न नसक्ने भएपछि उनले सुंगुर चढ्न सुरु गरेका थिए ।
ति सुंगुर पाल्दै आएका किसानका अनुसार, “ पहिला आफुलाई नै अनौठो लागेको थियो । सोचेको थिए यो सवारी सहज हुँदैन तर आनन्द आउँदो रहेछ ।” उनी सुंगुर चढेरै घरदेखि बजार सम्मको यात्रा गर्छन् । चीन विश्वकै सबैभन्दा धेरै सुंगुरको मासु खपत गर्ने राष्ट्रमा पर्छ । सन् २०१२ मा भने अमेरिका पहिलो स्थानमा थियो ।ति किसानका अनुसार सवारी साधन चढ्न महँगो हुने तर सुंगुर चढ्दा तेल खर्च पनि नलाग्ने बताए । आफुलाई निको भइसक्दा पनि उनीलाई हिंड्नभन्दा सुंगुर चढ्नै मज्जा लाग्ने गरेको उनले बताएका छन् । एजेन्सी
अनुहारमा हात्तीको सुड जस्तो मासु पलाएपछि भारतको लखनउ बस्दै आएका ३५ वर्षिय चनालाल जिन्दगी जिउन गाह्रो बनाएको छ । आफ्नो अनुहार कहिल्यै ठीक नहुने भएपछि कुनै कुराकौ आश पनि छैन उनलाई । उनले जिन्दगी जसरी चलेको छ त्यसरी नै चलाउने निधो समेत गरेका छन् । आफ्नो अनुहारमा पलाएको मासुको डल्लो अप्रेशन गरेर फाल्न समेत सक्दैनन् उनी । चनालालका बुबा आमाले उनी २५ वर्षको डाक्टरका लिएर गएका थिए । तर डाक्टरले अप्रेशन गर्ने बेलामा चनालालको रक्तनलीबाट रगत धेरै गएपछि अप्रेशन रोकेका थिए ।
डाक्टरका अनुसार यदी चनालालले अप्रेशन गरेमा उसको ज्यान जाने भनेका थिए । पुराना दिन सम्झेर आफ्ना दिन काटिरहेका चनालाल आफ्ना बच्चाहरु पहिला तर्सेर भाग्ने गरेको बताउँछन् । आफ्नो अनुहारमा केही समस्या रहेको थाहा पाएपछि उनी डाक्टरको पुगेका थिए । त्यहाँ पनि निराश बन्नुपर्यो । परिवारमा आर्थिक स्थितिको संकटले थिचेको थिच्यै थियो ।
उनीलाई सर्कसबाट लिन पनि आएका थिए । तर उनले जान मानेनन् ।मजदुरी गरेर जीवन निर्वाह गरेका उनलाई अब मजुदुरी दिने मानिसहरु पनि झिनो मान्न थालेका छन् । उनलाई उनकी भतिजीलाई हेर्ने गरेकी छिन् । उनले भगवानलाई गाली गर्दै भनेका छन्, “भगवान भए त मैले यति धेरै दुख पाउने थिइन ।” उनले सजिलो गरेर खान पनि सक्दैनन् । एजेन्सीको सहयोगमा
हालै गरिएको एक अनुसन्धानले विवाहित पुरुष भन्दा अविवाहित, एकल, विधुर र विधुवा तथा पारपाचुके गरेका मानिसहरुमा बढी मुटुको समस्या देखिने निष्कर्ष निकालेको छ । अमेरिकामा रहेको अमेरिका कलेज अफ कार्डियोलोजीले आफ्नो ६३ औ वार्षिक उत्सवमा यो रिर्पोट पेश गरेको थियो । ५० वर्षभन्दा मुनिको समयमा वैवाहिक जीवन र भास्कुलर रोगको सम्बन्ध हुने बताइएको छ । ३५ लाख मानिसहरुमा गरिएको अध्ययनले यस्तो निष्कर्ष आएको हो ।
यस रिसर्चका अनुसन्धानकर्ता कार्लोस एल अलभिरका अनुसार यो अनुसन्धान कसैको विवाह सम्बन्धि गरेको निर्णयमा असर पार्दैन । यो रिसर्चमा २१ वर्षदेखि १०२ वर्षका उमेरका मानिसहरुलाई सहभागि गराइएको थियो । यो रिसर्चमा सहभागिहरुको औसत उमेर ६४ वर्षको थियो त्यस्तै ६३ प्रतिशत महिलाको सहभागि रहेका थिए । सम्रगमा ६१.१ प्रतिशत सहभागिहरु विवाहित, १३ प्रतिशत विधुर, ८.३ प्रतिशत एकल, ९ प्रतिशत भने पारपाचुके गरेका थिए ।
विवाह गरेका सहभागीहरुमाभन्दा एकल रहेका सहभागीहरुमा ५ प्रतिशत बढी मुटुको रोग रहेको अनुसन्धानमा फेला परेको थियो । अरु रोगहपनि ज्यादा रहने रिसर्चले बताएको छ । रोचक कुरा त एकल बस्दै आएकाहरु भन्दा पनि विधुर र विधवा, पारपाचुके गरेकामा बढी मुटुको समस्या झन् धेरै देखिएको छ । एजेन्सी
भनिन्छ,एउटा सफल व्यक्तिको जीवन पछाडि उसको जीवनसाथीको महत्वपुर्ण भुमिका रहेको हुन्छ । जीवनसाथीकै उत्कृष्ट सल्लाह र सहयोगमा सफल बनेका उदाहरणहरु दुनियाँमा प्रसस्तै सुन्न र पढ्न पाइन्छ । अनि जीवनसाथी झुर पर्दा दुःख पाएका र जीवनबाट नै पलायन भएका घटना पनि हामीले देखे सुनेका नै छौं । एउटा भनाइ नै छ,‘महान जीवनसाथी आफ्नो श्रीमानको दास बनेर उसलाई राजा बनाउँछे र आफु पनि रानी बन्छे । तर खराव जीवनसाथी आफ्नो श्रीमानमाथि शासन चलाउँछे र उसलाई नोकर बनाउँछे ।’ विज्ञहरुले गहिरो अध्ययन गरेर काम नै नलाग्ने खराव महिलाहरुको ९ आनीबानीहरु प्रकाशमा ल्याएका छन् । उनीहरुले पत्ता लगाएका यि ९ तथ्य सार्वजनिक गर्दै तत्काल यस्ता केटी र महिलाहरुबाट टाढा रहन सुझाव समेत दिएका छन् । दुई दम्पतीबीचको सम्बन्ध सुमधुर हुनबाट रोक्ने महिलाका यस्ता नौ आनीबानीहरु टाइम्स अफ इन्डियाको सहयोगमा यहाँ प्रस्तुत छ ।
१.आफुले भनेको सबै ठिक अरुले भनेको बेठिक भन्ने प्रवृतिः–केही महिलाहरु यस्ता हुन्छन्,जो अरुको कुरा सुन्न नै चाहँदैनन् । यस्ता बर्गका केटीहरुलाई के लाग्छ भने उनीहरुलाई दुनियाँमा थाहा नभएको कुरा केही छैन र उ जस्तो सर्बज्ञ दोस्रो व्यक्ति यो समाजमा छैन । उनीहरुको यही सोचाइको कारण उनीहरु सधै अरुमाथि राज्य गर्न अग्रसर हुन्छन् । विज्ञहरुका अनुसार सुरुवातमै विना हिच्किचावट कुनै पुरुषमाथि एउटा महिला हाबी हुने तरिकाले प्रस्तुत भइन भने उनीबाट तत्काल सतर्क हुनु पर्छ,किनकी यस्ता केटीहरु अरुलाई भेडा ठान्छन् र आफुलाई महान सम्झेर आफ्नो केटासाथीमाथि शासन गर्न तम्सिहाल्छन् ।
२. शंकालु केटीः कतिपय केटीहरु अत्यन्तै शंकालु हुन्छन् । यस्ता प्रकृतिका केटीहरु के चाहन्छन् भने उसको केटा साथीले सबै खालका गतिविधी उसामु छर्लङ्ग पार्नु पर्छ । कतिसम्म भने उसको केटा साथीले हरेक गतिविधि उसका अगाडि दुरुस्त राखेन भने यस्ता खालका केटीहरु फायर हुन पुग्छन् र वमलाई विर्साउने गरी विष्पोट हुन्छन् । यस्ता केटीसँगको सम्बन्ध कतिसम्म घाडो बन्न जान्छ भने तपाईले आफ्ना चिनेको साथीहरुसँग पनि निर्धक्क कुरा गर्न पाउनु हुन्न । कुनै केटीसाथीहरुसँग कुरा गर्नु भयो भने यस्ता केटीहरुले तत्काल तपाइलाई स्पष्टिकरण दिन बाध्य पारिहाल्छन्–उ को हो र किन उसँग कुरा गरेको भनेर । यति भनेर मात्र उनीहरुले तपाईलाई छाड्ने छैनन्,तपाइले उसलाई कहाँ, के को सिलसिलामा चिनेकोलगायत सबै कुरा सविस्तार भन्न हिच्किचाउनु भयो भने उसको असह्य प्रहार तपाईमाथि पर्ने निश्चित छ ।
३.बुझ्नै नसकिने खालका केटीहरुः कतिपय केटीहरु यस्ता हुन्छन् कि उनीहरको बारेमा बुझ्न अत्यन्तै कठिन हुन्छ । उनीहरु केही विषयमा राखेको जिज्ञासामा ‘हो’ भन्ने जवाफ दिइरहेका हुन्छन् । तर बास्तवमा उनीहरुलाई भित्र भित्रै ति कुराहरु ‘होइन’ भन्ने लागिरहेको हुन्छ । असमझदार केटीहरुसँगको सम्बन्ध पनि तत्काल पुर्णविराम लगाउनु बुद्धिमानीपुर्ण हुन जान्छ किनकी भविश्यमा यस्ताको पछि लागियो भने पछुताउनुको विकल्प नै हुँदैन ।
४. म जे गर्छु ठिक गर्छु प्रवृतिः यस्ता प्रकृतिका केटीहरु कति सम्म घाडा हुन्छन् भने उनीहरुलाई मन परेको कुरा सबैलाई मन पर्छ भन्ने ठान्छन् । अनि सुरु भइहाल्छ उनीहरुको अतिचार । उसलाई मन परेको खाना,कामलगायत सबै उसका रोजाइहरु तपाइलाई मन पर्नै पर्ने भए पछि अनि पर्दैन त फसाद । यही कारण हो धेरैको जीवनमा असमझदारी बढ्दै गएर घरबार विग्रिएको छ । त्यसैले यस्ता स्वभावका केटीसँगको चक्करमा हुनु हुन्छ, या जोडि सक्नु भएको छ भने अहिले नै यिनलाई बाइबाई गर्नुस् । अन्यथा भविश्यमा पछुताउने ड्युटी बाहेक तपाईसँग अरु केही बाँकी रहने छैन ।
५.डाढे केटीहरुः यदि तपाईको संगतमा रहेकी केटी साथी कसैको इष्र्या बढी गरिरहेकी हुन्छीन् भने तपाईले अहिले नै सोच्नुस् कि उनी खतरनाक किसिमकी केटी हुन् । यस्ता केटीसँग तपाईको जीवन चलाउन निकै नै कठिन हुनेछ,किनकी यस्ता प्रकृतिका केटीहरु आफुले केही गर्नु भन्दा पनि अरुको आलोचना र इष्र्या गर्नमा नै बढी रमाउँछन् । भनाइ नै छ नि,‘अरुको इष्र्या गर्नेहरु सधै इष्र्या नै गरिहेका हुन्छन् ।’यस्ता केटीहरु आफ्नो केटा साथीले कुनै केटी साथीसँग कुरा मात्र गरे पनि डाहले भुतुक्कै हुन्छन् । तिनलाई लाग्छ–अव उसले मलाई छाडेर उसँग लाग्यो भने त म समाप्त नै हुन्छु ।
६.परनिर्भर तथा आत्मविश्वासविहिन केटीहरुः कतिपय केटीहरु केटा साथी वा श्रीमानले नै सबै कुरा गरिहाल्छन्,मैले केही जिम्वेवारी नलिए पनि हुन्छ भन्ने खालका हुन्छन् । यस्ता केटीहरु पुर्ण रुपमा अरुमा परनिर्भर हुन्छन् र सानो दुःखमा पनि आकासै खसे जस्तो गरी आत्तिन्छन् । यस्ता केटीहरुले आफ्नो श्रीमान बाहेक जीवनमा अरु केही नै सोचेका नै हुँदैनन् । उनीहरुलाई आफुले जीवनमा केही गर्नु पर्छ भन्ने पनि लागेको हुँदैन । बस् श्रीमान र उसको प्रमीबाट मुखबाट–म तिमीलाई माया गर्छु’ भन्ने बाक्य आए पुग्छ । यति मात्र होइन,यस्ता केटीहरुले तपाईको हरेक गतिविधीमाथि पनि उत्तिकै निगरानी राखिरहेका हुन्छन्,प्रहरीले चोर र डाँकाको गस्ती गरेजस्तै गरी । यदि त्यस्तासँग तपाईको सम्बन्ध जोडिन पुग्यो भने भुलेर पनि यस्तासँग सम्बन्ध अगाडि नबढाउनु किनकी यस्तासँगको दिर्घकालिन सम्बन्ध सुमधुर हुने सम्भावना अत्यन्त क्षिण हुन्छ ।
७.आमाबाबु भन्दा माथि उठेर सोच्न नसक्ने केटीः कोही केटीहरु आफ्ना आमाबाबुको खटन पटन भन्दा बाहिर आउन नै सक्दैनन् । उनीहरुलाई सानो निर्णय लिन पनि बाबु आमाविना कठिन प्रायः जस्तै हुन्छ । ‘मेरो त ड्याड र ममले नै सबै कुरा गर्नु हुन्छ,यो त मलाई थाहा छैन बुबा आमासँग नै एक पटक सोध्नु पर्छ’ जस्ता कुरा गर्ने केटीहरु पनि झुर नै हुन्छन्,व्यवस्थापकिय क्षेत्रमा । उनीहरुमा आफैले केही गर्नु पर्छ भन्ने बानीको साथै व्यवहारिक र व्यवस्थापकिय क्षमता पनि विकास भएको हुँदैन । त्यसैले यस्ता केटी पनि तपाईको रोजाइमा नपरेकै बेस हुन्छ ।
८.अरु सबै सुखी छन्,म मात्र दुःखी छु ः कतिपय केटीहरु कति असन्तोसी प्रकृतिका हुन्छन् भने उनीहरु कहिल्यै पनि खुसी रहन नै सक्दैनन् । अरु सबै सुखी छन् तर म भने दुःखी छु भन्ने भावना त्यस्ता केटीहरुमा आइरहन्छ । फलानोले त्यत्रो पैसा कमायो ,फस्ट डिभिजनमा डिग्रि पास गर्यो ,उसको छोरोले यस्तो गर्यो तर मैले केही गर्न सकिन,उ कति धेरै खुसीपुर्वक बाँचेको छ तर मैले भने कहिल्यै खुसीपुर्वक बाच्न सकिन भन्ने असन्तोकी प्रकृतिका केटीहरुसँगको सम्बन्ध पनि सुमधुुर हुन सक्दैन किनकी असन्तोकी सधै दुःखी रहने त प्रकृतिको नियम नै हो ।
९.मनको कुरा खुलेर नगर्ने केटीः कतिपय केटीहरु मनका कुरा खुलेर गर्दैनन् । उनीहरु आफ्ना सबै क्रियाकलाप आफ्नो केटा साथीलाई जानकारी नै नहोस् जस्तो सोचाइ राख्छन् । आफ्नो मोवाइलमा आएको फोन,मेसेज,भेटघाट ,खर्च जस्ता कुराहरुमा यदि कुनै केटी पारदर्शी छैनन् भने त्यस्ता केटीलाई अहिले नै विदाई गरिहाल्नोस् किनकी यस्ता केटीले तपाईको जीवनमा कहिल्यै खुसी ल्याउन सक्दिनन् ।यस्ता प्रकृतिका केटीबाट बढी खर्च गर्ने,परपुरुषहरुसँग लाग्ने जस्ता धेरै सम्भावना रहने विज्ञहरुको ठहर छ ।
धेरै अघि तालिमको सिलसिलामा एउटा कथा सुनेको थिए । जस अनुसार सधै गोटा गोटा दिशा गर्ने घोडा लाई चना खुवाए पछि झन् कब्जियत हुन्छ र घोडा मालिक उपचारको सल्लाह लिन बैध कहाँ पुग्छन । बैधले ३ थरिको औषधि दिदै यस ३ थरिको औषधिलाई एकै भाडामा कुटेर मसिनो धुलो बनाई घोडालाई लडाएर बासको सानो गाई बस्तु लाई औषधि खुवाउने पाइपमा धुलो औषधि राखेर एका पट्टी घोडाको मुख भित्र अलिकति छिराएर अर्को पट्टि बाट आफुले बल गरेर फु गरि फुकी दिनु अनि औषधि सिधै घोडाको पेटमा पुगेर तुरुन्तै काम गर्छ भनि खुवाउने बिधि सहित औषधि दिएर पठाएछन् । घरमा आएर बैधले भने अनुसार तिन वटै औषधि लाई एउटा भाडोमा कुटेर धुलो बनाई ,औषधि खुवाउने बासको पाइपमा राखेर, घोडालाई लडाएर , घोडाको मुखमा एका पट्टि अलिकति छिराएर अर्को पट्टि बाट मुखले फु गर्न भनि मुख राखेर फु गर्ने बेला घोडाले अचानक हिहि गरिदिएछ। अनि घोडाको स्वासको प्रेशरले त्यो औषधि घोडा मालिकको चै पेटमा पुगेछ । मालिक आफै बिरामी परेपछि घोडालाई ओखति खुवाउने सोच फेरी कहिले ब्युतेंन छ ।
माथिको कथा झैँ बर्षौ देखि जातीय छुवाछुत र भेदभाव भोग्दै आएका दलित समुदायका नागरिकहरु ले आफु माथि सामाजिक कलंकको रुपमा कब्जियत गराउने रोग छ भने थाहा पाएर देशको हरेक प्रजातान्त्रिक आन्दोलन तथा हरेक ठुला पार्टीको बिकाश र बिस्तारमा आफुहरुलाई सहभागिता र महत्वपुर्ण भूमिकामा राख्दै आए तर पनि बर्ण ब्यबस्था र जातीय छुवाछुत बाट दलित समुदाय सबै भन्दा बढी पिडित हुदै आएका छन् ।अझ यहि सामाजिक कलंकको पीडालाई निर्मुल पार्न र दलित समुदायहरुको स्थितिमा सुधार गर्नका लागि नागरिक समाज र गैर सरकारी सस्थाहरु त्यहि घोडा मालिक ले कब्जियत निर्मुल पार्न तिन थरिको औषधि पिसेर एकै बनाए झैँ छरिएर बसेका दलित समुदायका मनुवाहरू लाई जातीय छुवाछुत विरुद्ध सस्थागत आन्दोलन , मुक्तिका संघर्षहरु देखि ब्यानर देखाउने कार्यक्रमहरु गरेर बिगत देखि वर्तमान सम्म एक बनाए / बनाउदै छन् । तर आर्य सामाजिक पृष्ट भूमिमा बिकाश भएको हिन्दु कर्मकाण्डीय कटरताबादी सास्कृतिक परम्पराले हिहि गरिदिदा घोडा मालिकको पेटमा औषधि परेर आफै बिरामी परे झैँ नागरिक समाज तथा गैर सरकारी सस्था, दलित आन्दोलनकर्ता जस्ता घोडा मालिकहरु आफै बिरामी परेका छन् ।फलस्वरूप एउटै दृस्टीकोण र अडानहरुमा दृढतापुर्वक कायम रहदै आएको ऎतिहासिक जिम्मेवारी पुरा गर्न लागि परेका अगुवाहरुमा निस्कृयता र आत्मबिश्वाशको कमि भएको छ ।अनि कोहि अगुवाहरूमा यो परिस्थिति देखेर आफै प्रति आत्मघाती चिन्तन र शंकाको बिजारोपण हुन्छ र त् भन्दा म ठुलो जात को हु भने भ्रम पाल्छन । जसको पछिलो उदाहरण पर्वतको पाङ्ग गाविसका एकै समुदायका कामी र सार्की जातीका बीचमा सार्की समुदायलाई कामी जातीले तल्लो जाती भनेर छोइछिटो गर्ने र छोएको नखाने बताउँदा विवाद बढेर भोजमा दुबै समुदायका बीचमा समुहगत झडप लिन सकिन्छ । भने कोहि कोहि चै राज्यले पहल गरेको सुबिधा उपभोग गराउने तर्फ़ केन्द्रित देखिनं या त नाताबाद कृपाबाद तिर लागेर समुदायको मुदालाई टड्कारो गन्तब्यमुखी बनाउन असमर्थ हुन्छन । अर्थात् यहि हिहि ले पहिलो प्रहारमा नै दलित आन्दोलन धरमर हुन्छ अनि राज्यको संरचनात्मक कमजोरीले छुवाछुत र जातीय विभेद जस्ता कुप्रथा लाई जीवित राखन सजिलो गरि मलजल गरि रहनछ भने अर्को तिर मुलुकमा हुने दलित आन्दोलनमा आम नेपाली दलित समुदायको आक्न्छाको प्रतिबिम्ब नै रहन्न ।
विश्लेषकहरु दलित समुदायका आन्दोलनहरु मौलिक मुदा भन्दा हरियो डलर मुदामुखी भैरहेका छन् , दलहरुको पिछलग्गु मात्र बनि रहेका छन् त्यसैले ५० /६० लाख जनसंख्या भए पनि दलित समुदायको आन्दोलनको अवशान युग सबित हुनेछ भानिरहेका छन ।यदि यहि यथार्त हो भने दलित समुदाय लाई राज्यको नीति निर्माण तहमा पुरयाउने कल्पना मनको लड्डु नै साबित हुने छ ।त्यसैले इतिहासले कसैलाई सिक्न बाध्य पार्दैन, यसले सजाय मात्र दिन्छ' भन्ने भनाइ नेपाली दलित आन्दोलनमा सबैभन्दा बढी लागू भएको छ किनकि बिगत बर्षहरुमा दलित समुदायको आन्दोलनमा धेरै स्खलन र बिघटन देखिए । त्यसको तथ्यपरक सिदान्त सम्मत र बैज्ञानिक विश्लेषण आजको प्रमुख बौदिक आवश्यकता हो । राजनीतिक परिवर्तनको पक्षमा देखिएको दलित समुदायको उत्साह दलित आन्दोलनको महत्वपूर्ण पक्ष भए पनि दुर्भाग्यबंश दलित आन्दोलनमा आज सम्म सिदान्त र ब्यबहारमा ठुलो दुरी देखिएको छ । अत ३ थरि औषधि मिलाएर काम गर्ने बने झैँ सबै थरि उत्पीडित दलित समुदायको संगठित जीवनले नै सामाजिक परिवर्तनको आन्दोलनलाई परिणाममुखी बनाउन सकिन्छ । तर नेपाली दलित आन्दोलनको संगठित सुरुवात भएको ६ दशकभन्दा बढी भएको छ भने समग्रमा दलित समुदाय प्रतिको ब्यबहार र सामाजिक परिस्थिति उस्तै छ । दलित समुदायको ठुलो समुह बनाउने सोचैले मात्रै मौलिक विग्रहको समाधान दिन सक्दैन त्यसैले सिदान्त र कार्यक्रमको स्पस्ट समझदारीका आधारमा मात्र दलित समुदायको समाधानको तर्जुमा हुनसक्छ । हजारौ वर्षसम्म उत्पीडन सहनुमा स्वयम् दलित समुदायको पनि त्यहि घोडा मालिक झैँ लाचारीपनले निर्णायक भूमिका खेलेको छ ।