गतसाता कान्तिपुर दैनिकमा सिन्धुपाल्चोककी एक चेलीले आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि निकै खुसी भएको खबर छापियो । ८ वर्षअघि घरेलु कामदार हाउसमेडका रूपमा कुवेत आई पुगेकी यिनी घरको काम गर्न नसके पछी नवलपरासीका एक बिबाहित युवकसँग भागेर संगै बस्ने क्रममा जन्मिएको छोरो ४ बर्षको भएको थियो ।
यो त् प्रतिनिधि घटना मात्र हो ।झन्डै दुइ साता अघि कुबेतमा खुलेको आममाफी मार्फत आमा संगै नेपाल फर्किन लागेका ३ दर्जन जति बाबुबिहिन बच्चाहरुको विषय भने अहिले यसरि नै राष्ट्रिय अन्तराष्ट्रिय सञ्चार माध्यममा हेडलाइन बनिरहेको छ । समाचार र बस्तु स्थिति संगै यसरि नेपाली महिलाहरु किन आफु संगै बिना बाउको बच्चा लिएर मुलुक फर्किदैछन भन्ने कुराको पछाडीको खोज र नियन्त्रणको प्रयास नगर्ने हो भने यसले लाखौ नेपाली महिलाहरु घरेलुकामदारको रुपमा रहेको अवस्थामा थप विकराल रुप लिने संकेतहरु दिई सकेको छ । त्यस्तै गरि बैदेशिक रोजगारमा घरेलु कामदारमा जाने नेपाली दिदीबहिनीहरु कति सुरक्षित र असुरक्षित भनेर गम्भीर रुपमा घोतालिन बाध्य बनाएको छ ।
अर्को तिर देशमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था भए पनि सन्तानको परिचय खोज्दा बाबुको नाम अझै जोड्न चाहने नेपाली समाजले विवाह नगरी यसरी बच्चा जन्माउनुलाई महिलाको बाध्यता भनेर चुप लागेर बस्ला ? बैदेशिक रोजगारको लागि खाडी आएर फर्किने महिलाहरु जो कसैकी छोरी, कसैकी दिदीबहिनी, कसैकी श्रीमती र कसैकी आमा छन तिनीहरु प्रति हजारौं प्रश्न थोपर्ने समाजले यसरी बिना बाउको सन्तान सहित मुलुक फर्किदा यिनको पाइला पाइलामा प्रश्नको तगारो राखिदिने मात्र हैन यिनलाई समाजमा हेर्ने दृष्टीकोण कस्तो रहला भनेर धेरैलाइ अहिले जिज्ञाशु बनाएको छ ।
भनिन्छ एक्लोपनले मानिसको मनस्थितिलाई भावनात्मक आवेग तथा कुण्ठाको स्थितिमा पुराई दिन्छ।एकातिर समाजका महिला खाडीमा काम गरेर फर्किंदा चरित्रसँग जोडेर हेर्ने हाम्रो समाजमा जति पुरुषलाई विदेशबाट फर्केपछि घरजम र विहेवारी गर्न सजिलो छ महिलाका लागि भने कठिन रहेको सामाजिक माहोल छ । यस्तो मानसिकता बोकेर धेरै बिबाहित ,अबिबाहित , पति र आफन्तको माया र साथ् नपाएका, गरिवी र वेरोजगारीको बाध्यताको फन्दामा परेर घरेलु कामदारका रुपमा काम गर्न बाध्य दिदीबहिनीहरु रोजागारदाताबाट कुटाइ खाने, समयमा तलब तलब नपाउने, बढी समय काम गर्नुपर्ने र घरमा सम्पर्क नदिनेजस्ता समस्याबाट पीडित हुदा नैरास्यता,पिडा ,एक्लोपन, उदासीपन, भय, संकोचमा जकडिएका छन । फलस्वरूप यो जकडबाट मुक्ति पाउन सूचना र प्रविधिको बढ्दो उपयोगसंगै परिवर्तित समयमा समय काट्ने मेलो बनेको सामाजिक सञ्जाल फेसबुक , ईमो भाईवरको प्रयोग गर्दै रहरले ,बाध्यता र परिस्थितीले आफ्नो बास्तबिकता समेत भुलेर नेपाली सहित बिदेशी संग नजिक भएका , जोडिएका , प्रेममा परेका , मायामा बाधिएका छन ।
तुलानात्मक रुपमा अन्य देशमा भन्दा खाडीमा धेरै समस्या छन तर पनि विदेश जानु धेरैको रहर नभएर बाध्यता हो । महिला मात्र होइन यस्ता धेरै नेपाली समाजको प्रतिनिधि पुरुष पात्र पनि छन् जो घरमा श्रीमती हुदा हुदै यता आएर अर्काका श्रीमती आमा दिदीबहिनी, कुमारी र अविवाहित महिलासँग अनेकौ बहानामा सम्बन्ध बनाएर सर्वस्व लुटेर बसेका छन् । आफु संग कुनै न कुनै माध्यमबाट सम्पर्कमा आएका युवाहरूले पनि युवतीलाइ माया जालमा पार्न हरप्रयास गर्ने, बिवाहकाे प्रस्ताव राख्ने ,बिहे गर्ने अश्वाशन दिएर घर बाट भगाउने ,याैन सम्पर्क गर्ने अनि अबैधानिक बनाएर सँगै केहि महिना देखि बर्ष बिताउदै आएका छन । बिचरा दिदीबहिनीहरु माया पाएपछि संसार नै जितेको ठान्छन र अस्मिता सुम्पिन्छिन उसको भरोसामा ।तर परिणाम एउटा जटिलता लिएर ढिलो चाडो उभिदिन्छ। मायाको भरोशामा आफै असुरक्षित भै दिन्छन ।घर न घाटकाे बनाएर माया गर्ने मान्छे पेट बोकाएर फरार भै दिन्छ ।अनन्त माया गर्ने ले नै वर्वादीतर्फ धकेलेर छोडिदिन्छ अनि बच्चाको आमा बनाएर प्रवासको ठाउमा निसहाय बनाइ दिन्छ ।यसरि बिपत्तिमा हात माग्दा कति महिला दिदीबहिनी यौन शोषणमा परेका छन । त्यसमा पनि समाजले महिलालाई नै दोषी ठानन्छ ।तर यसरी बिपत्तिमा परेका देखि घरपरिवारको दुख बोकेर आएका आफ्ना देशका दिदिबहिनीहरुको अस्मितालाई यसरी आफ्नै देशका दाजु भाइले क्रिडा स्थल ठानिनु निकै खेदपूर्ण ,आपत्तिजनक एव यो भन्दा दु:खद् र निन्दनीय अवस्था अरु के हुनसक्छ ?
माया प्रेम भनेको चेतना सहितको जीवन र जगत हो । माया ले नै कति को जिबन एकदमै राम्रो बनाई दिएको छ । त कति को जिन्दगि नै बर्बाद पारी दिएको छ ।खास गरि काम गर्न आएका अर्कैको लोग्ने अर्कैकी दुलहीहरु यसरि माया गर्ने हुदा आफ्नो जिन्दगि त् बर्बाद पार्छन नै परिवारमा पनि धेरै नि चिन्ता पारी दिएका छन् ।त्यति मात्र हैन समाजका सामाजिक, आर्थिक, पारिवारीक, साँस्कृतिक, मनोवैज्ञानिकले प्रभाव पारेको खाडीका यस्ता मायाका नतिजाहरुलाई समेत नेपाली नै हो र नेपाली कै हो भनेर साक्षि जुट्दै हिड्नु परेको छ । हुन् सक्ला कसैको अलि कम कसैको अलि बढी भूमिका होला तर विकटता, नियति, परिस्थिति, गरिबीका कारण परिवारको समृदिको लागि बिदेशिएकाहरु शारीरिक भोक प्यास पनि मेटाउन मोजमस्तीका रुपमा माया प्रेममा बाधिए पछी , आकर्षित भए पछी जुन परिस्थितिहरु सृजना भएका छन् तिनले हाम्रा प्रवृत्ति, व्यवहार र मूल्यमान्यताका जगहरुलाई हलाउँन थालेका छन्।
देशमा भए पनि बिदेशमा भए पनि समाज भनेकै तपाईं हामी हौं । तपाईं हाम्रै सोच, संस्कार र व्यवहारले निर्धारित हुन्छन् समाजका मूल्यमान्यता । दुई अक्षरको संयोजनबाट बनेको यो नेपाली शब्द "माया" अर्थात "प्रेम" सुन्दा पनि मनमा अनौठो कुत्कुती जागेर आउछ , भिन्नै खालको अनुभव हुन्छ । यधपी आफ्नै विशिष्टता र महत्व भएको दुई अक्षरको शब्दले धेरैको मुटुलाई पिडा र सुन्दा पनि 'घृणा' महसुश गराएको छ ।खास गरि पवित्र मायाको आड लिएर हिजो माया मा सवै थोक देखेंर आँखा चिम्लिनेहरु घर न घाटकाे बनेर / बनाएर आज यसरि समाजले के भन्ला भन्दै मन भरि पिडा बोकेर बिना बाउको बच्चा च्यापेर स्वदेश फर्किनुले , अलपत्रमा छाडेर आफु रमाउनु ले भावनामा बगेर गाँसिएको मायाले बहुपक्षलाई समेट्न नसक्दो रहेछ भनेर सवैलाई बुझाएको छ पाठ सिकाएको छ ।
सन २०१२ मा खुलेको पूर्ण आममाफी पछी कुवेत सरकारले २४ जनवरी २०१८ अघि सम्म रेसिडेन्सी भिसा सकिएकाहरु मध्ये बाट ‘मुद्दा नलागेका र यात्रा निषेध बाहेक’ का आप्रबासी कामदारहरुका लागि यही जनावरी २९ देखी फेब्रअरी २२ तारिकसम्म २५ दिनको लागि आममाफीको घोषणा गरेको छ । यो २५ दिनको आममाफीको बारेमा नेपाली दुताबास कुवेतले एक सूचना जारी गर्दै भनेको छ, ‘आवासिय कानुन उल्लंघन गरी बिना भिसा गैरकानुनी रूपमा कुवेतमा बसोबास गर्दै आएका कुनै पनि मुद्दा नभएका र यात्रा निषेध नगरिएका नेपाली कामदारहरुले कुनै शुल्क नतिरी आफुसंग सक्कल राहदानी भए सिधै कुबेतको एयरपोर्टबाट टिकट काटेर जान पाउने छन् ।’चोरीको उजुरी नपरेका, आपराधिक मुद्दा नपरेका र यात्रा निषेध नगरिएका घरेलु कामदार तथा अन्य कामदारले घर फर्किन आफुसँग भएको नागरिकता वा राहदानीको सक्कल वा फोटोकपी वा केही कागजात नभए पनि २ प्रति निलो पृष्टभूमिमा खिचिएको ६x४ साइजको फोटो सहित दुताबासमा सम्पर्क गर्न सक्ने छन ।’अपराधिक गतिबिधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न, बैकबाट ऋण वा मोवाइल, इलेक्ट्रोनिक्स सामान किस्ताबन्दीमा लिएर सबै ऋण चुक्ता नभएका कामदारले मुद्दा नसकिएसम्म र हिसाब पुरा नबुझाएसम्म जान सक्ने छैनन ।
दुताबासले सुचनामा भनेको छ ‘स्वदेश फर्किन नचाहने तर वैधानिक बन्न चाहनेले कुवेत सरकारले तोकेको जरिवाना बुझाएर बैधानिक हुँदै भिसा नबिकरण गर्न समेत सक्ने व्यवस्था गरिएको जनाएको छ । यहि सुचनालाइ आधार बनाएर आज सम्म कुवेत बाट करीब पन्ध्र सय नेपालीहरुले स्वदेश फर्किनका लागि यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएका छन् । आफैसँग राहदानी राखेर भागेकाहरु समेत यसअवसरमा आफै टिकट काटेर जान सक्ने भएकोले यकिन रुपमा कति नेपाली लाभान्वित भए भन्ने तथ्याकं दुतावासमा हुँदैन तर यस अवसरमा अत्यधिक घरेलु कामदारको रुपमा कार्यरत महिला कामदारले 'आउट पास' बनाएर फर्किन लागेको कुबेत स्थित नेपाली दुताबासको तथ्यांकले देखाएको छ । तथ्यांकले प्रस्ट रुपमा घरेलु कामदारको रुपमा आएका अत्यधिक महिलाहरु काम छोडेर अबैधानिक रुपमा कार्यरत रहेको स्पस्ट पारेको छ ।
दूतावासहरुमा बजेट नहुँदा अलपत्र कामदारलाई भनेको बेलामा खानाको लागि पनि सहयोग गर्न नसकेको देखिएको छ । विभिन्न अभियोग लागेर जेलमा रहेका निर्दोष नेपालीलाई पनि वकिलको अभावमा मुद्दा लड्न नसक्दा वर्षौसम्म बिनाअपराध सजाय भोग्न बाध्य हुने गरेको पाइएको छ । यस्तो हाम्रो बस्तु स्थितिमा गत साता देखि खुलेको आममाफी हाम्रा लागि चुनौती मात्र होइन, एउटा ठूलो अवसर पनि हो । मुद्दा नभएका र यात्रा निषेध नगरिएकाहरु मुलुक फर्किनका लागि कुनै जरिवाना नलाग्ने , यसरी फर्किने कामदार फेरि कुबेत आउँन पाउने र कुनै मुद्दा नलाग्ने भए पछि आममाफी प्रक्रियामा सहभागी हुन नेपालीलाई आग्रह गर्दै दूतावासले बिभिन्न सुचनाहरु जारी गरेको छ । हटलाइनको ब्यबस्था गरेको छ र कुबेतमा क्रियाशील नेपाली संघ सस्था र मिडिया मार्फत समन्वय गर्दै बढी भन्दा बढी नेपाली लाभान्वित हुन् सक्नु भनेर लागि परेको छ ।फलस्वरूप आममाफी सुरु भएको आज छैठौ दिन सम्ममा १५ सय जना नेपालीले प्रक्रियाका लागि आवेदन दिइसकेका छन् ।
यस आममाफीको अवसरमा खाडी आएका घरेलु कामदारका रुपमा कार्यरत ५ दर्जन भन्दा बढी नेपाली दिदीबहिनीहरु आफु बाट जानेर अन्जानमा भएका गल्तीका कारण आफु संगै आफ्ना बालबच्चासहित देश फर्किन लागेका समेत छन् । केही कुमारी-आमा बनेर आफ्ना बालबच्चासहित फर्किदैछन् ।अलपत्र भएपछि बिचल्लीमा परेपछि आफ्नो नागरिकको जे-जस्तै अवस्थामा पनि उद्वार गर्नु सरकारको कर्तव्य हो । तर यसरि कुमारीहरु , बिबाहितहरु आमा बनेर बच्चा लिएर स्वदेश फर्किदा गाली कसलाई गर्ने? दोष कसलाई दिने? हामीलाई यो नैतिक प्रश्नको जवाफ दिन गाह्रो छ। भोलि यसले पारिवारीक विखण्डन निम्ताउने मात्र होइन विदेशबाट फर्किएका महिलाहरुको चरित्रमा आशंका गर्ने,अपहेलना गर्ने नेपाली समाजको मानसिकतालाई अझ जीवन्त राख्न मद्दत गर्ने छ । यस्तो बस्तुस्थितिमा आफै अनुमति पत्र बनाई दिने नेपाली दुताबासले आउदो दिनमा घरेलु कामदारका रुपमा नेपाली महिला आउँन पाउने र अबैधानिक ढंगले आइरहेकालाई के गर्नु पर्छ भनेर बहस र बिषयको गहन उठान गर्नु पर्ने आवश्यकता टड्कारो रुपमा देखाएको छ ।
अर्को तिर छिटो पोइसा कमाउने धेरै महत्वकांक्षी बनेर कम्पनि र घर बाट भागेकाहरुले साथिसंगतिको लहलहैमा लागेर कुवेतमा बसेर कारखाना खोलेर नै रक्सि बनाउने , लागूऔषधको कारोवार गर्ने , वेश्यावृत्ति गर्ने / गराउने र गैरकानुनि कामहरु गरेर प्रहरीले समाएका कयौं घटनाहरुले नेपाली समाजको लाजले शिर झुकाउन बाध्य छौं। स्थानीय कानुन र प्रहरी प्रशाशनको आँखा छ्लेर अझ लुकिछिपी यस्ता गतिबिधि लाइ अझै निरन्तरता दिई रहेका र गैर कानुनी ढंगले कम्पनी छाडेर अबैधानिक रूपमा श्रम गर्दै बसेका धेरै नेपाली दाजुभाई एव दिदीबहिनीहरु आममाफीको अवसरमा यसरि कानुनी दायरामा साथीभाइ संगै घर फर्किन भनेर बर्षौ पछी दुतावास खुसी हुदै आएका पुगेका होलान ।दुताबास बाट (ट्राभल डकुमेन्ट) पनि लिई सकेका होलान तर भोलि आफुले कम्पनि र काम गर्ने घर बाट भाग्ने क्रममा मालिक र साहुले बिना कसुरको आरोप र मुदा लाएर 'यात्रा प्रतिबन्ध' लगाइएको थाहा पाए पछी यिनका खुशीहरु कति स्खलित हुन्छन होला ? कति हतास/तनाव स्थितिमा सय मनको भारि बोकेर फेरी कुवेत नै फिर्ता हुन्छन होला ? यसरि मुलुक फर्किन लागेकालाइ उनका बिगतका गल्ति कमजोरीहरुको डोरी बाटेर बाध्यताको नथी लागाई यतै बस्न बाध्य हुनु पर्नेहरुले भोलिको दिनमा नेपाली समाजलाइ अझ बदनाम नगर्लान भन्न सकिन्न ।
हतास मनासिकतामा यतै बस्न बाध्य हुनेहरुले एक पछी अर्को गतिबिधि गरेर अबैधानिक बनेर अरु नि मुदाहरुमा आफुलाई जोडन सक्छन । नेपाली समाजको अहिले सम्म कमाएको बनाएको आदर्श र नैतिकतामा ठूलो संकट ल्याउन सक्छन । कुवेतमा हरेक नेपालीको पहिलो र एक मात्र सहारा नेपाली दूतावास हो अत यस्ता किसिमका कतिपय विषय जुन नेपाली नागरिक र नेपाली समाजको मानसिकता, विश्वास तथा आचरणसँग जोडिएका छन तिनको भित्री भाग सूक्ष्म रूपमा अध्ययन गरेर कम्तिमा अब खुल्ने आममाफी सम्म सवै प्रतिबन्धहरुको फुकुवा गर्न पहलिकरण गर्नु पर्ने अपरिहार्यता औलाएको नेपाली बौद्धिक समाज र सरोकारवाला सवैले अब सोच्न पर्छ ।
'
दुताबासले सुचनामा भनेको छ ‘स्वदेश फर्किन नचाहने तर वैधानिक बन्न चाहनेले कुवेत सरकारले तोकेको जरिवाना बुझाएर बैधानिक हुँदै भिसा नबिकरण गर्न समेत सक्ने व्यवस्था गरिएको जनाएको छ । यहि सुचनालाइ आधार बनाएर आज सम्म कुवेत बाट करीब पन्ध्र सय नेपालीहरुले स्वदेश फर्किनका लागि यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएका छन् । आफैसँग राहदानी राखेर भागेकाहरु समेत यसअवसरमा आफै टिकट काटेर जान सक्ने भएकोले यकिन रुपमा कति नेपाली लाभान्वित भए भन्ने तथ्याकं दुतावासमा हुँदैन तर यस अवसरमा अत्यधिक घरेलु कामदारको रुपमा कार्यरत महिला कामदारले 'आउट पास' बनाएर फर्किन लागेको कुबेत स्थित नेपाली दुताबासको तथ्यांकले देखाएको छ । तथ्यांकले प्रस्ट रुपमा घरेलु कामदारको रुपमा आएका अत्यधिक महिलाहरु काम छोडेर अबैधानिक रुपमा कार्यरत रहेको स्पस्ट पारेको छ ।
दूतावासहरुमा बजेट नहुँदा अलपत्र कामदारलाई भनेको बेलामा खानाको लागि पनि सहयोग गर्न नसकेको देखिएको छ । विभिन्न अभियोग लागेर जेलमा रहेका निर्दोष नेपालीलाई पनि वकिलको अभावमा मुद्दा लड्न नसक्दा वर्षौसम्म बिनाअपराध सजाय भोग्न बाध्य हुने गरेको पाइएको छ । यस्तो हाम्रो बस्तु स्थितिमा गत साता देखि खुलेको आममाफी हाम्रा लागि चुनौती मात्र होइन, एउटा ठूलो अवसर पनि हो । मुद्दा नभएका र यात्रा निषेध नगरिएकाहरु मुलुक फर्किनका लागि कुनै जरिवाना नलाग्ने , यसरी फर्किने कामदार फेरि कुबेत आउँन पाउने र कुनै मुद्दा नलाग्ने भए पछि आममाफी प्रक्रियामा सहभागी हुन नेपालीलाई आग्रह गर्दै दूतावासले बिभिन्न सुचनाहरु जारी गरेको छ । हटलाइनको ब्यबस्था गरेको छ र कुबेतमा क्रियाशील नेपाली संघ सस्था र मिडिया मार्फत समन्वय गर्दै बढी भन्दा बढी नेपाली लाभान्वित हुन् सक्नु भनेर लागि परेको छ ।फलस्वरूप आममाफी सुरु भएको आज छैठौ दिन सम्ममा १५ सय जना नेपालीले प्रक्रियाका लागि आवेदन दिइसकेका छन् ।
यस आममाफीको अवसरमा खाडी आएका घरेलु कामदारका रुपमा कार्यरत ५ दर्जन भन्दा बढी नेपाली दिदीबहिनीहरु आफु बाट जानेर अन्जानमा भएका गल्तीका कारण आफु संगै आफ्ना बालबच्चासहित देश फर्किन लागेका समेत छन् । केही कुमारी-आमा बनेर आफ्ना बालबच्चासहित फर्किदैछन् ।अलपत्र भएपछि बिचल्लीमा परेपछि आफ्नो नागरिकको जे-जस्तै अवस्थामा पनि उद्वार गर्नु सरकारको कर्तव्य हो । तर यसरि कुमारीहरु , बिबाहितहरु आमा बनेर बच्चा लिएर स्वदेश फर्किदा गाली कसलाई गर्ने? दोष कसलाई दिने? हामीलाई यो नैतिक प्रश्नको जवाफ दिन गाह्रो छ। भोलि यसले पारिवारीक विखण्डन निम्ताउने मात्र होइन विदेशबाट फर्किएका महिलाहरुको चरित्रमा आशंका गर्ने,अपहेलना गर्ने नेपाली समाजको मानसिकतालाई अझ जीवन्त राख्न मद्दत गर्ने छ । यस्तो बस्तुस्थितिमा आफै अनुमति पत्र बनाई दिने नेपाली दुताबासले आउदो दिनमा घरेलु कामदारका रुपमा नेपाली महिला आउँन पाउने र अबैधानिक ढंगले आइरहेकालाई के गर्नु पर्छ भनेर बहस र बिषयको गहन उठान गर्नु पर्ने आवश्यकता टड्कारो रुपमा देखाएको छ ।
अर्को तिर छिटो पोइसा कमाउने धेरै महत्वकांक्षी बनेर कम्पनि र घर बाट भागेकाहरुले साथिसंगतिको लहलहैमा लागेर कुवेतमा बसेर कारखाना खोलेर नै रक्सि बनाउने , लागूऔषधको कारोवार गर्ने , वेश्यावृत्ति गर्ने / गराउने र गैरकानुनि कामहरु गरेर प्रहरीले समाएका कयौं घटनाहरुले नेपाली समाजको लाजले शिर झुकाउन बाध्य छौं। स्थानीय कानुन र प्रहरी प्रशाशनको आँखा छ्लेर अझ लुकिछिपी यस्ता गतिबिधि लाइ अझै निरन्तरता दिई रहेका र गैर कानुनी ढंगले कम्पनी छाडेर अबैधानिक रूपमा श्रम गर्दै बसेका धेरै नेपाली दाजुभाई एव दिदीबहिनीहरु आममाफीको अवसरमा यसरि कानुनी दायरामा साथीभाइ संगै घर फर्किन भनेर बर्षौ पछी दुतावास खुसी हुदै आएका पुगेका होलान ।दुताबास बाट (ट्राभल डकुमेन्ट) पनि लिई सकेका होलान तर भोलि आफुले कम्पनि र काम गर्ने घर बाट भाग्ने क्रममा मालिक र साहुले बिना कसुरको आरोप र मुदा लाएर 'यात्रा प्रतिबन्ध' लगाइएको थाहा पाए पछी यिनका खुशीहरु कति स्खलित हुन्छन होला ? कति हतास/तनाव स्थितिमा सय मनको भारि बोकेर फेरी कुवेत नै फिर्ता हुन्छन होला ? यसरि मुलुक फर्किन लागेकालाइ उनका बिगतका गल्ति कमजोरीहरुको डोरी बाटेर बाध्यताको नथी लागाई यतै बस्न बाध्य हुनु पर्नेहरुले भोलिको दिनमा नेपाली समाजलाइ अझ बदनाम नगर्लान भन्न सकिन्न ।
हतास मनासिकतामा यतै बस्न बाध्य हुनेहरुले एक पछी अर्को गतिबिधि गरेर अबैधानिक बनेर अरु नि मुदाहरुमा आफुलाई जोडन सक्छन । नेपाली समाजको अहिले सम्म कमाएको बनाएको आदर्श र नैतिकतामा ठूलो संकट ल्याउन सक्छन । कुवेतमा हरेक नेपालीको पहिलो र एक मात्र सहारा नेपाली दूतावास हो अत यस्ता किसिमका कतिपय विषय जुन नेपाली नागरिक र नेपाली समाजको मानसिकता, विश्वास तथा आचरणसँग जोडिएका छन तिनको भित्री भाग सूक्ष्म रूपमा अध्ययन गरेर कम्तिमा अब खुल्ने आममाफी सम्म सवै प्रतिबन्धहरुको फुकुवा गर्न पहलिकरण गर्नु पर्ने अपरिहार्यता औलाएको नेपाली बौद्धिक समाज र सरोकारवाला सवैले अब सोच्न पर्छ ।
'
हरेक वर्ष लाखौं महिला र पुरुष अनुहार काम तथा दामको खोजीमा नचाहँदा–नचाहँदै पनि वैदेशिक रोजगारमा जान बाध्य छन् । तथ्यांक नियालेर हेर्ने हो भने पुरुषको तुलनामा महिला निकै कम जाने गरेको पाइन्छ । घरपरिवारले अनुमति नदिएर हो वा समाजको डरले वा आर्थिक कारणले वैदेशिक रोजगारको लागि महिलाहरूको पाइला कम सरेको देखिन्छ । यसका साथै सरकारबाट बेलाबखत लगाइने प्रतिबन्ध र खाडी तथा मलेसिया जस्ता गन्तव्य मुलुकमा हुने महिलाको वैदेशिक रोजगारीप्रति नकारात्मक सोच एवं धारणा पनि यसको प्रमुख कारण रहेको विभिन्न अध्ययनबाट देखिन्छ । तर पनि वैदेशिक रोजगारबाट महिलाहरूले पुर्याएको योगदानलाई कम आँक्न भने सकिन्न । बितेका एक दशकमा नेपाली महिला वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देशमा गएका छन् । नेपालका धेरै घरपरिवार नेपाली महिलाले विदेशमा बगाएको पसिनाले धानेको तथ्य कसैबाट लुकेको छैन । चुलाचौकोमा सिमित नेपाली महिलाहरु व्यक्तिगत रुपमा स्वदेशमा केहि गर्न सकिएन भने विदेशमा गएर भएपनि मैले कमाउन सक्छु भन्ने आत्मबल आएको छ । यसलाई सकारात्मक नकारात्मक भनेर विश्लेषण गर्नु भन्दापनि यो आत्मबलले आफूले आफूलाई नै हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । वैदेशिक रोजगार भनेको महिला, पुरूष दुवैको लागि अवसरको खोजी हो भनेर बुझाएको छ । अझ खास गरि पुरुष संगै वैदेशिक रोजगारमा महिलाहरु जाने क्रमले नेपाली महिलामा आत्मबलको विकास भएको र महिलाहरुको सशक्तिकरण हुदै गएको एव महिलाहरुले पनि मौका पाए भने कमाउन सक्छन भने अध्ययनहरुले तथ्यहरु देखाएका छन् ।
गरिबी, घरेलु हिंसा र परिवारको आर्थिक स्थितिका कारण वैदेशिक रोजगारमा जाने आउने अधिकांश नेपाली दिदी बहिनीहरु अहिले पनि खास गरि खाडीमा आएर घरायसी काम मै सिमित भएको पाइन्छ । केहि अपबादलाई छोडेर अन्यको कुरा गर्ने हो भने घरेलु काममा आउने अधिकांश नेपाली दिदिबहिनीहरु अवैध तरिकाले आउने र घर भित्र रहेर काम गर्नु पर्ने भएकाले आफ्नो आधारभूत मानव अधिकारबाट समेत वञ्चित हुने गरेका छन् । अझ त्यस माथि यिनलाई यता प्रलोभन र लोभ देखाएर ल्याउने दलाल तथा मेनपावर एजेन्सीले एउटा काम भनेर अर्को काम दिने, एउटा देश भनेर अर्को देश लैजाने प्रवृत्ति समेत देखिएकाले धेरै नेपाली दिदीबहिनीहरु धेरै किसिमको हिंसाको शिकार हुदै आएका छन् । समयमा तलब नदिने, शारिरिक शोषण, बलात्कार, घरमा समय समयमा सम्पर्क गर्न नदिने, सोचे जस्तो नभएपछि मानसिक स्थिति गुमाउने देखि आत्महत्या गर्ने र मृत्युबरण समेत हुदै आएको धेरै घटनाहरु सार्वजनिक भएका छन । समृद्धिको सपना बुनेर घर परिवार छाडेर विदेशी भूमिमा काम गर्न आएका नेपाली दिदीबहिनीहरुले समस्या पर्दा आफनो राजदूतावाससंग सम्पर्क गर्न समेत नसक्ने, परिवारसंग बर्षौ सम्पर्क विहिन अवस्थामा बस्नु पर्ने जस्ता अनेकौं समस्याले जेलिएर आर्थिक र शारीरिक शोषणबाट प्रताडित हुदै बाचेका छन्।
यसै साता मात्र मैले यस्तै अमानविय रुपमा प्रताडित भएकी घरायसी कामदारको रुपमा साउदीमा काम गर्दै आएकी राेल्पा जिल्ला पाखापानि, रातामाटा वडा नं.४ घर भएकि चिन्ता कुमारी खत्रीको साउदी अरवकाे रियाद स्थित वादी अल दावसिर हस्पिटलमा शव अलपत्र रहेकाे घटना सार्वजनिक भएको थाहा पाए ।सबैभन्दा दुखको कुरा आफ्नी श्रीमतीको इज्जत भन्दा पैसालाई ठुलो मानी उनकै कमाईमा रमाउने श्रीमान निधन भएर आफ्नी श्रीमतीको लाश अस्पतालमा राखिएको छ भन्ने कुरामा समेत अनभिज्ञ रैछन भने साउदीमा रहेको राज्यको निकाय पनि बेखवर रहेको पाइयो ।
जाँड रक्सिमा झुत भएर श्रीमान दिन दिनै हिड्ने घर ब्यबहारमा आफ्नो भूमिका निर्वाहा नगर्ने गरे पछी आजित भएर दुइ छाेरा र एक छाेरीको लालन पालन र साहुकाे ऋणको बोझ कम गर्न भनेर भारत तिर संगिनीहरु संग कामको खोजीमा हिडेकी चिन्ता कुमारीलाइ बोर्डर बाटै माइती नेपालले फर्काइ दिएछ। त्यस पछि बाध्य भएर पतिका आफन्त समेत रहेका विदेश पठाउने एजेन्टको सम्पर्कमा पुगेकी चिन्ता कुमारी केहि बर्ष अघि नेपाल बाट कुवेतमा घरेलु कामदारको रुपमा काम गर्न आइपुगेकी रहेछिन । कुवेतबाट दलालले साउदी पठाए पछी साउदीको वादी-दमासार भन्ने ठाउमा साउदिको घरमा काम गर्ने सिलसिलामा उनले धेरै कस्ट भोग्न बाध्य भैछिन ।आफै बिरामी पर्दा पनि उपाचार नपाई काममा खटिरहनु पर्ने बाध्यता भए पछी आफुलाई पठाउने एजेन्ट जो श्रीमानका साथी थिए उनलाई सयौ पटक हार गुहार लगाई छिन ।
आफु समश्यामा पर्दा आफन्त बाट उनले कहिले आस्वाशन समेत पाइनछिन त्यसपछि आफु संग सम्पर्कमा रहेका नेपालीलाइ दाजुभाईलाइआफुलाई उद्दार गर्न आग्रह गरिछिन ... बिरामी छु मलाई साहुले उपाचार नगरी काममा याताना दिदै दिन रात गराइरहेको छ भन्दै छटपटाइरहेकी चेलीको चित्कार सुनेर कयौ पटक राजदुतावास सम्म खबर पुराउन दाजुभाइहरुले प्रयास पनि गरेछन । तर नेपाली कामदारहरु बिचल्लीमा परेर दुतावासलाई हारगुहार गर्दा खाडीका दुतावासमा सम्पर्क गर्दा फोन नउठ्ने त पुरानो चलन नै छ । अनन्त यहि भयो ...कति प्रयास गर्दा पनि यस्तो अबश्थामा दुतावासमा फोन गर्दा पनि कुनै सहयोगको आस्वासन त के दुतावासको फोन नै उठेनछ । आज चेलीको निधन भएको र अस्पतालमा लास रहेको कुरा सार्वजनिक भए पछी यी दाजुभाइहरु पनि स्तब्ध भएका छन । समश्यामा परे भन्दै उदारको लागि बारम्बार आग्रह गर्दा समेत पति र पठाउने एजेन्टले गरेको बेवास्ता र अहिले निधन भए पछी उनका पतिले देखाएको ब्यबहारले के मान्छे यति सम्म नि मानवता हराएको हुन् सक्छ र ? भनेर प्रश्न गरिरहेको छ ।त्यति मात्र हैन आफ्नो देशको राजदुतावास हुदा हुदै र लाखौ नेपाली दाजुभाई दिदि बहिनीहरु हुदा हुदै यसरि कुनै पनि नेपालीले कुकुर बिरालो झैँ मर्न न परोस् ! यो दुःखद घटना बारे नेपाली दुतावास साउदीले अब र आउने दिनमा कस्तो भुमिका खेल्नु पर्ने हो प्रश्न तेर्शिएको छ ।
अझ निधन भएको जानकारी दिदा पनि श्रीमतीको निधन प्रतिको शोक भन्दा पनि आफ्नो स्वाभिमान र कर्तब्य भुलेर श्रीमतीको लाश झिकाउने , पठाउने लाइ कारवाहीको दायारामा ल्याउने भन्दा पनि श्रीमतीले बिमाको हकवाला कसको नाममा गरेको छ ? कति आउछ ? नाता प्रमाणित गर्न र आफ्नो नाममा बिमा रकम पाउन के के डकुमेन्ट आवश्यक पर्छ भनेर पठाउने एजेन्ट साथै लिएर पहिलो प्राथमिकता दिदै हिडिरहेका छन् ।एउटा श्रीमान बिदेशमा श्रीमतीको लाश झिकाउन भन्दा पनि बिमाको खोजि लाइ पहिलो प्रथामिकता दिन्छ भने यो भन्दा बिडम्बना अरु के हुन्छ? जिउदो हुदा नि खाडीमा गएर याताना सहदै कमाएर खुवाउनु पर्ने र मर्दा नि श्रीमतीको लाश भन्दा बिमा खोज्ने पतिको यो ब्यबहारले मानसिक र भावनात्मक रुपमा चिन्ता कुमारीले बर्षौ पति बाट भोगेको पिडा र अपमानको आकलन गर्न सकिन्छ ।
त्यति मात्र हैन पित्तृसत्तात्मक समाजमा यस्ता धेरै सुरविर जस्ता पतिहरुको ब्यबहार र पित्तृसत्तात्मक दृष्टिबाट , हिंस्रक व्यवहारबाट नेपाली समाजमा ज्यादै तल्लोस्तरमा बाच्न विवश धेरै नेपाली महिला दिदीबहिनीहरु दुःख, पीडा, वेदना र मर्म बोकेर जे पर्छ टर्छ भन्दै लखेटिएका , विदेशिएको उजागर हुन्छ। महिलालाई पनि पुरुषसरह विकासको मूलधारमा समाहित गरेर संसारका धेरै मुलुकहरु अगाडी बढी रहेका छन तर हाम्रो मुलुकमा भने शताब्दीयौँ देखि महिला माथि शारीरिक मानसिक दवाब दिदै अन्याय, अत्याचार लाद्दै , हिंसा तथा तीरस्कार गरेर दाशको रुपमा हेर्ने सुरविरहरुको मानसिकता जरो गाडेर बसेको छ । अब सोच्ने बेला आएको छ र सोच्ने मात्र होईन हाम्रो सोचलाई ब्यबहारमा परिवर्तन गर्नु जरुरी भैसकेको छ । पुरुषप्रधान संस्कृति र समाजको उपजको रुपमा महिलालाई जे जस्तो परे पनि सहनु पर्ने, जतिसुकै पीर, जतिसुकै दुःख दिए पनि पचाउनै पर्ने, पतिलाई परमेश्वर मान्नेहरु एव पित्तृसत्तात्मक समाज र पित्तृसत्तात्मक दृष्टिबाट पुरुषका हिंस्रक व्यवहार जायज मान्ने मानसिकताहरु सच्याउन निकै कसरत गर्नुपर्ने अवस्था देखिएको छ ।
अन्त्यमा चिन्ता कुमारीको शब् नेपाल झिकाउन , अन्तिम सस्कार गर्न र निजले पाउने राहत र क्षतिपुर्ति निजका नाबालक सन्तानहरुको पालन पोषण र सिक्षामा खर्च हुने गरि सरोकारवाला निकायले पहल गरिदिन सवै संग आग्रह छ ।
केहि बर्ष अघि अर्थात एमबी बम्जन गोल्डकपको १५ औ खेलको आयोजना हुदा हेर्ने भनेर म पनि गएको थिए । हाम्रो संचार डटकम मार्फत पत्रकारिता शुरु गरे देखि नेपाली समाजमा घुलमिल हुने पहिलो अवसर थियो मेरो ...धेरै आदरणीय पात्रसँग परिचित्र हुने सौभाग्य पाएँ।आयोजकहरु फाइनल खेलको तयारीमा मिलाउदै थिए । आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गर्दै हामी केहि साथीहरु मैदान संगै रहेको चमेना गृहमा सेल रोटी तरकारी चपाउदै थियौ । भित्र मैदानमा एक्कासी नेपाली-नेपाली बिचको विवादको बिउले उग्र रुप लिएछ । बिबादको चुरो के थियो कुन्नि तर सम्झाउने समाजका अगुवाहरु , सस्थाका प्रतिनिधिहरु , पत्रकारहरु सवै माकुराको जालोमा साङ्ला जेलिए सरि बिबादमा जेलिए । पहिलो विवाद समाधान नहुँदै फेरि अर्को विवाद देखिन थाल्यो । फाइनल खेलको कुरा भन्दा विवाद पहिलो प्राथमिकता भएपछि आयोजकलाई फाइनल खेल सुरु गर्न फलामको च्युरा चपाउनु सरह भयो । बिस्तारै खेलप्रेमी दर्शकहरु बाटो लाग्न थाले । बिबाद झगडा गरेर पाउनु केहि थिएन त्यहि भएर ईमान्दारी पुर्वक हामी मिडियाकर्मी पनि साईड लाग्यौ ।
त्यस यता म कयौ कार्यक्रममा स्रोता भए , अथिति भए ,दर्शक भए ,मुक दर्शक भए तर कुबेतमा नेपाली समुदाय द्वारा आयोजना हुने रक्तदान कार्यक्रम , सास्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिताहरुले नै कुबेतमा क्रियाशील नेपाली संघ सस्था र नेपाली समुदाय माझ सेतुको काम गरेको पाए । हुन् सक्ला आर्थिक लगायत बिबिध कारणले अरु धेरै सहभागिता र कार्यक्रमहरु नियमित हुन सकेको छैनन होला । तर जे जति भएका छन् तिनले नेपाली कला सांस्कृतिकको संम्रक्षण , प्रबर्दन , पहिचान , संस्कृति र एकता झल्काएका छन् । त्यसैले समाजलाई गति प्रदान गर्न खेलको माध्यमद्वारा आपसी भाईचाराको विकास गर्ने तथा खेलको माध्यमद्घारा स्वस्थ मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ आयोजना हुन् लागेको यस खेल आयोजनाको इतिहासलाइ फेरि पछाडि नफर्काउ । २१औं शताब्दीमा प्रवासमा रहेका हामी नेपालीहरु लडाई झगडा गरेर समय व्यतित गर्नु भनेको साधन, स्रोत र समयको दुरुपयोग गर्नु मात्र होइन, नेपाली समाजलाई पछाडी तिर धकेल्नु हो। झगडा गरेर एकताको लक्ष्य हासिल गर्न कहिले सकिदैन बरु समय मै हामी बिच रहेको अहमता र घमण्डको पर्खाल भत्काएर एकताको लागि पुल हालौ ।
मुलुकको घिनलाग्दो राजनीतिको कालो छायाले खेल जगत्लाई अस्तव्यस्त बनाएको छ । सरकार फेरिए पिच्छे खेलकुदको नेतृत्व पनि परिवर्तन हुने रोग मुलुकको खेलकुद विकासमा तगारोका रूपमा रहेको बिर्सन सकिन्न ।यधपी देशमा राजनीतिले जति पीडा थपेपनि हामी नेपाली जनतालाई त खेलकुदले बेला बेलामा खुशी बनाएको छ ,मल्हम लगाएको छ भने यता बिदेशमा भए पनि खेलकुदले आन्तरिक एकता भरपुर रहेको प्रस्टै बुझाएको छ ।हामी भित्रको खेलकुदलाई जीवन्त राख्न कुबेतमा छरिएर रहेका प्रवासी नेपालहरु वीच यहि आउदो फेव्रुअरी १६ र २३ तारिख कुवेतको सबै भन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव कुवेतले एमबी बम्जन गोल्डकपको १६ औ खेलको आयोजना गर्ने भएको छ। यस आयोजनाले एकातिर नेपाली बीच लुकेर रहेको प्रतिभालाई खेलको मध्यमबाट अगाडी बढाउन मद्दत गर्दै आएको आयोजक कमिटि तथा ब्यबस्थापक आफैमा उदाहरणीय छ ।अर्को तिर लगातार कार्य ब्यस्तताको कारण भएको शारीरिक थकान अनि आफ्नो मातृभूमि एबं परिवारदेखि टाढा रहनु परेको मानसिक पिडालाइ क्षेणिक भएपनि भुलाउन र भरपूर्ण मनोरंजन दिन उक्त खेलले निकै मदत गर्ने निश्चित छ ।
कुवेतको खेलकुद मन्त्रालयबाट स्वीकृत लिएर डेढ दशक देखी हरेक बर्ष आयोजना गर्दै आएको एमबी बम्जन गोल्डकपलाई यहाँसम्म ल्याइपुर्याउँनको लागि माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव कुवेत र नेपाली समाजका अभिभावक राजेन्द्र तामाङ बम्जनले दिनुभएको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ । अत आउनुस आयोजक कमिटीले परिकल्पना गरेको निकै छोटो अबधि र सिमित प्रचारमा कुबेतमा क्रियाशील सवै नेपाली संघ सस्था र नेपालीजनले आ-आफ्नो टिम सहित बिशाल सहभागिता जनाई , प्रवासमा कार्यरत हामी नेपालीहरु कसरि एकजुट हुनसक्छौ भन्ने देखि नेपालीहरुले पनि मैत्रिपुर्ण र अनुशासित ढंगले प्रतियोगिता सम्पन्न गर्न सक्छन भन्ने प्रष्ट पारौ ।त्यसैले आउनुस नेपाली समुदाय द्वारा आयोजना हुने हरेक सकारात्मक कार्यक्रम हाम्रो लागि लडाईं झगडा गर्ने बहाना होइन, एकताको प्रतिक बनाउने ब्यबहारिक प्रण गरौ ।
कुबेतमा आयोजित पछिल्ला केहि सांगीतिक कार्यक्रममा दर्शक , मनोरंजन लिने एउटा पात्र म पनि हु । नेपाली कला र सस्कृतिलाई प्रवासमा संरक्षण र प्रर्वधन गर्नको लागि कुबेतमा पनि केहि कलाकारहरु मिलेर केहि बर्ष अघि देखि नेपाल कुबेत सास्कृतिक मंच र अन्तरास्ट्रिय नेपाली कलाकार समाज कुबेत जस्ता संघ सस्था क्रियाशील रहेका छन् । संस्थाका कलाकारहरुले कुबेतमा रहेका नेपाली प्रतिभाहरुलाइ गोलबद्ध गरि गायन नृत्य र कुबेतमा आयोजना हुने हरेक कार्यक्रममा पन्चे बाजा बजाएर थप आकर्षक बनाउदै नेपाल बाट आउने अतिथि कलाकारहरु संगै एक्यबधता गर्दै ,कोरश गर्दै नेपालीपनलाइ जीवन्त राख्दै आएका छन् । यसका अतिरिक्त कुबेतमा गठन भएका क्रियाशील विभिन्न संघ सस्थाले समय समयमा नेपाली कलाको सम्मान गर्दै नेपाली कलाकारको हौसला बढाउने अभिप्रायले नेपाली कला सस्कृति सम्बन्धि बिभिन्न कार्यक्रम गरेर नेपाली नेपाली विचमा मात्र नभएर विदेशीहरुको विचमा पनि नेपाली कला सस्कृतिलाइ परिचित गराउने काम गर्दै आएका छन् ।
देशको संक्रमणकालीन राजनीतिक अवस्थाले रोजगारीका बाटाहरु प्रायः बन्द छन्।फलस्वरूप अधिकांश पुरुष युवा युवतीहरु विदेशतिर पलायन हुन्छन्। जता पलायन भए पनि कला र सस्कृति देशको पहिचान भएकाले यसको जगेर्ना गर्नु हामी सबैको दायीत्व हो । यधपी प्रवाशमा रहेको देशको नीति नियम कानुन र परिस्थितिमा नेपाली कार्यक्रमको आयोजना गर्नु र दर्शकलाई कार्यक्रम स्थल सम्म ल्याउनु कम चुनौतीपूर्ण छैन। यहि चुनौती लाइ स्वीकार गर्दै केहि महिनाको फरकमा कुबेतको नेपाली समाजमा आयोजित दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतद्धारा संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रम एव राप्ति भेरी कर्णाली एकता समाज कुवेतको आयोजनामा अनाथ बालबालीकाको सहयोगार्थ आयोजित न्यु ईयर धमाका २०१८ सांगीतिक कार्यक्रमले दर्शकहरुलाई मंत्रमुग्ध बनाउंदै कार्यक्रम भएको अवधिभरि त्यहांको वातावरणलाई संगीतमय बनाएको म साक्षि बनेको छु । कार्यक्रममा सयौको संख्यामा नेपालीहरुको उपस्थिति रहेको देखेको छु । प्रवासमा आयोजना हुने विविध सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रमहरुलाई सही ढंग बाट संचालन गर्न सकियो भने प्रवासी नेपालीहरु लाई नेपाली संस्कृति संग सधैं नजिकै राख्न सकिन्छ नै, यसका साथ साथै आफु बसोबास गर्ने देशका नागरिकहरु माझ पनि हामीले हाम्रो संस्कृति प्रवर्धन गर्न सक्दो रहेछौ भन्ने कुरा मैले यी कार्यक्रम हेरे पछी महसुस गरेको छु।
समाज पश्चिमीकरणतर्फ ढल्किरहेको आजको समयमा आफ्नो जन्म भुमी छोडेर प्रवासमा जागिरको कारण ब्यस्त रहने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई एकै ठाउँ भेटघाट गराउदै नेपाली खानाको स्वाद चखाउदै, नाच्दै, गाउदै, रमाउदै, दु:ख सुख साट्दै, सबै एकसाथ बसेर खुशीयाली बाट्ने उद्देश्यका साथ आयोजना हुने यस्ता विविध सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रमहरुले खास गरि कुबेतमा कार्यरत घरेलु श्रमिक महिलाहरु, परिवारका साथमा रहेका महिला गृहिणीहरु तथा महिला पुरुष श्रमिकहरु निकै ठूलो जमातमा एक ठाउँमा भेट्ने अवसर पनि मिल्ने र लगातार कार्य ब्यस्तताको कारण भएको शारीरिक थकान अनि आफ्नो मातृभूमि एबं परिवारदेखि टाढा रहनु परेको मानसिक पिडालाइ क्षणिक भएपनि भुलाउन र भरपूर्ण मनोरंजन दिन सहभागीहरू र सम्बन्धित सबैलाई निकै उत्साहित बनाएको एव ऊर्जा दिएको छ । कुबेत मै भए पनि टाढाटाढा रहेका एक अर्का संग भेटघाट नभएका गाउ ठाउका , आफन्त साथीभाईहरुको सामाजिक दूरी घटाउने काम समेत गरेको छ । यहाँका विभिन्न समूदायलाई एक आपसमा जोड्ने सेतुको काम गरेको छ। समग्रमा यस्ता कार्यक्रम आफैमा सन्देशमूलक त् छदैछन यसका अतिरिक्त कार्यक्रम आयोजना हुदा एकै साथ उपस्थिति रहने नेपाली राजदुताबास र नेपाली कामदार बीच सम्श्याहरुको बारेमा प्रत्यक्ष अन्तरक्रिया गर्ने , सामाजिकरण गर्ने एउटा मुख्य आधार बन्न सक्छ र बन्दै पनि आएको छ ।
अत: कुबेतमा छरिएर रहेका नेपालीहरुलाइ एकत्रित गर्न एव एकताको भावाना बिकास गर्न देखि बिभिन्न नेपाली कला, संस्कृति झल्काउने सांस्कृतिक , सांगीतिक , साहित्यक कार्यक्रमहरु आयोजना गरेर नेपालको पर्यटन प्रबद्र्धनको विस्तार र प्रबद्र्धन गर्दै हाम्रो मौलिक परम्पराको जर्गेना गरौ । कुबेतमा कार्यरत नेपालीहरु बिचमा आपसी सद्भाव र मिलोमतोको भावना अभिवृद्धि गर्न तथा एकै ठाउमा जम्मा भएर दु:ख सुख साटासाट गर्न हामी सबै मिलेर भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिऊ ,सामुहिक तवरले मनाउ र त्यसलार्इ मिडियाकरण गरौ जसले कुबेतमा रहेका नेपाली समाजको वारेमा सकारात्मक सन्देश दिन्छ र अहिले सम्म बिग्रिएको हाम्रो छवि सुधार्ने छ ।
नेपाल सरकारको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वार्षिक ५ लाख युवाहरु श्रम बजारमा प्रवेश गर्दछन् । देशभित्र पर्याप्त रोजगारीका अवसरहरु नभएकोले दैनिक करिब १२ सय देखि १५ सय युवाहरु वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति प्राप्त गर्ने गरेका छन् । बैदेशिक रोजगार नेपाली युवाका लागि रहर र बाध्यता दुवै भएको छ । यधपी यी बाध्यताका बीच एकातिर वैदेशिक रोजगारबाट मासिक रुपमा ५५ अर्ब भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिने गरेको छ भने अर्को तिर रेमिट्यान्ससँगै नेपाली युवाले विदेशमा गएर सिकेको सीप र अनुभव पनि नेपाल भित्रिरहेको छ । घरपरिवार छाडेर बिरानो भूमिमा नेपालीहरूले बगाएको पसिना र रगत संचित रेमिट्यान्सले देश चलेको भन्दा फरक पर्दैन । तर मुलुकको कुल गार्हस्थ्य उत्पादनमा झण्डै ३२ प्रतिशत योगदान गर्ने रेमिट्यान्स पठाउने आफ्ना नागरिकप्रति राज्य जुन रुपमा संवेदनशील हुनुपथ्र्यो त्यो अहिले सम्म नि नीतिगत रुपमा संस्कार बसेको छैन । बैदेशिक रोजगारीमा रहेका आफ्ना नागरिकहरु आपत बिपत्तिमा पर्दा राज्य छ भन्ने आभाष दिलाउन समेत राज्य चुकेको छ । अलपत्र पर्दा राज्य मौनता साधेर बसिदिदा राज्य हामीहरूसँग उभिएको छ कि छैन भनेर खोज्नु पर्ने तित्तो अनुभवको एउटा पिडा कुबेतमा घटेको छ ।
कुवेतको नेसनल खराफी कन्स्ट्रक्टिङ कम्पनीका ३ सय भन्दा बढी नेपाली कामदार अलपत्र परेको ४ महिना पुग्न लागि सक्यो । काम बन्द भएको र कम्पनीले खाना खुवाउन छाडेको पनि महिनौ पुगि सक्यो । उद्धारको प्रतीक्षामा रहेका अलपत्र नेपाली कामदारलाई नेपाली समुदायले पैसा उठाएर खाना खुवाइरहेको सार्वजनिक भइरहँदा पनि राज्य मौन भएर बसेको छ । महिनौ अघि परराष्ट्र र श्रम मन्त्रालयलाई तुरुन्त उद्धार आवश्यक भएको भन्दै बजेट उपलब्ध गराइदिन अनुरोध गर्दा पनि राज्य मौन रहेकामा कुवेतस्थित नेपाली दूतावास आफै चिन्तित देखिएको छ। लोकतन्त्रमा सबै नागरिक, सबै संस्था जवाफदेही हुन्छन् भनिन्छ आफ़ना कामदारको आवासीय अनुमति (भिसा)को नविकरण काम लगाउने कम्पनीले गर्दिनु पर्ने होईन र ? किन कूटनीतिक ‘डिलिङ’ बाट यो कुरा हामी उठाऊन सकदैनौ ? अलपत्र परेको खवरले कामदार पठाऊने एसओएसले २० जना कामदारको उद्धार गर्दा सरकारले किन जवाफदेही हुदैन ? कल्याणकारी कोषमा करोडौ जम्मा गराएर पीड़ित नेपालीको किन उद्दार गर्न खोजदैंन ?पीडित कामदारले दुताबास तथा बिभागमा आफुहरु अलपत्र परेको जानकारी दिएको महिनौ बितिसक्दा पनि अबस्था उही हुनु भनेको राज्यको गैरजिम्मेवारपन हो ।
सरकारले राज्यकोषबाट आर्थिक सहायता, उपचार सहायताका नाममा पहुँचवाला र दलका कार्यकर्ता, आफू निकट कार्यकर्तालाइ विभिन्न बाहाना बनाएर करोडौ बाड्दै ,भरणपोषण गर्दै आइरहेको छ तर बिदेशमा दिनरात पसिना र रगत बगाएर रेमिट्यान्स पठाई मुलुकको कुल गार्हस्थ्य उत्पादनमा योगदान पुराउदै आएका नेपाली कामदार अलपत्र पर्दा भने सरकार नतमस्तक भएर मौनता साधेर बसिदिनुले बैदेशिक रोजगार कति सुरक्षित र कति कमजोर छ भनेर सहजै देख्न सकिन्छ ।सरकार भनेको भनेको जवाफदेहीता पनि हो । ३०० जना नेपाली ४ महिना देखि अलपत्र हुदा नि श्रम, परराष्ट्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड मौन हुनु भनेको राज्यको अवस्थालाई इङ्गति गर्दछ ।बैदेशिक रोजगारमा रहेकाहरु प्रति राज्य कति संवेदनशिल छ, जवाफदेही छ , नेपाली कामदारको समस्या र पीडालाई कसरी राज्य सञ्चालनमा स्थान दिएको छ, सरकारको प्रभावकारिता कस्तो छ, बैदेशिक रोजगारलाई सुरक्षित,व्यवस्थित र मर्यादित बनाउन राज्य संवेदनशिल छ/छैन भन्ने कुरालाई इङ्गति गर्दछ ।
बैदेशिक रोजगारीको कारण गरिब नेपालीको घरपरिवार चलेको, शिक्षा, स्वास्थ जस्ता मानव विकास सुचकांकमा सुधार भएको, देशको लागि आवश्यक विदेशी मुद्राको जोहो भएको जस्ता तथ्य अध्ययनले देखाएको छ ।यसरि मुलुकको अर्थतन्त्र तथा जनजिवनमा वैदेशिक रोजगारले उल्लेख्य परिवर्तन ल्याएको भएपनि बैदेशिक रोजगार समस्या रहित हुन सकिरहहेको छैन ।यधपी बैदेशिक रोजगारमा अनगिन्तिी समस्या छन् भन्ने बुझेर नै देशका सबै नीति निर्माण योजना र्बिकासका खाकाहरुमा वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दाे बनाउने भन्ने लेखिएका छन् । आपत्कालीन अवस्थाको व्यवस्थापनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषमा करोडौ रुपैया जम्मा समेत गरिएको छ । तुलनात्मक रुपमा सरकारी तहबाट कामदारको सुरक्षा र बैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित गराउने नीतिगत प्रयास भएको भएता पनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर छ ।जसका कारण यो क्षेत्र धेरै नै लथालिङ्गको अवस्थामा छ ।
हावा चल्दा नहल्लिने पात हल्लाएर हुदैन । यसलाई संरचना बनाउन सक्नु पर्छ । अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातारण निर्माण गर्न वा उतै काम गर्ने ब्यबस्था मिलाउन सरकारको पहिलो प्राथमिकता र ज्वाफ्देहितामा हुनु पर्छ । छिटो र सहज रूपमा कम खर्चमा पीड़ित नेपालीहरू लाई स्वदेश फिर्ता गर्न कूटनीतिक पहल गर्न गराउन र कानुनी, व्यवहारिक एवं नीतिगत तहमा रहेको जटिलताको बस्तुस्थिति बुझेर पहलिरुपमा काम गर्ने राज्यको संयन्त्र बनिनु पर्छ । त्यस्तै गरि बिदेशमा काम गर्न जादा अलपत्र परेको बेलामा होश या बैदेशीक रोजगारीबाट ज्ञान, शीप र अनुभव सहित स्वदेशमा फर्किएका बेला हुन् कसैलाई पनि नीतिगत अभावमा मारुन की बाचूँन भनेर बेवारिसे अवस्थामा छोडिदिने राज्यको संयन्त्र नबनोस ।अन्यथा बैदेशिक रोजगार कहिले पनि सुरक्षित,व्यवस्थित र मर्यादित हुन सक्दैन । अत रेमिट्यान्सको योगदान बुझेर विप्रेषण आप्रवाहलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन र दीर्घकालीन गरिबी न्यूनीकरण गर्न मद्दत मिल्ने र राष्ट्रिय उत्पादन अभिवृद्धि गराउन बेलैमा बैदेशिक रोजगारलाइ व्यवस्थित र नीतिगत रुपमा मर्यादित बनाउन हाम्रो अावश्यकता के हो? यसको ठोस निष्कर्ष खोज्नु पर्ने समय अाएको छ ।