एजेन्सी/ किस्सा–कहानीमा उल्टो पैताला भएका महिलाबारे सुन्न पाइन्छ । यस्तो पैताला भएकी महिलालाई कहानीमा चुँडेल नाम दिइएको छ । तर, साँच्चै यस्तो पैताला भएका महिला कतै छिन् भनेको सुन्दा पत्याउन गाह्रो पर्छ । तर, सत्य हो, चीनको एउटा गाउँमा यस्तै महिला छिन् ।
चीनको चङकिङ सहर निवासी २७ वर्षीया वाङ फाङ नाम गरेकी युवतीको दुवै पैताला उल्टो छ । तर, यसले उनलाई कुनै अप्ठेरो गरेको छैन । उनी मजासँग हिँड्डुल गर्न, सामान्य मानिसझैँ दौडिन र काम गर्न सक्छिन् । कुनै दुर्घटनामा परेर नभई आनुवांशिक दोषका कारण उनको खुट्टा यस्तो भएको हो ।
उनको खुट्टा जन्मजात यस्तो भएको हो । अभिभावकले सानैमा उनलाई डाक्टरकोमा लगेका थिए । उनी हिँड्न सक्नेमा डाक्टरहरूले पनि शंका व्यक्त गरेका थिए । तर, हिँड्डुल गर्न मात्र नभई उनी सामान्य युवतीले गर्ने हरेक काम गर्न सक्छिन् । चीनको एउटा रेस्टुरेन्टमा उनी वेटरको काम गर्छिन् ।
‘खुट्टाले मलाई कुनै अप्ठेरो पारेको छैन । मेरा सँगिनीबीच सबैभन्दा चाँडो दौडिन्छु, म,’ उनी भन्छिन् । जुत्ता लगाएर हिँड्दा उनी अन्य युवतीभन्दा रत्तिभर पनि फरक देखिन्नन् ।
‘स्वास्थ्यलाई फाइदा पुर्याउने अथवा सृष्टिको निरन्तरताको सम्भावनालाई अधिक तुल्याउने महत्त्वपूर्ण तरिका भनेको शाकाहारी भोजन हो’- अल्बर्ट आइन्सटाइन
एडोल्फ हिटलर
शाकाहारी राजनीतिज्ञहरूको चर्चा गर्दा सबैभन्दा अगाडि आउने नाम हो, जर्मन तानाशाह एडोल्फ हिटलर । हिंसाको प्रतीक बन्न पुगेका हिटलरको भोजनमा मासु तथा मासुजन्य पदार्थ वर्जित थियो ।
शाकाहारी राजनीतिज्ञहरूको चर्चा गर्दा सबैभन्दा अगाडि आउने नाम हो, जर्मन तानाशाह एडोल्फ हिटलर । हिंसाको प्रतीक बन्न पुगेका हिटलरको भोजनमा मासु तथा मासुजन्य पदार्थ वर्जित थियो ।
सम्यक भोजनको पक्षमा थिए, हिटलर । मासुबाहेक उनी तामसिक मानिने कुनै पनि खाद्य खाँदैनथे । जीवनमा उनले एकपटक मात्र चुरोट र रक्सी सेवन गरे, बाल्यकालमा स्कुलबाट निकालिएको खुसियालीमा । त्यसपछि उनले नशालु पदार्थको सेवन कहिल्यै गरेनन् ।
शाकाहारी हिटलर जनावरलाई अत्यन्त माया गर्थे । पशुवध नगरौँ भनेर उनले पटकपटक सचेतना र्याली निकालेका थिए । पशुअधिकारको पक्षमा वकालत गर्ने पहिलो नेता हुन्, उनी । शाकाहारी भोजनले बल, वुद्धि, आरोग्य र शान्ति बढ्छ भन्नेमा उनी विश्वास गर्थे । उनी चकलेटका ठूला पारखी थिए ।
अल्बर्ट आइन्सटाइन
अल्बर्ट आइन्सटाइन अहिलेसम्मकै बुद्धिमान् व्यक्ति मानिन्छन् । ई बराबर एमसी स्क्वायर फर्मुला प्रतिपादन गरेर भौतिकशास्त्रमा ठूलो क्रान्ति ल्याइदिएका उनी जीवनको उत्तराद्र्धतिर शाकाहारी भोजनतर्फ आकर्षित भएका थिए ।
मांसाहार गर्दाताका पनि आफ्नो मन शाकाहारी नै भएको महसुस आफूलाई भएको उनले एक समय बताएका थिए । एक मित्रलाई लेखेको चिठीमा उनले भनेका थिए, ‘मासु खाँदा जहिल्यै पनि मलाई पापबोध हुने गथ्र्यो । पापबोध गर्दै मासु खानु नमज्जा हुन्थ्यो । अन्त्यमा मासु खानै छोडिदिएँ ।’
शाकाहारी भोजनको पक्षमा आइन्सटाइनका भनाइलाई शाकाहारी भोजनको पक्षमा आवाज उठाउनेहरूले गुरुमन्त्र मान्ने गरेका छन् । ‘स्वास्थ्यलाई फाइदा पुर्याउने अथवा सृष्टिको निरन्तरताको सम्भावनालाई अधिक तुल्याउने महत्त्वपूर्ण तरिका भनेको शाकाहारी भोजन हो,’ एउटा सन्दर्भमा आइन्सटाइनले भनेका थिए । शाकाहारी भोजनमा प्रसन्नता र शान्ति निहित हुने उनको भनाइ थियो ।
बिल क्लिन्टन
अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन सन् २०१० पछि शाकाहारी बनेका हुन् । उनले त्यसयता मासु मात्र नभई दुग्ध परिकार खान पनि ठ्याम्मै छोडिदिएका छन् ।
सन् २००४ मा शल्यक्रिया गरेपछि मासुले स्वास्थ्यलाई राम्रो गर्दैनरहेछ भन्ने उनलाई परेको थियो । अहिले उनी मांसाहार त्याग्न प्रेरित गर्ने अभियन्ता बनेका छन् । शाकाहारी भोजनले मानिसलाई दीर्घजीवी बनाउँछ भन्ने उनको मान्यता छ ।
‘म हजुरबुबा भइन्जेलसम्म बाँच्न चाहन्छु । नातिनातिनाको औँला समाएर घुम्ने मेरो इच्छा छ । शाकाहारी भोजनले मेरो यस्तो इच्छा पूरा गर्ने देखेपछि मैले मांसाहार त्यागेको हुँ,’ उनी भन्छन् ।
अहिले उनी तरकारी, फलफूल, गेडागुडी सकेसम्म बढी मात्रामा खाने गर्छन् । चिज, दूधलगायत दुग्ध परिकार र माछा खान उनले छोडिदिएका छन् । विशुद्ध शाकाहारी भोजन गरेयता स्वास्थ्यमा राम्रो सुधार आएको उनी बताउँछन् । ‘रक्तपरीक्षण गर्दा सबै ठिकठाक देखिएको छ । मांसाहार गर्दाभन्दा अहिले मैले आफूलाई बलियो महसुस गरेको छु,’ उनी भन्छन् ।
माइक टाइसन
शाकाहारी भोजन गर्ने खेलाडीको कुरा गर्दा सबैभन्दा पहिले आउने नाम हो, माइक टाइसन । अमेरिकाका रिटायर्ड बक्सर उनी संसारकै बलिया मानिसमा गनिन्छन् । बक्सिङमा उनले पटकपटक विश्व कीर्तिमान् कायम गरेका छन् ।
सन् २०१० यता उनी शाकाहारी बनेका हुन् । ४८ वर्षीय उनी शाकाहारी भोजनले आफ्नो जीवन पूरै बदलिदिएको बताउँछन् । एक समय आफू लागू औषधको अम्मली भएको र लागू औषध छोड्नुपर्छ भन्ने महसुस भएपछि आफू शाकाहारी बनेको उनी बताउँछन् ।
‘लागू औषधका कारण एकपटक म पूरै जीर्ण भइसकेको थिएँ । सास फेर्न पनि गाह्रो हुने अवस्था आइसकेको थियो । उच्च रक्तचापले मलाई च्याप्यो । त्यसपछि मैले जीवनमा आमूल परिवर्तन गर्नुपर्छ भन्ने महसुस गरेँ । त्यसपछि मैले मांसाहारलगायत गलत लागेका बानीलाई सदाका लागि त्यागिदिएँ,’ उनी भन्छन् । चार वर्षीया छोरीको असामयिक निधनले पनि आफूलाई शाकाहारी भोजनतर्फ डोहोर्याएको उनी बताउँछन् । ‘अहिले म फिट एन्ड फाइन छु । स्वास्थ्य एकदम राम्रो छ । मेरो जीवन पूरै बदलिएको छ । म लागू औषध सेवन गर्दिनँ । पहिलेजस्तो सडकमा विनाकाम हल्लिदिनँ । क्लब जाँदिनँ र माछामासु खादिनँ,’ उनी भन्छन् ।
अमिताभ बच्चन
बलिउड अभिनेता अमिताभ बच्चन शाकाहारी हुन् । कुनै समय आफूले मांसाहार गर्ने गरे पनि पछि शाकाहारी बनेको उनी बताउँछन् ।
‘धर्म अथवा स्वास्थ्यका लागि मैले मांसाहार त्यागेको होइनँ, मासु खान त्यसै मन लागेन र छोडिदिएँ,’ उनी भन्छन् । शाकाहारी खाना उनलाई असाध्यै मिठो लाग्छ । ‘शाकाहारी खानाको म पारखी हुँ । चाइनिज र इटालियन भेजिटेरियन फुडको पनि म प्रशंसक हुँ,’ उनी भन्छन् ।
पशुअधिकारका पक्षमा अभियान सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था पेटाले सन् २०१३ मा अमिताभ र अभिनेत्री विद्या बालनलाई बलिउडका कामुक शाकाहारी कलाकारको उपाधि दिएको थियो । पेटाले गरेको सर्वेक्षणका आधारमा अभिताभलाई बलिउडको मात्र नभई एसियाकै कामुक शाकाहारी पुरुषको उपाधि दिइएको थियो । अमिताभ र विद्याबाहेक बलिउडका हेमा मालिनी, करिना कपुर, जोन अब्राहम, महिमा चौधरी, मल्लिका सेरावत आदि कलाकार पनि शाकाहारी हुन् ।
दही स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसमा हुने रासायनिक पदार्थले दूधभन्दा चाँडो पच्छ पनि । दही भुटेको जिरा वा सिधेनुनका साथ प्रयोग गर्नु उपयुक्त मानिन्छ । स्वास्थ्यलाई सन्तुलित राख्न र विभिन्न रोगबाट जोगाउन यसको भूमिका हुन्छ । केही विशेषता :
- अपच र कब्जियतजस्ता समस्यामा दही सेवनले लाभ दिन्छ । पेटको गडबडी छ भने भातमा दही मिसाएर खाँदा राहत हुन्छ । पायल्सको समस्या भए दिउँसोको खानापछि एक गिलास महीमा ज्वानो मिसाएर नियमित पिउँदा ठीक हुन्छ ।
- दहीले हृदयरोग, उच्च रक्तचाप, मिर्गौलाको रोगमा पनि लाभ पुर्याउँछ ।
- कोलेस्टेरोल बढ्न दिँदैन, यसले मुटुको चाल सन्तुलन राख्न मद्दत पुग्छ ।
- क्याल्सियमको मात्रा अधिक मात्रामा पाइने हुनाले हाडको विकासमा मद्दत पुर्याउँछ । साथै दाँत र नङ बलियो बनाउँछ । मांसपेसीलाई सही ढंगले काम गर्न सहयोग गर्छ ।
- पेटका रोगीले जुनेलोको रोटीसँग दही खाँदा ठीक हुन्छ ।
- दहीमा मह मिसाएर खाएमा साना बच्चाको दाँत सजिलै आउँछ ।
- मुखमा घाउ आएको छ भने मह र दहीको समान मात्रा मिसाएर बिहान–बेलुकी लगाउने हो भने सञ्चो हुन्छ ।
- दहीको सेवनले शरीरको बोसो घट्छ ।
- गर्मी मौसममा दहीबाट मही निकालेर या लस्सी बनाएर पिए पेटको गर्मी शान्त हुन्छ । मही या लस्सी पिएर बाहिर निस्कँदा लु लाग्ने पनि डर हुन्न ।
- दहीमा किसमिस, बदाम, छोकडा आदि मिसाएर खानाले तौल बढ्छ ।
- कपाल सुन्दर, स्वस्थ या निरोगी बनाउन दही या महीको प्रयोग गर्न सकिन्छ । नुहाउनुपूर्व दहीलाई कपालमा लगाएर जरैसम्म पुग्ने गरी मालिस गर्ने र केही समयपछि धुने । यसो गर्दा कपाल सुन्दर हुन्छ ।
- दहीलाई जिरा वा हिङमा मिसाएर खानाले जोर्नी दुख्न कम हुन्छ ।
पुरुषहरुको यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:
जाँड रक्सी र सुर्तिजन्य बस्तुको प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।
डिप्रेशन: धेरै तनाबले हार्मोनमा परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।
बिरामि: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।
खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ :
अदुवा
यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।
खजूर
बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।
लसुन
काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।
ताजा फल फूल
यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ ।
सेतो मुसली
यूनानी चिकित्साका अनुसार सेतो मुसली ( बोजो जस्तै एक प्रकारको बनस्पति )को प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ । एजेन्सीको सहयोगमा
मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उद्धव भएको विभिन्न सास्त्रमा उल्लेख भएको पाइन्छ। रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता हुने गरेको धार्मीक आस्था रहदै आएको छ। भन्ने गरिन्छ रुद्राक्ष जति सानो भयो उतिनै प्रभावकारी हुन्छ।सफलता, धन-सम्पति, मान-सम्मान प्राप्तीका लागि सहायक भुमीका रुद्राक्षले गरेको हुन्छ। तर हरेक मानिसको चाहना अनुसार रुद्राक्षको अलग-अलग धारण गर्ने गरिन्छ।
यस्तै रुद्राक्ष सम्बन्धी पनि केही फरक नियम रहेका हुन्छ, जस्तै जुन माला जपका लागि प्रयोग गरिन्छ त्यही माला लगाउँन हुदैन।त्यसको लागि रुद्राक्षको कुनै शुभ साइत हेरेर धारण गर्दा उत्म हुने विश्वास गरिन्छ।यसको औठी बनाएर लगाउँन हुदैन।जसले नियममा ध्यान राख्दै श्रद्धापूर्वक रुद्राक्षको धारण गर्दछन् उसको सबै कष्ट हराउँदै जान्छ र मनोकामना पुरा हुन्छ। जुन घरमा रुद्राक्षको पुजा हुन्छ, त्यस ठाँउमा लक्ष्मीले बास गर्दछीन्। यो भगवान शंकरको सबै भन्दा प्रिय बस्तु मानिन्छ।
एकमुखी रुद्राक्षमा भगवान शिवको स्वरुप रहेको हुन्छ। यसको धारण गर्नाले धन सम्पति प्राप्त र मोक्ष आदिको प्राप्ति हुन्छ।
दुर्इमुखी रुद्राक्षको अर्धनारीश्वर रूप मानिएको छ।शिव र पार्वतीको स्वरूप रहेको छ। यसको धारण गरेमा मान-सम्मान एंव मोक्षका प्राप्ति हुन्छ। अधिकाश रोगहरुको निवारण समेत हुन्छ।
तीनमुखी रुद्राक्ष ब्रह्मा-विष्णु-महेशको स्वरूप मानिएको छ। विद्या प्राप्तको लागि यसको धारण गरेको सर्वश्रेष्ठ मानिन्छ।
चारमुखी रुद्राक्ष ब्रह्माको स्वरूप मानिएको छ। धर्म, अर्थ, काम एंव मोक्ष प्राप्ति हेतुले यसको धारण गरिन्छ।
पाँचमुखी रुद्राक्ष राम्रो स्वास्थ्य, दुख-सासथि निवारण गर्न यसको धारण गरिन्छ।
छमुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप भएको मानिन्छ। समस्त पाप मुक्तिको लागि यसको धारण गरेमा श्रेयस्कर मानिएको छ। काम, क्रोध, लोभ, मोह आदिमा नियंत्रणको लागि यो उत्तम रहेको मानिएको छ।यो आत्मशक्ति बढाउन अद्भुत रहेको हुन्छ।
सातमुखी रुद्राक्षले ऐश्वर्य बढाउँन मद्दत गर्दछ भन्ने गरिन्छ र मृत्युको कष्टबाट पनि छुटकारा मिल्छ सात मुखी रुद्राक्ष धारण गरेमा।
आठमुखी रुद्राक्षको भगवान गणेश र बटुक भैरव स्वरूप मानिन्छ।लामो आयुको कामना लागी यसको धारण गर्नु श्रेयस्कर भएको बताइन्छ।
नौमुखी रुद्राक्ष भैरव एंव भगवती दुर्गा स्वरूप हो। धर्मराज (यम)को समेत रूप मानिएको छ। यसले मनोकामना पूर्ति गर्ने रुद्राक्ष समेत रहेको छ। यसको धारण गरेमा व्यक्तिको वीरता, सहस, सहनशीलता एंव पराक्रममा वृद्धि हुन्छ।
दसमुखी रुद्राक्ष भगवान विष्णु स्वरूप भनिएको छ।भनिन्छ सन्तान प्राप्तिको कामना राख्दै यसको धारण गरिन्छ।
एघारमुखी रुद्राक्ष साक्षात रुद्र भनिन्छ।यसको रुद्राक्षको धारण गर्ने व्यक्तिले सफलता एंव विजयको साथ रहेको हुन्छ।
बाह्ररमुखी रुद्राक्ष सबै समस्याको समधान गर्ने रुपमा चिनिएको छ।रोग र लाभदायक रहेको छ।
तेह्ररमुखि रुद्राक्ष इन्द्रको स्वरूप भएको मानिएको छ। यो धन-सम्पत्ति, सौभाग्य एंव कामना पूर्ति गर्ने रुद्राक्ष हो।
चौदमुखी रुद्राक्ष हनुमानको स्वरूप भएको मानिन्छ। यो सबै पापको नाश एंव दुखबाट मुक्ति दिने आरोग्यदायक रुद्राक्ष हो।
![]() |
| फोटो: सगरमाथा टिभी |
यतिखेर एक जना नेपाली बालकले ‘गुगल ब्वाय’को संज्ञा पाएका छन् । दैबी शक्ति भनौ अथवा के भनौ उनले दिने जवाफले सबैलाई आश्चर्यचकित बनाई दिन्छ । बिद्यालय समेत नटेकेका आदीत्य दाहालको प्रतिभा देखेर जो कोही पनि आर्श्चयमा पर्ने गर्दछन् । विक्रम संवत् २०६७ साल श्रावण ७ गते काठमाडौंको चावहिलमा जन्मिएका यी बालक असाधारण प्रतिभाका धनी छन् । झापा पुर्खेली घर भएका इन्दिरा र शेषराज दाहालका यी चार बर्षीया छोराको बिलक्षण प्रतिभाले सबैलाई चकित पारिरहेको छ । सुरुको दिनमा सामान्य अवस्थामा हिड्न, बोल्न थाले पनि अहिले शारीरिक रुपमा कमजोर भएका कारण बोल्न, हिड्न केही सक्दैनन् । तर उनी अरुले सोधेको र लेखेको जटिल प्रश्नको समेत सहज रुपमा उत्तर लेखेर सबैलाई चकित पार्छन् । उनी भबिश्यवाणी समेत गर्न थालेका छन् । नेपाली भाषा मात्र हैन् अन्य धेरै भाषामा सोधिएका छोटा छोटा प्रश्नको सही उत्तर दिने गर्छन् ।
आफ्नै आत्मज्ञानबाट कखरा र एवीसी लेख्न सिकेका आदित्यले भारत, चीन लगायत देशका प्रधानमन्त्रीको नाम नेपालका ७५ वटै जिल्ला र १४ वटा अञ्चलको नाम लेख्न सक्छन् । यती मात्रै होइन उनी आफुसंग घुलमिल भएका व्यक्तिहरुको नाम र काम कारबाही समेत लेख्न सक्छन् । उनीसंग शब्दजालको भण्डार नै छ, गुगल र विकिपीडिया जस्तो । एक नेपाली टेलिभिजनमा पुगेका उनीले कोरियन भाषामा अमनी लेखेर नेपालीमा उल्था गर्न लगाउदा उनले सहजै आमा लेखेर सबैलाई आश्चर्य चकित पारे ।
अभिभावकले भने जस्तै आदित्य झण्डै ३ बर्षसम्म हिडडुल गर्नसक्थे र सामान्य बोलिचालीको भाषा बोल्थे पनि सक्थे । विस्तारै उनीमा सुस्तता देखापर्दै गयो र उनी हात गोडा मात्रै होईन जिब्रो समेत चलाउन नसक्ने अवस्थामा पुगेका छन् । छोराको यस्तो अवस्था व्यहोरेका अभिभावकले उपचारका लागि काठमाडौंको न्युरो, कान्ति वाल अस्पताल, काठमाडौं मेडिकल कलेज लगायतका दर्जनौ अस्पताल र भारतको न्यु दिल्लीस्थित गंगाराम अस्पतालसम्म उपचारको लागि धाए तर सबैजसो अस्पतालले कुनै रोग पत्ता लगाउन नसक्दा भने अभिभावक मर्माहित रहेका छन् ।
असामान्य अवस्थाका देखिएका आदित्यमा २०७१ असार २५ देखि भने चमत्कारीक ज्ञान देखिन थालेको अभिभावको भनाई रहेको छ । उनले कखरा, एबीसी मात्रै होइन, विद्यालय नै नदेख्दै कठिन शब्द आफै लेख्न थाले । २०७१ असारको अन्तिम साताबाट सुरु भएको आदित्यको चमत्कारीक ज्ञान अझ बढी रहेको छ । उनी अहिले आफुसंग घुलमिल भएको व्यक्तिको नाम, काम कारबाही मात्रै होइन भविश्य समेत कोर्न सक्छन् । उनी नचिनेका व्यक्तिले सोधेका कठिन प्रश्नको जवाफ पनि लेखेरै दिने गर्छन् । ४ बर्षका यी बालकमा देखा परेको यो ज्ञानको भण्डार जति विशाल छ । अभिभावकमा त्यती नै पीडाबोध पनि छ । उनीहरु उपचारका लागि सहयोगी हातहरु खोजिरहेका छन् । एउटा बालकमा असामान्य अबस्थामा देखिएको यति ठुलो क्षमता एउटा पढेलेखेको बौद्धिक युवाको भन्दा विशाल छ । बालकको थप शिक्षाका लागी अभिभावकहरु विद्यालयको खोजिमा छन् । उपचारको लागि सुबिधा सम्पन्न अस्पतालमा लाने प्रयन्नमा रहेका छन् ।
उनले संबिधान २०७२ सालमा बन्ने तथा शुशील कोइराला पछि केपी ओली प्रधानमन्त्री बन्ने कुरा पनि लेखेर भबिश्यवाणी गरेका छन् । कतिपयले भने यो शक्तिलाई दैवीशक्तिको रुपमा लिन थालेका छन् ।










