पूर्वीय दर्शनले ज्योतिषशास्त्रलाई स्वीकार गरेको छ । अझैपनि लाखौं मान्छे ज्योतिषशास्त्रलाई आधार मानेर आफ्ना कामहरु अगाडी बढाउछन् । मान्छेको जीवनमा ज्योतिषशास्त्रको दृष्टिले उ जन्मेको महिनाले पनि धेरै फरक पार्छ । कुन महिनामा जन्मेका महिलाहरुको स्वभाव कस्तो हुन्छ् यो पढ्नुहोस्–
बैसाख : यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।
जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् ।
आषाढ : आषढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।
साउन : साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् ।
भाद्र : यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ ।
असोज : असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।
कार्तिक : कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा कफसम्बन्धी बिमारी बढी देखिन्छ ।
मंसीर : यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । धार्मिक काममा मन बढी जान्छ । साथमा धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्छन् भने उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ ।
पुष : पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रोधी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ ।
माघ : माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जिद्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ ।
फाल्गुन : फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।
चैत : यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ ।
कार्तिक १८ - हाम्राे शरीरमा प्रोटिनको मेटाबोलिजम भएर निस्किने तत्त्वलाई युरक एसिड भन्दछन्। न्युक्लिक एसिड र प्युरिन गु्रपको प्रोटिनबाट मात्र युरिक एसिड बन्दछ। जुन सामान्यतया पिसाबबाट बाहिर निस्कन्छ। ७० प्रतिशत केसमा शरीरभित्रकै प्रोटिन र तीस प्रतिशत केसमा हामीले खाने प्रोटिनबाट युरिक एसिड बन्छ।
शरीरमा युरिक एसिडको मात्रा कति छ भनेर थाहा पाउनको लागि रगतको जाँच गर्नुपर्छ। रगतमा युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्ा्राम प्रतिडेसिलिटरलाई सामान्य मानिन्छ। जब युरिक एसिडको मात्रा सातभन्दा बढी हुन्छ, त्यस्तो अवस्थालाई हाइपरयुरिसेमिया भन्छन्। हाइपरयुरिसेमिया हुने अवस्थामा पनि बिमारीलाई जोर्नी दुख्ने र सुन्निने नहुन सख्छ। युरिक एसिड रगतमा ओभर स्याचुरेसन भएर जोर्नीको वरिपरि मासुमा, टेन्डनमा, अथवा काटिर्लेजमा जम्मा भएर जोर्नी दुख्ने, सुन्निने अवस्थालाई गाउटी अर्थराइटिस् भन्छन्।
युरिक एसिड बढ्ने धेरै मानिसमा भए पनि अर्थराइटिस् चाहिँ कमै मात्र मानिसलाई हुन्छ। यो समस्या हरेक सयमा १० जना पुरुषमा हुँदा एकजना महिलालाई मात्र हुन्छ। ९५ प्रतिशत बिमारीहरूमा युरिक एसिड बढ्ने कुनै कारणहरू देखिँदैन। यस्तो अवस्थालाई प्राइमरी गाउट भनिन्छ भने पाँंच प्रतिशतमा कुनै कारणबाट युरिक एसिड बढेको पाइन्छ। यसलाई सेकेन्डरी गाउट भनिन्छ। लामो समयसम्म एस्पिरिन (रगत पातलो बनाउने औषधि), डाइयुरेटिक्स् (उच्च रक्तचापको औषधि), पाइराजिनामाइड (क्षयरोगको औषधि) सेवन गर्ने, ज्यादा जाँडरक्सी र प्रोटिन भएको खानेकुरा खाने, वंशानुगत रूपमा एक प्रकारको इन्जाइमको अभाव भएका मानिस, शरीरमा भएका कोषहरू बढी टर्नओभर हुने रोगहरू जस्तो हेमोलाइटिक डिजिज्, माइलोप्रोलिफेरेटिभ् डिजिज् भएका बिमारी, पुरु षहरूमा उमेर बढ्दै जाँदा रगतमा युरिक एसिड बढ्छ।
धेरैजसो मानिस युरिक एसिड बढेर देखिने लक्षणहरूसँग अनभिज्ञ छन्। सामान्यतया कुनै समस्या नभएको मानिसमा बिहान उठ्दा बुढीऔंलाको फेदमा अत्यधिक दुख्ने, सुन्निने र हिँड्न अप्ठ्यारो हुने, मानाैं कि हड्डी भाँचिएको जस्तो महसुस भएमा युरिक एसिड बढेको संकेत गर्छ। यद्यपि धेरैजसो मानिसमा बुढीऔंलाको फेदमा समस्या देखिए पनि कुर्कुच्चा, घँुडा, कुहिना र औंलाका जोर्नीमा पनि युरिक एसिड बढेर दुखाइ हुन सक्छ।
कहिलेकाहीं युरिक एसिडको दुखाइ जोर्नीमा संक्रमण भएर पिप जमेको जस्तो हुन्छ। तर बिमारीले भनेजस्तो ढाड दुख्ने, दुई वा दुईभन्दा बढी जोर्नीहरू सामान्य रूपमा दुख्ने, हातखुट्टा झमझम गर्ने र जोर्नी जाम भएको अवस्थालाई युरिक एसिड भएको हो भन्न मिल्दैन। हिजोआज यस्ता समस्या बोकेर हाडजोर्नी ओपीडीमा आउने बिमारीको संख्या बढ्दो छ। त्यसकारण सबै बिमारीलाई यसको लक्षणका बारेमा स्पष्ट ज्ञान भएर अनावश्यक रूपमा खानामा बन्देज लगाउने, बाराम्बार युरिक एसिडको जाँच गराउन अस्पताल धाउने, अनावश्यक रूपमा युरिक एसिड भएको चिन्ता लिने गर्नु हँुदैन। सुन्नेको जोर्नीबाट सुई हालेर निकालेको चिजलाई माइक्रोस्कोपमा जाँच्दा नेगेटिभ्ली वाइरेपि|mजेरेन्ट क्रिस्टल देखिएमा युरिक एसिडको अरू थप डाइग्नोसिस हुन्छ।
युरिक एसिड बढेर अत्यधिक दुखेको बेलामा सबैभन्दा पहिला सुन्निन र दुख्न कम हुने औषधि जस्तै न्याप्रोसिन, भोवेरानलगायत औषधिको साथमा कोल्चिसिन भन्ने औषधि सेवन गर्नुपर्छ। सुरुमै धेरै दुखेको अवस्थामा युरिक एसिड घटाउने औषधि जस्तो एलो पुरिनोल, फेबोस्टाट खाएमा युरिक एसिडको मात्रा रगतमा अचानक घट्दा जोर्नीको वरिपरि युरिक एसिडको क्रिस्टल जम्मा भएर झन् दुखाइ बढ्न जान्छ। त्यसकारण युरिक एसिड घटाउने औषधि जोर्नी दुख्ने र सुन्निने कम भएपछि मात्र खानुपर्छ। तर प्रत्येक बिमारीमा युरिक एसिड घटाउने औषधि खान अनिवार्य छैन। यदि एन्टिइन्फ्लामेट्री औषधि खाएर दुख्न र सुन्निन कम नभएमा, रगतमा युरिक एसिडको मात्रा अत्यधिक बढेको अवस्थामा, बारम्बार रोगका लक्षणहरू देखा परेमा, जोर्नीहरू नै बिग्ा्रेेको अवस्थामा युरिक एसिड घटाउने औषधि लामो समयसम्म खानुपर्छ। माथिका यी अवस्थामा बाहेक एन्टिइन्फ्लामेट्री औषधिको सेवन र खानपानमा बन्देज गरेर लामो समयसम्म युरिक एसिडलाई रोगथाम गर्न सकिन्छ।
जहाँसम्म खानपानको सबाल छ, युरिक एसिडको समस्या भइसकेपछि धेरैजसो बिमारीले अत्यधिक मात्रामा खानपानमा बन्देज गरेको पाइन्छ। लसुन, प्याज, चिल्लो, अमिलो, फलफूलदेखि दहीलगायत धेरै पौष्टिक चीजहरू नखाने गर्छन्। यसरी सबैजसो खानेकुरा बन्देज गर्न जरुरी पनि छैन। बन्देज गर्दा शरीरलाई चाहिने पौष्टिक तत्त्वमा कमी भई थप समस्या उत्पन्न हुन सक्छ। विशेष गरी माछा, मासु -रातो मासु), कलेजो, खसीको आन्द्राभुँडी, गेडागुडी, रक्सी तथा रक्सीजन्य पदार्थहरू पूर्णर् रूपमा खान हुँदैन। यस्ता खाने चीजहरूमा प्युरिन भन्ने प्रोटिन अत्यधिक बढी हुन्छ जुन युरिक एसिडको मुख्य स्रोत हो।
युरिक एसिड मिर्गौलाबाट फिल्टर भएर पिसाबसँगै निस्कने हुँदा प्रशस्त पानी तथा झोल पदार्थ खानुपर्छ। यसो गर्दा पिसाबबाट बढीभन्दा बढी युरिक एसिड बाहिर निस्कन्छ। यसले रगतमा यसको मात्रा कम हुन्छ। युरिक एसिडको समस्या भएका बिमारीहरूले नियमित रूपमा रगतमा युरिक एसिडको जाँच गराउनुपर्छ। सामान्यतया युरिक एसिडको मात्रा ५ मिलिग्ा्रामप्रति डेसिलिटरभन्दा कम भएको राम्ा्रो हुन्छ।
युरिक एसिड लगातार बढिरह्यो भने दीर्घकालीन रूपमै बिरामीले जटिलता खेप्नुपर्ने हुन्छ। लामो समयसम्म
रगतमा युरिक एसिडको मात्रा बढेमा जोर्नीमा समस्या देखिन सक्छ। युरिक एसिडका क्रिस्टलहरू जोर्नीभित्र जम्मा भएमा यसले कार्टिलेजलाई बिस्तारै क्षति पुर्याउँदै जान्छ र अन्तमा जोर्नी पूर्ण रूपमा बिगि्रन सक्छ। मिर्गौलाको भित्री सानासाना कोषहरूमा युरिक एसिड जम्मा भएर यसले बिस्तारै मिर्गौलाका कोषहरूलाई क्षति पुर्याउन सक्छ।
सुुरुसुरुको अवस्थामा मिर्गौलामा नेप|mाइटिस्को समस्या देखा पर्छ र अन्तमा दुवै मिर्गौलाले काम नगर्ने स्थिति हुन सक्छ। अर्कोतर्फ युरिक एसिडका क्रिस्टलहरू जम्मा भएर मिर्गौलामा पत्थरी पनि बन्न सक्छ। यसलाई युरेट स्टोन भन्छन्। शरीरमा युरिक एसिड बढ्दै गएमा कोलेस्ट्रोलको मात्रा पनि बढ्दै जान्छ। यसले मुटुमा पनि केही असर देखाउन सक्छ। तर युरिक एसिडको मात्रा सामान्यमा राख्न सक्यौं भने यी सबै जटिलता नगन्य मात्रामा देखिन्छन्।
के तपाईं सुतेर उठेपछिa सधैँ खराब मुडमा हुनुहुन्छ ? अथवा के तपाईं बिहानको नास्ता खानुहुन्न ? यहाँ यस्ता केहि व्यवहारहरु दिइएका छन् जसलाई हामी धेरैजसोले बिहान उठ्ने बित्तिकै आत्मसाथ नगरेर आफ्नो स्वास्थ्यमाथि खेलबाड गरिरहेका छौँ ।
१. बिहान उठ्नासाथ जिममा जानुः बिहान बिस्तारै बिस्तारै काम सुरु गर्नुहोस् । आफूलाई आरामसँग उठ्ने समय दिनुहोस् र आफ्नो मांसपेशीहरुलाई बिस्तारै हल्लाउनुहोस् । निन्द्राबाट ब्युझिँएपछि दाहिने पट्टीबाट घुमेर बेडबाट उठ्नुहोस् । यसले तपाईंको इनर्जी ब्यालेन्स हुन मद्दत गर्दछ ।
२. जिउ नतन्काउनुः जब हामी बिहान उठ्छौँ तब हाम्रो मांसपेशी विषेशतः मेरुदण्ड दह्रो हुने गर्दछ । यदि उठ्ने बित्तिकै जीउ नतन्काउने हो भने तपाईं दिनभरी त्यहि दह्रो मेरुदण्ड लिएर घुम्नुपर्ने हुन्छ र आफ्ना कामहरु गर्न तपाईंलाई असजिलो महसुस हुन्छ । उठिसकेपछि आनन्दले हिँड्नुहोस् । उठिसकेपछि दुई–तीन पटक जिउ तन्काउनुहोस् र केहि लामो–लामो सास फेर्नुहोस् ।
३. दिनको सुरुवात चियाबाट गर्नुः राम्रो मेटाबोलिजमको रहस्य चिया होइन त्यसकारण दिनको सुरुवात एसिडिक खानेकुरा जस्तै चीनि, दुध, चिया वा कफीबाट नगर्नुहोस् । पानीमा कागती मिसाएर पिउनुहोस् । त्यसपछि तपाईं दुध हालेको चिया वा ग्रिन टि पिउनसुक्नुहुन्छ ।
४. फोन चेक गर्नुः कहिले पनि दिनको सुरुवात मेल चेक गरेर अथवा कामको बारेमा सोचेर नगर्नुहोस् । उठेको दुईघण्टा भित्र तपाईंले आफ्नो सबै समस्याको समाधान गर्नसक्नुहुन्न । उठिसकेपछि तपाईंको इनर्जी सबैभन्दा महत्वपूर्ण स्थानमा खर्च हुन आवश्यक छ ।
५. नास्ता नगर्नुः केहि अनुसन्धानका अनुसार बिहानको नास्ता नगर्नाले तपाईं मोटोपन, डाइबिटिज, कमजोर इम्युनको शिकार हुनुहुनेछ । यदि तपाईंको बिहानको नास्ता सहि नभएमा तपाईं दिनभरी गलत खाना खानुहुनेछ । तपाईंले राजा–महाराजाहरुको जस्तो नास्ता खानु आवश्यक छैन तर नास्ता खान आवश्यक छ । (एजेन्सी)
तपाईं हरेक दिन स्वस्थ खाना खानका लागि निकै ध्यान दिनुहुन्छ तर त्यही खानेकुरामा गरिएको सानो गल्तीका कारण तपाईंले चाहे अनुरुपको प्रतिफल पाइराख्न नसक्नु भएको हुनसक्छ । जसले गर्दा तौलमा कमी आउने वा तौल व्यवस्थापन गर्न गाह्रो र समयमा सोचे अनुसारको परिणाम नआउन सक्छ ।
कहिलेकाहीँ हानिकारक नहुने वा नदेखिने खानाले पनि तपाईंको तौल व्यवस्थापनलाई निकै असर गरिराखेको हुन्छ । जसबारे हामी धेरै अनभिज्ञ हुन्छौं । यी खानाहरु हामीले हरेक दिन खायौं भने यसले हाम्रो तौल व्यवस्थापनमा निकै असर पु¥याउन सक्छ ।
१) दुधः
हुनतः दुध एक स्वस्थवर्धक पेय हो तर यसले पनि तौल व्यवस्थापनमा असर गरिराखेको हुन्छ । यदी तपाईं सुत्न अघि, खाना वा खाजामा हरेक दिन दुध खानुहुन्छ भने यसलाई एक महिनाको लागि रोक्नुहोस् । यसले तपाईंलाई तौल घटाउन र अनुहारमा भएका डण्डीफोर हटाउन मद्दत गर्छ ।

२) खानापछि गुलियो खानेकुराः
धेरै मानिसहरुलाई खानापछि केही गुलियो खानेकुरा खाने बानी हुन्छ । यो अनावश्यक हो । यदी तपाईं हरेक दिन खानापछि पनि गुलियो खानुहुन्छ भने यसलाई तुरुन्तै रोक्नुहोस् । हप्ताको एक दिन आफूलाई उपहार दिए जसरी खानुभयो भने चाँही यसले त्यति असर गर्दैन ।

३) साँझ भारी खाजाः
दिउँसो र रातीको खानाको बीचको समयमा तपाईंलाई कतिको भोक लाग्छ ? हामी मध्ये प्रायः धेरैलाई दिउँसो खाजा मज्जाले खाने बानी छ । समोसा, मोःमोः जस्ता खाजा त हाम्रो प्रिय नै भयो । यसले तपाईंको तौल घटाउन कुनै मद्दत गर्दैन । यसको साटो उच्च प्रोटिन भएका खानेकुरा जस्तै बदामहरु बोक्नुपर्छ जसले गर्दा तपाईं भोकले गर्दा बेहोस् नहुनुहोस् ।
४) आलुः
४) आलुः
आलुमा बासो नभए पनि हावार्ड विश्वविद्यालय हालै गरिएको एक अध्ययनले आलुले कालान्तरमा मानिसको तौल बृद्धि गर्ने देखाएको छ । तपाईं घरमा आलु हालेर स्वस्थ तरकारी खानुहुन्छ होला । त्यसमा आलु थपेर अझ स्वादिलो बनाउनुहुन्छ होला । यसले तौल घटाउनेभन्दा तौललाई अझ बढाउने छ ।
५) ‘स्वस्थ स्न्याक’:
५) ‘स्वस्थ स्न्याक’:
बजार स्वस्थ स्न्याक भनेर विभिन्न खानेकुरा पाइन्छ । विज्ञापनमा पनि यिनीहरु असली खाना जतिकै पोषिलो हुने बताइन्छ । तर यस्ता प्रशोधित खानाहरुले पनि तपाईंको तौल वृद्धि गरिरहेको हुन्छ । ख्याल राख्नुहोस् ।
मृत्युदण्ड दिइएकी इरानकी २६ वर्षीया युवती रेहानाले मृत्युपश्चात सबै अंगहरु दान गर्ने इच्छा व्यक्त गर्दै आफ्नी आमालाई निकै मर्मस्पर्शी सन्देश पठाएकी छन् ।अन्तर्राष्ट्रिय स्तरमा भएका अनेकन प्रयासका बावजुद २६ वर्षीया इरानी युवती रेहाना जब्बारीलाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्ड दियो ।
‘इन्टेरियर डिजाइन’ सम्बन्धी सल्लाह लिन भन्दै भेट गरेपछि जबरजस्ती करणीको प्रयास गर्ने पूर्व इन्टिलिजेन्स अफिसर अब्दोआली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा रेहानालाई इरानको सर्वोच्च अदालतले मृत्यु दण्ड दिएको छ । अदालतले हत्या जानी बुझी गरिएको बताएको छ ।
७ वर्षदेखि जेलमा सजाय भोगिरहेकी रेहानालाई २५ अक्टुबरमा फाँसी दिइयो । उनले मृत्युअघि आमालाई सन्देश पठाउँदै मृत्युपछि आफ्ना अंगहरु आवश्यकता भएकाहरुलाई दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।
रेहानाले गत अप्रेल महिनामै यो सन्देश पठाएको भए पनि रेहानाका समर्थकहरुले मृत्युको भोली पल्टमात्रै यो सन्देश सार्वजनिक गरे ।उनकी आमाले न्यायाधीशसँग पूर्व इन्टिलिजेन्स अफिसर सरबन्दीको हत्या आरोपमा छोरीको सट्टा आफूलाई फाँसी दिन माग गरेकी थिइन् ।मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेशलाई गलत ठहर गरेको छ । एम्नेस्टीका अनुसार जब्बारीले सरबन्दीको हत्या आफूले गरेको बताए पनि त्यसबेला घटनास्थलमा अर्को व्यक्तिको पनि उपस्थिति थियो र हत्या अर्कैले गरेको थियो ।

रेहानाको पत्रको भावार्थः
मेरी प्रिय आमा,
आजै थाहा पाएँ मैले किस्सास (इरानी विधि व्यवस्थामा प्रतिकार कानून) को सामना गर्नुपर्ने छ । म आफ्नो जीवनको अन्तिम अवस्था नजिकै आइपुगेकी छु भन्ने तपाइले अझै स्वीकार गर्न नसक्दा म खिन्न भएकी छु ।
तपाइको उदासीले मलाई निकै सताउँछ । एकपटक तपाइँ र बुवाको हात चुम्ने मौका मलाई किन दिनु हुन्न ?
आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ ।
मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै । त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन ।
मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन ।
तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ ।
आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन ।
हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको ? तर तपाइँको अनुभव काम लागेन त ।
जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन ।
आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ ।
जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास ।
न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् । तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् ।
र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु ।
यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो ।
मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य ।
मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।
मैले आफ्नो नासोका रुपमा केही हस्तलिखित दस्तावेज तपाइँका लागि छोडेकी छु ।
आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न ।
त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस ।
मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस ।
मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न ।
मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि ।
यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।
सृष्टिकर्ताको अदालतमा मैले ति सबै जसले अज्ञानताबस वा गलत मनसायले मेरो अधिकार खोसे र कहिलेकाहीं वास्तविकता बाहिर देखिए भन्दा फरक हुन्छ भन्ने तथ्यमा ध्यान दिन चाहेनन् ति सबैविरुद्ध आरोपपत्र प्रस्तुत गर्नेछु ।
कोमल हृदयकी मेरी आमा, अर्को संसारमा अरुहरु आरोपित हुनेछन जुनबेला आरोपपत्र दायर गर्ने तपाइँ र म मात्रै हुनेछौं । हेरौं भगवान के चाहँदा रहेछन् ।
नमर्दासम्म म तपाइँलाई अँगालोमा बाँधीरहन चाहन्थे । आइ लभ यु । रेहाना एजेन्सी

दुध हाम्रो आहाराको महत्वपूर्ण हिस्सा हो । दुधमा प्रोटिन, खनिज र भिटामिनजस्ता पौष्टिक तत्वको प्रचुर मात्रा पाइने गर्दछ । हरेक उमेर समूहका मानिसलाई दुध किन आवश्यक हुन्छ भन्ने विषयमा हामी जानकारी दिँदैछौँ ।
बाल्यकालः
बाल्यवस्थामा शरिरिक र मानसिक विकास तिव्र रुपले हुने हुँदा बच्चाहरुलाई गुलियो पेय पदार्थभन्दा दुध दिनु राम्रो मानिन्छ । दुधमा पाइने प्रोटिन सन्तुलित एमिनो एसिडबाट बन्ने गर्दछ जुन जैविक रुपमा उपलब्ध हुने गर्दछ । दुध सजिलै पच्ने भएका कारण शरिरभित्र यसको प्रयोग निकै प्रभावकारी ढङ्गले हुने गर्दछ । दुधको क्याल्सियम बच्चाको बढिरहेको हड्डी, दाँत र मस्तिष्कलाई बलियो बनाउन मद्दत गर्दछ । अतिरिक्त पोषण तत्वले भरपूर दुधमा भिटामिन डी पाइने गर्दछ । यो निकै महत्वपूर्ण भिटामिन हो जसले हड्डीलाई बलियो बनाउने गर्दछ । यसले रातो रक्त कोशिकाहरुको उत्पादनलाई बढाउने गर्दछ । यसले पाचन प्रणालीलाई बढाउने कार्य गर्दछ र रोग प्रतिरोधात्मक क्षमतालाई साहारा दिने गर्दछ । ११ वर्ष उमेर समूहका बच्चाहरुलाई दिनहुँ थोरैमा पनि दुई पटक दुध र डेरी प्रडक्ट खुवाउनु आवश्यक छ ।
किशोरावस्थाः
बलियो हड्डीका लागि कोशोरावस्थामा पनि गुलियो पेय पदार्थभन्दा दुध खानु नै उपयुक्त मानिन्छ किनभने यो अवस्थामा शरिररको असाधारण परिवर्तन हुने गर्दछ । तसर्थ यतिबेला शरिरलाई हर्मोन्स सम्बन्धि, मांसपेशी र रक्त संचारको अधिकतम विकासका लागि उर्जायुक्त पोषक तत्वको आवश्यक पर्ने हुन्छ । किशोरावस्था एउटा यस्तो समय हो जतिबेला हड्डी बलियो हुने गर्दछ । यस्तो अवस्थामा दुध निकै लाभदायक हुने गर्दछ ता कि तपाईंले कहिलेपनि हड्डी कमजोर हुने समस्या भोग्नु नपरोस् र ओस्टियोपोरोसिसको समस्या पनि झेल्नु नपरोस् ।
वयस्क अवस्थाः
वयस्क अवस्थामा पनि शरिरको क्याल्सियमको आवश्यकता हुने गर्दछ । भिटामिन डी र फोस्फोरसको अलावा पनि सबै उमेरका वयस्कका लागि हड्डी कमजोर हुने खतरा हुने गर्दछ त्यसकारण दुध मानिसको जुनसुकै अवस्थाको लागि पनि आवश्यक हुने तत्व हो ।