हामीले सँधै महशुस गर्दै आइरहेकै कुरा हो, कुनै पनि बासना वा गन्धले हाम्रो शरीर र दिमागमा शक्तिशाली प्रभाव पारिरहेको हुन्छ! बाटोमा हिँड्दै गर्दा कतैबाट मीठो सुगन्ध आयो भने, मनै चङ्गा हुन्छ, फोहोरको दुर्गन्धले नाक खुम्च्याँउछ।
कुनै वास्नाले जीवनका ती पुराना पल झल्यास्स सम्झाइदिन्छन्, कुनैले निकै आत्मीय भाव पैदा गरिदिन्छ। बिहान बिहान कोठामा मिठो अगरबत्तीको बास्नाले त झन् शरिरनै हलुको बनाउँछ, सुघिँरहौं झै बास्नाले लठ्ठ बनाउँछ।
कुरा रह्यो अगरबत्तीको! हजारौँ वर्ष अगाडि देखि नै एसिया र दक्षिणी अफ्रिकामा अगरबत्तीको विशेष महत्व रहँदै आएको छ। धार्मिक तथा आध्यात्मिक समारोहहरूमा धूपको प्रयोगले शारीरिक तथा मानसिक पक्षमा फाइदा गर्दछ भन्ने विश्वास पनि रहेको छ।
यसको धार्मिक महत्व कस्तो रहेको छ त?
धेरै जस्तो धर्म तथा अध्यात्मविद्का अनुसार, धूप एक माध्यम हो- हाम्रो दिमागलाई अदृश्य तत्वहरूसँग मेल गराउनको लागि। अरूको कदर गर्न सिकाउने शक्ति हो अनि स्वर्ग र पृथ्वीलाई जोड्ने अदृश्य शक्तिको मार्गदर्शक हो। यसले हामीलाई सद्भाव र नैतिकताको पाठ सिकाउँदछ।
अगरबत्तीको प्रयोग गर्ने चलन हिन्दु धर्मबाट स्थापित भएको विश्वास गरिन्छ, पछि बुद्ध धर्मावलम्बीहरूले पनि ध्यान गर्नको लागि धूपको प्रयोग गरिएको पाइन्छ। भौतिक तथा सांसारिक दुनियाँभन्दा भिन्न अकल्पनीय स्वर्गीय दुनियाँ जहाँ सबै कुराको अर्थ अनि महत्व छर्लङ्ग हुन्छ, त्यस संसारमा प्रवेश गर्नको लागि अगरबत्तीको सुगन्धले मूख्य भूमीका खल्ने पनि कतिपय धार्मिक गुरुहरूको मान्यता रहेको छ।
भनिन्छ, जब मन, मुटु र मस्तिष्क स्वच्छ, सुन्दर र निश्चल हुन्छ, तब सबै कुराको अर्थ बुझ्न सकिन्छ। संसार के हो, धर्म के हो, कर्म के हो, जीवनको अर्थ के हो, अनि मृत्युको अर्थ के हो? यो सबै कुराको ज्ञान हुनु नै बुद्धत्व पाउनु हो। र हाम्रो मन, मुटु र मस्तिष्कमा सुगन्ध फैलाउने यो अगरबत्तीले पनि ठ्याक्कै यस्तै काम गर्दछ भन्ने धार्मिकशास्त्रीहरूको विश्वास रहेको छ।
विज्ञानले धूपलाई कसरी लिने गर्दछ?
धर्म, अध्यात्म, स्वर्ग, नर्क अनि बुद्धत्वको महत्व आफ्नो ठाँउमा छँदै छ, तर विज्ञानले धूप र यसको बासनालाई भने फरक ढङ्गले व्याख्या गरेको छ। हो, धूपको गन्धले मानिसको दिमागलाई शान्त, आनन्द र स्फूर्त राख्छ, तर शारीरिक रूपमा धूपको धुँवाले फाइदा भन्दा बढी बेफाइदा गर्ने वैज्ञानिकहरू बताउँछन्।
सन् २००८ मा गरिएको एक खोजको अनुसार, धूपको धुँवाले क्यान्सर जस्तो खतरनाक स्वास्थ्य समस्या ल्याउन सक्ने पनि देखिएको थियो। १२ वर्षसम्म चीनका करीब ६० हजार व्यक्तिहरूमा गरिएको अनुसन्धानले धूपको धुँवामा क्यान्सर पैदा गराउने रसायनहरू हुन्छन् भन्ने कुराको पुष्टि भएको थियो।
ती व्यक्तिहरूमध्ये जसले अगरबत्तीको प्रयोग दिनहुँ गर्दथे, तिनीहरूमा फोक्सोको क्यान्सर, अनि माथिल्लो स्वासप्रश्वास प्रणाली जस्तै घाँटी र मुखको क्यान्सरको लक्षण देखा परेको थियो। यो त पहिले भएको अनुसन्धानको नतिजा थियो, तर हालै भएको नयाँ अनुसन्धानले त झन् त्योभन्दा पनि साँचो र ठेट रहस्य पत्ता लगाएको छ।
चीनका वैज्ञानिकहरूले गरेको यो अनुसन्धानले, अगरबत्तीको धुँवा चुरोटको धुँवा भन्दा धेरै गुणाले खतरनाक हुने पनि निष्कर्ष निकालेका छन्। यो अनुसन्धानको नतिजाले एसियाका केहि देशहरू, जस्तै नेपाल, भारत, जापानमा अन्यौलको वातावरण सिर्जना गर्न सक्दछ, जहाँ घर अनि धार्मिक समारोहहरूमा अगरबत्ती बाल्ने परम्परा रहेको हुन्छ।
“घरभित्र धूप बाल्दा हुने स्वास्थ्य समस्याको बारेमा मानिसहरूमा अझ बढी जानकारी दिनुपर्ने हुन्छ।”, ‘साउथ चाइना युनिभर्सिटी अफ टेक्नोलोजी’का अनुसन्धानकर्ता ‘रोङ्ग झु’ले एक पत्रकार सम्मेलनमा भने।
अनुसन्धानकर्ताहरूले चुरोटको धुँवासँग दुई प्रकारको धूपहरूको परीक्षण गरेका थिए। चुरोटको र धूपको धुँवाले ब्याक्टेरिया र चीनमा पाइने मुसाहरूको भ्रूणमा कस्तो असर पर्दछ भनेर परीक्षण गरिएको थियो। ती दुई धूपहरूमा प्रचलित सामाग्रीहरू प्रयोग गरिएको थियो- अगर र चन्दन, जसले धूपमा सुगन्ध थप्ने काम गर्दछ।
धूपको बासनाले आनुवंशिक पदार्थ र डि.एन.ए हरूमा उत्परिवर्तन ल्याउँदछ, जसलाई ‘म्युटाजेनिक्स’ (Mutagenics) भनिन्छ। चुरोटको धुँवासँग दाँजो गरेर हेर्दा, धूपको धुँवा जीवित कोषहरूको लागि अनि प्राणिको डि.एन.ए.को लागि पनि विषालु हुने देखिएको छ। अगरबत्तीहरूमा हुने ६४ वटा यौगिकहरू मध्ये २ वटा यौगिकहरू चाहिँ सबैभन्दा विषालु हुने बताइन्छ।
सुन्दा नराम्रो लाग्न सक्छ तर जो व्यक्तिहरू दिनहूँ धूपको धुँवामा रम्ने गर्छन्, ती व्यक्तिहरूमा ‘म्युटाजेनिक्स’ (Mutagenics), ‘जेनोटक्सिन्स’ (Genotoxins), ‘साइटोटक्सिन्स’ (Cytotoxins) जस्ता खतरनाक विषालु पदार्थहरूले गर्दा क्यान्सर हुन सक्ने अनुसन्धानकर्ता बताउँछन्।
छुटाउनै नहुने, धूपको धुँवाले तब असर गर्छ जब हामीले त्यस धुँवालाई सिधै निल्छौँ। हुन त , चुरोटको धुँवा र धूपको धुँवा सेवन हुने तरिका धेरै फरक हुन्छ। जे होस्, हामी जति धेरै धूपको धुँवामा बस्छौँ, त्यति नै त्यसले असर गरिरहेको हुन्छ। “धूप र चुरोटको धुँवालाई सेवन गर्ने तरिकाले गर्दा धूपलाई सिधै खतरनाक भन्न पनि मिल्दैन। तर यसमा हुने रसायनहरू चुरोटको धुँवा भन्दा पनि खतरनाक हुन्छन्। तपाईँहरूले धूपलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरामा मात्रै भर पर्दछ।”, अनुसन्धानकर्ताहरूले भने।
आज राति मिठो निद्रामा मलाई ऐठन जस्तो भयो ..मैले सम्झे अनुसार ऐठन हुनु पूर्वको घटना भने यस्तो थियो ....धार्मिक , सास्कृतिक तथा जातीय छुवाछुतको कारणले गर्दा समाजमा परम्परा देखि चालिएको कुरीति र कुसस्कारले कुल जनसङ्ख्याको करिब ६० लाख अर्थात् १३ प्रतिशत जनसङ्ख्या रहेको दलित समुदाय असमानताको गहिरो खाडलमा पर्नुका साथै गरिबीको मारमा पिल्सिनु परेको छ । यहि दलित समुदायलाई संविधान सभाबाट संविधान बनाउदा दलितका आर्थिक, सामाजिक, रोजगार र स्वास्थ्य शिक्षा जस्ता उथान गर्ने लगायत दलित पिडा , समस्या र अधिकारको न्योचित ढंगले कानुनी व्यवस्था संबिधानमै किटान गरिनु पर्छ , नयाँ संविधानमा सबै तह र क्षेत्रमा दलित समुदायको पहुँचको ग्यारेन्टी गरिनु पर्छ भन्दै सम्बन्धित निकाय सम्म आवाज पुराउन ,बोधार्थ गराउन म लगायत केहि मित्रहरु संविधानसभा अन्तर्गतका बिभिन्न समितिहरुमा भेट्न जादै गर्दा ढोकामा भयंकर अनिष्ट त्राशपुर्ण छाया आफनै अगाडि उभिएर रोक्यो । कता कता मलाई त्यो छाया आफुले पछिल्लो पटक भोट हालेर जिताएको दलित मुक्तिको चीला र चिप्ला कुरा गर्ने उहि उमेदवारको जस्तो लागि रहयो ।
यो छायाको रोकावट बाट मलाई सकस भईरहेको थियो अनि म यसरि कराउन थालेछु मेरो भोट फगत भोट मात्र होइन ..मैले भोट दिएर जिताउन अहम भूमिका खेले पछी तिमीहरुले पनि संबिधान बनाएर हामी जस्ता राज्यका मूलधार बाट बर्षौ उत्पीडित , दमित र प्रताडित भएका शोषित पिडितहरुको मुक्तिको सपना, आशा र चाहनाहरु लाई बाच्ने आधार दिनु पर्छ ।
त्यस पछी ६० लाख दलितका लागि मुक्तिको आभास गराउने बेला यहि हो भन्दै अटेर गरि उभी रहेको त्यो छाया हटाउन हामि गएका जतिले तानातान गर्न थालेछौ ..हार जित के भो त्यो थाहा नभई एकाशी ब्युझे । पछी पो थाहा भो .. मलाई त ऐठन पो भएको रैछ ....
©गोपाल सिवा (प्रस्तुत लघुकथा आफ्नै पुरानो लेख बाट साभार )
डोम परिवारलाई इनार प्रयोगमा अवरोध गरेको घटना बुझ्न बिहीबार सिरहाका प्रमुख जिल्ला अधिकारी पीडितको घरमा पुगेका बेला इनार छुन नदिने रामऔतार महतोले जातपात छैन भने पनि धार्मिक ग्रन्थमा जातपात किन राखियो र वर्णाश्रम व्यवस्था अनुसार वैश्य,शुद्र किन राखियो भन्दै प्रश्न गरेछ्न्।
हिन्दु धर्म भित्रको वर्णाश्रम व्यवस्थाले समाजमा कति विभेद जन्मिएको रहेछ सवैलाई उदाहरणका रूपमा देखाइ दिएको छ यो भनाइले ।अब ढिलो नगरि आफू सग वर्णाश्रम व्यवस्था च्यापेर हिड्ने मनुवादी सनातनिहरुको समयमै धर्मले जन्माएको बिकृतीहरु सुदृढीकरण गरेर रक्षा गर्ने चेत आओस ।
२०५८ सालको जनगणना अनुसार राज्यको कुल जन्सन्ख्या को १३% दलितमध्ये तराईमा दलितको हिस्सा ३५ प्रतिशत छ भने डुम समुदाय को हिस्सा १ प्रतिसत छ । गत बर्ष सिराहा लालपुरका दुर्गी मल्लिकको परिवारले घरनजिक इनार भए पनि कथित ठुला जातीले पानी नभर्दिए पछि , पानी तान्न नदिए पछि पाँच वर्ष देखि दहको पानी पिउँदै आएको खबर सुनियो ।सोही ठाउँमा केही बर्ष अघि यस्तै समस्या भोग्दै आएका सोही लालपुर ४ का धनेशर मल्लिकले उनको आफ्नै आँगनमा भएको इनारमा पानी भर्दा इनार छोएको निहुँमा गाउँलेले पाता कसेर कुटपिट गरी जरिबाना समेत गराइ अब उप्रान्त इनार नछुने कवुलनामा गराएको खबर पनि सुनिएको थियो ।यो बर्ष साझा सवाल मार्फत दिपक मलिक्क लाई सोही घटना दोहोरियो ।
दुर्गी मल्लिक देखि दिपक मल्लिक सम्मको पुस्ताले ‘माथिल्लो’ जातकाले खुशी भएर निगाहामा भरिदिएको पानी पिउदै जीउँदै आउनु परेको पीडा दोहोरिदै तेहरिदै सुनिदै छ ।मुलुकमा जुनसुकै व्यवस्था आए पनि दलित समुदायमा अति पिछडिएका मल्लिक समुदायले पिउने पानी भर्न समेत पाउदैन भने यी मल्लिकले समाजमा आत्मसम्मानपूर्वक घुलमिल हुने स्थिति कहिले बन्छ ? कस्ले बनाउछ ? कुन ब्यब्स्थामा बन्छ ? नेपालको संविधान, प्रचालित कानुन र अन्तर्राष्ट्रिय कानुनले प्रदान गरेको अधिकार समान हुन पाउने र आत्मसम्मान पाउने हकबाट वञ्चित यी मल्लिक्को पीडा र समस्या कसले सुनिदिनछ ?
यदि कोही छौ सुन्ने भन्ने समयमै जातीय उत्पीडन, सामाजिक भेद्भभाव भोगिरहेका गरिबी र भूमिहीन डोम , मुसहर सहित सम्पूर्ण दलितहरुलाई राज्यको मूलधारमा नल्याए सम्म सामाजिक रुपान्तरण हुन सक्दैन भनेर बुझ्न ढिला नगरौ । अन्यथा यहि १ % समुदायमा लागेको विभेदको उत्पीडनको आगो सल्किएर १३ % हुँदै समग्र मुलुकमा भोलि सामाजिक रुपान्तरणको क्रान्ति नहोला भन्न सकिन ।
©गोपाल सिवा
केही समय अघिको एउटा घटना शेर गर्न चाहे । ६/७ ओटा देशको नागरिक काम गर्ने बिदेश स्थित एक कम्पनीमा नेपालीहरु पनि उल्लेख्य रूपमा हामि कार्यरत थियौ । एक दिन मेनेजरले स्टोक गरि राखिएको केही समानको काटुनमा कसैले नेपाली अक्षरमा लेखीएको कुरा देखेछ्न । मेनेजर थिए भारतीय नागरिक । मेनेजरले मलाइ बोलाए अनि भने भएका सवै नेपालीलाई बोलाउ । मैले पनि भेटे जतिलाई बोलाए ।
अनि मेनेजरले भने यो नेपालीमा लेखेको हो ? सवै ले जवाफ दिए हो सर । त्यशो भए के लेखेको छ पढेर मलाइ अर्थ लगाउ । लेखिएको कुरा अस्लिल ,छाडा र असभय थियो। कसैले पढ्ने हिममत गरेनन । बहुसंख्यकले बुरा लिखा है पढ नहि सकता भने । केहीले मुन्टो झोक्राइ रहे । यो परिस्थिति चिर्दै मेनेजर ले भने नेपालीहरु बहादुर भनेर चिनिएका छौ यति पढ्न पनि हिम्मत भएन कसैलाई ? म नेपाली पढ्न जान्द्छु र बुझ्द्छु पनि ।त्यही भएर आजै बाट सभय बन्न सिक , यस्तो मानसिकता उजागर गर्नु ठिक होइन । नेपाली बुझ्ने बिदेशीले पढे भने नेपाली लाई कती जङ्गली र असभ्य भन्लान सोच ।मेनेजरको कुराले लेख्ने ले के अनुभव गर्यो कुनि ? मलाइ भने लज्जा बोध भैरहयो ।
आज त्यस्तै मान्सिक्ता श्रवण गर्ने मौका जुर्यो फेरि । यता को सार्वजनिक बसमा ३ जना नेपाली मित्रहरू बसमा अस्लिल ,छाडा र असभय बोलिरहेका थिए। बिदेशमा आएर जे बोल्दा पनि हुन्छ भनेर होकि, कसैले चिन्दैन भनेर हो बातै पिच्छे छाडा र असभय भाषाको प्रयोग गर्दैथे । जे पायो तेही बोल्दा नेपालीले त सहलान तर जब नेपाली बुझ्ने बिदेशीले सुन्लान बुझ्लान तब हामीलाई कती जङ्गली र असभ्य भन्लान सोच्ने होकि ?
इति:- गोपाल सिवा// ८ भदौ
अमेरिकी सरकारद्वारा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिए लगत्तै जुकरबर्गको क्याफेमा अदालतको आदेशप्रती सहमति जनाउँदै फेस्बुकका सस्थापक मार्क जुकरवर्गले सुरु गरेको ‘सेलेब्रेट प्राइड’ मार्फत सबै बराबर भन्ने संकेत दिदै समानताको पक्षमा आफ्नो समर्थन जनाए।भने केही मित्रहरूले भने नेपालीको यो समर्थनलाई यी र यस्ता प्रश्न तेर्साएर खिल्ली उडाए ।
१) समलिङ्गी विवाह सृष्टीको नियम बिरुद्द हो ।के तपाईं समलिङ्गी बिवाहको पक्षमा हो ?के बुझेर ‘सेलेब्रेट प्राइड’ मा सहभागी हुनु भा हो ?
२)अन्तरजातिय बिबाह हुन नसकेको देशका नेपालीहरु किन अमेरिकाको समलिङ्गी बिबाहमा एक्यवद्धता जनाउछ्न ?
३) क्रीष्चियन धर्मशास्त्रले पुरुषका लागि महिला र महिलाका लागि पुरुष भन्दै समलिङ्गी विवाह रोक लगाएको छ ।त्यही भएर क्रीष्चियन अनुयायीहरु लाई ‘सेलेब्रेट प्राइड’ मा सहभागी नहुन आग्रह ।
प्रस्न तेर्साउने मित्रहरू , के समलिंगी भनेको हालसालै देखापरेको अप्राकृतिक सम्श्या हो ? प्रकृतिक रूपमा भएको कुरा के यो सृष्टीको नियम बिरुद्द हो ? प्रकृतिकले समलिंगी भएकाहरु समलिंगी खोजेर रोजेर विवाह गर्छन भने के त्यो सामाजीक अपराध हो ?
समलिंगी हुनु भनेको सौख होइन । न त यो कुनै कन्सेप्ट नै हो ।न त कोहि चाहेर समलिंगी बन्न सक्छ। धर्म शास्त्र देखि आधुनिक बिज्ञानले पनि समलैङ्गता कुनै रोग नभएर प्रकृतिक प्रकिया हो भनेर पुष्ठि गरेको छ । प्रकृतिले निर्धारित गरेको यो बाध्यताको बारेमा अहिले सम्म प्राप्त तथ्यहरुले के देखाउँछन भने शरिर विज्ञानसंगै सम्बन्धित भएर देखापर्ने हुँदा समलिङ्गी सम्श्या र समलिङ्गी विवाह यो मानव सभ्यतासंगै देखापरेको थियो। ससारको सवै भन्दा पुरानो ग्रीस सभ्यतामा समलिंगी प्रथालाइ चित्रकला कोरेर, मूर्ती बनाएर , गीतहरु लेखेर आदर र सम्मान गरिन्थ्यो भन्ने प्रमाण पेरिसको अन्भेर्सस्थित नग्न संग्रहालय,ग्रीसको लेस्बोन टापू, पेरिसमा अझै पनि भएका रु दे दाम र रु देजोम भन्ने गल्लिहरु बाट प्रष्ट हुन्छ । त्यही भएर यो अन्तरजातिय बिबाहको सोच आउनु भन्दा धेरै पुरानो हो भने प्राचीन ग्रीस सभ्यता भन्दा धेरैपछि भिक्टोरियाली शताब्दीमा तपाइको क्रीष्चियन धर्मशास्त्रले पुरुषका लागि महिला र महिलाका लागि पुरुष भन्दै समलिंगी सम्बन्धलाइ रोक लगाएको हो।
अझ नेपाली समाज र समलिंगी नेपालीहरु एक अर्काका सत्रु जस्तो सम्झने मानसिकता भएको हाम्रो देश नेपालको सर्वोच्च अदालतले आजभन्दा ८ वर्षअघि प्रेमकुमारी नेपाली र रजनी शाहीको समलिङ्गी जोडीलाई छुट्याउन परिवारले गरेको कोशिश बिरुद परेको रिट्मा नै समलिङ्गी सम्बन्ध र विवाहलाई मान्यता दिदै समलिङ्गीहरुको समान अधिकार दिनुपर्ने फैसला गरेको थियो भने अहिले त तेस्रो लिङ्गी लेखिएको नागरिकता समेत दिइन्छ।
मानव सभ्यता संगै प्राकृतिक रूपमा देखिएको समलिङ्गीहरुको सम्श्या नेपाल ,अमेरिका जहाँ भए पनि राज्यमा समानता पुर्वक स्थापित हुन्छ जित हुन्छ भने सक्नु हुन्छ समर्थन गर्नुस । प्राकृतिक रूपमा समलिङ्गी भएकाहरु लाइ बाच्ने हौशला र सामाजिक बाताबरण दिनुस तर सक्नु हुन्न भन्ने समलिङ्गी विरुद्ध धर्म र कुन्ठित मान्सिक्ता पालेर सिरिया र इराकमा आइएसले समलिङ्गीहरु लाई बाच्न दिनु हुन्न भनेर खोजी खोजी मारे जस्तो तपाई पनि भेदभावको रूप र व्यबहार नदेखाउनुस ।
समग्रमा जो सुकै होस , जुनसुकै लिङ्गी होस् यो साझा संसारमा मानिशले स्वतन्त्रता पुर्बक बच्न पाउनु पर्छ ।संसार त्यो होइन जहाँ मान्छेको सोचिएको साघुरो घेरा भित्र समेटियोस। जात ,धर्म र लिङ्ग भन्दा माथी उठेर संसारलाइ खुला आँखाले हेरेन प्रयास गर्नुस् संसार बृहत छ ।





