नेपालीहरुको लागि पछिल्लो पटक बैदेशिक रोजगारीको केन्द्रबिन्दु मानिदै आएको खाडी मुलुक कुबेत एउटा मुख्य गन्तव्य मुलुकको रुपमा चिनिन्छ । साठी हजार नेपाली कामदार कार्यरत रहेको कुबेतका लागि कुटनितिक क्षेत्रका बिज्ञका रुपमा परिचित एव भारत,इजिप्ट र बेल्जियम नेपाली दुताबासमा काम गरि सक्नु भएका यज्ञ बहादुर हमाल नेपाली राजदुतको जिम्मेवारी लिएर आज भन्दा लगभग डेढ बर्ष अघि आउनुभएका हो ।
अरबि भाषाको समेत जानकार रहनु भएको राजदुत हमालको “ईकोलोजि अफ फोरेन पोलिसि” नामको किताब तिन भागमा समेत प्रकाशित भएको छ । कुबेतका लागि नेपाली दुतावासमा राजदुतका रुपमा हमाल नियुक्ति हुनुभए पछि के–कस्ता कामहरु भए, नेपाली कामदारको अवस्था कस्तो छ, नेपाल र कुबेत बिचको द्धिपक्षीय सम्बन्ध कस्तो छ, उहांको अहिले सम्मको कार्यकालमा भएका उपलब्धीहरु के के हुन् र नेपाली कामदार र खास गरि घरेलु कामदार महिलाका समस्या समाधानको लागि दुतावासले चालेका कदमको बिषयमा केन्द्रित रहेर हाम्रो संचार डटकमका लागि गोपाल सिवा र प्रदिप नेपालीले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरेका छौं ।
तपाइले अहिले सम्मको आफ्नो कार्यकाललाई कसरी हेर्नुभएको छ ?
मेरो अहिले सम्मको कार्यकाल अत्यन्तै सफल भएको मानेको छु । मेरो कार्यकालमा मूलतः काम गर्ने शिलशिलाामा भएका घटनाबाट क्षतिपूर्ति नपाएका नेपाली श्रमिकको २५ हजार केडी रुपैयां क्षतिपूर्ति दिलाउन सफल भए । यहाको बस्तु स्थिति र नेपाली कामदारका मुख्य मुदा टिपोट गरेर श्रम सम्झौताको ड्राफ्ट पररास्ट्र मन्त्रालयमा पुराएको छु । कुबेत फन्ट बाट ५ मिलियन अमरिकी डलरको ऋण सहायता रकम मध्यमाअन्चलको सिचाईको लागि स्वीकृत गराउन सफल भएको छु । यहा बाट ६० हजार नेपालीलाई द्रुत गतिमा ,पारदर्शी एव छिटो छरितो ढंगले प्रत्यक्ष सेवा दिन नेपाली ,अङ्ग्रेइजि र अरेबि भाषामा नागरिक बडा पत्र सहित सुरु गरेको छौं ।सर्भिस डेलिभरी चुस्त दुरस्त बनाउन सुझाव बक्स र घरेलु कामदारको अभिलेखीकारण गरि राखिने समेत ब्यबस्था गरेको छु ।
सयौ अबैध नेपाली कामदारहरुलाई उद्दार गरेर स्वदेश फिर्ता पठायौं । राजदुताबास र मेरो अर्धांगिनी रिता हमालको तर्फ बाट नेपालको पर्यटकीय तथा सास्कृतिक बिकास एवं प्रबदन गर्ने उद्धेश्यले इन्टर नेशनल महिला ग्रुपलाइ एव कुबेतमा क्रियाशील अन्तरास्ट्रिय संघ सस्थालाइ आमन्त्रण गरि केहि अघि कल्चर कार्यक्रम गरियो । त्यस्तै गरि कुबेत टाइम्स, अरब टाइम्स र स्थानीय अलसीसा नामको रास्ट्रीय दैनिकमा दुइ दिन सम्म मुख्य पेजमा पर्यटन प्रबदन गर्ने उदेश्य सहित जानकारी मुलक बिज्ञापन प्रकासित गरियो । समग्रमा भन्नुपर्दा मेरो कार्यकालमा दिर्घकालीन उपलब्धीहरु हात पार्न सफल भएका छौं । जसलाई एक बर्ष पुगे पछी कामको समीक्षा र राजदुतावासको मासिक प्रतिबेदनमा समेत उल्लेख गरिएको छ ।
कुबेतमा नेपाली कामदारको समस्याहरु मुलत दुइ किसिमका छन् । घराइसि समस्या र कम्पनीको समस्याको रुपमा नेपाली कामदारको समस्याहरु पाएको छु । तथापी अहिले सम्म घराइसि समस्याका रुपमा घरेलु काम गर्ने महिलाहरु माथि सारीरिक ,मानसिक हिँसा , ओभर वर्क र तलब नपाउने जस्ता समस्या छन् । कम्पनीको समस्या भनेको तलब भने जस्तो नपाउने , ओभर टाइम नपाउने , रिलिज लेटर नदिने , काम गर्ने अवधी पूरा भएरपनि स्वदेश फिर्ता तथा बिदा जान नपाउने र इन्सोरेस बापतको क्षतिपूर्ति रकम नपाउनु नै समस्याको रुपमा देखा परेको छ । तर हाम्रो सम्पर्कमा आएका कामदारहरुका ती समस्याहरु जे जति देखा परेका छन् त्यसलाई हामीले जति सक्दो छिटो समाधान गरेका र गर्दै गएका छौ ।
तपाइको नेतृत्वमा नेपाली दुतावासले गरेका केही उल्लेखनीय कार्य भन्नुपर्दा के भनु हुन्छ नि ?
मैले यहांलाई शुरुमै आफ्नो कार्यकालमा गरेका कुरा भने जसलाई नेपाली दुतावासकै कार्य नै भनेर बुझ्नु होला फेरी पनि केहि जोड्न चाहे नेपाली राजदुतावासले सधै नेपाली समुदाय र नेपालीहरुको बिचमा एकता सद्भाव र सहकार्य गर्ने , बाताबरण सुधार गर्ने नेपाली कामदारको लागि काम गरेको छ । कुबेतमा आउने नेपाली बाट जानेर नजानेर हुने बिभिन्न गैर कानुनि काम लाइ मध्य नजर राखेर कुबेतमा नेपालीले गर्न हुने र नहुने कामको बारेमा जानकारी दिने उदेशय सहितको पर्चा हामीले पररास्ट्र मन्त्रालयमा र श्रम मन्त्रालयमा पठाई सकेका छौ । सम्भवत छिटै अब त्यो पर्चा कुबेत आउनु अघि हरेक नेपाली कामदारले पढ्ने र बुझ्ने बाताबरण सम्बन्धित निकाय बाट हुने हामीले आशा गरेका छौ । जसले गर्दा नेपाली कामदारमा देखिएको गैर कानुनि काम गर्ने मानसिकतामा सुधार आउने र हाम्रो छवी सुधार हुने आपेक्षा गरिएको छ ।कुबेतमा आउने नेपालीले के गर्न हुन्छ र हुदैन भन्ने कुराको जानकारी दिन यहा क्रियाशील नेपाली मिडिया, संघ सस्था ,राजदुतावास सवै मिलेर लाग्नु पर्छ र यस कार्यको लागि सवैको भूमिकाको हुनु पर्छ ।
नेपाली दुतावास संग कुबेतमा कति नेपाली कामदार छन् भन्ने यकिन तथ्यांक छ ?
नेपाली दुतावास संग तथ्यांक यकिन त् छैन, तर कुबेत सरकारले गत बर्ष उपलब्ध गराएको तथ्यांक अनुसार ३६ हजार कम्पनीमा र २४ हजार घरेलु कामदार गरि नेपाली कामदार ६० हजार रहेको हामि संग तथ्यांक छ ।
नेपाल सरकार र दुतावासले चै आफ्नो नागरिकको किन तथ्यांक नराखेको नि ?
कुबेतमा नेपाली कति छन् भनेर यकीन तथ्यांक राख्नुपर्ने दुतावासको र नेपाल सरकारको दायित्व हो । तर यथार्तमा भनु पर्दा नेपाल बाहेक दोश्रो मूलुकबाट कुबेत प्रबेश गर्ने गरेका कारण पनि यो समस्या भएको हो ।
कुबेतमा नेपाली कति छन् भनेर यकीन तथ्यांक राख्नुपर्ने दुतावासको र नेपाल सरकारको दायित्व हो । तर यथार्तमा भनु पर्दा नेपाल बाहेक दोश्रो मूलुकबाट कुबेत प्रबेश गर्ने गरेका कारण पनि यो समस्या भएको हो ।
पछिलो समय नेपाली महिलाहरु कामदारको रुपमा आउँन प्रतिबन्धित लगाएको छ यधपी मानव तस्कर तथा दलालको फन्दामा परेर घरेलु कामदारका रुपमा कुबेत आएका धेरै नेपाली महिला कामदारहरुले दुःख पाएका कुराहरु बहिर आउने गर्दछ, यो सन्र्दभमा दुतावासले कस्तो कदम चालिरहेको छ ?
नेपाल बाट भन्दा पनि दोश्रो मूलुकबाट आउने गरिएको सुनिएको छ ।यहि कुरालाई मध्य नजर राखेर हामीले केहि अघि गृह मन्त्रलाय , मुख्य सचिव , पररास्ट्र मन्त्रालय र श्रम मन्त्रालयमा नेपाली महिला कामदारको बारेमा मनिटरिङ्ग यथा सिघ्र हुनु पर्यो भनेर हामीले परिपत्र गरि सकेका छौ ।संभत यस बिषयमा गृह कार्य भै रहेको हुनु पर्छ ।आशा गरौ छिटै केहि नीति नियम र ब्यबस्था हुनेछ ।
यसै सन्दर्भमा मैले गत बर्ष नेपाली महिलाहरुले राजदुतावास राखेको सेल्टर तोडेर हिडेको कुरा जोड्न चाहे ।त्यति खेर मिडियामा राजदुतावासले समयमा घर पठाउन पनि नसक्ने क्षतिपूर्ति पनि दिलाउन नसक्ने भनेर आलोचित बन्यो । यस्ता समस्या समाधान तर्फ दुतावासको ध्यान पूग्न नसकेको हो ?
अरु देशको नागरिक भन्दा तुलनात्मक रुपमा नेपाल र नेपाली प्रति कुबेती र कुबेतको सरकारको सकारात्मक प्रतिक्रिया छ । नेपालीहरु बिश्वासिलो छन्, ईमान्दार छन्, लगनशील छन् भन्ने प्रतिक्रिया पाएको छु ।
केहि अघि नेपाली समुदायले यहाको शान्ति ब्यबस्था खलल पुराएको भन्दै कुवेत सरकारको आग्रहमा नेपाली कार्यक्रम नगर्न राजदुतावास बाट सुचना जारि भो । यस्तो आग्रह आउदा पनि नेपाल र नेपाली प्रति कुबेत र कुबेत सरकारको प्रतिक्रिया सकारात्मक छ त् ?
कामको हिसाबले नेपालीहरु बिश्वासिलो छन्, ईमान्दार छन्, लगनशील छन् यो सत्य हो त्यहि भएर पनि प्रतिक्रिया सकारात्मक छ । तर हामीले होस्ट कन्ट्रीको शान्ति ब्यबस्था खलल पर्नु चै हुदैन । हामीलाई दिएको सकारात्मक प्रतिक्रियालाई धुलोमा मिलाउने काम , नेपाल र नेपालीको इज्जत लाइ बद्नाम गर्ने काम हामीले कसैले नगरौ भनेर सचेत गराएको हो । यस अघि पनि फुटबल मैदानमा होस् कि अन्यत्र तिर भएका उच्छ्रङ्खल गतिबिधि हुन् हामि अवगत छौ । त्यस बेला पनि नेपाली समाज सुधार हुनेछ भनेर सके जति राजदुतावास बाट पहल भएको छ समाज मिलाउन । तर यस पटक चै कुबेत सरकार स्थानीय प्रहरी बाट शान्ति ब्यबस्था खलल पुराउने यस्ता कार्यक्रम रोक्न आफ्ना नागरिकलाइ सचेत गर्न भनेको भएर सचेत गराउन यो सुचना जारि गरिएको हो तर यसलाई गलत ढंगले अपब्याख्या र विश्लेषण गरीएकोमा दुख लागेको छ ।
अझ मैले स्पस्ट पार्न चाहे नेपाली समुदायले यहा आयोजना गर्ने कार्यक्रमहरुको बारेमा राजदुतावासले विरोधाभास कुराहरु गरेको हैन । बरु सक्छौ भने हामीले अन्तरास्ट्रिय स्तरमा नेपालको पर्यटकीय तथा सास्कृतिक बिकास एवं प्रबदन गर्ने कार्यक्रम गरौ त्यसमा राजदुतावासले कस्तो सहयोग गर्ने हो गर्न तयार छ । जहा सम्म नेपाली कार्यक्रम गर्ने कुरा छन् त्यो त् यो सुचना जारि भए पछि नि भएकै छन् । तर हाम्रो फेरी पनि आग्रह के भने हामीले कुबेत सरकार लाइ मर्यादित ढंगले कार्यक्रम गर्ने भनेर आस्वस्त बनाउ । आफैले आफुलाई ,आफ्नो देश लाइ घात गर्ने काम नगरौ । अन्यथा नेपाली यस्तो उस्तो भनेर यसको नकारात्मक प्रभाव पछि सम्म पर्छ । अत स्थानीय प्रहरी प्रशाशन संग अनुमति लिएर आयोजकले कुनै पनि उच्छ्रङ्खल गतिबिधि नहुने ग्यारेन्टी सहित गरिएमा हामी सबैको गौरबको बिषय बन्ने छ ।
अझ मैले स्पस्ट पार्न चाहे नेपाली समुदायले यहा आयोजना गर्ने कार्यक्रमहरुको बारेमा राजदुतावासले विरोधाभास कुराहरु गरेको हैन । बरु सक्छौ भने हामीले अन्तरास्ट्रिय स्तरमा नेपालको पर्यटकीय तथा सास्कृतिक बिकास एवं प्रबदन गर्ने कार्यक्रम गरौ त्यसमा राजदुतावासले कस्तो सहयोग गर्ने हो गर्न तयार छ । जहा सम्म नेपाली कार्यक्रम गर्ने कुरा छन् त्यो त् यो सुचना जारि भए पछि नि भएकै छन् । तर हाम्रो फेरी पनि आग्रह के भने हामीले कुबेत सरकार लाइ मर्यादित ढंगले कार्यक्रम गर्ने भनेर आस्वस्त बनाउ । आफैले आफुलाई ,आफ्नो देश लाइ घात गर्ने काम नगरौ । अन्यथा नेपाली यस्तो उस्तो भनेर यसको नकारात्मक प्रभाव पछि सम्म पर्छ । अत स्थानीय प्रहरी प्रशाशन संग अनुमति लिएर आयोजकले कुनै पनि उच्छ्रङ्खल गतिबिधि नहुने ग्यारेन्टी सहित गरिएमा हामी सबैको गौरबको बिषय बन्ने छ ।
तपाइले केहि अघि पत्रकार महासंघ संगको अन्तरक्रियामा कुबेत संग नेपालको व्यापारिक सहकार्यको आधारका बारेमा कुरा गर्नु भएको थियो । प्रसंग फेरी जोड्न मन लाग्यो के हामीले केवल रोजगारीको क्षेत्रमा मात्रै कुबेतसँग सम्वन्ध वनाउन सकेका छौं या अरु क्षेत्रमा पनि सम्बन्ध बिस्तार गर्ने आधारहरु पाउनु भएको छ ?
कुबेत आफैमा ठूलो पूंजी भएको देश हो । यहा हाम्रो श्रम क्षेत्रमा मात्रै हैन अन्य पर्यटन ,हस्तकला लगायत अन्य धेरै कुरामा ब्यापार ब्याबसाय बिस्तार गर्ने आधारहरु छन् । कुबेतबाट भने नेपालमा जलश्रोत, सिञ्चाई र बिद्युत् उत्पादनमा केही लगानी भित्रीसकेको अवस्था छ । यिनै कुरा लाइ मनन गरि कुबेत चेम्बर अफ कमर्श संग अन्तरक्रिया गरेर मैले नेपालको ब्यापारिक समुदायलाई र नेपाल चेम्बर अफ कमर्शलाइ पत्र समेत लेखेर जानकारी गराई सकेको छु । यहा पर्यटन ,हस्तकला प्रबदन गर्न ठाउ र लाग्ने लागत को बारेमा समेत जानकारी गराई सकेको छु तर अहिले सम्म कुनै रेस्पोन्स भने आएको छैन ।
कुबेत आफैमा ठूलो पूंजी भएको देश हो । यहा हाम्रो श्रम क्षेत्रमा मात्रै हैन अन्य पर्यटन ,हस्तकला लगायत अन्य धेरै कुरामा ब्यापार ब्याबसाय बिस्तार गर्ने आधारहरु छन् । कुबेतबाट भने नेपालमा जलश्रोत, सिञ्चाई र बिद्युत् उत्पादनमा केही लगानी भित्रीसकेको अवस्था छ । यिनै कुरा लाइ मनन गरि कुबेत चेम्बर अफ कमर्श संग अन्तरक्रिया गरेर मैले नेपालको ब्यापारिक समुदायलाई र नेपाल चेम्बर अफ कमर्शलाइ पत्र समेत लेखेर जानकारी गराई सकेको छु । यहा पर्यटन ,हस्तकला प्रबदन गर्न ठाउ र लाग्ने लागत को बारेमा समेत जानकारी गराई सकेको छु तर अहिले सम्म कुनै रेस्पोन्स भने आएको छैन ।
मैले प्रसंग बदल्न चाहे भुकम्प पछि देश पुर्ननिर्माणको चरणमा छ, यो अवस्थामा कुबेतको सहयोगलाई लिनको लागि केही कार्य भए कि ?
भूकम्पपछिको पूनर्निर्माणका लागि मित्रराष्ट्रहरुबाट सहयोग उठाउन गरिएको दाता सम्मेलनमा कुबेत सरकारले ४.१ मिलियन अमेरिकी सहयोगको प्रतिबध्ता गरेको थियो । यहांका नागरिक र संघ सस्था ले पनि ब्यक्तिगत रुपमा सहयोग गरे। पुर्ननिर्माणका लागी ठोस योजना दिनुस हामीले प्रतिबध्ता गरेको सहयोग गर्छौ भनेर कुबेत सरकारले भनेको छ । जसलाई मैले नेपालको पररास्ट्र मन्त्रालय , अर्थ मन्त्रालयमा पत्र लेखि जानकारी समेत गराई सकेको छु ।
अन्त्यमा हाम्रो संचार मार्फत कुबेतमा रहेका साठी हजार नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
कुबेतमा बस्ने नेपाली नागरिकहरुलाई समस्यामा परेको खण्डमा हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ ।राजदुताबास बाट एउटा नेपाली नागरिकले पाउने सम्पूर्ण सुबिधा पारदर्शी र सहयोगी भावनामा छिटो छरितो पाउनु हुनेछ ।त्यस्तै गरि आफ्नो रोजागारमा मर्यादित बनौ ,नेपाली नेपाली बीच भातृत्व ,सद्भाव ,सहयोग र मित्रताको भावना राखौ एव नेपाल र नेपालीको सधै गौरब , इज्जत , प्रतिष्ठा बढाउने कामहरु गरौ , जानी नजन्नी गलत काम गर्ने नेपालीहरु लाइ सम्झाउन , नगर्न सुझाव सल्लाहा काउन्सिलिङ्ग दिनु हुन् मेरो आग्रह छ । अन्त्यमा दुतावासका हरेक गतिबिधीमा सहयोग र समन्वय गर्ने हाम्रो संचार सहित सवै मिडियाहरु ,नेपाली संघ संस्थाहरुलाई सम्झन र धन्यवाद दिन चाहन्छु ।
source:-http://hamrosanchar.com/2016/04/29/%e0%a4%86%e0%a4%ab%e0%a5%88%e0%a4%b2%e0%a4%be%e0%a4%87-%e0%a4%98%e0%a4%be%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%95%e0%a4%be%e0%a4%ae-%e0%a4%95%e0%a4%b8%e0%a5%88%e0%a4%b2/
आज १०औ लोकतन्त्र दिवस । सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात २०६२ साल चैत २४ गतेदेखि २०६३ साल वैशाख ११ गतेसम्म १९ दिन चलेको शान्तिपूर्ण जनआन्दोलन २०६२/०६३ मा नेपाली जनताको अपार सहभागिताले बैशाख ११ गते राजतन्त्रलाइ घुँडा टेकाएको थियो । १९ दिन चलेको जनआन्दोलन सम्झिन एव १० वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण कोसे ढुंगाको रूपमा लिइन्छ ।
लोकतन्त्रको अभ्यूदयसँगै सम्पूर्ण पुनरुत्थानवादी किल्लाहरुलाई ध्वस्तपारि हिमाल,पहाड र तराईका फाँटहरुमा विकासको समानुपातिक वितरणको आभास दिलाँउदै लोकतान्त्रिक, गणतान्त्रिक सभ्यताको अजेय किल्ला निर्माण गरेको पनि आजको दिन १० बर्ष पुग्यो ।२०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन दोस्रोले लोकतन्त्रको स्थापना गरेकोले यसको ठूलो महत्व छ। तर यसको जति महत्त्व छ भनिन्छ त्यति निन्दनीय पनि बन्दै गएको छ । सत्तामा पुगेर सत्ताको स्वादबाट उम्कनै नचाहने प्रबृत्तिले लोकतान्त्रिक आधार बलियो बनाउनु भन्दा पनि सत्तालाई प्रभुसत्ताको देन र स्वतन्त्रतालाई सामन्ती अवशेषको कृपा सम्झदै निर्मुल पार्नु पर्नेहरुसँग मीत लगाउन पुग्दा लोकतन्त्रबाट प्राप्त सार्वभौमिकता भित्रै सामन्ती अधिनायकवादले शहिदको रगतलाई अपमानित गर्दै लोकतान्त्रिक सँरचना भित्राउन सकिरहेका छैनन् । परिवर्तन प्रतिको निर्धारित उद्देश्य र उद्देश्य प्रतिको बैज्ञानिक पहिचानको कमीेले भ्रमको त्यान्द्राको अल्मलाईमा गन्तव्यहीन यात्रा गरिरहेका हाम्रा नेताहरुलाई लोकतन्त्र कागलाई वेल पाक्यो हर्ष न विस्मात बनेको छ । देश प्रतिको अगाढ प्रेम, भातृत्वको सद्भाव राष्ट्रिय एकता एक सपनाजस्तो भईरहेको छ । निःसन्देह भन्नु पर्दा सँबिधान कार्यन्बयन गरेर नेपालको दिगो सँकल्प लक्ष्य लिने कुराले गाँजिसकेको छ । तर पुग्ने लक्ष्य टाढा भएपनि दौडनु भन्दा खुट्टा तानेर लडाउनुको भ्रामक मज्जा हाम्रा नेताहरुलाई सुःखद भएर आएको छ । ऐतिहाँसिक आन्दोलन पश्चात गठन भएको संविधानसभाले जारी गरेको 'नेपालको संविधान-२०७२' को प्रभावकारी कार्यन्वयन गर्ने र नयाँ नेपाल बनाउने अग्रसर भएका नेताहरु अरुलाई असफल बनाएर मात्र आफु सफल हुन सक्छौँ भनेर सोचिरहेका छन्, ब्यहोरा देखाईरहेका छन् ।
२०४७ सालको सँविधानलाई २०५९ सालको असोज १८ मा राजनीतिमाथि प्रतिबन्ध लगाउँदै राजाले सँविधानको हत्या गरिदिए । त्यसपछि जसरी नेपाली जनतालाई नक्कली प्रजातन्त्रको अभ्यास गराउँदै फेरि माघ १९ मा अन्धकार राजको शिकार भयो । यहि असोज १८ को प्रतिगमनले नै नेपाली राजनीतिमा लोकतन्त्रको नारा घन्काएको थियो । तर बिडम्बना जसरि हिजो प्रजातन्त्रको काल भनिएको ति बर्षहरुमा नेपाली जनताहरुको लागि धोका, षडयन्त्र, जालझेल , मारकाट, तानाशाहीतन्त्रका पर्याय बन्यो । त्यसै गरि आज तानाशाहीतन्त्रको पर्यायी बनेको राजतन्त्रको अन्त्यसँगै आएको लोकतन्त्रका पनि हिजोको जनप्रतिनिधिहरुले पछिल्लो लोकतान्त्रिक अभ्यासको एक दशकमा बिभिन्न रुपको बस्त्र धारणा गरि परिस्थितिसँग निकटता देखाउन थालेको देखियो । लोकतन्त्र नागरिकको जीवनस्तरमा सुधार ल्याउने कडीको रूपमा परिणत हुनै सकेन ।दोस्रो लोकतान्त्रिक जनआन्दोलनको सफलताका लागि जनताका तर्फबाट धेरै बलिदानी गरिए पनि देशमा जारी अस्थिरताले सबैलाई चिन्तित बनाएको छ । जति ठुलो राजनीतिक संघर्ष गरे पनि आधारभूत तहका नागरिकहरुको अवस्था ज्युँका त्युँ हुँदा नेतृत्वकर्ताका लागि भने लाजको बिषय बन्नै सकेको छैन। सरकार बदलिन्छन् तर प्रवृत्ति उस्तै छन् । दलहरु झनझन आलोचित बन्दैछन् ।हिजोको रातमाटे डाँडामा गाई चराउने साँसदले आज सिस्नोलाई त बिर्सिसक्यो; गुन्द्रुक र ढिँडोलाई पनि चिन्दैन । खाली खुट्टा सात भँञ्ज्याङ्ग उकाली ओराली गर्ने देशको ढुकुटी रित्याउँदै आज करौँडौका पजेरोमा अर्थहिन लक्षित गरि यात्रा गरिरहेकोे छन । सामन्तवाद, गैरराष्ट्रवाद भनिए पनि सामन्तिका ढुकुटी फुट्नै सकेन । गरिव झन गरिवै नै रहे । लोकतन्त्र प्राप्तिको दशक पुरा हुँदा समेत नेताहरु भने कुर्सि कसरतमै व्यस्त छन । जनआन्दोलन पश्चात नागरिकहरुमा पलाएका आशाहरु निराशामा परिणत हुँदै गएको छ ।
त्यसैले ढिलो नगरी नागरिकको शिक्षा,स्वास्थ्य र सामाजिक सुरक्षा सहित भोकोपेटलाइ खान र नाङ्गो आङ्गलाइ लाज छोप्ने आधारभूत ब्यबस्था गर्दै सरकार अघि बढ्नु पर्छ । अन्यथा निरँकुशतालाई उन्मुलन गरेका नेपालीहरुले नेताहरुलाई राजालाई जसतै भगवानको सिँढीबाट तल ओरालेर मान्छे बनाउँछन । गुण दोषको लेखाजोखा गर्नेछन । भत्ता पचाउन अन्तिम समयमा हजमोला गोली खानेहरुलाई गतिहिन सोच लिएर बाँच्न अब कसैले पनि दिने छैनन । यहि उन्मुक्ति हामी नेपाली जनताहरुको मागिरहेका छौँ ।यहि उन्मुक्तिको अभिब्यक्ति नै लोकतन्त्र हो । हामीले पाएको लोकतन्त्रको अमुल्य वा महत्वपूर्ण पक्षलाई देश विकास र नेपाली जनताको हितको लागि लक्षित गरि खर्चिनु पर्दछ । हाम्रो लक्ष्य, हाम्रो सँकल्प, देशको हितको लागि, नागरिकको न्यायको लागि उभिनु पर्दछ । राज्यलाई नियन्त्रणकारी अँगको रुपमा मात्र विकास नगरि अव शिक्षा,स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति राज्यले दिने चरित्रको लोककल्याणकारी राज्य स्थापना गरिनु पर्दछ । अवको राज्य प्रणालीमा शिक्षा, स्वास्थ्य र रोजगारी प्रत्येक नागरिकको मौलिक अधिकार हुनु पर्दछ । यो अभ्यास लोकतन्त्रको यहि बर्षगाँठबाट शुरुहोस भन्ने लोकतन्त्रको शँखघोष छ ।
अन्त्यमा , लोकतन्त्र संस्थागत गर्नतर्फ आ-आफ्नो स्थानबाट उठेर राष्ट्रिय संकल्पमा पुग्न हामि सवै नेपालीहरु लाइ चेतना पलाओस । तमाम संर्घसशील नेपाली जनता र ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञजली अर्पण गर्दछु । लोकतन्त्र दिवशको सुभकामाना ,हामि सवैको जय होस् !!!.
यहि वैशाख १ गते देखि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारले बिमावापत १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गएको चैत १७ गते म्यादी जीवन बिमा रकम वृद्धि गरेर दोब्बर पार्ने गरेको निर्णय नयाँ वर्षदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । यसअघि विदेशमा मृत्यु भएकाको परिवारले बिमावापत पाँच लाख रुपैयाँ मात्रै पाउँथे । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको म्यादी जीवन बिमाको रकम ५ लाख रुपैयाँबाट सतिप्रतिशत वृद्धि गरेर १० लाख रुपैयाँ पुर्याइएको छ। मृतक कामदारको शव ल्याउने खर्च र काजकिरिया खर्चसहित वृद्धि गरिएको १० लाख रुपैयाँमा थपेर १४ लाख रुपैयाँ बिमा कम्पनीबाट आर्थिक सहायता पाउनेछन्। बोर्डको कल्याणकारी कोषबाट ३ लाख रुपैयाँ आर्थिक सहायता पाउँछन भने सवै जोडेर अब विदेशमा मृत्यु भएका कामदारले झण्डै १७ लाख रुपैयाँ बराबर क्षतिपूर्ति रकम प्राप्त गर्नेछन् ।वैदेशिक रोजगारीमा न्यून आर्थिक स्थिति भएका व्यक्ति र परिवारलाई मुख्य योगदान गर्ने व्यक्ति जाने भएकाले निजको मृत्युपछि पनि परिवारमा कुनै आर्थिक समस्या नहोस् भनेर थोरै प्रिमियम बढाएर धेरै क्षतिपूर्ति दिने व्यवस्था गरिनु एक हिसाबले सकारात्मक नै हो ।तर बिड्म्बनाको साथ भन्नू पर्छ लगभग ५ खर्ब रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई सहज बनाइरहे पनि वैदेशिक रोजगारीबाट उत्पन्न सामाजिक मूल्य भने निकै दर्दनाक र कहाली लाग्दो र भविस्य प्रति सोच्न बाध्य पार्ने छ ।
झन्डै एक दशक लगाएर बनेको सविधान एकातिर कार्यान्बयनको पक्षमा लम्किन प्रयासरत छ त् अर्को तिर विरोधाभाष कुराले त्यति कै उग्र रुप लिइरहेको छ । समग्रमा भन्नु पर्दा आज मुलुकको राजनीतिक अवस्था दयनिय बन्दै गएको हामी सबैमा विदितै छ । राज्यमा कुनै पनि राजनीतिक पार्टीले स्थायित्व कायम गर्न पनि सकिरहेका छैनन् । यहि स्थायित्व नभएर होला स्वदेशमा युवाहरुलाई रोजगार नदिएर विदेश जान बाध्य पार्ने निति अवलम्बन गरेर सरकार नेपाली नागरिक बेच्ने गल्लावाला बन्दै छ । सत्ताको फोहरी खेलमा लागेर लाखौं युवाहरूलाई विदेश जान बाध्य पार्ने नेता र दलहरू नै यसको निम्ति जिम्मेवार छन् । नया सविधानले बिकासको मूल फुट्नेछ अब नयाँ नेपाल बन्ने छ भन्दै उदघोष र प्रतिबध्ताहरु गर्ने सरकार सङ विदेशमा बसिरहेकाहरुलाई तत्काल स्वदेश झिकाउने प्रभावकारी उपाय अहिलेसम्म केही छैन ।न त वैदेशिक रोजगारीमा जाँदै गरेका युवालाई रोक्न स्वदशमै रोजगारीका अवसरहरु सृर्जना दिने कार्यतालिका नै छ । यति मात्र हैन सरकार संग ठुला उद्योग कलकारखाना सञ्चालन गर्ने वातावरण बनाउने योजना छैन। भएका उद्योग कलकारखाना देशमा अहिले दिनको १२ घन्टा नियमित विद्युत् कटौतीका कारण उद्योग आधा क्षमतामा मात्र चलेका छन्। स्वदेशमै लगानी गर्ने वातावरण बनाई वैदेशिक लगानी भित्राउने र बिदेशमा कार्यरत युवाहरुलाई पनि उचित सम्मानकासाथ स्वदेशमै काम गर्न प्रेरित गर्ने खालका नयाँ नयाँ कार्यक्रम ल्याउन सकेको छैन । मुलुकको भौगोलिक अवस्था अनुसार थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने सेवा मुलक व्यवसाय, पर्यटन उद्योगको प्रवद्र्धन र कृषि क्षेत्रको विकासमा युवाहरूलाई प्रोत्साहित गर्ने गरि सरकारले जोड दिन सकेको छैन ।
एकातिर कृषि प्रधान भनेर नामांकरण गरिएको मुलुकमा सबैभन्दा कमी बजेट कृषिमै लगानी भएको छ । कृषिप्रधान भनेर दशकौं नारा लगाइयो तर देशमा अहिलेसम्म एउटा पनि मल कारखाना छैन।ससारका धेरै देशहरु ४/ ५ प्रतिशतले कृषि गरेर सिंगो देशलाई खाद्यान्न पुर्याएर बाहिर निकासी गर्छन । हामी कहाँ ७० प्रतिशत नागरिक कृषिमा आधारित भएर पनि परनिर्भर बन्नुपरेको छ । कृषि क्षेत्रमा आधुनिकिकरण गरेर नयाँ प्रवृत्तिको बिकासबाट पनि फाईदा हुने कुनै बातावरण सरकारले ल्याउन सकेको छैन । कृषि क्षेत्र वृद्द, बालबालिका र महिलाको भरमा निर्वाहमुखी भै राखेको छ । यस्तो कृषिबाट हामी कहिल्यै उँभो लाग्न सक्दैनौं । अर्को तिर गाउ घरमै केहि गर्छु भन्दा ऋण पत्याउने साहु र बैंक धेरै कमै हुन्छन् तर विदेश जान्छु भन्दा घरमा खोजि खोजि दिन आउछन । यसरि बेरोजगारी भै बस्नु पर्दा र सरकारको स्पस्ट नीति नियम एव योजना नहुदा युवा जमातको कृषि क्षेत्रमा कुनै चासो देखिंदैन फलस्वरूप दिनानुदिन बिदेश जाने क्रम बढ्दो छ ।
एक हिसाबले अहिले नेपालीहरुका लागि वैदेशिक रोजगारी रहर नभई बाध्यता बनेको छ । जतिसुकै दुःख र मेहनत गर्दा पनि स्वदेशमा काम र उचित पारिश्रमिक नपाएपछि केही पैसा ऋण गरेरै भएपनि वैदेशिक रोजगारीमा जानु अधिकाँश युवा–युवतीको नियति नै भइसकेको छ । जसको कारण अहिले नेपालका अधिकाँश गाउँ रित्ता भएका छन । हुर्के बढेका बलिया युवाहरु सबै विदेश गएपछि विकास निर्माणका कुरा त परै छाडौं । अहिले बेरोजगारीकै कारण गाउँ खाली भएका छन्। सामाजिक सम्बन्ध पनि खल्बलिएको छ। हरेक गाउँमा मान्छे मर्दा मलामी जाने र शब उठाउने मान्छेको समेत अभाव छ । यति मात्र होइन घरमा बिबाह गरेको श्रीमती एक्लै छाडेर लामो समय बस्नुपर्ने बाध्यताले वैदेशिक रोजगारीकै कारण अहिलेसम्म कयौंको घर परिवार विग्रिएको छ भने कयौं युवा–युवतीको बैबाहिक सम्बन्ध विच्छेद भएको छ ।यसैगरि धेरै बा–आमाहरुले वैदेशिक रोजगारीकै कारण आफ्ना छोराछोरीले विदेशबाट पठाएको कमाइबाट घर खर्च चलाउनु त के उल्टै छोराछोरीको शब बाक्स मा आउँदा थप पिडा भोग्न बाध्य पारेको छ ।युवा अवस्थामै ज्यान गुमाउँदा आर्थिक समस्याका कारण कैयौं परिवारको बिचल्ली भएको छ ।
थप पिडा लाइ केहि मलम लगाउने काम सरकारले बढाएर दिएको क्षतिपूर्ति रकमले परिवारलाई केहि गर्ला र नेपाली जनशक्ति सस्तोमा श्रम बेचेर , नेपालीको सिर्जना एवं उर्जाशील उमेर अरुको देश निर्माणमा लगाउने निरन्तरता दिदै प्राप्त हुने रेमिटेन्सले राज्य पनि केहि बर्ष चल्छ होला तर तर द्रिघकालिन हुदैन। बरु विदेश लाग्ने नेपालिलाई नै पुस्तान्तर गरी भावी पुस्तालाई पनि बिदेशनै लाग्नु पर्ने भुमरीमा फस्न बाध्य पार्ने निश्चित छ । अहिले बर्सेनि पाँच लाखभन्दा बढी युवा रोजगारी नपाएर विदेश जान बाध्य छन् भोलि झन् संख्या दोबर तेबर हुने छ । वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेको संख्या बढेर दैनिक तीनजनासम्म पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा पाँच लाख १२ हजार युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक हजार दुईजनाको बिदेशमै निधन भएको थियो। त्यसैले राहत बढाउने भन्दा पनि स्वदेशमै रोजगारी दीने र गर्ने बाताबरण मिलाएर वर्तमान पुस्तालाइ अभाव, गरिबी, भोकमरी, बेरोजगार र विदेश पलायनजस्ता अकर्मण्यताको सिकार हुन् बाट बचाउ । हाम्रो देशमा पुँजीको कमी हैन, ठूलो अभाव छ त व्यवस्थापनको छ। विदेशमा बगाएकेा पसिनाको कमाइ देशभित्र उत्पादनशील क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्ने नीति, विचार र कार्यक्रम राज्यले ल्याउन अब हामि सवैले दवाब दिउ । अनि मात्र मुलुकमा नेपालीका लागि रोजगारीको अवशरहरु खुल्छ ।जसले जहा बाट सकिन्छ राज्यलाइ स्पस्ट नीति नियम एव योजना बनाउन र बाताबरण मिलाउन पहल गरौ जसले गर्दा परदेशमा आएका निष्प्राण नेपालीका शरीरहरू काठको बाकसमा कैद भएर घर फर्केर राहत खोज्न नपरोश । नया बर्षमा हाम्रो मृत्युको मूल्य बढ्यो भनेर हैन नयाँ सोच बनाएर नयाँ जीवनको सुरुवात गरौं ।मृत्युको मुल्य बढे पनि कसैले लिन नपरोश सवैको आयु बढोस , सवैको जिन्दगि जोगियोस । सुभ बर्ष !!!
२१ औं शताब्दीको समयमा मिडिया बिना समाजको परिकल्पना नै गर्न नसकिने भएर होला विश्वका विकसित मुलुकको तुलनामा नेपाल र हामी नेपाली धेरै पछाडि भएपनि आजभोली नेपाली समाजमा सूचना प्रबिधिको बिकास संगै एउटा अभिन्न अंगको रुपमा हामी स्थापित हुदैछौ । त्यसैले देश होस् कि प्रदेश कुनै पनि समाजमा हामि नेपालीले पनि पत्रकारिता गरेर समाजको ऐना निर्माण गर्दैछौ । पत्रकारिताको विधा अत्यन्तै व्यापक भइरहेको आजको सन्दर्भमा सञ्चारको प्रभावकारिता र सम्बादको प्राचुर्यले एकातिर सामाजिक र राजनीतिक निर्णय प्रक्रियामा दूरगामी प्रभाव पार्ने गरेको छ भने अर्कोतिर पत्रकारिताले आज प्रत्येक व्यक्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्कृतिमा रुमल्लिन पुग्नुको साथै पाठक, दर्शक र स्रोतालाई एक विश्वव्यापी गाउको बासिन्दा बनाइदिएको छ । त्यहि भएर पत्रकारिताको विकाशसँगै नेपाली पत्रकारहरुले यतिखेर देशमा मात्र नभएर बिदेशमा पनि आफ्नो पेशालाई निरन्तरता दिइरहेका छौ ।आज मैले लेखन चाहेको यो सन्दर्भ कुबेतमा नेपालीहरु बाट गरिएको पत्रकारिता संग जोडिएको छ ।
एकातिर मुलुकमा जारि लामो जनयुद ,राजनीतिक अवस्था, बेरोजगारी र त्यसको प्रभावले प्रभावित भए पछी रेमिटान्सबाट अर्थतन्त्र धानिएको भयावह अवस्था भएको हाम्रो मुलुकमा रहदा रहर र आवेग संग संगै पत्रकारिता क्षेत्रमा लागेर आफ्नो दैनिक रोजीरोटी चलाउन नसक्दा हामि धेरै पत्रकारहरु विदेशिन वाध्य भयौ । भने अर्को तिर बिदेशमा आफ्नो ८/ १० घण्टाको जागिर गरेर बचेको नितान्त व्यक्तिगत समयलाई सदुपयोग गर्दै कलम चलाएर यहा भएका नेपाली समाजमा सूचना फैलाउने काम पनि गरि रहेका छौ । त्यहि भएर लगभग एक लाख जति नेपालीहरु काम गरिरहेको कुबेतमा आजका दिन सम्म एक छापा मिडिया सहित ४ ओटा अनलाइन पत्रिकाहरु नियमित प्रकाशनमा छन् । नेपालीहरुको सूचनाको विश्वसनीय माध्यम को रुप्मा देखा परेका छन ।
हामीले माने पनि नमाने पनि पत्रकारिताले सिङो समाज, ब्यक्ति, देश, बिदेश कै चिरफार गर्ने मात्र हैन ओझेलमा परेका कुराहरुलाई सतहमा ल्याउने काम पत्रकारिताले गर्छ । समग्रमा सामाजिक दायित्व बोकेको पत्रकारिताले मात्र समाज र देश रुपान्तरणमा भूमिका खेलेको हुन्छ, नागरिक लाइ सचेत र कर्तब्यबोध गराईरहेको हुन्छ । ८/ १० घण्टा डिउटी गरेर कुबेतमा हुने नेपाली कार्यक्रमहरुमा समाचार संकलनको लागि पुग्ने पत्रकारहरु लाई कति ठाउमा आदर सम्मान त् यदाकदा असम्मानपूर्ण दुर्व्यवहार समेत भएका घटनाहरु पनि छन । समाजसेवाको रुपमा अंगालेर काममा ८ / १० घण्टा बगाएको पसिना अलावा दिन रात खटेर राखेको निशुल्क सूचना शिविरको रुपमा मिडियामा बिना पारिश्रामिक काम गरिरहेका नेपाली पत्रकारहरुले दयनिय अवस्थाका बाबजुत पनि आफ्नो कार्यक्षेत्रमा कार्यरत छन् । कुबेतको नेपाली समाजमा भए गरेका राम्रा नराम्रा सबै कुरा उजागर गरि सूचना दिने पत्रकार र मिडियाले पुरस्कार स्वरुप आफ्नै समाजका अगुवाहरुबाट सम्मान मात्र हैन तारो बनेको दुर्भाग्यपूर्ण अनुभव र विदेशबाटै उठिवास लगाउने सम्मका तल्लो स्तरका भनाइहरु पनि बेला बखत सुनिन्छन । यथार्तमा मिडिया बाट आफ्नो धर्म निभाउदा बेला बखतमा जानी नजानी मानहानी र गलत सुचना प्रवाह पनि भैरहेको हुन्छ। जसले समाजमा कोही चिढिने बातावरण हुन्छ तर चिढाए भन्दैमा पत्रकार र मिडिया निशानामा पार्ने काम नगरौ । मिडिया बाट हुने मानहानी र गलत सुचना प्रवाहको लागि कारवाहीको दायारामा ल्याउने मिडियालाई बढी उत्तरदायी र कर्तब्य पालाना गराउने पत्रकार महासघ,सुचना बिभाग छन । समयमै सुचित गरेर अपवाह फैलाउने मिडियालाई कारवाहीको दायारामा ल्याउ , लोकतान्त्रिक अभ्यास गरौ । यधपी कुबेत स्थित क्रियाशिल संघ सस्थाहरुको बिबिध गतिबीधीहरुको द्रुत सूचना प्रवाहलाई पहिलो प्राथमिकतामा राख्दै , सत्य तथ्य समाचार सम्प्रेषण गर्दै आएका पत्रकार र पत्रकारितालाई सम्मान गर्न ,दिन रात सुचना दिने सुचित गराउने पत्रकारको अहम भूमिकाहरुलाई बुझ्न चिन्न सकिएन भने पनि गुनासो छैन तर उपेक्षा नगरौ । यति भए पनि इमान्दार पत्रकार र समाजसेवा गर्ने पत्रकारले आफ्नो सम्मान आफैबाट भएको महशुस गर्ने छन् ।
त्यस्तै गरि नेपाली समाजमा सूचना फैलाउने काम गरि रहेका छौ भन्दैमा अहमता पालेर मिडियाकर्मी , पत्रकारहरु पनि बस्नु कहिले हुदैन । हामीले गरिरहेको पत्रकारिताले समाजमा के कस्तो भूमिका खेलि रहेको छ, त्यो हामी आफै समीक्षा गर्नुपर्छ, हामीले गरि रहेको पत्रकारितामा केही त्रुटि भइरहेको छ भने यसमा हामी आफै सजग हुनुपर्छ । बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरि हुन्छ अत विदेशमा एक अर्काको परिपुरक रहेका नेपाली समाज र नेपाल सरकारका निकायहरु बीच सुचना आदान प्रदान गर्ने माध्यम र बढ्ने तिताक्ता एव सामाजीक दायित्व ह्रास भइरहेको अवस्थामा संचारमाध्यमहरुले सामाजीक उत्तरदायीत्वलाई प्राथमिकता दिएर समाज सुधार गर्न लाग्नु पर्छ । नेपाली समाज र राजदुतावास बिचका सम्बन्धहरु सहज बनाउने , रास्ट्रिय दायित्व र स्वाभिमान बोध गराउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने पक्ष भनेको नै नेपाली मिडिया हो । त्यसैले सवै पक्षलाइ अभिप्रेरित गर्ने र खबरदारी गर्ने दायित्व पत्रकारिताले निर्वाह गर्न आवश्यक छ । अत सामाजीक उत्तरदायित्व नबिर्सिकन पत्रकारिता समाजप्रति उत्तरदायि हुनु पर्छ ।मिडियाले दुई देशको कुटनितिक सम्बन्धमा आंच पुर्याउन सक्ने हुंदा ध्यान दिन र त्यही किसिमको बातावरण त्यार गर्ने सामाग्री पेश गर्नु पर्छ । परदेशमा रहेका र आउने नेपालीको वैदेशिक रोजगारीको समसया, पाएका पीडालाई समाचारका रुपमा संप्रेषण गरेर सरोकारवाला निकायहरुलाई झक्झक्याउने, सुझाव दिने र निरुपण गर्न खवरदारी गर्ने प्रयास र माध्यम निरन्तर बनि रहनु पर्छ । विविध कारणले प्रदेशिएका नेपाली लाई परदेशमा रहेर पनि आफ्नो देश , कला सस्कृतीको जगेर्ना एव परिवार,समाज र रास्ट्र प्रती कर्तव्यबोध र उतरदायित्व बोध गराउन र ट्र्याकमा ल्याउन भुमिका खेलनका लागि पहरेदारका रुपमा आफूलाई उभ्याई रहनु पर्छ ।विदेशी भुमिमा सिकेका सीप, दक्षता, अनुभव र आर्थिक श्रोतलाई देशको आर्थिक विकासमा लगाउने अभियानलाई सफल पार्न सरकार, सम्बन्धीत सरोकारवाला निकाय र सबल नेपाल निर्माणमा लाग्ने सबै परदेशी नेपालीको ध्यानकर्षण समेत गराउनू पर्छ । समग्रमा कुबेत बाट संचालित मिडियाले तथ्यपरक समाचार, बिचार र गुणात्मक खुराकहरु अभिबृद्धि गर्दै नेपाली समुदाय लाइ मुलुकको सर्वांगीण विकास र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि आर्थिक विकासका समग्र पक्षहरूमा सूचना तथा सञ्चारको अधिकतम उपयोगको सम्भावना बढाउदै लैजान सशक्त वाच डगको भूमिका निर्वाह गर्न सक्नु पर्छ ।
त्यस्तै गरि नेपाली समाजमा सूचना फैलाउने काम गरि रहेका छौ भन्दैमा अहमता पालेर मिडियाकर्मी , पत्रकारहरु पनि बस्नु कहिले हुदैन । हामीले गरिरहेको पत्रकारिताले समाजमा के कस्तो भूमिका खेलि रहेको छ, त्यो हामी आफै समीक्षा गर्नुपर्छ, हामीले गरि रहेको पत्रकारितामा केही त्रुटि भइरहेको छ भने यसमा हामी आफै सजग हुनुपर्छ । बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरि हुन्छ अत विदेशमा एक अर्काको परिपुरक रहेका नेपाली समाज र नेपाल सरकारका निकायहरु बीच सुचना आदान प्रदान गर्ने माध्यम र बढ्ने तिताक्ता एव सामाजीक दायित्व ह्रास भइरहेको अवस्थामा संचारमाध्यमहरुले सामाजीक उत्तरदायीत्वलाई प्राथमिकता दिएर समाज सुधार गर्न लाग्नु पर्छ । नेपाली समाज र राजदुतावास बिचका सम्बन्धहरु सहज बनाउने , रास्ट्रिय दायित्व र स्वाभिमान बोध गराउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने पक्ष भनेको नै नेपाली मिडिया हो । त्यसैले सवै पक्षलाइ अभिप्रेरित गर्ने र खबरदारी गर्ने दायित्व पत्रकारिताले निर्वाह गर्न आवश्यक छ । अत सामाजीक उत्तरदायित्व नबिर्सिकन पत्रकारिता समाजप्रति उत्तरदायि हुनु पर्छ ।मिडियाले दुई देशको कुटनितिक सम्बन्धमा आंच पुर्याउन सक्ने हुंदा ध्यान दिन र त्यही किसिमको बातावरण त्यार गर्ने सामाग्री पेश गर्नु पर्छ । परदेशमा रहेका र आउने नेपालीको वैदेशिक रोजगारीको समसया, पाएका पीडालाई समाचारका रुपमा संप्रेषण गरेर सरोकारवाला निकायहरुलाई झक्झक्याउने, सुझाव दिने र निरुपण गर्न खवरदारी गर्ने प्रयास र माध्यम निरन्तर बनि रहनु पर्छ । विविध कारणले प्रदेशिएका नेपाली लाई परदेशमा रहेर पनि आफ्नो देश , कला सस्कृतीको जगेर्ना एव परिवार,समाज र रास्ट्र प्रती कर्तव्यबोध र उतरदायित्व बोध गराउन र ट्र्याकमा ल्याउन भुमिका खेलनका लागि पहरेदारका रुपमा आफूलाई उभ्याई रहनु पर्छ ।विदेशी भुमिमा सिकेका सीप, दक्षता, अनुभव र आर्थिक श्रोतलाई देशको आर्थिक विकासमा लगाउने अभियानलाई सफल पार्न सरकार, सम्बन्धीत सरोकारवाला निकाय र सबल नेपाल निर्माणमा लाग्ने सबै परदेशी नेपालीको ध्यानकर्षण समेत गराउनू पर्छ । समग्रमा कुबेत बाट संचालित मिडियाले तथ्यपरक समाचार, बिचार र गुणात्मक खुराकहरु अभिबृद्धि गर्दै नेपाली समुदाय लाइ मुलुकको सर्वांगीण विकास र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि आर्थिक विकासका समग्र पक्षहरूमा सूचना तथा सञ्चारको अधिकतम उपयोगको सम्भावना बढाउदै लैजान सशक्त वाच डगको भूमिका निर्वाह गर्न सक्नु पर्छ ।
त्यस्तै गरि कुबेतमा भएका मिडियाले भूमिका निर्वाह गरेनन भने यहाका सामाजिक सस्था र नेपाली समाजले कर्तव्यबोध गराउन आफ्नो भूमिका खेल्नु पर्छ। बिदेशमा नेपालीका गतिबिधि बढे पनि संचार माध्यममा तीनको पहुच नपुगेको भन्दै नेपालका केहि मिडियाहरुले बेलाबेलामा खाडी मुलुकहरुमा नागरिक पत्रकार उत्पादन गर्न तालिम आयोजना समेत गर्दै आएका छन् । तर हामि भने बिदेशमा आफ्नो जागिर गरेर बचेको नितान्त व्यक्तिगत समयलाई सुचना दिने सामाजिक सेवा गर्ने हामि संगै भएका मिडिया लाइ सौतेनी ब्यबहार गरि रहेका छौ, अस्तित्व स्वीकार गर्न लाज मानि रहेका छौ । बरु पत्रकारिता गहन विषय हो र यसको जिम्मेवारी पनि अत्यन्त गहन हुन्छ भने बुझेर पत्रकारितालाई कर्तव्यबोध गराउ । कुबेतको नेपाली समाजको हितको लागि सामाजिक व्यक्तित्व र मिडिया दुबैले आ-आफ्ना कमजोरीहरुलाई सुधार्दै लैजानु नै आजको आवस्यकता हो ।
http://hamrosanchar.com/2016/04/04/%E0%A4%B9%E0%A4%BE%E0%A4%AE%E0%A4%BF-%E0%A4%A4-%E0%A4%A8%E0%A4%BF%E0%A4%B6%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%95-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE-%E0%A4%B6%E0%A4%BF%E0%A4%B5%E0%A4%BF/
एक महिना अघि कुबेतका लागि नेपाली राजदुत आफै प्रमुख अतिथि रहेको कार्यक्रममा घटेको अप्रिय घटना लाइ आधर मानेर तिन साता अघि अर्थात फेव्रुवरी १६ का दिन नेपाली दुतावास कुवेतले, कुबेतमा कुनै पनि किसिमका सार्वजनिक गरिने गतिवधि तत्काल रोक्न बिज्ञप्ति निकाल्यो । कुवेत सरकारले कुनै पनि किसिमका सार्वजनिक गतिवधि तत्काल रोक्न दुतावासलाई दवाव दिएको भन्दै कुवेतमा क्रियाशील संघ सस्थालाई कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न सूचना जारी गर्दै निकालेको बिज्ञप्ति पछि तिन सातामा कुवेतमा आधा दर्जन जति कार्यक्रमहरु पनि भए । तर न राजदुत आए न दुतावासका कोहि कर्मचारि नै कार्यक्रममा देखा परे । अहिले राजदुतावासको बारेमा सामाजिक संजाल देखि मिडिया सम्म नेपाली कार्यक्रममा सहभागी नहुने निर्णय प्रति आपति जनाउदै टिका टिप्पणी जन गुनासो सहित पुर्नविचार गर्न पर्छ भने आवाज उठी रहेको छ ।
यस बिषय बस्तुमा प्रवेश गर्नु अघि गौतम बुद्धको पालाको एक घटनाको उदाहरण उल्लेख गर्न चाहन्छु । जब सिदार्थ गौतमले राजमहल त्यागेर ज्ञान प्राप्तीको अभियानमा हिडे । त्यसैक्रममा उनको भेट एक दिन त्यस्ती महिलासँग भयो जसलाई गाउँमा चरित्रहिन भनिन्थ्यो । बुद्धको कुरा सुनेर प्रभावित भएकी महिलाले बुद्धलाई बेलुकाको खाना आफ्नो घरमा खानका लागि निम्तो दिइन् । बुद्धले पनि उनको निम्तो स्वीकारे, तत्काल गाउँबासीलाई यो कुरा थाहा भयो । उनीहरुले ति महिला चरित्रहिन रहेकाले उनको घरमा नजान आग्रह गरे ।गाउँबासीको यस्तो आग्रह सुनेपछि बुद्धले गाउँका मुखियालाई बोलाएर ‘गाउँबासीले भनेको कुरा सत्य हो ?’ भनि सोधे । मुखियाले पनि गाउँलेको कुरामा सहमति जनाए अनि उनलाई ति महिलाको मा नजान भने । तब बुद्धले ति मुखियाको एक हात समाते अनि भने, ‘ल ताली बजाऊ !’ मुखियाले भने, ‘यो कसरी सम्भव हुनसक्छ, एउटा हात तपाईंले समात्नु भएको छ, एक हातले ताली बज्न असम्भव छ ।’त्यसपछि बुद्धले भने, ‘त्यसोभए एक्ली स्त्री कसरी चरित्रहिन हुन सक्छिन् ? गाउँका सबै पुरुष चरित्रवान भएको भए ति स्त्री चरित्रहिन हुने नै थिइनन् ।’ बुद्धको कुरा सुनेपछि सबैको आँखा खुल्यो । गाउँका सबै पुरुषहरुले लाजले शीर झुकाए । बुद्धको यो महान सन्देशको प्रसंग मैले एक हातले मात्र तालि बज्दैन भन्ने बुझाउने हिसाबले जोड्न चाहेको हो कि कुबेतमा भएका क्रियाशील नेपाली संघ सस्था र नेपाली समुदाय तिनै गाउले जस्तो चरित्रवान भएको भए के राजदुतावास यसरि नेपाली कार्यक्रममा सहभागी नहुने भन्दै पर पर र टाढा हुन्थियो ? आफ्नो हात बाधेर आछेप र आरोप लगाउन पोख्त भएका हामिले आफै लाइ सोधौ राजदुतावासको एक हातले मात्र तालि बज्छ ? बज्दैन भने सवैले आत्मा आलोचना गरौ कि नेपाली समाज लाई तत्कालीन र दीर्घकालीन रूपमा गम्भीर असर पार्ने हाम्रो ब्यबहार र आचरणको परिणति आज राजदुतावास नेपाली कार्यक्रममा सहभागी नहुने भन्दै गरेको गुनासो , टिका टीप्णी र विश्लेषण गरे भन्दा जटिल र आँकलन गरेभन्दा चुनौतीपूर्ण त् भोलि हाम्रा कार्यक्रमहरु यसरि नै हिंसात्मक र अराजक हुँदै गएपछि आजित भएर यहाको समाज र सरकारले सिकंजा कस्ता हुन्छ ।
कुबेतमा अहिले नेपाली समुदायमा देखिएको अपराधिक प्रवृत्तिलाई नियन्त्रण गर्न सकियो भने यहा भएका संघ सस्थाहरु पनि संगठित बन्नेछन ,हाम्रो छविका कारण देशमा नयाँ अवसरहरू जानेछन । वर्तमान अवस्थालाई यथोचित सम्बोधनका लागि मैले देखेको दुइ ओटा मात्र विकल्पहरु छन ।पहिलो बिकल्प भनेको यहा रहेका हरेक नेपाली कुनै न कुनै संघ सस्थामा आबद छन । त्यसैले त्यसका लागि सबैभन्दा पहिलो कुरा भनेको संघ सस्थामा सबलीकरण र कार्यान्वयन नै प्रमुख हो । हाम्रा स्वाभिमानहरुमा आच नआउने ब्यबहार र आचारणको प्रयोगले अपराध र गलत , कुलत बाटोमा लागेकाहरुको गठजोड तोडिनेछ र केही राम्रा असर देखिनेछन् । जसको लागि संघ सस्था र समुदायमा रहेका र नरहेका नेपालीले गर्ने गलत ब्यबहार र आचरणको सवै संघ सस्थाले प्रभावकारी निगरानी बढाउनु पर्छ , काउन्सिलिङ्ग हुनु पर्छ , एकै बोलीमा प्रतिकार र निराकार हुनु पर्छ ।संस्थागत रूपमा भन्नुपर्दा राजदुतावास , मिडिया र यहाँ क्रियाशील एन आर एन लगायत गनिए चुनिएका नेपाली संघ सस्थाले सवै समुदाय र आस्थाका संघ सस्था बीच समय–समयमा छलफल चलाउने, साथै नेपालीले अहिले सम्म देखाएका आचरण ब्यबहार र अपराधको नियन्त्रणका लागि अन्तर संघ सस्था सहयोग र साझा धारणाको विकास गर्नु पर्छ । जुन अहिले देखिएको अवस्थामा प्रभावकारी ढंगले तत्कालै गर्नु पर्ने आवश्यकता देखि सकेको छ ।
त्यस्तै गरि पछिलो घटना घटेको एक महिना बितिसक्दा पनि नेपाल सरकारको आधारिकारिक निकाय भएर चुप बसेको देखेर , नेपाली कार्यक्रममा सहभागी नहुने कदमप्रति यहाँ भएका आम नेपाली नागरिकमा नैराश्य छाएको छ। बल्लबल्ल गरिने कार्यक्रममा दुतावाशले देखाएको मौनताको कदम देखेर यहाका नेपाली समुदायमा गुनासोको केही संकेत देखिएका छन्। अत कुबेतमा नेपाली समाज मा देखिएको समस्या कमजोरी निराकरण गर्न पहल गर्नु भन्दा औपचारिकताका लागि वक्तव्य प्रकाशित गरि राजदुताबासले पनि मौन बस्नु हुन्न । त्यसैले दोस्रो बिकल्प भनेको राजदुताबासले कुबेतमा कार्यरत नेपालीहरुको स्थिरता र स्थायित्व गराउनु पर्छ। जसले गर्दा स्थानीय कानुनको पालाना गर्ने , सुरक्षा, रोजगार सबैमा सकारात्मक प्रभाव राख्ने हुनाले यसको प्राप्तिसँगै नेपालमा स्थिरता र अवसरको वृद्धि हुनेछ र अपराधको प्रभावकारी नियन्त्रण हुनेछ ।अहिले कुबेतमा देखिएका नेपालीहरुको रक्सि भट्टी खोल्ने , बेश्याबृदी गर्ने, उच्सृन्खल गतिबिधि गर्ने एव किलो किलो लागु औसध बोकेर आउने जस्ता गतिबिधिले राजदुतावासलाई कुबेतमा रहेका नेपाली समुदायको संरक्षण र सम्बर्धनमा केहि गर्नु पर्ने अवसर र चुनौती देखिएको छ । राज्दुत् र राजदुतावास जस्तो जिम्मेवार सस्था र व्यक्तिले आफ्नै समुदाय बीचको परिदृश्यले निर्माण गरेको गल्ति लाइ लिएर आफ्नो हैसियत र स्थानको यति कमजोर विश्लेषण गरेर मौन बस्न मिल्दैन । किनकि यिनै नेपालीहरुको लागि संस्थागत गर्ने ,आधारभूत मूल्य मान्यता र कर्तब्य निस्ट बनाउने जिम्मेवारी सस्था राज्दुत् र राजदुतावास हो । यस्तो अवस्थामा राजदुतावास पछि हट्नु मौन बस्नु राजदुतावासकै लागि दूरगामी रूपमा अनुत्पादक हुन सक्छ । किनकि बिदेशमा आज मात्र होइन पछि पनि नेपाली समुदायले सवै भन्दा बढी आशा गरिएका राज्दुत् र राजदुतावास नै हुन् र हुनेछन ।
त्यसैले अन्तराष्ट्रिय सन्धि बमोजिमका कन्सुलर कार्य बाहेक अन्य सहयोग गर्न सक्दिन भन्दा पनि अबसरहरु को उपयोग गर्न र चुनौतीको सामना गर्नका लागि बिगतका गल्तिहरुको जबाफदेहिता स्थापित गर्नु र त्यस्ता गल्ति दोहोरिन नदिन राजदुतावास निकाय र संघ सस्था संग छलफल गरेर समयमै संयन्त्र निर्माणको आवस्यकता बोध गर्नुपर्दछ । त्यस्तै गरि, हामी मेहनत र श्रम गरेर आर्थिक समुन्तिको लागि सपना बोकेर घर परिवार बाट पर यहीको नियम कानुन र निर्देशनमा काम गर्न मन्जुर छौ भन्दै आएका हौ । जे जस्तो कामको लागि भनेर सर्त मानेर आएको भए पनि सर्त अनुसार नभए बोलिदिने यहि राजदुतावास छ अत आफ्ना गलत ब्यबहार आचरण देखाएर गरेर न्याय पाउने अधिकारलाई कुण्ठित नगरौ ।म नै ठिक छु र मैले गरेको मात्रै ठिक छ भन्ने मानसिकता पालेर या लै लै मा लागेर गलत बाटो रोजेर , गलत काम गरेर समुनत हुने दुस्साहस नगरौ ।
राजदुतावास जति हामि नेपालि समुदाय को हो त्यतिनै नेपालि समुदाय पनि राजदुतावास को हो,अर्थात् नेपाल हामि सबै नेपाल र नेपालीको हो त्यहि भएर हात बाधेर होइन हात खोलेर , मन मुटाब बिर्सेर , आत्मा आलोचना गरेर सहकार्य गरौ त्यसैमा हामी सवैको भलो हुनेछ ।
hamrosanchar.comमा प्रकासित
फागुन ८ । देशको अर्थतन्त्रमा झन्डै १२ प्रतिशत रेमिटेन्स वृद्धि गरी राज्यलाई महत्वपूर्ण योगदान दिइ रहेका इमान्दारिता र परिश्रमीपन भएका हाम्रा नेपाली महिलाको निम्ति वैदेशिक रोजगार खास गरि खाडी मुलुकमा विशेष माग छ । तर सरकारले विशेष गरी महिलाहरूको सुरक्षाको कुनै ग्यारेन्टी नलिएको कारण पनि महिलाहरू समस्यामा फस्दै आएको पाइएको छ । त्यहि भएर हाउसमेडको भिसा जारी नगर्न सरकार कहिले अनुरोध गर्छ त् कहिले ‘घरेलु कामदार विदेश पठाउनेसम्बन्धी निर्देशिका’ का बुँदाहरू कार्यान्वयन नभएको भन्दै महिला लाइ घरेलु काममा विदेश जान रोकदैछ । श्रम तथा रोजगार मन्त्रालयले १० महिनाको अवधिमा दोस्रोपटक हाउसमेडका रूपमा विदेश पठाउन फेरी यसै साता रोकेको छ । स्वदेशमा आन्तरिक बजारमा रोजगारीका अवसरमा कमी हुँदा , कमजोर सामाजिक-आर्थिक अवस्थाका धेरै महिला बेरोजगारीले थाल्थालिएको मुलुकमा महिलालाई प्रतिबन्ध गरि राखन के जायज हुन्छ र सकिन्छ ? एकातिर यहि यथार्तले बाध्यता र दलालहरूको उक्साहटमा व्यक्तिगत भीसामा घरेलु कामदार बनेर खाडी मुलुक रोजगारीमा जान वाध्य छन भने अर्को तिर महिला हाउसमेड सम्बन्धी नीति नहुँदा र श्रम सम्झौता नहुँदा नेपाली महिलाहरु विदेशमा असुरक्षित हुनुका साथै अधिकांश कहाली लाग्दो समस्या बोकेर फर्किन् बिबश पनि छन् । नेपालबाट महिला कामदारलाई हाउसमेडका रुपमा पठाउन कुनै पनि देशसँग सम्झौता नभए पनि हजारौं महिलाहरु खाडीमा अवैध रुपमा गइरहेका छन् ।श्रम मन्त्रालययसँग कति महिला यसरी गए भन्ने तथ्यांक छैन । तर वैदेशिक रोजगार व्यवसायी सङ्घको तथ्याङ्क अनुसार वैदेशिक रोजगारमा ३३ लाखको हाराहारीमा नेपाली रहेका छन् । रोजगारका लागि दैनिक लगभग १५ सय नेपाली वैदेशिक रोजगारमा जाने गरेका छन् । आ.व.२०७०।०७१ सम्ममा वैदेशिक रोजगारीका लागि आएका नेपाली महिलाहरु जम्मा संख्याः १‚१३‚७७८ जना छन भने सबैभन्दा बढी महिलाहरु कुबेतमा ३७‚१०२ जना रहेका सरकारी तथ्य्यांक रहेको छ । अन्य बाटो र भारत हुदै कुबेत आउने नेपाली समेत गर्दा घरेलु कामदार (हाउसमेड) का रूपमा कुबेतमा ४० हजार भन्दा बढी नेपाली महिला कार्यरत छन् ।
तुलनात्मक रुपमा अन्य मुलुक भन्दा बढी महिला कामदार भएका कुबेतमा कामको सिलसिलामा महिलाको अवस्थालाई ध्यानमा राखी नेपाल सरकारले संरक्षण गृह समेत संचालनमा ल्याइएको छ ।तर पनि अबैध रुपमा बसेका नेपाली खास गरि नेपाली महिला समुदाय संग जोडिएको बिभिन्न अपराधिक कृयाकलापहरु जस्तै भागेर बिभिन्न अनैतिक काममा लागेको , गैरकानुनी काम गरेको , इलिगल खोलेर पनि लामो समयसम्म स्वदेश नफर्केको,लागु औषधको कारोवार गरेको ,बेस्यावृतिमा संलग्न रहेको, मदिरा बनाउने काम गरेको , अनैतिक सम्बन्ध बाट बच्चा पाएर बसेको , पार्ट टाईमको रुपमा अन्य कम्पनीमा काम गर्न जाने गरेको जस्ता अत्यधिक बढ्न थालेको खबर स्थानीय पत्रिकामा पढ्न पाइन्छ । केहि साता अघि मात्र कुबेतको महबुलामा नेपालीहरु बेश्याबृति गरेको अभियोगमा पक्राउ परे । केहि महिना अघि कुबेतमा नाम र ठेगाना नखुलाएकी नेपाली महिलालाई जिलेब अल शोयखको एक घरबाट १.५ किलो हेरोइनको साथमा पुलिसले पक्राउ गर्यो ।त्यस्तै गरि त्यसै महिना कुबेत स्थित नवप्रतिभा युवा क्लवका सदस्यहरुले दुई जना नेपाली महिलालाई बङ्लादेशका केहि ब्यक्तिहरुले भूमिगत रुपमा संचालन गरेको महबुल्ला एरियाबाट बेस्यावृतिमा संलग्न रहेको भन्दै उद्दार गरी नेपाली दुताबास कुवेतमा लगेर बुझाए ।जसमा एक जनाले आफ्नो इच्छाले गरेको समेत तथ्य खुलेको थियो । दुइ दिन अघि मात्र कुबेत टाइम्स मा प्रकासित खबर अनुसार ट्याक्सी ड्राइभर सहित दुइ जना पुरुष संग मिलेर एक इथोपियन महिलाको समुहले कुबेतमा काम गर्ने घर छोडी फरार भएका नेपाली हाउस्मेडलाइ ललाई फकाई अपहरण गर्दै भारतीय र बंगलादेशी लाइ १०० कुबेती दिनारमा बेच्ने गरेको खुलाशा भयो । यसरि बेचिएका महिला बाट अबैधानिक एव अनैतिक काम गर्न बाध्य भएको समेत जानकारी आयो ।
यसरि आएका खबर र नेपाली चेलीहरुको बिजोग त सबैले दैनिक रुपमा देखेकै, पढेकै छन ।केहि महिना अघि मात्र कुवेत सरकारले यहाँ कार्यरत अबैधानिक कामदारलाई आममाफीको अबसर घोषणा गरेको छ ।अबैधानिक रुपमा बसेका कामदार लाइ पक्राउ गर्ने क्रम संगै सयौ नेपाली पकाउ परेका छन् । यस्तो बेला हामि कुबेतमा कार्यरत नेपाली संघ सस्थाले के कस्तो भूमिका खेल्नु पर्छ त् ? भनेर सोच्न बाध्य पारेको छ । अब हामी मुकदशक नहुने हो भने आखिरी किन हाम्रा दिदिबहिनिहरु किन समस्यामा फस्दै आएका छन् ? किन नेपाली महिला अपराधिक कृयाकलापमा फस्दैछंन ? भन्ने कुराको अध्यन गरेर रोकथाम गर्न सकिन्छ । भाषाको समस्या संगै बिबिध समस्या र विभिन्न दुःख झेल्नुपर्दा र ललाई फकाईका मनोवैज्ञानिक कारणले बढी महिलाले तनावमा आई काम गर्न आएको घर छोडी भाग्ने अनि गैर कानुनीरुपले बस्ने , बढी पारिश्रमिक पाउने लोभमा अबैधानिक काम गर्ने , देह ब्यापार गर्ने , अपराधको दलदलमा फस्ने अनैतिक सम्बन्ध बाट बच्चा पाएर कुबेत बाट नेपाल फर्किनु परेका घटना अहिले सम्म देखिदै आएको छ । एकातिर आईएलओमा आबद्ध नभएका र नेपालजस्तो कामदार पठाउने मुलुकसँग श्रम सम्झौता समेत नभएका मुलुकमा घरेलु कामदारका समस्या दूतावासले पनि हेर्न सक्दैन भन्ने ब्यबहारिक उदाहरण पछिलो पटक राजदुताबासको सेल्टर बाट चुनौती दिदै निस्कनु र नेपाली चेलीहरु अपराधी गतिबिधिमा समातिनु लाइ बुझन सकिन्छ । अर्को तिर कुबेतमा नेपाली कामदारको खास गरि महिला कामदारको सुरक्षाको कमजोरी मानसिकता देखाएर सरकारले प्रतिबन्ध लगाउनु मात्र निराकरण हुन्छ भनेर बसे राज्यले ठुलो समस्या भोग्नुपर्ने अवस्था आउन सक्ने अनुमान गर्न सकिन्छ । अलपत्र परेका हाउसमेडको उद्धार गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले ढिलाई हुदा दुतावाश को सरणमा नजाने र गएका पनि गत असोज २८ जस्तै सेल्टर तोडेर हिड्ने हो भने फेरी पनि दलालको सिकारमा परेर मानव तस्करको हातमा पर्ने र महिला कामदारहरु अपराधिक कृयाकलापमा निकै बढन सक्ने अनुमान गर्न सकिन्छ ।
१७ देशका प्रधिनिधिहरूबीच छलफल गर्न आयोजित ‘आबुधाबी बहस’ मा भाग लिन कुबेत आएका श्रममन्त्री टेकबहादुर गुरुङले यहाँका श्रममन्त्री हिन्दसुबाई बाराक अल सुबाईसँग भेट गर्दै द्विपक्षीय सम्झौता नभएसम्म नेपालीको लागि हाउसमेडको भिसा जारी नगर्न अनुरोध आग्रह समेत गरेका थिए ।तत्काल यो अनुरोध आग्रह ले प्रतिबन्ध लगाए पनि यहाँ बसेका धेरै गैर कानुनी हाउसमेडका कारण विकृतिमा कमी आउने सम्भावना देखिएको छैन । अपराधको दलदलमा फस्दै गएको विकराल समस्या पैदा गर्ने लक्ष्ण देखिएको हुनाले यस विषयलाई नेपाल सरकारले गम्भीर भई सोचने बेला आएको छ । बिभिन्न किसिमका अभिमुखीकरण तालीम एवं सीपमूलक तालीम दिएर हाउसमेडमा पठाएको भनिए पनि कुबेतमा लागु औषध को कारोवार, यौन ब्यबसाय गर्नेलाई यहाको कानूनमा कडा कानूनी सजाय छ भनने बारे अनभिज्ञ हुँदा या जानी बुझी गर्दा आउदा दिनमा नेपाली महिलाहरुको अपराधी गतिबिधि बढ्ने सम्भाव्यता धेरै देखिन्छन् । दर्जनौ सघ सस्था र राजदुताबास समेत भएको कुबेतमा यस्तो परिस्थितिको सिर्जना बाट नेपालि समुदायका महिलाहरु अपराधका शृंखलाहरूमा किन होमी राखेका छन् भन्ने कुरा बुझ्नु पर्ने सवाल टड्कारो रुपमा देखा परेको छ । अत समयमै व्यवस्थापन गर्न नसके हाम्रा दिदि बहिनीहरु अपराधीहरूका लागि ‘युज ’गर्ने साधन बन्न सक्छन भन्ने हालैका दिनमा काम गर्ने घर छोडी फरार भएका नेपाली हाउस्मेडलाइ ललाई फकाई अपहरण गर्दै भारतीय र बंगलादेशी लाइ १०० कुबेती पक्राउ परेकी नेपाली चेलीले प्रहरीमा दिएको बयान भनि समाचारमा उल्लेख गरेको बाट पुस्टि हुन्छ ।
कामदारको अधिकार संरक्षणको लागी भूपू श्रममन्त्री टेकबहादुर गुरुङ बाट लिएको बिगतको अनुरोध ब्यबस्थित गर्ने एउटा थालनी होला र यसै साता ‘घरेलु कामदार विदेश पठाउनेसम्बन्धी निर्देशिका’ का बुँदाहरू कार्यान्वयन नभएको भन्दै महिला लाइ घरेलु काममा विदेश जान रोक्ने श्रम तथा रोजगार मन्त्रालयको निर्णय थप पहल होला । तर सरकारी निकायले समयमै घरेलु कामदारको लागी तालिम दिएर मात्र पठाउने, घरेलु कामदारको रुपमा पठाउँदा सुरक्षा सम्बन्धी विशेष करारनामाको व्यवस्था गर्ने, विदेश पठाउदा दलाल भन्दा म्यानपावर भएर नै जाने ब्यबस्था लागु गर्ने , विदेश पठाइएका महिलाको स्थितिको सम्बन्धमा सम्बद्ध वैदेशिक रोजगार व्यवसायीले कम्तिमा २।३ महिनामा जानकारी राख्ने, राजदुताबास मार्फत महिला कामदारको स्थितिको बारेमा प्रत्येक वर्ष प्रतिवेदन जारी गर्ने , आईएलओ महासन्धीमा हस्ताक्षर गर्ने राष्ट्रमा मात्र घरेलु कामदार पठाउने कामको थालनी गर्नु पर्छ । यहाँ अपराधका दलदलमा फस्दै गइरहेका, अबैधानिक कामदार भएर मुलुकका छबी बिगारी रहेकाहरुले देशलाई दलदलमा फसाउने निश्चित छ । त्यसैले यिनीहरुको लागि पनि चाडो भन्दा चाडो उद्दार र काउनसिलिङ्ग अपरिहार्यता छ । य्थार्तमै भन्ने हो भने नेपाली महिलालाई अपराधिक मानसिकता बाट बाहिर निकाल्ने बिषयमा सरोकारवाला सबैको सकारात्मक हातेमालो जरुरी छ। कुबेतमा आएका नेपाली महिला पुरुस कामदारहरु बाट अपराधिक च्याप्टरमा नेपाल जोड्दै जाने समाचारहरु स्थानिय अखबारमा यसरि नै सुनिने हो भने वैदेशिक रोजगारीका लागि नेपालीहरुको इमान्दारिता र लगनशीलताप्रति खुसी भै भिसा दिने धेरै मुलुकहरूमा भोलि नेपालीको गन्तव्य बन्द हुन् सक्छ । अत रेमिटीयान्सले चलेको हाम्रो घर परिवार र मुलुकको गति झन् नाजुक हुन् सक्छ त्यसैले बेलैमा सवैको सदबुदी आवोस।
- See more at: http://hamrosanchar.com/2016/02/20/%E0%A4%AD%E0%A5%8B%E0%A4%B2%E0%A4%BF-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%97%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B5%E0%A5%8D%E0%A4%AF-%E0%A4%AC%E0%A4%A8/#sthash.GwtSkgh8.vmiLpKsc.dpuf