हिजो राणा शाशनकालमा सर्वहारा सोच बोकेका धनकुटाका पण्डित छविलाल पोखरेलको नाम कमैले सुनु भएको होला । जीवनमा जात हेरेर होइन, रगत हेरेर यिनले मान्छेको काम गरे । धेरैलाई यिनले वृत्ति दिए र कैयौंको विश्वास थुपारे। जनजाति र कथित दलितलाई समाजको र्सार्वजनिक बाटोमा हिँडाउने यी आँटी योद्धा थिए । हीरालाल विश्वकर्मा र टीआर विश्वकर्मालाई पाठशालामा भर्ना गर्ने पनि यिनै थिए । यिनले अछूतलाई सिङ्गो संसार चिनाइदिए र राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने ढोका खुलाइदिए । हिन्दु धर्म भित्रको बर्ण ब्यबस्था बाट सृजित जातीय भेदभाव र छुवाछुत मन नपरेका कुराको खुल्ला ब्यबहारिक विरोध गर्ने संस्कृतका आचार्य समेत रहेका पण्डित छविलाल पोखरेल साँच्चै सर्वहारा,निमुखा र धार्मिक सस्कारले पछाडी परेका र दलितहरूका लागि यी र्सवस्व थिए।
आजलोकतान्त्रिक शाशनकालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिरक ओढेर अर्को पोखरेल अर्थात रुपा पोखरेल देखा परेकी छिन ठिक उल्टो अर्थात पुरातनवादी सोच बोकेर । नेपाल बिद्यार्थी संघकी केन्द्रिय सदस्य तथा पद्मकन्या कलेज मास्टर लेभलमा अध्ययनरत रुपा पोखरेलले आफु संगै कलेजमा अध्ययनरत दर्शना नेपालीलाइ ‘आज सुनपानीले चोखिएर आएको छु, फेरि छुईएला,’ भन्दै सार्वजनिक रुपमा भनेर आफैलाई कुरीकुरी हुने गरि लोकतान्त्रिक मौलिक मूल्य मान्यता थाहा नहुने बौद्धिक दारिद्रको उपमा थुपारेकी छिन । “आफूले काँसको थालमा खाने ठूलो जात र नेपाली लाई टपरीमा खाने सानो दलित होस् र छोईयो भने सुनपानीले आफू चोखिन्छु भन्ने घमण्ड पालेकि रुपा पोखेरल राष्ट्रियता प्रजातन्त्र र समाजवाद हाम्रा आदर्श हुन भन्दै नेबि संघको मुल्य मान्यतालाइ आत्मसाथ गरेर नेबि संघको केन्द्रिय सद्स्य तथा अधिबक्ता सम्म हुन् । तर ब्यबहार भने आफु सम्मानको मान्छे लाइ कमारा कमारीको स्तरको ब्यवहार गर्ने , सोच्ने रहेछ । जन्मेदेखि नै नेपाली कांग्रेसले “राष्ट्रियता, प्रजातन्त्र र समाजवाद” भन्ने तिन नारा अंगाल्दै आएको छ तर त्यस भित्रका रुपा पोखेरलहरु जस्तो आफै लाइ ठुलो जात ठान्ने बौद्धिक दारिद्रहरुको ब्यबहार देख्दा यिनले गरेको राजनीति , अध्यन गरेको उच्च सिक्षा कासको थालमा भात खाएर नाक घिरौला जत्रो बनाउनु मात्र होकी भने प्रतित हुन्छ ।
जातीय, साम्प्रदायिक तथा नेपाली एकता बिथोल्ने संकिर्ण सोचमा भासिएका रुपा पोखरेलहरुले सकार र नकारको पटक्कै ख्याल नगरी क्याम्पस प्रमुख अगाडी सार्वजनिक रुपमा मनमौजी ‘गालीपुराण’ वाच्न गरिनु जतिसुकै विद्वान् भए पनि मानिस आदतको दास हुन्छ भनेर प्रमाणित हुनु हो ।सामन्ती संस्कारमा हुर्किएका आफूलाई सर्वेसर्वा ठुलो जात ठान्ने यी रुपा पोखरेलहरुले नेपाली समाजमा लामो समय देखि संस्कारले ब्यबहारले नजाँनिदो तरिकाले विभेद गरिरहका छन । हामी हत्तपत्त सानो तिनो कुरा त् हो भनेर गलत बोल्यौ भन्दैनौं र कमजोर देखाउन चाहँदैनौ ।तर हाम्रो मौनता लाइ मियोबिना दाईं गरे जस्तै राईंदाईं र रैँदालो हुने गरि जहा भेट्यो त्यहि जसरि हुन्छ त्यसरी विभेद गरि रहन्छन जसको प्रमाण नेपाली अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य समेत रहेको नेपालीलाई यो भन्दा अगाडी पनि बारम्बार बाटोमा हिड्दै थुक्दै छुईयाला भन्दै गिज्याउँदै र बोल्दै रुपा पोखरेल हिड्ने गरेको नेपालीले जानकारी दिएको लाइ बुझन सकिन्छ ।
दलित समुदायले जातीय छुवाछुतको अन्त्य होस् भन्ने चाहे पनि समाजमा आफुलाई बुद्धिमानी ठानिएका कथित ठुला जातिका कारण जातीय छुवाछुतका घटनाहरु दोहोरि रहेका छन् । सधै गल्ति भयो माफी पाउ भनेर मात्र हुदैन अझ अधिबक्ता समेत रहेकी रुपा पोखरेल छुवाछुत कसुर सजाय ऐन २०६८ का बारेमा अनविज्ञ रहेको अवस्थै हुन् सक्दैन ।मान्छे पढेर, बढेर र विद्वान् भएर झन् संकीर्ण, साम्प्रदायिक, अररो, अमर्यादित र अशिष्ट भयो भने हामीले कल्पना गरेको समता मुलक समाज युगौ सम्म पनि बन्न सक्दैन, त्यसैले मेरै समुदाय कै भए पनि म बिरोध गर्छु भनेर पण्डित छविलाल पोखरेल लागि परेका थिए । लोकतन्त्र भएको मुलुकमा आज पनि दलितहरु कुकुरको मराइ मर्न परेको अनेकन घटना छन जसको संकलनको मात्र पनि एउटा ठुलै इतिहास बनिन सक्छ । यस्तै सार्वजनिक विभेद गरिएका धेरै घटनाहरु छन् । शोषण, पिडन उपेक्षाप्रति दर्शना नेपालीले जसरी बोलौ, प्रतिकार गरौ र पुरातनवादी बौद्धिक दारिद्रहरुको ब्यबहार जनसमक्ष फैलाउँदै जाउ । हामी अन्धा र बैरा जस्तो भएर नबसौं । संकीर्ण सोच र व्यवहार राखे रुपा पोखरेललाइ प्रचलित कानुन अनुसार जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अनुसार ऐन बमोजिमको कसुर लाइ हेरी तीन महिना देखि तीन वर्ष सम्म कैद वा एक हजार रुपैया देखि पच्चीस हजार रुपैया सम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरियोस ।
- See more at: http://hamrosanchar.com/2016/12/05/%e0%a4%b6%e0%a5%8b%e0%a4%b7%e0%a4%a3-%e0%a4%aa%e0%a4%bf%e0%a4%a1%e0%a4%a8-%e0%a4%b0-%e0%a4%89%e0%a4%aa%e0%a5%87%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf/#sthash.dvuodYoz.dpuf
लक्ष्मी परियारको घटना पछि नेपालमा जातीय भेदभाव , महिला हिंसा ,छुवाछुत उन्मूलनमा राज्यको संयन्त्रको भूमिका , प्रहरी प्रशाशनको भूमिका , स्थानीय निकायको भूमिका र निजामती सेवामा कार्यरत कर्मचारीको भूमिका नेपाली समाजले फेरी एक पटक खोजेको छ । नेपाल छुवाछुत मुक्त राष्ट्र भनेर सवै नेपाली नागरिकले सहमति र सबैले स्वीकार गरेर नै समाजमा गरिने कुनै पनि जातीय भेदभाव तथा छुवाछुत अपराध उन्मूलनका सम्बन्धमा कडा दण्डात्मक कानूनी ब्यबस्था ल्याइनु पर्ने सवालमा सवै राजनितिक दल र नागरिक समाजले स्वीकृत दिएर जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ समेत बनेको अवस्था छ। एक पछि अर्को अमानबीय घटना दलित समुदाय माथि घटी रहेको छ तर सार्वजनिक रुपमा जातीय बिभेद र छुवाछुत गर्ने ले एक दिन पनि कारागारमा बसेको रेकर्ड छैन । सरकारवादी मुदा बनेको जातीय भेदभाव तथा छुवाछुत अपराध मुदा कानून बनेदेखि देश भरी जम्मा एक दर्जन मुदा पनि अदालत प्रबेश गरेको रेकर्ड छैन । छुवाछुत मुक्त राष्ट्रमा अहिले पनि दिनहु दलित समुदायलाइ बिभेदको जातोमा राखेर पिसीदैछन । लोकतांत्रिक गणतन्त्र नेपाल भएको देशमा एउटा अधिनायकवादी एवम सामन्ती राज्य ब्यबस्था जस्तो जहिले पनि दलित समुदाय माथि अमानवीय घटना दोहोरीदा तेहरिदा यथास्थितिको पोषक बनेर र सामाजिक रूपान्तरणका लागि , समता मुलक़ समाज निर्माणका लागि बाधाका रुपमा राज्य र कथित उच्चजातीको मानसपटलमा रहेको दलितप्रतिको भेदभाव र छुवाछुतको भावना उपस्थित भएको छ।
यसरी जातीय विभेदलाई सामाजिक रुपले अमानवीय र छुवाछुत तथा भेदभाव कानुनीरुपले दण्डनीय मानेका राज्यका नागरिकले एकातीर आजको आधुनिक समाज कथित दलित समुदायको भएकै कारण अपमानजनक र अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने , बोक्सी भन्दै मलमूत्र खुवाउने दुर्व्यवहार गर्ने , अन्तरजातीय बिबाह गरे ह्त्या गरिदिने जस्ता अमानवीय कार्य गरेर आधुनिक समाजको बराबरीमा कुनै पनि स्तर बाट कथित दलित समुदायलाइ आऊंन नदिन उद्दत भएर लागेको छन । अर्को तिर अमानवीय र छुवाछुत तथा भेदभाव जस्ता दलितको समश्याले राज्यमा प्रत्यक्ष्य प्रहार नहोस भने उद्देश्यले राज्यले दलितको समस्या गएर सुनाउँन भनी बनाएको ठाउँहरुमा राजनितिक दलका झोला बोक्ने र बिस्टलाइ रिझाउन सकनेहरुलाई नियुक्ति गरेर छेकवार गर्न सफल भएको छ। कसैले भेदभाव गर्यो भनेर गयो भने यीनले न कारवाही गर्न सक्छन , न जेल हाल्न सक्छन , न त आधिकारिक रुपमै कुनै सार्वजनिक धारणा नै ब्यक्त गर्न सक्छन ।आफ्नो स्थापना काल देखि राज्यको सरोकारवाला निकायमा बसेर कति पीड़ितलाई अहिले सम्म न्याय दिलाउन सके घाम जून जस्तै छर्लङ्ग छ। ठीक त्यस्तै रवैया कानून लागू गर्ने निकायको रुपमा रहेको प्रहरी प्रशासनले पनि दलित समुदाय बिरुद्ध हुने अपराधको उन्मूलनमा भन्दा पनि मिलापत्र गराउन , उजुरी नलिन अहिले सम्म बिशेष भूमिका निर्वाह गरेको छ। जातीय भेदभाव तथा छुवाछुत अपराध उन्मूलनका सम्बन्धमा कानून बने पछि मुदाको उचित छानबीन र तहकीकात गर्नु पर्ने होइन ? फेरी किन सेती परियार देखि लक्ष्मी परियार सम्म दलित समुदाय भएकै आधारमा यो समाजले बोक्सी भन्दै दिशापिसाब खुवाउँदा नि मिलाउन हतार हुन्छ प्रहरी प्रशासनलाइ ? सेते दमाई देखि अजित मिझार सम्म दलित हो भन्ने जानेर बुझेर ह्त्या हुदा पनि प्रहरी प्रशासन अपराधीबिरुद्धको प्रमाण मेटाउन र उमकन दिन लागि पर्छ किन ? यहाँ सम्म की अरुलाई न्याय दिने नेपाल प्रहरीले आफ्नै जवानलाई सुदूर पश्चिमको धार्मिक जात्रामा धर्मका पाखण्डी गुरुले संस्कारको हवाला दिदै अधिकृत कै सामुन्ने बिभेद गरेर जङ्गलमा कामी भन्दै एक्लै छोड़दा सम्म पनि अधिकृत लाइ बिभेद गरेको प्रतीत भएन- बोध भएन, यस्ता घटना आफै भोगेको संगठनले भेदभाव एवम छुवाछुतलाइ दण्डित गर्न र छुवाछुतको रोकथामको लागि प्रहरीको छूटै सेल बनाउन समेत जरुरी ठानेंन ।सम्भवत यसैको नतीजा हुनु पर्छ हिजो अजित मिझार लाइ हतार हतार खाल्डो खनेर पुर्न र लक्ष्मी परियारको मुदा हामीले हेर्ने हैंन भनिनु । हैंन भने अपराध गराउन भूमिका खेलने प्रहरी चाहि कानूनको नजरमा दोषी हुन्छ की हुदैन ?
हजारौ दलित माथि यस्ता एक पछि अर्को घटना हुदा नि तुरुन्तै प्रतिक्रया नदिने र छुवाछुत सम्बन्धमा प्रचलित कानून अनुसार पीड़ितलाइ न्याय र पीडकलाई उचित कारवाही गर्ने एव गर्न दबाब सृजना गर्न समेत नचाहने यो समाज र राज्यमा देखिएको गलत परम्परा , संस्कृति र ब्यबहारहरु अबका दिनमा पनि जारी रहने हो भने तमाम दलित समुदायको बिद्रोहलाइ नेपाली समाज र राज्यले समाना गर्नु पर्ने दिन चाडै आउन सक्छ । हिजो सामाजिक बिभेद भत्काउन भनेर अरुको नेतृत्वमा बन्दुक बोकेर अघि लागेका ती हजारौ दलितहरु सवैले सदाहत प्राप्त गरेका छैनन,धेरै जिउदै छन र भोली यसरी नै हेप्दै चेप्दै जाने हो भने आफ्नो लागि छुवाछुत र जातीय भेदभाव बिरुद लड्नु पर्ने दिन आउन सक्छ ।जून जनयुद भन्दा पनि बिशाल र घातक हुन सक्छ । त्यसैले जातीय छुवाछुतको समस्या दलित समुदायको मात्र समस्या हो भन्ने मानसिकता त्यागेर यो राष्ट्रकै समस्या हो भनेर सवैले बेलैमा बूझौ । जन्म र जातको आधारमा गरिने भेदभाव एउटा राष्ट्रीय समश्या , राष्ट्रीय कलंक र सामाजिक रोग भएकाले यो समस्या समाधान गर्न मुलुकमा रहेका सवै तह र तपका ब्यक्ति , नागरिक समाज , पेशागत संघ संगठनहरु,राज्य, राजनितिक दल र नागरिक समाज समयमै लागौ ।
दलित माथि हुने उत्पीडन बिभेदका घटनालाई सामान्य रुपमा लिने र मिलापत्र गराउने एउटा अधिनायकबादी एवं सामन्ती राज्य ब्यबस्थाले सामाजिक परिवर्तनको अगुवाई गर्न सक्दैन भन्ने अजित मिझार त्यस अघि देखि लक्ष्मी परियारको घटना सम्म आउदा प्रस्ट भई सकेको छ । यो सत्यलाई निराकरण गर्न छुवाछुत जातीय बिभेद जस्तो गंभीर सामाजिक अपराधको उन्मूलनका लागी राज्य स्तर बाट ब्यापक प्रयास गरिनु जरुरी छ। जब सम्म राज्य संयंत्रहरु ब्यापक रुपमा परिचालित हुदैनन तब सम्म छुवाछुत रहित समाजको परिकल्पना गर्न सकिनँ ।अझ राज्यको निजामती सेवा भनेको स्थायी कार्यपालिका हो तर निजामती सेवा अझ बिधालयका प्रधानअध्यापक नै छुवाछुत , जातीय बिभेद र महिला हिंसालाई खुलमखुला पाश्रय दीई रहेको पाइयो ।
अत छुवाछुत उन्मूलन र नियंत्रण गर्ने कुराको सम्बन्धमा बोली र ब्यबहारमा भिन्नता देखिएको हाम्रो मुलुकमा दलित समुदायलाई सशक्तिकरण गर्नको लागि राज्यस्तरबाट राजनैतिक सचेतना, विकाश तथा कानुनी अधिकारहरु कागजमा मात्र नभई व्यावहारिक रुपमा उतार्न समाज राजनैतिक दल, राज्य अनि स्थानिय निकायको महत्वपूर्ण भूमिका हुनुपर्छ । त्यस्तै गरी दलित समुदाय संग सरोकार राखने संघ संस्थाले समुदायलाइ वास्तविक रुपमै नबुझनेलाई ठगेर होइन बुझाएर वा प्रशिक्षित गराएर जानुपर्छ । हाम्रो सामु रुपान्तरित गर्ने ठूला–ठूला चुनौतिहरु भए पनि उज्वल सम्भावनाहरु छन । अब जतिसुकै कठिन र सङघर्षमय भए पनि हिम्मतका साथ अगाडि बढ्न आ–आफ्नो ठाउँबाट जिम्मेवारी साथ भूमिका निर्वाह गरी सामन्तवादी श्रमशोषणमा आधारित विभेदको अन्त्य गर्नमा ध्यान केन्द्रीत गर्नुपर्छ ।छुवाछुतको अपराध गर्ने जो कोही लाइ दण्डनात्मक सजायको प्रवाधान र पीडितलाई क्षतीपूर्ति भरण पोषण गराउने एक बोली , पूर्वाधार र पूर्व्ब्याबस्था गर्नु पर्छ ।अन्यथा दलित समुदाय माथि अमानबीय घटना घटाउनेहरुको आत्मबल बढ्दै जान्छ र राज्य संयन्त्र झनझन कमजोर , अक्षम , भ्रस्ट एवम अप्रजातांत्रिक हुदै सामाजिक संरचनामा ठुलो खाडल बन्न गई दलित समुदायलाइ आत्मा स्वाभिमानको लड़ाई लड़न बाध्य हुनेछन ।
- See more at: http://hamrosanchar.com/2016/12/18/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%b2%e0%a4%bf%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%bf%e0%a4%a6/#sthash.hnrwnehI.dpuf
जातीय बिभेद होस या अन्य कुनै किसिमको बिभेद भए पनि बिभेद गर्ने संस्कार धर्तीको सबैभन्दा बलियो अन्धिविश्वासको लिसो हो । मेरो एउटा लेखले त्यो लिसोको कुनै कुनोलाई उचाल्न सक्दैन भन्ने पनि थाहा छ । तर हजारौ बर्ष देखि राज्य र समाज बाट बिभेद भोगिरहेका,उपेक्षित र जातिय उत्पिडनमा परेका नेपालका दलित समुदाय अर्थात आफु उभिएको धरातलमा हाम्रा समुदायका जान्ने बुझनेहरुले आफु भित्र ज़रा गाडेर पालेको बिभेद देखेर केहि लेखन मन लाग्यो । लेखको सुरुवात केहि उदाहरण बाट गर्न चाहे ।
दुइ दशक अघि बाजुरामा दलित भित्र पनि छुवाछुत हुने गरेको एउटा पीडाको खुलाशा भयो । मार्तडी –८ बस्ने धर्मा नेपालीले मार्तडी ८ बस्ने जय बिक सँग बिबाह गरेकी रहिछन । माइती र श्रीमान पक्ष दुबै दलित भएपनि बिक भनेको ठुलो र नेपाली भनेको सानो थर मान्ने प्रचलनले श्रीमान पक्षकाले घरमा ल्याउन नदिएपछि २१ बर्ष देखी धर्मा नेपाली दुइ सन्तान सहित माइती घर बस्दै आएको खुलाशा गरिन । त्यस्तै केहि बर्ष अघि पर्वत माझफाट ८ का गुमा दर्जी र मीन बहादुर बिक बिच प्रेम सम्बन्ध भई गुमा गर्भवती भईंन । गुमालाइ भित्राउन तयार भएका मीन बहादुरलाइ परिवार ले आफु भन्दा सानो जात भित्राउन लागेको भनेर जाइ लागे पछि मीन बहादुर रातरात भारत गए । पछि गुमाले मीन बहादुर बिकको घरमा कयौ दिन धरना दिएर आगनमै सुत्केरी भईदिन।
यस्तै केहि महीना अघि एक राजनीतिक दलको भातृ सङ्गठनको चुनाबमा दलित दलितको सिङौरी खेलेको देखियो । प्रमुख पदमा एक दलितले अर्को दलितको अस्तित्व नै स्वीकार गर्न चाहेंनन । कार्यबाहक भएर संस्थालाई केहि गति दिएका दमाई थरका लाइ त्यही भित्रको अर्को कामी थरका ले नया कार्यसमिति प्रमुखको उमेदवारीमा अरु उठे छोडिदिने तर दमाई थरका उठे आफु नि उमेदवार दिने भन्दै सिङौरी खेल्दै बुरक बुरक भए । राजनीतिमा सायद यस्तो पनि हुन्छ होला तर लोकलाज पचाएर आफुलाइ गैरदलितको नेतृत्व स्वीकार हुने तर एकै उत्पीडन भोगेर आएका आफ्नै समुदायका हुदै नहुने जून उद्घोष गरे त्यसले भळै आफु लाइ दलित समुदायको मानूँन या नमानून तर यो समाजमा उत्पीडन भोगेको कथित दलितहरुको अज्ञानताको परिचायक जात्रा देखाए ।
यी त एक दुइ ओटा उदाहरण मात्र हो ।यस्ता हजारौ दलित समुदायका उदाहरण छन जसमा एकले अर्काको अस्तित्व स्वीकार नगर्ने र आफू र आफ्नै जात ठुलो भन्ने संस्कार र स्कुलीङ हुदै आइरहेको छ । जसले गर्दा सामाजिक र राजनितीक रुपमा समता मूलक समाज बनाउ भने हामी कंही कतै नपुगेको र त्यो पूर्णतः फेल भइसकेको अहिले सम्मको हाम्रो बस्तुस्थिति हेर्दा प्रस्ट हुन्छ । आखिरी किन आर्थिक ,सामजिक, राजनितिक , धार्मिक रूपले पछाडि पारिएका तिनै दलितहरु समाजमा आर्थिक ,सामजिक, राजनितिक तहको एक तहमा पुगे पछि पनि किन आफ्ना समुदायका लाइ अभिप्रेरित गर्नु , जोड़नु साटो एक अर्काको खुट्टा तानने र अपाचय हुने जस्तो भाव बुझाउछन ? माथिका यी उदाहरणहरु मैले यहाँ उल्लेख गर्नुको तात्पर्य यी तीन घटना बिच एक पछि अर्को गरेर ठयाकै १० / १० बर्षको फरक छ । समय बदलियो, माध्यम पनि बदलियो तर दलितको मानसिकता किन बदलिएन ? गैर दलितले हामीले छोएको खादैनन भन्ने दलितहरु हाम्रो समाजमा यस्ता पनि छन जो अर्को दलित समुदाय लाइ अछूत मान्दछन र उसले छोएको पानी पनि खादैनन ।माथिल्लो तह भनिएका दलितले तल्लो तहको भनिएको दलितलाइ आफ्नो घर भित्र पस्न नदिने समेत प्रचलन अझै छ। अझ कामीहरुले दमाई , गाइने र सार्कीहरुलाई अछूत मानने ,गाइनेहरु बादी र पोडेहरुलाई अछूत ठान्ने । तराईका तेली , कलवारहर मुसहर र डोमलाई आफु भन्दा तल्लो जातको अछूतको ब्यबहार अहिले सम्म पनि गर्छन । यदाकदा अंतरघुलन भई हाल्यो भने पनि दमाई र कामी बिच बाट जन्मिएको संतानलाइ कडारो, कामी र सार्कीबाट जन्मिएको सन्तानलाई अहिले पनि दलित समुदायमा बिटुला भनेर सम्बोधन गर्ने देखि ब्यबहारिक रुपमा माथिको उदाहरण जस्तै छुवाछुत र बिभेद गर्छन ।यस्ता छुवाछुत र बिभेदका घटना दशक सम्म पनि भोगेर पिल्सिएर आफै पात्र भएर समता मूलक समाजको चाहना राखने दलित समुदायमा पटक पटक र दलित भनिएका जाती बिच नै आफै जातीय बिभेद लाइ जीवंत राखिएको छ । कुनै समाजमा भएको बिक्रिती हटाउन पहिले त्यो बिक्रिती आफु बाट हटाउनु पर्ने हैंन ? फेरी किन जुन जुन चिज को अभ्यास हिजो आफु माथी गैर दलित बाट गरिदै थियो ति सबै चीज़ आज आफुले आफ़नो समुदायमा गर्दैछौ ? यसरी समता मूलक समाज कहिले बन्छ ?
समता मूलक समाज निर्माण गर्ने सामाजिक सोँच समाजमा स्थापित मूल्य मान्यतावाट निर्माण हुन्छ । जब यो सोँचमा दलित र दलित विचमा अन्तरविरोध हुन्छ तब यसलाई मनुवादी सोँच हावी भएको भनिन्छ । एकातिर आज धेरै दलित दलितबादी दृष्टीकोणको विकास भएको र भैरहेको अवस्था छ खुसीको कुरा हो तर जब जुट्छन तब कामी दमाई सार्की भनेर आफ्नो आफ्नो किताकाट हुन्छन् । हिजो दलितहरु भित्र जून बिभेद थियो त्यसैलाइ जीवंत राख्नन आ आफ्नो संस्था खोलेर एक दलितले अर्को दलितलाईं कमतर ठान्ने, एक दलितले अर्को दलितलाईं छुवाछुत गर्ने, एक दलितले अर्को दलितलाईं रँगभेद गर्ने, एक दलितले अर्को दलितको समस्या प्रति समानुभुतिको सट्टा सहानुभुति गर्ने खालको दृष्टिकोण र विचार प्रवृति डरलाग्दो हिसावले अगाडी आईरहेका छन् । दलित वा दलित समुदायको सम्बन्धमा रुपान्तरणको आवश्यकता रहेको बेला यस्ता खालको प्रवृतिले झन झन पछाडि धकेलने निश्चित छ।
६० / ६५ लाखको जनाधार भएर पनि यत्रो ठूलो वर्गीय सम्बन्ध आफ्नो पक्षमा भएर पनि दलित आन्दोलनले सतरि वर्ष सम्म सफलता नपाउनुको कारण के हो भनेर कसैले मलाई सोध्छ भने यही उत्पीडन भोगने बीचको सिंगौरी, तल्लो जाती भनिएका बिच नै भएको जातीय बिभेद ,एक अर्काको अस्तित्व स्वीकार नगर्नु र आफु ठुलो जात हु भन्ने मानसिकता हो भनेर मेरो जवाफ हुनेछ । अझ एउटा उदाहरण सँगै स्पस्ट पॉर्न चाहे , जसरी जुन दलका भए पनि नेताको बोलि बाट जहिले पनि भारतले हेप्यो, भारतले यो गर्यो, त्यो गर्यो भनेर बताउँदै आएका छन । अनन्त यसरी कुनै बाह्य शक्तिलाई दोष दिंदै शक्ति सञ्चय गर्ने र सत्तामा पुग्ने बाटो बनाउने प्रवृत्ति देखाउदै आएका छन । आफु र आफ्नो दलको पटक पटक सरकारको नेतृत्वमा पुगे पनि राष्ट्रको उद्देश्य, अभीष्ट र दीर्घकालीन स्वार्थहरू पहिल्याउने र त्यसै अनुरूप विदेशनीतिका सिद्धान्तहरू निर्धारण गर्ने रास्ट्रीय स्वाभिमानका पद्धतिहरु चै बसाउन चाहि नसक्ने तर आफ्नो स्वार्थका लागि बाह्य शक्तिलाई ‘हाउगुजी’ बनाउँदै जनतालाई दिग्भ्रमित पार्ने जसरी राजनितिक दलहरुले कोशिश गर्ने गरेका छन्। ठीक त्यसै गरी सामंतवादी बर्नब्यबस्था ले समाजलाइ बिभिन्न जातजाति र बर्नमा विभक्त गराएर बिभेद सृजना गराएको एव जातिय संरचना, ठूला र सानो भनेर वर्गिकृत गरेर जातजातिहरु विच बिभेदको जून खाडल बनाएको छ त्यस्तै दलितदलित भित्र नै विभिन्न खाले भेदभाव तथा छुवाछुतले ठुलो खाडल बनेको छ । एकै उत्पीडनको शिकार भएका र मिलेर अघि बढ़ने पर्ने बेलामा अनेकौ संकटबाट गुजि्ररहेको दलितका नेतृत्वले अहिले पनि त्यही गैर दलित बाट यस्तो भयो उस्तो भयो भने ‘हाउगुजी’ बनाउँदै अस्त्र प्रयोग गर्न खोजेको देखिन्छ। फलस्वरूप हरेक दलितले गैर दलित लाई आरोप लाएका छन । गैर दलित बाट दलित हेपिएको भनिएको छ । तर ब्यबहारमा दलित भित्रकै आन्तरिक (दमै, कामी, सार्की,तेली , कलवार, मुसहर र डोम) बीच छुवाछुत कायमै छ त्यसलाई हटाउन सम्म ब्यबहारिक पहल भएको छैन, आफै बिच अंतरघुलन हूँन सकेको उदाहरण अहिले सम्म छैन ।एक जुट नभई, हाम्रो साझा मुदा र सोच नभई यो राज्य र समाजमाँ केहि हुने छैन भन्ने जान्दा जान्दै पनि हामीले आज सम्म त्यो संस्कारलाई बदल्न सकेका छैनौं । दलित समुदाय एक हौ भन्ने बृहत्तर सोंचबाट हामी खुम्चिदै आज आ-आफ्नै समुदायको स्वार्थका बिच बिचित्रको संस्कार अबलम्बन गरिरहेका छौं ।संकुचित सोंचको सानो घेराकै बिचमा बिकास भइरहेको हामीलाई आफ्नो समुदाय यस्तो र उस्तो भनेर तीब्र महत्वाकांक्षी बनि रहेको छौं र त्यसै अनरुप हामी आफैले स-सानो क्षेत्र र समूहको प्रतिनिधित्व गर्दै नेतृत्वमा रहनै पर्ने , आफूलाई सबैले स्वीकार्नै पर्ने र अन्यको अस्तित्व स्वीकार्नै नसक्ने एकोहोरो लेडेंढिपी लाई आफ्नो आदर्श बनाउंदैछौं । दलित समुदायको समृद्धि के गैर दलितले गरेर हुन्छ ? कि हामी आफैँले गर्नुपर्छ ?हामी सबै दलित सबै एक जुट भएर सहकार्य गर्यौं भने कुनै पनि काम असम्भव छैन भनेर गैर दलितलाइ सधै ‘हाउगुजी’बनाउने हाम्रो मानसपटलमा यो बिचार र सोच कहिले आउने होला ?
- See more at: http://hamrosanchar.com/2016/12/23/%e0%a4%b9%e0%a4%be%e0%a4%ae%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-%e0%a4%97%e0%a5%88%e0%a4%b0-%e0%a4%a6%e0%a4%b2%e0%a4%bf/#sthash.lPbW9ohv.dpuf
तामाङ घेदुङ कुवेतको आयोजनामा गत फेब्रुअरी १२ तारिख शुक्रबार फिन्तास स्थित वैडिङ हलमा आयोजना गरेको तामाङ जातीको महान चाड टे ल्हो ( बाँदर वर्ष) सोनाम ल्होछार साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा कुबेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमाल थिए । राजदुतको उपस्थितिको बेला घटेको अप्रिय घटना पछि कुनै पनि कार्यक्रम नगर्न कुबेत सरकारको आग्रह रहेको बताउदै त्यसलाई थप बल पुराउन राजदुत कुनै पनि सार्वजनिक कार्यक्रममा देखिन छाडेका थिए । यो बीचमा उन्को मौनता लाई धेरैले छेड्खानी गरे,भाका हालि हाली अक्षरहरु को तानाबाना बुने । धेरै नेपाली संघ सस्थाका पदाधिकारीले कार्यक्रममा बोल्ने खुराक पाए ।
बिदेशमा दुतावास नै सरकारको आधिकारिक निकाय हो र बिदेशमा रहेकाहरुको अभिभावक मात्र हैनन दुई देश बिचको सम्बन्धलाई मध्यनजर राखेर जहिले पनि बोल्ने हिड्ने काम गर्नु पर्ने राजदुतले एकातिर आफ्नो देशको प्रतिनिधित्व गर्छन भने अर्को तिर आफ्नै देशको नागरिकको सार्वजनिक जिम्मेवारी बहन गर्ने ब्यक्ती समेत हुन । सार्वजनिक जिम्मेवारी बहन गर्ने ब्यक्तीको हिसाबले कुबेतमा गरिने हरेक समुदायको कार्यक्रमले उनको उपस्थिति सार्वजनिक रूपमा अपेक्षा गर्नु पनि तर्क सङत ठिक पनि होला ।तर कुबेतमा यिनै हामी बिच बिध्मान संघसस्थामा आबद्ध सदस्य बाट भएका पछिला उच्च्सृन्खल गतिविधिले नेपालीहरुको इज्जत लाई धुमिलाउने जुन निरन्तरता भयो त्यसमा राजदुत उपस्थित भएर कोरस गर्नु र साक्षी हुनु भन्दा परिवर्तन ल्याउनु जरूरी थियो ।किनकि हामी अरुको आङमा जुम्रो हिडेको देख्ने तर आफ्नो आङमा भैंसी सम्म हिडेको नद्ख्ने सस्कारमा जेलिएको छौ । जस्ले गर्दा राजदुत किन सार्वजनिक कार्यक्रममा देखिन छाडे भनेर राजदुतलाई औल्यादै उनको मौनता लाई शब्दमा साधेर बोल्न उदत हुन्छौ तर आफै आबद्ध संघ सस्थाले बिध्मान नेपाली समाज सुधार गर्न केही गर्न नसकि बाकी औलाले हामिहरुलाई नै गिज्याउदै प्रश्न तेर्साइ रहेको भने कहिले देखेनौ ।
कुबेतको नेपाली समाज सुधार गर्न हामि सवैको भूमिका अपरिहार्य छ लागौं जुटौं भनेर राजदूतले पछिला केही महिना देखि पटक-पटक सुझाए र त्यसको लागि दूतावासमा नेपाली संघ सस्था सङ पटक-पटक छलफल र अन्तर्कृया गरे । कुबेतमा हामी ले के गर्न हुन्छ के गर्न हुदैन भने बुदागत रूपमा हामीलाई ज्ञान दिए । विभिन्न भेटघाट, नेपाली ब्यापार भित्राउने,नेपाली कला सस्कृतीको बारेमा जानकारी दिने देखि दक्ष नेपाली कामदार भित्र्याउन सम्म पहल गरेको हामी आफै साक्षी छौ । यसरी कुबेत को नेपाली समाज सुधारको भावनालाई फरक दृष्टिकोणले पछील्ला महिनाहरुमा विश्लेषण गर्दै राजदुतले हामीलाई बुझाइ रहे। तर हामीले उनलाई समाज सुधारका लागि हाम्रा उच्च्स्र्न्खल गतिविधि नियन्त्रण गर्छौ भनेर बिस्वस्त बनाउने भन्दा पनि निम्तो बोकेर जाने मात्र मानसिकता देखायौ ।
त्यसो त् कुबेतमा आएर नेपालीहरु काम मात्र गरिरहेका छैनन्, संघ संस्था स्थापना गर्ने, सामाजिक कार्यहरु गर्ने, ब्यबसाय गर्ने , साहित्यिक गतिबिधी सञ्चालन गर्ने, पत्र-पत्रिका प्रकाशन गर्ने जस्ता सिर्जनशिल क्रियाकलापहरु पनि गरिरहेका छन् । यसो गर्दा त्यस देशको नजरमा गैह्र कानुनी काम ठहरिएला तर नेपालीहरुलाई एकताको सूत्रमा बाँधी राख्न र सिर्जनशील बनाई रहन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समेत छन । लाखौ कामदार नेपाली कामदार कार्यरत भएको कुबेतमा एक दुइ वटा अबाञ्छनिय गतिबिधि भए भन्दैमा कुनै पनि कार्यक्रम नगर्नु भन्दै सुचना जारि गरेर बस्दा राजदुतबास नेपाली समुदाय प्रति गम्भीर छैन कि भन्ने आशंका थियो। तर अब सम्बन्धलाई सुदृढ तुल्याउन तथा आपसी समझदारी अभिवृद्धि गर्न आफू यसै साता नेपाली जनसम्पर्क समिति कुबेतको दोस्रो अधिबेशनमा राजदुत सार्वजनिक भए त्यस बाट राजदुताबास र नेपाली संघ सस्था बिचको असमझदारी हटाउने तथा सम्बन्धलाई अझ सुमधुर तुल्याउन राजदुत आफै बाट प्रयत्न सुरु गरेको प्रतित हुन्छ । राजदुतको उपस्थिति स्मरणीय छ । यो प्रयत्नको सराहाना हुनुपर्छ र यसका सम्भावित उपलब्धिको लेखाजोखा हुनुपर्छ। राजदुताबास संग को सम्बन्ध सुदृढीकरण गर्न र हाम्रा गतिविधिहरु संस्थागत विकास गर्न अब भन्ने सवै संघ सस्थाले नियमित प्राथमिकताभित्र पर्नुपर्छ। त्यस्तै गरि स्थानिय कानुनको बर्खिलाप नहुने गरि अब संस्थाहरु बाट कार्यक्रम र उदेश्य अनुरुप कार्य गर्नु दूतावासले र राजदुत महोदयले सक्रियता देखाउदै उत्प्रेरित निर्देशित गर्नु पर्छ ।जसमा हामि सबैको जय हुनेछ ।
- See more at: http://hamrosanchar.com/2016/08/01/%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7-%E0%A4%B8%E0%A5%81%E0%A4%A6%E0%A5%83%E0%A4%A2%E0%A5%80%E0%A4%95%E0%A4%B0%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A5%8C-%E0%A4%9C%E0%A4%B8/#sthash.i71KdlUF.dpuf
१६ पौष - सामाजिक सञ्जालको फैलिँदो आकर्षणसँगै सामाजिक व्यवहारको आदानप्रदान खुम्चिएर ‘भर्चुअल पाथ’ मा कैद हुँदै गएको छ। जे छ दुनियाँ फेसबुक नै छ भन्ने मनस्थितिले जरो गाड्दै गएको छ फलस्वरूप एउटा शिक्षित पुस्तामा समेत सामाजिक सञ्जाल लभ अफेयर प्रमाणित गराउने एउटा गतिलो साधन भएको छ । केहि समय अघि जुकरबग क्याफेको भित्तामा यस्तै प्रमाणित गराएको देखियो । नेपाली समाजमा जाने मानेका केहि हस्तीले खुलमखुला बहु विवाहको ताज आफै लगाएको देखियो । सामाजिक ब्यक्तित्व बनी सकेका यिनले गरेको अभिमान नेपाली समाजमा कानूनत स्वीकार्य हुन सक्ने विषय होइन र हुन सक्दैन । जुकरबग क्याफेको भित्तामा पोखिएको सोच र चिन्तलाई पुरुषको दोष भन्ने कि महिलाको ? मैले अझै नृकियौल गर्न सकेको छैन ।सरसरती हेर्दा एकातीर महिलामाथि जाने बुझेकै महिला बाट सौता बनेर जादा शोषण हुदो रहेछ भन्ने प्रमाणित भएको छ भने अर्कोतीर पहुच , सम्पति र बौद्विक जमात भनेर चिनिएका पुरुषहरुले महिलालाई खेलौनाको साधनको रुपमा उपभोग गर्दा नि हुदो रहेछ भन्ने जस्ता बहस पुरुषहरु र महिलाहरुको सवालमा केन्द्रीत गराएको छ । महिलालाई खेलौना सम्झिने यी बौद्विक जमातको होडवाजीले आउदा दिनमा श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा भन्दै समता मूलक समाजको परिकल्पना गर्ने हामी नेपालीको सोच भएको नेपाली समाज लाई कहाँ पुर्याउने हो भन्ने चिन्ता थपिएको छ ।
त्यसो त विधमान नेपालको कानून लाइ हेर्ने हो भने बहुविवाह गर्नेलाई अहिले मुलुकी ऐन अनुसार सजाय हुन्छ। मुलुकी ऐनको बिहावारी महल अनुसार कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी जीवित छंदै वा कानून बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नहुँदै अर्की स्वास्नी मानिससँग विवाह गरे वा अर्की स्वास्नी राखे एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना समेत हुने व्यवस्था छ। पहिलो श्रीमती भएको थाहा पाई पाई त्यस्तो विवाह गर्ने वा स्वास्नी बन्न जान्नेलाई पनि उति नै सजाय हुने व्यवस्था छ।२०५८ सालमा ऐन संशोधन गरी सजाय बढाइएको हो। नत्र २०२२ सालमा लागू भएको ऐनमा एक महिनादेखि दुई महिनासम्म कैद र एक हजार रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म जरिबाना मात्र हुने व्यवस्था थियो। वहुविवाह विरोधी कानून आएको पाँच दशक नाघिसक्दापनि बहुविवाहको प्रवृत्ति प्रचलनमै रहेकाले सरकारले अब नया संबिधान अन्तर्गत बिहेवारीका महलका विभिन्न प्रवाधानहरु पनि संशेधन गदैछ । जसअनुसार ‘लोग्ने र स्वास्नी अंशबण्डा भई भिन्न बसेको अवस्थामा बाहेक’ अर्को विवाह गर्न पाइने छैन भनी दफा ल्याउन लागेको छ ।परिवर्तित दफा बुझेका सुनेका पढ़े लेखेका, जाने बुझेका ,लैङ्गिक समानताका कुरा गर्नेहरु नै फेरी किन त सार्वजनिक रुपमा खुलमखुला बहु विवाहको ताज लगाउछन ?बहसको लागि तर्क र विचार अनेक हुन सक्छन । तर नि एउटा प्रश्न जीवन्त रहन्छ आखिर दोषी को ?
एकातिर नेपाली समाजका बहुसंख्यक महिलाले सधैँभरि आफ्नो शत्रु पुरुष सिवाय कसैलाई देखेनन् । महिलाको भविष्य बिगार्ने, महिलामाथि थिचोमिचो र अन्याय–अत्याचार गर्ने, महिलामाथि हिंसा थोपर्ने काम पुरुषबाहेक कसैले गर्न सक्दैन भन्ने ठोकुवा गर्न पनि महिला पछि परेका छैनन । अझ एउटी महिलामाथि अर्की महिला नै सौता भएर आउँछे,तर त्यसको मुख्य पात्र त पुरुष नै हो भन्छन । पितृसत्तामक समाज भएकाले महिला माथी पुरूषले केहि हद बढ़ी अन्याय गरेको छ । विवेक गुमाएको छ । तर के यो काममा एउटी नारी माथी पुरूषलाई अन्याय गर्न सहयोग गर्ने भुमिका अर्की नारीले नै गरेकी छैन ? उसले म जस्तै नारी हो उसलाई परेको दुःख मलाई जस्तै नै हो भन्ने सोच नभई सौता किन बन्छे ? बहु संख्यक ठाउमा बास्तबिकता बुझेर पनि एउटि नारी माथी सौता बनेर आउने नारीहरूले नै किन गरेको छन ? आजसम्म न कुनै महिला अधिकारवादीले महिलाले महिलामाथि गरेको हिंसाको सवालमा आवाज उठाए न त अन्य महिलाले नै यसबारे बोल्न आँट गरे । आँट र हिम्मत गरे पुरुषमाथि दोष थोपर्न मात्र । महिलाले जतिसुकै वा जस्तोसुकै गाह्रो काम गर्नु परेपनि दुःख नहुने तर सौता भन्ने चिज मुटुको किला भएकाले यो भन्दा अर्को ठूलो चोट महिलाको लागि जिन्दगीमा अरु केही हुनै सक्दैन भन्ने यो समाजमा घरमा श्रीमती बाल बच्चा देख्दा देख्दै सौता आउने महिलाको दृष्टिभ्रम हो कि होइन ? महिलाले आफ्ना कमजोरी कहिल्य उजागर गर्ने ? अर्काको सुन्दर घरबार भताभुंग बनाऊंन भुसको आगो जस्तै बनेर सौता बनेर आज आउने जो कोहीलाइ यौवनको प्यास मेट्दै हिड्ने यही पुरुष बाट यही ब्यबहार भोली आफुमाथि दोहोरिन सक्छ भनेर सोचने कहिले ? जानी जानी भीरबाट हाम्फाल्दा भोली पुर्पुरो समातेर रुनु बाहेक कुनै उपाय बचेको हुन्न । तसर्थ सौता भई कान्छीको माया पाउने हिसाबले आउने सवै सौताहरुमा जीवनबृत्तिको हिसाबले सोचने सोच आओस ।
त्यस्तै गरी “मारे पाप, पाले पुण्य”भन्दै घरपरिवारले कन्यादान गरेर दिनुको अर्थ यो धर्तीमा चाहिँ उजुरी गर्दैनौँ भनेको होइन । नेपालको तथ्याङ हेर्ने हो भने अधिकाशं महिलाहरु अधिकारबाट बञ्चित र गरिबीको रेखामुनि रहेका छन् । नेपाली महिलाहरुको आर्थिक जीवनस्तर अझै उस्किन सकेको छैन ।बहुसंख्यक महिलाहरुलाई समाजले यसरी पाठ पढाएको छ कि उनीहरु पुरुषलाई नै सबैथोक ठान्छन् र दाजु-भाइ, लोग्ने, छोरा कै उन्नती र प्रगतिका लागि आफ्नो सारा बल-बुद्धी र रगत-पसिना खर्चिन्छन्। उनीहरुलाई खुशी राख्नु र उनीहरुका नामसँग आफ्नो नाम जोडिनुलाई नै जिवनकै सम्पुर्ण र सबै भन्दा ठुलो उपलब्धी ठान्दछन् । श्रीमानले सौता ल्याई दीदा पनि घरपरिवारको सेवागर्नु र कुनैपनि असमझदारी आउन नदिनु उनीहरुको प्राकृतिक दायित्व हो भनेर जंतर बाधेर बसेका छन। तर पुरुष संग आफ्नो नाम जोडिदैमा र पुरुषलाई दोष लगाउदैमा आफू चोखो होइदैन भन्ने कुरा महिलाहरुले बुझ्नु पर्दछ । महिलाहरुलाई अधिकारबाट बञ्चित गराउनको लागि सामाजिक संस्कार र संस्कृति बाधक रहेको विषयमा कसैको पनि विमति छैन ।हजारौं हजार बर्ष सम्म चलेको सामन्ती संस्कारले हाम्रो समाजमा महिलालाई पनि निक्कै कसेर बाँधेको छ । तर आफूमाथि अन्याय गरी बहुविवाह गर्नेलाई कानुनको कठघरामा उभ्याएर कारबाही हुन्छ भन्ने थाहा पाएर मिलेर बस्छु , जे भए पनि भई हाल्यो भनेर मौन नबसौ।
एकातिर नेपाली समाजका बहुसंख्यक महिलाले सधैँभरि आफ्नो शत्रु पुरुष सिवाय कसैलाई देखेनन् । महिलाको भविष्य बिगार्ने, महिलामाथि थिचोमिचो र अन्याय–अत्याचार गर्ने, महिलामाथि हिंसा थोपर्ने काम पुरुषबाहेक कसैले गर्न सक्दैन भन्ने ठोकुवा गर्न पनि महिला पछि परेका छैनन । अझ एउटी महिलामाथि अर्की महिला नै सौता भएर आउँछे,तर त्यसको मुख्य पात्र त पुरुष नै हो भन्छन । पितृसत्तामक समाज भएकाले महिला माथी पुरूषले केहि हद बढ़ी अन्याय गरेको छ । विवेक गुमाएको छ । तर के यो काममा एउटी नारी माथी पुरूषलाई अन्याय गर्न सहयोग गर्ने भुमिका अर्की नारीले नै गरेकी छैन ? उसले म जस्तै नारी हो उसलाई परेको दुःख मलाई जस्तै नै हो भन्ने सोच नभई सौता किन बन्छे ? बहु संख्यक ठाउमा बास्तबिकता बुझेर पनि एउटि नारी माथी सौता बनेर आउने नारीहरूले नै किन गरेको छन ? आजसम्म न कुनै महिला अधिकारवादीले महिलाले महिलामाथि गरेको हिंसाको सवालमा आवाज उठाए न त अन्य महिलाले नै यसबारे बोल्न आँट गरे । आँट र हिम्मत गरे पुरुषमाथि दोष थोपर्न मात्र । महिलाले जतिसुकै वा जस्तोसुकै गाह्रो काम गर्नु परेपनि दुःख नहुने तर सौता भन्ने चिज मुटुको किला भएकाले यो भन्दा अर्को ठूलो चोट महिलाको लागि जिन्दगीमा अरु केही हुनै सक्दैन भन्ने यो समाजमा घरमा श्रीमती बाल बच्चा देख्दा देख्दै सौता आउने महिलाको दृष्टिभ्रम हो कि होइन ? महिलाले आफ्ना कमजोरी कहिल्य उजागर गर्ने ? अर्काको सुन्दर घरबार भताभुंग बनाऊंन भुसको आगो जस्तै बनेर सौता बनेर आज आउने जो कोहीलाइ यौवनको प्यास मेट्दै हिड्ने यही पुरुष बाट यही ब्यबहार भोली आफुमाथि दोहोरिन सक्छ भनेर सोचने कहिले ? जानी जानी भीरबाट हाम्फाल्दा भोली पुर्पुरो समातेर रुनु बाहेक कुनै उपाय बचेको हुन्न । तसर्थ सौता भई कान्छीको माया पाउने हिसाबले आउने सवै सौताहरुमा जीवनबृत्तिको हिसाबले सोचने सोच आओस ।
त्यस्तै गरी “मारे पाप, पाले पुण्य”भन्दै घरपरिवारले कन्यादान गरेर दिनुको अर्थ यो धर्तीमा चाहिँ उजुरी गर्दैनौँ भनेको होइन । नेपालको तथ्याङ हेर्ने हो भने अधिकाशं महिलाहरु अधिकारबाट बञ्चित र गरिबीको रेखामुनि रहेका छन् । नेपाली महिलाहरुको आर्थिक जीवनस्तर अझै उस्किन सकेको छैन ।बहुसंख्यक महिलाहरुलाई समाजले यसरी पाठ पढाएको छ कि उनीहरु पुरुषलाई नै सबैथोक ठान्छन् र दाजु-भाइ, लोग्ने, छोरा कै उन्नती र प्रगतिका लागि आफ्नो सारा बल-बुद्धी र रगत-पसिना खर्चिन्छन्। उनीहरुलाई खुशी राख्नु र उनीहरुका नामसँग आफ्नो नाम जोडिनुलाई नै जिवनकै सम्पुर्ण र सबै भन्दा ठुलो उपलब्धी ठान्दछन् । श्रीमानले सौता ल्याई दीदा पनि घरपरिवारको सेवागर्नु र कुनैपनि असमझदारी आउन नदिनु उनीहरुको प्राकृतिक दायित्व हो भनेर जंतर बाधेर बसेका छन। तर पुरुष संग आफ्नो नाम जोडिदैमा र पुरुषलाई दोष लगाउदैमा आफू चोखो होइदैन भन्ने कुरा महिलाहरुले बुझ्नु पर्दछ । महिलाहरुलाई अधिकारबाट बञ्चित गराउनको लागि सामाजिक संस्कार र संस्कृति बाधक रहेको विषयमा कसैको पनि विमति छैन ।हजारौं हजार बर्ष सम्म चलेको सामन्ती संस्कारले हाम्रो समाजमा महिलालाई पनि निक्कै कसेर बाँधेको छ । तर आफूमाथि अन्याय गरी बहुविवाह गर्नेलाई कानुनको कठघरामा उभ्याएर कारबाही हुन्छ भन्ने थाहा पाएर मिलेर बस्छु , जे भए पनि भई हाल्यो भनेर मौन नबसौ।
अर्को तिर घर की श्रीमतीलाई परनिर्भर बनाइराखेर दासत्व सोच पालने पुरुषहरुले अहिले सम्म महिलालाई खेलौनाको साधनको रुपमा उपभोग गर्दै आएका छन । महिलालाई चुलाचौकाबाट बाहिर निस्कन दिनु हुँदैन भनेर सामान्तवादी सोच र चिन्तन पालेका पुरुषहरु जति सुकै बौद्विक भए पनि श्रीमती भनेको आफ्नो यौन चाहना मेटाउने खेलौना हो र चुपचाप दास जस्तै बनेर घर सजाओस , आफुलाई साथ दियोस र आफुले चाहेको बेलामा पिरतीको छाता ओढ़ीदियोस भने कुल्सित मानसिकता पालेर बसेका छन ।पछिलो समय सामाजिक सञ्जालमा देखिएको प्रेम समाजको कलंक हो बिकृति हो मैले अझै बुझेको छैन । के बिबाह भनेको लैनो भैँसी किन्नु र थारो भएपछि बेचेर पुनः अर्को किन्ने जस्तो हो ? फेरी किन ८ / १० बर्ष सम्म घरजम गरेर बसेको जोडी छुटिएर एक दुइ बर्ष बिदेश धन कमाउन लाग्न साथ दुइ बर्ष बिदेश बस्दैमा ,अर्कैसंग भेट हुँदैमा श्रीमती/श्रीमान घोषित भएर सामाजिक संजाल भरी किन पोखिएका छन ? मर्द को छोरा हु भन्दै सौता हाल्ने पुरुषहरुले माने पनि नमाने पनि आफ्नो पतन आफै निम्त्याएका छन । अझ आफ्नी श्रीमती कसै संग बोलि भने, कसै संग लसपस गरेको शंखा भयो भने श्रीमतीलाई गोर्खे लौरो कसेर सिस्नु पानी लगाउने पुरुषलाई ले पाएको छूट देखेर त छक्क लाग्छ ।
केहि महीना अघि मेरा एक बौद्विक मित्रले संस्कारको हवाला दिदै हाकाहाकी दुवै श्रीमतीलाई मिलाएर राखेको कथा मलाई सुनाए । संस्कार, संस्कृति, परम्परा जोगाउने नाममा पुरुषलाई मात्र सौता ल्याउन छूट हुने कस्तो संस्कार ? कस्तो धर्म ? मैले अझै सम्म बुझेको छैन । तर यति बुझेको छू तपाई जस्तो समाजको सबैभन्दा चेतनशील तप्का भएर संस्कार र संस्कृतिको आधारभूत पक्ष ठीक छ तर सहायक पक्ष मात्र बेठीक छ भने त्यसको खराब पक्ष झिकेर आधारभूत पक्षलाई दीर्घजीवी बनाउन सुधार गर्नुपर्छ । म ठोकुवा गरेर भन्छु कुनै पनि धर्मको ग्रन्थमा महिलालाई अन्याय हुने कार्य गर्न उल्लेख गरिएको छैन । यो त तपाई जस्ता धर्मका व्याख्याताले गलत व्याख्या गरेर बिगारेका हुन् ।’
अन्त्यमा , देशमा राष्ट्रपति , सभामुख र प्रधान न्यायाधीस महिला बने भनेर गर्व गरे पनि अझै सम्म पनि पुरुष प्रधान समाज भएको हाम्रो मुलुकमा धेरै रीति-थीति र नियम-कानुनहरु पुरुषलाई सर्बोपरि अर्थात पहिलो दर्जाको नागरिक र महिलालाई दोस्रो दर्जाको नागरिक मानेर तयार गरिएका छन्। आधा आकास ढाक्ने महिलाहरुले आफु माथि अत्याचार हुदा पनि स्वीकार गर्न बाध्य पार्ने सौता संग मिलेर बसन दबाब दिने तिनै समाजका पितृसत्तात्मक सोचहरु हूँन जसले हिजो आफु मरे सँगै श्रीमतीलाइ सती पठाउने संस्कार चलाए ।अहिले सम्म पनि समाजका जानेमानेका पुरुषहरु नै महिलालाई कृपा र सहानुभुतिको पात्र सम्झेर ब्याबहार गर्दै आएका छन भन्दा गलत हुने छैन ।
बिवाह दुई निर्दोष आत्माहरुको संगम हो , बिबाह जीवनको एउटा यस्तो मोड़ हो जसले भविष्यको पूर्वधार खड़ा गर्न उक्साउछ त्यसैले अब पुरुषलाई बहु बिबाह गर्नु हुन्न भन्न सक्ने हाम्रो समाजले , सौता बन्नु हुन्न भनेर महिला लाइ पनि अब सिकाऊन ढीला गर्नु हुन्न । समाजका बौद्विक भनिएर चिनिएका, स्थापित भएका र आधार स्तम्भ बनाएकाहरुले व्यक्तिगत आचरण र अभ्यास समाजमा अनुकरणीय बनाउन बोलेर मात्र हैं ब्यबहारले पनि गरौ ।केहि महीना अघि कलाकारिताको माध्यमवाट नेपाली कला संस्कृति र साहित्यको प्रवद्र्धन गरि समाज र राष्ट्रको पहिचान अभिवृद्धि गर्न सचेत र सक्रिय रहेका नेपाली चलचित्रका कलाकारहरुले बहु बिबाह गर्न नपाउने आचार संहिता बनाएर केहि समय अघि देखि आफैमा लागू गरेका छन । यसरी नै समाजमा स्थापित भएका परिचित भएका तपाईहरुले समाजमा उदाहरणनीय भएर देखाउनु पर्यो जसले गर्दा हाम्रो भावी पिढीले तपाईहरुको सामाजिक जागरणलाइ अनुसरण गर्न सकूँन। इति~ह्यापि न्यू ईयर २०१७ सवैमा ~
सवैले पछिलो केहि बर्ष देखि नयाँ नेपाल बनाउ भन्दै एक किसिमको कोरस गरिरहेका छन् । गाडीको पछिल्ल तिर मुक्तक र कवितामा ढालेर नयाँ नेपालको गुनगान लेखिएको छ । अनेकै राजनीतिक आस्था राख्ने नयाँ पुराना सवै नेताले नयाँ नेपाल भन्ने शिर्षकमा कयौ घण्टा भाषण गरेर नथाक्नेको पनि छन । कयौ कलमबिरले कयौ लेख नयाँ नेपालको बारेमा लेखेका छन । सामाजिक विभेद र कुण्ठामा जकडिएर परिवर्तन कुरेर बसेको समाजमा नयाँ नेपाल नयाँ सोच बोकेर आशाको किरण बनेर आएको पक्कै हो तर नयाँ नेपाल आखिरी बनाउने कसले त् ?
जब नेपालमा गणतन्त्रको प्रादुभाव भयो नयाँ नेपालको बारेमा पछिला समय सविधान बनाउन सफल भएका दलहरुले नेतागणहरुले कागजमा सबै कुरा योजनावद्व तरिकाले लेखिएको सुनाए हामी अचम्म मान्यौ ।जनतालाई छक्का पन्जा गर्न अभिसप्त भएका हाम्रा नेतागणहरुको बहुमतको हाबी भयो , एकै बोलि भयो...नयाँ नेपाल नयाँ नेपाल अब बन्छ नयाँ नेपाल । हामीलाई पनि लाग्यो अहिले सम्मको पुरानो नेपाल हुन् त् राजतन्त्र पो बाधक भएको रहेछ !
हामीले स्वीकारे पनि नस्विकारे पनि थपी थपी बर्णन गरे पनि नयाँ नेपालको बर्णन गरेर फकाइ फुलाइ देशलाई थुप्रै अबगुणको थुप्रो बिछ्याएर गणतन्त्रका महाराजहरुले, नेता र राजनीतिक दलले नयाँ नेपाल भन्दा पनि पुरानै नेपाल ठिक भन्ने मानसिकता जनतामा उमारेका छन् । नयाँ नेपाल बनाउने भन्दै परिवर्तनको लागी देशको माया गर्न सिकाउनेहरु आज नायक हैन हुत्तीहाराहरु भएका छन जो सत्ता भन्दा प्यारो देश हैन भन्ने मानसिकता मा बाचेका छन । इतिहासलाई हेर्ने हो भने प्रजातन्त्रको लागि २००७ सालमा भएको परिवर्तनको क्रान्ति होस् चाहे २०४६ सालको परिवर्तनको क्रान्ति होस् चाहे २०६२/६३ सालमा गरिएको परिवर्तनको क्रान्ति होस् नेपालको मुहार फेरिन्छ कि भनेर ,नयाँ नेपाल बन्छ कि भनेर सबै क्रान्ति आन्दोलन परिवर्तनका लागी गरियो, जनताले साथ् दिए , कति सहिद बने ,कति टुहुरा बने, कति अंगभंग भए । फेरी पनि सबै क्रान्ति सफल भए । तर देश नयाँ हैन झन् झन् पुरानो हुदै गयो ।अहिले सम्म क्रान्ति र आन्दोलन बाट बाँचेकाहरुले त्यस्तो कुनै परिवर्तनको आभास गर्न सम्म पाएका छैनन् । पछिल्ला दिनहरुमा नया नेपालको नाउँमा यति विकृतिहरुको विकास भएको छ कि त्यसको कुनै लेखाजोखा छैन । परिवर्तनको लागी देशको माया बोकेर २००७ साल देखि ६२/६३ साल सम्मका क्रान्तिको बिकुल फुक्दै सोझा जनतालाइ युद्ध भुमीमा लडाउन उस्काउने नेतृत्व वर्ग आज राजा महाराज भन्दा पनि बढी सम्पन्न भएर गणतन्त्रका महाराजा बनेका छन् । देशको बागडोर सम्हालेका छन् । फेरी पनि नयाँ नेपाल बनाउने पुराण सुनाएर अझै हिडेका छन् । अझ नेपालको इतिहास बुझेका गणतन्त्रका महाराजहरुले त झन राणा काल सँग देखि देश बन्न नसकेको बखान गर्न समेत पछि पर्दैनन । हाम्रा आस्थाका दल र दलका नेताहरूले गाउने यस्ता अनगिन्ती गाथाको लामो सूची नै छ जसमा हामीले कोरस गरेका छौ । तर यो सूची नारामा मात्र सिमित हुनुले नया नेपाल भन्दै पुरानो बोतलमा नयाँ स्वादको रक्सि राख्दै राजनीतिक गरेको भन्दा अतियुक्ति नहोला ।
विनाशकारी भूकम्पमा नेपाली जनता थिलथिलिएको झन्डै १८ महिना भइसकेको छ । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने भनेर आयोग समेत बनि सकेको छ तर पुनर्निर्माणको काम कति भयो आम जनताको अघि घाम जस्तै छर्लंग छ । १७ अर्ब रुपैयाँको बजेट पनि विनियोजन भएर पनि भूकम्पपीडित जनताले जवाफदेहिता, पारदर्शितासहितको पुनर्निर्माणमार्फतअझै कति जनताले राहत पाउन सकेका छैन्नन ।भूकम्प पीडितहरुका लागि सरकारले एकीकृत वस्ती बनाउनका लागि दीर्घकालिन आवासीय योजना कागजमा बनाइरहँदा काभ्रेको काभ्रेपलाञ्चोक भगवती मन्दिर नजिक रहेको पहरी बस्तीमा बनाएको ‘धुर्मुस सुन्तली एकीकृत नमूना बस्ती’ स्थानीय २० पहरी घरपरिवारलाई घर बनाएर हस्तान्तरण गरे । यसै साता मात्र मेलम्ची ८, सिन्धुपाल्चोकस्थीत गिरान्चौर एकिकृत नमुना बस्तीमा ६५ भूकम्प पिडित घरपरिवारलाई घर बनाएर हस्तान्तरण गरे । पुनर्निर्माण गर्न सरकारको योजना कोइराला सरकार, ओली सरकार, प्रचण्ड सरकार हुदै परिवर्तन हुदैछ। पुनर्निर्माण कछुवाको गतिमा हिडिरहेको आम जनताले प्रस्ट देखिरहेका छन् । कहाँबाट, कसरी, कुन मोडलमा पुनर्निर्माण सुरु गर्ने भन्नेमा सरकार अझै पनि धेरै प्रस्ट हुनसकेको छैन । निर्माणको जिम्मा कस्ले कसरि हुने र लिने भन्ने प्रश्न तर्सिरहेको बेला धुर्मुस सुन्तलीले नीति निर्माणमा नयाँ सोच र आयाम थपिदिए ,केवल कलाकारिता नभई मानवीय संवेदनाको एउटा रुप समेत हुने उदाहरण धुर्मुस र सुन्तलीले प्रस्तुत गरे र सरकारको कागजी योजनाहरुलाई कुरीकुरी बनाउदै अब देश बनाउने जीमा आफुले लिने प्रतिबध्ता गरे । जनताको काम गर्न सपथ खानेहरुले कुचोले बढालनु पर्ने कसिंगर हावाले उड़ाई बेश गर्यो भनेर झैँ धुर्मुससुन्तलीले थालेको गरेको प्रयास लाइ बक्सिसको रुपमा ग्रहण गर्ने हुन या जिम्मेवारीको रुपमा मनन गर्ने हुन, त्यो भने आउदो दिनमा हेर्न बाँकी छ । तर निचोडमा भन्नु पर्दा यसरि राहत र परिवर्तनको आशा बोकेर बसेका भूकम्प पिडितको मुहारमा ब्यबहारिक रुपमा केहि गरेका कारण आज भोलि यो देश बनाउन कति जोडी धुर्मुससुन्तली चाहिएला भनेर औलामा गन्ति गर्न र खोज्न थालिएको छ ।
एकातिर नया नेपाल बनाउ भन्ने परिवर्तनको कसम खाएर सहिदको रगत र नेपाली जनताको पसिनाको मलजलले हुर्केका नेता र नीति नियम बनाउनेहरु राजनीतिक बहसमा मात्र रुमल्लिँदा भुइँचालोले ल्याएको विनाश र पुनर्निर्माण ओझेलमा परेको छ ।अर्को तिर नया नेपाल बनाउ भन्ने आम जनशक्ति कस्तुरी झैँ भौतारी रहेका छन धुर्मुससुन्तलीको खोजीमा , नया नेपाल देख्ने चाहनामा ,अरुले बनाइदेलाकि भन्ने बहानामा ।बिहानीको किरण संगै सुरुवात गरिएन भने अस्ताउन लागेको सूर्य हेरेर जति कसिए पनि काम पुरा हुदैन भने झैँ हातमा नया नेपाल बनाउने साचो हुदा हुदै घनले साचो फुटाउने मुर्खता गरेर हामि यो देश बनाउन कति धुर्मुससुन्तली चाहिएला भनेर औलामा हिसाब किताब गर्दैछौ । हो हाम्रा अगाडी नया नेपाल बनाउने अवसरहरु छन, चुनौतीहरु छन तर सवै भन्दा बढी दृढ ,ब्यबहारिक इच्छा शक्तिको कमिका लाम छन् । धुर्मुसले पछिलो समय गिरान्चौर एकिकृत नमुना बस्ती हस्तान्तरण गरि सके पछी हामीले नगरेरै देश नबनेको हो, गरे बनाउन सकिन्छ भनेर हामि सवैलाई अभिप्रेरित गरेका छन्।
भूकम्प पीडितहरु के गर्ने स्थायी रुपमा बसोबास व्यवस्था कसरी गर्ने होला भन्ने चिन्ताको विषय अझै पनि ज्युको त्यु छ , राज्यको राहत सम्म नपुगेको अझै पनि धेरै ठाउहरु छन् । अत् सबैले समान रुपमा जीवन जिउन पाउनु पर्छ भन्ने भावनाको विकास गरौं यही नै मानवीय धर्म हो । एक पाखे झुपडीमा बस्ने देखि करोडपतीहरुलाई पनि प्रकृतिले रोडपती बनाएर को धनी को गरीव यसमा भेदभाव गर्नु व्यर्थ रहेछ भन्ने कुरा २०७२ साल बैशाख १२ गते आएको भूकम्पले सत्य सावित गराई दिएको छ । त्यसैले धुर्मुससुन्तलीहरु खोज्ने भन्दा पनि धुर्मुससुन्तलीले सिकाएको ,दिएको आत्माबिस्वास र अनुभवको मुल मर्म र उद्देश्यलाई बिर्सने काम नहोस भन्ने तर्फ हरेक नागरिकले सोच्नै पर्छ ।नया नेपाल बनाउने हो भने देशका हरेक नागरिकले परिवर्तनको सुरुवात् आफै भित्र बाट गरिनु पर्छ । त्यस्तै गरि राज्य हाक्ने र नीति नियम बनाउनेहरु पनि पुनर्निर्माणका आफ्ना नीति नियम लाइ कागजमा सिमित गराएर आफ्नै कर्मचारीको धन्यवाद थाप्ने भन्दा पनि धुर्मुससुन्तली बाट केहि सिक्नु पर्छ, पुनर्निर्माण नीति र त्यसलाई कार्यन्वयन गरिने बलियो ब्यबहारिक कार्यदिशा देखाउन अब तातिनै पर्छ ।




