केहि दिन अघि साझ पख घुम्न निस्किएको थिए । मरर्भुमिमा १० घण्टा कम्पनिको दैनिक काम बाट बचेको समय केहि कमाउ भन्ने अभिप्रायले दुई जना तराइका नेपाली भाइहरुले खेल्ने ग्राउण्ड भन्दा केहि पर चटपटे बेच्न सुरु गर्नु भएको रहेछ। २/४ जनाको जमघट रहेको माहोलमा चटपटेको दाम सोध्दै बनाएको हेरेर उभि रहेका थियौ त्यसै बीच एक जना अर्को नि नेपाली थपिनु भो । मित्रले आगमन संगै तातिदै भन्नु भयो मदेसी भैया भोलि देखि यहा चटपटे बेच्ने हैन है । नत्र फ्याली दिउला तेरा चटपटे ...तेरो चटपटेले हाम्लाई खेल्न डिस्टर्ब भयो । त्यो सुनेका उपस्थित ले मात्र हैन ति दुवै मधेशी समुदायका ति नेपाली युवाले त्यहाँ वाक्यमा प्रयोग गरिएका शब्दहरूमाथि कुनै आपत्ति व्यक्त गरेनन्, न त प्रतिवाद नै,शायद देश फेरिए पनि मानसिकता उही रहेछ यिनको भनेर स्वभाविक रूपमा सहजै यी दुइ भाइले बुझिसकेका थिए ।
तातिने युवा खेल्ने ग्राउण्ड तिर जादा मैले सोधे भाइ तपाइँहरुको चटपटेले खेल्न डिस्टर्ब कसरि भयो भनेर किन सोध्नु पनि भएँन नि ? उनले जवाफ दिए दाइ खेल हेर्न आउने नै रक्सि पिएर आउछन, अनि झगडा गर्छन ।रक्सि बेच्ने र खाने संग त बोल्न सक्दैनन् तर हामी केहि नबोल्ने भनेर होला मदेसी, मस्र्या, काले , भैया जस्ता सम्बोधन गर्दै होच्याएर गालि र आरोप चै हामीलाई नै लगाउछन् । भाइहरुको कुरा सुने पछि लाग्यो जातका आधारमा, वर्गका आधारमा, वर्णका आधारमा विभेद गर्ने हाम्रो मानसिकता देश बाट प्रदेश सम्म आइ पुगेछ । खासगरी बहुपहिचान भएको हाम्रो मुलुकमा केहि बर्ष अघि सम्म आमरुपमा राजधानी लगायतका केहि क्षेत्रमा पहाडी समुदायले आफ्नै तजबिजीमा मधेसीलाई मदेसी, मस्र्या, काले , भैया जस्ता सम्बोधन गर्दै होच्याएर शब्दको प्रयोग गर्थे ।०६३ को मधेस विद्रोहले धेरै हद सम्म सामाजिक रुपान्तरण भयो जसले गर्दा अपबाद छाडेर यसरी नेपालका आफ्ना दाजुभाइ लाइ नै हेप्ने क्रम धेरै कम भएको थियो ।तर सात समुद्र पारि पनि उहि आचरण र ब्यबहार ....कस्तो बिडम्बना !
लगभग ३० हजार नेपाली रुपैया मासिक तलबमा काम गर्न आएका यी चटपटे बनाउने भाइहरु महिना भरिको खर्च जोगाउदा नेपाली २०/२१ हजार जति बचाउदा रहेछन । ब्याज माथि स्याज थपेर नेपाल बाट आएको ऋण सम्म तिर्न गाह्रो भै राखेको बेला आफुले जानेको यसो केहि गरौ भन्ने पवित्र अभिप्राय बोकेर कम्पनीले थाहा पाए केहि गर्ला कि भन्ने डर मन भरि बोकेर सुरु गरेका रैछन चटपटे बनाउन । यस्ता सोझा र नियति संग संघर्ष गरिरहेका नेपाली दाजुभाइले केहि रुपिया कमाउन यसरि श्रम गरि खादा डिस्टर्ब भएको ठान्नु कहाँसम्म तर्कपूर्ण हो ? जवाफ म संग पनि छैन । छ त् एउटा सत्य त्यो के हो भने खेलाडी मित्र हुन् कि , चटपटे बनाउने मित्र हुन् या तपाई र म नै किन नहौ देश प्रतिको माया भए पनि विदेश पलायन हुनुको कारण गरिबी मात्र नभएर जातपात, छुवाछुत, रुढिबादी संकीर्ण सामाजिक कु-संस्कार, धर्म, अवसरको कमि, व्यापक भ्रस्टचार,तुच्छ राजनीति सोच, सामाजिक सुरक्षा , बाच्न पाउनु पर्ने अधिकार जस्ता कुरा बाट बन्चित भए पछि अवसरको खोजि गर्दै बिदेशिएका हौ । देशविदेश देखेका, जान्नेसुन्ने, टाठाबाठा हामी श्रमजीवी त देशका लागि गर्वको कुरा हौ तर यता आएर पनि अझ पनि परिवर्तनका सम्बाहक हामीभित्र नै कति विषयसँग निहित उही मानसिकता हावी भएको देखिन्छ ।
हामीले बिदेशमा हुदा बिभिन्न देशका बिभिन्न धर्म र सस्कार भएका संगै हातेमालो गरेर टिममा काम गरि रहेका छौ । सवै धर्म जात र समुदायका मान्छे लाइ आदर गर्न सिकेका छौ ।समग्रमा भनु पर्दा हामीले बहुपहिचानको मर्मलाइ ब्यबहारिक रुपमा बुझेर त्यसमा चलेर आघुनिकता अँगालेका छौ । तर उहि नेपाली समाजबाट आएका दलित , गरिब , मधेशी लाइ हेप्ने परम्परागत मानसिकता भने फ्याक्न सकेका छैनौ ।नेपाली समाजले एकले अर्कोलाइ सम्मान गर्ने परिपाटीको बिकास देश बिदेशमा देखेर भोगेर पनि हुन् सकेको छैन ।देश बिदेशमा देखेर भोगेर पनि अहिले सम्म पनि बोलीचालीमा कसैलाई डुम , मर्सिया,धोती, भेले, भैया, भोटे, टुप्पी बाजे आदि भनेर रंगभेद र दुर्व्यवहार गरेर हामीले एकले अर्कोलाइ सम्मान गर्ने परिपाटीको बिकास गर्न समेत जानेनौ । हामी भित्र जरा गाडेर बसेको संक्रिण सोचाई र कमजोरी जसले होच्याएर बोल्ने र विभेद गर्ने मानसिकताको अशोभनीय चिन्तनलाई बानीलाइ निरन्तरता दिएको छ त्यसलाई चांडो भन्दा चांडो अन्त गरौं नत्र यसले बिनास निम्त्याउछ, सामाजिक द्वन्द बढाउछ , हामी नेपालीको एकतालाई शक्तिहीन बनाउछ ।
पछिल्ला वर्षहरुमा लाखौँ नेपाली युवा युवती आफू र आफ्नो परिवारलाई सुख दिने सपना बोकेर विदेशिएका छन्। एकातिर बैदेशिक रोजगारले लाखौँ नेपालीहरुको रेमिट्यान्सले देशको अर्थव्यवस्थालाई ठूलो योगदान गरेको छ भने अर्को तिर यसले कयौँ सामाजिक समस्या पनि निम्त्याएका छन्। यहि सामाजिक समस्या मध्ये एक आत्महत्या पनि हो भन्दा फरक पर्दैन । पछिलो समय कुबेत बाट फर्किए पछी घरेलु कामदारमा आएका नेपाली चेलीहरुले बिभिन्न माध्यम बाट आफुले पाएको शारीरिक, मानसिक, भौतिक र यौन दुव्र्यवहार लगायतको यातनाका केही प्रतिनिधि भिडियोहरु सार्वजनिक गरेर कुबेतको नेपाली समाजलाइ लजित बनाई रहेको बेला यसै साता कुबेतमा धेरै समय बसेर नेपाल फर्किएकी चिरपरिचित एक चेलीको आत्महत्याले सवैलाई स्तब्ध बनाएको छ।
त्यसो त् अहिले सम्म घरेलु कामदारका रुपमा आएका केहि नेपाली चेलीहरुले यौन शोषण, यातना , पारिश्रमिक नपाएर र अन्य कारणहरुले केहिले आत्महत्या गरेर हामीलाई आत्महत्याको शाश्वत सत्य देखाई सकेका छन् । तर यतै हुदा नेपाली युवा संग प्रेममा परेकी थिइन भनेर बुझेको नेपाली समाजले उनै युवासंग बर्षौ पछी भेट हुदा उनले किन र कसरि यो बर्षौको अध्यायको प्रेमलाई सलको गाठोमा कसेर शाश्वत प्रेमको आत्मिक स्पर्श दिएर आफै आफ्नो देहलिला समाप्त गरिन भन्ने सवाल मनभरी मडारिरहेको छ । बिरालोले आची लुकाएर राखेजस्तो हरेक कुरा आफ्ना परिवार श्रीमान श्रीमतीबाट लुकाइलुकाइ सवैकुरा लाई सामान्य ठानेर सम्बन्धहरु जोडिएका , लिभिंग टुगेदर गर्दै संसार चलाईरहेका कयौ थुंगा फूलहरुले सजिएको यहाको नेपाली समाजलाइ यिनको अर्थात एउटा परिचितको प्रेमको रहस्मय भाव झल्काउने आत्महत्याले बेस्सरी झस्काएको छ ।
जीवनमा केही सम्पत्ति आर्जन गरि सुखसँग जीवन गुजारा गर्ने र आफ्ना बालबच्चालाई शिक्षित बनाउने सुन्दर सपना बोकेर विदेशी भूमिको प्रत्येक टेकाइमा चलीरहेको धेरै नेपाली महिला पुरुष केही समय भए पनि माया प्रेमको आकर्षणको भ्रम पालेर असामान्य भोगाइ र अनुभूतिमा बाँचेको छन । माया प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो र यो दुई व्यक्ति साथसाथै हुर्कंदा विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैको कदर गरिनुका साथै र उक्त व्यक्तिलाई सुखी-खुसी राख्न प्रयत्न गरिन्छ । तर आजको मोडलिङ सोसाइटीमा यसरि जोडिएका सम्बन्धहरु प्रेम होकी आकर्षण हो भनेर भिन्नता छुट्टयाउन नसकने प्रेम वा भनौं मायाका भावना बोक्ने ति बुझाईका बेथितिहरूको सर्वत्र सोच्न बाध्य बनाएको छ ।त्यस्तै गरि एकातिर बैदेशिक रोजगारले विकसित हुँदै गइरहेको पारिवारिक विखण्डन, व्यक्ति, समाज र संस्कृतिका तहतहका विस्थापनहरूको एउटा पाटो उजागार गरेको छ ।अर्को तिर भावनामा बगेर गरेको प्रेमले पछि दुःख पाउछ । यसैले मानिस यथार्थमा जिउन सिक्नु पर्छ । आज प्रवासमा हुदा भावानामा बगेर यस्तो गर्छु भन्ने बाचाकसमहरु भोली यर्थाथताको धरातलमा उभिदा नितान्त फरक हुन् सक्छ अनि त्यही कारणले दुवैको सम्बन्धमा बन्धन बन्न सक्छ । जसको पछिलो परिणाम यिनै चेलीले जसरि बन्द कोठामा आफैलाई सिध्याउनु पर्ने त हैन भन्ने एउटा डरलाग्दो संस्कृतिको पटाक्षेप गरिरहेको छ।
विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार हरेक वर्ष ८ लाखले आत्महत्या गर्छ जसमा नेपाल आत्महत्या गर्ने मुलुकको टप आठ नम्बर भित्रमा छ । जीवनको वास्तविक भोगाई र बुझाइ भित्र दुख, पिडा, रोग व्याधि, असन्तुष्टी,भय,क्षय सबैको हुन्छ । जीवन, समय र संघर्षको बाटोमा मान्छेलाई आआफ्नै व्यक्तिगत समस्या, पारिवारिक र सामाजिक समस्याले सताईरहेको हुन्छ ।तर पनि जीवन जिउन संघर्ष गर्ने हो भने संसारमा हरेक कुराको समाधान छ । जीवन एउटा भोगाइ हो र पिडा , दु:ख भन्ने कुरा एउटा समस्या मात्र हो । यसको पनि समाधान छ । मात्र संयम भएर हामीले खोज्न सक्नुपर्छ । आत्म हत्या गर्दैमा यो घट्दैन, हट्दैन । भित्रि बाहिरी जतिसुकै कारण भए पनि दु:खी हुँदा हाम्रो सोच्ने शक्ति पनि कमजोर हुन्छ अत आत्महत्याको कर्ता र मर्ता व्यक्ति आफै हुन्छ । त्यसैले जीवन देखि हार खाएर आत्महत्या जस्तो आफ्नै इहलीला समाप्त पार्ने बाटोमा नपुगौ ।
अन्त्यमा, सुख र दु:ख जीवनका समानान्तर पाटा हुन् र केही सिमित समस्या आउदैमा जीवन जिउन गार्हो मान्नेहरुको लागि जिउन संसार हैन।यधपी ज्ञातअज्ञात जानेर नजानेर आत्महत्या गर्ने सवैको आत्मा लाइ शान्ति मिलोस । त्यस्तै गरि आफ्नो जीवनलाइ लौका घिरौला झुण्डिए जस्तो झुन्डाउने कुबुद्दी कसैलाई नआओस । बरु एउटा बलियो खम्बा र दरिलो आधार बनाएर सकारात्मक समयप्रति जीवनलाई एउटा संघर्षको मैदानमा भिड्न उभियाएको सुन्न देख्न पाउ , समयसग सम्झौता होईन संघर्ष गरेको सुन्न पाउ । ईति
विसं २०७२ को भूकम्पबाट क्षति पुगेको ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको गोरखा दरबारको पुनःनिर्माण पुरातत्व विभागले ५ करोड ५० लाख खर्च गरि सुरु गरेछ ।
२०५० सालमा कथित दलित समुदायका केहि पुजा गर्न भनि गोर्खा दरवार परिसरमा रहेको गोरखकाली मन्दिरमा प्रवेश गरि पुजा गर्न खोज्दा अछुत जातिलाई पस्न निषेध भै आएको भनि राज्य बाट यसरि पत्र दिइएको थियो । अब पुनःनिर्माण भए पछी सवैको अपनत्व हुने गरि आस्था राख्ने सवैलाई हेर्न पुजा गर्न खुला गरियोस । अनि मात्र ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको हुनेछ ।
गुल्मीको चन्द्रकोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले पीडित मान बहादुर बिकले पनि अव बढि नबोल्ने , पीडक वडाध्यक्ष टेक बहादुर पुनले पनि अब उनलाई कुटपिट नगर्ने भन्दै दुवै पक्षले क्षमायाचन गरेको बताएछन ।
के बढ़ी बोले बिकले ? पीडक वडाध्यक्षले पनि अब उनलाइ कूटपिट नगर्ने भनेको के ? आफैले चुनाबमा यो दिनछु र त्यों दिनछु भन्ने प्रलोभन देखाएर भोट मागने अनि चुनाबमा जीते पछि दिनछु भनेको कुरा भनदा कानको जाली फूटने गरी हान्ने ?
यसरी जनप्रतिनिधि चुनिएकाले नै केही हज़ार पैसा तिरेर कूटदै उम्कीने हो भने पीडक वडाध्यक्षले बिक लाई नकुटे पनि भोली अर्क़ो ग़रीब , अपांग र कथित दलित समुदायका परियारलाई , सार्क़ीलाई कूटन सक्छ्न अनि त्यस गाबिसका उत्पीडित दलित ग़रीबले कहिले न्याय नपाउन सक्छ्न । त्यही भएर वडाध्यक्ष नभनि क़ानूनको दायारामा ल्याई सजायको ब्यबस्था गरियोस ।
कथित दलित समुदायका युवा सँग प्रेम सम्बन्ध राखेको आरोपमा पिडित मिना यादव र केटा दिनेश लोधलाई कुटपिट गरिएको भिडियो हेर्दा मानवता विरुद्धको जघन्य अपराध हो भन्न कसैलाई हिचकिचाहट हुन्न । यस्तो अमानविय घटना सार्वजनिक भएपछि पनि सामान्य रूपमा लिने इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर उदयसिंह सिंजापति उपर पनि विभागिय कारबाही गरिने भएछ ।जुन निर्णय सराहनीय छ ।
त्यसो त प्रशासनिक निकायमा उपल्ला पुरातनपन्थीकै वर्चस्व भएकाले अहिले सम्म दलित समुदायले जोडिएको घटना सकेसम्म गाउँघरमै मिलापत्र गर्ने, प्रहरीसम्म पुुगेपनि प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आनाकानी गर्ने, यदि मुद्दा दर्ता गरे तापनि फैसला गैरदलित पीडकको पक्षमा गर्ने चलन चल्दै आएको छ ।जसको कारण लक्ष्मी परियार जस्ता धेरै दलितहरु मृत्युबरण गर्न बाध्य छन ।त्यसैले अब यसरि समाजका हरेक अमानवीय घटनालाइ सामान्य रूपमा लिने स्थानीय प्रशासनमा पछि सम्म एउटा नजिर बसोस, त्यसको लागि पनि यस्तो कारवाही गर्नु जरूरी छ ।
आज गुरुपूर्णिमा.....गुरुपूर्णिमा मनाऊँन सिकाउने हाम्रा उत्कृष्ट हिन्दु शास्त्र तथा सस्कृति मध्ये एक महाभारतमा सयौको गुरु द्रोणाचार्यले कथित शुद्र समुदायका एकलव्यलाई धनु विधा सिकाउन अस्विकार गरेको र स्वः अभ्यासवाट गुरुकुलका राजकुमारहरु भन्दा परांगत भएपछि गुरु दक्षिणामा दोणाचार्यले एकलव्यको बुढी औंला कटाएर तेजस्वीलाई कम गराएको उल्लेख छ ।
परम्परागत हिसाबले हाम्रोमा "गुरु" भनेको अत्यन्त आदरणीय सम्बोधन हो । तर अहिले पनि त्यों युगको जस्तै नेपालका तराई र सुदूरपश्चिमका केही ठाऊमा द्रोणाचार्य स्वाभावका धेरै गुरुहरू छन । जो बल्ल बल्ल स्कूल सम्म आइपुगेका कथित दलित समुदायको बालबालिका लाई बिभिन्न बाहानामा सभ्यसमाज निर्माण गर्ने , जीवन जिउने कला सिकाउन अस्विकार गर्ने देखी बिभेद गरेर मेधाबी तेजस्वी बिधार्थीलाई कालापारि जान बाध्य तुलाईदै छन ।
ति सवै गुरुहरूमा बेलैमा गुरुप्रति सकारात्मक धारणा निर्माण गर्ने सदबुद्धि आओस । ज्ञात अज्ञात गुरु र गुरुआमा सवैमा नमन #गुरुपूर्णिमा





