यी बच्चाको नाम हो पेन झियांगहेंग । यी बच्चाको जिउभरी नै माछाको जस्तो कत्ला आएका छन् । जिउभरी कत्ला आएपछि उनको नाम नै माछे केटो रहन गएको छ । यो रोग उनको जन्मजात रोग हो । तथापि उमेर बढ्दै जाँदा उनको छालामा कत्ला बढ्दै गएको छ । जिउमा कत्ला आउने यो समस्या आनुवंशिक समस्या हो जसलाई इक्टायोसिस भनिन्छ ।
विशेषज्ञहरुका अनुसार यो रोगको उपचार सम्भव छैन र उनले यसको पीडा जिन्दगीभरी नै सहनुपर्नेछ । जुन पीडा सहनु निकै मुस्किल हुनेछ । उनको छाला निकै चिलाउँछ, दुख्छ । जसका कारण उनले सबै समय कन्याएर बस्नुपर्छ । ती बच्चाकी आमाले आफ्नो छोरा अरु जस्तै खेल्न चाहने, स्कुल जान चाहने तर त्यो अनौठो रोग तगारो बनेको बताउँछिन् । स्मरण रहोस् चीनको सेगोन अस्पतालमा यस्तो रोगबाट पीडित मान्छेहरुका लागि विशेष वार्ड नै छुट्टाइएको छ ।
बुद्धको जन्मस्थानबारे भारतले गलत प्रचार गराइरहेको बेला सोनी टेलिभिजनमा
प्रशारण हुने कौन बनेगा करोडपति मा अमिता बच्चन मार्फत सहभागी लाई राखिएको
यो प्रश्न ले विश्वभरका करोडौ दर्शक माझ बुद्धको वास्ताविकताबारे
प्रचारप्रसार भएको मैले चै महसुस गरे !
बर्षेनी अर्वौको पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल संसारमा पेट्रोलियम पदार्थ पाईने देश मध्ये एक हो । नेपालको कुल क्षेत्रफलको ३७ प्रतिशत भूभागमा खनिज तेल रहेको विभिन्न अध्ययनले देखाएका छन् । नेपालमा सन् १९६० देखि पेट्रोलियम पदार्थको अध्ययन शुरु भएको थियो । त्यसपछि सन् १९७८ मा खानी तथा भूगर्भ विभागले यसको औपचारिक रुपमा अध्ययन अनुसन्धान थालेपछि बल्ल नेपालमा पेट्रोलियम पदार्थ पाइने पुष्टि भएको हो ।
नेपालमा पहिलो पटक विश्व बैंकको प्राविधिक सहयोगमा फ्रान्सको सिजिजी कम्पनीले गरेको अध्ययन अनुसार नेपालको तराई क्षेत्र, चुरे, महाभारत र भित्री मधेसमा पेट्रोलियम पदार्थ पाईने औपचारिक पुष्टि भएको थियो । पेट्रोलियम पदार्थ पाईने कुरा पुष्टि भएपछि सन १९८२ देखि नेपाल सरकारले यसलाई छुट्टै तरिकाले अनुसन्धान गर्न खानी तथा भूगर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण परियोजना स्थापना गरेर काम सुरु गरेको परियोजनाका प्रमुख राजेन्द्रप्रसाद खनालले जानकारी दिनुभयो ।
त्यस लगत्तै नेपालले विसं २०४० सालमा नेदरल्याण्ड, फ्रान्स र अमेरिकी कम्पनीमार्फत औपचारिक अध्ययन थालेको थियो । त्यतिबेला ६० हजार वर्गकिलोमिटर क्षेत्रमा ग्राभिटी सर्वेक्षण गरिएको थियो । यही सर्वेक्षणले आधिकारिक रुपमा नेपालमा पेट्रोलियम पदार्थ पाईने विभिन्न १० क्षेत्र निर्धारण गर्यो ।
(चित्रमा : पूर्वी नेपालको १० औं नम्बरको ब्लकमा नेदरल्याण्डको सिल कम्पनीले पेट्रेलियम पदार्थको अन्वेशण गरेको थियो । त्यस्तै तेश्रो र पाँचौं नम्बरको ब्लकमा अमेरिकी र वेलायती कम्पनीले संयुक्त रुपमा अन्वेशणको काम सुरु गरेको र अरु ब्लकमा पनि विस्तारै सुरु गर्ने छन् । साभार : खानी तथा भू–गर्भ विभागको वेवसाइटमा)
पञ्चायतको प्रयास
तत्कालीन पञ्चायती सरकारले २०४८ साल भित्र नेपाललाई पेट्रोलियम पदार्थमा आत्मनिर्भर बनाउने लक्ष्य सार्वजनिक गरेसँगै सन १९८५ मा अन्तिम अन्वेषणका लागि बोलपत्र आह्वान गर्दा नेदरल्याण्ड र अमेरिकी कम्पनीले मोरङ्गमा ड्रिलिङ्ग गर्ने तयारी गरेका थिए । यो काम तत्कालिन भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाएपछि सफल हुन सकेन । भारतीय नाकाबन्दीका कारण ती दुवै कम्पनीले आफ्नो काम पुरा हुन नसक्ने बताएर कामबाट फर्किए । त्यसबेलामा नेपालले खाडी मुलुकबाट कच्चा तेल भारतको कोलकातामा प्रशोधन गरेर नेपाल ल्याउने गरेको थियो । त्यहि कारणले राजनीतिक व्यवस्था परिवर्तन भएपछि यो कामले पूर्णता पाउन नसकेको जानकारहरुको भनाई छ ।
राजनीतिक व्यवस्था परिवर्तन पछिको सरकारले खाडीबाट कच्चा तेल ल्याउन रोकेर भारतीय दवावमा भारतीय आयल कर्पोरेशनबाट प्रशोधित तेल ल्याउन थाल्यो । त्यसपछि हरेक वर्ष नेपालमा पेट्रोलियम पदार्थको भाऊ बढ्ने र अभाव सिर्जना हुने क्रम सुरु भएको हो । सरकारले आर्थिक वर्ष ०४७/४८ को बार्षिक बजेटबाटै पेट्रोलियम अन्वेषण शिर्षकको बजेट भारतीय दवावमा कटौती गरेको हो ।
नेदरल्याण्ड र अमेरिकी कम्पनीको ग्राभिटी सर्वेको रिपोर्ट थाहा पाएका धेरै देशका दर्जनौं कम्पनीले उत्खननका लागि प्रस्ताव गरेपनि तत्कालिन सरकारले यसलाई कुनै ठाउँ दिएन । तर विसं २०५४ सालमा तत्कालिन सरकारले विदेशी कम्पनीको दवाव थेग्न नसकेर फेरि अन्वेषणको काम अगाडी बढाउने निर्णय गर्यो । सन १९९८ मा सरकारले विभिन्न दश केन्द्र मध्ये प्राथमिक अन्वेषणका लागि चितवन र नेपालगञ्ज केन्द्र अमेरिकी कम्पनी टेक्सानालाई चार वर्षसम्मको समय तोकेर जिम्मेवारी दियो । तर सम्झौतामा भएको प्रावधान अनुसार अहिलेसम्म चार वर्ष पुगेको छैन । सम्झौता अनुसार असहज अवस्था आएमा अर्थात कम्पनीलाई असहज लागेमा काम नहुने र त्यो समयावधीमा नजोडिने भन्ने बुँदाका कारण सम्झौता भएको १५ बर्ष बितिसक्दा पनि कागजी बैधानिक प्रकृया अनुसार त्यो चार वर्ष पुगेको छैन ।
यस्तै सरकारले सन २००४ मा बेलायती कम्पनी केन इनर्जीलाई धनगढी, कर्णाली, लुम्बिनी, वीरगञ्ज र मलंगवामा अन्वेषणका लागि सम्झौता गरेको छ । अघिल्लो वर्ष अर्थात सन २०१२ मा विराटनगरमा अन्वेषण गर्नका लागि अमेरिकी कम्पनी बिबिबी च्याम्पियनलाई र राजविराज तथा जनकपुरमा प्राथमिक अन्वेषणका लागि संयुक्त अरब ईमिरेट्स (युएई)को इएबिजी कम्पनीसँग सरकारले सम्झौता गरेको छ । तर काम भने भएको छैन ।
सम्झौता भएपनि काम किन भएन ?
नेपालका विभिन्न दशवटा केन्द्र मध्ये एउटा मात्र सफल भएमा नेपालको स्वरुप नै बदलिन सक्छ । नेपालमै रोजगारीको अवस्था सिर्जना हुने मात्रै होइन नेपाल संसारमै आर्थिक समृद्धिको बाटोमा अगाडी बढ्ने सम्भावना छ । तर नेपाल सरकारले पेट्रोलियम पदार्थको अन्वेषण, अनुसन्धानका लागि जम्मा ६ लाख रुपैयाँ छुट्टाएको छ । यसले के देखिन्छ भने सरकारको प्राथमिकतामा पेट्रोलियमको अन्वेषण पर्दैन ।
सरकारले पटक पटक गरेर ३१ वटा अध्ययन प्रतिवेदन तयार पारिसकेको परियोजनाका प्रमुख खनालको भनाई छ । त्यसमा आधारभूत तथ्यहरुसहितको प्रतिवेदनका आधारमा विभिन्न कम्पनी नेपालप्रति आर्कषित भएका हुन । त्यसरी विदेशी कम्पनी आएपनि उनीहरुले आफूले क्षेत्र ओगट्ने र बढी फाईदा लिएर अर्को कम्पनीलाई विक्री वितरण गर्ने मुख्य उद्देश्य कम्पनीहरुको छ । त्यसैले पनि कम्पनीहरुले लामो समयसम्म लगाउने गरेका छन । त्यसरी भित्रिएका कम्पनीहरुले नेपाल सरकारलाई तिर्नु पर्ने कर पनि तिर्ने गरेका छैनन् ।
बाधक भारत !
नेपालमा आयात हुने पेट्रोलिय पदार्थको कारोवारबाट भारतीय आयल कर्पोरेशनलाई बर्षेनी कम्तीमा पनि ५ अर्ब आम्दानी हुने गरेको जानकारहरु बताउँछन् । त्यसैले भारतीय सरकार नै नेपालमा पेट्रेलियम पदार्थको अन्वेषणको कामलाई अवरोध गर्न अघि सर्ने गरेको सरकारी अधिकारीहरु नै बताउँछन । त्यसैले राजनीतिक नेतृत्वले नै दह्रोसँग खुट्टा नटेकेसम्म यसमा प्रगति नहुने उनीहरुको भनाई छ ।
२०४७ सालको अन्तरिम सरकारका मन्त्रीसमेत रहेका नागरिक समाजका अगुवा डाक्टर देवेन्द्रराज पाण्डे अरुलाई दोष दिनुको साटो आफैं काम गर्न सुझाव दिनुहुन्छ । ‘कुनैपनि कम्पनी र भारततिर किन चोर औंला तेर्स्याउने ? हामीले नै काम नगरेका कारण यस्तो अवस्था आएको हो’ पाण्डेले भन्नुभयो ।
किन छ नेपालमा सम्भावना ?
अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अध्ययनहरुले पनि नेपाल पेट्रोलियमका लागि उपयुक्त ठाउँ हो भन्ने पुष्टि गर्छ । नेपाल सरकारका विभिन्न ३१ वटा प्रतिवेदनले मात्र होईन दैलेखमा अहिले पनि बलिरहेका दीपहरुले पनि नेपाल पेट्रोलियम पदार्थ पाईने देश मध्येको एक हो भन्ने तथ्य प्रमाणित गर्छ । पेट्रोलियम पदार्थ अन्वेषण परियोजनाले दैलेखको पादुकास्थानमा संकलन गरिएको पानीको नमूनामा पनि पेट्रोल भेटिएको पुष्टि गरेको छ ।
त्यस्तै विभिन्न देवलहरुमा बलिरहेको ज्योति पेट्रोलियम ग्याँस भएको र सामान्य प्रशोधनबाट समेत त्यसलाई व्यवहारमा उपयोग गर्न सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । तराईका विभिन्न ठाउँमा पाइएका पेट्रोलियम पदार्थ मिसिएको पानी र दाङ्गको पातु खोलामा पाइएका चट्टानको परीक्षणले पनि नेपालमा पेट्रोलियम पदार्थ पाइने कुरालाई पुष्टि गरेको खानी तथा भूगर्भ विभागले जनाएको छ । पेट्रोलियम पदार्थको अन्वेषण गर्ने कम्पनीहरुले काम नगरेपछि अहिले पेट्रोलियम पदार्थ अन्वेषण परामर्श समिति कार्यदल बनाएर प्रभावकारी काम गर्ने योजनामा छ ।

डाक्टरका अनुसार अहिले एक सय किसिमका क्यान्सर देखिएका
छन् । महिलामा सबैभन्दा बढी स्तन र पाठेघरको क्यान्सर हुन्छ । पुरुषहरूमा मुख,
घाँटी, फोक्सोको क्यान्सर । बालबालिकालाई रगत र आँखाको क्यान्सरले बढी
सताउँछ । पुरुषमा हुने अधिकांश क्यान्सर सुर्ती तथा सुर्तीजन्य पदार्थको
सेवनले हुन्छ । बालबालिकामा जेनेटिक क्यान्सर देखिएको छ ।‘
‘महिलामा ‘धेरै जनासँग यौनसम्पर्क गर्दा पाठेघरको क्यान्सर हुन्छ । असुरक्षित यौनसम्पर्क पनि क्यान्सरको अर्को कारण हो । टिनएज नकाट्दै (बीस वर्षमुनि) यौनसम्पर्क गरे क्यान्सरले झन् च्याप्छ ।‘ डाक्टरसाबले सरसर्ती भने, ‘यौनसम्पर्क नगर्दा पनि क्यान्सर हुन्छ ।‘ टिनएज पार गरेपछि यौनसम्पर्क नगर्ने हो भने क्यान्सर हुन्छ,’ ‘प्राकृतिक नियमविपरीतका हरेक कामले क्यान्सर निम्त्याँउछ ।‘ टिनएजपछि यौनसम्पर्क नगर्दा महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर हुन्छ । शारीरिक सम्बन्ध नराख्दा पाठेघरको मुखको मासु चल्न नपाउने भएकाले क्यान्सर हुन्छ । अनि, स्तन चल्न नपाए स्तनको क्यान्सर हुन्छ ।‘
Cancer is not just one disease but many diseases. There are more than 100 different types of cancer. Most cancers are named for the organ or type of cell in which they start - for example, cancer that begins in the colon is called colon cancer; cancer that begins in melanocytes of the skin is called melanoma.
Cancer types can be grouped into broader categories. The main categories of cancer include:
‘महिलामा ‘धेरै जनासँग यौनसम्पर्क गर्दा पाठेघरको क्यान्सर हुन्छ । असुरक्षित यौनसम्पर्क पनि क्यान्सरको अर्को कारण हो । टिनएज नकाट्दै (बीस वर्षमुनि) यौनसम्पर्क गरे क्यान्सरले झन् च्याप्छ ।‘ डाक्टरसाबले सरसर्ती भने, ‘यौनसम्पर्क नगर्दा पनि क्यान्सर हुन्छ ।‘ टिनएज पार गरेपछि यौनसम्पर्क नगर्ने हो भने क्यान्सर हुन्छ,’ ‘प्राकृतिक नियमविपरीतका हरेक कामले क्यान्सर निम्त्याँउछ ।‘ टिनएजपछि यौनसम्पर्क नगर्दा महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर हुन्छ । शारीरिक सम्बन्ध नराख्दा पाठेघरको मुखको मासु चल्न नपाउने भएकाले क्यान्सर हुन्छ । अनि, स्तन चल्न नपाए स्तनको क्यान्सर हुन्छ ।‘
Defining Cancer
Cancer is a term used for diseases in which abnormal cells divide without control and are able to invade other tissues. Cancer cells can spread to other parts of the body through the blood and lymph systems.Cancer is not just one disease but many diseases. There are more than 100 different types of cancer. Most cancers are named for the organ or type of cell in which they start - for example, cancer that begins in the colon is called colon cancer; cancer that begins in melanocytes of the skin is called melanoma.
Cancer types can be grouped into broader categories. The main categories of cancer include:
- Carcinoma - cancer that begins in the skin or in tissues that line or cover internal organs. There are a number of subtypes of carcinoma, including adenocarcinoma, basal cell carcinoma, squamous cell carcinoma, and transitional cell carcinoma.
- Sarcoma - cancer that begins in bone, cartilage, fat, muscle, blood vessels, or other connective or supportive tissue.
- Leukemia - cancer that starts in blood-forming tissue such as the bone marrow and causes large numbers of abnormal blood cells to be produced and enter the blood.
- Lymphoma and myeloma - cancers that begin in the cells of the immune system.
- Central nervous system cancers - cancers that begin in the tissues of the brain and spinal cord.
एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो ।
यसमा एपेन्डिक्स भन्ने अङ्ग
सुन्निएको अवस्थामा हुन्छ । कहिलेकाहीँ
त फुटिसकेको पनि हुन सक्छ ।
एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने
कम्मरको अलि माथि सानो आन्द्रा र
ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि
रहेको अङ्ग हो । यसको उपचार हुन
नसके एपेन्डिक्स फुटेर पेरीटोनाइटिस भएर
मृत्यु हुने गरेको पाइन्छ । सन्
१८८६ मा रेगीनाल्डले पहिलोपल्ट
एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको
पाइन्छ ।
कारणहरु
एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो । यसको ल्युमेन बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ र यो सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ । जुन चापका कारण भित्तामा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ । यस्तो अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न जान्छ, जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ। एपेन्डिसाइटिस पश्चिमी मुलुकमा बढी देखिएको छ । यसको कारण पश्चिमा देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ ।
प्रकारहरु
साधारणतया रोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ भने प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ ।
लक्षणहरु
१. दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२. उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ ।
३. साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ ।
४. कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
५. कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ ।
परीक्षण
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ ।अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन् ।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ । यसले एलभाराडो ज्यान्सकी आदि ।