अमेरिकी सरकारद्वारा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिए लगत्तै जुकरबर्गको क्याफेमा अदालतको आदेशप्रती सहमति जनाउँदै फेस्बुकका सस्थापक मार्क जुकरवर्गले सुरु गरेको ‘सेलेब्रेट प्राइड’ मार्फत सबै बराबर भन्ने संकेत दिदै समानताको पक्षमा आफ्नो समर्थन जनाए।भने केही मित्रहरूले भने नेपालीको यो समर्थनलाई यी र यस्ता प्रश्न तेर्साएर खिल्ली उडाए ।
१) समलिङ्गी विवाह सृष्टीको नियम बिरुद्द हो ।के तपाईं समलिङ्गी बिवाहको पक्षमा हो ?के बुझेर ‘सेलेब्रेट प्राइड’ मा सहभागी हुनु भा हो ?
२)अन्तरजातिय बिबाह हुन नसकेको देशका नेपालीहरु किन अमेरिकाको समलिङ्गी बिबाहमा एक्यवद्धता जनाउछ्न ?
३) क्रीष्चियन धर्मशास्त्रले पुरुषका लागि महिला र महिलाका लागि पुरुष भन्दै समलिङ्गी विवाह रोक लगाएको छ ।त्यही भएर क्रीष्चियन अनुयायीहरु लाई ‘सेलेब्रेट प्राइड’ मा सहभागी नहुन आग्रह ।
प्रस्न तेर्साउने मित्रहरू , के समलिंगी भनेको हालसालै देखापरेको अप्राकृतिक सम्श्या हो ? प्रकृतिक रूपमा भएको कुरा के यो सृष्टीको नियम बिरुद्द हो ? प्रकृतिकले समलिंगी भएकाहरु समलिंगी खोजेर रोजेर विवाह गर्छन भने के त्यो सामाजीक अपराध हो ?
समलिंगी हुनु भनेको सौख होइन । न त यो कुनै कन्सेप्ट नै हो ।न त कोहि चाहेर समलिंगी बन्न सक्छ। धर्म शास्त्र देखि आधुनिक बिज्ञानले पनि समलैङ्गता कुनै रोग नभएर प्रकृतिक प्रकिया हो भनेर पुष्ठि गरेको छ । प्रकृतिले निर्धारित गरेको यो बाध्यताको बारेमा अहिले सम्म प्राप्त तथ्यहरुले के देखाउँछन भने शरिर विज्ञानसंगै सम्बन्धित भएर देखापर्ने हुँदा समलिङ्गी सम्श्या र समलिङ्गी विवाह यो मानव सभ्यतासंगै देखापरेको थियो। ससारको सवै भन्दा पुरानो ग्रीस सभ्यतामा समलिंगी प्रथालाइ चित्रकला कोरेर, मूर्ती बनाएर , गीतहरु लेखेर आदर र सम्मान गरिन्थ्यो भन्ने प्रमाण पेरिसको अन्भेर्सस्थित नग्न संग्रहालय,ग्रीसको लेस्बोन टापू, पेरिसमा अझै पनि भएका रु दे दाम र रु देजोम भन्ने गल्लिहरु बाट प्रष्ट हुन्छ । त्यही भएर यो अन्तरजातिय बिबाहको सोच आउनु भन्दा धेरै पुरानो हो भने प्राचीन ग्रीस सभ्यता भन्दा धेरैपछि भिक्टोरियाली शताब्दीमा तपाइको क्रीष्चियन धर्मशास्त्रले पुरुषका लागि महिला र महिलाका लागि पुरुष भन्दै समलिंगी सम्बन्धलाइ रोक लगाएको हो।
अझ नेपाली समाज र समलिंगी नेपालीहरु एक अर्काका सत्रु जस्तो सम्झने मानसिकता भएको हाम्रो देश नेपालको सर्वोच्च अदालतले आजभन्दा ८ वर्षअघि प्रेमकुमारी नेपाली र रजनी शाहीको समलिङ्गी जोडीलाई छुट्याउन परिवारले गरेको कोशिश बिरुद परेको रिट्मा नै समलिङ्गी सम्बन्ध र विवाहलाई मान्यता दिदै समलिङ्गीहरुको समान अधिकार दिनुपर्ने फैसला गरेको थियो भने अहिले त तेस्रो लिङ्गी लेखिएको नागरिकता समेत दिइन्छ।
मानव सभ्यता संगै प्राकृतिक रूपमा देखिएको समलिङ्गीहरुको सम्श्या नेपाल ,अमेरिका जहाँ भए पनि राज्यमा समानता पुर्वक स्थापित हुन्छ जित हुन्छ भने सक्नु हुन्छ समर्थन गर्नुस । प्राकृतिक रूपमा समलिङ्गी भएकाहरु लाइ बाच्ने हौशला र सामाजिक बाताबरण दिनुस तर सक्नु हुन्न भन्ने समलिङ्गी विरुद्ध धर्म र कुन्ठित मान्सिक्ता पालेर सिरिया र इराकमा आइएसले समलिङ्गीहरु लाई बाच्न दिनु हुन्न भनेर खोजी खोजी मारे जस्तो तपाई पनि भेदभावको रूप र व्यबहार नदेखाउनुस ।
समग्रमा जो सुकै होस , जुनसुकै लिङ्गी होस् यो साझा संसारमा मानिशले स्वतन्त्रता पुर्बक बच्न पाउनु पर्छ ।संसार त्यो होइन जहाँ मान्छेको सोचिएको साघुरो घेरा भित्र समेटियोस। जात ,धर्म र लिङ्ग भन्दा माथी उठेर संसारलाइ खुला आँखाले हेरेन प्रयास गर्नुस् संसार बृहत छ ।
हाम्रो शरीरमा श्वासप्रश्वासको माध्यमवाट रोगका किटाणुहरु पसेर रुघा, खोकी र निमोनिया जस्ता श्वासप्रश्वास सम्वन्धि सरुवा रोग लाग्ने अवस्थालाई ए.आर. आई. (एक्युट रेस्पिरेटरी ईन्फेक्सन) भनिन्छ । सुरुमा रुघाखोकी लागेको बच्चालाई समयमै राम्ररी हेरचाह गरिएन भने पछि बिस्तारै रोगीको अवस्था बिग्रदैँ गएर खोकी र सास पनि छिटो छिटो बढ्दै जान्छ । यसरी बढ्दै गएपछि बच्चालाई (कडा खालको एआरआई) निमोनिया हुन्छ र खतरापूर्ण स्थितिमा पुग्छ ।
बिश्वभरीमा प्रत्येक बर्ष निमोनियाले करीव २० लाख बच्चाहरुको मुत्यु हुन सक्ने तथ्याँकले देखाएको छ । साथै हाम्रो देशमा हाल एक वर्षमा झण्डै १३ हजार केटाकेटीहरु यस रोगवाट मर्छन ।
हाम्रो शरीर स्वस्थ राख्न र वाँच्न हामीलाई शुद्ध हावाको आवश्यकता पर्दछ । हावा कम भएमा हामीहरु निस्सासिएको अनुभव गर्दछौं । हामीले सास लिँदा लिएको हावा हाम्रो शरीरभित्र सास फेर्ने वाटो नाक, मुख, घाँटीभित्र हुने श्वासनली हुँदै फोक्सोमा पुग्दछ र फोक्सोवाट रगतमा हुने राता रक्त कोषको माध्यमवाट सम्पूर्ण शरीरमा पुग्दछ । तर शरीरभित्र हुने यस हावाको बाटोमा रोगका किटाणुहरु पसेर बच्चालाई रोग लागेमा तुरुन्तै उपचार गराउनु पर्दछ ।
यदि सुरुमै राम्ररी उपचार गर्न नसकेमा रोग क्रमसः बढ्दै गएर रोग लागेका बच्चाको मृत्यु पनि हुन सक्छ । छातीमा लाग्ने रोगहरुमध्ये कुनै कुनै छातीको रोगले बिस्तारै–बिस्तारै च्याप्दै ल्याउँछ र कुनै कुनै छातीको रोग भने अकास्मात लाग्ने र सा¥है नै कष्ट दिने खालको हुन्छ । यसरी अकास्मात लाग्ने श्वासप्रश्वास सम्वन्धि रोगलाई नै रुघा, खोकी र निमोनिया (एआरआई.) भन्दछन । यो ज्यादै डरलाग्दो रोग हो । यो रोग ठुला साना सवैलाई लाग्न सक्छ तर ठुलो मानिसलाई भन्दा साना बच्चालाई धेरैजसो लाग्छ र मृत्यु पनि हुन्छ । साना बच्चाहरुमध्ये पनि पाँच वर्ष मुनीकालाई बढी लाग्छ ।
श्वासप्रश्वासको संक्रमण (एआरआई) लाई लक्षणहरुका आधारमा तीन तहमा बिभाजन गर्न सकिन्छ ।
१. साधारण रुघाखोकी
२. निमोनिया
३. कडा निमोनिया
१. साधारण रुघाखोकीका लक्षणहरु
#खोकी लाग्छ ।
# नाकवाट सिंगान, पानी चुहिने वा पहेंलो सिंगान आउने हुन्छ ।
# नाक वन्द हुन्छ, नाक थुनिन्छ ।
# बच्चाले प्रतिमिनेटमा ५० पटक भन्दा कम सास फेर्छ ।
#साधारण ज्वरो आउन सक्छ र आँखा पनि रातो हुन सक्छ ।
२. निमोनियाका लक्षणहरु ः
ड्डखोकी लाग्ने र घ्यार घ्यार हुने हुन्छ ।
ड्ड सास छिटो छिटो फेर्ने हुन्छ (प्रतिमिनेट ५० देखि ७० पटकसम्म)
ड्ड पहेंलो खकार आउन सक्छ ।
ड्ड ज्वरो बढी आउँछ र सास फेर्दा कन्ने हुन्छ ।
ड्ड राम्रोसित दुध पिउन र चुस्न नसक्ने हुन सक्छ ।
३. कडा निमोनियाका लक्षणहरु
#खोकी लाग्ने र कोखा हान्ने हुन्छ ।
# खोकी लाग्ने र दुध, पानी र दाल जस्तो झोल पदार्थ खान नसक्ने हुन्छ ।
# धेरै चाँडो चाँडो सास फेर्छ (एक मिनेटमा ७० पटक भन्दा वढी)
# बच्चा काम्न थाल्छ, दुध पिउन÷चुस्न नसक्ने हुन्छ ।
# नाकका पोरा हल्लन्छन ।
#रुन्छ, सिकिस्त देखिन्छ ।
#शरीर सुख्खा भई जल बियोजन हुन्छ ।
# बच्चा वेहोस हुन्छ र उठाउँदा पनि उठ्न गा¥हो मान्छ । जीउ, ओठ निलो हुन सक्छ
रोग सर्ने तरिका
यो हावा (सास) को माध्यमवाट सर्ने रोग हो । एआरआई रोगीले आप्mनो सासवाट रोगको किटाणु वाहिर प्mयाँकिरहेको हुन्छ । यसरी रोगी मानिसले आफु वसेको वरपरको हावा दुषित वनाई दिन्छ । त्यस्तो हावामा सास फेर्नाले निरोगी मानिसलाई पनि रुघा, खोकी र निमोनिया रोग सर्छ । रोगीसंग मुखमुख जोडेर गफ गर्नाले, संगै सुत्नाले वा खेल्ने गर्नाले यो रोग छिटो सर्न सक्छ ।
लक्षण देखा पर्ने अबधि
रोगको किटाणु सम्पर्कमा आएको २÷३ दिनमै यो रोगका लक्षण देखा पर्न थाल्छन ।
रोगवाट बच्ने उपायहरु
#बच्चालाई समय समयमा पेटभरी पोषिलो खाने कुरा खुवाउने ।
# बच्चालाई आमाको दुध २÷३ वर्षसम्म खुवाउने ।
# वच्चालाई दिनु पर्ने खोपहरु समयमानै दिलाउने ।
# बच्चासंगै वसेर चुरोट, बिडि नखाने ।
#बच्चालाई चुरोट, चुलो, अगेना, स्टोभको धुँवा र मटिट्टतेलको खारवाट जोगाउने ।
#बच्चालाई रोगीसित सुत्न, खेल्न नदिने ।
# बच्चालाई सफा र न्यानो पारेर राख्ने । (तर धेरै गरम हुने गरी होईन)
#धेरै भीड भई गुम्सिएको ठाउँमा बच्चालाई नराख्ने
#हरियो सागपात, आँप, सुन्तला, मेवा गाँजर ईत्यादि भिटामिन “ए” पाईने खानेकुरा बच्चालाई खुवाउने ।
# नाक सधैं सफा गर्ने (खास गरेर दुध खान दिनु र सुताउनु अघि)
#बच्चा सुताउने कोठामा हावा स्वच्छ राख्न समय समयमा कोठाको भ्mयाल ढोका खुला राख्ने ।
उपचार तथा व्यवस्थापन
बच्चालाई सामान्य रुघाखोकी लागेको बेला तथा सामान्य रुघाखोकीको लक्षण देखिंदा घरायसी (घरमै) उपचार गर्न सकिन्छ । यस्ले रोगीको शरीरको रोगसंग लड्न सक्ने शक्ति बढाई रोग बढ्न नदिई निको पार्न मद्दत गर्छ । यो उपचार बच्चाको आमाले घरमै पनि गर्न सक्ने हुन्छ । प्रायजसो साधारण तहको रुघाखोकीलाई घरेलु उपचारलेनै बिसेक पार्न सकिन्छ । साधारण रुघाखोकी भएको बच्चालाई घरमै उपचार निम्न तरिकाले गर्न सकिन्छ ।
#रोगी बच्चालाई प्रशस्त झोल पदार्थ खान दिने । यदि बच्चाको शरीर ज्यादैनै सुख्खा भए जीवनजल पनि खुवाउने ।
#आमाको दुध खाने बच्चा भए आमाको दुध ख्वाई नै राख्ने ।
#वच्चालाई सधैं खुवाउने गरेको खाना फकाई फुल्याई नियमित रुपले खुवाउने ।
#बच्चालाई चिसो नहुने गरी र अति धेरै गर्मी पनि नहुने गरी ठिक्कको हलुका लुगा लगाई दिने ।
#बच्चालाई खुला कोठामा न्यानो हुने गरी राख्ने ।
#बच्चाको नाक र कान सधैं सफा राख्ने ।
#यदि बच्चालाई सास फेर्न गा¥हो भएको भए तातो नुन पानीको वाफ लिन लगाउने ।
मध्यम र कडा तहको रुघाखोकी र निमोनियालाई पनि घरेलु उपचारले निकै फाईदा गर्छ । तर साधारण तहमा जस्तो कडा र माध्यम तहको रुघाखोकी र निमोनियामा सहायक उपचारले मात्र पुग्दैन, मुल उपचार पनि गर्नु पर्दछ । त्यसकारण मध्यम तहको रुघाखोकी र निमोनिया भएको खण्डमा तुरुन्तै स्वास्थ्य कार्यकर्ता वा महिला स्वास्थ्य स्वयंसेबिकासंग सम्पर्क राखी आवश्यक उपचार गर्नु पर्दछ । यदि कडा तहको रुघाखोकी र निमोनिया भएको खण्डमा स्वास्थ्य कार्यकर्तासंग मात्र सल्लाह गरेर पुग्दैन, तुरुन्तै नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा लैजानु पर्छ, नत्र बच्चा मर्न पनि सक्छ ।
शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोगलाई बाथ रोग भनिन्छ। बाथ रोग धेरै प्रकारका हुन्छन् र तिनका लक्षण पनि फरक हुन्छन्। तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो।
बाथ रोग एक सयभन्दा बढी प्रकारका हुन्छन् ती मध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो। गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ। यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ।
बाथ रोगका लक्षणहरू :
बाथ रोग लागेपछि हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने हुन्छ। यति मात्र नभई यसले ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण पनि देखाउन सक्छ साथै जोर्नी मात्र नभई यस रोगले शरीरका विभिन्न अंगमा असर देखाउन सक्छ। छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने, फोक्सोबाहिर पानी जम्ने यसका अरू लक्षण हुन्।
कारण :
कुन कारणले बाथ रोग लाग्छ भन्ने एकिन नभेपनि यो बिभिन्न कारणले लाग्न सक्छ। यो वंशाणुगत पनि हुन्छ साथै वातावरण प्रदूषण तथा चुरोटको धूवाँले यस्तो बाथलाई बढाउने देखिन्छ। यस्तोखाले बाथमा गेडागुडी, दाल वा माछामासु खाएर केही फरक पर्दैन। बासी, चिसो हावापानी तथा चुरोटको धूवाँबाट भने सकभर बच्नुपर्छ।
कसरी पत्ता लगाउने :
बिरामीले देखाउने लक्षण र जोर्नीहरूको जाँच गर्नेबित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ। कहिलेकाहीँ बाथ रोग कति कडा छ वा कुन प्रकारको बाथ हो भन्ने बुझ्न भने रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ। धेरै पुरानो रोग तथा औंलाहरू बाङ्गो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन तर यस्तो अवस्थामा बाथको उपचार पनि पूरा हुन सक्दैन। तसर्थ बाथ रोगको पहिचान रोग लागेको ३ महिनादेखि १ वर्षभित्र गरि सक्नुपर्छ।
बाथको उपचार :
बाथ रोगको उपचार सबैभन्दा प्रभावशाली तब हुन्छ जब यसको सही पहिचान पहिले नै गर्न सकिन्छ। जोर्नी बिग्रन थालेपछि उपचार कठिन हुन सक्छ। बाथ रोगको उपचारमा दुई प्रकारको औषधिको प्रमुख भूमिका रहन्छ :
(क) नदुख्ने औषधि तथा स्टेरोइडः यी औषधिले बाथको दुखाइ तथा सुन्निनेबाट चाँडै आराम दिलाउँछ। उपचारको सुरुवातमा यस्ता दबाइको प्रयोग गर्नुपर्ने हुन्छ। तर केवल नदुख्ने दबाइ अथवा स्टेरोइडको प्रयोग गर्नाले नकारात्मक असर भने पर्न सक्छ। यस्ता दबाइ सधैं सकेसम्म कम मात्रामा तथा सधैं बाथ रोक्ने औषधिसँग मिलाएर प्रयोग गर्नुपर्छ। प्रेड्निसोलोन मेड्रोल, डेक्सोना नामक दबाइ स्टेरोइड औषधिहरू हुन्।
(ख) बाथ रोक्ने औषधिः यसप्रकारका दबाइले बाथ रोगका असर तथा यसले जोर्नी खराब गर्ने क्रमलाई रोक्ने गर्छ। यी दबाइहरूले बिस्तारै मात्र काम गर्छन् र उपचारको सुरुवातमा यिनीहरूलाई धेरैजसो स्टेरोइडका साथमा दिइन्छ। यी औषधिहरू कडा हुने हुनाले यसको सेवनपश्चात बेलाबेलामा रगत जाँच गराउनुपर्ने हुन्छ। मेथोट्रेक्सेट लैफ्नोनामाइड, सल्फासालाजिन आदि औषधि यसका उदाहरण हुन्।
व्यायाम : सही व्यायामले जोर्नी अररो हुने र बांगिनबाट रोक्न मद्दत गर्छ साथै बांगिई नसकेको जोर्नीलाई कुशल रूपमा प्रयोगमा ल्याउन पनि व्यायामको आवश्यकता पर्छ।
शल्यक्रिया : बांगिसकेको र बिगि्रसकेको जोर्नी भने औषधिले पनि ठीक हुँदैन। यस्ता जोर्नीको शल्यक्रियाद्वारा उपचार गरिन्छ। यस्तो शल्यक्रिया हाडजोर्नी रोगविशेषज्ञले गर्छन्।
युवावस्थामा प्रवेश गरेसंगै हाम्रो शरीरको हर्मोनमा पनि तिब्र परिवर्तन आउन थाल्छ । यहि अवस्थामा हाम्रो छालाको हेरचाह गर्न पनि प्रशस्त समय हुँदैन जसले गर्दा छालामा विभिन्न समस्या देखा पर्न थाल्छ । खासगरी यो अवस्थामा आउने डण्डिफोरको कारण अनुहार बिग्रने समस्या एकातिर हुन्छ भने अर्कोतिर डण्डिफोर बिग्रेर बस्ने दागले अनुहारलाई झनै नराम्रो बनाइदिन्छ ।
सुन्दर छला र स्वस्थ्य शरीरको चाहना सबैमा हुन्छ तर यो सबैको भागमा भने पर्दैन । तर थोरै मात्र पनि आफ्नो शरीरको ख्याल गरेमा जो कोहिले पनि आफ्नो छालालाई सुन्दर बनाउन सक्छ । यसको लागि दिनहुँ पार्लर धाइराख्नु पनि पर्दैन । घरेलु विधि प्रयोग गरेर पनि छालामा आउने दागहरु सजिलै हटाउन सकिन्छ ।
आउनुहोस जानौ केहि घरेलु उपायहरु :
१) मेथीको पेस्ट
बनाउने विधि: मेथिको पातको पेष्ट बनाएर अनुहारमा मास्क लगाए जस्तै लगाउनुहोस् र करिब ३० मिनेटपछि अनुहार राम्ररी धुनुहोस ।
२) जैतुन तेल
विधि: डण्दिफोरको दाग भएको ठाँउमा दिनहुँ जैतुनको तेल लगाएर मालिस गर्ने गर्नुहोस । जैतुनको तेलमा मस्चराइज हुने हुनाले दाग मेटाउन मदत गर्छ ।
३) घ्यु कुमारीको रस
दाग भएको ठाउँमा घ्यु कुमरीको रसलाई दिनहुँ लगाउने गर्नाले दाग चाँडै मेटिन्छ ।
४) मह
दाग आएको ठाउँमा मह लगाएर रात भरी छोड्नुहोस र बिहन उठेर राम्रोसँग धुनुहोस् । यसरी पनि दाग मेटिन्छ ।
५) कागति
दाग भएको ठाउँमा कागति दल्नुहोस र केहि बेरपछि धुनुहोस ।
६) गुलाबजल
गुलाबजल प्रयोग गरेर पनि दाग हटाउन सकिन्छ । यदि गुलाबजल छैन भने गुलाबको पातको रसलाई पनि प्रयोग गर्न सकिन्छ । यसको लागि गुलाबको पातलाई केहि बेर पानीमा भिजाएर राख्नुहोस र त्यो पानीलाई प्रयोग गर्नुहोस।
७) आलुको पेष्ट
आलुको पेष्ट बनाएर दाग भएको ठाउँमा लगाउनुहोस र केहि बेर सुक्न दिनुहोस । सुकेपछि पानीले सफा गरी धुनुहोस ।
८) गोलभेडाँ
गोलभेडालाई काटेर दाग भएको ठाँउमा दल्नुहोस र काटेको टुक्रालाई सोहि ठाँउमा केहि समय राखेर धुनुहोस ।
९) बेकिंग सोडा
बेकिंग सोडालाई पानीमा भिजाउनुहोस अनि गाढा पेष्ट बनाउनुहोस । यसरी बनेको पेष्टलाई अनुहारमा दल्नुहोस र मनतातो पानीले धुनुहोस ।
यी बाहेक दिनहुँ प्रशस्त पानी पिउनुहोस । दैनिक हल्का व्यायाम गर्नुहोस । सकेसम्म हरिया सागसब्जि खाने गर्नुहोस । अनुहारलाई सफा राख्नुहोस । यदि गाढा मेकप गर्नुहुन्छ भने कम गर्नुहोस । यसो गर्नाले तपाइको अनुहरमा चमक आउनुको साथै दागहरु हटेर जान्छन् ।
लज्जाबति झारलाई लाजवंती वा लाजमान्ने झारको नामले पनि चिनिन्छ। यसको बानस्पतिक नाम भने माईमोसा पुदिका हो।हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लाजवन्ति झार भनिएको हो।
गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ।यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ।
अभुमका हर्बल प्रा लि अहमदाबादका डाइरेक्टर डा दीपक आचार्य यहि झारको औषधिय गुणको बारेमा बिगत १५ बर्षदेखि भारतको बिभिन्न क्षेत्रमा रहेर अध्ययन गरिरहेका छन्।भारतको सुदूर आदिवासी अंचल जस्तै पातालकोट (मध्यप्रदेश), डांग (गुजरात) र अरावली (राजस्थान)का आदिवासिहरुले कसरि परम्परागत रुपबाट यसलाई औषधिको रुपमा प्रयोग गर्दै आएका छन् र र यसले कसरि काम गर्छ भन्ने उनले अध्ययन गरेका छन् र यसलाई प्रमाणित गर्दैछन्।
- गन्दे नामक झारको झोलले काटेको ठाउँमा बगेको रगतलाई तुरुन्तै निको बनाए जस्तै लाजवन्ति झारले पनि काटेको घाउलाई निको बनाउँछ। यति मात्रै होइन यो झार बहु उपयोगि छ।
- यो झारको जराको दुइ ग्राम चूर्ण दिनमा तीन पटक मनतातो पानीसंग खानाले बाबाशिर वा अन्य कारणबाट हुने आन्तरिक घाउ छिट्टै निको हुने आचार्य बताउछन्।
- आधुनिक विज्ञानको अनुसन्धान अनुसार भाँचिएको हड्डि रर मांस-पेशिको आंतरिक घाउको उपचारको लागि लाजवन्ति झार अति उपयोगि हुन्छ।
- त्यस्तै, लाजवन्ति झारको जरा तथा बिउको चूर्णलाई दूधसंग मिलाएर खानाले पुरूषमा हुने हुने वीर्यको कमीलाई धेरै कम गर्दछ।
- लाजवन्ति झारको पातको धुलोलाई मख्खनसंग मिलाएर बाबाशिरको घाउमा दिनस्को दुइ वा तिनपटक लगाउनाले छिट्तै निको हुन्छ।
- त्यस्तै, यस्को पातलाई पिसेर नाइटो वरिपरि लगाउनाले धेरै पिसाब आउने समस्या बन्द हुन्छ।
- यसको पातको काड-पानी बनाएर खुवाउनाले मधुमेहको रोगिलाई धेरै फाइदा गर्छ।
- त्यस्तै, यसको बिउको धेउलो बनाएर नियमित सेवन गर्नाले शारिरिक दुर्बलता पनि कम हुन्छ।
- लाजवन्ति र र अश्वगंधाको जरालाई समान मात्रामा मिलाएर पिस्ने र लेप तयार गरेर स्तनमा हल्का मालिस गर्नाले स्त्न झोलिने समस्याबाट मुक्त हुन सकिन्छ।
अफिसबाट फर्किंदा साँझ परिसकेको थियो । बाटामा भेट भएका साथीभाइहरूसँग कार्यालयका, देशका, सरकारका आदि अनेक विषयका परिचर्चा गर्दै सबैसँग औपचारिकताको निर्वाह गर्दै घर आइपुग्दा प्रायः सधैँ ढिलै हुने गथ्र्यो ।
घरमा हुनेहरूले बेलुका खाना खाइसकेका थिए । मेरा लागि हटकेशमा राखिएको खाना प्रतिक्षारत् थियो । हातखुट्टा धोएँ । एकक्षण थकाइ मारौँ भन्ने सोची बरण्डाको खाटमा पलेँटी कसेर बसेँ । आफ्नै अगाडि अलिक पर भित्ताको काँटीमा एउटा अनौठोजस्तो झोला भुण्डिएको देखेँ । त्यस्तो झोला हाम्रो घरमा थिएन । र भए पनि त्यसो गरी राख्नुपर्ने थिएन । के रहेछ भनी चनाखो भएर हेर्दाहेर्दै मनमा एक किसिमको चिसो पस्यो ।
हिजोआज देशको अवस्था ठीक छैन । जताततै विभिन्न प्रकारका लुट, हत्या, बलात्कार जस्ता घटना भइरहेका छन् । त्यस्ता शङ्कास्पद झोलाहरू खतरापूर्ण पनि हुनसक्छन् । मैले सीताजीलाई सोधेँ।
उनले भनिन्– “दिउँसो एकजना ६०/६५ वर्ष जतिको बूढोमान्छे आएका थिए । निकैबेर बसे । चियाखाजा दियौँ, खाए । ‘धराबासी सरलाई भेटौँ भनी सोधखोज गर्दै आएको । मान्छे चिनेको पनि छैन’ भन्थे । हाम्रै पहाडतिर थियो रे तिनका हजुरबाको घर पनि पहिला । मणिपुरतिरबाट नेपाल आएको निकैवर्ष भएछ । शरणामतीमा आफन्तहरूको आडभरोसा लिएर बसेका छन् रे । आफ्नो नागरिकता नभएकाले उताबाट कमाएर ल्याएको पैसा बैंकमा राख्न पनि पाएनछन्– जग्गा किन्न पनि पाएनछन् । आफन्तलाई ब्याजमा चलाउन भनी दिएको, तिनले रकम फर्काउने नामै लिदैनन् रे। पहिले–पहिले नागरिकता निकाल्न मद्दत गरूँला पनि भन्थे रे । तर अब त राम्रोसँग बोल्न पनि छोडेछन् । ‘जहान, बालबच्चाको साह्रै विजोक भयो । खानलाउन पुग्ने धन लिएर नेपाल पसेको थिएँ– भिखमाग्ने बनाइदिए हजूर !’ – भनेर तुरूक्कै आँशु खसाले । माथि जयपुरमा एकजना मणिपुरतिरबाट आएका आफन्त रहेछन् । ‘तिनैलाई भेटेर फर्कन्छु, भोलिसम्म यो झोला यही रहोस्– यो घाममा बोक्न नसक्ने परेँ’ –भनी त्यहीँ काँटीमा झुण्ड्याएर गएका छन् ।”
छोटैमा सीताजीले त्यस अपरिचित मान्छेको निक्कै कथा बताइन् । सुन्दा माया पनि लाग्यो । तर पनि झोलाप्रति भने मेरो मन अझ सन्तुष्ट हुनसकेको थिएन । मनमा अनेक उपशङ्का बोकेर खाना खाएँ । चिसो हात रूमालले पुछ्दै फेरि आएर पहिलेकै ठाउँमा बसेर नियालेर झोलालाई नै हेर्न थालें । किन–किन मन गह्रौँ भइरह्यो । सीताजीलाई भनें– “नचिनेको मान्छे जोसुकै भए पनि तिनले दिएको खानेकुरा खानाले र राख्न, बोक्न दिएको वस्तु जिम्मा लिनेले साह्रै दुःख पाउँछ अचेल । यस्ता झोलामा त बम पनि राखेको हुन्छ । के विश्वास ? त्यो बूढो उसले भनेको कथा जस्तो नभएर फटाहा, लुटाहा रहेछ भने नि । घरमा बस्ने तिमीहरूले चनाखो हुनुपर्छ । यसरी जोसुकैको कुरामा तुरून्त विश्वास किन गर्नु ? त्यो बूढोलाई चिया खाजा दिएकै रहेछ, त्यसले झोला बोकेर गएको भए भइहाल्थ्यो नि । थाहा छ– त्यो बूढोले भोलिको छाकको पनि बन्दोवस्त गर्यो !” (हाँस्यौँ)
मेरो कुरा सुनेर सीताजी गम्भीर भइन् । आमा होस्मा आएझैँ हुनुभयो । नभन्दै अब सबैलाई त्यस झोलाप्रति अनेक शंका–उपशंका र त्रास बढ्न थाल्यो । त्यसमा बम नै पो छ कि भन्ने शंकाको प्रतिशत बढ्न थाल्यो ।
म उठेर झोलातिर जान लाग्दा आमा र सीताजी दुबैले तर्सेर रोक्न प्रयत्न गरे । तर उनीहरूको हात झट्कारेर मैले दाहिने हात अघि बढाइ झोलालाई आफ्नो अधिनमा लिएँ । झोला धेरै गह्रौँ त थिएन तर त्यसभित्र केही विशेष वस्तु रहेको अनुभूति भयो ।
पहिलेकै ठाउँमा फर्केर आइबसेँ र झोला खोतल्न थालें । आमाले भन्नुभयो– “त्यो अर्काको झोला किन खोतल्नु ? के–कस्ता मालमत्ता राखेको हुन्छ । भोलि विपत्तामा अनेक खालको अपटिक लाग्छ।”
आमाले भनेको कुरालाई महत्व नदिँदै मैले झोलाभित्रबाट एउटा पोको निकालेँ । झोलामा पोको नपारिएको अवस्थामा केही लुगाकपडा र अरू खित्रिङ–मित्रिङ सामानहरू थिए । पोकोलाई निकै जतनसाथ गाँठो पारिएको थियो । केहीबेर मिहिनेत गरी गाँठो फुकालेँ । पोको फुकेपछि त्यहाँभित्रबाट एउटा मोटो कागजको मुठो निस्कियो । बिस्तारै खोलेर हेर्न थालेँ ।
सबै कामधन्दा सकिइसकेकाले सबैजना बैठक कोठामा भेला भए । म पनि त्यो झोला र पोकोसहित बैठक–कोठामा प्रविष्ट भएँ । टेलिभिजन खुलिसकेको थियो । आमा, सीताजी र केटाकेटीहरू टेलिभिजनको अगाडि बसेर निकै “क्लाइमेक्स” मा पुगेको पाकिस्तानी धारावाहिकको आगामी अङ्कको प्रतीक्षामा थिए ।
मलाई भने झोलाभित्रबाट निस्केको कागजको मूठोप्रति अनौठो कौतुहलता जागिसकेको थियो । पहाडे कागजलाई बटारेर सोली जस्तो बनाएको देखेपछि त्यो चिन्हाको मुठो हुनसक्छ र कुनै राम्रो ज्योतिषीको खोजीमा हिँडेको हुनुपर्छ भन्ने अड्कल काटेँ । दुःख पाएपछि मान्छेलाई सुखको पक्षमा जेमाथि पनि विश्वास लाग्न थाल्छ । बूढालाई पनि ज्योतिषीप्रति विश्वास बढ्न गएको हुनुपर्छ– सोचेँ ।
कागजको मूठो खोलेँ । पुरानो पहाडे कागजमा, बाँसको कलमको मसीदानीमा चोप्दै लेख्दै गरेको मोटो ढ्याब्रे तर राम्रा अक्षर थिए । कतिपय ठाउँमा कागजमा अक्षर जस्तै प्वालहरू परेका थिए तर पढ्न सकिने । त्यसको कागजको मुठोले मलाई टी.भी.ले भन्दा पनि जोडसँग तान्न थाल्यो । म बिस्तारै पढ्न थालेँ । लेखिएको थियो –
एक
पिताजी बृद्ध भए पनि त्यसबेला मेरी आमाको उमेर २७ वर्षको मात्र थियो । जेठीपट्टिबाट चार सन्तान भई श्रीमती खसेपछि मेरा पीताजीले आफूभन्दा ४० वर्ष कान्छी केटी (मेरी आमा) सँग विवाह गर्नुभएको थियो । लोग्नेमान्छेको उमेर नखोज्ने चलनले बालविवाहबाट छोरीहरूको जीवन नारकीय पार्ने जमाना थियो त्यसबेला । म एघार वर्ष भइसक्दा पनि मेरी आमाको कोखमा अरू सन्तान आएनन् । जेठीपट्टिका दाजुहरू जवानजवान थिए । माइला दाजुकै छोरो पनि मभन्दा दुईवर्ष मात्र कान्छो थियो । दाजुहरू सबै छुट्टिएर बसेका थिए ।
सानो बिरामीले पिताजीलाई लग्यो । पिताजी त्यति चाँडै खस्नुहोला भन्ने सोच कसैको पनि थिएन । तर केही दिनअघिदेखि पिताजी अनौठो–अनौठो कुरो गर्न थाल्नुभएको थियो । एकदिन उहाँले आमालाई भन्दै गरेको सुनेँ– “कान्छी ! तैंले मलाई यस बूढेसकालमा साह्रै स्याहार गरिस् । तँलाई पछि भगवान्ले पनि हेर्लान् । केही गरी म मरी गएँ भने तैंले सती नजानु यस छोरालाई हुर्काएर बस्नु।”
बुबाको कुरा सुनेर आमा झर्किनुभएको थियो– “यी बूढाले पनि के–के अभासी कुरा बोलिरहनु परेको होला । यति चाँडै को मर्छ र ?”
– “मृत्युको के भरोसा छ र काली ! जतिबेला पनि मर्न सकिन्छ ।”
तर बुबाको त्यो भनाइले आमालाई भित्र कतै मनमा चिसो पसेजस्तो भएको थियो । म केटाकेटी, मलाई खेल्नमै रमाइलो लाग्थ्यो तर मेरा निम्ति पनि कामहरू प्रशस्त छुट्टिएका थिए । मैले विहानको भात खाएपछि बस्तु चराउन जानुपथ्र्यो । दाजुका छोराहरू छुच्चा थिए । बगालबाट मेरा वस्तुहरू लघारिदिन्थे । जंगलमा एक्लै आफ्ना वस्तुहरू डुलाउनु पथ्र्यो ।
नभन्दै बुबाले त्यसो भनेको केही दिनदेखि उहाँ बिरामी पर्नुभयो । अनेक प्रकारका धामी, झाँक्री, औषधिमूलो गरियो तर ती कुनै कुराले पनि काम दिएनन् । अन्त्यमा कुलदेवता बिग्रेको ठहर गरेका थिए धामीहरूले । र, एकदिन सूर्य पश्चिम ढल्केको बेला पारेर उहाँको प्राण गएछ । मानिसहरू मलाई लिन जङ्गलमै आए । त्यो दिन मैले चारवटा मयूरका अण्डा फेला पारेर पकाइ खान भनी बोकेको थिएँ । तर पिताजीको निधन भएको सुन्नासाथ मेरो हातको पोको भूइँमा खसेर फुट्यो, अण्डा छ्यालब्याल भयो । शरीर लल्याकलुलुक भएर आयो । अस्ति मात्र पिताजीले आमालाई– “म मरी गएँ भने तैंले सती नजानु” भनेको सम्झेँ । डर लाग्यो । चारैतिर अँध्यारो जस्तो देखेँ ।
लिन आएका मानिसहरूले फकाउँदै अरू–अरू कुरा गरेर अलमल्याउँदै घर पुर्याए । घरमा मानिसहरूको भीड थियो । रूवाबासी र खैलाबैला थियो । म पुग्नेबित्तिकै काकीहरूले मलाई काखमा लिए । मलाई आमाको छेउमा जान दिएनन् । आमालाई भित्रै कुनामा राखेका रहेछन् । काकीको काखबाट फुत्केर म आमातिर जान खोजेँ तर उनीहरूले मलाई– “त्यतातिर जानु हुँदैन, अब आमालाई छुनु हुँदैन, आमा सती हुनुभो, सतीलाई हामी कसैले छुनु हुँदैन” भने ।
रूँदै मैले भनें– “बुवाले भनेको छ, आमालाई सती नहुनु भनेर । आमा सती होइन, आमा सती होइन ।”
म लडीबुडी गर्न थालें । भित्र आमा पनि जोडजोडले रून थाल्नुभयो । पिताजीको लासलाई घाट लाने तयारी हुनथाल्यो । सँगसँगै आमालई सती जाने कुरामा प्रेरित गर्दै त्यसको लागि प्रक्रियाको थालनी गर्न थालियो । आमालाई सम्झाउने, सती जानुको महत्व बुझाउने, ज्ञानका कुराहरू बताउने अघि सरे ।
मैले परैबाट हेरेँ ।
आमाको अनुहार सदाको भन्दा अर्कै अनौठो र डरलाग्दो भएको थियो । उहाँको हेराइ नै अनौठो र अपरिचित थियो । मलाई रोइरहेको देखेर पनि उहाँले कुनै प्रतिक्रिया व्यक्त गर्नुभएन ।
आइमाईहरू गाँठो परेर रून थालेका थिए । भाउज्यूहरू पनि केही बोल्न सकेका थिएनन् । पुरूषहरू धमाधम नियम पु¥याइ कार्यसक्न व्यस्त देखिन्थे । दिन ढल्दै गएको हुँदा चाँडै तात्तातै घाट पुर्याउनुपर्छ, लासलाई रातभरि राख्नु हुँदैन भन्ने निर्णय निस्किरहेको थियो ।
त्यहाँ उपस्थित पुरूषहरूको व्यवहार देखेर म छक्क परेको थिएँ । दाजुहरू, काकाहरू, छिमेकीहरू बाहुनहरू कसैमा पनि त्यो मृत्यु शोकले छुन सकेको थिएन । त्यो घटनामा आज एउटा कालगतिले मरेको वृद्ध पुरूषसँग एक नवयुवतीको शरीर पनि बल्नु थियो, तर तिनीहरूलाई छोएको थिएन । संवेदना, सहानुभूति, मानवता केही पनि अंकुरित हुन नसकेको त्यस युगको यो चित्रण गरिरहेको अहिलेको यो क्षणमा पनि म आफू भने झँक्रित भइरहेको छु ।
मलाई बेलाबेला विचेत हुन्छु जस्तो लाग्थ्यो । एकपल्टमात्र आमाको काखमा बस्न पाए हुन्थ्यो भएको थियो तर सतीले संसारिक मोहमायाबाट आफूलाई पूर्णमुक्त गरी स्वर्गीय पतिको मात्र स्मरण गर्नुपर्ने र मृत्युपछि आफू पनि स्वर्गमा पतिकै साथ पुगिने हुनाले अब यस संसारको मायाजालबाट मुक्त हुन पुरेतहरू प्रेरित गरिरहेका थिए । आमा भने एकोहोरो टोलाएजस्तो आँखा नझिम्क्याएजस्तो, सासै नफेरेजस्तो, हलचल नगरी बसिरहनु भएको थियो ।
नारीहरू रोई–रोई मेरो कपालमा हात मुसारिरहेका थिए । आमाको रूप, उमेर र मेरो बारेमा चिन्ता व्यक्त गरिरहेका थिए । उनीहरू आ–आफ्ना पतिका अनुहारमा आफ्नो आयु खोजिरहेका थिए । उनीहरूको रोदनमा, पीडामा र शोकमा आ–आफ्ना जीउँदो मृत्युको सम्भावना बगिरहेको थियो । त्यहाँ उपस्थित प्रत्येक नारी आफ्ना प्राणलाई पतिको ढुकढुकीमा गनिरहेका थिए ।
कसैले सती जानुनपर्ने प्रस्ताव ल्याएनन् । सती जान्न भनी आमाले पनि कुनै विरोध गर्नुभएन । मैले काकीको काखमा मडारिँदै बुबाले आमालाई भन्नु भएको कुरा भनें । काकीले मेरो मुख थुन्दै “भो अब चुप लाग बाबु ! यहाँ तिम्रो कुरो कसैले सुन्दैन । देख्दैनौ ? यहाँ जेठाजुको लाशलाई भन्दा पनि सतीलाई हेर्न मानिसहरूको भीड लागेको छ, भोलि आपूmले पनि सती जानुपर्ने दृश्य हेर्न अभागी नारीको पनि भीड छ ।”
काकी मलाई काखमा लिएर त्यसै बर्बराउन थाल्नुभयो । उहाँको आँखाबाट झरेका आँसुले मेरो कपाल भिज्यो । काकी बोल्दाबोल्दै तिखो बोल्न थाल्नुभएछ । काकाले छेउमा आएर चुपलाग् भन्ने इशारा गर्नुभयो । तर काकी झन् साह्रो–साह्रो बोल्न थाल्नुभयो– “किन चुप लाग्नु ? यस्तो अन्याय पनि कहीँ धर्म हुन्छ ? देखादेखी आफूभन्दा चालीस वर्ष कान्छी केटी उसबेला बिहे गरेर आज यस्तो कलिलो उमेरमा सती पठाउनुहुन्छ ? यस्तो सानो छोरो छ, त्यस्तो खाउँखाउँ, लाउँलाउँ भन्ने उमेर छ ।”
“के गर्छेस् त ? चलेको चलन, धर्म । हाम्रा आमा–हजुरआमाले पनि भोगी ल्याएको कुरा ।” काकाले भन्नुभयो ।
“स्वास्नी मर्दा लोग्नेमान्छे नाच्दै खुशी हुँदै छानीछानी कलिला केटी बिहे गरेर मोज गर्ने, लोग्ने मर्दा भने स्वास्नीले जिउँदै तिनका चितामा जल्नुपर्ने यस्तो पनि कहीँ धर्म हुन्छ ?” काकीलाई अरू आइमाईहरूले हातमा समातेर तान्दै घर पछाडी लगे । काकी निकैबेरसम्म साह्रो–साह्रो बोलिरहनुभएको थियो ।
आमालाई कताकता पूजा जस्तो गर्न लगाए । शरीरमा भएभरका गहना झिकेर लगाइदिए । बेहुली जस्तै सिंगारेर नयाँ लुगा लगाइदिए । बाजा बज्न थाले । एकोहोरो शंख पनि बज्न थाल्यो । आमालाई अघि लगाइ लासलाई घाटतिर लिएर हिंडे ।
म रूँदा–रूँदा रून नसक्ने भएको थिएँ । रून छोडेर टुलुटुलु हेर्न थालें । दिन क्रमशः अँध्यारो हुँदै गयो । काकीले रोक्दारोक्दै पनि म ओह्रालो कुदें । कसैले भन्दै थियो– “छोड्देउ, छोड्देउ आफ्ना आमाबावुको अन्तिम संस्कार हेरोस् ।”
बीच बाटोमा एउटा देवीथान थियो । छेउमै चौतारी पनि थियो । त्यहाँ पुर्याएर लासलाई बिसाए । बाजा बजिरहेको थियो, शंख बजिरहेको थियो । देवीथानवरिपरि आमालाई एकफन्को घुमाएर शरीरका गरगहनाहरू फुकाए । कपालभरि थुप्रै तोरीको तेल खन्याए । नुहाएको कपालबाट पानी बगेझैं आमाको कपालबाट तेल बग्न थाल्यो । शरीरका सबै लुगाहरू खोलेर नाङ्गी बनाए । ठूला मान्छेहरू त्यसरी नाङ्गो बनेको मैले पहिलोपल्ट देखें । तर त्यहाँ आमाको नाङ्गोपनामा कुनै लाज, अश्लिलता, आदि केही थिएन । लुगा लगाएकै मानिसले झैं उहाँको इज्जत र सम्मान थियो । एकोहोरो शंख बज्न थाल्यो । लासको अघि–अघि आमालाई हिडाउँदै भीड ओह्रालो लाग्यो तमोर नदीतिर । घाटमा पुग्दा घाम पहेंलो हुनलागेको थियो । हतार–हतार मानिसहरूले चिता तयार गरे । यता बाहुनले
सतीविधिको थालनी गर्दै थिए । आमालाई पूजाकार्यमा व्यस्त गराउँदै थिए । विधि पूरा भएपछि चिताको एक कुनोमा आमालाई पलेंटी कस्न लगाइ आँखा चिम्लिएर जम्लाहात गर्न अह्राए । आमाको काखमा पिताजीको टाउको राखिदिए ।
कति मलामीहरू चितामा आगो लगाएको अन्तिम दृश्य हेर्न नपरोस् भनी परपर तर्किसकेका थिए । घाम टुप्लुक्क अस्तायो । पहाडले छेलेर अलिअलि उज्यालो पनि अँध्यारो बन्यो । ठूल्दाजुले चिता सल्काउनुभयो ।
चितामा धुवाँ चारैतिर फैलियो । अँध्यारोमा धुवाँको थप अध्याँरोले घाट झन् कालो भरियो ।
म एउटा रूखको फेदमा छेलिएर ती सबै दृश्यहरू हेरिरहेको थिएँ ।
चितामा आगो लगाइसकेपछि केही लोग्नेमान्छेहरू पनि रोएको, सुक्सुकाएको जस्तो देखें । केही समयपछि आगोले आमाबावु दुबैलाई खरानी बनाइसकेको थियो । अब म मेरो जीवनमा महाअनाथ बाँकी थिएँ ।
बिहान माया गर्दै भात खुवाएर मलाई जङ्गल पठाएकी मेरी आमा अहिले बेलुका जीवित नै मेरै अघि चितामा जलेर खरानी भइसकेकी थिइन् ।
रातभरि म निदाउँन सकिनँ ।
काकीले अँगालोमा चेपेर मलाई निदाउने प्रयास गर्नुभयो तर उहाँको छातीको कम्पनले नै मलाई निदाउन दिएन । छिन्–छिन्मा लामो सास फेर्दै, नाकको सिंगान पुछ्दै, घुँक्–घुँक् गरिरहनुभयो । मेरो कपालमा हात राखेर घाँटीमा गाँठो परेको आवाज निकाल्दै भन्नुभयो– “के गर्छस् नानी ! हामी आइमाईको जीवनको केही अर्थ छैन । हामीलाई गाईवस्तु, भेडाबाख्रा जत्तिको सम्पत्ति पनि मान्दैनन् । काम गर्न नसक्ने, बूढो गोरू, थारो गाईलाई पनि नमारेर बरू बेचिदिन्छन् तर हामी आमाहरूलाई हाम्रो इच्छाविरूद्ध मर्न विवश गर्दछन् । जीउँदै जलाउँछन् । आपूmलाई माया गर्ने र आफ्नो सुरक्षा दिने लोग्ने मरिसकेपछि बाँचेका अरू मान्छेहरू सबै शत्रु रहेछन्, प्राणकै शत्रु ।”
काकाले सम्झाउन खोज्दा काकीले भन्नुभयो– “हामी आइमाईहरू खाली लोग्नेमान्छेको लागि मात्रै हुनुपर्ने ? लोग्नेले छोड्दा छोडिने, परचक्रीले जबरजस्ती हाम्रो इन्छाविरूद्ध घिसारेर लग्यो, हात समात्यो भने अर्काले छोएकी भएर आफ्ना लोग्नेबाट त्यागिनु पर्ने । हामीले सारा इच्छा आकाँक्ष, शरीर, श्रम सबै लोग्नेको लागि अर्पण गरेर पनि हामी उनीहरूको प्रेमका पूर्णअधिकारी हुन नपाउने । लोग्नेले जतिवटै आइमाई पनि छानीछानी स्वास्नी पार्न पाउने, आइमाईले बलिया लोग्नेमान्छेले चिताएपछि त्यसकी हुनुपर्ने, स्वास्नी मर्दा लोग्ने फुक्का हुने, लोग्ने मर्दा हामी उनीहरूको मुढोसँग जीउँदै जल्नुपर्ने । यो कस्तो थिति ?
तपाईं लोग्नेमान्छेले बनाएको कानूनमा आफ्नै आमा, स्वास्नी र छोरीको पनि सुरक्षा छैन ? आमा, स्वास्नी र छोरीहरूलाई जीउँदै जलाएर तिनीहरूको शोक मनाउने कस्तो विधान यो ? के यसलाई फेर्न सकिन्न ? आज त्यस्ती मेरी छोरीको उमेरकी जेठानीलाई तपाईंहरूले जीउँदै जलाएर आउनुभएको छ, तपाईंले आफ्नो जीउको ख्याल गर्नुभएन भने मैले जति नै जतन गरिराखेको मेरो जीउलाई जीउँदै जलाउनुपर्दैन यो नियममा ?
हामी आमाहरूले दश महिना गर्भमा बोकेर, दशधारा दुध चुसाएर, ठूलो बलियो बनाएका तपाईं छोराहरू कति सजिलै हामीलाई जलाउन सक्नुहुन्छ हँ ? के यो संसार लोग्नेमान्छेहरूकै लागि मात्रै हो । लोग्नेमान्छेको सुखको लागि मात्रै ?”
मलाई टाउकोमा हात राखेर भन्नुभयो– “छोरा ! आज तँलाई त्यत्रो माया गर्ने आमालाई यिनीहरूले जीउँदै पोलेर आए । भोलि तेरा काका मरेका दिन मलाई पनि त्यसै गरी पोल्नेछन् । त्यो दिन मलाई पोल्ने चितामा तँ पनि दाउरा मिलाउने छस्। तँ पनि भोलिको त्यस्तै निष्ठूर लोग्नेमान्छेको सानो रूप होस् आज । तर म आज तँलाई माया गर्छु, हुर्काउँछु । भोलि मलाई जिउँदै जलाउने यी हातहरूमा आज म दूधभात मुछेर राखिदिनेछु बाबु !
तर तिमी लोग्नेमान्छेहरूले सक्छौ भने–तोड यसलाई । आमालाई जलाउने यो परम्परा तोड नानी ! तिम्रो युगमा आमाहरूलाई जलाउन छोडे हुन्थ्यो ।”
काका अगेनाको डिलमा बसेर आँसु पुछिरहनुभयो– केही बोल्नुभएन ।
दुई
तेह्र दिन काजक्रियामा बित्यो ।
अलिअलि गर्दै रून बिर्सदै गए सबैले । काकीहरू भाउजुहरू पनि विस्तारै शान्त हुँदै गए । तर मेरो मनमा भने आगो बलिरहेको थियो । राति सपनामा म सधैं आमालाई देख्थें र आमाले भन्नुहुन्थ्यो– “नानी ! काकीले भनेको कुराहरू मान्नु । काकीलाई नै तैंले आमा ठान्नु ।” र काकीले भनेका ती कुराहरू मेरा मनमा बल्झीबल्झी सम्झना भइरहन्थ्यो ।
काम सकिएपछि मलाई समस्याले एकैचोटि छोप्यो । आमाबावु दुबै नभएपछि दाजुहरूले घरका सबै सामान उठाएर लगे । मलाई पनि उनीहरूकैमा लिएर गए । कामभरि त काकीले मलाई आमाले झैं माया गर्नुभयो । तर सँधै म काकीसँग बस्न सक्दिनथें । दाजु–भाउजुहरूको व्यवहार त्यति राम्रो थिएन । आफूभन्दा ठूला–ठूला भतिजाहरू मलाई हेपिरहन्थे । पन्ध्रौं दिनदेखि म फेरि जङ्गलमा वस्तु लिएर जान थालें ।
वस्तुतिर मेरो ध्यान जानै छोड्यो । आँखामा जतिबेला पनि आमालाई जिउँदै चितामा बसाएर आगो लगाएको दृश्य झलझली आउँथ्यो । तर खोलाको बगरमा वरिपरिबाट दुईदिन, चारदिनमा लासहरू ल्याइरहन्थे । मलाई ती लासहरूसँग सतीको पीडा दुख्थ्यो ।
एकदिन जङ्गलमै साँझ प¥यो । वस्तुहरू अरूका बगालसँग मिसिएर घर पुगेछन्, म भने तिनलाई जङ्गलमा खोज्न थालें । खोज्दाखोज्दै पल्लो पाखातिर जानलाग्दा खोल्सोमा एकापट्टि भित्तामा पिलपिल आगो बलेको देखें । मनमा चिसो भएर डर पलाएर आयो । बिस्तारै अँध्यारोले छोप्दै लगेपछि मलाई बाघ–चितुवाको डर पनि लाग्न थाल्यो । जङ्गल पार गरेर गाउँ निस्कन झण्डै एक घण्टाको उकालो बाटो चढ्नुपथ्र्यो ।
त्यो ओडारमा बलेको आगोतिर मेरो ध्यान तानिँदै गयो । त्यता जाऊँ, हेरूँ जस्तो पनि तर अर्को मनले बनझाँक्री वा भूतप्रेत हुनसक्ने शंका लाग्यो । तैपनि बिस्तारै चाल मारेर निक्कै नजिकसम्म पुगेर एउटा पोथ्राले छेलिएर नियालेर हेरें । आगोको छेउमा एउटा नाङ्गो मान्छे बसेको थियो र त्यसले आगोमा केही पोल्न लागेको थियो । वनमान्छे रहेछ । सोचेर विस्तारै त्यहाँबाट फर्कें ।
निकै राति घर पुगें । वस्तु हराएको पीर थियो, डर पनि थियो । तर वस्तु बेलैमा थलोमा पुगेछन् । वस्तुमात्र थलोमा पुगेर र म नपुगेकाले दाजुहरू आँत्तिएर मलाई खोज्न हिंड्नलाई राँको तयार गर्न लागेका रहेछन्, म पुगेपछि सबै ढुक्क भए । मैले वस्तु हराएको र खोज्दाखोज्दै ढिलो भएको वृतान्त सुनाएँ ।
मलाई हिजो साँझमा देखेको दृश्यले कौतुहल उत्पन्न गराएको थियो । भोलिपल्ट मैले वस्तुलाई त्यही पाखातिर लगें । वस्तुलाई चरनमा छोडेर बिस्तारै खोल्सातिर लागें । चाल मारेर म त्यस ओडारतिर गएँ । ओडारको नजिकै पुगेर भित्रतिर नियालें । ओडार धेरै ठूलो थिएन । एउटा ठूलो ढुङ्गोले एकापट्टि छाताको काम गरेको रहेछ । भित्तामा एउटा मान्छे जत्रै लामो कालो केही लडेको देखें। अलिक नजिक गएर हेरें मान्छे हो झैं लाग्यो । तर त्यो निर्वस्त्र थियो । अझ नजिक गएँ । मनमा अनौठो डर भरिएको थियो, शरीर लगभग काम्दै पनि थियो ।
होशियार गर्दागर्दै पनि टेकेको एउटा ढुङ्गो लड्यो । सुनसानमा एकाएक आवाज आएकोले म पनि तर्सें । सुतेको त्यो प्राणी पनि जुरूक्कै उठ्यो । देख्नासाथ म आँत्तिएर चिच्याएँ । म चिच्याएको देखेर त्यो पनि आँत्तियो । भाग्न खोजें, लट्पटिएर हिंड्न सकिनँ । असहाय भएर त्यही प्राणीलाई हेरिरहें र त्यसलाई ट्वाल्ल परेर हेरेको हेर्यै भएँ । त्यो प्राणी पनि नजिकमा आएर मलाई नै हेरिरहेको थियो । मलाई सपना जस्तो लाग्यो एकक्षण । ऐठन जस्तो पनि भयो ।
तर बिस्तारै होस् आएपछि पनि त्यो प्राणी मेरो अगाडि त्यसै गरी टोलाएर बसिरहेको थियो । त्यसलाई हेर्दाहेर्दै मेरा आँखाबाट तुरूरू आँशु बग्न थाल्यो, घाँटी अवरूद्ध भयो । बोली आएन ।
म देखिरहेको थिएँ –मेरी आमा मेरो अगाडि निर्वस्त्र अवस्थामा थिइन् । सती बनाएर हिंडाएकै दिनको अवस्थामा मैले आमालाई आफ्नो अगाडि देखें । तर त्यो सपना थिएन र उनी भूत पनि थिइनन् । एकशब्द नबोली मलाई टोलाएर हेरिरहेकी देखेपछि एकाएक मैले उनलाई अँगालो हालें । झक्झकाएँ हल्लाएँ । विस्तारै उनमा होस् फर्केजस्तो हुँदै गयो ।
निकैबेरपछि आमाले मलाई अँगालो हाल्नुभयो र रून थाल्नुभयो । उहाँको रूवाइले जङ्गल थर्केजस्तो लाग्यो । गालामा निधारमा जतासुकै चुम्मा गर्दै आमाले मलाई छातीमा टाँसेकोटाँसेकै गर्नुभयो । कति समय बित्यो थाहा भएन । रूँदारूँदै दुबैजना थाकिसकेका थियौं ।
अचम्भित हुँदै सोधें– “तपाईलाई त जिउँदै चितामा जलाएका थिए, कसरी बाँच्नुभएको ?”
आमाले भन्नुभयो– “आगोले, धुवाँले पोल्न थालेपछि, आँत्तिएर पानीमा फाल हानें । पानीले अलिक तलसम्म बगाएर लग्यो । पौडिएर किनारमा निस्कें । अँध्यारो भइसकेको थियो, माथि बगरमा मलामीहरूले चितालाई घोचिरहेका थिए । खोलाको चिसो पानीले शरीर अररो हुनलागेको थियो ।
झन्–झन् अँध्यारो बढ्दै आयो । पर बगरमा मलामीहरू देखुन्ज्यालसम्म त तिनीहरूले नदेखी भागेर बाँच्न पाएको खुशी पनि र तिनीहरूको सादर दुबै थियो । जब चिताको आगो झ्यापझुप निभाएर फर्के– म यो अँध्यारो बगर, जंगलका बीचमा एक्ली छोडिएँ । उनीहरूले त मलाई पोलेर मारेर गएका थिए तर म यता बाँचिरहेकी थिएँ । अनि रातभरि एउटा रूखमा चढेर बसेंं । बिहान उत्रेर सुरक्षित
ठाउँको खोजी गर्दै यही ओडारमा आइपुगें ।”
आमाले आफ्ना दुःखका कथाको विस्तार लगाउनु भयो ।
मेरी आमालाई सग्लै र जीउँदै पाएपछि खुशीको सीमा रहेन । तर आमालाई निर्वस्त्र र एक्ली यस्तो घनघोर जंगलमा एक्लै छोड्नुपर्दा म फेरि साह्रै व्यथित भएँ । आमाले मलाई यो कुरा कसैलाई भन्दा पनि नभन्नू र अबदेखि यहाँ नआउनू म जतिन्ज्याल बाँच्छु, बाँच्छु कुनै दिन त बाघ, चितुवाले खाई नै हाल्ला । तर नानी ! जीवनमा कहिल्यै नआँत्तिनु, हार नखानु, जुधेर बाँच्नु भनेर सम्झाउनु भयो ।
तर मैले उहाँको कुरा मानिनँ । मैले आमालाई सम्झाएर भरे नै घरबाट लुगा, कपडा र खानेकुरा लिएर आउँछु तर यो कुरा कसैलाई नभन्ने वचन दिएँ । हामी यस ठाउँबाट टाढा कतै भागेर जानुपर्छ, यो ठाउँ छोड्नुपर्छ भनी आमालाई सम्झाएँ ।
त्यो साँझ मैले बेलैमा वस्तु गोठमा पुर्यार्एँ । वस्तु बाँधेर घाँससाँस हालेपछि म काकाको घरतिर लागें । आज उतै बस्छु भनी बताएर म हिडें ।
साँझमा आएको देखेर काकीले सोध्नुभयो ।
काकीलाई देख्नेबित्तिकै मेरा आँखाभरि आँसु भरिएर आयो । काकीले टाउकोमा हात राखेर “आमाको न्यास्रो लाग्यो क्यार, आइज बस् ।” भनेर भित्रै लैजानुभयो । काकीबाहेक सबैले खाना खाइसकेका रहेछन् । मैले र काकीले खाना बाँडेर खायौं ।
खाना खाइसकेपछि आँखाको आँसु पुछ्दै भने– “काकी आज मलाई तपाईसँग सुताउनु ल !”
काकीले मायालाग्दो पाराले हेर्नुभयो र देब्रे हातले आँखा पुछ्दै भन्नुभयो– “हुन्छ तँ मसँगै सुत्नु ।”
दिनभरि कामले थाकेकाले होला सुतेको एकक्षणपछिदेखि नै प्रायः सबैजना निदाएर घुर्न थालिसकेका थिए । काकी पनि निदाइसक्नुभएको थियो । मेरा आँखा भने अँध्यारोमा टुलुटुलु हेरिरहेका थिए । काकीलाई कसरी भनौं, के गरी भनौं भन्ने कुराले म साह्रै नै छट्पटाइरहें । काकीले त्यस कुरालाई कसरी लिनुहुने हो भन्ने पनि मनमा पीर थियो ।
आँट गरेर काकीलाई बिस्तारै ब्यूँझाएँ । बिस्तारै काकीको कानमा साउती गरेर सबै कुरा भनें । मेरो कुरा सुनिसकेपछि काकी जुरूक्क उठेर बस्नुभयो । बत्ती बाल्नुभयो । एकलोटा चिसो पानी पिउनु भयो । उहाँलाई खल्खल् पसिना आएको थियो, लामो–लामो सास फेरिरहनुभएको थियो ।
मैले भनें– “काकी ! मलाई तपाईका पुराना लुगाहरू दिनु, भोलि म आमालाई पु¥याइदिन्छु ।”
काकीले भन्नुभयो– “भोलि तँसँग म पनि जान्छु बाबु ! मलाई पनि लिएर जा ।”
मनमा खुशी यति लाग्यो कि मुटु नै घाँटीसम्म सोहोरिएर आएजस्तो भयो ।
“तर काकी यो कुरा कसैलाई पनि नभन्नु भनेको छ आमाले ।”
“यस्तो कुरा पनि अरूलाई भन्नुहुन्छ त लाटा । अरूले थाहा पाए, भेटे भने फेरि मारी दिने छन् । भन्नु हुँदैन ।”
बिहानै उठेर म दाजुहरूको घरतिर लागें । खाना खाएर सदाझैं वस्तु लिएर जङ्गलतिर लागें । तल पँधेरोमा काकी पर्खिरहनुभएको थियो । उहाँले एउटा पोको दिँदै भन्नुभयो– “मैले त्यो ठाउँ देखेकी छु, भरेतिर घाँस काट्न म त्यसैतिर आँउछु । आमालाई म आउन्ज्याल पर्खेर बस्नु भन्नु ।”
मैले टाउको हल्लाएँ ।
आमा रूखका स्याउलाहरूले छोपिएर बसिरहनुभएको थियो ।
अघिल्लो दिन निर्वस्त्र र विक्षिप्त अवस्थामा भेटिनुभएकी आमा भोलिपल्ट उज्यालो अनुहार भएकी, लजालु जस्ती तर गम्भीर शोकले थिचिएकी भएर बसिरहनुभएको थियो ।
वस्तुलाई जतासुकै जाउन् जस्तो गरी जङ्गलमा छोडेर मानिसहरूबाट छेलिंदै म हतार–हतार त्यहाँ पुगेको थिएँ ।
आमाले मलाई यसरी हेर्नुभयो, मानौं उहाँले मलाई पहिलोपल्ट देखिरहनु भएको हो । यस हालतमा पनि जीवनसँग टाँसिएको उहाँको प्राणले शायद मलाई दह्रो आधार पायो ।
हतार–हतार पोको फुकाएर आमाको अघि राखिदिएँ । पोकोभित्र लगाउने गुन्यु, चोलो, पटुका, ओढ्ने मजेत्रो आदि लुगाफाटो र एउटा बटुकोमा बाहिर कपडाले नै बाँधेर खीर पठाएको रहेछ । ती सबै कुरा देखेर आमाको अनुहार केटाकेटीको जस्तै झट्ट खुशी भयो र चाँडै ठूलो मान्छेको जस्तो भावुक बन्यो । धेरैबेरसम्म नपुछिकन आँखाबाट आँशु बगिरहन दिनुभयो ।
आमाको अवस्था हेर्न सक्ने खालको थिएन । म अर्कोपछि फर्किएँ र तल तमोर नदीको पानीमा उठेका ठूला–ठूला भुल्कोहरू हेरिरहन थालें । पानीको त्यस बहावसँगै बगेर टाढा धेरै टाढा यस ठाउँका कोही पनि आफन्तले नदेख्ने र नचिन्ने ठाउँमा पुग्न पाए हुन्थ्यो लाग्यो ।
आमाले पहिला लुगा लगाउनुभयो । राम्ररी उनै आमा देखें आँखाले । कत्ति दिनदेखिको भोक थियो होला भुँडीमा । पहिला एउटा पातमा अलग्गै खीर मलाई भाग लगाइदिएर खपाखपी खानुभयो । हेरिरहें उहाँले खाएको । कहिल्यै जीवनमा अन्न खान नपाएझैं खानुभयो । कठैबरी मेरी आमा ।
काकीले नै त्यो सब पठाएको भनेपछि आमा झन् अचम्भित हुनुभयो । पिताजीको स्वर्गवास हुनुभन्दाअघि आमा र काकीको त्यति मेल थिएन । कहिलेकाँही ठाकठुक परिरहन्थ्यो । आमा भन्नुहुन्थ्यो– “आपूmभन्दा जेठी–जेठी देउरानीहरूसँग खटेर खान नसक्ने भएँ । बरू यस ठाउँबाट टाढा बसाइँ जान पाए पनि हुन्थ्यो ।”
बुबा भन्नुहुन्थ्यो– “आफन्तलाई छोडेर यो बूढेसकालमा तँ जस्ती कलिली स्वास्नी र बालक छोरोलाई लिएर कहाँ जानु ? यहाँ त हुर्केका छोराहरू छन्, आफ्नो पैतृक थलो हो ।”
तर आज त्यही देउरानीको त्यो उपकार देखेर होला आमा टोलाउनुभयो ।
मैले उसैदिनदेखि काकीले मलाई गरेको मायाको कुरा सुनाएँ ।
मैले भनें– “आमा ! अब हामी यस ठाउँबाट टाढा भाग्नुपर्छ । परदेश लाग्नुपर्छ । हामीलाई नचिन्ने मान्छेहरू भएका ठाउँमा जानुपर्छ । म अर्काको नोकर बसेर पनि तपाईंलाई पाल्नसक्छु । बस्तु हेर्ने,
घाँस काट्ने, जे काम पनि म गर्न सक्छु तर आमा ! तपाईंलाई यस जंगलमा वनमान्छे जस्तो अब म एकरात पनि छोड्न सक्दिनँ ।
केही बोल्नुभएन ।
पर्खेर बसिरहेका थियौं काकीलाई ।
पारिपट्टिबाट एकोहोरो शंख बजेको, बाजा बजेको सुनियो । मन चिसो भएर आयो । नियालेर हे¥यौं । एउटा वरपिपलको चौतारीमा एकफेरो लगाएर लास बोकी मलामीहरू खोलातिर झरिरहेका थिए ।
निकै तल आइसकेपछि देख्यौं– लासको अघिअघि एउटी सती पनि हिंडिरहेकी थिइन् । त्यो देखेपछि आमा र म दुबै थरथरी काम्न थाल्यौं । मैले आमालाई अँगालो हालें । आमाले मलाई जोडसँगले अठ्याउनु भयो । टाढै थिए– खोलापारी । तिनीहरूको कुरा सुन्न सकिन्न थियो तर भर्खरै हामीले भोगिसकेको त्यो प्रक्रियाको एक–एक अर्थ स्पष्ट थियो ।
आमाले भन्नुभयो– “नानी ! ती सती आज भाग्न सक्दिनन्– दिउँसो छ ।”
हेर्दाहेर्दै मलामी बगरमा पुगे । बाटैदेखि ठुटामुडाहरू काँधमा हाल्दै झरेका उनीहरूले एकैछिनमा चिता तयार गरे । बाहुन सती विधिमा लागिसकेका थिए । दिन ढल्दै जाँदै थियो । नियमानुसार नै सतीलाई पहिले चितामा एकछेउमा चढाएर पलेंटी कसेर बस्न लगाइयो । त्यसपछि लासको टाउको उनको काखमा राखेर सुताइयो ।
छोरा चाहिँले होला, बाबुको मुखमा दागबत्ती दिएर आगो झोस्यो र अलिक पर पुगेर बगरमा पुर्लुक्क ढल्यो, केही मानिसहरूले उठाएर खोलाको पानीमा लगेर चोबले । मलामीहरू अलिक पर गाँठो परेर
बसेका थिए । एकैछिनमा उनीहरू ज¥याक–जुरूक्क उठेर बगरमा कुद्न थाले । किन तिनीहरू कुदे भनेर नियालेर हे¥यौं ।
पर….र…..र । बगरमा उँधै–उँधै एउटी निर्वस्त्र, कपाल फुकाएकी आइमाई कुदिरहेकी देखियो । अघि कतिबेला तिनी चिताबाट हामफालेर भागिछन् । बेहोस् भएको छोरालाई मलामीहरूले स्याहार गर्न लाग्दा सती चिताबाट निस्केर भागेको तिनीहरूले चाल पाएनछन् क्यार ।
होहल्ला गर्दै बलिया, दह्रा लोग्नेमान्छे बगरमा कुद्न थाले ।
एउटा मान्छेले परबाट एउटा ढुङ्गो हान्यो, त्यसले लागेन । त्यसपछि अर्कोले हान्यो–लागेन । निक्कै नजिक पुगिसकेकोले हान्यो–तिनको ढाडमा लाग्यो । ढुङ्गाको तोडले हुत्तिदै अलिक पर पुगेर घुँडा टेकिन् । उठ्नै नपाई अर्को ढुङ्गो उनको टाउकोमा लाग्यो । तैपनि उठेर बालुवामा कुद्न खोजिन्– सकिनन् । त्यसपछि अर्को ढुङ्गोले फेरि टाउकोमा लाग्यो । तिनी बगरमा ढलेर छटपटाउन थालिन् ।
तिनचारजना मानिसले बोकेर कुदाउँदै लिएर गए र बलिरहेको चितामा फालिदिए । चितामा पनि छट्पटाउँदै थिइन् ।
मलाई समातिरहेका आमाका हात लुला भए । यसो फर्केर हेरें– आमा बेहोस भइसक्नुभएको थियो ।
छेउमै आमाले नै खोस्र्रिएर बनाएको कुवाबाट एउटा पातमा पानी उघारेर ल्याएँ । मुखमा, हातखुट्टामा छर्किदिएँ । केही छिनपछि उहाँले पुलुक्क आँखा हेर्नुभयो ।
त्यसैबेला खोल्सापट्टि मानिस बोलेको आवाज सुनें । आवाज काकीको थियो– “पापी, दुष्टहरू ! उछित्तो परोस् तिनीहरूको । एउटी अबलालाई कुटीकुटी मारेर चितामा चढाउने ! तिनीहरूको हातमा किरा परोस्, कोड निस्कोस् । तिनीहरूका स्वास्नीहरू नहुन्, सन्तान नहुन् ।”
काकीको पछिपछि काका पनि हाम्रो छेउमै आइपुग्नु भएको थियो । काकालाई समेत देखेपछि मेरो जीउ डरले अररो भयो । आमाको अनुहार हरियो भयो । बित्थामा काकीलाई भनेछु भन्ने पश्चाताप लाग्यो । ओठमुख स्याप्पै सुक्यो । एकोहोरो भएँछु । काकीले भन्नुभयो– “नडरा बाबु ! काकाले केही गर्नुहुन्न । तिमीहरूको उद्धार गर्नुहुन्छ ।”
काकाको आँखाभरि आँसु थिए । उहाँ बोल्न सक्नुभएको थिएन ।
“यो नियम हामी दुईचार जनाको बसमा छैन । यसमा २÷४ जनाको व्यक्तिगत दोष मात्र छैन । यसलाई हटाउन सबै एकजुट हुनुपर्छ । स्वास्नीलाई माया गर्ने प्रत्येक लोग्नेमान्छेले आफ्नो मृत्युपछि स्वास्नीको विजोग नहोस् भन्ने सोच्नुपर्छ ।” काकी एक्लै बर्बराइरहनुभएको थियो ।
काका छेउमा आएर आमाको खुट्टा ढोक्नुभयो । केही बोल्नसक्नुभएन ।
आमाले भन्नुभयो– “कान्छी ! म अभागीको आशिष त के लाग्ला र ? तैपनि तिमीले ठूलो गुन लायौं । सुखसुविधा भएको बेला हामी बाझ्यौं, झगडा पनि ग¥यौं, तर तिमीभित्र यति राम्रो मन पनि रहेछ, तिम्रो कल्याण होस्, चिताएको पुगोस् । पतिभन्दा अगावै तिम्रो मृत्यु होस् । सती बनेर चितामा चढ्न नपरोस् । तिमीलाई जीवनमा दुःख भन्ने कहिल्यै नहोस् । छोराहरू ज्ञानी बनुन्, देउरानी भयौ तर तिमी मेरी आमा नै हौ, पूर्वजन्ममा आमा थियौ, अर्को जन्ममा म तिम्री आमा बन्न पाऊँ ।” यस्तै अनेक कुरा बर्बराइरहनुभयो आमा ।
काका केही बोल्नुभएन । काकीले पोल्टाबाट थैली झिकेर त्यहाँबाट केही पैसा आमाका हातमा राखिदिंदै भन्नुभयो– “यो पैसा जतनले राख्नु । जहाँ पुग्छौ, त्यहाँँ यसलाई फारूसँग खर्च गरेर जीविका चलाउनू । आपूmलाई दह्री पार्नु । रून्चे, हुतिहारा र डरछेरूवा बनाउनु हुँदैन । बाँच्ने संघर्षमा जस्तो सुकैसँग पनि जुध्न तयार हुनुपर्छ । हारे मरिन्छ, जीते बाचिन्छ । निरीह, कमजोर र लाचार हुनु भनेकै कमजोरी हो । हात्तीलाई माउतेले किन हेप्छ, त्यो नडराउने भए माउतेको केही लाग्छ ?
जङ्गलै–जङ्गलको बाटो भएर धरान निस्कनू । बर्षैपिच्छे नून लिन जाने गरेको बाटो देखेकै छ । धरानतिर प्रशस्त काम पाइन्छ भन्छन्– आमाछोराले त्यतै काम गरी खाए पनि हुन्छ । यताबाट नून लिन जानेले चिन्छन् जस्तो लागे उत्तैबाट वीरगन्जतिर वा भारत पसी आछामतिर गए पनि हुन्छ । जहाँ पुगेपनि यो छोरालाई हुर्काउने प्रयत्न गर्नू ।”
अन्त्यमा काकाले भन्नुभयो– “भाउज्यू ! परम्परालाई छोड्न हत्तपत्त कोही तयार हुँदैन रहेछ । आफ्ना परिवारकालाई सती बनाएकाहरूले अर्काको घरमा मरौ परे जबरजस्ती सती बनाउन खोज्दा रहेछन् । हामीलाई माफ दिनू । मलामीहरू सबैलाई क्षमा दिनू । यो कुरो हामी जोइपोइबाहेक अरू कसैलाई थाहा छैन, हामी यो कसैलाई भन्ने छैनौं ।”
आमाले काकीलाई अँगालो हाल्नुभयो । काकी र आमा धेरैबेरसम्म रोइरहे । आमाछोरी छुट्टिन आँटे झैं बिलौना गाए । काकाले मलाई पनि केही खुजुरा पैसा गोजीमा हालिदिनुभयो । मेरो टाउकोमा हात राखेर आर्शिवाद दिँदै केही नबोलेर आँखा पुछिरहेर काकाले हामीलाई बिदा गर्नुभयो ।
घाम एकजुवा जति बाँकी हुँदा काकाकाकीबाट बिदा भएर आमा र म जङ्गलै–जङ्गल संक्रान्तिबजारतिर लाग्यौं ।
माथि तामाङ गाउँमा पुग्दा ठूलोसाँझ परिसकेको थियो । फर्केर हे¥यौं ,
तल दुई पहाडको फेदीमा तमोर नदी सधैं जस्तै नै ठूलो स्वरले सुसाउँदै आफ्नो पूरा गति लिएर बगिरहेको थियो । एकक्षण पनि नरोकिएर नदी कहीै पुग्ने हतारले आत्तिँदै दक्षिण ताकेर बगिरहेको थियो ।
मलाई सञ्च भयो । आमाको अनुहारमा पनि नयाँ कान्ति पैmलिएको थियो जीवनको ।
तीन
अन्तिमको एकप्याराग्राफ जति अक्षर दुलो परेकाले पढ्न सकिनँ ।
तर मेरो आँखाबाट अघि कतिबेलादेखि आँशु बग्न खोजिरहेको रहेछ । टेलिभिजनको धाराबाहिक सकिन–सकिन लागेको रहेछ । छोरो दिपलेशले हाँस्दै मेरो आँखातिर औंलो देखाएर भन्यो– “ऊ बुबा रूनु भो, रूनु भो, कुरी कुरी ।”
टि.भी. हेरिरहेको बेला कुनै दृश्यमा भुराहरूले आँखाभरि आँशु पारेको देखाउँदै म जिस्क्याउने गर्थें । आज उसले मलाई त्यसको बदला लिन खोज्दै थियो ।
साँच्चै नै मेरा आँखाबाट पुर्लुक्क–पुर्लुक्क दुई थोपा आँशु झरे । आमा, सीताजी लगायत सबै हाँसे । एकछिनपछि आमाले भन्नुभयो– “तिमेरूको बावु केही काम लाग्दैन । साना साना कुरा पनि सहन सक्दैन । छोरो मान्छे भएर कहीं यस्तो पिलपिले हुन्छन् ? तर यो सानैदेखि यस्तै हो ।”
मैले आमाको अनुहार एकोहोरो हेरें । जति आमालाई हे¥यो त्यति आँशु झर्न थालेपछि म बाथरूमभित्र पसें । धाराबाहिक पनि सकिएछ । केटाकेटी धाराबाहिकको अन्तिम घटना भन्न खोज्दै थिए । मैले त्यति चासो राखिनँ । आजको मेरो रूवाई देखेर सीताजी छक्क परिछन् । धेरैबेरसम्म कर गरेर सोधिरहिन् । तर मैले केही भन्न सकिनँ । एकातिर कोल्टे फर्केर सुतें । निदाएजस्तो गरें । तर आधारातसम्म पनि म ब्यूँझै थिएँ र बीचबीचमा झकाउँदा तर्संदै ब्यूँझदै भएँ ।
बिहान उठ्दा पनि मेरो मन भारी थियो । दिन रमाइलो लागेन । ठूलै कुराले थिचिरहेजस्तो भयो । सदा बोलिरहने होहल्ला गरिरहने म, आफैंलाई पनि अचम्म लाग्ने गरी मौन भएँ । बिहान एकदुईपल्ट सीताजीले गुपचुप बारेमा जिज्ञासा राखिन्– केही भन्न सकिनँ ।
खाना खाएर अफिस हिंड्ने बेलामा सीताजीलाई भनें– “सीता ! भरे यो झोलाधनी आए भने म नआउन्ज्यल जान नदिनू । आज राति हाम्रैमा बस्नु भन्नू । झोला लुकाएर भए पनि रोकिराख्नु बुझ्यौ ।”
सीताजी केही बोलिनन् । म सरासरी अफिसतिर लागें ।
बेलुका अफिसबाट फर्किंदा मन निकै हलुङ्गो भएको थियो । मलाई आँगनमा देख्नासाथ हाँसे–हाँसे जस्तो, कस्तो–कस्तो उदासी अनुहार बनाएर सीताजीले भनिन्– “तपाईं हिजो राति रोएको कुरा हामीले थाहा पायौं ।”
म उनीसँग नबोली सरासर बैठक कोठाभित्र पसें । पछिपछि आमा र सीताजी पनि पसें ।
मैले चुपचाप झोलाबाट फ्रेम गरिएको फोटो निकालेर पृथ्वीनारायण, त्रिभुवन, महेन्द्र र विश्वेश्वरप्रसाद कोइरालाका बीचमा टाँसिदिएँ । आमा र सीताजीले निकै बेरसम्म फोटो हेरेपछि आमाले सोध्नुभयो– “नानी यो फोटो कसको हो ? किन ती ठूला मान्छेको माझमा टाँसेको ?”
मैले आमाको अनुहार एकपल्ट फेरि नियालेर हेरें । त्यस फोटोलाई पनि हेरें र भनें– “यिनको नाम चन्द्रशमशेर हो । यिनले नै दिएको आयु बाँचिरहनु भएको छ तपाईं, २०३३ साल कार्तिक २ गतेदेखि आजसम्म । सतीप्रथाको उन्मुलन गर्ने महान् मान्छे यिनै हुन आमा ।”
आफैलाई लाग्यो– फेरि आँखा रसाउन खोज्दैछन् ।
म उठेर बाहिर निस्कें । सासूबुहारी एकअर्काको अनुहार हेर्दै र भित्ताको तस्वीर हेर्दै गरिरहेका थिए ।





