०६२-०६३ सालको जनआन्दोलनपछि २०६४ सालमा गरिएको संविधानसभाको पहिलो निर्वाचनपछि बनेको संविधानसभाले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको औपचारिक घोषणा गरेको थियो ।२०६५ साल जेष्ठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेको थियो ।गणतन्त्रको अभ्यूदयसँगै हिमाल,पहाड र तराईका फाँटहरुमा विकासको समानुपातिक वितरणको आभास दिलाँउने गरि लोकतान्त्रिक, गणतान्त्रिक सभ्यताको अजेय किल्ला निर्माण गरेको पनि लगभग १० बर्ष लाग्यो । देशलाई गणतन्त्र घोषणा गरेको लगभग दश बर्ष पूरा भएपनि सहिदहरुको बलिदानी र परिवर्तन संस्थागत गर्न आवश्यक नयाँ संविधान कार्यन्बयन गर्न भने दलहरु चुकिरहेका थिए । यो चुकाइले संसारका गरिब र दरिद्रतम् राष्ट्रमा देखिएका ति २० वटा गणतन्त्रवादी राष्ट्र कै पंतिमा नेपालको नाम पनि लेखाइ रहयो । अर्को तिर परिवर्तन प्रतिको निर्धारित उद्देश्य र उद्देश्य प्रतिको बैज्ञानिक पहिचानको कमीेले भ्रमको त्यान्द्राको अल्मलाईमा गन्तव्यहीन यात्रा गरिरहेका हाम्रा राजनीतिक दलहरु र नेताहरुलाई गणतन्त्र कागलाई वेल पाक्यो हर्ष न विस्मात बनेको थियो ।फलस्वरूप प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र लाइ सधै बेवास्ता गर्दै दिगो, सुदृढ र बलियो बनाउन नसकेको बेला स्थानीय निकायलाई लामो समय सम्म अलमलमा परेर बन्धक बनाए , निस्क्रिय बनाइ राखे ।
तर ढिलाई भए पनि गणतान्त्रिक नेपालको सँबिधान स्थानीय स्तर बाट कार्यन्बयन गरि नेपालको दिगो सँकल्प लक्ष्य लिने कुरामा अग्रसर भएको छ । गणतन्त्रलाई संस्थागत गर्दै गणतान्त्रिक संस्कारको विकास गरी सबै जात, धर्म, भाषा र लिङ्गका नेपालीहरूको सर्वोत्तम जीवनस्तर सुनिश्चित गर्न समर्पित एवं दृढ रहन एव महिला, दलित, पिछडिएका वर्ग, सिमान्तकृत वर्ग, लोपोन्मुख वर्ग सहित आम नागरिकको जीवन, आत्मसम्मान, स्वतन्त्रता, सुरक्षा र सम्बृद्धी सम्बन्धी अधिकारलाई स्थानीय स्तरको स्रोत साधनमा पहुच पुराउन , बढी जवाफदेही बनाउन र उतरदायी बनाइ व्यवहारमा स्थापित गर्न एक दशक पछि भए पनि गणतन्त्र नेपालको नया सविधान कार्यान्बयनको प्रक्रियामा छ ।विसं २०५४ मा बहुदलीय व्यवस्था अन्तर्गत स्थानीय निर्वाचन भएपछि पनि देशमा कायमै रहेको द्वन्द्व र राजनीतिक अस्थिरता, विसं २०६२/२०६३ को राजनीतिक परिवर्तनसंगै भएको राजनीतिक संक्रमण, लामो समयसम्म संविधान सभाबाट संविधान बन्न नसक्नु, तथा संविधान बनेपछि पनि कायम रहेको राजनीतिक अस्थिरता आदि कारणले नेपालका स्थानीय निकायको चुनाव हुनसकेको थिएन । त्यस यता जनताका सवै अधिकार, बिकास र योजनाहरु सिंहदरवारमा थुनिएका थिए । विकास गतिविधि ठप्प जस्तै थियो किनकि विकासका काम अघि बढाउन, नयाँ योजना माग गर्न र नेतृत्व दिनसक्ने कोहि थिएन । गाविस सचिवहरुले संगठित रुपमै पनि आफूहरुले स्थानीय निकायको सम्पूर्ण जिम्मा लिएर जनप्रतिनिधिको काम गर्न नसक्ने कुरा बताइरहेका थिए । कतिपय ठाउँमा त स्थानीय निकायको बजेट राजनीतिक भागवण्डामा दुरुपयोग गरिएको र कामै नगरि झर्रो टार्ने काम भएको थियो । यसबाट एकातिर राज्य बाट पाउनु पर्ने जनताले पाउने अत्यावश्यक सुविधा पाउन सकेका थिएनन् भने विकास त टाढाको कुरा थियो ।
यस पृष्ठभूमिलाई चिर्दै दुई दशकपछि भए पनि वैशाख ३१ गते आइतबार मुलुकका तीन वटा प्रदेशमा निर्वाचन भयो । पहिलो चरणको स्थानीय निर्वाचन र यसको परिणामले राज्य संरचनाको पुरानो आधार भत्काइ नयाँ ढाँचा निमार्ण गर्न नयाँ सोच, जाँगरका साथ समावेशी नेतृत्व ल्याएको छ र नयाँ नेपालको आधार निमार्ण बनाएको छ ।दोस्रो चरणमा आगामी जेठ ३१ मा बाँकी चार वटा प्रदेशमा निर्वाचन हुँदैछ । यधपी मधेश केन्द्रित केहि दलहरु देशको आवश्यकता भन्दा पनि आफ्नो पार्टीलाई र व्यक्तिगत रूपमा आफुलाई हुने नाफाघाटाको हिसाबमा दल तथा नेताहरू बढी केन्द्रित भएको देखिन्छन् । यही बहिखाताको सन्तुलनका लागि राजनीतिक अन्योलहरु खडा गरेर निर्वाचन हुन् नदिने र निर्वाचित नेतृत्व नहुँदा सीमित दलीय कार्यकर्ताहरूले सर्वदलीय सहमतिका नाममा ती निकायमा सिर्जना हुने र प्राप्त स्रोतसाधन तथा अवसरहरूको बाँडचुँड र भागबन्डा गर्ने प्रवृत्ति र संस्कृति जीवित राख्ने सोच जीवित राख्दै छन । तर दोस्रो चरणमा हुने निर्वाचनको घोषणासँगै यसखालका बेथितिहरुलाई निरुत्साहित गरी जनप्रतिनिधिको बहालीमार्फत स्थानीय तहको बिकास गर्न १, २, ५ र ७ नम्बर प्रदेशका सर्वसाधारणमा एक प्रकारको उत्साह उत्पन्न भएको छ । गणतन्त्रमा यसरि आफ्नो अभिमतबाट जनप्रतिनिधि छान्ने यो अवसर आवधिक रुपमा पाउनु लाइ आवश्यक मात्रै हैन अपरिहार्य छ भन्ने तथ्य आम सचेत नागरिकहरू बुझेका छन् ।स्थानीय तहबाट भएको विकास र समृद्धिको यात्राबाटै आर्थिक रूपान्तरणको दिगो उठान हुने भएकाले पनि निर्वाचनको महत्व छ भनेर बुझेका छन । अत राजनीतिक परिस्थितिका कारण जेठ ३१ मै दोस्रो चरणको निर्वाचन हुन नसकेपनि चाँडो भन्दा चाँडो निर्वाचन सम्पन्न सहमतिमा आएर होस् एव सवै समेटिउन र समेटियोस।
गणतन्त्रलाई संस्थागत गरे भने आफुहरूले राजनीति गर्ने विषय लगभग समाप्त हुने भयले धेरैले स्थानीय निकायको निर्वाचन हुन् नदिने र बहिस्कार गर्ने स्वार्थको सौदाबाजी गरिरहेका छन् । किनकि स्थानीय निकायको पहिलो र दोस्रो चुनाब मार्फत जनताको घरदैलोमा राज्यप्रदत्त सेवासुविधा पुर्याउने प्रयास हुनु नै गणतन्त्र सस्थागत हुनु हो । भलै गणतन्त्र सफल असफलका मापन गर्ने आधारहरु धेरै होलान तर नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचन हुनु, राज्य पुनसंरचनाको कार्यान्वयनपछिको पहिलो स्थानीय तहको निर्वाचन हुनु भनेको गणतन्त्र र लोकतन्त्रलाई बलियो बनाउने आधारभूत संरचना मुलुकमा बन्नु हो ।
भूकम्पको महाविनास, तनाव, आन्दोलन, बन्द र आपूर्ति व्यवस्थामा पैदा भएका महासंकटहरुलाई पार गर्दै पुनर्निर्माण र नव निर्माणमा जुटेका हाम्रो लागि स्थानीय स्तर बाट नै बिकास गर्ने र गणतन्त्रलाइ सस्थागत गर्ने सुवर्ण अवसर आएको छ । त्यसैले अब हामीले पाएको गणतन्त्रको अमुल्य वा महत्वपूर्ण पक्षलाई देश विकास र नेपाली जनताको हितको लागि लक्षित गरि खर्चिनु पर्दछ । हाम्रो लक्ष्य, हाम्रो सँकल्प, देशको हितको लागि, नागरिकको न्यायको लागि उभिनु पर्दछ । राज्यलाई नियन्त्रणकारी अंगको रुपमा मात्र विकास नगरि अव शिक्षा,स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति राज्यले दिने चरित्रको लोककल्याणकारी राज्य स्थापना गरिनु पर्दछ । अवको राज्य प्रणालीमा शिक्षा, स्वास्थ्य र रोजगारी प्रत्येक नागरिकको मौलिक अधिकार हुनु पर्दछ ।गणतन्त्र कुनै पनि राजनीतिक परिवर्तनको अन्तिम बिन्दु हो। यसको सही उपयोग र यसलाई संस्थागत गर्नुबाहेक हामीसँग अब कुनै विकल्प बाँकी छैन। गणतान्त्रिक र संघीय संविधान कार्यन्बयन सँगै देशको विकास सुरु हुन्छ भन्ने आशामा आमनागरिकले लामो समय पर्खिसकेका छन् ।अत यो पर्खाइ अब ब्यबहारिक रुपमा गणतन्त्रको यहि बर्षगाँठबाट अभ्यास शुरुहोस । गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना सवैमा !!!
दलित भनेको अवस्था हो । यही अवस्था सुधार गर्न राज्य यस पटक स्थानीय तहका वडाहरुमा एक दलित महिला सदस्य अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था गरदै छ । तर यो ब्यबस्था संशोधनको माग गरदै कांग्रेस नेतृ आरजु देउवा र एमाले नेता सुरेन्द्र पाण्डे खुलेर लाग्दा पनि यी दुई ठूला दल समर्थित उच्च स्तरीय दलित नेताहरू कानमा तेल हालेर , मुख बन्द गरेर बसेको छन । यो मौनताले अहिले सम्म गरीएको जति पनि दलित आन्दोलन छन ति सवै यही अवस्था सुधार गर्न होकि सधै दलित हूँन हो ? भन्ने प्रश्न तेर्शीएको छ ।
सवैधानिक रूपमा समुदायलाई राजनीतिक रूपमा नीति निर्माण तहमा समाबेश गर्ने कुरा कटौती गर्न केही नेता लागी पर्दा बोलने , प्रतिकार गर्ने कि नेता ज्यूँहरूको कानमा क़्रिणा हालदिनु पर्ने हो ? बेलैमा बोलौ नत्र आँचीं गरे पछि बाटो देखेर केही हूनेवाला छैन । #speakontime #speakforrigh
सधै क्रान्ति क्रान्ति जप्ने र निर्वाचनका बेला सधै आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिने वैद्य बा को पनि यस पटक बुद्दी बंगारा पलाएछ।त्यहि भएर सधै क्रान्ति बाट सवै थोक देख्ने बैध बा ले नयाँ जनवादी क्रान्तिको तयारी गर्न, गलत राजनीतिको विरोध गर्न, भ्रष्टाचारीलाई दण्डसजाय दिन र जनताको सेवा गर्नका लागि स्थानीय निर्वाचन पनि एउटा उपयुक्त माध्यम हुनसक्ने आफूहरुले देखेको बताउदै आफुले तालमेल गरि गठन गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारलाई विजयी बनाउन सबैसँग आग्रह गर्दै आज विज्ञप्ति निकालेछन । ढिलाई भए पनि प्रजातान्त्रिक बाटोमा हिड्ने निर्णय गरिएकोमा बैध बा र नेकपा (क्रान्तिकारी माओवादी)लाइ स्वागत छ ।
नेपाली समाजमा महिलाका लागि सबैभन्दा ठूलो समस्या र कठिनाइ भनेको नेपालमा राजनीतिक अस्थिरता विद्यमान रहेको अवस्था, अपराधलाई संरक्षण गर्ने राजनीतिक प्रवृत्ति , युगौंदेखि पितृसत्तात्मकवादी सोचमा समाजको वर्चस्व , लोकतन्त्रको प्राप्तिपछि समाजको धरातलीय चेतनामा आमूल परिवर्तन नआउनु, नेपालमा महिलाको नाममा सम्पत्ति राख्ने प्रचलन धेरै कम देखिनु, समान समाज निर्माणको चाहना महिलाले मात्र राख्नु, दाइँजो प्रथा कायम रहनुका साथै धार्मिक संस्कार, परम्परा, रीतिथितिले गर्दा पनि महिलाहरु घरेलु हिंसाको मारमा परेका देखिन्छन् । अर्को तिर सदियौँदेखि परम्परागत धर्म संस्कृतिले देवीको रूपमा पूजा गर्ने परम्परा रहेको नेपाली समाजले, पुरुष र महिलामाथि गर्ने गहिरो भेदभाव, महिलालाई हेर्ने फितलो दृष्टिकोण, त्यति मात्रै होइन महिलालाई कमजोर साबित गर्न बनाइएका पुराना भनाइहरु जस्तै– ‘छोरीको जन्म हारेको कर्म’ आदि कारणले पनि समाजमा महिलाहरु घरेलु हिंसाको मारमा छन् । त्यस्तै पुरातन सोच, गरिबी र अशिक्षाले पनि महिला हिंसा बढ्नुमा उत्तिकै सहयोग पुर्याएको छ । फलस्वरूप कतिपय युवती विदेशी मुलुकमा जे जस्तो काममा भए पनि गइरहेका छन् । घरेलु कामदार बनेर खाडी मुलुकहरूमा जाने महिलामा अधिकांश स्वेच्छाभन्दा बढी विभिन्न बाध्यताका सिकार बनेका छन् । केही महिला हिंसाका सिकार बनेर घर, समाज र देशबाट भागेका छन् भने कोही बहुविवाह, विभेद र एकल जीवनको सिकार बन्दै बाहिरिएका नेपाली महिलाहरु छन् । यथार्थ र स्थिति नबुझीकन खाडीमा घरेलु कामदार बनेर जाने लाखौको संख्या जति होला, त्यति नै बाध्यता र परिबन्दको सिकार बनेर अबैधानिक तरिकाले खाडीमा होमिनेहरू पनि छन् ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाहको नेतृत्वमा संसाद बिनोद श्रेष्ठ, प्रेमकिशोर शाह, राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, राधादेवि तिमिल्सीना, अशोककुमार शाह, ललितकुमारी रेग्मी र संसद सचिवालयका उपसचिव झलक शर्मा सापकोटाको टोली गत महिना बैदेशिक रोजगारमा नेपालीको समस्या समाधानको बाटो खोज्न खाडी देश भ्रमणमा आए । व्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले कतार, कुवेत, साउदी अरब र संयुक्त अरब इमिरेट्समा कार्यरत नेपाली कामदारको अवस्था अध्ययनपछि वैदेशिक रोजगारीका नाममा खाडीमा जाने नेपाली महिलाहरु घरेलु कामदारका रुपमा बेचिएका , बलात्कार, कुटपिट र यौन शोषणको शिकार हुँदै आएका र घर मालिकको यातना सहन नसकेर एजेन्टसमक्ष पुग्ने महिलालाई पुनः अर्को मालिकलाई बेच्ने गरिएको पाइएको तथ्य सार्वजनिक गर्दै वैदेशिक रोजगारीका नाममा नेपाली महिलाहरु घरेलु कामदारका रुपमा जान श्रम स्वीकृति र पुन स्वीकृति बन्द गर्ने निर्णय गर्यो। तर घरेलु कामदार मगाउने साहुले लागत खर्च बेहोर्ने भएपछि म्यानपावर एजेन्सीले बिभिन्न चयानल बाट ल्याउन अभिसप्त भएका लाइ यसरि श्रम स्वीकृति र पुन स्वीकृति रोकेर बैधानिक बाटो सम्म बन्द गरि मानव तस्करीविरुद्धको अभियान यत्तिकैमा सीमित राखिनु के ठीक होला त ? के नेपाली महिलाको बेरोजगारीको समश्याको नजर अन्दाज नगरी दुख पाए भनेर सोझो गणितचाहिँ बैदेशिक रोजगारीमा यसरि रोक लाउनु मात्र नै हो ?
मैले देखे अनुसार एकातिर बेरोजगारी, बाध्यता र,परिबन्दको सिकार बनेर अभाव र द्वन्द्वले खाडीमा होमिने धेरै महिलाहरुले २-४ वर्ष घरेलु कामदार बाट गरेको आय आर्जनले परिवारको जिविकोपार्जन गर्दै आएका छन् जुन सकारात्मक पनि छ । अर्को तिर यसरी दु:ख भोगेर बैधानिक र बैधानिक बन्दै खाडी सम्म त आइपुग्छन तर भाषा दक्षताको कमी, कामसम्बन्धी सीपको अभावका कारण स्थापित हुन गर्नुपर्ने अन्तर संघर्षको नयाँ नमिठो अध्याय सुरु हुन्छ। घरेलु कामदारलाई श्रम कानुनले नसमेटेको , कानुनी हक नपाएको ,तलबमान, उमेर, सुरक्षा ग्यारेन्टी र सेवाशुल्कमा एकरूपता नभएको खाडी मुलुकमा के भोग्नुपर्छ,गर्नुपर्छ र सहनु पर्छ भन्ने तितो अनुभब खाडीमा घरेलु कामदारको रुपमा काम गर्ने गर्ने प्राय नेपाली महिलाहरुको मुटुमा रगत जस्तै बगेकै छ।अपवाद छाडेर धन कमाउने सपनामा अन्धकार भविष्य बोकेर खाडी मुलुकमा आइ पुगेका नेपाली महिलाहरु तथा युवतीहरू खाडी मुलुकमा दर्दनाक पीडा सहेर बाँच्न बाध्य पनि त्यतिकै छन् । गल्फ कोअपरेसन काउन्सिलअन्तर्गत खाडीमा यहाँका नागरिकलाई सरकारहरूले एक अर्को देशमा आवतजावत र कामदार ल्याउन लैजान सुविधा दिएको छ । उनीहरूले घरेलु कामदारलाई जहाँ लगेर पनि काममा लगाउन सक्छन् । त्यति मात्र होइन, उनीहरू आफन्तकहाँ समेत कामदार पठाइदिने गर्छन् । यसरि घरेलु कामदारको रुपमा एक या एक घर ठाउँ भन्दा बढी ठाउमा जानु पर्दा जीवन शैली, हावापानी, रहनसहन, जीवनयापनका कारण यहाँ जे जस्तो दु:ख पिडा भोग्नु परे पनि आफ्नो दुखद जीवन बिताउन धेरै बिवश छन्। कुबेत भनेर आएका साउदीमा अलपत्र भेटिएका छन त् कोहि दुवई भनेर आएका कुबेतमा छन । धेरैले हृदय खोलेर दु:ख पोख्न न ठाउ पाउछन , न त् सक्छन । मानसिक तनाब बोकेर दुखको पोखरीमा डुबेर धेरै नेपाली महिलाहरु बसेका छन् ।
फल स्वरूप केहि अघि सरकारी मापदण्डअनुसार घरेलु कामदारहरू नेपाली दूतावास भएका साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र कुवेतमा कामका लागि जान सक्छन् भन्दै स्वीकृत दियो । तर राज्यले अहिले फेरी किन सरकारी मापदण्ड ले नै दुख निम्त्याएको निचोड निकाल्यो ? आफ्नो छोटो भ्रमणमा गरेको अन्तरक्रिया बाट महिला तथा युवतीहरूको भोगाइले राज्यको उपहास गरिरहेको भनेर यसप्रति राज्यको ध्यानखिचिएको बताउदै संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले किन यसरि कदम चाल्यो ? के अब रोक लगाउने सासदीय समितिले राज्यले छुट्टै नीति निर्माण गरी गाऊ गाऊमा गइ आभिमुखीकरण तालिम संचालन गरि स्वदेश मै महिलाहरुलाई आर्थोपर्जनको बाटो खै देखाउला ? के नेपाली महिला लाई देशमै काम प्रति आग्रसर गराउन राज्यको तत्काल नीति बन्ला ? के यसले द्रिघ्कालिन रुपमा समस्याको निराकरण गर्ला ? प्रशं तेर्सिएको छ ।
बैदेशिक रोजगार ऐन २०६४ को दफा ८ मा लिंगको आधारमा कुनै पनि कामदारलाई बिभेद नगर्ने भन्ने कानुन छ ।श्रम स्वीकृति लिएर जानु भनेको धेरै हद सम्म बैधानिक तरिका अपनाउनु हो । तर खाडी मलुकमा महिला कामदारहरु प्रति रोक लगाउने सुचनाको वाक्कलाग्दो खेल पटकपटक दोहोरिदै आएको छ ।यसरी कहिले खुलाउने र कहिले बन्द गर्ने कुराले महिलाहरु थप जोखिममा पर्ने र तस्करको शोषण तथा बेचबिखनमा पर्ने पकका छ ।नेपालको अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा २९.५ प्रतिशत हिस्सा ओगटेको रेमिट्यान्समा यी आफुलाई समश्यामा जीवन्त राखने नेपाली महिला घरेलु कामदारले पठाएको रेमिट्यान्सको पनि छ । बेरोजगारीको भयावह सङ्कट, घर परिवार र सामाजिक विभेदले सपना भत्किँदै गर्दा बैधानिक अबैधानिक बनेर खाडी तिर घरेलु कामदार बनेर बढिरहेको नेपालीहरू महिलाहरुको बास्तबिक पिडा ,अवस्था र भोगाई प्रति राज्य उदासीन छ । राज्य हाक्नेहरुको सम्पूर्ण ध्यान केन्दि्रत भएको छ- विभिन्न बाध्यताका सिकार बनका नेपाली महिलाहरु लाइ बैदेशिक रोजगारमा जान नदिन र यसका लागि सुरु भएको छ बिदामा घर फर्केका महिला कामदारहरुलाई समेत फर्किन नदिने सिद्धान्तहीन रोक गर्ने सुचनाको वाक्कलाग्दो खेल । स्वीकृति बन्द गरिनु भनेको निकै जोखिमपूर्ण, अस्थिर र हानिकारक हुनेछ अर्थात् निर्णय दीर्घकालीन हिसाबले सहज देखिँदैन । त्यसैले आधा भन्दा बढी जनसंख्या रहेको र बेरोजगार महिलाहरुलाइ देशमै कि रोजगार दिनु पर्यो कि त् निश्चित मापदण्ड बनाएर सरकारले ‘वैदेशिक रोजगार सुरक्षित, मर्यादित र व्यवस्थित गर्नु पर्यो । नत्र समाज एव राज्य बाट बाध्यता र परिबन्दको सिकार बन्दै बिदेशिन बाध्य घरेलु नेपाली महिला कामदारहरु नै कारक बनेर देशमा अभुतपूर्व संकट थपिने निश्चित छ ।
----
प्रकासित :-http://hamrosanchar.com/2017/04/22/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%B0%E0%A5%8B%E0%A4%95-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%89/
बर्षौ अघि अमेरिकी निबन्धकार राल्फ वाल्डो इमर्सनले साथी बनाउने एक मात्र तरिका आफै साथी हुनु हो भनेको सुनेको थिए। म साथी बन्दा र बनाउदा पत्रमित्रता सुरु गर्दा चिठीपत्रको चलन निकै थियो । जुन बेला पत्रमित्रताको समय थियो, त्यस बेला सञ्चारका अन्य पर्याप्त साधनहरू उपलब्ध थिएनन् । आफ्ना भावना तथा अन्य कुराहरू बाँडचुँड गर्न साथी बनाउने र सञ्चारका अन्य साधनको विकास भई नसकेकाले खबर आदान प्रदान गर्न हुलाककै भर पर्नुपथ्र्यो । काठमाडौंमा भर्खर–भर्खर मोबाईल भित्रिएको समय थियो तर मोबाईल भित्रिए पनि शहरमा बाँच्नका लागि संघर्ष गर्दै आइरहेको म ठिटोको त्यति खेर पहुच थिएँन । अहिले सामाजिक सञ्जालहरूमा साथी बनाए झैँ पत्रको माध्यमबाटै नचिनेका साथीहरूलाई पनि पत्र पठाएर मैले ति दिनहरुमा धेरै मित्र बनाए। सबैसँग चिनिने मौका त मिलेन तर पत्रमित्रताबाट साथी बनेका केहिलाई भने भेट्ने मौका भने मिल्यो । समग्रमा भन्नु पर्दा मेरो मायाको संसारको जग यहि पत्रमित्रताका आधार स्तम्भहरु मिलेर बनेको छ । मित्र भनेको प्रेम एव श्रद्धाले एकआपसमा बाँधिएको व्यक्ति हो भन्ने मेरो भोगाईको निचोड छ र भन्नैपर्छ पत्रमित्रताले जोडेको यो गहिरो मित्रता, दुई शरीर एक मुटु भएको छ ।
एउटा प्रगाढ आत्मीयता हुन्थ्यो उबेला । पत्रमित्र साथीको चिठी पाउनुको जुन मज्जा हुन्थ्यो, त्योभन्दा चिठी कुर्नुको हुन्थ्यो । उतिबेला चिठीमा लेखिएका कुराहरु निष्कपट र निस्वार्थ हुन्थे । रातभर जाग्राम बसेर लेखिएका ती चिठीहरुमा भेटिने हृदय अहिले फेसबुकको हाइ हेल्लोसँग पठाइने इमोजी संग तुलना गर्नै सकिन्न । यहि भएर अहिले सम्म को निचोडमा भन्नु पर्दा कुनैपनि मित्रता र माया सफल, द्रिघ्कालिन र बिस्वस्त बन्न मित्रको अमुल्य योगदानलाई नै पहिलो जगको रुपमा लिनुपर्दो रहेछ ।कहिल्यै नटुट्ने मित्रता भेट्टाउनु र त्यसलाई कायम राख्नु सजिलो हुदैन रैछ ।त्यति मात्र होइन हामीले एक अर्काका विषयमा जानेर मात्र नपुगने रैछ एक अर्कालाई बुझ्न पनि सक्नु पर्ने रैछ । यथार्तमा गहिरिएर सोच्ने हो भने प्रेमबिनाको संसार साँच्चिकै असम्भव छ । मानिसले जीवनमा जस्तोसुकै सफलता हासिल गरेपनि , जस्तोसुकै पदमा पुगेपनि उसँगै प्रेमका अनुभुतिहरुले पनि अंकमाल गरिरहेका हुन्छन् । त्यस्तै गरि असल, घनिष्ठ मित्रहरू दुर्लभ उपहार जस्तै हुदा रैछन् जसले हामीमा सकारात्मक प्रभाव पार्न सक्ने ताकत हुदो रहेछ ।वास्तविक रुपमा मनभित्रबाट विकास भएको छ भने समयको क्रममा भौतिक कुराहरूले आफ्नो मूल्य गुमाए तापनि साँचो मित्रता भने समयसँगसँगै आफु संगै हुदो रहेछ ।
तर पछिला केहि बर्षमा मानव जीवनको गतिशीलता निक्कै नै तिव्र पारिदिएको छ मित्रता बनाउने कुरामा प्रविधिले । जीवनसाथी वा प्रेमीको खोजी गर्ने क्रममा विभिन्न समयमा उपलब्ध प्रविधि र उपायहरुको प्रयोग बढेको छ । इमेल, च्याट ,इन्टरनेटको विकासले एक सेकन्डमै चाहेजस्तो सन्देश दिन सक्ने बनाइ दिएको छ । मोबाईल प्रति आम समुदायको सहजता सँगसँगै सामाजिक संजालहरु पनि च्याउ उम्रे सरि विकसित भएका छन्। जसले गर्दा एकातिर विश्वलाई सानो गाउँ जस्तै साँघुरो बनाईदिएको छ। फेसबुक, ट्वीटरजस्ता सामाजिक संजालको बढ्दो प्रयोग र आधुनिक मोबाइलको जगजगीले क्षण भरमै दुवै व्यक्ति , बिपरित लिंग बीचको प्रेमको सुरुवात गराई दिएको छ भने अर्को तिर अहिले जमाना फेरिएको छ सामाजिक संजालको बढ्दो प्रयोगसंगै फोनबाट, सामाजिक संजालबाट गरिएको प्रेम सबैभन्दा बढी आजकल बदनाम भएको छ । घमण्ड, स्वार्थ, रिस, डाहले कसैको जीवनमा मित्रताको नाममा अन्धकार भित्र्याएको छ । हाम्रो आफ्नो स्वार्थको निम्ति पवित्र “प्रेम“ शब्दलाई बद्नाम बनाइएको छ । त्यहि भएर आज भोलि मित्रता , माया, प्रेमको विषयमा अधिकाँश मानिस घोत्लिरहेका हुन्छन् । सामाजिक सञ्जालमा देखावटी र बनावटी मित्रता सार्वजनिक भै रहने भएर आत्मीय हुनु अघि धेरैलाई भ्रम समेत हुन्छ । अहिले सवै भन्दा सरल र सहज तरिकाले मित्र बनाउने सामाजिक संजाल भनेको विज्ञानको हतियार हो भन्ने कुरा नै बिर्सिन्छन फलस्वरूप समयमै सहि ढंगले हतियार चलाउन नजानेर हतियारले नै प्रयोगकर्ताको चारित्रिक , नैतिक हत्या गरि दिदैछ । यधपी मित्रता समस्त ब्रमाण्डमा अटाइरहेका हरेक सजीव भावनाहरुको एक साझा बिशेषता हो । जुन सबैलाइ आबश्यक छ र सबैलाइ खाँचो छ । त्यसैले अहिलेको सताब्दिमा इन्टरनेट, सामाजिक संजालको पहुँचबाट टाढा रहन त सम्भव छैन किनकी यो युग संचारको युग हो, सामाजिक संजालको युग हो , विश्वग्रामको युग हो र मित्रता विश्वास हो, मित्रता जीवन जीउने आधार हो अनि मित्रता एक सुन्दर रचना हो ।तर सम्बन्धलाई गाढा राख्न चै यो युगको चुनौतीलाई स्वीकार गर्दै हामि सवै इमान्दार र प्रतिबद्ध हुन् अपरिहार्य भै सक्यो ।
नयाँ वर्ष २०७४ साल यसै साता बाट शुरु हुदैछ । इतिहास लाइ हेर्ने हो भने बिभिन्न काल खण्डमा नेपालमा शक सम्वत,मानदेव सम्वत,नेपाल सम्वत लाइ राष्ट्यि सम्वत मनाउदै आइएको पाइन्छ । यधपी राष्ट्यि सम्वतका रुपमा अहिले सम्म मनाउदै आइएको नयाँ बर्ष अर्थात विक्रम सम्वत हिन्दु पन्चाङ्गमा आधारित विक्रम सम्वतको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरुले बताएको सम्म मैले पढेको छु । आधिकारिक रुपमा इस्वी संवत चल्ने भारत, बंगलादेश, थाइल्यान्ड, बर्मा, श्रीलंका, लाओस, कम्बोडियामा पनि छन् जहा बैशाख एक गतेलाई सांस्कृतिक पर्वका रुपमा मनाउने गरिएको सम्म सुनेको छु ।
राष्ट्रिय जनगणना २०६८ ले नेपालमा १२५ जाति तथा समुदायहरुको पहिचान गरेको छ । नेपालमा विक्रम सम्वतलाइ राष्ट्रिय सम्वत मनाउदै आएपनि पछिला समय यी जाति तथा समुदायहरु मध्ये धेरै जातीहरुको आफ्नै भाषा र संस्कृती रहेका छन ।नेवार जातीहरु राष्ट्रिय सम्वतको रुपमा प्रत्यक वर्ष नेपालःवर्ष को रुपमा मनाउदै आएका छन ।गुरुङ्,तमाङ् र शेर्पा जातीहरु लोसर, ल्योसार वा ल्होसार र थारुजातीहरुले माघेसक्रातीलाई आफ्नो जातीको नयाँ बर्षको दिनका रुपमा मनाउदै आएका छन । अन्य जाति तथा समुदायहरु पनि धेरै छन । फेरी पनि राष्ट्रिय सम्वत मनाउदै आइएको प्रत्येक नयाँ वर्षले हामी सबैलाई विगतका सबै कुराहरुलाई केलाएर, तिनीहरुको विश्लेषण गरेर, आगामी दिनलाई देश र जनताको हितमा सवल पार्दै जाने प्रेरणा दिन्छ ।आम नेपालीहरुले नयाँ वर्षको रुपमा मनाइने वैशाख महिनामा मानिसले मात्र होइन प्रकृतीमा रहेका बोटविरुवाले पनि नया पालुवा फेरेर नयाँ वर्ष लाई स्वागत गरेको देखिन्छ । यधपी नयाँवर्षको बारेमा बौद्धिक र विद्वान साथीहरुको तर्क ,कुतर्क,अनुभव,तथ्य,यथार्थ,बास्तबिकता,प्रमाण र परिभाषा आ-आफ्नै होलान तर नढाटि भन्नु पर्दा मलाई भने नयाँ वर्षको ऐतिहासिक खोजिको सम्बन्धमा पूर्ण ज्ञान छैन ।सुनेको भरमा ईतिहास बोध गर्न सकिन्न । अत् यस सम्बन्धमा म भन्दा बढी तपाईहरु नैं जानकार हुनुहुन्छ । तर पनि नयाँ वर्षबाट संबैले नयाँ आशा र अभिलाषाहरूको रुपमा लिने गरिएको हुनाले नयाँ बर्ष संगै नया नेपाल बनाउने इच्छा अभिलाषा र हामीले गर्ने क्रियाकलापको महत्वपूर्ण भूमिका सम्बन्धमा आफ्नो मनको कुरा तपाईहरु समक्ष राख्ने अनुमति चाहन्छु ।
गरिवी, बेरोजगारी र दैवीप्रकोपका दुर्दान्त थप्पडहरुले थिलथिलो बनेको हाम्रो मुलुकमा राजनीतिक परिबर्तनहरु धेरे भए जुन आबस्यक पनि थियो । तर आम नेपाली जनताको जिबनमा कुनै परिवर्तनको आभास सम्म भएन । सिद्धान्त र आदर्शबाट स्खलित र उद्देश्यमा असफल, अभिमान स्वार्थले भने सधैं ग्रस्त रहने राजनीतिक पार्टी पिच्छेका नेताहरुको काम गराइ र त्यसको प्रतिफलले नेपालको अवस्था दिनानु दिन कस्तो बन्दै गयो हामि सवैले देख्दै भोग्दै साक्षि बन्दै अनुभूत गर्दै आएका छौ । विश्वसामु आज नेपाल सबैभन्दा गरिब र अविकसित राष्ट्रको रुपमा छबि स्थापित भएको छ । हाम्रो छिमेकि मुलुक चिन र भारत हेर्दा हेर्दै हाम्रो आखा आगाडी ३०-३५ वर्ष भित्रमा नै गरिबीको स्तरबाट माथि उठी संसारका प्रमुख अर्थतन्त्रको रुपमा स्थापित भइसके । तर नेपाल प्राकृतिक स्रोत–साधनले अथाह सम्भावना बोकेको देश सबै कुरा भएर पनि आज पछाडी छौ । छिमेकि सरह समृद्धिको बाटो पहल्याउन त सकेनौ सकेनौ त्यस तर्फ पाईला पनि चाल्ने प्रयास गरिनौ । के अहिले सम्मको हाम्रो नीति र नियति ले नै यसतो भएको हो त ?
समग्रमा भन्नु पर्दा हामीले नेपालको विकासको धेरै सम्भावनाहरु देख्यौ तर हाम्रा समस्या एकातिर भए, कामकुरो अर्कोतिर भयो । परनिर्भरताको मानसिकता बाट ग्रसित हामीमा औपचारिकताका केही विकासे अभिव्यक्ति बाहेक देशलाई समृद्धितर्फ लैजाने कुनै प्रतिवद्धता, ईच्छाशक्ति नै देखिएन ।फलस्वरूप नेपाल अहिले सम्म आफ्ना आधार प्राकृतिक स्रोत र सम्पदाको उपयोग गर्न नजानेको मात्र होइन सहि नीति र नियति भएको व्यक्तिको अभाव भएको पछिला केहि तथ्यहरुले बताई सकेको छ । तर नया बर्षको पुर्व सन्ध्यामा मुलुकमा केहि यस्ता संकेत देखिन थालेका छन् जसले देशलाई समृद्धितर्फ लैजाने आशा भरोसा जगाएको छ । फलस्वरूप पछिल्लो २२ बर्ष पछी नेपालको आर्थिक गतिविधि र कृषि उत्पादनमा सुधार देखिएको छ ।एडीबीले केहि समय अघि राजधानीमा ‘म्याक्रोइकोनोमिक अपडेट २०१७’ सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ६.२% पुग्न सक्ने सम्भावना औंल्याएको छ । लोडसेडिंगले गर्दा सारा नेपाली जनताहरू पछिलो केहि दशक देखि दिग्दार र आजित मात्र होइन लोडसेडिंगले गर्दा नेपालमा बिद्यमान उद्योगहरुले क्षमताको ५० प्रतिशत पनि उत्पादन गर्न असमर्थ थिए । बिजुलीको अभावले गर्दा अझ नयां उद्योग स्थापना गरेर रोजगारी सृजना गर्ने अवस्था थिएन । नीतिगत प्रयासका साथ स्रोत र साधनको चुनौतीलाई चिर्दै कुलमानले नया बर्षको पुर्व सन्ध्यामा नेपाल लाइ लोडसेडिंग मुक्त बनाइ सकेका छन ।यसरि एकातिर विकास आयोजनामा राजनीतिक हस्तक्षेप नहुने र थोरै मात्र व्यवस्थापनमा सुधार हुनेबित्तिकै पूर्वाधार विकासका क्षेत्रमा हामीले उल्लेख्य फड्को मार्न सक्दो रैछौ भन्ने प्रमाणित भै सकेको छ । हाम्रो सरकारी निकाय भित्र नै अब्बल दर्जाका प्राविधिक र अनुभवी आयोजना व्यवस्थापक छन् भन्ने तथ्य पुस्टि भै सकेको छ भने अर्को तिर पारिवारिक बिखण्डन, सामाजिक बिचलन भोग्ने गरेर नेपाली युवायुवती बिदेश पलायन भएर आर्थिक तथा यौन शोषण खेपदै पछिल्लो २० बर्षमा परिवर्तनको संवाहक समाजको समृद्धिको मेरुदण्ड भनेको समाजका ५०औं लाख युवा शक्ति देश बाहिर रोजी रोटीको लागि विदेशिएर बिदेशमा पसिना बगाएर दोश्रो दर्जाको नागरिक सरहको व्यवहार भोग्दै विप्रेशण पठाएर मातृभूमिको अर्थतन्त्रको भरथेग गर्दै आएकाहरु लाइ देशमै कलकारखाना खोलेर रोजगार दिने बाताबरण नयाँ वर्ष २०७४ मा गर्न सकिन्छ ।
पर्यटनमा विश्व प्रसिद्ध रहेको नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल वायुसेवा निगम पछिलो २० बर्षमा धमिजा काण्ड, लाउडा प्रकरण, चेज एयर काण्ड, राजनीतिक नियुक्ति र हस्तक्षेपलगायत कारण खोक्रो हुन पुगेको थियो । तर केहि बर्ष अघि दुईवटा नयाँ एयरबस खरिद गरेको नेपाल वायुसेवा निगमले यसै बर्ष अन्तर्राष्ट्रिय उडानका लागि फेरी नयाँ एयरबस खरिदका लागि आव्हान गरेको छ । त्यस्तै गरि देशमा स्थानिय निर्वाचन नभएको झन्डै १९ बर्ष पुगिसकेको अवस्थामा देश सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा धार्मिक समस्याबाट मुलुक अहिले गुज्रिरहयो । जनताका हक अधिकार तल्लो तहसम्म पुग्नु १९ बर्ष पछी नयाँ वर्ष २०७४ संगै निर्वाचनका माध्यमबाट त्यसको व्यवहारिक अभ्यास हुदैछ । यस बर्ष जनप्रतिनिधिविहीन भएको स्थानीय निकायले पूर्णता पाउने आशा पलाएको देखिन्छ जुन मुलुकको लागि सकारात्मक पाइला हो । नेपालको संबिधानले स्थानिय तहलाई दिएको अधिकार अनुसार स्थानिय तहमा जनप्रतिनिधी भएको बखतमा बिकासले एक तहको गती लिने देखिन्छ । विकास सँगसँगै समाज परिवर्तन र रूपान्तरणको लागि पनि स्थानीय जनप्रतिनिधिहरूको योगदान र भूमिका उत्तिकै उल्लेखनीय छ ।
बिगत भनेको शिक्षा हो तर त्यो सुखद हुन् सकेन त्यसमा कुनै ग्लानि छैन । समग्रमा भन्नु पर्दा यी र यस्ता बिभिन्न कोण बाट हामी २० बर्ष भन्दा पुराना सस्कार ,नीति र नियतिलाइ बल्ल आधुनिक बिकास मोडेलमा प्रवेश गराउदैछौ । विकासका आयोजनालाई नयाँ सोच र आत्मविश्वासका साथ कार्यान्वयनमा लैजाने अवसर नया बर्षमा हामि सवै लाइ छ । त्यहि भएर पनि नयाँ वर्ष २०७४ आशालाग्दो वर्ष हुने अपेक्षा गरिएको छ । तर यो अपेक्षालाइ सार्थक बनाउन मुलुकको विकासको लागि सवैले स्पस्ट नीति र नियति बनाउ । सवैले हातेमालो गरौ ,अब हामि के गर्ने भन्ने स्पस्ट भिजन बनाउ । लोकतन्त्रलाई संस्थागत गरी विधिको शासन स्थापित गर्न सबै लागौ ।
अन्त्यमा, सम्पुर्ण देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरु प्रती नयाँ वर्ष २०७४ को शुभकामना । नयाँ वर्ष २०७४ ले हामी सबै नेपालीमा बिगतका कमि कमजोरी सच्याएर उन्नती, प्रगती, शान्ति र आशालाग्दो वर्ष बनोस । सबैले भोको बस्नु नपर्ने, नांगो हुनु नपर्ने र कम्तिमा छहारीमा बस्न पाउने वर्षका रुपमा रहोस्। नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा र उर्जा प्रदान गरोस् ।
#नयाँ बर्ष २०७४




