विसं २०७२ को भूकम्पबाट क्षति पुगेको ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको गोरखा दरबारको पुनःनिर्माण पुरातत्व विभागले ५ करोड ५० लाख खर्च गरि सुरु गरेछ ।
२०५० सालमा कथित दलित समुदायका केहि पुजा गर्न भनि गोर्खा दरवार परिसरमा रहेको गोरखकाली मन्दिरमा प्रवेश गरि पुजा गर्न खोज्दा अछुत जातिलाई पस्न निषेध भै आएको भनि राज्य बाट यसरि पत्र दिइएको थियो । अब पुनःनिर्माण भए पछी सवैको अपनत्व हुने गरि आस्था राख्ने सवैलाई हेर्न पुजा गर्न खुला गरियोस । अनि मात्र ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको हुनेछ ।
गुल्मीको चन्द्रकोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले पीडित मान बहादुर बिकले पनि अव बढि नबोल्ने , पीडक वडाध्यक्ष टेक बहादुर पुनले पनि अब उनलाई कुटपिट नगर्ने भन्दै दुवै पक्षले क्षमायाचन गरेको बताएछन ।
के बढ़ी बोले बिकले ? पीडक वडाध्यक्षले पनि अब उनलाइ कूटपिट नगर्ने भनेको के ? आफैले चुनाबमा यो दिनछु र त्यों दिनछु भन्ने प्रलोभन देखाएर भोट मागने अनि चुनाबमा जीते पछि दिनछु भनेको कुरा भनदा कानको जाली फूटने गरी हान्ने ?
यसरी जनप्रतिनिधि चुनिएकाले नै केही हज़ार पैसा तिरेर कूटदै उम्कीने हो भने पीडक वडाध्यक्षले बिक लाई नकुटे पनि भोली अर्क़ो ग़रीब , अपांग र कथित दलित समुदायका परियारलाई , सार्क़ीलाई कूटन सक्छ्न अनि त्यस गाबिसका उत्पीडित दलित ग़रीबले कहिले न्याय नपाउन सक्छ्न । त्यही भएर वडाध्यक्ष नभनि क़ानूनको दायारामा ल्याई सजायको ब्यबस्था गरियोस ।
कथित दलित समुदायका युवा सँग प्रेम सम्बन्ध राखेको आरोपमा पिडित मिना यादव र केटा दिनेश लोधलाई कुटपिट गरिएको भिडियो हेर्दा मानवता विरुद्धको जघन्य अपराध हो भन्न कसैलाई हिचकिचाहट हुन्न । यस्तो अमानविय घटना सार्वजनिक भएपछि पनि सामान्य रूपमा लिने इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर उदयसिंह सिंजापति उपर पनि विभागिय कारबाही गरिने भएछ ।जुन निर्णय सराहनीय छ ।
त्यसो त प्रशासनिक निकायमा उपल्ला पुरातनपन्थीकै वर्चस्व भएकाले अहिले सम्म दलित समुदायले जोडिएको घटना सकेसम्म गाउँघरमै मिलापत्र गर्ने, प्रहरीसम्म पुुगेपनि प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आनाकानी गर्ने, यदि मुद्दा दर्ता गरे तापनि फैसला गैरदलित पीडकको पक्षमा गर्ने चलन चल्दै आएको छ ।जसको कारण लक्ष्मी परियार जस्ता धेरै दलितहरु मृत्युबरण गर्न बाध्य छन ।त्यसैले अब यसरि समाजका हरेक अमानवीय घटनालाइ सामान्य रूपमा लिने स्थानीय प्रशासनमा पछि सम्म एउटा नजिर बसोस, त्यसको लागि पनि यस्तो कारवाही गर्नु जरूरी छ ।
आज गुरुपूर्णिमा.....गुरुपूर्णिमा मनाऊँन सिकाउने हाम्रा उत्कृष्ट हिन्दु शास्त्र तथा सस्कृति मध्ये एक महाभारतमा सयौको गुरु द्रोणाचार्यले कथित शुद्र समुदायका एकलव्यलाई धनु विधा सिकाउन अस्विकार गरेको र स्वः अभ्यासवाट गुरुकुलका राजकुमारहरु भन्दा परांगत भएपछि गुरु दक्षिणामा दोणाचार्यले एकलव्यको बुढी औंला कटाएर तेजस्वीलाई कम गराएको उल्लेख छ ।
परम्परागत हिसाबले हाम्रोमा "गुरु" भनेको अत्यन्त आदरणीय सम्बोधन हो । तर अहिले पनि त्यों युगको जस्तै नेपालका तराई र सुदूरपश्चिमका केही ठाऊमा द्रोणाचार्य स्वाभावका धेरै गुरुहरू छन । जो बल्ल बल्ल स्कूल सम्म आइपुगेका कथित दलित समुदायको बालबालिका लाई बिभिन्न बाहानामा सभ्यसमाज निर्माण गर्ने , जीवन जिउने कला सिकाउन अस्विकार गर्ने देखी बिभेद गरेर मेधाबी तेजस्वी बिधार्थीलाई कालापारि जान बाध्य तुलाईदै छन ।
ति सवै गुरुहरूमा बेलैमा गुरुप्रति सकारात्मक धारणा निर्माण गर्ने सदबुद्धि आओस । ज्ञात अज्ञात गुरु र गुरुआमा सवैमा नमन #गुरुपूर्णिमा
सामाजिक संजाल तिर सी' विरुद्ध 'सी' अर्थात् 'सीमा सूबेदीको अभिब्यक्ति' विरुद्ध 'सीमा नाघेर नेपालीहरूले सुझाउने , बुझाउने र प्रतिकार' गर्ने गरीरहेका छन । थुतुनो र मुतुनो सहि ठाउमा प्रयोग गर्नु ,जोगाउनु’ नत्र दुख पाइन्छ भन्ने सुन्दासुन्दै सीमा सूबेदीले जथाभावी थुतुनो चलाएर पछिलो समय सामाजिक संजालमा आफै आलोचित भएर ‘निल्नु न ओकल्नु’ बनेकी छन् । सामाजिक संजालको संसार सबैको हो । यहा हरेक कुरामा बहस हुनु, तर्क हुनुराम्रो कुरा हो र हरेक मान्छे आलोचना गर्न , बहस गर्न , बिचार पोख्न, सुझाब दिन र आक्रोश पोख्न स्वतन्त्र छन् । स्वतन्त्र भए भन्दैमा आफु भारतीय भएकोमा गर्व गर्ने सिमा सूबेदीले आफ्नो जानकारी भन्दा बाहिरको विषयमा बोल्न मरिहत्ते नगरेपनि हुनेथ्यो । तर पनि अनापशनाप, जथाभावी बोलेर चर्चा पाउँछु कि भन्ने मानसिक रोगले गाँजेको यिनको सोच अन्तर्राष्ट्रिय समुदायमाझ आलोचनाको पात्र बनिन् ।
अर्को तिर सुगौली सन्धीमा गुमेको नेपालको भूभागमा बसेर आफ्नो अनभिज्ञताको निशानामा सिमा सुबेदीले नेपाललाई पारेपछि, नेपाली समाजमा लामो समयदेखि व्याप्त मौनताको संस्कृति तोडिन पुगेको छ।सीमाको कुराले साचिकै सीमा नाघेको मात्र हैन हामि सम्पूर्ण नेपालीको आत्मसम्मानमाथि धावा बोलिंएको छ ।अनि बर्षौ देखि निराशामा सुकेर बसेको हामि नेपालीको मनमस्तिस्कमा आगो झोस्ने काम भएको छ ।हाम्रा क्षमता , कल्पना भन्दा पनि नैतिक प्रश्नले हामीलाई टिस्टादेखि पश्चिममा काँगडासम्मका भूमि हाम्रो हो भन्दै अब चिमोटेको छ । सिमा सुबेदीहरु जस्ता छाडेर दुनियालाई थाहा छ इतिहासलाइ हेर्ने हो भने अंग्रेजहरु भारतीय उपनिवेश छाडेर गइसकेपछि नेपालको भूमि स्वतः फिर्ता आउनुपर्ने हो तर नेपालको उदासीनताले गर्दा उसले भारतलाई नै जिम्मा लगाएर गयो नेपालमा फिर्ता आएन ।अहिले झन्न नेपालको भएको भूमि सम्म पनि दिनहु अतिक्रमणको चपेटामा परिरहेको छ ।राजनीतिक अस्थरिता र सम्पूर्ण नेपालीको एकै स्वर नभएको यस्तो बेला सुगौली सन्धीमा गुमेको भूमि फिर्ता होला भन्ने कल्पना सम्म पनि गर्न सक्दैनौ भन्लाउ । तर यसरि नै बेला बेलामा सिमा सुबेदिहरुले हामी भित्र सुतेको स्वाभिमान लाइ जगाई दिने हो भने त्यो दिन पनि धेरै पर नहुन सक्छ ।अत्यधिक ‘कुर्सीमोह’को दलदलमा भासिंदै गएको नेपालको वर्तमान राजनीतिक वातावरणले हाम्रो राष्ट्रियता दरो छैन तरभोलि हाम्रा आधारहरु बलिया भए भने, हाम्रा आवाजहरु एक भए भने चीनले हंगकंग फिर्ता आए झैँ हामीले पनि पाउन सकने प्रसस्त सम्भावनाहरु छन भनेर नेपाली जनमानसमा पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्मका भूमि हाम्रो हो भन्ने मागहरु हुर्किन थालेको छ ।
हो सीमा बहिनी, दार्जिलिंगमा बस्ने नेपालीभाषी, नेपाली रहनसहन सस्कृती र बोलीचाली भएको नेपाली हो भनेर भावनात्मक कुरा गरेको होईंन सुगौली सन्धीमा गुमेको नेपालको भूभाग मध्येको एक दार्जिलिंग हो । तार्किक र प्रामाणिक रुपमा नेपालको सिधा हक लाग्ने भूभाग मध्ये एक हो ।अहिले पनि दार्जिलिंगमा नेपालको हक लाग्छ । जसका ठोस आधारहरु छन् । पत्याउदैनौ भने सुगौली सन्धीका बारेमा सत्य तथ्य पढे सुनेका र विश्वास हुने नेपाली मात्र हैन न्यायको पक्षमा बोल्न मन पराउने आफ्नै गाउ ठाउका बाउ बाजेहरुलाई सोधेर हेर जो आज पनि इतिहास लाई साक्षि मानेर आफुलाई तिखारिरहेका छन् , निखारिरहेका छन् नेपाली हौ भनेर ।
एकिकृत राष्ट्रिय मोर्चाका अध्यक्ष सिमाबिद फनिन्द्रराज नेपालले सत्य तथ्यहरु सहित नेपालले गुमाएको भुमि भनेको सिलीगुडी र हाल बङगलादेशको भागमा परेको दिनापुर र रंगपुर तथा मेची पूर्बको समस्त पहाडी प्रदेश सिक्किमको एक तिहाई भुभाग र दार्जलिङको पहाडी खण्ड पर्दछ, टिष्टा नदीको पुर्ब किनारमा रहेको भुभाग नगरकट्टा हो भन्दै हिडेको बुझाएको दशक भै सक्यो ।यहि सत्य तथ्यहरु आधार मानेर हामीले एक्य्बधता गर्ने हो भने ,साथ र एक्य्बधता गर्ने हो भने अन्तराष्ट्रिय कानुन अनुसार नेपालको हक भएको ति गुमेका भूभागहरु नेपालले फिर्ता लिन/पाउन सक्छ । किनकी १९४७ मा स्वतन्त्र भएको भारतले सन् १९५० जुलाई ३१ मा शान्ति तथा मैत्री सन्धिको धारा ८ नेपाल संग गरेको शान्ति तथा मैत्री सन्धिको धारा ८ मा जहासम्म यहाँ उल्लेख गरिएका कुराहरुको सवाल छ, ती सबैमा यो सन्धिले भारतको तर्फबाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सबै सन्धिहरु, सम्झौताहरु र प्रतिज्ञापत्रहरुलाई खारेज गरेको भनेर प्रस्ट उल्लेख छ । त्यस्तै गरि बेलायतले पनी १९५० अक्टुबर ३० मा नेपाल संग सन्धि गरी १९२३ र त्यस भन्दा पहिलेका सबै सन्धि रद्द भएको जनाएको छ सुगौली सन्धिमा इस्ट इन्डिया लाई छोडनु परेको नेपालका भुभाग मध्य १९१६ र १८६० मा नेपाल ले दुई पट्क फिर्ता पाईसकेको पनि अन्य भुभागहरु नपाएको इतिहास सवैको सामु छर्लंग छ । त्यहि फिर्ता नपाएको भूमिमामा बसेर सीमाले एक्य्बधता गर्नुको साट्टो जननी तिर फर्केर थुकिन । आज त उनको थुकको छिटा उनकै मुख तिर परेको छ। भोलिका दिनमा जननीप्रति बोलेको कुराले ‘आफ्नो जीवनकालमा सबैभन्दा ठूलो भूल गरेँ’ भन्दै अझ पश्चताप लागी रहने छ ।
अन्त्यमा निचोडमा भन्नु पर्दा हामी नेपाल भित्र र गुमेको भूभागमा बस्ने बाहिर रहेका नेपालीहरुको सबैभन्दा ठूलो दुर्भाग्य, नेपाल र नेपाली हौ भन्ने सवालमा अलग–अलग सोचाइ र एकमत नहुदा हामी नेपाल नेपाली हौ भने असली व्याख्या गर्न सकिएको छैन । अत् आफैमा विश्वास गर्न सिकौ ,आज कोलोनीमा बस्न र खान राशनकार्ड पाए भन्दैमा भारतीय हु भनेर गर्व गर्नेहरुले हिजोको इतिहासका सत्य तथ्य थाहा छैन भने अरुलाई सरापने र अरुमाथि कुर्लिने दरिद्रता नदेखाउ । किनकी नेपालले गुमाएको भूमिमा रहेका ति लाखौ नेपालीको वर्ग आधार र हामी नेपाल भित्र रहेका ३ करोड नेपालीको वर्ग आधार लगभग एउटै छ । त्यसैले जानेर वा नजानेर हामी नेपालीको अस्तित्व पलायन हुने गरि कसैले नबोलौ , थूतुनोको सहि ठाउमा प्रयोग गरौं ।हामी नेपालीको उन्नति र प्रगतिको शिखर चढ्न भौगोलिक एकता र सहकार्य नै मुख्य आवश्यकता छ । समयले यहि आवश्यकता गुमेका भूमिमा बस्ने र नेपालमा बस्ने सवै नेपालीहरुलाई छिटै बोध गराओस जसले गर्दा संसार भरि छरिएका हामी नेपालीले हाम्रो पहिचान समृद्ध बनाएर उठाउँन सकौ ।
ईराकमा पुरुष कामदार मात्र होइन नेपाली महिला कामदारहरु पनि सख्याको अनुपातमा ठुलै जमात अबैध बनेर काम गरि रहेका छन् कि भन्ने प्रतित हुन्छ ।मानव तस्कर सामदेव लामाले इराक पठाएर बेचिएकी रसुवाकि कविता तामाङलाई न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँग मार्फत आदरणिय कार्यक्रम सन्चालक दाइ रवि लामिछानेलाई सम्पर्क गरेर उनलाइ त्यो कार्यक्रमको प्रभावले कवितालाई केही समय पहिला नेपाल ल्याइए पछी हाल केही नेपाली दिदी बहिनीहरुले संपर्क गरी स्वदेश फर्कन के गर्नु पर्छ जस्ता उत्तरहरु खोज्दै फोन संपर्कमा आउनुले यो पुष्टी गरेको छ । केहि दिन अघि रबि लामीछाने दाइको हामीले साभार गरि प्रसारण गरेको कार्यक्रम हेरे पछी हाम्रो संचारको इनबक्समा इराकमा बेचिएकी एक चेलीले म्यासेज र भ्वाइस म्यासेज प्रेषित गरेकी छिन ।
किर्जिकिस्थानमा राम्रो काम र राम्रो तलब हुन्छ भन्दै ढाँटेर ईराक पुराइएकि रूपन्देही खैरेनि कि राधा नेपाली भ्वाइस म्यासेज(लेख संगै छन ) यसरि लेख्छिन "मेराे नाम राधा नेपाली हाे घर रूपन्देहिकाे खैरेनि हाे हाल म अठाईश महिना देखि ईराकमा छु मलाई नेपाल अाउन दिदैन पिलिज मलाई हेलप गरनु सर म नेपाल अाएपछि म पनि हजुरलाई नै भगवान समझने छु ।
कुनै समय मुम्बईमा बेचिने ९९ प्रतिशत नेपाली चेली हुन्थे । चेलीबेटी बेचबिखन रोकथामका लागि गाउँ सम्म पुगेको जनचेतना र प्रचारप्रसारका कारण अहिले यो संख्या घटेर ५ / ६ प्रतिशतमा पुगेको छ ।तर अशिक्षा, गरिबी, अभाव, अज्ञानताका कारण अहिले वैदेशिक रोजगारमा लाने बाहना बनाएर अफ्रिका र खाडी मुलुकमा लगिएका नेपाली चेलीहरु बेचिन थालेका छन् ।बैदेशिक रोजगारीमा नेपाली महिला जाने क्रम बढेसँगै समस्या पनि फराकिलो भएका छन् । योसँगै फैलिदो छ – नेपाली चेलीले सास्ती पाउने क्षेत्रको सिमाना पनि ।अविवाहितहरू रहरले र विवाहितहरू श्रीमान तथा परिवारले बेवास्ता गरेका र गरिबीको मारमा बाध्यतामा परेका महिलाहरुलाई स्थानिय एजेन्टहरुले एक पैसा पनि नलाग्ने, आफूले गरिरहेकै घर भित्रको काममा मनग्गे कमाई हुने जस्ता प्रलोभन देखाई घरेलु कामदारका रुपमा श्रीलंका र भारतको बाटो हुदै र नेपालबाट अवैधानिक बाटो प्रयोग गरेर घरेलु कामदारका लागि भनेर आएका राधा जस्तै धेरै नेपाली दिदीबहिनीको बिजोग छ परदेशमा र समस्यामा पर्नेको संख्या पनि उत्तिकै छ ।गरिवीको पीडामा वर्षौ सम्म वाच्न विवश महिलाहरु परिवारको सुख शान्ति र समृद्धिको सपनामा नेपाली दिदीबहिनीले पनि एजेन्टकै भर परेर बैदेशिक रोजगार संग सम्बन्धित र सरोकार राख्ने निकाय संग कुनै सल्लाह नलिई बिना कुनै सूचना विदेश जाने र उतै हराउने गरेको भेटिएको छ । यसरि एकातिर धेरै राधा नेपालीहरु आफ्नो जीवनको अमूल्य समय गुमनाम रूपमा पराई भूमिमा बिताउन बाध्य छन् । भने अर्को तिर केहि बर्ष अघि खाडिका गल्ली गल्ली चाहारेका कान्तिपुरका पत्रकार देवेन्द्र भट्टराइले देखेका नेपाली दिदी बहिनीको भयावहताको कुरा उनले आफ्नो किताब रेगिस्तान डायरीमा लेखेका छन् । यहि प्रारुपको भयावहताको उजागर व्यवस्थापिका–संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समिति बाट केहि महिना अघि खाडी मुलुक को भ्रमण सकेर फर्किए पछि उजागर भयो । अझ व्यवस्थापिका–संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समिति बाट सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरू खाडी मुलुकमा बेचिन बाध्य भएको समेत खुलासा भयो ।
यहि भयावहताको परिणाम नै हो जुन आज सम्म वैदेशीक रोजगारको नाममा अघोषित रुपमा वेचिरहेका घरेलुकामदारको रुपमा गएका कतिपय चेलीवेटीहरुको कहालीलाग्दो खवरहरु धेरै पटक सार्वजनिक भए र भैरहेका छन् । भनेको बेला तलब नदिने ,घर जान नदिने , काम गर्न बाध्य पारिने , कुट्ने पिट्ने र खाना समेत पेटभरी खान नदिने एव कहिकतै त्यहाको नारकीय जीवनवाट फुत्कीने प्रयास गरेपनि त्यो चुनौतिमय बस्तुस्थिति अहिले पनि रहेको राधा नेपालीले पठाएको भ्वाइस म्यासेज बाट पनि उजागार हुन्छ । अहिलेसम्मका सार्वजनिक भएका धेरैजसो यी र यस्ता घटना र प्रकृति एकै छन् ।खाडीमा अनौपचारिक क्षेत्रमा महिला कामदार जान प्रतिबन्ध छ । त्यहाँ अनौपचारिक क्षेत्रमा काम गर्ने कामदार स्थानीय श्रम कानुनमा पर्दैन । दूतावाससँग पनि उनीहरूको अभिलेख छैन । बिचल्ली परेर उद्धारको अपिल गर्दै दूतावासको ढोकामा आइपुगेपछि मात्रै अवस्था सार्वजनिक हुन्छ ।तावाबाट उम्केर भुङ्ग्रोमा परेका र यस्तो अवस्थामा चाहेरै पनि नारकिय जीवनवाट उम्कन नसकने ति तमाम राधा नेपालीहरुको पुकार के रबि लामीछाने सम्म पुग्ला ? आफ्नै दिदीबहिनी बच्ने ए नेपाली समाज भ्वाइस म्यासेज पठाउने राधा नेपालीको उद्दार कसले गर्ने ?





