दिनहुँ अनारको जुस पिउने महिला पुरुषमा यौन क्षमता तथा यौनेच्छा बढ्ने
दिनहुँ अनारको जुस पिउने महिला पुरुषमा यौन क्षमता तथा यौनेच्छा बढ्ने
पछिल्लो अध्ययनले देखाएको छ । अनारको जुसले टेष्टेस्टेरोन हर्मोनको मात्रा
बढाउने र त्यसले यौन क्षमता तथा यौनेच्छा दुबैमा वृद्धि गर्ने
अध्ययनकर्ताहरुको ठम्याइ छ । बेलायतको क्विन मार्गरेट विश्वविद्यालयका
शोधकर्ताहरुले अनारको जुसले यौन क्षमता बढाउने तथ्य पुष्टि गरेका हुन् । २१
देखि ६४ वर्ष उमेर समूहका ५८ जना व्यक्तिमा उनीहरुले अध्ययन गरेका थिए ।
अध्ययनमा समावेश गराइएका ती
मानिसहरुलाई पन्ध्र दिनसम्म लगातार हरेक दिन १
गिलास अनारको जुस पिउन दिइयो । पन्ध्र दिनपछि उनीहरुमा टेष्टेस्टेरोनको
मात्रा १६ देखि ३० प्रतिशत सम्मले बढेको पाइयो । साथै अनारको नियमित सेवनले
सकारात्मक संवेगको मात्रा बढेको र नकारात्मक संवेग घटेको समेत पुष्टि भयो ।
अनारको जुसले पुरुषमा दाह्री जुँगा आकर्षक बनाउने, बोली गहिरो र मधुर
बनाउने तथा यौन चाहना बढाउने काम गर्यो भने महिलामा पनि यौन चाहना बढाउने
मात्र नभई मांशपेशी र हड्डी मजबुत बनाउने प्रमाणित भयो । अनारको जुसले तनाव
कम गर्न तथा बढि डराउने समस्या पनि कम सहयोग गर्ने तथ्य पनि
वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यसअघिका अध्ययनले अनारमा
एन्टीअक्सिडेन्ट तत्व पाइने र त्यसले मुटुजन्य रोगको खतरा कम गर्न तथा
रक्तसंचारलाई स्वस्थ बनाउन सहयोग गर्ने कुरा पत्ता लगाएको थियो । अनारको
जुसको नियमित सेवनले क्यान्सरका साथै बाथ, पेटको रोग र आँखाको रोगको खतरा
पनि कम गर्ने शोधकर्ताहरुको भनाइ छ ।
0 comments
Write Down Your Responses