१८ जनाको ज्यान जाने गरी अर्घाखाँचीको मसिनेलेकमा विमान दुर्घटनाको भएको छ । नेपाल वायु सेवा निगमको ट्वनअटर विमान आइतबार अपराहृनबाट सम्पर्कविहीन भएको थियो । सोमबार विहान विमान दुर्घटना भएको स्थान पत्ता लागेपछि सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरी पुगेको थियो । मृत्यु भएकाहरुमध्ये सात जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ । सनाखत भएकाहरुमा नेपाली सेनाका मेजर दीपक श्रेष्ठ, कांग्रेस जुम्ला सभापति मानव सेजुवाल, दिवेश शाही, मुना महर्जन, सहिस हमाल, वर्षा हमाल र राजेन्द्र चौलागाई रहेका छन् । अन्य मृतकहरुको शव क्षतविक्षत अवस्थामा भएकाले पहिचान गर्न नसकिएको बताइएको छ । काठमाडौँबाट पोखरा भएर जुम्लाको लागि उडेको विमानमा चालक दलका तीन सदस्यसहित १८ जना यात्रु थिए ।विमानमा विमानको पाइलट शंकर श्रेष्ठ, को-पाइलट रवीन्द्र बन्जारा र एयर होस्टेज मुना महर्जनसहित कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल, पत्रकार गौरी कठायत, टेकबहादुर महतरा, नन्दा महतरा रहेका थिए । त्यसैगरी विमानमा वर्षा हमाल न्यौपाने,डिपी उपाध्याय, उमा तामाङ, डी महतरा,डाविकल्प पोखरेल, राजेन्द्रप्रसाद देवकोटा, दीपक ङेष्ठ, डि शाही, आार चौलागाई तथा डेनमार्कका नागरिक एम म्याथिसेन चढेका थिए ।यस्तै जहाज पनि जलेर ध्वस्त भएको छ । मृतकको शव सुरक्षाकर्मीले संकलन गरेर काठमाडौं पठाएको छ ।
विमानको को-पाइलट रवीन्द्र बन्जारा |
तस्बिर स्रोत बिभिन् मिडियाहरु
केहि दिन अघि म मनोज भाई लाई भेट्न भनि भाइको पसलमा गएको भाइले दाई भेनाको चरिकोटमा काम छ रे काम पनि हुने घुमघाम पनि हुने …जाऊ तपाई ,म ,दिलिप जी र भेना दोलखा घुम्न भनि प्रस्ताब गर्नुभयो । म पनि सुरिएँ दोलखा घुम्न जाने प्रस्ताब सहर्श स्वीकारें । त्यस पछि दिलिप जी, म
र मनोज बसेर जाने दिन तय गरयौ तर तोकेको दिन भन्दा एक दिन अगाडी मनोजले
बिबिध कारण देखाएर आफ्नो खुटा कमायो ।त्यस पछि बसेको हामी तिन जनाको भेटले
फेरी दिन तय गर्यो । तिन दिनको छोटो समय तालिका लिएर मनोज भाईको
र मेरो बाइकमा क्रमश भेना र दिलिप जी संगै डबल लोड गफिदै दोलखाको भ्रमणमा
निस्कियौ । दोलखाको बारेमा सानै छदा धेरै सुनेको थिए तर आज आफ्नै देश
चिन्ने र आन्तरिक पर्यटनको महत्त्व बुझ्नुका साथै प्रत्यक्ष सक्छी हुन जादै
थिए त्यहिँ भएर मनमा धेरै उत्सुकता कौतुहल थियो । आफ्नै सवारी साधन भएर होला यात्रा सहज ढंगले अघि बढी रहेको थियो । हाम्रो पहिलो बिसौनी दोलालघाट भयो जहाँ वरपरको हरियाली ,डुङगा, चहलपहल हेर्दै हामीले सुनकोशी खोलाको असला माछा ४ प्लेट ता-तातो ज्युनार गरेर अघि बढ्यौ ।अरनिको राजमार्गमा बलेफी कोठे अन्धेरी खाडीचौर सम्म
दुई लेनको बाटोले काठमाडौँ देखि नै यात्रालाई सहज बनाएको थियो तर खाडीचौर
बाट पुल तरेर उकालो लागे पछि भने यात्रा अलि असज हुन थाल्यो ।उकालोमा
घुम्ती बाटो त्यो पनि ठाउँ ठाउमा कचि लोकल बसहरु पेलेर नै आउदा रैछन
। त्यै पनि हामी काठमाडौं बाट चरिकोट सम्म पुग्न लगभग ६ घण्टा जति लाग्छ
भने कुरालाई हेक्का राख्दै दौडी रहयौ । बिचमा रोकिदै तस्बिर लिदै अघि बढेका
हामी मुडे खरिढुङा हुँदै अनन्त बेलुकाको साढे ४ बजे चरिकोट पुगियो ।
सातदोबाटो स्थित कफी सपमा बसेर प्राकृतिक मनोरम दृश्य हेरदै कफी र केक संगै
पछिल्लो ६ घन्टाको यात्राको थकान बिर्सेर चरिकोट मै अस्थीई बशोबश गर्नु
हुने मनोज भाइको भान्जा भान्जी संग हामी धेरै बेर गफ़ियौ ।
हिमाली
जिल्ला अन्तरगत पर्ने दोलखा जिल्लाको सदरमुकाम रैछ । चरिकोटबाट दोलखा
भिमसेनको मन्दिर भएको गाउ सम्म जान बाईकबाट २० देखि २५ मिनट लाग्छ.. घरमै
खाना खाने गरि पुग्ने हो बिस्तारि जाऊला नि भनेर मजैले बशियो । त्यस पछि
चरिकोट बजारमा बनेको भेनाको मामाआफन्तको घर माथि उक्लिएर साझको बेला
नेपालको प्रमाणिक समयको मानक गौरीशंकर हिमालको र चरिकोट आसपासको दृश्य
आँखाले र क्यामराले कैद गरयौ ।
सात बजे पछि चरिकोट बाट उतर पुर्बी हुदै दोलखा जान ओरालो झर्ने काम भयो लगभग २५ मिनेट पछि दोलखाको पुरानो बसपार्क पुगियो …चिया
नास्ता खाएर धेरै बेर गफ गरे पछि ८ बजे तिर भेनाको घरमा पुगेर अतिथ्य
सत्कार भोजन ग्रहण गरियो ।त्यस पछि दिलिप जिको घरमा पुग्दा रात्रिको ९ बाजी
सकेको रैछ अनि त्यहिँ सुकुला गरियो ।
दोस्रो दिन बिहानै उठेर भिमसेनको दर्शन , त्रिपुराको
दर्शन गर्दै सुर्योदयको मनोरम दृश्य त्रिपुरा उद्यान बाट अवलोकन गरियो ।
त्यस पछि हामी हिजो सम्म मथिलॊ तामाकोशी जाने सोच पालीरहेका मनोज र म , दिलिप जी र भेनाले भनेका
सामान्य जानकारीकै भरमा कालिन्चोक यात्राको रमाइलो लिने उद्येश्यले त्यहाँ
जाने निधो भयो । कहिलेकाहीँ यसरी सिमित जानकारीका भरमा गरिने यात्रा झन्
बढी रोमाञ्चक हुँदो रहेछ। जताजता पुगे पनि ठिकै छ, रमाइलो गर्नेसम्म त हो भनेजस्तो। त्यस पछि चरीकोटबाट कुरी लगभग १९ किलोमीटरमा अवस्थित रहेको र त्यहाँ बाट १ घन्टाको ठाडो उकालो चढ्नु पर्छ भनेर सुन्दै हाम्रो यात्रा कालिन्चोकको लागि दिलिप जिको घरमा गएर भुजा ग्रहण गरि दोलखा बाट चरिकोट , देउराली, गैरी, कुरी हुँदै कालिन्चोक भगवतीको मन्दिरमा पुगिने यात्रा सुरु भयो । चरीकोटबाट
आर्मी ब्यराकको बाटो हुँदै उत्तर तर्फ उकालो लागेको कच्ची उकालो बाटो
बाईकले न्तानेर बल्ल बल्ल १ घण्टामा देउराली पुगियो । हामी भन्दा धेरै अघि
पुगेका मनोज र भेनाले देउरालीमा चिया को अडर गरि सक्नु भएको रैछ ।
देउरालीमा चिया नास्ता खाएर जानु भयो भने राम्रो हुन्छ रे किनभने त्यसपछी
धेरै माथि मात्र गैरी भन्ने ठाउँमा मात्र चिया नास्ता पाईन्छ भनेको सुनियो ।
तर देउराली बाट गैरी सम्म उकालै उकालो बाटो करिब २ घण्टामा गैरी भन्ने
ठाउँमा पुगियो तर बाटोमा देखिएको यो पसल पनि आज बन्द भएको दिन परेछ । माथि
माथि उकालो चड्दै जादा वरीपरीका सुन्दर प्राकृतिक दृश्यहरु ले हामी संग
लुकामारी गरी राख्थ्यो र जति देखिनथे हेर्दै केहीको फोटो खिचदै त्यसैमा
चित्त बुझाउँदै यात्रा अघि बढ्यो ।गैरी बाट करिब साढे २ घण्टा पछि
कुरी बजार भन्ने ठाउँमा दिउशोको साढे १२ बजे तिर पुगियो । खानाको लागि
ब्यबस्था मिलाईसकेपछी चिया र बिस्कुट खाई सके पछि कालिन्चोक भगवतीको मन्दिर
भएको डाँडा तिर उकालो लगियो । कालिञ्चोक ठाडो उकालो लाग्यौं र त्यों उकालो करीब १ घन्टाको रहेछ , चिसो हावापानी भएपनि उकालो ले स्वाँ स्वाँ र शरीरको तापक्रम बढाई दिएको थियो , बाटामा हिजो देखि आएर कुरिमा बसेकाहरु बिहानै चढेर फर्किनेहरु अनुहारमा रौस झल्काउदै झुंड झुंडमा, रँगीबिरँगी
पहिरनमा तलतिर झरिरहेका भेटिन्थे ! अरुलाई एक घण्टा लाग्ने ठाडो उकालो
हाम्रो झुण्डलाई भने २ घण्टा जति लागी सकेको थियो .. अझै १५/२० मिनेट जति तेस्रो उकालो बाकी थियो जसोतसो माथि सम्म पुगियो , त्यहाँ २,३ वटा अस्थाई पसलहरु रहेछ , केही खाएर एकैछिन थकाई मार्न सल्लाह अनुसार फुर्टी र चना खायौ र अलिक स्फूर्ति जम्मा गरी एकैछिनको विश्राम पछि फेरी उकालो लागियो ...फ्याफ्या स्यास्या गर्दै
उकालो चड्दा काठमाडौँको वर्षौँ देखिको विकारयुक्त वायु मेरो फोक्सोको
ससाना छिद्र छिद्र हुँदै वर्षौँ पछि साट्टिँदै जाने क्रम फेरी सुरु भयो २०
मिनेट जति पछि कलिञ्चोक्को टुपोमा पुगियो... शरीर थाकेपनि मन भने झन ताजा
भएको थियो ।समुद्र सतह देखि करिब ३७८० मिटरको उचाइमा रहेको कालिन्चोकको मौशम भने चिसो हावा चलिरहेको जहाँ बाट ठूला ठूला अग्ला पहरा र नाङ्गा डाँडा खोंच अनि सुनसान बातावरण संगै अन्नपूर्ण, लम्जुङ्, मनस्लु, गणेशहिमाल्, लाङ्ट़ाङ्, डोर्जी लक्पा, जुगल हिमाल्, आमाबामोरि, गौरी
श़कंर् र नम्बुरीहिमाल प्रस्ट देख्न सकिदो रैछ..यस् ठाउँमा भने अलग्गै
आनंद अनुभव भयो । एक प्रकारको अलौकिक आनन्द संगै तस्बिरहरु खिचयौ , कालिन्चोक देबीको
एक फन्को लगाइयो दर्शन गरियो अविस्मरणीय छोटो बसाई पछि फेरी लाग्यौ ओरालो
...अघि साढे २ घण्टा जति लागेको उकालो झर्न भने ४५ मिनेट जति लाग्यो ...तल
ओर्लेर टाशीढले होटलमा लोकल कुखुराको माशु भात खाएर लाग्यो गौरीको बाटो
ओरालो .... हुदै राती नौ बजे तिर दोलखा पुगियो
.. जीउ मजाले थाकेकोले र अघिल्लो दिनको निद्रा पनि कचल्टिएकोले राति त
चाँडै नै भुसुक्क भइएछ। तर जीउ साँच्चिकै कति थाकेछ भन्ने चाहिँ भोलिपल्ट
बिहान बल्ल महशुस हुँदै थियो। भोलि पल्ट खानपिन गरेर राजधानी फर्कियौ….. काठमाडौँ आई पुगेको केहि हप्ता बिते पनि अहिले सम्म पनि कादोका (काठमाडौँ-दोलखा-कालिन्चोक)को यात्रा भने ताजै छ…
आज मेरी आमाको विवाह रे घरमा पाहुनाहरूको भीडभाड छ । आमाका साथीहरू आएका
छन्, सानीमा, ठूलीआमा र हजुरआमाहरू आउनुभएको छ । सबैले आमालाई
सिंगार्दैछन्, आमा राम्रा नाना र चाचाहरू लगाई दङ्ग परेर बस्नुभएको छ । आज
आमाले मलाई एकपटक पनि बोक्नुभएन, गाला टोकेर माया गर्नुभएन । मलाई देखे पनि
नदेखेझैं गरिरहनुभएको छ । आज म आमाको काखमा बस्न पनि पाएकी छैन । उता जान
खोज्दा सबैले रोक्छन्, आमाले पनि बोलाउनुहुन्न 'आमा एकपटक हात फैलाउनु न,
मलाई अंगालोमा लिनू' आमाको ढोकासम्म पुगंे, तर भन्न सकिन । हिँजोदेखि मलाई
आमासँग सुत्न नदिई हजुरआमासँग सुताउन थालेका छन् । अब आमासँग अर्कै मान्छे
सुत्ने रे । आमाले विवाह गरेर त्यो मान्छेलाई मेरो ठाउँमा सुताउनुहुन्छ रे ।
मलाई
आमाले विवाह गरेको पटक्कै मन परेको छैन, त्यो मान्छेले गर्दा म एक्लै
हुनुपरेको छ । त्यो मान्छे र उसका साथीहरू धेरै पटक हाम्रो घरमा आए, आमाका
साथीहरूले मलाई आफ्नै छोरीजस्तै गरी राख्नुपर्ने कुरा गरेको मात्रै मैले
बुझें । म साथी हुँदाहुँदै आमा कसरी एक्ली हुनुभयो ? हो हाम्रो घर छैन,
मेरा बाबा हुनुहुन्न, तर आमा एक्ली कहाँ हुनुहुन्छ र ? म साथी छँदैछु नि ।
मैले आमालाई 'आमा' घर कसले बनाउँछ ?' भनेर सोध्दा इन्जिनियरले' भन्नुहुन्छ ।
इन्जिनियरले अरू के-के बनाउँछ आमा ? मैले फेरि सोधें, भनंे- 'पुल, सडक'
भन्नुहुन्छ' आमा म ठूली भएपछि धेरै पढेर इन्जिनियर बन्छु, अनि पुल, सडक
केही नबनाई घर यस्तै बनाउँछु है अनि हामीजस्तै घर नभएकालाई दिन्छु नि ।'
मैले यसो भन्दा आमाले आँखाभरि आँसु लिएर मलाई माया गरेको सम्झन्छु । जहिले
पनि आमाको आँखा भरियो कि मलाई तानेर माया गर्न थाल्नुहुन्छ । मलाई
हेर्दाहेर्दै आमाका आँखाको आँसु त्यहीँ सुक्छ । आमा रुँदा गालासम्म आएको
आँसु पुछिदिन्छु अनि मेरा मसिना औंलाहरूलाई आमाले ओठमा टाँसिराख्नुहुन्छ ।मलाई आमाको अंगालोमा मात्रै निद्रा लाग्छ । आमाको न्यानो छातीमा टाँसिन
नपाएर हिँजो मलाई निदैै्र लागेन । आमा आएर मलाई आफ्नै कोठामा लानुहुन्छ कि ?
आफ्नै छातीभित्र लुकाउनुहुन्छ कि जस्तो लागिरह्यो । अब मैले एक्लै सुत्ने
बानी पार्नुपर्छ रे । हजुरआमा पनि २-४ दिनमा गाउँ जानुहुन्छ अनि म त झन्
एक्लै हुन्छु । त्यो मान्छेले मेरी आमा खोस्यो हुन त ऊ जहिले आउँदा पनि
मलाई नाना, चाचा र पापाहरू ल्याइदिन्छ, मलाई माया गरेर बोक्छ तर किन-किन
त्यो मान्छे मलाई पटक्कै मन पर्दैन । उसले आमालाई र आमाले उसलाई माया गरेको
त म झन् देख्नै सक्दिन । उनीहरू धेरैबेर कुरा गरेर बस्छन्, त्यो मान्छे
आएपछि आमाले मलाई माया गर्न बिर्सिएजस्तो लाग्छ । घरीघरी चकचक नगर भनेर
गाली मात्रै गर्नुहुन्छ । उनीहरूले कुरा गरेको सुनेको- 'जहाँ बसे पनि
डेरैमा बस्नुपर्ने हो, विवाहपछि पनि हामी यही घरमा बस्ने है ।' अब त्यो
मान्छे आज यहीँ आउँछ, आमासँगै सुत्छ, उठ्छ, आमासँगै खान्छ, अफिस जान्छ,
घुम्न जान्छ । अब आमाले मलाई घुमाउन पनि लानुहुन्न कि ? ऊसँग मात्रै
जानुहुन्छ होला । 'आमा आमा आमा मलाई सधै घुमाउन लानुहोस् है ।' म दौडदै
बैठक कोठामा गएर आमाको रातो साडी तान्दै भन्छु । हुन्छ नानु तिमी, म र बाबा
भोलि नै घुम्न जाने है' आमा मलाई म्वाई खाँदै भन्नुहुन्छ । 'नाईं त्यो
नयाँ बाबासँग नजाने । हजुर र म मात्रै जाने है आमा ।' मलाई आमाले त्यो
मान्छेलाई बाबा भन्न लगाएको मनै परेन । 'त्यसो भन्नुहुन्न, नयाँ बाबाले
नानुलाई माया गर्नुहुन्छ, पापा-नाना ल्याइदिनुहुन्छ, पढाउनु- लेखाउनुहुन्छ,
घुमाउनुहुन्छ ।' सानीआमाले फकाएर मलाई बोक्नुभयो ।
'नाईं त्यो नयाँ
बाबालाई म मारिदिन्छु ।' म आमाको काखमा लुक्न खोजें । 'मेकअप बिग्रन्छ'
ठूलीआमाले च्याप्प पाखुरा समाएर तान्नुभयो 'यसले पाउन त उदार मन भएको
विशालजस्तो केटा पाई तर बच्चीले समस्या खडा गर्छे जस्तो छ, केटाले त माया
गर्छ नि यसलाई त्यो केटी मोरी आफै अभागिनी छे, कुकुरलाई घिउ नपचेको ।'
ठूलीआमाले मलाई त्यो कोठाबाट निकाल्न खोज्नुभयो । 'त्यै त नि, अहिलेदेखि नै
परपर हुन खोज्छे । नजिक-नजिक भए पो माया लाग्छ । यसले यस्तै बेहोरा देखाई
भने आफै दुःख पाउँछे' संज्ञा मामुले पनि यस्तै भन्नुभयो ।
'सुरुसुरुमा
बच्चालाई आफ्नो भाग खोसिएझैं लाग्नु स्वाभाविक हो । लोग्नेमान्छेका बारेमा
सधै नकारात्मक कुरा सुनेर पनि उसलाई यस्तो भएको हो, विस्तारै सबै ठीक हुन्छ
।' सिना मामुले भनेको कुरा के हो ? मैले बुझ्न सकिन । उहाँको काखबाट
फुत्केर आमाछेउ जान मन लागेको छ । 'यसले रातदिन यस्तै गरी भने विशालसँग
यसैका कारणले मनमुटाव हुने होला ।' आमाको कुरा सुनेर हजुरआमा पनि भित्र
आउनुभयो । यसलाई होस्टलमा राख्नुपर्छ, हामी राखौं भने हाम्रा आफ्नै बच्चा
छन्, फेरि तैंले एक्लै......राखेकी केटी साह्रै चकचके छ । सानीमाले मलाई
बदमास भन्नुभयो ।होस्टल राख्न त अझै सानै छ, भरर्खरै ५ वर्ष पुगी, पाप लाग्छ वा बरु मै
पाल्छु, धर्म पनि हुन्छ ।' हजुरआमाले मलाई तान्नुभयो ।'हुन त हुन्थ्यो तर
गाउँमा राम्रो स्कुल छैन, त्यो झन् बिग्रन्छे । आमाको आँखामा विवशताको आँसु
छल्कियो ।
सबैले मलाई दोषी र अपराधीका रूपमा हेर्दैछन्, यसमा मेरो के
दोष ? आफ्नी आमाको माया पाउन खोज्नु मेरो दोष हो ? आमालाई अरूसँग बाँड्न
नखोज्नु मेरो गल्ती हो ? आज मलाई आमासँग खुब रिस उठेको छ । सबैले मलाई गाली
गर्दा पनि केही नबोली बस्नुभएको छ । मैले आमालाई कति भन्नु त्यो मान्छे
मलाई मनपर्दैन मनपर्दैन मनपर्दैन मैले यही कुरा एउटा पानामा लेखेर आमाको
व्यागमा हालिदिएँ, आमा हिँड्ने बेलामा भुइँमा चिठीजस्तो बनाएर खसालें, काम
गर्ने दिदीले त्यो पाना भेटेर दिँदा रुनुभयो तर विवाह गर्दिन भन्नुभएन ।
पूजाकोठामा भगवान्ले सुन्ने गरी चिच्याएर भनें, आमाले देख्ने गरी भगवान्को
फोटोअगाडि यही कुरा लेखेर राखें । होमवर्क चेक गर्दा मिसले कपीमा लेखेको
कुरा आमालाई स्कुलमै बोलाएर देखाउनुभयो, एउटा केटा मान्छेमाथि क्रस चिन्ह
बनाएको, सानी केटीको आँखाबाट बगेको आँसुको ड्रइङ पनि आमाले बुझ्नुभएन ।'
दिउँसो
त्यो मान्छे बसेर गएको बेडमा सुत्न नमान्दा आमाले एक दिन तन्ना फेर्नुभएको
कुरा पनि बिर्सनुभयो । त्यो मान्छे घरमा आएपछि मलाई कौसीमा बादल उडेको
हेरेर बस्न मन लाग्छ । कत्ति बोलाउँदा पनि भित्र जानै मन लाग्दैन, आमाले यो
कुरा खोइ बुझेको ? जहिले पनि तिमीलाई आमा मात्रै भएर हुँदैन । बाबा पनि
चाहिन्छ' भन्नुहुन्छ । चाहिएको छैन मलाई बाबासाबा । आमा मात्रै भए पुग्छ,
बाबाले त आमा खोस्छ, त्यस्तो बाबा के काम ? त्यो मान्छेको अंगालोमा आमा
रोएको मैले देखेकी छु । किन रोएको होला ? सानो मान्छे पो रुन्छन् । त्यति
ठूली आमा पनि रुनुहुन्छ काहीँ ? त्यो मान्छेलाई आमाले निकै रुचाउनुहुन्छ ।
आमाले मात्रै रुचाएर भयो ? हामीसँगै बस्ने भनेपछि मैले पनि त रुचाउनुपर्यो
। आमाले त्यो मान्छेलाई मलाई भन्दा धेरै माया गर्नुहुन्छ । आमाले किस
गरेको त्यो मान्छेको फोटो च्यातिदिँदा मेरो गाला चड्किने डर लागेको थियो
'नानु त्यो मान्छे भगवान् हो' आमाले मलाई काखमा लिएर धेरै कुरा सम्झाउन
खोज्नुभयो तर मैले केही बुझिन । मलाई त्यो मान्छेले आमालाई छोएको पनि मन
पर्दैन । रेस्टुराँमा आमासँग मात्रै जाँदा मःम, आइसक्रिम खान अति मनपर्छ तर
त्यो मान्छेसँगै जान थालेदेखि मलाई केही खानै मन लाग्दैन । दुवैजना कुरा
मात्रै गरेर बस्छन्, मेरो कुरा सुन्ने आमाले अब अर्कैको कुरा सुन्नुहुन्छ ।
मेरी
आमा आज सिंगारिएर राम्री भएर बस्नुभएको छ । मेरा सबै साथीकी आमाभन्दा मेरी
आमा कति राम्री हुनुहुन्छ । आमा अझ राम्री देखिँदा पनि मलाई खुसी लागेको
छैन । आज आमा मेरा लागि होइन त्यो मान्छेका लागि सिंगारिनुभएको हो । अब
सबैले आमालाई मन्दिरमा लिएर जान्छन् । बेलुका भोज छ रे कता हो तर मलाई
लानुहुँदैन भन्छन् । आमाको विवाह हेर्नुहुँदैन रे । आमाका साथीहरूको
विवाहमा, पिकनिक पार्टीमा जहाँ पनि आमाले मलाई चिटिक्क पारेर लानुहुन्छ तर
आज आफ्नै विवाहमा भने घरमै छाडेर जाने रे । उता विवाहमा कति रमाइलो होला
यता म भने काम गर्ने दिदीसँग एक्लै बस्नुपर्ने भयो । आमाको मनले मलाई एक्लै
छोड्न कसरी मानेको होला ? हिँड्ने बेलामा आमा मलाई अंगालेर रुनुभयो 'मेरी
आमा निष्ठुरी ।' मैले हिँजो राति पनि भनेको 'आमा त्यो मान्छेसँग विवाह
नगर्नुहोस् बरु मसँगै विवाह गर्नुहोस्, त्यो मान्छेसँग नसुत्नुहोस् बरु
मैसँग सुत्नुहोस् ।' म आमाका साथीहरूले खुब सजाएर मगमग पारेको कोठाको
भित्ताभरि त्यही कुरा लेख्दैछु । काम गर्ने दिदीको थुप्रै काम छ उनी
भान्सातिरै छन् । मैले मौका पाएको बेलामा आमाको ड्रइङ पनि भित्तामा बनाएर
आइ लभ यु मम लेखंे । त्यो मान्छेको भूतको जस्तो अनुहार पनि बनाएँ । मेरो
कुरा कसैले सुनेन । आमाले पनि सुन्नुभएन । कसैले पनि आफ्नो कुरा नसुनेपछि
फिलिममा कालो कोट लगाउने मान्छेले 'जज साब' भन्दै कराउँछ अब म पनि एउटा
बूढोबूढो मान्छे भित्तामा बनाउँछु । जब साब त्यो मान्छेलाई पनि फाँसी
दिनुहोस् है ।' एकपटक होइन । त्यसलाई तीनपटक फाँसी दिने है 'जज साब'-'जज
साब' । मेरो कुरा सुन्नुहोस् है' म भित्ताभरि कोर्दैछु ।
साभार :- नारी
पत्रीका
उसको आँखाको नानी जन्मिँदाखेरी नै अरुको जस्तो कालो वा खैरो थिएन । नंग
युहुइ नामका ती बालकको आँखा ठ्याक्कै विरालाको जस्तो थियो, अर्थात् पहेँलो ।
चीनको ग्वांजी प्रान्तको एक गाउँका यी बालकको आँखा त अनौठो छ नै, उनीसँग
अर्को अद्भुत क्षमता पनि छ, जुन क्षमता अरु मानिसमा हुँदैन । अर्थात् यी
बालकले अँध्यारो रातमा पनि आँखा देख्न सक्छन् र हामीलाई जस्तो बत्तीको
आवश्यकता नै पर्दैन ।
उनको आँखा यस्तो अचम्मको छ की जब आँखामा प्रकाश पर्छ तब आँखा चम्किन थाल्छ ।
ठ््याक्कै विरालोको जस्तो गरी रातको समयमा उनको आँखा चम्किन्छ र उनले
रातको समयमा देख्न सक्छन् ।
जन्मिँदा खेरी नै आफ्ना छोराको यस्तो अनौठो आँखा देखेर सुरुमा त उनका
बुवाआमा निकै डराएछन् कतै ऊ राक्षस पो हो की भनेर । उनीहरुले स्थानीय
डाक्टरलाई छोराको आँखा देखाएछन् । डाक्टरले उमेर बढ्दै जाँदा आँखा सामान्य
बन्दै जाने बताएछन् । छोराको उमेर बढ्दै जाँदा आँखा ठीक होला भन्ने आशामा
रहेका बुवाआमा अझ त्यस बेला अचम्ममा परे जब उनको छोराले रातको समयमा पनि
बत्ती विना नै छर्लंगै देख्न सक्छ भन्ने कुरा थाहा पाए । यो कुरा थाहा
पाएपछि उनलाई आँखा विशेषज्ञहरुले चेकजाँच गरे । त्यसपछि मात्र उनको आँखा
रातको समयमा देख्न सक्ने कुकुर तथा बाघको आँखा जस्तो भएको कुरा पत्ता
लाग्यो । बाघको जस्तो आँखा भएका ती बालकको अहिले चर्चा बढिरहेको छ । उनी
छिटै अँध्यारोमा पनि देख्न सक्ने मानिसको रुपमा गिनिज बुकमा नाम लेखाउने
तयारीमा छन् ।@एजेन्सी
धर्म र समाज एक-अर्कासँग निरपेक्ष हुने कुरा हो । बहुसंख्याक जातीय
रुपमा पछाडी पारिएका दलित ,उत्पीडित जसले हिन्दु धर्म प्रति आस्था राख्छन
तिनीहरुले हिन्दु धर्म भित्रको बर्णश्रम ले हामीलाई उत्पीडित बनाउने
प्रमुख कारण हो भनेर जेसुकै नाम ,उपनाममा एक्यबद्ध हुदा आवाज उठाउदा गैर
उत्पीडित , गैर दलित , जातीय रुपमा अघाडी भएकाहरुले जुँगाको लडाईं
बनाउनुपर्ने विषय हुँदै होइन। मूल कुरा त हिन्दु धर्म भित्रको बर्णश्रमको
हो जुन आजको आधुनिक समाजमा हजारौ बर्ष अघिको जातीय भेदभाब र छुवाछुत जस्ता
परम्परालाई कायम राखेरै एकै आस्था राख्ने लाखौ नागरिकलाई अछुत सुद्रको खोट
लगाउने ब्यबहारिक चलन छ त्यसको हो । हिन्दु समाजको सबैभन्दा नकारात्मक पक्ष
भनेकै मानिसलाई उचनिच र छुत तथा अछुत भनी छुट्याउनु हो । जातीय तहगत
संरचनाको सबैभन्दा तल्लो तह तथा अछुत मानिने जाति नै दलित जाति हो ।
हाम्रा समाजमा दलित , उत्पीडित , सुद्र र कामी दमै सार्कीहरु परम्परा,
संस्कार, मर्यादा इत्यादि निर्वाह गर्ने नाममा पिल्सिएका छन्, ज्यानै
उत्सर्ग गर्ने हदसम्म। यो कुरा छुट्टै हो कि यस्ता खबर मिडियामा खासै
आउँदैनन् अनि गाउँघरमै पनि केही टाठाबाठा मिलेर गुपचुप राख्ने प्रयत्न
हुन्छ । २१ औ स्ताब्धिमा पनि हाम्रो समाजमा अपेक्षा गरिए विपरित जातीय
छुवाछुत र असमानताको अमानविय घटना दिनहु हुनुले बर्णश्रम ब्यबस्था झन्-झन्
बलियो देखिनुमा कामी दमै सार्कीहरुले आफुलाई सुद्र र दलितको उपनाम दिदै
हिड्नुको कमजोरी आफ्नो ठाउँमा होला, त्योभन्दा बढी हिन्दु धर्मको
बर्णश्रमले सृजित ब्यबहार पनि अर्घेल्याइँ जिम्मेवार छ। निश्चित छ,नेपालमा
बर्णश्रम ब्यबस्था बोकेर ६० लाख जनतालाई जातिय विभेद्, शोषण र उत्पिडन
लाद्न हिन्दु धर्मले अब त्यो सुविधा किमार्थ पाउने छैन। जसको पछिलो उदाहरण
संसारको सब भन्दा पुरानो धर्म हिन्दुत्वप्रति विरक्त बढ्न थालेको छ जसको
परिणाम भोलि जे पनि हुन सक्छ ।
देशमा उत्पन्न यावत् जातीय भेदभाब र छुवाछुत समस्याको जड हिन्दु धर्मले
आफु संगै राखेको बर्णश्रम ब्यबस्था नै हो ।समय संगै बिभिन् साशकले आफ्नो
स्वार्थको लागि प्रगोग गरे तर अहिले सम्म किन यसले हाम्रो समाजमा असमानता
खडा गरिरहेको छ ? बर्णश्रम ब्यबस्थालाई निषेध गर्ने बित्तिकै जातीय
भेदभाब र छुवाछुतले यी सबबाट चुड्कीको भरमा मुक्ति पाउँछ भन्ने सोँच
राख्नेहरु तत्कालिन सुद्र र अहिलेका दलित उत्पीडितहरु छन। उनीहरुलाई
तिमीहरु सुद्र हैनौ , दलित हैनौ भन्दै कामी, दमै ,सार्की हौ भन्दै सही
सावित गर्ने कि गलत, त्यो धेरै हदसम्म हिन्दु धर्ममा आस्था राखने सबै
विद्वान र सचेतहरुकै क्रियाकलापमा भर पर्नेछ। आम नेपाली समाजका कहलिएका
टाठा बाठाहरु दलित र सुद्र किन आफैलाई भनेको भन्दै पूर्णत अव्यवहारिक
मुद्दामा चर्का बहस गर्नेहरु हिन्दु धर्मले साथै बोकी बसेको बर्णश्रम
ब्यबस्था र यसले सृजित जातीय भेदभाब र छुवाछुत जस्ता मुद्दामा चाहिँ
चुइँक्क पनि बोल्दैनन ।बरु निधारमा दलित हु भनेर लेखेर बस् भन्दै कता-कता
त्यही कुरा झल्काउने स्टाटस , लेख , प्रतिकृया पढ्दा लाग्छ दलित समस्या
हिन्दु धर्मको उपज भएको र त्यो राज्यको धर्म रहदै आएकोले हिन्दु धर्मको
निर्देशनमा सञ्चालित राज्य र राजनीतिबाट दलित समुदायको मुक्ति सम्भव छैन
भन्ने कुरा हाम्रा पुर्खाहरुले मात्र हैन आजका दलित सब्द बिरोधिहरुले पनि
बुझ्न सकेका छैनन ।
हामीकहाँ कहिलेकाहीँ जानेर वा नजानेर हुने गल्ती स्विकार्दा सानो भइन्छ
भन्ने सोँच राखेर एउटा गल्ती ढाक्न बरु अरु थप गल्ती गर्ने रोग झन् भयंकर छ
। वर्ग विभाजित समाजलाई स्थायीत्व प्रदान गर्ने सवालमा अचुक हतियार सावित
भएको हिन्दु धर्मको उपज नै वर्णाश्रम व्यवस्थाको जातपात, छुवाछुत तथा
भेदभावजस्तो निकृष्ट प्रथा भएकोले त्यसलाई सही तरिकाले बुझ्ने र त्यस्तो
गलत संस्कार, संस्कृतिको प्रथाको अन्त्य गर्ने अभियानमा लागेर मात्र
वर्णाश्रम व्यवस्थाको जातपात, छुवाछुत तथा भेदभाव समस्याको समाधान हुन
सक्दछ । त्यसैले अब सम्पूर्ण सुद्र ,दलित या जातीय रुपमा पछाडी पारिएका
समुदायको अधिकार प्राप्तिका लागि सबै सुद्र ,दलित या जातीय रुपमा पछाडी
पारिएका समुदाय एकजुट भएर लाग्नुपर्दछ । त्यस्तै गरि जातीय भेदभाब र
छुवाछुत संगै बोकेर हिड्नेहरुको मति फिरोस् र जातीय भेदभाब र छुवाछुत बाट
ब्यबहारिक रुपमा प्रताडित भएका आफु संगै आस्था राख्ने लाखौ मानिसहरु आफुले
भोगाइ बाट उठाएका मुद्दाहरु एउटा टुङ्गोमा पुर्यारउन यिनको पनि सकारात्मक
योगदान रहोस् ।
बेला अझै घर्किसकेको छैन तर घर्किन बेर पनि लाग्ने छैन। तत्कालिन समयका सासकहरुले स्वार्थबस बनाएका रीति-थीति तथा नियमहरु परिस्थिती सुहाउँदा तथा समय सापेक्ष मानिए पनि अहिलेको परिस्थिती र समयको माग तथा आबश्यकता फरक छ र आजको समय सुहाउँदो बन्न सकेनन् र त्रुटीका रुपमा देखिए । त्यसैअनुसार अव फेरी पनि यसमा थपघट तथा फेरबदल गर्नुपर्ने समय र जिम्मेवारी हाम्रो सामु आएको छ । बर्षौ देखि पीडाले जेलिएका लाई त् दलित हैनस हिन्दुधर्ममा यो चलन छैन भनेर पन्सिने भन्दा पनि अव हाम्रो पालामा हामीले कसरी हाम्रो अस्तित्वको प्रतिक धर्मं तथा संस्कृतिमा कति र कसरी थपघट तथा फेरबदल गर्ने हो, यो शिर्षक ब्यापक छलफलको बिषय बन्नु तथा बनाइनु पर्दछ । अत बर्ण ब्यबस्था र छुवाछुत बाट ब्यबहारिक रुपमा प्रताडित भएका लाखौ मानिसहरुलाई मानिश बनाउन साँच्चै व्यवहारिक प्रतिवद्ध हामी नागरिकहरुले नै पहिला चेत्न जरुरी भैसकेको छ।
बेला अझै घर्किसकेको छैन तर घर्किन बेर पनि लाग्ने छैन। तत्कालिन समयका सासकहरुले स्वार्थबस बनाएका रीति-थीति तथा नियमहरु परिस्थिती सुहाउँदा तथा समय सापेक्ष मानिए पनि अहिलेको परिस्थिती र समयको माग तथा आबश्यकता फरक छ र आजको समय सुहाउँदो बन्न सकेनन् र त्रुटीका रुपमा देखिए । त्यसैअनुसार अव फेरी पनि यसमा थपघट तथा फेरबदल गर्नुपर्ने समय र जिम्मेवारी हाम्रो सामु आएको छ । बर्षौ देखि पीडाले जेलिएका लाई त् दलित हैनस हिन्दुधर्ममा यो चलन छैन भनेर पन्सिने भन्दा पनि अव हाम्रो पालामा हामीले कसरी हाम्रो अस्तित्वको प्रतिक धर्मं तथा संस्कृतिमा कति र कसरी थपघट तथा फेरबदल गर्ने हो, यो शिर्षक ब्यापक छलफलको बिषय बन्नु तथा बनाइनु पर्दछ । अत बर्ण ब्यबस्था र छुवाछुत बाट ब्यबहारिक रुपमा प्रताडित भएका लाखौ मानिसहरुलाई मानिश बनाउन साँच्चै व्यवहारिक प्रतिवद्ध हामी नागरिकहरुले नै पहिला चेत्न जरुरी भैसकेको छ।
प्रतिक्रियाको लागि :- गोपाल सिवा (gopsiwa@gmail.com )
रौतहट, माघ १८ । रौतहटको डुमरियापरोहा गाविस वडा नं. ६ कि एक महिलाले आफ्नो तेस्रो सन्तानको रुपमा एक विचित्र बालिकालाई जन्म दिएकी छिन् । ३५ वर्षीया जानकी देवीले शुक्रबार राति ८ बजेतिर चार वटा हात, चार वटा खुट्टा र एक टाउको भएको शिशुलाई जन्म दिएकी हुन् ।जानकी देवीका १३ वर्षका एक छोरा र ८ वर्षकी एक छोरी रहेका छन् ।
जन्मेको
करिब एक घन्टापछि नवजात शिशुको मृत्यु भएको थियो।शुक्रबार राति ८ बजेको
समयमा घरमै बच्चा जन्मिएको थियो । बालिकाको मृत्युभएपछि पनि अन्तिम संस्कार
गर्नुभन्दा स्थानीयले भजन कीर्तनसँगै शनिवार साँझसम्म पनि पूजाआजा नै
गरिरहेका छन् स्थानीयले बालिकाको अन्तिम संस्कार गर्ने ठाउँमा मन्दिर
बनाउने निर्णय समेत गरेको एक स्थानीयले बताए ।