सडेन इन्फेन्ट डेथ सिन्ड्रोमबाट एक वर्ष नपुगेका शिशुको मृत्यु हुने गरेको छ । एक देखि १२ महिनाका शिशुको मृत्युमा यस समस्याको ठूलो हिस्सा रहेको देखिन्छ । अमेरिकामा दुई हजारभन्दा बढी शिशुले प्रत्येक वर्ष यस समस्यामा परेर ज्यान
गुमाउने गर्छन् तर सामान्यतया यसरी हुने शिशुको मृत्युको कारण व्याख्या गरिँदैन । अहिले एक अनुसन्धानले जनाए अनुसार ओछ्यानमा शिशुसँगै सुत्नु सडेन इन्फेन्ट डेथ
सिन्ड्रोमको एक प्रमुख कारण हुन्छ । अमेरिकन एकेडेमी अफ
पेडियाट्रिक्सको जर्नल पेडियाट्रिक्समा प्रकाशित नयाँ अनुसन्धानको विवरणमा
अमेरिकाका २४ राज्यमा सन् २००४ देखि २०१२ सम्म भएका सडेन इन्फेन्ट डेथ सिन्ड्रोम
मामिलाको अध्ययन गरिएको जनाइएको छ ।
अमेरिकाको रोग नियन्त्रण केन्द्रले शिशुको मृत्युको प्रमुख तीन कारणलाई यसरी छुट्याएको छः सडेन इन्फेन्ट डेथ सिन्ड्रोम (सिड्स), अज्ञात कारण र ओछ्यानमा दुर्घटनावस सास लिन नपाउने । एकदेखि चार महिनाका शिशुमा सडेन इन्फेन्ट डेथ सिन्ड्रोम बढी देखिने भए पनि एक वर्ष नपुगेका जसलाई पनि यो समस्याको खतरा रहन्छ । ओछ्यानमा सुत्दा शिशुको मृत्यु हुने जोखिम उमेर समूह अनुसार फरक हुने भएकाले अनुसन्धान टोलीले दुई समूह शून्यदेखि तीन महिना र चारदेखि १२ महिना, बनाएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान अवधिमा आठ हजार २०७ शिशुको मृत्यु भएकोमा ६९ प्रतिशत शिशुले अभिभावकसँगै सुतेको अवस्थामा ज्यान गुमाएका थिए । शिशुलाई कसरी सुताउने
1. शिशुलाई हल्का नरम ओछ्यानमा सुताउने ।
2. धुवाँ नहुने स्थानमा सुताउने ।
3. शिशुलाई सुताउन वयस्क मानिसको ओछ्यान, कुर्सी, सोफा, तकिया आदि प्रयोग नगर्ने ।
4. शिशुको ओछ्यानमा ठूला कम्मल, खेलौना, अतिरिक्त तकिया आदि नराख्ने ।
5. आमाबाबुले शिशुलाई सँगै नसुताउने ।
6. आमाले आपूmले सुतेर बच्चालाई कोल्टे पारी स्तनपान नगराउने । बसेर शिशुलाई काखमा राखी स्तनपान गराउनु पर्छ ।
7. गर्भावस्था र बच्चा जन्माएपछि आमाले धूमपान नगर्ने वा धुवाँ हुने वातावरणबाट आपूmलाई टाढा राखेर पनि शिशुलाई सडेन इन्फेन्ट डेथ सिन्ड्रोमबाट जोगाउन मद्दत मिल्छ ।
8. शिशुलाई मसाज गर्दा शिशुलाई धेरैबेर घोप्ट्याएर राख्नु हुँदैन ।
9. शिशु ब्युँझेको बेला उसलाई आफ्नो निगरानीमा केहीबेर पेटको बल रहन दिएमा उसको शारीरिक विकासमा सहयोग पुग्छ ।
अनुसन्धान टोलीले सडेन इन्फेन्ट डेथ सिन्ड्रोमजस्ता दुर्घटनाबाट जोगाउन जहिले पनि शिशुलाई उतानो पारेर सुताउनुपर्ने सुझाव दिएको छ । कोल्टे पारेर सुताएमा शिशु आफ्नो पेटको बलमा घोप्टिने खतरा हुन्छ । यस अतिरिक्त शिशुलाई न्यानो राख्ने भनेर धेरै लुगा लगाउने र ठूलो कम्मलले ओढाएर सुताउनु हुँदैन । कोठाको तापक्रम पनि आरामदायक राख्नुपर्छ । एजेन्सी

संसारमा हरेक वर्ष विभिन्न खालका क्यान्सरका लाखौँ नयाँ रोगी देखिन्छन् र
समग्रमा लाखौँ मानिसले यस विकारबाट ज्यान गुमाउनु परेको छ । क्यान्सरको उपचारका लागि दिनरात प्रयत्न र धेरै खर्च भइरहेको छ । यसै क्रममा वैज्ञानिकले बिरालोको दिसामा पाइने परजीवीमाथि ध्यान केन्द्रित
गरेका छन् । विशेष गरी बिरालोको दिसामा पाइने परजीवी टक्सोप्लाज्मा
गोन्डाईको प्रयोग गरी क्यान्सरको खोप बनाउने प्रयास गरिएको छ । तातो रगत भएका कुनै पनि पशुको आन्द्रामा एक कोषिय परजीवी टक्सोप्लाज्मा
गोन्डाई बस्छ तर बिरालोको आन्द्रामा यसले तुलनात्मक रूपमा अनुक । ल वातावरण पाउँछ
। यस परजीवीबाट हामी सङ्क्रमिक हुन सक्छौँ । राम्रोसँग नपकाइएको
खाना खाएमा, प्रद । षित मासु र पानी तथा बिरालोको दिसाको सम्पर्कमा
आउँदा टक्सोप्लाज्मा गोन्डाईले हामीलाई सङ्क्रमित गर्ने खतरा रहन्छ ।
टक्सोप्लाज्मा गोन्डाईका कारण टक्सोप्लाज्मोसिस रोग लाग्छ । यस रोगले रुघाखोकी जस्तो लक्षण देखाउनुका साथै मांसपेशी चिलाउने र दुख्ने गर्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा यस रोगले मस्तिष्क, आँखा वा अङ्गहरूमा क्षति पु¥याउने सम्भावना रहन्छ तर टक्सोप्लाज्मा गोन्डाईबाट सङ्क्रमति धेरै जसो मानिसले रोगको अनुभव गर्दैनन् । जर्मनीको हानोभरमा रहेको डर्टमाउथ कलेजअन्तर्गतको जेसल स्कुल अफ मेडिसिनका बार्बरा फक्स र डेभिड जे बेकको टोलीले टक्सोप्लाज्मा गोन्डाईमा हुने क्यान्सर विरोधी गुणको उपयोग गरी क्यान्सरको खोप बनाउने प्रयास गरेको छ । अनुसन्धान टोलीका अनुसार टक्सोप्लाज्मा गोन्डाईले मानव शरीरमा प्रवेश गरेपछि प्रतिउत्तरमा क्यान्सरसँग लड्ने साइटोटक्सिक टीलगायतका कोषहरू उत्पादन हुने गर्छन् । क्यान्सरले शरीरको प्रतिरक्षा प्रणालीलाई बेकम्मा बनाउने तर टक्सोप्लाज्मा गोन्डाईले त्यसलाई पुनः सक्रिय हुन सहयोग गर्ने भनाइ अनुसन्धान टोलीको छ ।
हाम्रो शरीरमा टक्सोप्लाज्मा गोन्डाईले वृद्धिका लागि आफ्नो प्रतिरुप फटाफट तयार पार्ने भएकाले यसलाई सामान्य अवस्थामा क्यान्सर रोगीमा प्रवेश गराउनु खतरनाक हुने जानकारी दिँदै अनुसन्धान टोलीले परजीवीको कोषमा उत्परिवर्तन (म्युटेसन)गरी नियन्त्रित रूपमा प्रयोग गर्न सकिने बताइएको छ । यसका लागि अनुसन्धान टोलीले टक्सोप्लाज्मा गोन्डाईको उत्परिवर्तित स्वरूप सीपीएस बनाएको छ । सीपीएसले स्वतः आफ्नो प्रतिरुप बनाएर वृद्धि हुन सक्दैैैन । यस अवस्थाको टक्सोप्लाज्मा गोन्डाईलाई क्यान्सरको खोप बनाउँदा सुरक्षित हुने सो टोलीको भनाइ छ ।
अनुसन्धानकर्ता बेक भन्नुहुन्छ–आक्रामक क्यान्सर तेज गतिमा चलायमान रेल जस्तै हुन्छ, सीपीएस स । क्ष्म भए पनि निकै शक्तिशाली छ, यसले त्यस्तो रेलको गति रोक्छ र क्यान्सर प । र्णतया सफा नहुञ्जेलसम्म त्यसलाई च्यापेर राख्छ । मुसामा सीपीएसको परीक्षण गरिएको छ । खतरनाक क्यान्सर मेलानोमा र डिम्बासयको क्यान्सरको उपचारमा यसको प्रयोग गरिँदा मुसामा बाँच्ने दर उच्च पाइएको थियो । एजेन्सी

कब्जियतले प्रायः सबै मानिसलाई सताएको हुन्छ । वातावरणीय परिवर्तन, पानीको कमी, व्यायामको कमी र खानपिन नमिलेर कब्जियतको अवस्था सिर्जना हुने गर्छ । प्रशोघित खाद्य वस्तुको उपभोग बढेकाले हाम्रो शरीरले पर्याप्त मात्रामा फाइबर नपाएर कब्जियत र अन्य समस्याले जरा गाड्ने मौका पाएको छ । आन्द्रामा चिप्लोपना उत्पन्न गर्ने र फाइबर पनि आपूर्ति गर्ने म्युसिलाजिनोसवर्गका खाद्य वस्तुले कब्जियतको समस्या समाधान गर्न योगदान गर्छन् । यस प्रकारका खाद्य वस्तुमा रामतोरिया (भिन्डी) पनि पर्छ । अफ्रिका र भारतीय उपमाहद्विपमा प्रमुख रूपमा उत्पादन गरिने भिन्डीमा पर्याप्त मात्रामा चिप्लो पदार्थ म्युसिलाज हुन्छ । यस म्युसिलाजले आन्द्राभित्र चिप्लो अवस्था सिर्जना गरेर त्यहाँको सफाइमा सहयोग पु¥याउँछ । यति मात्र होइन आन्द्रालाई बढी मात्रामा पानी अवशोषित गर्न सहयोग गर्ने, विषाक्त तìवलाई ठूलो आन्द्राबाट बाहिर निकाल्नमा पनि भिन्डीले योगदान गर्छ ।
आन्द्रामा भिन्डीको उपयोगिता सम्बन्धमा धेरै अनुसन्धानले प्रकाश पारेका पनि छन् । पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा उल्लेखित एक अनुसन्धानले जनाए अनुसार भिन्डीले आन्द्रामा हानिकारक ब्याक्टेरियालाई टाँसिएर बस्न दिँदैन । आमाशयमा घाउ पार्ने खतरनाक ब्याक्टेरिया हेलियोब्याक्टर पाइलोरी भिन्डीका कारण वृद्धि हुन सक्दैन । भिन्डीको चिप्लो गुणले गर्दा ब्याक्टेरियाले आमाशयको तन्तुमा टाँसिन सक्दैन । फर्मासी एन्ड बायोएलाइड साइन्सेस जर्नलमा उल्लेख भए अनुसार भिन्डीको नरम रेसाले रगतमा ग्लुकोज नियन्त्रण गर्न सहयोग पु¥याउँछ । भिन्डी खाएमा आन्द्राले ग्लुकोज अवशोषित गर्ने गति सुस्त पर्ने भएकाले रगतमा ग्लुकोजको मात्रा एकैचोटि धेरै बढ्दैन ।