प्रायः वयष्क महिलामा भन्दा पुरुषमा हुने मिर्गौला एवंम् पित्ताशयमा हुने पत्थरीको प्रमुख कारण मौसम, पिसाब नलीमा हुने संक्रमण, वंशाणुगत भएता पनि खानाले ठूलो प्रभाव पारेको हुन्छ । घाममा बढी समय काम गर्दा पसिना निस्कने हुन्छ । साथै गर्मी मौसममा पानीको सेवन कम गरेमा पिसाब पनि थोरै लाग्ने हुन्छ, जसले गर्दा पिसाबमा लवणहरु जम्मा हुन थाल्छ र पत्थरको रुप लिन थाल्छ ।
यसैगरी वंशाणुगत युरिक एसिड र अक्जालेटको मेटाबोलिजममा गडबड हुनाले पनि मिर्गौलामा पत्थर बन्ने सम्भावना बढी हुन्छ । पत्थर बन्न मद्दत पु¥याउने तत्वहरु खानाबाट प्रशस्त प्राप्त भएको स्थितिमा पनि यो समस्या आउन सक्छ । क्याल्सियम, फस्फोरस जस्ता तत्वहरु शरीरमा आवश्यक भए पनि पत्थर बन्ने प्रवृत्ति भएको शरीरको लागि भने यी तत्व तथा युरिक र अक्जालेटले नकारात्मक प्रभाव पार्न सक्छ । एक चोटि पत्थर बनेपछि बराबर बनिरहने हुनाले सरल र बिनाझन्झट दैनिक खानामा उचित प्रकारका खाद्यपदार्थको छनोट गर्न सकेमा यस समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।
साधारणतया मिर्गौैलामा क्याल्सियम पत्थर, अक्जालेट पत्थर र युरिक एसिड पत्थर गरी तीन प्रकारका पत्थर हुन्छन् । ९० प्रतिशत जति मिर्गौलामा बन्ने पत्थरमा प्रमुखरुपमा क्याल्सियम तत्व र एमोनियम, म्याग्नेसियम, फोसफेट, अक्जालेट, कार्बोनेटका लवण हुन्छन् । कहिलेकाहीँ शरीरमा भिटामिन ए को कमी तर भिटामिन डी बढी भई प्याराथाइराइडको कार्यमा गडबडी हुँदा पनि पत्थर हुन्छ भन्ने कुरा अध्ययनले देखाएको छ ।
प्रायः अक्जालेट पत्थर खस्रो, कडा र सुकेको रगत जस्तो हुन्छ भने युरिक एसिड पत्थर खैरो र कडा हुन्छ । यसैगरी फोस्फेट पत्थर सेतो, चकजस्तो नरम हुन्छ । पत्थर पिसाबको नलीमा अड्केमा वा पत्थरको आकार ठूलो भई निस्कन नसकेमा असैह्य पीडा हुने, पिसाब बाक्लो तथा रातो हुने, पिसाबमा रगत देखा पर्ने, संक्रमण हुने, ज्वरो आउने, बान्ता हुने लक्षण देखा परेमा सम्बन्धीत डाक्टरलाई देखाइ आवश्यक परामर्श लिनुपर्ने हुन्छ ।
मिर्गौलामा पत्थर बन्ने प्रवृति छ भने बारम्बार बन्ने र दुःख दिइरहने हुनाले त्यस्ता व्यक्तिले दैनिक खानपानमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । किनकि कतिपय पत्थर खानामा भएका तत्वहरुको असन्तुलनबाट बन्ने हुनाले ती तत्वहरु भएका खाद्यपदार्थको पहिचान गरी परहेज गर्नुपर्ने हुन्छ । यस प्रकारको पत्थरको समस्यालाई नदुख्ने औषधि सेवन गरेर केही समयको लागि पीडाबाट छुटकारा मिले पनि फेरि बल्झिने हुनाले नियन्त्रण गर्न दैनिक खानामै विशेष ध्यान दिनुपर्छ ।
पौष्टिक दृष्टिकोणले र पत्थर रोगबाट पीडित हुँदा यसको समाधानको लागि गरिएको व्यक्तिगत अनुभवलाई दृष्टिगत गर्दा कतिपय यस्ता खाद्यापदार्थहरु छन् जसले मिर्गौलामा पत्थर बन्नबाट रोक्न तथा नियन्त्रण गर्न मद्दत पु¥याएका छन् । यस समस्याको प्रमुख समाधानको उपाय प्रशस्त मात्रामा शुद्ध पानी तथा झोल पदार्थ सेवन गर्नु र पत्थर बन्न सहयोग पु¥याउने तत्वहरु क्याल्सियम, फस्फोरस, प्युरिन, अक्जालेट, चिल्लो पदार्थ बढी भएको खाद्यपदार्थहरु दैनिक भोजनमा परहेज गर्नु नै हो ।
पानी तथा झोल पदार्थ बढी सेवन गर्नाले पनि कसैकसैको पत्थर निस्कन सक्छ । यसरी निस्केको पत्थर प्रयोगशालामा जाँच गराउदा कुन प्रकारको हो, सोको पहिचान गर्न सकिन्छ र त्यसैअनुरुप खान हुने र नहुने खाद्यपदार्थको छनोट गर्न सकिन्छ । यस्तो स्थितिमा केही निश्चित खाद्यपदार्थ मात्र भोजनमा परहेज गर्नुपर्ने हुन्छ । तर पत्थरको पहिचान गर्न नसकेमा धेरै प्रकारका खाद्यपदार्थ वञ्चित गर्दा पौष्टिक तत्वको अभावमा स्वास्थ्यमा झन् प्रतिकुल असर पर्न सक्छ ।
त्यसकारण पत्थरको समस्या भएका व्यक्तिहरुले तथा तिनका परिवारले यो समस्या बल्झाउने तत्व भएका खाद्यपदार्थको पहिचान गरी त्यसको बदलामा कुन खाद्यपदार्थ समावेश गर्दा भोजन सन्तुलित र उपयुक्त हुन्छ भन्ने कुरा जान्न आवश्यक पर्छ । समयमै सतर्कता अपनाउन नसकेमा बारम्बार पत्थर बन्नाले मिर्गौलामा थप भार परी यसको काममा बाधा पुग्नुको साथै नराम्रो असर पर्न सक्छ ।
समस्याको पहिचान गरी दैनिक भोजनमा फेरबदल गर्दा बनिसकेको पत्थर घोलिएर पिसाबबाट चाहिँ आउदैन । यदि सानो आकारको छ भने पिसाबबाट निस्कन सक्छ । यसरी भोजनमा फेरबदल गर्दा मिर्गौलामा पत्थर बन्ने कामलाई भने नियन्त्रण र कम गर्न सकिन्छ । दैनिक उचित खाद्यपदार्थबाहेक शरीरको आवश्यक पानी र झोल पदार्थ पाएको छ भने मिर्गौलामा पत्थर बन्न पाउदैन ।
शरीरमा आवश्यक मात्रामा पानी छ भने मिर्गौलाले दूषित पदार्थ छानेर पिसाबबाट बाहिर फाल्ने काम गर्छ । शरीरमा पानीको कमी छ भने दूषित पदार्थ फ्याँक्न नसक्दा ठोसरुपमा परिणत भई एक आपसको प्रतिक्रिया बाट पत्थर बन्छ । त्यसकारण साधारण अवस्थाबाहेक यस स्थितिमा पनि पानी तथा झोल पदार्थको सेवनमा विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । दैनिक अन्दाजी दुई लिटर पिसाब शरीरबाट फ्याँक्ने हिसाबले प्रशस्त पानी पिउन सकेमा यो स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ । यसैगरी पत्थरको समस्या भएका व्यक्तिले पिसाबको रंग हेरी दैनिक पानीको परिमाण बढाउन सकिन्छ । यदि पिसाब गाढा पहेँलो छ भने पानीको मात्रा वा थप झोल पदार्थको सेवन बढाउनु पर्ने हुन्छ ।
टन्सिल जुनसुकै उमेरमा पनि हुन सक्छ । घाँटी दुख्ने, थुक निल्दा वा खाना खाँदा गाह्रो हुने, ज्वरो आउने प्राय यो रोगका लक्षण हुन । जिभ्रोको फेदमा मुखको दुवै पट्टि २ वटा लिम्फ हुन्छ । यि लिम्फले श्वासप्रस्वास र पाचन प्रणालीमा ब्याक्टेरीयाको प्रवेश गर्न रोक्छ । मुख र दाँतको राम्रो सफाई नगर्नु, कुपोषण तथा वातावरणिय प्रदुषणको कारणले पनि टन्सिल हुन सक्छ भने व्याक्टेरीयाको कारणले पनि टन्सिल हुन्छ । सामान्य ब्याक्टेरीयाहरुमा हेमोलाइटिक स्ट्रेप्टोकोकस, स्ट्यापिकोकस, हेमोफाइलस इन्फ्लुयन्जा न्युमोकोकस पर्छन् ।
टन्सिलको सुरुको अवस्थामा लिम्फमा सुजन हुन्छ । विस्तारै लिम्फोइड तन्तुहरु पाक्न थाल्छ र पीप भरिन थाल्छ । यदि संक्रमणमा मुखको भित्रैसम्म गएर टन्सिलसम्म पुग्छ भने त्यसलाई क्याटारल भन्दछन् । यदि टन्सिलमा पीपहरु भरिएर साना साना धेरै दागहरु देखिन्छन भने त्यसलाई फलिकुलर टन्सिलाइटिस भन्दछन् । टन्सिलाइटिसको सुरुमा रातो रातो हुन्छ । यदि टन्सिल माथि पीपहरुको जालो बनेमा मेम्ब्रानेउस टन्सिलाइटिस भन्दछन् । यदि पुरै टन्सिल सुनिएर एकै नासको रातो भएको छ भने पारेन्काइमेटाउस टन्सिलाइटिस भन्दछन् ।
लक्षण
सुरुमा बिरामीलाई घाँटीमा अप्ठेरो हुन्छ । निल्न गाह्रो हुन्छ तथा थकाई लाग्ने, भोक नलाग्ने र अल्छि लाग्ने हुन्छ । विस्तारै ज्वरो आउन थाल्छ । टन्सिलहरु सुन्निएर रातो रातो देखिन्छ तथा क्रमश त्यहाँबाट पानी निस्कन थाल्छ । पछि पीप बग्ने या सन्निने हुन्छ । यसका साथै लिम्फका तन्तुहरु पनि सुन्निएर कडा हुन्छन् ।
उपचार
बिरामीले आराम गर्नु पर्छ र प्रशस्त झोल कुराहरु खानु पर्छ । ज्वरो घटाउन र दुखाई कम गर्न चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । टन्सिलको अवस्था हेरी एन्टिवायोटिक समेत खानुपर्ने हुन्छ ।
टन्सिल दुई प्रकारका हुन्छन् । पहिलो एक्युट अर्थात संवेदनसिल टन्सिल दास्रो दीर्घ टन्सिल । एक्युट टन्सिलाइटिस दीर्घ टन्सिलाइटिसमा परिणत हुन सक्छ । यो संक्रमण फैलिएर घाँटी तथा स्वर यन्त्रसम्म पुग्न सक्छ । टन्सिल भएपछि बच्चाहरुको कान पाक्न सक्छ । घाँटिबाट संक्रमण कानको नलीमा सर्न सक्छ । रुमेटिक ज्वरो, नेफाइटिस, टेस्लिको ब्याक्टेरिया खास गरी स्ट्रेप्टोकोकस हेमोलाइटिकाले घुँडा दुख्ने, मुटुको भल्भ सानो पार्ने वा अन्य जटिलता र शरीर सुन्निने गर्छ । यो रगतको जाँच गरेपछि थाहा हुन्छ ।
सख्त टन्सिलाइटिसलाई राम्रोसँग उपचार नगरेमा दीर्घ प्रकृतिको रोगमा परिवर्तन हुन्छ । बारम्बार घाँटीको संक्रमण भैराखेमा लिम्फोइड तन्तुमा सुक्ष्म पीपहरु बग्न थाल्छ । नाक र साइनसको बराबर संक्रमण भएमा टन्सिलमा असर पर्छ, नाकको श्राव (सिँगान वा अन्य रस) अगाडि निस्कनका सट्टा पछाडिपट्टि बगेमा पनि यो हुनसक्छ । यसमा दोहोरी–दोहोरी घाँटी दुख्ने, घाँटीमा अपठेरो महसुस हुने, दुर्गन्ध आउने, मुख गनाउने, निल्न गाह्रो हुने तथा बोलीमा समेत फरक हुने गर्छ । परीक्षण गर्दा टन्सिलहरु आफ्नो आकारप्रकारभन्दा ठुला हुन्छन् र बढी रातो देखिन्छन् । घाँटीका लिम्फग्रन्थीहरु पनि बढेका हुन्छन् ।
उपचार
नाकको र पिनासको उपचार नगरेसम्म टन्सिलाइसिटको मात्र औषधि खाएर निको हुँदैन । एन्टिबायोटिक र एन्टिहिस्टामिनाको औषधि दिइन्छ । नुन पानीले कुल्ला गर्ने र औषधि सेवन गर्नुपर्र्छ । यदि कुनै पनि टन्सिलले बराबर दुख दिइरहेमा वर्षमा ५ पटकभन्दा बढी भएमा टन्सिलेक्टोमी गरिन्छ । बालबालिकलाई अरु भित्रि असर नहोस भनेर चिकित्सककको सल्लाहमा इन्जेक्सन दिइन्छ ।
लौका परिचित नाम हो । यसलाई तरकारीको रुपमा धेरैले प्रयोग गर्छन् । लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ । यसका साथै लौका औषधि पनि हो । लौकामा पित्त, कफनासक, रुचिनासक गुण छ । लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक हुने गरेको छ ।
रक्तबिकार
रक्त विकारमा आधा गिलास लौकाको जुुसमा थोरै मिश्री मिलाएर बिहान बेलुका पिउनाले रगतको विकार कम हुादै जान्छ । दाातको दुःखाई
दाातको दुःखाईको समस्या भएमा १ सय ग्राम लौकाको गुदी र २५ ग्राम पिसेको लसुन १ लिटर पानीमा उमाल्ने । आधा नहुञ्जेल यसलाई उमालिरहने । त्यसपछि यसलाई जाली कपडाले छान्ने । छानेको पानीले कुल्ला गर्ने । दिनमा २-३ पटक यसो गर्नाले दाातको दुःखाई कम हुन्छ ।
मुटुको रोग
मुटु रोगीले लौकाको तरकारीका साथसाथै १०-२० मि.ली. लौकाको जुस दिनहुा बिहान पिउनाले फाइदा गर्छ ।
पिलो
पिलो भएको व्यक्तिले दैनिक १५-३० मि.ली. लौकाको जुसमा थोरै मिश्री घोलेर २-३ पटक पिउनाले फाइदा गर्दछ ।
मुत्र नलीको जलन
मुत्रसम्बन्धि रोगमा लौकाको रस निकालेर एक चिम्टि सिधे नुन र कागतीको रस मिलाएर दैनिक बिहान पिउनाले मुत्रनली खुलेर आउाछ र मुत्रनलीको दुःखाई हट्छ ।
अनिन्द्रा
लौकाको रसमा थोरै तिलको तेल मिलाउने । सुत्नुभन्दा पहिला टाउकोमा राम्रोसाग मालिस गर्ने । केहि दिनपछि राम्रोसाग निन्द्रा लाग्न थाल्छ ।
रक्तश्राप
रक्तश्रापमा पनि लौका लाभदायक छ । शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकालाई ताछेर ताछेको बोक्रा पिसेर त्यस ठााउमा लगाउने र पट्ट िबााध्ने । यसले बगेको रगत रोकिन्छ । यसका साथै लौकाको रस पनि पिउने ।
ज्वरो, पित्त र बाथ
ज्वरो आएको बेला २० मि.ली. लौकाको रसमा थोरै मिश्री मिलाएर
सेवन गर्दा लाभ हुन्छ । यसले बात, पित्तको समस्यामा पनि लाभ पुग्छ ।
गर्भाशय सम्बन्धि समस्या
गर्भाशय सम्बन्धि समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ । पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारीका रुपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।
- तिलो करेला तपाईंलाई मन पर्दैन होला । तर यसमा रहेको गुणले स्वास्थ्य र सौर्न्दर्यमा आइपर्ने विभिन्न समस्याहरुबाट हामीलाई बचाउँछ । करेलामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिर्टस आदि स्वास्थ्य र सौर्न्दर्यका लागि निकै फाइदाजनक मानिन्छ ।
- स्वास्थ्यमा फाइदा
- मधुमेह-मधुमेहबाट पीडित ब्यक्तिले सँधै करेलाको रस पिउनाले समस्या निराकरणमा निकै मद्दत गर्छ ।
- जन्डिस-करेलाको पातको रसमा थोरै हरडको धूलो मिलाएर बिहान बेलुका पिउनाले जन्डिसमा राहत मिल्छ ।
- पत्थरी-करेलाको हरियो पातको रसलाई दहीमा मिलाएर बिहान बेलुका पिउनाले पत्थरी गलेर निस्कनसक्छ ।
- पेटमा किरा-पेटमा किराको कारणले यदि पेट दुःख्ने समस्या भएमा सँधै बिहान बेलुका तीन दिनसम्म करेलाको रस पिउनाले पेटका किरा नष्ट हुन्छन् ।
- जोर्नी दुःख्ने-काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुःखेको ठाउँमा लगाउनले दुःखाईमा राहत मिल्छ ।
- पिसाब पोल्ने-करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ ।
- शौर्न्दर्यमा फाइदा
- अनुहारको दागबाट मुक्ति-करेलाले रगत शुद्ध बनाउँछ । यसको सेवनले अनुहारमा दाग आउँदैन ।
- स्वस्थ्य छाला- धेरै भिटामिन ए पाइने करेला एक राम्रो एन्टीअक्सिडेन्ट हो जसले छालालाई स्वस्थ बनाउ मद्दत गर्छ ।
- एन्टिएजिङ-करेलाले एन्टिएजिङको पनि काम गर्छ । यसको सेवनले छाला जवान र चम्किलो देखिन्छ ।
- पोतो-पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ ।