२१ औं शताब्दीलाई विज्ञान र सुचना प्रविधि वा कम्प्यूटरको युग भनेर चिनिन्छ ।नेपालमा हाल नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकका अनुसार दुई करोड २२ लाख६५ हजार दुईसय ३६ मोबाइल प्रयोगकर्ता मध्ये ८५ लाख १८ हजार ९४ जनाले मोबाइल मार्फत इन्टरनेट चलाउँछन् । जुन जनगणनाको कुल जनसंख्याको ३८.२५प्रतिशत हुन आउँछ । उल्लेखीय रूपमा बढ्न थालेको यो वृद्धीसंगै यसभित्रका विकृतीहरुपनि मौलाउँदै गइरहेको छ । आजको समयमा सूचना प्रविधि र सामाजिकसञ्जाल मानिसहरुको दैनिक गतिविधिमा आधारभुत अंगको रुपमा विकास हुँदै आएको छ ।सामाजिक सञ्जालले कतिलाई दुःख पनि दिएको छ त् धेरैलाई खुसीदिएको छ । सामान्य रुपमा भन्नुपर्दा सकारात्मक र नकारात्मका पाटाहरु छन । अहिले केहि कुराको जानकारी दिन रेडियो , टिभी, दैनिक पत्रिका ,वेब भन्दा पहिलासामाजिक सन्जाल जस्तै फेसबुक, फेसबुक पेज, ट्विटर, सामाजिक संजालको माध्यमबाट यति धेरै महत्वपूण भूमिका खेलेको छ । जसलाई अनुकरणीय मान्नु पर्छभने समाज हितका कामहरु पनि धेरै हुन थालेका छन् जसको प्रशंशा जति नै गरेपनि कम हुन्छ । भौगोलिक दुरी जति टाढा भएता पनि सामाजिक सन्जालमा रहेकाससार भरिका मान्छेले पोख्ने भावना , बिचारले बदलिदो समय बीच, सामाजिक बाताबरणमा देखिदै गएको मतभिन्नता विशेषतः व्यवहारगत भिन्नता, जीवनभोगाइ प्रतिको चिन्तन र समयसँग रुपान्तरित नभएको सोचाईहरु देखि संसार भरिका समाजिक मान्यता, संस्कार, संस्कृति, भाषा, रहनसहन लगायत अन्य पक्षबुझ्ने साहित्य र अन्य सूचना धेरै पाउने र आफु पनि चल्ने एउटा प्रेणा दिइरहेको छ । वास्तबमै भन्ने हो भने स-साना घरेलु संघ-संस्थाहरु देखि लिएर बिश्वका ठुला-ठुला बहुरास्ट्रीय
गोपाल सिवा सुझावको लागि :-gopsiwa@gmail.com |
कम्पनिहरुले समेत यी संजालहरुमा आफ्नो उपस्थिति जनाई सकेका छन् । सामाजिक संजालहरुले परम्परागत व्यापारिक ढाँचामा क्रान्तिकारीपरिवर्तन ल्याईसकेका छन् सत्कार्यहरुका लागी सामाजिक संजालहरुको उपयोग हुन एवं स्वयंमा सामाजिक संजालकै रुपमा समेत विकास हुनथालेको छ । हाम्रैनेपालको सन्दर्भमा बिकराल जीवन भोग्न बाध्य भएका लाइ उद्दारको भाव भएर जुटेको पनि छ त् छ कतिका सम्वन्धहरु यसैले चुडाई दिएको छ । तर पनि सामाजिक संजालले सामाजिक क्षेत्रमा सक्रिय नेपाली चेलीहरु अनुराधा कोइराला र पुष्पा बस्नेतलाई सिएनएन हिरोको उपाधी दिलाउने क्याम्पीयनमा होस् या गाउमा एम्बुलेन्सजोड्ने , स्कुल बनाउने , स्वास्थ्य चौकी निर्माण गर्ने , बाटो बनाउने होस् या जोडी जुराउने देखि गरिब उत्पीडित विद्यार्थीलाई पोशाक देखि बाढीपहिरोमा राहतजुराउन होस् या प्रशान्त लिम्बु देखि तेरिया मगर सम्मलाई बिजेता बनाउन होस् या हेल्प नेपाल नेटवर्कको परोपकारी अभियान या अकुपाई वालुवाटार जस्तासामाजिक दवाबमुलक अभियानहरु जस्ता अत्यन्तै सकारात्मक एवं प्रसंसा योग्य थालानिहरु भएका छन् । त्यसैले सामाजिक संजाललाई समय सापेक्षित रउपलब्धीमूलक बनाउने थालनी आफु बाट गर्ने हो भने सुचना प्रविधि संगै समाजको सिर्जना गर्न सकिन्छ ।
सामाजिक सञ्जाल फेसबुकले मानिसबीचको सम्बन्धमा परिवर्तन ल्याइदिएको छ। फेसबुकले एकातिर युवक युवतीबीच चिनजान, मित्रता र सम्बन्धलाई नयाँ आयामादिएको छ भने यही फेसबुकले कतिलाई समस्यामा पारेको छ। सामाजिक संजालहरुलाई नकरात्मक एवं भ्रामक दुस्प्रचारका लागी प्रयोग गर्नेहरुले सामाजिक मार्फत हिंशा भड्काइ पनि रहेका छन् । हरेकको हात हातमा मोवाइल र मोवाईल मोवाईलमा इन्टरनेट पहुँच होइदिनाले कतिपय दुषित मानसिकता बोकेका मानिसहरुलेयसको दुरुपयोग गर्ने, सामाजिक संजालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर, प्रोफाइल खोलेर बेईज्यत गर्ने तथा दु:ख दिने,गलत तस्विरहरु तथासन्देशहरु पोष्ट गर्ने, बिभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी ईन्टरनेटमा राख्ने तथा अश्लील बनाएर प्रस्तुत गर्ने,व्यक्तिको चरित्र हत्या गर्नेउद्देश्यले वेभसाईट, सामाजिक संजाल तथा ईमेलको माध्यमद्वारा दुस्प्रचार गर्ने ,विभत्स तस्विरहरु राख्ने, क्रुर एवं वर्वर किसिमका भिडियोहरु अपलोड गर्ने, सुनेकैआधारमा सूचनाहरु ब्रेक गर्ने जस्ता विकृतीहरुले सामाजिक संजालहरु ग्रस्त हुन थालेका छन् ।भने अर्को तिर कृत्तिम संसारले व्यक्तिको सामाजिक उपस्थितघटाएको तथ्य हेर्दा सामाजिक संजालको दीर्घकालीन प्रयोगले मानसिक असर पनि पारीरहेको छ । आफ्नो कमजोरी निखारिन नपाउँदा व्यक्तिमा आत्मविश्वासमाकमी आउँछ र वास्तविक सामाजिक उपस्थितिमा ऊ हिच्किचाउँछ ।
यी त् सामाजिक संजालका सकरात्मक र नकरात्मक पाटा भए भने यसलाई दुरुपयोग गर्नेलाई कानुनी कारवाही मात्र गरेर पनि निर्मुल गर्न सकिदैन । समग्रमा भन्नु पर्दा नेपालमा साईबर अपराध बढनुको कारण सर्वसारधारणलाई ईन्टरनेट प्रयोगका सम्बन्धमा प्रयाप्त जानकारी नहुनुका साथै विधुतिय कारोबार ऐन२०६३ छ भन्ने कुराको समेत जानकारी छैन ।जसका उदाहरण अहिले सम्म पक्राउ परेकाहरुले धेरैले देखाएको अन्भिग्यतालाई हेर्न सकिन्छ । त्यति मात्र हैन २०६३सालमा बनेको कानून हालको अवस्थामा समेत अपुग छ । सामाजिक संजालहरुलाई नकरात्मक एवं भ्रामक दुस्प्रचारका लागी प्रयोग गर्नेहरुलाई दुरुत्साहित गर्नकालागी पनि सकरात्मक अभियानहरुलाई थप ब्यापकता दिन जरुरी छ । नेपालमा हाल देखा परेका अपराधहरु के कस्ता छन्? विधुतिय कारोबार ऐन २०६३मा सजायँकोके कस्ता व्यबस्था गरेको छ ? सबै अध्यन अनुसन्धान गरेर सम्बन्धीत निकायले त्यसलाई तत्काल परिमार्जन गर्न आवश्यक छ। साथै इन्टरनेट खुल्ला प्रविधिभएको हुँदा हरेक पर्योगकर्ताले ईन्टेनेटमा व्यक्तिगत विवरण खुल्ला नराखने , सामाजिक संजालमा सबैलाई विश्वास नगर्ने , आफुले प्रयोग गरेका पासवर्ड गोप्यराखने र समय समयमा परिवर्तन गर्ने र साईवर अपराध सम्बन्धी जनचेतना आफुले पनि आफ्ना साथी, समुदाय माझ फैलाउने कार्य गर्न सके पकै पनि विज्ञान र सुचना प्रविधिको युग संगै धेरै अघि बढ्न सकिन्छ भने कुरामा कुनै संका नै छैन ।
" गोपाल जी ,खाली नेता र राजनीतिको टिका टिप्पणी गरेर मात्र हुन्छ ?" यो प्रश्न मेरा मित्रको हो । मैले सामाजिक संजाल फेसबुकमा व्यक्त गर्ने पछिला
राजनीतिक चासोका स्टाटसहरु पढेर आजित हुनु भएको मित्र बाट इनबक्समा सोधिएको थियो । हुन् पनि हो सामाजिक संजालमा मौका पाएको बेला खुलेर बाचा ,कसम, माया ,पिरतीका मिठा कुराहरु र तस्बिरहरु आदान प्रदान गरेर खुशियाली मनाउनु पर्ने यो दुइ दिनको जिन्दगीमा म भने धेरै समय यस्तै मैले आफुले महसुस गरेको
कुराहरु राखेर सबैलाई स्टाटसको हिलो छ्यापी रहेको हुन्छ
।
मित्र बाट चासोको बिषय बनेर प्रश्न आएको हुनाले सबै कुरा स्पस्ट पार्न मन लाग्यो र यसको उत्तर इनबक्समा दिन असम्भब त् छैन तर पनि यही लेख बाट दिंदैछु ।
हो यथार्त मै नेताको बारेमा टिका टिपणी गर्नु खराव बानी हो र नेतालाइ सधै गालि गरेर मात्र हुदैन । मेरा स्टाटसहरु पढ्नु हुने धेरै मित्रहरुको नजरले मेरा सब्दहरुले नेतालाई गाली गरि रहेको देख्नु हुन्छ
। तर यथार्तमा भन्नु पर्दा मैले केहि नेतालाई गाली र आलोचना गरे पनि राजनीतिलाई माया गरेको छु । मुलुकमा रहने र बिदेशमा कार्यरत म जस्ता युवाहरुको एउटा ठूलो वर्ग छ जसले राजनीति प्रति चासो राख्दैन त्यो वर्गलाई हाम्रो समाज, हाम्रो समुदाय ,
हाम्रो स्थिती र हाम्रा आवश्यकताको पहिचान गराउने मेरो दायित्व हो भन्ने मैले बुझेको छु र तानाबाना बुनेर स्टाटसहरु लेखेर तपाई जस्ता सयौ मित्रहरु सामु पुग्ने गरेको छु । राजनैतिक नेतृत्व भित्र देखिएको अन्यौलग्रस्त चाल ढाल लाइ समय र परिस्थिती अनुसार सुधार्न पर्छ भन्ने मेरो धारणा छ । त्यहि भएर गरिबी , उत्पीडित , विवश नागरिकको पेटमा लात हान्ने र मुलुकका समस्यालाइ सिरानी हालेर नतमस्तक भई सुत्ने कुम्भकर्ण र जुन थालमा खायो त्यही थालमा थुक्ने कुपात्र नेताको
गाली र आलोचना गरेको छु । भने जिम्मेवारी बोध गर्ने ,असल नेता एवं कुशल अभिभावकत्व गुणयुक्त
धेरै नेता र राजनीतिकको प्रसंसा पनि गरेको छु ।
त्यसो त् हाम्रो समाजमा पार्टीगत, दलगत, व्यक्तिगत, समूहगत बिभिन्न वर्ग छ धर्मको ,सस्कारको , जातको ,भातको, आर्थिक वर्गको, विचारको , राजनीतिक बर्गको जुन सामाजिक सन्जालमा दुरुस्तै देखन पाइन्छ । यही समाजको एउटा नागरिक भएर होला साथीहरु संग विभिन्न कुइनेटाहरुमा , बाटाहरुमा विभिन्न सोच राखेर, विचार मिलेर भेट भयो । भेट भए पनि सबै भन्दा पहिला नेपाली हौ र हाम्रो स्वाभिमानका बिषयमा गर्ब गरियो र सुधारका कुराहरु भए पनि मुलत मेरो बिमति छैन । यो क्रममा विचार नमिलने भनि आस्थावाल्हरुले आरोपको झटारो हाने पनि असम्ता र असमानता औलाउन खोजेको त् होइन तर कहिले पनि मैले फरक फरक वर्गका मान्छेहरु फरक फरक इच्छा र चेतनाका हुन्छन् भन्ने कुरा बिर्सेको छैन । राजनीतिक र सामाजिक व्यङ्ग जोडेर कुराहरु राखे पनि पछिल्लो समय फेसबुकले कसैले गरेको पोस्ट सबै साथिहरु सम्म नपुग्ने ब्यबस्था लागु गरेर हो या लायक र कमेन्ट आएनन भनेर मित्रहरुलाई ट्याग गरेर आजित बनाउने दुस्साहस नगरेर होला राजनीति प्रति चासो राख्ने धेरै साथी सम्म मेरा सवै स्टाटसहरु पुग्न सकेका नि छैनन् ।भने केहि राजनीति बाट बित्रिशना जागेका तपाई जस्ता साथीहरुलाई भने मेरा स्टाटसहरुले आजित बनाएको छ । त्यसको लागि माफी चाहन्छु भने मेरा पोस्टहरुमा लायक र कमेन्ट गर्नु हुने सवै मित्रहरुमा सुझाब र कमेन्टको आशा गर्दै फेरी पनि धन्यवाद छ भन्न चाहन्छु ।
जहा सम्म राजनीतिको कुरा , नेताको मात्र कुरा किन गर्यो भनू होला त्यस बारेमा पनि मेरो धारणा तपाई जस्ता मित्रलाइ आज सुनाउदै छु । म आफुलाई बिश्लेसकको स्थानमा पुर्याउन खोजेको हैन र लेखमा लेखिएका सबै कुरा सर्बमान्य छन भन्ने पनि होइन । तर यथार्तमा यी बिचारमा मेरो स्वविवेक प्रधान छ । आजको परिवर्तित सन्दर्भमा जुनसुकै वाद, विचार र आदर्शका राजनीति भए पनि हाम्रो मुलुक र पौने तीन करोड व्यक्तिहरूको एउटा सामूहिक भाग्य हो -राजनीतिक स्थायित्व । राजनीति गर्ने दल र नेता नै राजनीतिक हुन् । जसको समाजमा एकल अस्तित्व छैन । सामान्य भाषामा भनु पर्दा मुलुक , मुलुक्वाशी र मुलुकको हितमा खास गरि मुलुकको समग्र बिकाश ,अर्थ, वातावरण, स्वास्थ्य, शिक्षा, खानेपानी, प्रविधि, मानबअधिकार आदि जस्ता सवालले नै नीति निर्माण र कार्यान्वयन गराउने सोच र प्रधिबधता गराउदै बहुमत जनता बाट राजनीतिक मुद्दालाइ स्वरुप र अस्तित्व दिलाउने अनुमति प्रदान गरेको हुन्छ। यसरि अनुमति दिएको पाएको कोहि पनि जन निर्बाचित प्रतिनिधि , सारवनिक व्यक्तिहरूको हर गतिविधिमा अनुशासित र जिम्मेवार हुनुपर्छ र तपाई हामी जनताले हरेक गतिविधिमा निगरानी गर्दै स्थापित गराउनु पर्छ ।
त्यस्तै गरि अहिले अस्तित्वमा रहेका विभिन्न राजनीतिक दलहरु , पार्टी निर्माण गर्न तपाई हामीले कुनै न कुनै रुपमा ठूलो मात्रामा रगत पसिना बगाएका छौं ।तर पछिलो समय राजनीतिमा देखिएको विषम परिस्थिति देखेर भागी हिडेका छौ , खोज खबर राख्न छाडेका छौ , गतिबिधि निगरानी गर्न सकेका छैनौ ।राजनीतिक दलहरु मार्फत राजनीतिक जीवनको थालनी गर्न हिच्किचाई रहेका छौ ।जसको परिणाम यतिका समय हुदा पनि मुलुकमा राजनीतिक स्थायित्व कायम हुन् सकेको छैन ।यही क्रम बढ्ने हो भने मुलुकमा दिगो शान्ति र स्थायित्व कायम हुदैन , राजनीतिक तिक्तता बढ्छ , विकासको मुद्दामा दलहरूबीच ठूलो अन्तर देखिन्छ र आर्थिक संवृद्धि एका देशको कथा जस्तै हुन्छ र सबै भन्दा ठुलो कुरा भोलि भाबी पुस्ताले हामीहरुलाई धिक्कार्नेछ ।त्यसैले आउदो पुस्ताको लागि , समृद् नेपालको लागि , नेपालीको लागि लोकतन्त्र र नागरिक सर्वोच्चता भनि सकेका छौ । त्यसैले सिद्धान्तलाई हामीले व्यवहारमा लागू गर्ने संगठित शक्ति चाहिन्छ, राजनीतिक पार्टी चाहिन्छ । अत फरक फरक दृष्टिकोण राख्ने व्यक्ति र समाजले विवेक विचार पुर्याई राजनीतिलाई आत्मसात गरौ । राजनीतिक अभ्यासका कमजोरी माथि ठाडो प्रहार गर्न सिकौ । सिद्धान्त होइन, व्यवहारको थालनी गर्न सबै दल र नेतालाई बाध्य बनाऊ । राजनीतिक चेतना बढाएर आफ्ना अधिकारका कुरा गर्न मात्र हैन मानवीय विचारलाई परिवर्तन गर्नसक्ने उच्च चेतना नभएसम्म कुनै पनि व्यक्ति, दल र पाटिले राष्ट्रलाई दिशानिर्देश गर्न सक्दैन्। यो परिवर्तन गराउने एक मात्र चेतना भनेको राजनीतिक चेतना हो र राजनीतिक नेतृत्वले यो कुरा बुझ्नुपर्छ र हामीले बुझाउनु पर्छ । हाम्रो नेताहरुमा जुन गलत सोंच र संस्कारको बिकास भएको छ त्यसको कारण कतै न कतै हामीहरु नै हौँ भन्दा कुनै फरक पर्दैन । त्यसैले सामाजिक चेतना र जागरणको विकास गर्न पछाडि परेका क्षेत्र र वर्गहरूमा स्वाभिमानको उदय गराउन आउनुस आजै बाट राजनीतिक चेतना राखौ, राजनीतिक पक्षहरुमा आवद्ध हौ । जसले जहाँ बाट जसरि सकिन्छ त्यहि बाट नेता र राजनीतिको मात्र हैन हरेक गलत कामको ,सोचको टिका टिप्पणी गरौ , गलत कामको भण्डाफोर गरौ ।
सुझाब र पर्तिक्रियाको लागि
गोपाल सिवा
gopsiwa@gmail.com
त्यस्तै गरि अहिले अस्तित्वमा रहेका विभिन्न राजनीतिक दलहरु , पार्टी निर्माण गर्न तपाई हामीले कुनै न कुनै रुपमा ठूलो मात्रामा रगत पसिना बगाएका छौं ।तर पछिलो समय राजनीतिमा देखिएको विषम परिस्थिति देखेर भागी हिडेका छौ , खोज खबर राख्न छाडेका छौ , गतिबिधि निगरानी गर्न सकेका छैनौ ।राजनीतिक दलहरु मार्फत राजनीतिक जीवनको थालनी गर्न हिच्किचाई रहेका छौ ।जसको परिणाम यतिका समय हुदा पनि मुलुकमा राजनीतिक स्थायित्व कायम हुन् सकेको छैन ।यही क्रम बढ्ने हो भने मुलुकमा दिगो शान्ति र स्थायित्व कायम हुदैन , राजनीतिक तिक्तता बढ्छ , विकासको मुद्दामा दलहरूबीच ठूलो अन्तर देखिन्छ र आर्थिक संवृद्धि एका देशको कथा जस्तै हुन्छ र सबै भन्दा ठुलो कुरा भोलि भाबी पुस्ताले हामीहरुलाई धिक्कार्नेछ ।त्यसैले आउदो पुस्ताको लागि , समृद् नेपालको लागि , नेपालीको लागि लोकतन्त्र र नागरिक सर्वोच्चता भनि सकेका छौ । त्यसैले सिद्धान्तलाई हामीले व्यवहारमा लागू गर्ने संगठित शक्ति चाहिन्छ, राजनीतिक पार्टी चाहिन्छ । अत फरक फरक दृष्टिकोण राख्ने व्यक्ति र समाजले विवेक विचार पुर्याई राजनीतिलाई आत्मसात गरौ । राजनीतिक अभ्यासका कमजोरी माथि ठाडो प्रहार गर्न सिकौ । सिद्धान्त होइन, व्यवहारको थालनी गर्न सबै दल र नेतालाई बाध्य बनाऊ । राजनीतिक चेतना बढाएर आफ्ना अधिकारका कुरा गर्न मात्र हैन मानवीय विचारलाई परिवर्तन गर्नसक्ने उच्च चेतना नभएसम्म कुनै पनि व्यक्ति, दल र पाटिले राष्ट्रलाई दिशानिर्देश गर्न सक्दैन्। यो परिवर्तन गराउने एक मात्र चेतना भनेको राजनीतिक चेतना हो र राजनीतिक नेतृत्वले यो कुरा बुझ्नुपर्छ र हामीले बुझाउनु पर्छ । हाम्रो नेताहरुमा जुन गलत सोंच र संस्कारको बिकास भएको छ त्यसको कारण कतै न कतै हामीहरु नै हौँ भन्दा कुनै फरक पर्दैन । त्यसैले सामाजिक चेतना र जागरणको विकास गर्न पछाडि परेका क्षेत्र र वर्गहरूमा स्वाभिमानको उदय गराउन आउनुस आजै बाट राजनीतिक चेतना राखौ, राजनीतिक पक्षहरुमा आवद्ध हौ । जसले जहाँ बाट जसरि सकिन्छ त्यहि बाट नेता र राजनीतिको मात्र हैन हरेक गलत कामको ,सोचको टिका टिप्पणी गरौ , गलत कामको भण्डाफोर गरौ ।
सुझाब र पर्तिक्रियाको लागि
गोपाल सिवा
gopsiwa@gmail.com