आज १०औ लोकतन्त्र दिवस । सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात २०६२ साल चैत २४ गतेदेखि २०६३ साल वैशाख ११ गतेसम्म १९ दिन चलेको शान्तिपूर्ण जनआन्दोलन २०६२/०६३ मा नेपाली जनताको अपार सहभागिताले बैशाख ११ गते राजतन्त्रलाइ घुँडा टेकाएको थियो । १९ दिन चलेको जनआन्दोलन सम्झिन एव १० वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण कोसे ढुंगाको रूपमा लिइन्छ ।
लोकतन्त्रको अभ्यूदयसँगै सम्पूर्ण पुनरुत्थानवादी किल्लाहरुलाई ध्वस्तपारि हिमाल,पहाड र तराईका फाँटहरुमा विकासको समानुपातिक वितरणको आभास दिलाँउदै लोकतान्त्रिक, गणतान्त्रिक सभ्यताको अजेय किल्ला निर्माण गरेको पनि आजको दिन १० बर्ष पुग्यो ।२०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन दोस्रोले लोकतन्त्रको स्थापना गरेकोले यसको ठूलो महत्व छ। तर यसको जति महत्त्व छ भनिन्छ त्यति निन्दनीय पनि बन्दै गएको छ । सत्तामा पुगेर सत्ताको स्वादबाट उम्कनै नचाहने प्रबृत्तिले लोकतान्त्रिक आधार बलियो बनाउनु भन्दा पनि सत्तालाई प्रभुसत्ताको देन र स्वतन्त्रतालाई सामन्ती अवशेषको कृपा सम्झदै निर्मुल पार्नु पर्नेहरुसँग मीत लगाउन पुग्दा लोकतन्त्रबाट प्राप्त सार्वभौमिकता भित्रै सामन्ती अधिनायकवादले शहिदको रगतलाई अपमानित गर्दै लोकतान्त्रिक सँरचना भित्राउन सकिरहेका छैनन् । परिवर्तन प्रतिको निर्धारित उद्देश्य र उद्देश्य प्रतिको बैज्ञानिक पहिचानको कमीेले भ्रमको त्यान्द्राको अल्मलाईमा गन्तव्यहीन यात्रा गरिरहेका हाम्रा नेताहरुलाई लोकतन्त्र कागलाई वेल पाक्यो हर्ष न विस्मात बनेको छ । देश प्रतिको अगाढ प्रेम, भातृत्वको सद्भाव राष्ट्रिय एकता एक सपनाजस्तो भईरहेको छ । निःसन्देह भन्नु पर्दा सँबिधान कार्यन्बयन गरेर नेपालको दिगो सँकल्प लक्ष्य लिने कुराले गाँजिसकेको छ । तर पुग्ने लक्ष्य टाढा भएपनि दौडनु भन्दा खुट्टा तानेर लडाउनुको भ्रामक मज्जा हाम्रा नेताहरुलाई सुःखद भएर आएको छ । ऐतिहाँसिक आन्दोलन पश्चात गठन भएको संविधानसभाले जारी गरेको 'नेपालको संविधान-२०७२' को प्रभावकारी कार्यन्वयन गर्ने र नयाँ नेपाल बनाउने अग्रसर भएका नेताहरु अरुलाई असफल बनाएर मात्र आफु सफल हुन सक्छौँ भनेर सोचिरहेका छन्, ब्यहोरा देखाईरहेका छन् ।
२०४७ सालको सँविधानलाई २०५९ सालको असोज १८ मा राजनीतिमाथि प्रतिबन्ध लगाउँदै राजाले सँविधानको हत्या गरिदिए । त्यसपछि जसरी नेपाली जनतालाई नक्कली प्रजातन्त्रको अभ्यास गराउँदै फेरि माघ १९ मा अन्धकार राजको शिकार भयो । यहि असोज १८ को प्रतिगमनले नै नेपाली राजनीतिमा लोकतन्त्रको नारा घन्काएको थियो । तर बिडम्बना जसरि हिजो प्रजातन्त्रको काल भनिएको ति बर्षहरुमा नेपाली जनताहरुको लागि धोका, षडयन्त्र, जालझेल , मारकाट, तानाशाहीतन्त्रका पर्याय बन्यो । त्यसै गरि आज तानाशाहीतन्त्रको पर्यायी बनेको राजतन्त्रको अन्त्यसँगै आएको लोकतन्त्रका पनि हिजोको जनप्रतिनिधिहरुले पछिल्लो लोकतान्त्रिक अभ्यासको एक दशकमा बिभिन्न रुपको बस्त्र धारणा गरि परिस्थितिसँग निकटता देखाउन थालेको देखियो । लोकतन्त्र नागरिकको जीवनस्तरमा सुधार ल्याउने कडीको रूपमा परिणत हुनै सकेन ।दोस्रो लोकतान्त्रिक जनआन्दोलनको सफलताका लागि जनताका तर्फबाट धेरै बलिदानी गरिए पनि देशमा जारी अस्थिरताले सबैलाई चिन्तित बनाएको छ । जति ठुलो राजनीतिक संघर्ष गरे पनि आधारभूत तहका नागरिकहरुको अवस्था ज्युँका त्युँ हुँदा नेतृत्वकर्ताका लागि भने लाजको बिषय बन्नै सकेको छैन। सरकार बदलिन्छन् तर प्रवृत्ति उस्तै छन् । दलहरु झनझन आलोचित बन्दैछन् ।हिजोको रातमाटे डाँडामा गाई चराउने साँसदले आज सिस्नोलाई त बिर्सिसक्यो; गुन्द्रुक र ढिँडोलाई पनि चिन्दैन । खाली खुट्टा सात भँञ्ज्याङ्ग उकाली ओराली गर्ने देशको ढुकुटी रित्याउँदै आज करौँडौका पजेरोमा अर्थहिन लक्षित गरि यात्रा गरिरहेकोे छन । सामन्तवाद, गैरराष्ट्रवाद भनिए पनि सामन्तिका ढुकुटी फुट्नै सकेन । गरिव झन गरिवै नै रहे । लोकतन्त्र प्राप्तिको दशक पुरा हुँदा समेत नेताहरु भने कुर्सि कसरतमै व्यस्त छन । जनआन्दोलन पश्चात नागरिकहरुमा पलाएका आशाहरु निराशामा परिणत हुँदै गएको छ ।
त्यसैले ढिलो नगरी नागरिकको शिक्षा,स्वास्थ्य र सामाजिक सुरक्षा सहित भोकोपेटलाइ खान र नाङ्गो आङ्गलाइ लाज छोप्ने आधारभूत ब्यबस्था गर्दै सरकार अघि बढ्नु पर्छ । अन्यथा निरँकुशतालाई उन्मुलन गरेका नेपालीहरुले नेताहरुलाई राजालाई जसतै भगवानको सिँढीबाट तल ओरालेर मान्छे बनाउँछन । गुण दोषको लेखाजोखा गर्नेछन । भत्ता पचाउन अन्तिम समयमा हजमोला गोली खानेहरुलाई गतिहिन सोच लिएर बाँच्न अब कसैले पनि दिने छैनन । यहि उन्मुक्ति हामी नेपाली जनताहरुको मागिरहेका छौँ ।यहि उन्मुक्तिको अभिब्यक्ति नै लोकतन्त्र हो । हामीले पाएको लोकतन्त्रको अमुल्य वा महत्वपूर्ण पक्षलाई देश विकास र नेपाली जनताको हितको लागि लक्षित गरि खर्चिनु पर्दछ । हाम्रो लक्ष्य, हाम्रो सँकल्प, देशको हितको लागि, नागरिकको न्यायको लागि उभिनु पर्दछ । राज्यलाई नियन्त्रणकारी अँगको रुपमा मात्र विकास नगरि अव शिक्षा,स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति राज्यले दिने चरित्रको लोककल्याणकारी राज्य स्थापना गरिनु पर्दछ । अवको राज्य प्रणालीमा शिक्षा, स्वास्थ्य र रोजगारी प्रत्येक नागरिकको मौलिक अधिकार हुनु पर्दछ । यो अभ्यास लोकतन्त्रको यहि बर्षगाँठबाट शुरुहोस भन्ने लोकतन्त्रको शँखघोष छ ।
अन्त्यमा , लोकतन्त्र संस्थागत गर्नतर्फ आ-आफ्नो स्थानबाट उठेर राष्ट्रिय संकल्पमा पुग्न हामि सवै नेपालीहरु लाइ चेतना पलाओस । तमाम संर्घसशील नेपाली जनता र ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञजली अर्पण गर्दछु । लोकतन्त्र दिवशको सुभकामाना ,हामि सवैको जय होस् !!!.
यहि वैशाख १ गते देखि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारले बिमावापत १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गएको चैत १७ गते म्यादी जीवन बिमा रकम वृद्धि गरेर दोब्बर पार्ने गरेको निर्णय नयाँ वर्षदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । यसअघि विदेशमा मृत्यु भएकाको परिवारले बिमावापत पाँच लाख रुपैयाँ मात्रै पाउँथे । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको म्यादी जीवन बिमाको रकम ५ लाख रुपैयाँबाट सतिप्रतिशत वृद्धि गरेर १० लाख रुपैयाँ पुर्याइएको छ। मृतक कामदारको शव ल्याउने खर्च र काजकिरिया खर्चसहित वृद्धि गरिएको १० लाख रुपैयाँमा थपेर १४ लाख रुपैयाँ बिमा कम्पनीबाट आर्थिक सहायता पाउनेछन्। बोर्डको कल्याणकारी कोषबाट ३ लाख रुपैयाँ आर्थिक सहायता पाउँछन भने सवै जोडेर अब विदेशमा मृत्यु भएका कामदारले झण्डै १७ लाख रुपैयाँ बराबर क्षतिपूर्ति रकम प्राप्त गर्नेछन् ।वैदेशिक रोजगारीमा न्यून आर्थिक स्थिति भएका व्यक्ति र परिवारलाई मुख्य योगदान गर्ने व्यक्ति जाने भएकाले निजको मृत्युपछि पनि परिवारमा कुनै आर्थिक समस्या नहोस् भनेर थोरै प्रिमियम बढाएर धेरै क्षतिपूर्ति दिने व्यवस्था गरिनु एक हिसाबले सकारात्मक नै हो ।तर बिड्म्बनाको साथ भन्नू पर्छ लगभग ५ खर्ब रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई सहज बनाइरहे पनि वैदेशिक रोजगारीबाट उत्पन्न सामाजिक मूल्य भने निकै दर्दनाक र कहाली लाग्दो र भविस्य प्रति सोच्न बाध्य पार्ने छ ।
झन्डै एक दशक लगाएर बनेको सविधान एकातिर कार्यान्बयनको पक्षमा लम्किन प्रयासरत छ त् अर्को तिर विरोधाभाष कुराले त्यति कै उग्र रुप लिइरहेको छ । समग्रमा भन्नु पर्दा आज मुलुकको राजनीतिक अवस्था दयनिय बन्दै गएको हामी सबैमा विदितै छ । राज्यमा कुनै पनि राजनीतिक पार्टीले स्थायित्व कायम गर्न पनि सकिरहेका छैनन् । यहि स्थायित्व नभएर होला स्वदेशमा युवाहरुलाई रोजगार नदिएर विदेश जान बाध्य पार्ने निति अवलम्बन गरेर सरकार नेपाली नागरिक बेच्ने गल्लावाला बन्दै छ । सत्ताको फोहरी खेलमा लागेर लाखौं युवाहरूलाई विदेश जान बाध्य पार्ने नेता र दलहरू नै यसको निम्ति जिम्मेवार छन् । नया सविधानले बिकासको मूल फुट्नेछ अब नयाँ नेपाल बन्ने छ भन्दै उदघोष र प्रतिबध्ताहरु गर्ने सरकार सङ विदेशमा बसिरहेकाहरुलाई तत्काल स्वदेश झिकाउने प्रभावकारी उपाय अहिलेसम्म केही छैन ।न त वैदेशिक रोजगारीमा जाँदै गरेका युवालाई रोक्न स्वदशमै रोजगारीका अवसरहरु सृर्जना दिने कार्यतालिका नै छ । यति मात्र हैन सरकार संग ठुला उद्योग कलकारखाना सञ्चालन गर्ने वातावरण बनाउने योजना छैन। भएका उद्योग कलकारखाना देशमा अहिले दिनको १२ घन्टा नियमित विद्युत् कटौतीका कारण उद्योग आधा क्षमतामा मात्र चलेका छन्। स्वदेशमै लगानी गर्ने वातावरण बनाई वैदेशिक लगानी भित्राउने र बिदेशमा कार्यरत युवाहरुलाई पनि उचित सम्मानकासाथ स्वदेशमै काम गर्न प्रेरित गर्ने खालका नयाँ नयाँ कार्यक्रम ल्याउन सकेको छैन । मुलुकको भौगोलिक अवस्था अनुसार थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने सेवा मुलक व्यवसाय, पर्यटन उद्योगको प्रवद्र्धन र कृषि क्षेत्रको विकासमा युवाहरूलाई प्रोत्साहित गर्ने गरि सरकारले जोड दिन सकेको छैन ।
एकातिर कृषि प्रधान भनेर नामांकरण गरिएको मुलुकमा सबैभन्दा कमी बजेट कृषिमै लगानी भएको छ । कृषिप्रधान भनेर दशकौं नारा लगाइयो तर देशमा अहिलेसम्म एउटा पनि मल कारखाना छैन।ससारका धेरै देशहरु ४/ ५ प्रतिशतले कृषि गरेर सिंगो देशलाई खाद्यान्न पुर्याएर बाहिर निकासी गर्छन । हामी कहाँ ७० प्रतिशत नागरिक कृषिमा आधारित भएर पनि परनिर्भर बन्नुपरेको छ । कृषि क्षेत्रमा आधुनिकिकरण गरेर नयाँ प्रवृत्तिको बिकासबाट पनि फाईदा हुने कुनै बातावरण सरकारले ल्याउन सकेको छैन । कृषि क्षेत्र वृद्द, बालबालिका र महिलाको भरमा निर्वाहमुखी भै राखेको छ । यस्तो कृषिबाट हामी कहिल्यै उँभो लाग्न सक्दैनौं । अर्को तिर गाउ घरमै केहि गर्छु भन्दा ऋण पत्याउने साहु र बैंक धेरै कमै हुन्छन् तर विदेश जान्छु भन्दा घरमा खोजि खोजि दिन आउछन । यसरि बेरोजगारी भै बस्नु पर्दा र सरकारको स्पस्ट नीति नियम एव योजना नहुदा युवा जमातको कृषि क्षेत्रमा कुनै चासो देखिंदैन फलस्वरूप दिनानुदिन बिदेश जाने क्रम बढ्दो छ ।
एक हिसाबले अहिले नेपालीहरुका लागि वैदेशिक रोजगारी रहर नभई बाध्यता बनेको छ । जतिसुकै दुःख र मेहनत गर्दा पनि स्वदेशमा काम र उचित पारिश्रमिक नपाएपछि केही पैसा ऋण गरेरै भएपनि वैदेशिक रोजगारीमा जानु अधिकाँश युवा–युवतीको नियति नै भइसकेको छ । जसको कारण अहिले नेपालका अधिकाँश गाउँ रित्ता भएका छन । हुर्के बढेका बलिया युवाहरु सबै विदेश गएपछि विकास निर्माणका कुरा त परै छाडौं । अहिले बेरोजगारीकै कारण गाउँ खाली भएका छन्। सामाजिक सम्बन्ध पनि खल्बलिएको छ। हरेक गाउँमा मान्छे मर्दा मलामी जाने र शब उठाउने मान्छेको समेत अभाव छ । यति मात्र होइन घरमा बिबाह गरेको श्रीमती एक्लै छाडेर लामो समय बस्नुपर्ने बाध्यताले वैदेशिक रोजगारीकै कारण अहिलेसम्म कयौंको घर परिवार विग्रिएको छ भने कयौं युवा–युवतीको बैबाहिक सम्बन्ध विच्छेद भएको छ ।यसैगरि धेरै बा–आमाहरुले वैदेशिक रोजगारीकै कारण आफ्ना छोराछोरीले विदेशबाट पठाएको कमाइबाट घर खर्च चलाउनु त के उल्टै छोराछोरीको शब बाक्स मा आउँदा थप पिडा भोग्न बाध्य पारेको छ ।युवा अवस्थामै ज्यान गुमाउँदा आर्थिक समस्याका कारण कैयौं परिवारको बिचल्ली भएको छ ।
थप पिडा लाइ केहि मलम लगाउने काम सरकारले बढाएर दिएको क्षतिपूर्ति रकमले परिवारलाई केहि गर्ला र नेपाली जनशक्ति सस्तोमा श्रम बेचेर , नेपालीको सिर्जना एवं उर्जाशील उमेर अरुको देश निर्माणमा लगाउने निरन्तरता दिदै प्राप्त हुने रेमिटेन्सले राज्य पनि केहि बर्ष चल्छ होला तर तर द्रिघकालिन हुदैन। बरु विदेश लाग्ने नेपालिलाई नै पुस्तान्तर गरी भावी पुस्तालाई पनि बिदेशनै लाग्नु पर्ने भुमरीमा फस्न बाध्य पार्ने निश्चित छ । अहिले बर्सेनि पाँच लाखभन्दा बढी युवा रोजगारी नपाएर विदेश जान बाध्य छन् भोलि झन् संख्या दोबर तेबर हुने छ । वैदेशिक रोजगार बोर्डका अनुसार पछिल्लो समय वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउनेको संख्या बढेर दैनिक तीनजनासम्म पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा पाँच लाख १२ हजार युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक हजार दुईजनाको बिदेशमै निधन भएको थियो। त्यसैले राहत बढाउने भन्दा पनि स्वदेशमै रोजगारी दीने र गर्ने बाताबरण मिलाएर वर्तमान पुस्तालाइ अभाव, गरिबी, भोकमरी, बेरोजगार र विदेश पलायनजस्ता अकर्मण्यताको सिकार हुन् बाट बचाउ । हाम्रो देशमा पुँजीको कमी हैन, ठूलो अभाव छ त व्यवस्थापनको छ। विदेशमा बगाएकेा पसिनाको कमाइ देशभित्र उत्पादनशील क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्ने नीति, विचार र कार्यक्रम राज्यले ल्याउन अब हामि सवैले दवाब दिउ । अनि मात्र मुलुकमा नेपालीका लागि रोजगारीको अवशरहरु खुल्छ ।जसले जहा बाट सकिन्छ राज्यलाइ स्पस्ट नीति नियम एव योजना बनाउन र बाताबरण मिलाउन पहल गरौ जसले गर्दा परदेशमा आएका निष्प्राण नेपालीका शरीरहरू काठको बाकसमा कैद भएर घर फर्केर राहत खोज्न नपरोश । नया बर्षमा हाम्रो मृत्युको मूल्य बढ्यो भनेर हैन नयाँ सोच बनाएर नयाँ जीवनको सुरुवात गरौं ।मृत्युको मुल्य बढे पनि कसैले लिन नपरोश सवैको आयु बढोस , सवैको जिन्दगि जोगियोस । सुभ बर्ष !!!
२१ औं शताब्दीको समयमा मिडिया बिना समाजको परिकल्पना नै गर्न नसकिने भएर होला विश्वका विकसित मुलुकको तुलनामा नेपाल र हामी नेपाली धेरै पछाडि भएपनि आजभोली नेपाली समाजमा सूचना प्रबिधिको बिकास संगै एउटा अभिन्न अंगको रुपमा हामी स्थापित हुदैछौ । त्यसैले देश होस् कि प्रदेश कुनै पनि समाजमा हामि नेपालीले पनि पत्रकारिता गरेर समाजको ऐना निर्माण गर्दैछौ । पत्रकारिताको विधा अत्यन्तै व्यापक भइरहेको आजको सन्दर्भमा सञ्चारको प्रभावकारिता र सम्बादको प्राचुर्यले एकातिर सामाजिक र राजनीतिक निर्णय प्रक्रियामा दूरगामी प्रभाव पार्ने गरेको छ भने अर्कोतिर पत्रकारिताले आज प्रत्येक व्यक्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्कृतिमा रुमल्लिन पुग्नुको साथै पाठक, दर्शक र स्रोतालाई एक विश्वव्यापी गाउको बासिन्दा बनाइदिएको छ । त्यहि भएर पत्रकारिताको विकाशसँगै नेपाली पत्रकारहरुले यतिखेर देशमा मात्र नभएर बिदेशमा पनि आफ्नो पेशालाई निरन्तरता दिइरहेका छौ ।आज मैले लेखन चाहेको यो सन्दर्भ कुबेतमा नेपालीहरु बाट गरिएको पत्रकारिता संग जोडिएको छ ।
एकातिर मुलुकमा जारि लामो जनयुद ,राजनीतिक अवस्था, बेरोजगारी र त्यसको प्रभावले प्रभावित भए पछी रेमिटान्सबाट अर्थतन्त्र धानिएको भयावह अवस्था भएको हाम्रो मुलुकमा रहदा रहर र आवेग संग संगै पत्रकारिता क्षेत्रमा लागेर आफ्नो दैनिक रोजीरोटी चलाउन नसक्दा हामि धेरै पत्रकारहरु विदेशिन वाध्य भयौ । भने अर्को तिर बिदेशमा आफ्नो ८/ १० घण्टाको जागिर गरेर बचेको नितान्त व्यक्तिगत समयलाई सदुपयोग गर्दै कलम चलाएर यहा भएका नेपाली समाजमा सूचना फैलाउने काम पनि गरि रहेका छौ । त्यहि भएर लगभग एक लाख जति नेपालीहरु काम गरिरहेको कुबेतमा आजका दिन सम्म एक छापा मिडिया सहित ४ ओटा अनलाइन पत्रिकाहरु नियमित प्रकाशनमा छन् । नेपालीहरुको सूचनाको विश्वसनीय माध्यम को रुप्मा देखा परेका छन ।
हामीले माने पनि नमाने पनि पत्रकारिताले सिङो समाज, ब्यक्ति, देश, बिदेश कै चिरफार गर्ने मात्र हैन ओझेलमा परेका कुराहरुलाई सतहमा ल्याउने काम पत्रकारिताले गर्छ । समग्रमा सामाजिक दायित्व बोकेको पत्रकारिताले मात्र समाज र देश रुपान्तरणमा भूमिका खेलेको हुन्छ, नागरिक लाइ सचेत र कर्तब्यबोध गराईरहेको हुन्छ । ८/ १० घण्टा डिउटी गरेर कुबेतमा हुने नेपाली कार्यक्रमहरुमा समाचार संकलनको लागि पुग्ने पत्रकारहरु लाई कति ठाउमा आदर सम्मान त् यदाकदा असम्मानपूर्ण दुर्व्यवहार समेत भएका घटनाहरु पनि छन । समाजसेवाको रुपमा अंगालेर काममा ८ / १० घण्टा बगाएको पसिना अलावा दिन रात खटेर राखेको निशुल्क सूचना शिविरको रुपमा मिडियामा बिना पारिश्रामिक काम गरिरहेका नेपाली पत्रकारहरुले दयनिय अवस्थाका बाबजुत पनि आफ्नो कार्यक्षेत्रमा कार्यरत छन् । कुबेतको नेपाली समाजमा भए गरेका राम्रा नराम्रा सबै कुरा उजागर गरि सूचना दिने पत्रकार र मिडियाले पुरस्कार स्वरुप आफ्नै समाजका अगुवाहरुबाट सम्मान मात्र हैन तारो बनेको दुर्भाग्यपूर्ण अनुभव र विदेशबाटै उठिवास लगाउने सम्मका तल्लो स्तरका भनाइहरु पनि बेला बखत सुनिन्छन । यथार्तमा मिडिया बाट आफ्नो धर्म निभाउदा बेला बखतमा जानी नजानी मानहानी र गलत सुचना प्रवाह पनि भैरहेको हुन्छ। जसले समाजमा कोही चिढिने बातावरण हुन्छ तर चिढाए भन्दैमा पत्रकार र मिडिया निशानामा पार्ने काम नगरौ । मिडिया बाट हुने मानहानी र गलत सुचना प्रवाहको लागि कारवाहीको दायारामा ल्याउने मिडियालाई बढी उत्तरदायी र कर्तब्य पालाना गराउने पत्रकार महासघ,सुचना बिभाग छन । समयमै सुचित गरेर अपवाह फैलाउने मिडियालाई कारवाहीको दायारामा ल्याउ , लोकतान्त्रिक अभ्यास गरौ । यधपी कुबेत स्थित क्रियाशिल संघ सस्थाहरुको बिबिध गतिबीधीहरुको द्रुत सूचना प्रवाहलाई पहिलो प्राथमिकतामा राख्दै , सत्य तथ्य समाचार सम्प्रेषण गर्दै आएका पत्रकार र पत्रकारितालाई सम्मान गर्न ,दिन रात सुचना दिने सुचित गराउने पत्रकारको अहम भूमिकाहरुलाई बुझ्न चिन्न सकिएन भने पनि गुनासो छैन तर उपेक्षा नगरौ । यति भए पनि इमान्दार पत्रकार र समाजसेवा गर्ने पत्रकारले आफ्नो सम्मान आफैबाट भएको महशुस गर्ने छन् ।
त्यस्तै गरि नेपाली समाजमा सूचना फैलाउने काम गरि रहेका छौ भन्दैमा अहमता पालेर मिडियाकर्मी , पत्रकारहरु पनि बस्नु कहिले हुदैन । हामीले गरिरहेको पत्रकारिताले समाजमा के कस्तो भूमिका खेलि रहेको छ, त्यो हामी आफै समीक्षा गर्नुपर्छ, हामीले गरि रहेको पत्रकारितामा केही त्रुटि भइरहेको छ भने यसमा हामी आफै सजग हुनुपर्छ । बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरि हुन्छ अत विदेशमा एक अर्काको परिपुरक रहेका नेपाली समाज र नेपाल सरकारका निकायहरु बीच सुचना आदान प्रदान गर्ने माध्यम र बढ्ने तिताक्ता एव सामाजीक दायित्व ह्रास भइरहेको अवस्थामा संचारमाध्यमहरुले सामाजीक उत्तरदायीत्वलाई प्राथमिकता दिएर समाज सुधार गर्न लाग्नु पर्छ । नेपाली समाज र राजदुतावास बिचका सम्बन्धहरु सहज बनाउने , रास्ट्रिय दायित्व र स्वाभिमान बोध गराउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने पक्ष भनेको नै नेपाली मिडिया हो । त्यसैले सवै पक्षलाइ अभिप्रेरित गर्ने र खबरदारी गर्ने दायित्व पत्रकारिताले निर्वाह गर्न आवश्यक छ । अत सामाजीक उत्तरदायित्व नबिर्सिकन पत्रकारिता समाजप्रति उत्तरदायि हुनु पर्छ ।मिडियाले दुई देशको कुटनितिक सम्बन्धमा आंच पुर्याउन सक्ने हुंदा ध्यान दिन र त्यही किसिमको बातावरण त्यार गर्ने सामाग्री पेश गर्नु पर्छ । परदेशमा रहेका र आउने नेपालीको वैदेशिक रोजगारीको समसया, पाएका पीडालाई समाचारका रुपमा संप्रेषण गरेर सरोकारवाला निकायहरुलाई झक्झक्याउने, सुझाव दिने र निरुपण गर्न खवरदारी गर्ने प्रयास र माध्यम निरन्तर बनि रहनु पर्छ । विविध कारणले प्रदेशिएका नेपाली लाई परदेशमा रहेर पनि आफ्नो देश , कला सस्कृतीको जगेर्ना एव परिवार,समाज र रास्ट्र प्रती कर्तव्यबोध र उतरदायित्व बोध गराउन र ट्र्याकमा ल्याउन भुमिका खेलनका लागि पहरेदारका रुपमा आफूलाई उभ्याई रहनु पर्छ ।विदेशी भुमिमा सिकेका सीप, दक्षता, अनुभव र आर्थिक श्रोतलाई देशको आर्थिक विकासमा लगाउने अभियानलाई सफल पार्न सरकार, सम्बन्धीत सरोकारवाला निकाय र सबल नेपाल निर्माणमा लाग्ने सबै परदेशी नेपालीको ध्यानकर्षण समेत गराउनू पर्छ । समग्रमा कुबेत बाट संचालित मिडियाले तथ्यपरक समाचार, बिचार र गुणात्मक खुराकहरु अभिबृद्धि गर्दै नेपाली समुदाय लाइ मुलुकको सर्वांगीण विकास र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि आर्थिक विकासका समग्र पक्षहरूमा सूचना तथा सञ्चारको अधिकतम उपयोगको सम्भावना बढाउदै लैजान सशक्त वाच डगको भूमिका निर्वाह गर्न सक्नु पर्छ ।
त्यस्तै गरि नेपाली समाजमा सूचना फैलाउने काम गरि रहेका छौ भन्दैमा अहमता पालेर मिडियाकर्मी , पत्रकारहरु पनि बस्नु कहिले हुदैन । हामीले गरिरहेको पत्रकारिताले समाजमा के कस्तो भूमिका खेलि रहेको छ, त्यो हामी आफै समीक्षा गर्नुपर्छ, हामीले गरि रहेको पत्रकारितामा केही त्रुटि भइरहेको छ भने यसमा हामी आफै सजग हुनुपर्छ । बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरि हुन्छ अत विदेशमा एक अर्काको परिपुरक रहेका नेपाली समाज र नेपाल सरकारका निकायहरु बीच सुचना आदान प्रदान गर्ने माध्यम र बढ्ने तिताक्ता एव सामाजीक दायित्व ह्रास भइरहेको अवस्थामा संचारमाध्यमहरुले सामाजीक उत्तरदायीत्वलाई प्राथमिकता दिएर समाज सुधार गर्न लाग्नु पर्छ । नेपाली समाज र राजदुतावास बिचका सम्बन्धहरु सहज बनाउने , रास्ट्रिय दायित्व र स्वाभिमान बोध गराउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने पक्ष भनेको नै नेपाली मिडिया हो । त्यसैले सवै पक्षलाइ अभिप्रेरित गर्ने र खबरदारी गर्ने दायित्व पत्रकारिताले निर्वाह गर्न आवश्यक छ । अत सामाजीक उत्तरदायित्व नबिर्सिकन पत्रकारिता समाजप्रति उत्तरदायि हुनु पर्छ ।मिडियाले दुई देशको कुटनितिक सम्बन्धमा आंच पुर्याउन सक्ने हुंदा ध्यान दिन र त्यही किसिमको बातावरण त्यार गर्ने सामाग्री पेश गर्नु पर्छ । परदेशमा रहेका र आउने नेपालीको वैदेशिक रोजगारीको समसया, पाएका पीडालाई समाचारका रुपमा संप्रेषण गरेर सरोकारवाला निकायहरुलाई झक्झक्याउने, सुझाव दिने र निरुपण गर्न खवरदारी गर्ने प्रयास र माध्यम निरन्तर बनि रहनु पर्छ । विविध कारणले प्रदेशिएका नेपाली लाई परदेशमा रहेर पनि आफ्नो देश , कला सस्कृतीको जगेर्ना एव परिवार,समाज र रास्ट्र प्रती कर्तव्यबोध र उतरदायित्व बोध गराउन र ट्र्याकमा ल्याउन भुमिका खेलनका लागि पहरेदारका रुपमा आफूलाई उभ्याई रहनु पर्छ ।विदेशी भुमिमा सिकेका सीप, दक्षता, अनुभव र आर्थिक श्रोतलाई देशको आर्थिक विकासमा लगाउने अभियानलाई सफल पार्न सरकार, सम्बन्धीत सरोकारवाला निकाय र सबल नेपाल निर्माणमा लाग्ने सबै परदेशी नेपालीको ध्यानकर्षण समेत गराउनू पर्छ । समग्रमा कुबेत बाट संचालित मिडियाले तथ्यपरक समाचार, बिचार र गुणात्मक खुराकहरु अभिबृद्धि गर्दै नेपाली समुदाय लाइ मुलुकको सर्वांगीण विकास र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि आर्थिक विकासका समग्र पक्षहरूमा सूचना तथा सञ्चारको अधिकतम उपयोगको सम्भावना बढाउदै लैजान सशक्त वाच डगको भूमिका निर्वाह गर्न सक्नु पर्छ ।
त्यस्तै गरि कुबेतमा भएका मिडियाले भूमिका निर्वाह गरेनन भने यहाका सामाजिक सस्था र नेपाली समाजले कर्तव्यबोध गराउन आफ्नो भूमिका खेल्नु पर्छ। बिदेशमा नेपालीका गतिबिधि बढे पनि संचार माध्यममा तीनको पहुच नपुगेको भन्दै नेपालका केहि मिडियाहरुले बेलाबेलामा खाडी मुलुकहरुमा नागरिक पत्रकार उत्पादन गर्न तालिम आयोजना समेत गर्दै आएका छन् । तर हामि भने बिदेशमा आफ्नो जागिर गरेर बचेको नितान्त व्यक्तिगत समयलाई सुचना दिने सामाजिक सेवा गर्ने हामि संगै भएका मिडिया लाइ सौतेनी ब्यबहार गरि रहेका छौ, अस्तित्व स्वीकार गर्न लाज मानि रहेका छौ । बरु पत्रकारिता गहन विषय हो र यसको जिम्मेवारी पनि अत्यन्त गहन हुन्छ भने बुझेर पत्रकारितालाई कर्तव्यबोध गराउ । कुबेतको नेपाली समाजको हितको लागि सामाजिक व्यक्तित्व र मिडिया दुबैले आ-आफ्ना कमजोरीहरुलाई सुधार्दै लैजानु नै आजको आवस्यकता हो ।
http://hamrosanchar.com/2016/04/04/%E0%A4%B9%E0%A4%BE%E0%A4%AE%E0%A4%BF-%E0%A4%A4-%E0%A4%A8%E0%A4%BF%E0%A4%B6%E0%A5%81%E0%A4%B2%E0%A5%8D%E0%A4%95-%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE-%E0%A4%B6%E0%A4%BF%E0%A4%B5%E0%A4%BF/