रुकुमेली दलित आन्दोलका उपलव्धी र चूनौतिहरु - उपेन्द्रलाल कामी

असार १४, विभेद बिरुद्ध अभियान- 
ऐतिहासीक पृष्ठभूमि ः 
समाज परिवर्तनमा विविध आयाम मध्ये राजनैतिक आन्दोलन महत्वपूर्ण र निर्णायक रहदैँ आएको कुरा सर्वाविदिदै छ । त्यसभित्र पनि दलित मुक्ति आन्दोलन र त्यसको चर्चा  एउटा हिस्सा रुकुमेली दलित मुक्ति आन्दोलनको इतिहासको समीक्षा सहित वर्तमान परिस्थितिको आधारमा भविष्यको गन्तब्यमा पुग्ने मार्ग चित्र निर्माण गर्नु पर्ने हुन्छ । मार्गचित्र विनाको कार्य गन्तब्य विनाको यात्रा झैँ हुने भएकाले सहिमार्ग चित्र निर्माणका लागि विगतका कामको सही र वस्तुपरक ढंगले समीक्षा गर्नुपर्ने  हुन्छ । सारमा वर्ग संघर्ष अन्तरनीहित  रहेको रुकुमेली दलित मुक्ति आन्दोलनको आफ्नै मौलिकता र भविष्यताले नै फरक पहिचान दिदैँ आएको छ । 
औपचारिक रुपले आफ्नै प्रयासबाट २०४५÷४६ सालतिरबाट संगठित रुपले दलित समुदायका सवालहरुलाई उठाएर दलित आन्दोलनलाई ब्यवस्थित गर्ने प्रकृयाको थालनी गरेको पाईन्छ । २०४४÷४५ सालतिर महतको गुनाममा जितेन्द्र वि.क. लगायतका दलित युवाहरुले संगठित रुपले कथित उच्च जातका स्थानीय सामन्तहरुसँग गरेको लडाइ होस  या २०४५÷४६ सालतिर मोराबाङको सिमनामा लिलाप्रसाद सुनार, शिव सुनारलगायतका दलित युवाहरुले माघे संक्रान्तिमा दलितहलाई फटाहा गैर दलितहरुले दिदी वहिनीहरुको बीचमा अश्लिल शब्दले गाली गर्ने पर्ने परम्परालाई तोड्न काउछो छर्दिने खालको भौतिक संघर्ष नै किन नहोस् । दलित आन्दोलनको शुरुवात ग्रामीन वर्ग संघर्षको स्वरुपबाट भएको छ । काँक्री, हुकाम, पूर्तिमकाडा लगायतका केही गा.वि.स. हरुमा वालीघरे  (खलो)  प्रर्था विरुद्धमा भएको आरण बन्द हडताल देखि लिएर ने.क.पा. (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्ध कालमा दलित मुक्ति मोर्चाको नेतृत्वमा भएका दलित जागरण तथा लालमार्च  अभियानको क्रममा कट्टर दलित विरोधी, सामान्ती व्राम्हणवादीहरुलाई गरेका जनकार्वाही, रुढीवादी चिन्तन र अन्धविश्वासी संकार संस्कृतिका विरुद्धमा गरिएको भिषण वैचारिक संघर्षका कार्यक्रमहरु नितान्तै ऐतिहासीक एवं दुरगामी महत्वका छन् । त्यतिमात्र होइन ग्रामिन वर्ग संघर्ष देखि जनयुद्धकालका आँधिमय दिनहरुमा रुकुममा मात्रै ७८ जना दलितहरुले राज्य पक्षबाट ज्यान गुमाउनु परेको छ  भने २ जना वेपत्ता र दजनौँ घाइते अपाङ्घ तथा सयौ दलितहरु बिस्थापित घरवार विहीन हुन पुगेका छन् । 
यातना पिडित, वलात्कृत हुने देखि लिएर भौतिक सम्पति ध्वंस्तको कयौं क्षती वेहोर्न वाध्य दलित समुदायले भोग्नु परेका पिडाहरुको ब्याखा गरेर त यहाँ साध्यै छैन् । तर यहाँनेर यिनै परिस्थितिको ऐतिहासीक पृष्ठभूमीबाट गुज्रदैँ आएको रुकुमेली दलित मुक्ति आन्दोलनले हासिल गरेका उपलब्धीहरु र भविष्यका सम्भाव्य चुनौतिहरु के के हुन भन्ने बारेमा संक्षिप्तमा चर्चा गर्न खोजिएको छ । 
क) रुकुमेली दलित आन्दोलनका उपलव्धीहरु ः 
ग्रामिन वर्ग संघर्षको स्वरुपबाट अगाडी बढेको रुकुमेली दलित मुक्ति आन्दोलन ने.क.पा. (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्धसँग एकाकार भएर आफ्नो स्वत्व सहितको विशिष्ट भूमिका निर्वाह गरेको छ । 
जसको फल स्वरुप जनयुद्धकालमै संयौँ दलित युवायुवतीहरु जनमुक्ति सेनाको विभिन्न तहको फौजी संरचनामा कमाण्डरको जिम्मेवारी सम्हाल्दै डिभिजन भाइस कमाण्डर सम्मको जिम्मेवारी निर्वाह गरेका थिए भने स्थानीय जनसत्तामा दुइ दर्जन जति दलित समुदायका ब्यक्तिहरु जनसत्ता प्रमुखको जिम्मेवारी सम्माल्दै पार्टीको केन्द्रीय सदस्य सम्मको जिम्मेवारी पदमा पुग्न सफल भएका छन् । शान्ति प्रकृयापछि पनि क्रान्तिकारी पार्टीमा मात्र होइना मुख्य राजनैतिक पार्टीहरुमा पनि रुकुमका दलित समुदायका कार्यकर्ताहरुको अर्थपूर्ण सहभागीता र पहँुचमा उल्लेख्य मात्रमा प्रगति हुदैँ गइरहेको छ । दलित समुदायबाट १ जना समानुपातिक सभाषद मात्र नभइ नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाकै केन्द्रीय अध्यक्ष सम्मको जिम्मेवारी निर्वाह गर्ने भूमिकामा रुकुम जिल्लाकै अग्रज दलित नेता दलजित सेर्पाली हुनुहन्छ । भने नेपाल सरकारको केन्द्रिय स्तरको दलित निकायहरु राष्ट्रिय दलित आयोगका अध्यक्षमा मानबहादुर नेपाली, उपेक्षित उत्पीडित तथा दलित वर्ग उत्थान विकास समितिको कार्यकारी निर्देशकामा चन्द्रबहादुर विश्वकर्मा र वादी समुदाय उत्थान विकास समितिको अध्यक्षको भूमिकामा पुष्प वादी यि चारै जना राज्यको जिम्मेवार पदधारण गर्ने ब्यक्तिहरु रुकुम जिल्लाकै हुनुहन्छ । यो ऐतिहासीक संयोग मात्र नभइ रुकुमेली दलित मुक्ति आन्दोलनको महत्वपूर्ण उपलव्धी पनि हो । 
यति मात्र नभइ जिल्लाको साझा दलितका सवाललाई संयुक्त आन्दोलबाट अगाडी वढाउन २०६६ कार्तिक ९ गते उपेन्द्रलाल कामीको नेतृत्वमा स्थापना भएको संयुक्त दलित जनअधिकार फोरम ले स्थापनाकालदेखि नै योजना वद्ध ढंगले अगाडी वढ्दै गर्दा रुकुमलाई जातीय छुवाछूत मुक्त नमूना जिल्ला निर्माण गर्ने अभियानको थालनी गरेर अहिले उक्त अभियान जि.वि.स. रुकुमको नेतृत्वमा सञ्चालन हुने गरि कार्ययोजना तयार भएको छ । साझा सहमतिबाट अगाडी वढाएका महत्वपूर्ण कामहरु मध्ये दलित छात्रवास भवन निर्माण, दलित सिपकला संरक्षण केन्द्र भवन निर्माण, नमूना दलित वस्ती तथा वादी घरवास व्यवस्थापन, मौराखारा हर्वल साबुन उद्योग सहकारी, वैरेनीतराको नमूना सामुहिक खेती, समावेशी जागरण सञ्चार केन्द्रद्धारा सञ्चालित रेडियो उत्तरगंगा एफएम १०२ मेघाहर्ज लगायतका निर्माणधिन अवस्थाका संरचनाहरुलाई पूर्ण निर्माण र व्यवस्थापन गर्ने वाँकी नै छ । 
ख) रुकुमेली दलित आन्दोलनका आगामी चूनौतिहरु  ः 
रुकुमेली दलित आन्दोलनले प्राप्त गरेका यि महत्वपूर्ण उपलव्धीहरुको संस्थागत गरेर रक्षा गर्नु पर्ने चूनौति दलित मुक्ति आन्दोलनको महत्वपूर्ण कडी सँग जोडिएको छ । 
‘हिड्दैँ,पाइला मेट्दैँ’ गर्ने खालको कार्यशैली, उपलव्धीहरुलाई एकठाउँमा लिएर समग्र आन्दोलनसँग जोडेर हेर्ने भन्दा पनि अंशमा गएर आत्मकेन्द्रित व्यक्तिगत स्वार्थबाट अगाडी वढ्न खोज्ने चिन्तनगत प्रवृत्ति, ठोस परिस्थितिको ठोस विश्लेशण गरि राजनैतिक पहलकदमी  लिने भन्दा पनि परिस्थितिको दास वनेर अर्कमन्यतामा रुमलिदैँ कसैको निगाहावाट परिचालित हुने दासमनोवृत्ति चिन्तन लगायतका प्रवृत्तिगत समस्याहरु रुकुमेली दलित आन्दोलन भित्रका अबका गम्भीर चूनौतिहरु रहेका छन् । 
संयुक्त दलित आन्दोलनलाई विखण्डीत गरेपछि मात्रै आफनो राजनैतिक भविष्य उज्जल भएको देख्ने राजनैतिक पार्टीकै केही नेताहरुको उच्च जातीय अहंकारवादी चिन्तनगत प्रवृत्ति, दलितका साझा सवालहरु गैर दलित, समाज र राज्यको पनि दायित्वको विषय हो । भन्ने कुरालाई इमान्दारीताका आत्मसातीकरण गर्न नसक्ने र पन्छिन खोज्ने प्रवृत्ति, राज्यले दलितहरुलाई सामान्य रुपले प्रदान गरेका सेवा सुविधाका अवसरहरुबाट सम्म वन्चित गराउन षड्यन्त्रका तानावाहानाहरु बुन्दै जाने प्रवृत्तिलगायतका प्रवृत्तिगत समस्याहरु रुकुमेली दलित आन्दोलनका वाह्य चूनौतिहरु हुन् ।  दलित आन्दोलन भित्रका वाह्य समस्या एवं चूनौतिहरुलाई बेलैमा पहिचान गरेर सोही अनुसारको रणनीति तथा कार्यनीति बनाएर प्रभावकारी पहलकदमी लिएर अगाडी वढ्न सकेमा रुकुमेली दलित मुक्ति आन्दोलनको भविष्य उज्जल छ । यसको लागि दलित आन्दोलन भित्र पनि बर्ग विरोधी पत्ता लगाउन र गैरदलित समुदायका गएर पनि दलित आन्दोलनमा साथ दिने मित्र खोज्ने कार्यलाई सँग सँगै अगाडी बढाउन जरुरी छ । 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.