सोलुखुम्बु जिल्लाको विकट गाउँको एक मध्यम बर्गिय परिवारमा जन्मनु भएको मधु मगर कुबेतमा आफै पनि रोजगारी गर्नु हुन्छ । सामाजिक अभियन्ताको रुपमा समेत परिचय बनाउनु भएको मगर गत बर्षको ४ सेप्टेम्बर देखि एनआरएनए एनसिसि कुबेतको महिला प्रमुख रुपमा समेत क्रियाशील हुनु हुन्छ । कुबेत सरकारले गत बर्ष उपलब्ध गराएको तथ्यांक अनुसार कुबेतमा कार्यरत ६० हजार नेपाली कामदार मध्ये २४ हजार नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत रहेका छन् ।
२४ हजार नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत कुबेतमा महिला प्रमुख रुपमा रहदा नेपाली महिला घरेलु कामदारका के–कस्ता समस्याहरु देखिए , नेपाली महिला घरेलु कामदारका अवस्था कस्तो छ, घरेलु कामदार महिलाका समस्या समाधानको लागि, हकहितको लागि एनआरएनए कुबेतले चालेका कदम र गरेको पहलको बिषयमा केन्द्रित रहेर हाम्रो संचार डटकमका लागि प्रस्तुत छ मधु मगर संग गोपाल सिवाले गरेको कुराकानीको सारसंक्षेप ।
तपाँइको पृष्ठभुमीको बारेमा केहि बताइदिनुस न ?
म सोलुखुम्बु जिल्लाको विकट गाउँ वाकु गा.बि. स. वाड न. ८ वाप्सा तामा खानी रेग्मीटोलको मध्यम बर्गिय परिवारमा ५ दिदीबहिनी र एक भाईको साथमा जन्मेकि पहिलो सन्तान हु। डोको नाम्लोसगै गाउँको दुईवटा बिद्यालय पार गरेर एडमनड हिलारीको सहयोगार्थ बिध्यालयसम्म पुग्दा माध्यमिक तह बल्लतल्ल पूरा गरेर कानुन पढ्न धेरै बर्ष पहिले राज्धानी छिरेको म पढ्ने बाताबरण बनाउन नसकेर जीवन जिउनकै लागि यात्रा गर्ने क्रममा भौतारिदै कुवेतसम्म आईपुगे । अनि यहाँ आफू जस्तै महिलाहरुको ग्रस्त अवस्था देखे पछि यो कदम चाल्ने कोशिस गरेको हु। विशेषगरी कुवेतको घरेलु महिला दिदी बहिनिहरुको भलाईको लागि। यहाँ म कुवेत छिरे देखि नै कुवेतको नेपाली घरायसी श्रमिक महिलाहरुको जुन अवसथालाई पढे देखे र बुझे त्यो अत्तिनै दर्दनाक थियो र ब्यक्तिगत रुपमा नजिकिदै सकेको सानो तिनो सहयोग पनि गर्दै आएको छु । गत बर्षको ४ सेप्टेम्बर देखि चै दुई बर्षको कार्यकालको लागि एन आर एन ए को अधिबेशनमार्फत महिला प्रमुखको रुपमा चुनिएर एनआरएनए एनसिसि कुबेतमा क्रियाशील छु ।

२४ हजार नेपाली महिला कार्यरत कुबेतमा तपाई एनआरएनए कुबेतको महिला प्रमुख हुनु भएको छ , कस्तो महसुस गर्नु भएको छ ?
२४ हजार महिला रहेकोे कुवेत नगरीमा म महिला प्रमुख हुन पाउदा केहि जिम्मेवार थपिएको महसुस गरेको छु। जुन जिम्मेवार बहन गर्न सकुला या नसकुला तर लागि पर्ने प्रयास चै गर्दै आइरहेको छु। पराईको भुमिमा अचम्मै गर्छु त भन्दिन तर समय र परिस्थितिले साथ दिएसम्म र जागिरबाट बचेको समयले साथ दिएसम्म प्रयास चै जारी राखने छु ।
तपाई एनआरएनए कुबेतको महिला प्रमुख भए पछी कुबेतमा कार्यरत नेपाली महिलाहरुको समस्या के के पाउनु भयो ?
म एन आर एन ए को महिला प्रमुख हुनु अघि कुवेत भित्रिएको केही समय पछि देखि नै र महिला प्रमुख भैसकेपछी पनि वास्तवमा आजसम्मकै स्थितिलाई नियाल्दा कुवेतको हकमा विभिन्न लोभ , लालच , उक्साहटमा र आश्वाशनका कारण कुलतमा फस्ने र अबैधानिक्ता तिरको बाटो रोज्ने महिलाहरुको समस्या प्रमुख भएको पाइयो। त्यसैले गलत मानसिकता बोकेकाहरूका लागि ‘युज ’गर्ने साधन बन्न सक्छन अत बेलैमा कुलत र गलत कुरामा फस्न बाट होशियार हुनुस भन्न चाहन्छु।
कुबेतमा खास गरि नेपाली महिलाहरु घरेलु कामदारको रुपमा बढी कार्यरत छन तर दलाल र अनुगमन नहुदा बिभिन्न घटना हुने सुनिएको छ अब यसलाई कसरी सम्बोधन गर्नु पर्छ जस्तो लाग्छ नि ?
कुवेतमा अत्त्याधिक मात्रामा भएको घरेलु महिलहरुको बारेमा सरकारले अध्ययन गरेर महिला श्रमिकको हितसम्बन्धिको मापदण्ड तयार पार्नु पर्छ। जुन लिखित रोजगार सहमति हुनुपर्दछ। श्रमिक पठाउने र लिने रास्ट्रहरुबिच समन्वय हुनुपर्ने। निजि रोजगार कम्पनीको कार्य सन्चालनमा उचित ब्यबस्थापन हुनुपर्ने , विदेश पठाइएका महिलाको स्थितिको सम्बन्धमा सम्बद्ध वैदेशिक रोजगार व्यवसायीले कम्तिमा पनि ३/३ महिनामा जानकारी राख्ने र राजदुताबास मार्फत महिला कामदारको स्थितिको बारेमा प्रत्येक वर्ष प्रतिवेदन जारी गर्ने काम गरिनु पर्ने आदि इत्यादि कुराहरु।
एनआरएनए महिला प्रमुखका नाताले कुबेतमा नेपाली दिदि बहिनि माथि हुने बिबिध सम्श्याका बारेमा सरकारी तथा सम्बन्धित निकाय कहिँ कतै जग जाहेर गराउनु भएको छ ?
कुवेतको ब्यस्त शहरमा सहयोग र सुझाबको पर्खाईसङ्गै उचित समयलाई पनि कुरिरहेको छु ।
प्रसंग बदल्न चाहे देशका तिनै प्रमुख निकायमा महिलाको नेतृत्व रहेको छ । तपाई आफै नेतृत्वदायी भूमिकामा रहनु भएको ले तपाईले अहिले सम्म एनआरएनएमा महिला सहभागिता कस्तो पाउनु भएको छ त ?
आधा भन्दा बढी यो धर्ती र आकाश ढाक्ने महिलाहरु पछि पर्नुको कारण सँकुचित भावनासङ्गै हुर्केको पितृसतात्मक पाखण्डी समाज र शिक्षा अनि जति नै शिक्षाको सिखर चढे पनि महिला आफै सचेत नहुनु हो भन्ने नै मलाई लाग्छ। मदर टेरेसा र म्याडम् किउरि पनि महिला नै हुन भने अनुराधा कोइराला र बिद्या भण्डारी पनि महिला नै हुन महिलाले पनि चाहे गर्न सकिन्छ। मलाई पनि कुवेत एन आर एन ए को महिला प्रमुख हुँदा जति गर्व लागेको छ यधपी मैले त्यो भन्दा बढी काम गर्न बाँकि छ र बामे सर्दैछु। अल्पसंख्यक रूपमा रहेको महिला बिच सहमति, एक्यबधता र उत्तिकै सम्मान पाएको छु। हृदयदेखिनै समाज सेवा गर्ने भावना भएको कोहि महिला दिदीबहिनी हुनुहुन्छ भने कुवेत एन आर एन ए आव्हान गर्न चाहन्छौ।

तपाइको बिचारमा घरेलु कामदारको रुपमा नेपाली महिला कुबेत आउनु ठिक हो ? हाउस मेडको हकहितको लागि के कस्तो नीति हुनु पर्छ नि ?
घरेलुु महिला कुवेत आउनु उचित होइन। किनकि एउटा घर भित्र के हुन्छ थाहा हुदैन। यदि सरकार र निजि कम्पनीले सुरक्षाको जिम्मेवारी लिन सक्छ भने आउँदा हुन्छ आउन रोक लगाउदा अरु झोखिम मोलेर विभिन्न देश हुँदै आउने क्रम जारी नै रहेको छ।

कुबेतमा रहेर पनि बिभिन्न सामाजिक सेवामा अहम भूमिका खेल्नु भएको हामीले पाएका छौ बास्ताब्वमा सामाजिक सेवा भाव किन हामि परदेशी नेपालीमा हुनु पर्छ जस्तो लाग्छ नि हजुर लाइ ?
सोच बदले समाज बद्लिन्छ। समाज बदले देश बद्लिन्छ भने झैँ समाज सेवा राम्रो सोचको संकेत हो। राम्रो सोचले राम्रो समाजको निर्माण गर्छ। उदाहरणको लागि टाढा नजाउ। यहाँ मैले कुवेतकै उदाहरण दर्साउन चाहे।सामाजिक भावले ओतप्रोत कोसेली ग्रुपले चालेको कदम धुर्मुस सुन्ताली फाउन्डेसन सहयोगार्थ नै ज्वलन्त उदाहरण हो र पराईको भुमिबाट रगत सुकेपछी फर्केर के गर्छौ र? भन्नेहरुको लागि दरो झापड पनि हो। समाज सेवा भौतिक शरीरले गर्ने हैन उत्तम बिचारले गर्ने हो त्यसैले हामी पर्देसी नेपालीले समाज सेवा गर्न जरुरी छ। त्यसो त् पर्देसीको बिरानो मुलुकमा पर्देसीनै पहिलो सहारा हो। तसर्थ हामी पर्देसीले समाज सेवा गर्न अत्ति जरुरी छ।
यहि जुलाई २१ र २२ तारिकका दिन पाँचौ गैर आवासिय नेपाली संघको मध्यपूर्व क्षेत्रीय भेला कतारमा हुने भएको छ । कुबेत बात के के एजेन्डा लिएर जानु हुदै छ नि ? के कुबेत बाट लैजाने एजेन्डामा नेपाली कामदार खास गरि घरेलु नेपाली महिला कामदारको बारेमा नि केहि कुरा जोडिएका छन ?

यही २१ र २२ तारीख हुन गैरहेको कतारको क्षेत्रीय भेलामा समयको अभावले म आउन असमर्थ छु । फेरी पनि म घरेलु महिलाहरुको हक हित र सुरक्षा सम्बन्धी आवाज बुलन्द गरौ भन्ने एजेन्डा सहित शुभकामना पनि पठाउन चाहन्छु।
अन्त्यमा हाम्रो संचार मार्फत कुबेतमा रहेका नेपाली समाज लाइ के भन्न चाहनु हुन्छ ?
म कुवेतमा रहेका सम्पुर्ण नेपालीहरु एकै घर एकै परिवारको नारा भित्र समेटिऔ। धर्म परम्परा संस्कृतिको व्यंग्य प्रहार गर्दै घोच पेच र अहंकारले लत्पतिएको फोहोरी शब्दहरुले सामाजिक संजालका भित्ताहरु रंगाउन बन्द गरौ। अरुलाई सम्मान गरेर सम्मान लिऔ भन्न चाहन्छु। विशेषगरी महिलाहरु क्षणीक स्वार्थमा नफसौ र कुनै समस्या भए सम्पर्कमा आउनोस सहयोगको लागि कोसिस गरिनेछ। र अन्त्यमा जादा जाँदै कुवेतबासी नेपालीहरुको खुराक समाचार पस्केर ख्याति कमाई सक्नु भएको हाम्रो संचार डटकम मार्फत मेरो विचारहरुलाई सार्वजानिक गर्ने अवसर दिनुभएकोमा तपाइँ सहित हाम्रो संचार डटकम लाइ हार्दिक धन्यबाद ।

The post हामी परदेशी नेपालीले समाज सेवा गर्न जरुरी छ : मधु मगर appeared first on hamrosanchar.com.