समाजका दलित र गरिबको घरमा एक दिन बास बस्दैमा , एक छाक खादैमा समतामूलक समाजका निर्माण गर्ने संकल्प कहिले पुरा हुदैन । बन्छ त् त्यसबेला जब बर्षौ देखि उत्पीडनमा परेका दलित र गरिबलाइ राज्यको हरेक अंग र तहमा प्रतिनिधित्व गराइन्छ । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनले कम्तिमा पनि ६,५५४ दलित-अल्पसंख्यक महिला प्रतिनिधित्व हुदैछन , यो प्रतिनिधित्व हुनु भनेको एक दुइ ओटा राज्यमन्त्री र मन्त्रि हुनु भन्दा धेरै हो । त्यसैले चुनावको बिरोध गरेर दलित-अल्पसंख्यक महिलालाई स्थानीय तहमा अाउन नदिने जो कोहि भए पनि खुलेर बिरोध गरौ ।
‘हाम्रा घरमा आइदे र हाम्ले पकाएको खाइदे ’का भरमा मात्रै समतामूलक समाज बन्छ हुन्छ भनेर दलित र गरिबले पनि नसोचौ ।बरु आजै देखि स्थानीय तहको निर्वाचनमा संवेदनशील हौ ,सचेत हौ ,आफुले आस्था राख्ने राजनीतिक दल र दलित एव गरिबको प्रतिनिधित्व हुने गरि स्थानीय निकायका संघ सस्था समुह संग समन्वयकारी भूमिका खेलौ । #चुनाव लागेको अवस्था
साम्यवादी राजतन्त्र रहेको उत्तर कोरियामा समेत सर्वोच्च जनसभाका लागि हरेक ५ वर्षमा मतदान हुनछ । हाम्रा देशका गणतन्त्रका महाराजहरू लाई चै बल्ल बल्ल भेंट भयों खै के भने झै २० बर्षमा गरौ निर्वाचन भनदा नि ज्वरों आएको छ ।
२० बर्ष देखी जनप्रतिनिधिविहीन बनेका स्थानीय निकायहरू वास्तवमा आज अनियमितता र भ्रष्टाचारको थलो बनेका छन्।स्थानीय निकायमा बिकासका योजनाहरू लाथालिंग भएका छन , भएका कामकारवाहि पनि अनुगमन र पारदर्शी हुन सकेका छैन्न । उत्पीडित , बृद , गरीवका लागी भनेर निकास भएका बजेट काले काले मिलेर चंपाएका छन र जन प्रतिनिधि नहुदा सवै भनदा बढ़ी मार्कामा पनि समाजका यिनै परेका छन ।
यस्तो दयनीय देखदा देखदै स्थानीय निकायको निर्वाचनको वहिष्कार गर्नु भनेको लोकतन्त्रलाई बलियो पार्ने र गणतन्त्रको जग बलियों बनाउने उद्देश्य कदापि हूनै सकदैन । राजनीतिक मूँदा मिलौ, मिलाऊँ तर स्थानीयरुपमा विषाक्त भइसकेको भ्रष्टाचारलाई नियन्त्रण गर्न स्थानीय निकायको चुनाब गराऊँन खूँटा नकमाऊ , पछि नहटौ सरकार #स्थानीय निकायको निर्वाचन
माघ २९ , सामाजिक संजालमा केहि दिन देखि सबैतिर चकलेट बाड्ने , प्रोपोज गर्ने देखि गुलाब बाड्ने भीडसंगै मायाको मौसम सुरु भएको अनुभव गर्न थालिएको छ । भ्यालेन्टाइन डे आउनु एक साता अघि देखि सामाजिक संजालमा माया , प्रेमको चर्चा र ब्यक्त कसरी गर्ने, प्रस्ताव कसरी गर्ने भन्दै पहिलैदेखि सोचेर बसेका मन, मुटु र मस्तिस्कहरु गुलाव दिवस ,प्रस्ताव दिवस , चकलेट दिवस ,टेड्डी दिवस , वाचा दिवस ,अङ्कमाल दिवस , चुम्मन दिवस , भ्यालेनटाइन दिवस भन्दै लहर र लहड संगै पोखिदै आएका छन । प्रणय , प्रेम र माया शब्दसंगै यस्ले आफ्नो प्रभावलाई रोमको चर्च देखि सामाजिक संजालको भिता भरि पोख्न सफल भएको छ ।
भ्यालेन्टाइन डेको इतिहास लाइ हेर्ने हो भने इस्वी सन् २६९ मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोही नलाग्ने र शान्ति सुरक्षमा खलल पुुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिबन्ध लगाएका थिए । तर रोमका एक पादरी सेन्ट भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरे । आफ्ना साथीहरुलाई पनि प्रेममा उक्साए ।त्यसपछि तत्कालीन शासकले उनको टाउको काटेका थिए । यसरि भ्यालेन्टाइन डेको नाममा रोमबाट फैलिएको यो दिवस अहिले विश्वभर मनाउने गरिन्छ । त्यस्तै गरि विकिपिडिया राखिएको जानकारी अनुसार मायाको परिभाषा हेर्ने हो भने माया भनेको कुनै जीव -प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा लगाव महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो भनिएको छ । पशुहरूले पनि अनुभव गर्ने माया भन्ने कुरा दिमाग भित्र हुने फेनीलेथीलेमिन केमिकलले दिमागभित्र रसायनिक प्रतिकृया गरे संगै मायाको अनुभव उत्पन्न हुने कुरा उल्लेख छ ।
मायाको परिभाषा जे भनेर राखिएको भए पनि र सेन्ट भ्यालेन्टाइनले जे जे भनेर उबेलामा उक्साएको भए पनि अहिले सम्म हामीले माया प्रेमको कुनै सिमा नभएको , माया–प्रेमलाई उमेरले , जातले, रूपले, भौगोलिक दूरीले छेक्न नसकेको देख्दै सुन्दै भोग्दै आएका छौ ।त्यसैले पनि मायाको परिभाषा दिन जो कसैलाई पनि कठिन छ । यधपी माया कुनै निश्चित समयमा गर्नुपर्छ भन्ने बाध्यता हुँदैन । न त योग्यता, विज्ञताको आवश्यकता नै पर्छ । जो कोहि माया गर्न स्वतन्त्र छ । यहि स्वन्तन्त्रताले गर्दा होला हाम्रो नेपाली समाजमा हुर्किएको मायाको जगमा सोच विचार नै नगरीकन एउटा पक्षलाई मात्र हेरिएर गरेको अपवाद बाहेकका यस्ता माया प्रेमहरु दिगो र सफल हुन नसकेको विविधता देखिदै आएको छ । हाम्रो समाजमा धेरैलाई यो मायाले जिवन पनि सफल पारिदिएको छ त धेरैलाई माया ले नै जिन्दगि पनि बर्बाद बनाई दिएको धेरै उदाहरण जीवित छन । बनावटी र देखावटीका मायाको साथ अनि नामको मात्र मायाको साथ पनि नेपाली समाजमा धेरै छन् । कमैको भाग्यमा मात्र सही साथ जुरेको छ । मायालाई विश्वास र पूजा गर्न सक्ने सही साथहरुले यहाँ हाँसेको छन्, जितेका छन्,समाजलाई चुनौती दिदै मायाको झण्डा नि फहराएका छन् र जीवनमा सफलता पाएको उदाहरण पनि प्रशस्त छन् । एक अर्कोले मनमा लगाम लगाउन नसक्ने साथहरू भित्रभित्रै दुखेका छन् । एक आपसमा सम्बन्ध निरन्तर हुन नसकेपछी मायामा आफुलाई शहीद बनाएका पनि धेरै सत्य घटनाहरु छन् । फेरी पनि विचार मिले पछि , मन मिले पछि पहिला माया एकतर्फी भएको र मन परे पछि मात्र माया गर्नेबीचमा कुराकानी पछि गाढा भएको सुनिदै आएको मायाको अनुभव धेरैको एकै भए पनि अपवाद छाडेर मायाको सम्बन्धहरु नेपाली समाजमा भर परेका छन भन्दा फरक पर्दैन । नेपाली समाजमा व्यक्ति र व्यक्तिको सम्बन्ध हेरी मायाको परिभाषा मान्छेपीच्छे फरक फरक छन । मन मिलेपछि प्रेममा गाँसिएका सम्बन्धहरुको अघि समाज र परिस्थिति चुनौती बनेर उभिदा आफै समय टिक्न नसकेका र कतिले बितण्डा समेत मचाएका कैयौं उदाहरण हाम्रा सामु सार्वजनिक भएका छन् ।
नेपाली समाजमा यस्तै बितण्डा मचाएका केहि मायाहरु सम्झिनु पर्दा सत्य तथ्य जे भए पनि देवयानीलाई बिबाहको बचन दिइसकेका तत्कालिन युवराज दीपेन्द्रले देवयानीसँगको मायाको सम्बन्ध टुटाउने परिवारको निर्णय पछि आफ्नै बंश नास गरेको र आफूले पनि आत्महत्या गरेको अहिले सम्म चर्चा छ । मायाकै कारण अजित मिझार मारिएको मारियै भए । आफ्नो मायाले सामाजिक मान्यता नपाउने भएपछि केहि दिन अघि मात्र कनकाई नगरपालिका–७ स्थित विरिङ खोलानजिकै २३ वर्षीया अस्मिता तोलामी (सार्की) र उनकै छिमेकी २५ वर्षीय ईश्वर भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरे। काम गर्ने सिलसिलामा तीन वर्ष अघि कुवेतमा भेटिएर अन्तिम श्वाससम्म सँगै बाँच्ने र सँगै मृत्युवरण गर्ने कसम खाएका धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइराला र नवलपरासी गैंडाकोट नपा-५ की २७ वर्षीया तुलसा सापकोटाको मायामा शंकाले बिजारोपण गर्दा बर्षौको माया एक बोतल एसिडले केहि दिन अघि मात्र खरानी बनाएको खबर पढियो । यी घटना त प्रतिनिधि घटना मात्र हुन यधपी यी घटनाका बारेमा सुन्दा मान्छे त निर्दयी हुन्छन् हुन्छन्, माया पनि यति सार्हो निर्दयी र निष्ठुरी हुदो रैछ र भन्ने लाग्न सक्छ ।
फेरी पनि संसार माया मै अडिएको छ । माया प्रेम भनेको कसैलाई जीवनभरी साथ राख्ने अटुट नाता हो । मीठो अनुभुति हो र यो अन्तरहृदयबाट आफै प्रस्फुटन भएर आउने भावना हो ।अहिले प्रविधिको बिकास संगै मान्छे आफुलाई कसैलाइ माया गरेको र गर्छु भनेर सुन्न र सारा दुनियाँलाइ थाहा दिन चाहन्छ । सकारात्मक नकारात्मक जे भए पनि आफ्नो सँस्कृति ,रितिरिवाज चाडपर्वको केहि हेका नगर्ने तर बिदेशीहरुको नयाँ वर्ष, चाड पर्वमा आफुले माया गरेको व्यक्ति लाई शुभकामना दिँदा मात्रै माया गरेको कदापि हुदैन । आफ्नै कला र सस्कृतिका धनि हामि पश्चिमाहरुसँग सास्कृतिक नाता नभए पनि केवल सामाजिक संजालमा देखाउनेको नाममा भेलाईइन्टाइन डे भन्दै पोखिनु हाम्रो सस्तो मानसिकता हो , कृत्रिमपन हो । माया दर्साउने वा ब्यक्त गर्ने तरिका भ्यालेनटनइन डे मन पर्ने र ब्यक्त गर्ने पश्चिमाहरुलाई जस्तो विकृति, विसंगति र गलत संस्कार हाम्रो नेपाली समाज र संस्कारमा पाच्य हुदैन ।
हाम्रो नेपाली समाज र संस्कारमा यस्तो प्रभाव र असर बारे बुझेर जानेका भए पनि प्रेमी-प्रेमिका भएकाहरू आफ्नो प्रेमलाई थप मजबुत बनाउने तरखरमा होलान् अहिले भने प्रेमी या प्रेमीका नभएकाहरू भ्यालेन्टाइन डे बाटै प्रेमि-प्रेमीका बनाउने या आजसम्म राख्न नसकेको प्रेम प्रस्ताव राख्ने सुरमा रहेका होलान् । मन परेको ,माया गरेको मान्छेलाई बेलैमाथि कि भन्न सक्न पर्छ कि मायाको अनुभुति दिलाउन सक्नुस । यसरि प्रस्ताव गर्न भ्यालेनटाइन डे दिवसहरुको बहाना खोज्नु र कुर्नुपर्छ भन्ने पनि छैन ।कसैलाई माया गर्नु हुन्छ भने साँचोमाया गर्नुहोस निस्वार्थ माया गर्नु होस । मनपरेका सबै आफनै हुनुपर्छ भन्ने पनि छैन र गुमाउनु नै पर्छ भन्ने पनि छैन । प्रेमलाई जीवन जिउने आधार मान्नेहरु र प्रेमलाई पूजा गर्नेहरु अहिलेको पुस्ता पुरानो पुस्ता भन्दा बढी नै रोमान्टिक छ । तर, यहो भन्दैमा जीवनमा रोमान्टिक भएर मात्र पुग्दैन, रेस्पोन्सिबल पनि हुनुपर्छ । त्यसैले प्रेमको अर्थ बुझेर ,अर्को पक्षको भावना बुझेर प्रेम गर्नुहोस । यदि साच्चिकै हृदयदेखिनै माया साँचो र चोखो माया गरेको छ भने पाउनु र गुमाउनुमा केहि फरक पर्दैन । किनकि तपाईले गरेको साँचो र चोखो मायाको अस्तित्व तबसम्म रहिरहेको हुन्छ जबसम्म उसप्रति तपाईको माया प्रेम रहिरहन्छ ।
राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जाति, लिङ्ग, उत्पति, भाषा र वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गरिने छैन भनी नेपालको संविधानको मौलिक हकमा भनिएको छ । तर मन्दिर ज़ादा दलित माथी सधैको बिभेद , सधैको ज़रीवाना आखारी कहीले सम्म?
एकै धर्म र आस्था भएका बीच यस्तो हूंनछ भने आफु समानित हूने धर्म स्वीकार गर या धार्मिक आस्थाका धरोहरहरूमा अधिकार र कर्तव्यहरूको न्यायोचित बाँडफाँड र स्रोतमा सबै वर्ग तथा समुदायका मानिसहरूको पहुँच र क्षेत्रहरूको समान सहभागिताको लागी बिद्रोह गर्न सिक । यहाँ हिन्दू धर्मका ठेगदारहरूले म्यानमारमा सूकीले मुस्लिम समुदाय माथी भएकों ज़्यादती देखेर सुनेर नि मौनता साधे जस्तै साधेका छन । अत: लात ले मात्र मान्ने धर्मका पाखण्डी भूतहरू लाई जब सम्म ५००० हज़ार दिनुको साटो पाँच लात भए पनि लगाउने हिम्मत हुदैन , प्रतिकार गर्ने आत्मबल जागदैन तब सम्म यसरी नै दनक खाई रहनछौ , ज़रीवाना तिरी रहनछौ, बिभेद र अपमानित भै रहनछौ ।
त्यसै पनि यिनले बिभेद गरे भनेर उजुरी दिदा क़ानून ले ३००० भनदा बढ़ी जरिवाना अहिले सम्म गराएको छैन । त्यसैले प्रतिकार गरौ तिरन परे ६००० जरिवाना उनले तिरने ठाऊँमैं तिरौ ।
केहि बर्ष अघि नेपाल राष्टलाई टुक्रयाएर अलग मधेस राष्ट बनाउने उद्देश्यले अभियान चलाएका सिके राउतलाई मोरंग प्रहरीले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने उद्देश्यले अभियान चलाएको आरोप लगाउदै प्रमाणहरु जुटाएर विशेष अदालत काठमाण्डौमा राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ (१) अनुसार राज्य विप्लवको मुद्दा दायर गरेको थियो। तर राष्ट्रिय सप्रभुता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्नेगरि गतिबिधि चलाएको अभियोग लागेका राउतले देश टुक्र्याउने खालको कुनै पनि अभिव्यक्ति दिएको नदेखिएको भंन्दै विशेष अदालतले राउतलाई सफाइ दियो। विशेष अदालतको सो फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो। तर समाननिय सर्वोच्च अदालतले समेत राउतलाई राज्य विप्लव मुद्दामा सफाइ दियो । यधपी नेपालको अन्तरिम संविधान २०६३ ले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता र संघ संस्था खोल्ने स्वतन्त्रता दिए पनि नेपालको सार्वभौमसत्ता र अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने वा दुरुत्साहन दिने कार्यमा रोक लगाएको छ।
त्यस यता मुलुक नै टुक्रयाउँने भंदै विखण्डनको अधिकारको सार्वजनिक वकालत गरे , नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन् भन्दै तथानाम गालि गलौच गर्दै हिडे , मधेशका लागि भनी राष्ट्रिय गान र झण्डा बनाएर मधेश राष्ट्र भन्दै हिड्ने गर्ने देखी तराईमा उग्रवादी अभियान समेत चलाई रहेका सिके राउतलाई जति पटक पटक पक्राउ गर्ने र छोड़ने गरे पनि आफूमा विखण्डनको अधिकार रहेको भन्दै झन् झन् अझ उग्र र सार्वजनिक माग यथावत् राखदै आएका छन । मधेस आन्दोलनको १० वर्षको उपलक्ष्यमा केही दिन अघि सिरहाको लाहनमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि स्वतन्त्र मधेस आन्दोलनका अभियान्ता सिक राउतलाई सफाइ दिनेहरूलाई कुरिकुरि भएको छ छैन कुनी ? सरकार लाई चै सविधान ससोधनमा बिपक्षिको समर्थन चाहिएको बेला स्थानीय चुनाबको कुरा भै रहेको बेला चुनौतिको बिषय बनेको पक्कै छ ।
अदालतको फैसला पछि मूकदर्शक र निरीह भएको सरकारले धेरै पछि फेरि यस्तै बिबिध कारणले सिके राउत लाई पक्राउ गरेको छ। स्वतन्त्रता बिरुद्धको गैरन्यायिक रिफ्तारी भन्दै बार्ह हात उफ़्रिने वकिल , मानवअधिकारबादी र लेखकहरुको कोरस अघि के सिके राउत लाई सरकार र न्यायलयले राज्यविप्लव सम्बन्धी मुद्दा लाऊँन र सजाय दिन सकला त ?
त्यस यता मुलुक नै टुक्रयाउँने भंदै विखण्डनको अधिकारको सार्वजनिक वकालत गरे , नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन् भन्दै तथानाम गालि गलौच गर्दै हिडे , मधेशका लागि भनी राष्ट्रिय गान र झण्डा बनाएर मधेश राष्ट्र भन्दै हिड्ने गर्ने देखी तराईमा उग्रवादी अभियान समेत चलाई रहेका सिके राउतलाई जति पटक पटक पक्राउ गर्ने र छोड़ने गरे पनि आफूमा विखण्डनको अधिकार रहेको भन्दै झन् झन् अझ उग्र र सार्वजनिक माग यथावत् राखदै आएका छन । मधेस आन्दोलनको १० वर्षको उपलक्ष्यमा केही दिन अघि सिरहाको लाहनमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेपछि स्वतन्त्र मधेस आन्दोलनका अभियान्ता सिक राउतलाई सफाइ दिनेहरूलाई कुरिकुरि भएको छ छैन कुनी ? सरकार लाई चै सविधान ससोधनमा बिपक्षिको समर्थन चाहिएको बेला स्थानीय चुनाबको कुरा भै रहेको बेला चुनौतिको बिषय बनेको पक्कै छ ।
अदालतको फैसला पछि मूकदर्शक र निरीह भएको सरकारले धेरै पछि फेरि यस्तै बिबिध कारणले सिके राउत लाई पक्राउ गरेको छ। स्वतन्त्रता बिरुद्धको गैरन्यायिक रिफ्तारी भन्दै बार्ह हात उफ़्रिने वकिल , मानवअधिकारबादी र लेखकहरुको कोरस अघि के सिके राउत लाई सरकार र न्यायलयले राज्यविप्लव सम्बन्धी मुद्दा लाऊँन र सजाय दिन सकला त ?