देश फेरिए पनि मानसिकता फेरिएन - गोपाल शिवा
केहि दिन अघि साझ पख घुम्न निस्किएको थिए । मरर्भुमिमा १० घण्टा कम्पनिको दैनिक काम बाट बचेको समय केहि कमाउ भन्ने अभिप्रायले दुई जना तराइका नेपाली भाइहरुले खेल्ने ग्राउण्ड भन्दा केहि पर चटपटे बेच्न सुरु गर्नु भएको रहेछ। २/४ जनाको जमघट रहेको माहोलमा चटपटेको दाम सोध्दै बनाएको हेरेर उभि रहेका थियौ त्यसै बीच एक जना अर्को नि नेपाली थपिनु भो । मित्रले आगमन संगै तातिदै भन्नु भयो मदेसी भैया भोलि देखि यहा चटपटे बेच्ने हैन है । नत्र फ्याली दिउला तेरा चटपटे ...तेरो चटपटेले हाम्लाई खेल्न डिस्टर्ब भयो । त्यो सुनेका उपस्थित ले मात्र हैन ति दुवै मधेशी समुदायका ति नेपाली युवाले त्यहाँ वाक्यमा प्रयोग गरिएका शब्दहरूमाथि कुनै आपत्ति व्यक्त गरेनन्, न त प्रतिवाद नै,शायद देश फेरिए पनि मानसिकता उही रहेछ यिनको भनेर स्वभाविक रूपमा सहजै यी दुइ भाइले बुझिसकेका थिए ।
तातिने युवा खेल्ने ग्राउण्ड तिर जादा मैले सोधे भाइ तपाइँहरुको चटपटेले खेल्न डिस्टर्ब कसरि भयो भनेर किन सोध्नु पनि भएँन नि ? उनले जवाफ दिए दाइ खेल हेर्न आउने नै रक्सि पिएर आउछन, अनि झगडा गर्छन ।रक्सि बेच्ने र खाने संग त बोल्न सक्दैनन् तर हामी केहि नबोल्ने भनेर होला मदेसी, मस्र्या, काले , भैया जस्ता सम्बोधन गर्दै होच्याएर गालि र आरोप चै हामीलाई नै लगाउछन् । भाइहरुको कुरा सुने पछि लाग्यो जातका आधारमा, वर्गका आधारमा, वर्णका आधारमा विभेद गर्ने हाम्रो मानसिकता देश बाट प्रदेश सम्म आइ पुगेछ । खासगरी बहुपहिचान भएको हाम्रो मुलुकमा केहि बर्ष अघि सम्म आमरुपमा राजधानी लगायतका केहि क्षेत्रमा पहाडी समुदायले आफ्नै तजबिजीमा मधेसीलाई मदेसी, मस्र्या, काले , भैया जस्ता सम्बोधन गर्दै होच्याएर शब्दको प्रयोग गर्थे ।०६३ को मधेस विद्रोहले धेरै हद सम्म सामाजिक रुपान्तरण भयो जसले गर्दा अपबाद छाडेर यसरी नेपालका आफ्ना दाजुभाइ लाइ नै हेप्ने क्रम धेरै कम भएको थियो ।तर सात समुद्र पारि पनि उहि आचरण र ब्यबहार ....कस्तो बिडम्बना !
लगभग ३० हजार नेपाली रुपैया मासिक तलबमा काम गर्न आएका यी चटपटे बनाउने भाइहरु महिना भरिको खर्च जोगाउदा नेपाली २०/२१ हजार जति बचाउदा रहेछन । ब्याज माथि स्याज थपेर नेपाल बाट आएको ऋण सम्म तिर्न गाह्रो भै राखेको बेला आफुले जानेको यसो केहि गरौ भन्ने पवित्र अभिप्राय बोकेर कम्पनीले थाहा पाए केहि गर्ला कि भन्ने डर मन भरि बोकेर सुरु गरेका रैछन चटपटे बनाउन । यस्ता सोझा र नियति संग संघर्ष गरिरहेका नेपाली दाजुभाइले केहि रुपिया कमाउन यसरि श्रम गरि खादा डिस्टर्ब भएको ठान्नु कहाँसम्म तर्कपूर्ण हो ? जवाफ म संग पनि छैन । छ त् एउटा सत्य त्यो के हो भने खेलाडी मित्र हुन् कि , चटपटे बनाउने मित्र हुन् या तपाई र म नै किन नहौ देश प्रतिको माया भए पनि विदेश पलायन हुनुको कारण गरिबी मात्र नभएर जातपात, छुवाछुत, रुढिबादी संकीर्ण सामाजिक कु-संस्कार, धर्म, अवसरको कमि, व्यापक भ्रस्टचार,तुच्छ राजनीति सोच, सामाजिक सुरक्षा , बाच्न पाउनु पर्ने अधिकार जस्ता कुरा बाट बन्चित भए पछि अवसरको खोजि गर्दै बिदेशिएका हौ । देशविदेश देखेका, जान्नेसुन्ने, टाठाबाठा हामी श्रमजीवी त देशका लागि गर्वको कुरा हौ तर यता आएर पनि अझ पनि परिवर्तनका सम्बाहक हामीभित्र नै कति विषयसँग निहित उही मानसिकता हावी भएको देखिन्छ ।
हामीले बिदेशमा हुदा बिभिन्न देशका बिभिन्न धर्म र सस्कार भएका संगै हातेमालो गरेर टिममा काम गरि रहेका छौ । सवै धर्म जात र समुदायका मान्छे लाइ आदर गर्न सिकेका छौ ।समग्रमा भनु पर्दा हामीले बहुपहिचानको मर्मलाइ ब्यबहारिक रुपमा बुझेर त्यसमा चलेर आघुनिकता अँगालेका छौ । तर उहि नेपाली समाजबाट आएका दलित , गरिब , मधेशी लाइ हेप्ने परम्परागत मानसिकता भने फ्याक्न सकेका छैनौ ।नेपाली समाजले एकले अर्कोलाइ सम्मान गर्ने परिपाटीको बिकास देश बिदेशमा देखेर भोगेर पनि हुन् सकेको छैन ।देश बिदेशमा देखेर भोगेर पनि अहिले सम्म पनि बोलीचालीमा कसैलाई डुम , मर्सिया,धोती, भेले, भैया, भोटे, टुप्पी बाजे आदि भनेर रंगभेद र दुर्व्यवहार गरेर हामीले एकले अर्कोलाइ सम्मान गर्ने परिपाटीको बिकास गर्न समेत जानेनौ । हामी भित्र जरा गाडेर बसेको संक्रिण सोचाई र कमजोरी जसले होच्याएर बोल्ने र विभेद गर्ने मानसिकताको अशोभनीय चिन्तनलाई बानीलाइ निरन्तरता दिएको छ त्यसलाई चांडो भन्दा चांडो अन्त गरौं नत्र यसले बिनास निम्त्याउछ, सामाजिक द्वन्द बढाउछ , हामी नेपालीको एकतालाई शक्तिहीन बनाउछ ।
0 comments
Write Down Your Responses