के तपाईं नियमित अन्तरालमा विभिन्न वस्तुका माध्यमले कानेगुजी निकाल्नुहुन्छ ? वा, कान सफा गर्नुहुन्छ ? उत्तर सकारात्मक छ भने यो तपाईंको स्वास्थ्यका लागि नकारात्मक छ । त्यसो गर्न बन्द गरिहाल्नुस् ।
सलाईको काँटी, पिन वा जे पायो त्यहीले कान कोट्टयाउने बानीले हामीलाई अन्ततः अस्पताल पुर्याउन सक्छ । कानेगुजी निकाल्न कान कोट्टयाउने बानीले निम्त्याउने संक्रमणले सिकिस्त बनाउने गर्छ । यस्तो बानी भएकाहरूले कानमा कुनै समस्या देखिनेबित्तिकै समयमा चिकित्सकीय परामर्श लिए तत्काल श्रवणशक्ति त गुमाउनु नपर्ला, तर कोट्टयाउन बन्द नगरे कालान्तरमा कानको संक्रमण बढी श्रवणशक्ति पक्कै कम हुँदै जान्छ । यस्तो पीडा भोग्नेहरू तपाईं हाम्रै वरपर पनि हुन सक्छन् । कुनै खास अध्ययन नभए पनि, सामान्य आकलन अनुसार, नाक, कान, घाँटी रोग विशेषज्ञकहाँ दिनहुँ पुग्ने बिरामीहरूमध्ये करिब २० प्रतिशत कानेगुजी निकाल्दा समस्यामा परेका हुन्छन् ।
‘कान हामीले सफा गर्ने होइन, प्रकृतिले आफैं विशेष प्रक्रिया अन्तर्गत सफा गरिरहेको हुन्छ,’ त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा. राकेशप्रसाद श्रीवास्तव भन्छन्, ‘हामीले कानेगुजी निकाल्ने क्रममा प्रकृतिले बनाएको प्रक्रियामा अवरोध पुर्याएर आफैं समस्याको सिकार हुन्छौं ।’
कानेगुजीलाई प्रायः सबैले कानको फोहोर भन्ने ठान्छन् । कानेगुजीलाई बाहिर निकाल्न इयर बड, सिन्को, लिप, पिन जस्ता थुप्रै वस्तु उपयोग गरिन्छ । तर यो कानेगुजी फोहोर होइन, कानलाई विभिन्न रूपले जोगाउने एउटा प्राकृतिक प्रक्रिया हो । अमेरिकन एकेडमी अफ ओरेन्टोलजी हेड एन्ड नेक सर्जरी -एएओ-एचएनएस) को तथ्यपत्र अनुसार, आदर्श परिस्थितिमा कान कहिले पनि सफा गर्नुहुन्न । विशेष परिस्थितिमा नाक, कान, घाँटी विशेषज्ञले मात्र अत्यधिक जम्मा भएको कानेगुजी निकालिदिने गर्छन् । कान सफा कपडाले बाहिरी भाग मात्र सफा गर्नुपर्छ, प्वाल कोट्टयाउनु हुँदैन ।
कानेगुजी कानको प्राकृतिक सुरक्षा कवच हो । यसले हाम्रो कानको गुफालाई धुलो, बाहिरी प्रदूषण, ब्याक्टेरिया र ससाना वस्तुबाट जोगाउँछ । कानेगुजी कान सफा गर्ने माध्यम हो । स्वस्थ कानमा सधैं कानेगुजी हुन्छ नै । हरेक व्यक्तिको कान यस्तै हुन्छ । प्रा. श्रीवास्तवका अनुसार, तर यदि कानेगुजी धेरै मात्रामा बनिरहेको लागे नाक, कान, घाँटी विशेषज्ञलाई देखाउन सकिन्छ । अनि विशेषज्ञले अतिरिक्त कानेगुजी निकालिदिन्छन् ।
‘इयर बड, सिन्का लगायतले कान सफा गर्न खोज्दा कहिलेकाहीं कानेगुजी झन् भित्रसम्म पुग्छ,’ श्रीवास्तव भन्छन्, ‘यसो भए कानको पर्दालाई क्षति पुग्न सक्छ, सुन्ने क्षमता समेत प्रभावित हुन सक्छ ।’बाह्य, मध्य र भित्री गरी कान तीन भागमा विभाजित भएको हुन्छ । कानेगुजी बाह्य कानमा उत्पन्न हुने गर्छ । एएओ-एचएनएसको तथ्यपत्र अनुसार, कानेगुजी प्राकृतिक रूपमै हाम्रो बंगाराको गति र खाना चपाउने प्रक्रियाले गर्दा कानबाहिर निस्किरहेको हुन्छ ।सफाइको नाममा आमा, हजुरआमाले विभिन्न प्रक्रियाबाट बालबालिकाको कानेगुजी निकाल्ने गरेको औंल्याउँदै प्रा. श्रीवास्तव भन्छन्, ‘कान सफा गर्ने नाममा बड्स आदिले बालबालिकाको कानमा संक्रमण गर्न सक्छ ।’ विशेषज्ञहरूका अनुसार, सडकछेउ बसेर कान सफा गर्नेहरूसँग कान सफा गराउँदा संक्रमण भएर सुन्ने क्षमता समेतमा व्यापक कमी आएर चिकित्सककहाँ पुग्नेहरूको संख्या कम छैन ।

बेलायतको किंग्स कलेजमा शोध गरिरहेका वैज्ञानिकहरुको भनाई छ कि चुरोट सेवनले मानिसको स्मरण शक्ति, सिक्ने क्षमता र तर्क गर्ने क्षमता नष्ट हुन्छ, जसको कारण मानिसको दिमाग कुहिन्छ ।५० वर्ष बढीका लगभग ८ हजार ८ सय व्यक्तिमा गरेको उक्त शोधका अनुसार उच्चरक्तचाप र मोटोपनाको कारणले पनि दिमागमा असर पर्छ ।
समाचारका अनुसार ५० वर्ष भन्दा बढीका मानिसहरुको स्वास्थ्य र उनीहरुका रहन–सहनको बारेमा तथ्यहरु संकलन गरियो र विशेष अभ्यासबाट उनीहरुका दिमागको जाँच गरिएको थियो, जसबाट यस्तो तथ्य बाहिर आएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।
पहिलो पटक दिमागको परीक्षण गरेका मानिसहरुको ४ वर्ष र ८ वर्षपछि पुनः दोहोरो परीक्षण गरिएको थियो । परीक्षणपछि चुरोट सेवन गर्नेको स्थिति नगर्नेको भन्दा खराब भेटिएको जनाइएको छ ।उक्त शोधले धुमपान र उच्चरक्तचापको सिधा सम्बन्ध मानिसको ‘विर्सिने’ बिकारसँग भएको कुरालाई थप पुष्टी गरेको जनाइएको छ ।
AIDS can affect anybody, including you. It is important to know the facts about AIDS. so that you can protect yourself and the ones you love, from catching this disease. AIDS stand for Acquired Immune Deficiency Syndrome. it is caused by HIV {Human Immune Deficiency Virus} . HIV lives in the body fluids of an infected person such as SIEMEN, VAGINAL, SECRETIONS, BLOOD AND BLOOD PRODUCTS.
HIV enters your body through 4 ways
SEX with an infected person .{use condom}
Sharing infected needless /syringes{sterilized needless}
Use of infected blood/blood products.
From infected mother to child.
You can prevent HIV Infection:
A void casual sex, stick to one uninfected partners.
Do not share needles or syringes. Use only.
Use only “HIV FREE” Certified blood.
Avoid pregnancy if infected. Use condoms.
.jpg)
स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो।
योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ । त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।
आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ
सायद यो समाचार पढ्दा तपाइँलाई अचम्म लाग्न सक्छ । एक अध्ययनले महिलाको यौन चाहनाको विषयमा निकै रोचक तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार शनिवार राति ११ बजे महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ । बेलायतको एक स्वास्थ्य म्यागेजिनले गरेको अध्ययनमा १ हजार महिलालाई सहभागी गराइएको थियो ।
स्मरण रहोस् झण्डै एक वर्षअघि गरिएको अर्को अध्ययनले भने बिहिबारको विहान सेक्सको लागि सबैभन्दा उत्तम रहेको र बिहिबार बिहान गरिने सेक्सबाट सेक्स पार्टनरले सबैभन्दा बढि यौन सन्तुष्टि लिने तथ्य पत्ता लगाएको थियो । तर पछिल्लो अध्ययनले भने शनिवारको राति ११ बजेको समयमा महिलामा यौन हर्मोनको मात्रा निकै बढी हुने भएकाले त्यस बेलामा महिलामा यौनको भोक सबैभन्दा बढि हुन्छ ।

यौन सम्पर्कको बेलामा प्राप्त हुने चरमसुख अर्थात् अर्गाज्मको विषयमा विभिन्न विवादहरु नभएका होइनन् । यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वासहरु रहेका छन् ।
कतिपय महिलाले कहिल्यैपनि चरमसुख प्राप्त गर्दैनन् भन्ने मतमा अडिएका हुन्छन् भने कतिपयले महिलाले चरमसुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा आ आफ्ना तरिका पस्किरहेका हुन्छन् । तर जे होस् सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ ।
महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरुले विभिन्न ६ वटा तथ्य पत्ता लगाएका छन् । न्यू साइन्टिस्ट म्यागेजिनमा छापिएको समाचार अनुसार महिलाको चरमसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्य यसप्रकार छन् ।
१. महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो । यहीँ क्षेत्रमा घर्षण पैदा भएसँगै महिलालाई चरमसुख प्राप्त हुन्छ । यद्यपि यो क्षेत्र योनी भित्रको ठीक कुन भागमा हुन्छ भन्ने कुराको एकिन भने गर्न सकिँदैन ।
२.चरम सुखका बेला महिलाको मस्तिष्कको अधिकांस भाग निस्कृय हुन्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानले के देखाएको छ भने जब मान्छेको दिमागमा सेक्सले ठाउँ पाउँछ अरु विषय स्वतः निस्कृय हुन्छन् । अझ चरम सुखका बेला त संवेदनाको अनुभुति गर्ने क्षेत्र समेत निस्कृय हुन्छ ।
३.धेरै महिलाले चरम सुख प्राप्त गर्नै सक्दैनन् । सन् १९९९ मा अमेरिकामा गरिएको एक सर्भेक्षणले ४३ प्रतिशत अमेरिकी महिलामा यस्तो समस्या भएको देखाएको थियो । यसको निस्कर्ष के हो भने पुरुषको तुलनामा अत्यधिक महिलामा यौन सुख प्राप्त नगर्ने जैविक कमजोरी नै हुन्छ ।
४. चरमसुखलाई वंशाणुले फरक पार्छ । अनुसन्धान अनुसार चरमसुखमा हुने ४५ प्रतिशत विविधता वंशाणुकै कारण हुन्छ । कतिपय महिलाले सम्भोगका बेला चरमसुख पाउन सक्दैनन् र केहीलाई हस्तमैथुन गर्दा पनि यौनसुखको अनुभुति हुँदैन, यसो हुनुमा वंशाणुगत कारण मुख्य हुन्छ ।
५. चरमसुख दिने प्रविधि बन्दैछ । जैविक कारणले नै चरमसुख पाउनबाट बञ्चित महिलाहरुलाई यौनसुखको अनुभुति दिलाउनका लागि वैज्ञानिकहरुले प्रविधिको विकाश गरिरहेका छन् । यौन उत्प्रेरकको काम गर्ने यस्तो प्रविधि महिलाको सुसुम्ना अर्थात् ढाडभित्रको नसामा जोडिनेछ जसले महिलामा चरम सुख प्राप्त नहुने समस्या समाधान गरिदिनेछ ।
६. यति हुँदाहुँदै पनि महिलाको चरमसुखका विषयमा रहेका भ्रम सबै मेटिन सकेका छैनन् र यो विषयमा रहेका सबै प्रश्नको उत्तर प्राप्त भैसकेको छैन । यो विषय क्रम विकाशका वैज्ञानिका लागि पनि निकै कठीन विषय बनिरहेको छ । कतिपयले त यौन सुख महिलाका लागि अनावश्यक बोझ भएको बताउँछन् । प्राप्त गर्ने चाहना पनि हुने तर पाउनै कठीन पर्ने ।