दुध हाम्रो आहाराको महत्वपूर्ण हिस्सा हो । दुधमा प्रोटिन, खनिज र भिटामिनजस्ता पौष्टिक तत्वको प्रचुर मात्रा पाइने गर्दछ । हरेक उमेर समूहका मानिसलाई दुध किन आवश्यक हुन्छ भन्ने विषयमा हामी जानकारी दिँदैछौँ ।
बाल्यकालः
बाल्यवस्थामा शरिरिक र मानसिक विकास तिव्र रुपले हुने हुँदा बच्चाहरुलाई गुलियो पेय पदार्थभन्दा दुध दिनु राम्रो मानिन्छ । दुधमा पाइने प्रोटिन सन्तुलित एमिनो एसिडबाट बन्ने गर्दछ जुन जैविक रुपमा उपलब्ध हुने गर्दछ । दुध सजिलै पच्ने भएका कारण शरिरभित्र यसको प्रयोग निकै प्रभावकारी ढङ्गले हुने गर्दछ । दुधको क्याल्सियम बच्चाको बढिरहेको हड्डी, दाँत र मस्तिष्कलाई बलियो बनाउन मद्दत गर्दछ । अतिरिक्त पोषण तत्वले भरपूर दुधमा भिटामिन डी पाइने गर्दछ । यो निकै महत्वपूर्ण भिटामिन हो जसले हड्डीलाई बलियो बनाउने गर्दछ । यसले रातो रक्त कोशिकाहरुको उत्पादनलाई बढाउने गर्दछ । यसले पाचन प्रणालीलाई बढाउने कार्य गर्दछ र रोग प्रतिरोधात्मक क्षमतालाई साहारा दिने गर्दछ । ११ वर्ष उमेर समूहका बच्चाहरुलाई दिनहुँ थोरैमा पनि दुई पटक दुध र डेरी प्रडक्ट खुवाउनु आवश्यक छ ।
किशोरावस्थाः
बलियो हड्डीका लागि कोशोरावस्थामा पनि गुलियो पेय पदार्थभन्दा दुध खानु नै उपयुक्त मानिन्छ किनभने यो अवस्थामा शरिररको असाधारण परिवर्तन हुने गर्दछ । तसर्थ यतिबेला शरिरलाई हर्मोन्स सम्बन्धि, मांसपेशी र रक्त संचारको अधिकतम विकासका लागि उर्जायुक्त पोषक तत्वको आवश्यक पर्ने हुन्छ । किशोरावस्था एउटा यस्तो समय हो जतिबेला हड्डी बलियो हुने गर्दछ । यस्तो अवस्थामा दुध निकै लाभदायक हुने गर्दछ ता कि तपाईंले कहिलेपनि हड्डी कमजोर हुने समस्या भोग्नु नपरोस् र ओस्टियोपोरोसिसको समस्या पनि झेल्नु नपरोस् ।
वयस्क अवस्थाः
वयस्क अवस्थामा पनि शरिरको क्याल्सियमको आवश्यकता हुने गर्दछ । भिटामिन डी र फोस्फोरसको अलावा पनि सबै उमेरका वयस्कका लागि हड्डी कमजोर हुने खतरा हुने गर्दछ त्यसकारण दुध मानिसको जुनसुकै अवस्थाको लागि पनि आवश्यक हुने तत्व हो ।
बाल्यकालः
बाल्यवस्थामा शरिरिक र मानसिक विकास तिव्र रुपले हुने हुँदा बच्चाहरुलाई गुलियो पेय पदार्थभन्दा दुध दिनु राम्रो मानिन्छ । दुधमा पाइने प्रोटिन सन्तुलित एमिनो एसिडबाट बन्ने गर्दछ जुन जैविक रुपमा उपलब्ध हुने गर्दछ । दुध सजिलै पच्ने भएका कारण शरिरभित्र यसको प्रयोग निकै प्रभावकारी ढङ्गले हुने गर्दछ । दुधको क्याल्सियम बच्चाको बढिरहेको हड्डी, दाँत र मस्तिष्कलाई बलियो बनाउन मद्दत गर्दछ । अतिरिक्त पोषण तत्वले भरपूर दुधमा भिटामिन डी पाइने गर्दछ । यो निकै महत्वपूर्ण भिटामिन हो जसले हड्डीलाई बलियो बनाउने गर्दछ । यसले रातो रक्त कोशिकाहरुको उत्पादनलाई बढाउने गर्दछ । यसले पाचन प्रणालीलाई बढाउने कार्य गर्दछ र रोग प्रतिरोधात्मक क्षमतालाई साहारा दिने गर्दछ । ११ वर्ष उमेर समूहका बच्चाहरुलाई दिनहुँ थोरैमा पनि दुई पटक दुध र डेरी प्रडक्ट खुवाउनु आवश्यक छ ।
किशोरावस्थाः
बलियो हड्डीका लागि कोशोरावस्थामा पनि गुलियो पेय पदार्थभन्दा दुध खानु नै उपयुक्त मानिन्छ किनभने यो अवस्थामा शरिररको असाधारण परिवर्तन हुने गर्दछ । तसर्थ यतिबेला शरिरलाई हर्मोन्स सम्बन्धि, मांसपेशी र रक्त संचारको अधिकतम विकासका लागि उर्जायुक्त पोषक तत्वको आवश्यक पर्ने हुन्छ । किशोरावस्था एउटा यस्तो समय हो जतिबेला हड्डी बलियो हुने गर्दछ । यस्तो अवस्थामा दुध निकै लाभदायक हुने गर्दछ ता कि तपाईंले कहिलेपनि हड्डी कमजोर हुने समस्या भोग्नु नपरोस् र ओस्टियोपोरोसिसको समस्या पनि झेल्नु नपरोस् ।
वयस्क अवस्थाः
वयस्क अवस्थामा पनि शरिरको क्याल्सियमको आवश्यकता हुने गर्दछ । भिटामिन डी र फोस्फोरसको अलावा पनि सबै उमेरका वयस्कका लागि हड्डी कमजोर हुने खतरा हुने गर्दछ त्यसकारण दुध मानिसको जुनसुकै अवस्थाको लागि पनि आवश्यक हुने तत्व हो ।
मुखको स्वास्थ्य ठीक राखिएन भने दाँतमा क्षति पुग्ने, गिजा कमजोर हुने र सास गनाउने जानकारी प्रायः मानिसलाई हुन्छ । तर, दाँत सफा नराखेमा अझ खतरनाक रोगले समात्ने सम्भावना रहन्छ । अस्वस्थ दाँत र गिजाले गर्दा तपाइले अनुमान गरेको भन्दा गम्भीर रोग लाग्नसक्छ।
अल्झाइमर रोग
सन् २०१० मा न्युयोर्क विश्वविद्यालयको अनुसन्धान टोलीले २० वर्षदेखिको तथ्याङ्क केलाएर गिजाको रोग र अल्झाइमर रोगबीच सम्बन्ध हुने जनाएको थियो । तथापि सो अनुसन्धान थोरै मानिसमाथि गरिएको थियो । सन् २०१३ मा बेलायतको युनिवर्सिटी अफ सेन्ट्रल लङ्कासायरका अनुसन्धानकर्ताले अल्झाइमर रोगले पीडित १० जना तथा सो रोग नभएका १० जना मानिसको मस्तिष्कको नमूनाको तुलनात्मक अध्ययन गरी न्युयोर्कका वैज्ञानिकको खोजलाई समर्थन पु¥याए । बेलायती अनुसन्धानकर्ताले अल्झाइमर रोगीको मस्तिष्कको नमूनामा पर्फाइरोमोनास जिन्जिभालिस ब्याक्टेरिया पाए । जुन स्वस्थ मानिसको मस्तिष्कमा थिएन । यस ब्याक्टेरियाले गिजामा सङ्क्रमण गर्छध्र
प्यान्क्रियाजको क्यान्सर
अमेरिकाको बोस्टनमा रहेको हार्बर्ड स्कुल अफ पब्लिक हेल्थको अनुसन्धान टोलीले पहिलो पटक सन् २००७ मा गिजाको रोग र प्यान्क्रियाजको क्यान्सरबीचको सम्बन्ध पत्ता लगाएको थियो । अनुसन्धान टोलीले गिजाको रोगमा जिम्मेवार ब्याक्टेरियाले गर्दा प्यान्क्रियाजको क्यान्सर हुन्छ भने प्रमाणित गरेको छैन तर यी दुई समस्याबीच सम्बन्ध देखिएको चाहिँ जनाएको छ । यसैगरी, ब्रिटिस डेन्टल हेल्थ फाउन्डेसनले गिजाको रोग र प्यान्क्रियाजको क्यान्सरबीच सम्बन्ध रहेको स्पष्ट पारेको छ । गट जर्नलमा प्रकाशित यस सम्बन्धी विवरण अनुसार गिजाको रोगमा भूमिका खेल्ने केही ब्याक्टेरियाले प्यान्क्रियाजको क्यान्सरको खतरा दोब्बर बढाउँछन् । अर्कोतर्फ हानिकारक नहुने मुखका अन्य ब्याक्टेरियाले प्यान्क्रियाजको क्यान्सरको खतरा ४५ प्रतिशत कम गर्ने तथ्य पनि जुटाइएको छध्र
गिजाको समस्या पेरियोडोन्टाइटिसले दाँतलाई सहयोग गर्ने तन्तुलाई प्रभाव पार्दछ । यस समस्याका कारण दाँतको जरा वरिपरीको हड्डी क्षय हुन्छ । गिजामा हुने अर्को समस्या जेन्जिभाइटिसले दाँत वरिपरीको तन्तु सङ्क्रमित हुन्छ तर यसले गर्दा क्यान्सर नहुने जनाइएको छ । अनुसन्धान टोलीले गिजाको रोग भएका मानिसको मुखमा क्यान्सरजन्य तत्वको उच्च मात्रा र प्यान्क्रियाजको क्यान्सरबीच सम्बन्ध फेला पारेको थियो । नाइट्रोसामाइन भनिने ती तत्वले आन्द्रामा पाचक रसायनसँग प्रतिक्रिया देखाउँदा प्यान्क्रियाजको क्यान्सरका लागि वातावरण बन्ने अनुुसन्धान टोलीको भनाइ छध्र
मुटुको रोग
अमेरिकाको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले हरेक व्यक्तिले आपूmलाई मुटुको रोगबाट जोगाउन पहिले आफ्नो गिजा स्वस्थ पार्नुपर्ने सुझाव दिएका छन् । गिंजाको स्वास्थ्य सुधारे धमनीमा फोहर जम्ने समस्या कम हुने भनाइ अनुसन्धान टोलीको छ । अमेरिकन हर्ट एसोसिएसनको अनलाइन जर्नलमा यस बारेमा जानकरी दिँदै गिजालाई स्वस्थ पारेमा मुटुको समस्या एथ्रोस्क्लेरोसिसको विकास दर घट्ने बताइएको छ । यस प्रक्रियामा धमनीमा विस्तारै फोहर जम्न थालेको हुन्छ । जसले मुटुमा खतरा उत्पन्न गर्ने र मस्तिष्कघातको सम्भावना बढाउँछध्र
अनुुसन्धान टोलीले स्वयंसेवीको गिजामा हुर्केका ११ प्रजातिका ब्याक्टेरियाको जाँच गरेको थियो । यस्तै, मुखमा हुने ब्याक्टेरियाले केही गरी रगतमा पुगेमा रक्तथेक्ला सिर्जना गरेर जीवन खतरामा पार्ने अवस्था इन्डोकार्डिटिस उत्पन्न गर्दछन् । डब्लिनमा भएको माइक्रोबायलोजी सोसाइटीको वसन्तकालीन सम्मेलनमा वैज्ञानिकले यस सम्बन्धी अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्दै थप अनुसन्धानले मुुटुमा सङ्क्रमण रोक्न नयाँ औषधि रचना गर्ने बाटो प्रसस्त हुने अपेक्षा व्यक्त गरेका छन्ध्र
स्ट्रेप्टोकोकस गोर्डोनी मुखमा हुने एक प्रमुख ब्याक्टेरिया हो र यसले गर्दा दाँतको सतहमा फोहर जम्छ । यदि रगत बग्ने गिजाको माध्यमबाट यी ब्याक्टेरियाले रक्त सञ्चार प्रणालीमा प्रवेश पाएमा मानव प्रोटिनको रूपमा झुक्याएर क्षति पु¥याउन थाल्छन् । आयरल्यान्डको रोयल कलेज अफ सर्जन्स र ब्रिस्टल विश्वविद्यालयका अनुसन्धानकर्ताले स्ट्रेप्टोकोकस गोर्डोनी ब्याक्टेरियाले आफ्नो सतहमा बनाउने एक प्रकारको अणुद्वारा मानव प्रोटिन फाइब्रिनोजेनको नक्कल गर्नसक्छ । फाइब्रिनोजेनलाई रक्तथेक्लाको एक कारक मानिन्छ । यसले प्लेटलेट्सलाई रक्तनली भित्र नै एकआपसमा टाँसिएर झुप्पा पर्न लगाउँछ । यसरी बनेका रक्तथेक्लामा लुकेर ब्याक्टेरिया प्रतिरक्षा प्रणाली र एन्टिबायोटिक्सबाट जोगिन सक्छन् । प्लेटलेट्सको झुप्पा मुटुको भल्भमा जम्मा हुने वा त्यसले रक्तनली साँघुरो भएर मुटु र मस्तिष्कमा रगत प्रवाह रोकिन सक्छध्र
अनुसन्धानपत्र प्रस्तुत गर्दा डा. हेलेन पिटर्सनले भन्नुभएको छ– ब्याक्टेरिया र प्लेटलेट्सबीचको सम्बन्धलाई राम्ररी बुझेर सङ्क्रमित इन्डोकार्डिटिसको उपचारमा नयाँ उपाय पत्ता लगाउन मद्दत पुग्ने छ, सङ्क्रमणले भएको इन्डोकार्डिटिसमा प्रमुख पक्ष भनेको मुटुको भल्भमा ब्याक्टेरिया टाँसिएपछि प्लेटलेट्सलाई जमाएर थेक्ला सिर्जना गर्नु हो, हामीले यस प्रक्रियामा शृङ्खालाबद्ध अनुसन्धान गरेका छौँ । स्ट्रेप्टोकोकस गोर्डोनीको प्रभाव मुखमा घटाउन नियमित रूपमा उचित किसिमले दिनमा दुई पटक दाँत माभ्mनु पर्छध्र
यौन दुर्बलता
३०औँ वसन्त पुगेका पुरुषको गिजामा समस्या भएमा उनीहरूमा यौन उत्तेजना तुलनात्मक रूपमा तीन गुणा कम हुने सम्भावना हुन्छ । सेक्सुअल मेडिसिन जर्नलमा जनाइए अनुसार टर्कीमा अनुसन्धान टोलीले यौन दुर्बलता भएका ३० देखि ४० वर्ष उमेरका ८० जना पुरुषको समान उमेर समूह र सङ्ख्याका स्वस्थ पुरुषसँग तुलनात्मक अनुसन्धान गरी उक्त निष्कर्ष दिएका हुन् । गिजा सङ्क्रमित भएका ५३ प्रतिशत पुरुषमा यौन दुर्बलता देखिएको अनुसन्धान टोलीको भनाइ छ । नियन्त्रित समूहमा यो समस्या २३ प्रतिशतमा मात्र देखियोध्र
अनुसन्धान टोलीले जीवन र शरीरका अन्य पक्ष मोटोपना, परिवारको आय र शिक्षा जस्ता विषयलाई पनि हेरेर विश्लेषण गरी गिजामा सङ्क्रमण भएका पुरुषमा स्वस्थ गिजा भएकाको तुलनामा यौन दुर्बलताको खतरा ३.२९ गुणा अधिक हुने नतिजा निकलेको थियो । इनोनु विश्वविद्यालयका प्राध्यापक तथा प्रमुख अनुसन्धानकर्ता डा. पैmथ ओगुजले भन्नुभएको छ– यौन उत्तेजनामा दुर्बलता एक प्रमुख स्वास्थ्य समस्या बन्दैगएको छ, यसले विश्वमा लगभग १५ करोड पुरुष र उनीहरूको यौन साथीको जीवनमा प्रभाव पारिरहेको छ । एजेन्सी
सिन्धुपाल्चोकको राम्चे गाविसमा पर्ने जुरेमा आएको बाढी पहिरोका कारण ८ जनाको ज्यान भएको छ भने सयौं बेपत्ता छन् ।
साउन १७ गते विहान करिब दुई बजे आएको पहिरोका कारण १७ घाइते भएका छन् भने ४० घर पुरिएका छन् । पहिरोको कारणले रोखिएको नदीको बहावलाई नियन्त्रित बहाव सुरु गरी क्षतिलाई न्युनिकरण गर्न २ पटक विष्फोटक पदार्थ प्रयोग गरी रोकिएको नदीको बहाव पुनः सुरु भएको छ ।
पहिरोबाट नदीको करिव २०० मिटर लम्बाई र करिव १५० मिटर उचाईको क्षेत्र पुरिएको थियो । जसले सुनकोशी नदीको पानीको बहावलाई अवरुद्ध गरी उक्त स्थानभन्दा मुनिका क्षेत्रलाई खतराजन्य क्षेत्रमा परिणत गरेको छ । उक्त खतरालाई न्युनिकरण गर्न नेपाली सेनाको ईन्जिनियर्स टोली उक्त स्थानमा परिचालन भई पानीको बहावलाई नियन्त्रित तरिकाले बहाव सुरु गर्न गरेको प्रयास सफल भएको छ ।
तस्वीर सौजन्यः नेपाली सेना
महिला र पुरुष बनाउने प्रकृतिले ती बाहेक अरु पनि लिङ्ग बनाइदिएका छन् । प्रकृतिको देन चमत्कारिक छ । एक अर्कालाई प्रकृतिले एकै प्रकारको बनाएको छैन ।
लिङ्गको कुरा गर्दा कुनै एकको विषय त्यही लिङ्गमा मात्र सीमित हुँदैन । पुरुषको कुरा गर्दा महिला पनि जोडिएर आउँछ । महिला इस्युमा पुरुषको कुरा पनि आउँछ । महिलाको विषयवस्तु उठाउँदा त्यो महिलाले गर्दा मात्र स्थापित हुन्छ भन्ने होइन । त्यसका लागि पुरुषको पनि आवश्यकता हुन्छ ।
महिला–पुरुष बराबरीको कुरा पनि अर्कोतिर छ । ‘महिला र पुरुष समान हुन्’ भन्न पनि सकिन्छ । तर, हामी समान चाहिँ होइनौं । उस्तै छैनौं । महिला र पुरुष जैविकरुपमै फरक छौं । जन्मिदैं पनि फरक स्वभाव लिएर आएका छौं । तर, पुरुषको ‘पौरष’ जन्मसिद्ध अधिकार होइन । पौरष (Masculine) समाज, संस्कृति, परम्परा, रितिरिवाज, परिवारले स्थापित गराउँदै आएको हो ।
हाम्रो समाजमा ‘लोग्नेमान्छे भएर रुनु हुँदैन’ भनेर बच्चा देखि नै सिकाइन्छ । दिदी र भाई खेल्ने क्रममा भाई रोयो भने ‘ए ! छोरा मान्छे रुने हो ?’ भनिन्छ । त्यसले सानैदेखि ‘ओहो ! म त छोरा मान्छे हो’ भन्ने दम्भको विजारोपरण हुन्छ । तर, महिला र पुरुषबीच धेरै कुरा फरक छ । पुरुष–पुरुषबीचमा पनि फरक छ । एउटा महिला र अर्को महिलाबीचमा पनि भिन्नता पाइन्छ । कोही अग्लो, कोही पुड्को, कोही बलियो, कोही कम बलियो, कोही बुद्धिमान, कोही कम बुद्धिमान, कोही निडर ! यसले मानिसबीचको फरकपना देखाउँछ ।
पौरषको विषय विश्वव्यापी मान्यता नै हो । जसरी पूर्वीय देशमा पौरषलाई केन्द्रमा राखिन्छ, त्यस्तै पश्चिमा देशमा पनि यो विषयको सोचमा भिन्नता पाइन्न । पश्चिमाहरुले पनि ‘लोग्नेमान्छे’ मा यो–यो गुण हुनुपर्छ भनिन्छ । उनीहरुले पनि लोग्नेमान्छेले भावना देखाउनु हुँदैन, आफ्ना कुरा व्यवहार र अनुहारमा झल्किनु हुँदैन भनेर मान्यता राख्छन् । लोग्नेमान्छेले सबै कुरा साहसिक रुपमा लिनुपर्छ भनिन्छ ।
तर, ती मान्यतामा म सहमत छैन । असहमति यसकारणले पनि होला कि ‘म कलाकार हुँ’ । कलाकारले भावनालाई व्यक्त गर्नुपर्छ भन्छु । किनभने भावना व्यक्त गर्नु मनुष्यको सशक्त गुण हो । एउटा सशक्त हतियार पनि हो । मनुष्य भएर जीवन जीएपछि मनुष्यका भावनाहरु सहिढंगले प्रकट गर्नु सक्नुपर्छ । त्यसलाई महशुस गर्नु सक्यो भने जीवन पूर्ण र सार्थक हुन्छ ।
जब हामी ‘छोरा मान्छेले भावना देखाउनु हुँदैन’, ‘त छोरा मान्छे होस्’ , ‘दुःख देखाउनु हुँदैन, पीर देखाउनु हुँदैन, हाँसी हाँसी हिड्नुपर्छ’ भनिरहेका हुन्छौं । त्यो बेला कहिकहि भित्री रुपमा भने उकुसमुकुस भइरहेका हुन्छौं । हामी हाम्रो स्वाभाविक भावनालाई बग्न दिँदैनौं । स्वाभाविक भावना बग्न नदिंदा त्यो सार्थक हुँदैन । तर, दुःख र खुशीको भावनाहरु महशुस गर्ने व्यक्ति नै सच्चा पुरुष र सच्चा महिला हो ।
यदि तपाईंमा दुःखको भावना छ भने त्यो क्षणमा दुःख प्रकट गर्न सक्नुपर्छ । नक्कली हाँसो हाँसेर केही फाइदा छैन । रुन मनलाग्छ भने रुनुहोस् । किनकी तपाईं पनि मानिस हो । र, रुनु पनि मानिसको गुणमध्ये एक हो । रुने, हाँस्ने भनेको प्रतिक्रिया हो । माया पनि । मायाको मामलामा पुरुषले लगाम लगाएर माया व्यक्त गर्नुपर्छ भनिन्छ । तर, त्यसले महिलालाई मायाबाट बञ्चित हुन बाध्य गराउँछ । यदि माया व्यक्त गरेको खण्डमा जीवन सार्थक बन्छ । त्यसकारण लोग्नेमान्छेले भावना नलुकाऔं । आफूले महशुस गरेको भावना व्यक्त गरौं ।
(राजधानीमा आयोजित एनसेल टिरेचर फेस्टिवलमा २०७१ असोज ४ मा व्यक्त हमालको मन्तब्यमा आधारित)
ब्राजीलमा जारी विश्वकप फुटबलको २० औै संस्करणको बाछिटा नेपालसम्म नआईपुग्ने कुरै भएन । रातविरात नभनी टेलिभिजनमा फुटबलको प्रत्यक्ष प्रसारण हेर्ने नेपालीको जमात सानो छैन । कतिपयले त लाखौं रुपियाँको बाजी समेत राख्ने गरेको समाचार आईरहेका छन् । आफूले समर्थन गरेको टीमको जति ठूलै गल्ती पनि राम्रो भन्ने र अर्काको टीम र समर्थकलाई खिस्युटिरी गर्नेहरू पनि देखिन्छन् ।
सबैभन्दा धेरै पटक विश्वकप विजेता बनेकाले हुनसक्छ ब्राजीललाई समर्थन गर्नेहरु पनि ठूलै संख्यामा छन् । अहिले २२ वर्षीय नेयमार ब्राजील समर्थकका हिरो हुन । यसअघि रोनाल्डिन्हो, त्यसअघि रोनाल्डो त्यो भन्दा पहिलेका हिरो थिए, पेले । वास्तविक नाम एडसन अरानटेस डो नास्सीमेन्टो भएन पनि संसार भरी उनी पेले नामले प्रसिद्ध भए । तिनै पेले खेलेको टीमविरुद्ध गोल गरेका एक नेपालीको फुटवलकथा यस्तो छ ।
श्याम थापा, फुटबल प्रेमीका लागि नौलो नाम होइन । सन् १९७० देखि १९७४ सम्म भारतीय राष्ट्रिय टिमका स्ट्राइकर रहेका थापा दक्षिण एसियामै चर्चित छन् । लामो समय इष्ट बङ्गाल क्लब र मोहन बगान क्लबबाट खेलेका थापा नेपालमै जन्मेका हुन भन्ने कुरा भने सबैलाई थाहा नहुनसक्छ ।
पारिवारिक पृष्ठभूमि भारतीय सैनिक भएका थापा सन् १९४८ मा गुल्मीको भार्सेमा जन्मेका हुन । लाहुरे परिवारका उनी १३ वर्षमा देहरादुनको गोर्खा स्कूलबाट सुव्रतो मुखर्जी कप खेल्न कोलकाता गएका थिए । १९६७ मा भारतीय सेनामा भर्ती समेत भएका उनी साढे दुई वर्षमै जागिर छाडेर इष्ट बङ्गाल क्लबमा अनुबन्धित हुन पुगे । जागीरलाई भन्दा फुटबलमा महत्वपूर्ण मान्ने उनी इष्ट बङ्गालमा १९७० देखि ६ वर्षसम्म खेले ।नेपाली राष्ट्रिय टीमले पहिलो पटक अन्तराष्ट्रिय फुटबल खेल्नुभन्दा एक दशक अघिको त्यो बेला थापाले प्रति सिजन भारु ४५ हजार पारिश्रमिक पाउँथे । थापाको चर्चा यति व्यापक थियो कि १९७७ मा ७० हजार भारु पारिश्रमिक लिने गरी मोहन बगानमा अनुबन्धित भए । क्लबहरूको तानातान र समर्थकहरूको भीडका कारण देहरादुनमा मोहन बगानसँग अनुबन्धतका लागि जाादा थापालाई प्रहरीको भ्यानमा लगिएको थियो । “बढी पारिश्रमिक भन्दा पनि फूटबलका बादशाह पेलेसँग खेल्न पाउने लालसाले मोहन बगानमा गएको थिएँ”, थापाले ओपेडपोष्टलाई भने, “त्यतिबेला अमेरिकाको कसमस क्लबबाट आएको पेलेको टीमसँग मोहन बगान भिड्दै थियो ।”
मोहन बगानबाट थापाले पेलेको टीमसँग खेल्ने भयो । मैदानमा २–१ ले पछाडि परेको मोहन बगानलाई थापाको गोलले बराबरीमा पुर्यायो, जुन उनको खेल जीवनको सबभन्दा सम्झ नलायक क्षण बन्न पुग्यो ।थापा जुनसुकै क्लबबाट खेल्दा २२ नम्बरको जर्सीमा हुन्थे । खेल सकिएपछि कुन खेलाडी मन प¥यो भनेर सोधिएको प्रश्नमा पेलेले ‘जर्सी नम्बर २२ इज द वेस्ट’ भनेपछि थापाको नाक घिरौलाको जत्रो भएको थियो रे ।
थापा स्ट्राईकर रहेका बेला भारतले एसियन गेमामा कास्य पदक जितेको थियो । १९७० को ब्याङ्कक् भएको एसियन गेममा कास्य पदक दिलाए बापत उनी अहिले मासिक भारु ६ हजार पेन्सन बुझ्रिहेका छन् ।
सफलता भित्र पीडा पनि
डीआईडी लिटल मास्टर्स–३ जितेकी ११ वर्षीय तेरिया फौंजा मगरको कारण चर्चामा रहेको रुपन्देहीमा पनि घर छ, थापाको । रुपन्देहीको मङ्गालपुरमा समेत घर भएका उनी अहिले कोलकातामा भारत सरकारले उपलब्ध गराएको घरमा बस्छन् । नेपाली भएर भारतका लागि खेल्दा उनले अपमानबोध पनि गर्नु प¥यो । १९७६ र १९७७ को हाइस्कोरर भएर पनि उनलाई १९७८ को एसियन गेममा छनोट गरिएन । त्यसअघिका दुई वटा एसियन गेममा लगातार खेलेको अनुभव भएका थापा टीमको कप्तानको एक मात्र हकदार थिए । “तर, एसियन गेम खेलेको टीम कप्तानलाई स्वतः अर्जुन पदक दिनुपर्ने भएकाले मलाई टीममै राखिएन”, उनी पीडा मिश्रित स्वरमा भन्छन् ।थापालाई राष्ट्रिय टीममा नराखेपछि चौतर्फी विरोध भएछ । जनताको दवाव थेग्न नसकेपछि क्लोज क्याम्पमा आउन पत्र पठाइयो तर थापा गएनन् । त्यतिबेला टीममा नफर्कनुलाई उनी आफ्नो जीवनको सबैभन्दा ठूलो गलत निर्णय ठान्छन् । सन् १९९० को विश्वकप हेर्ने बेलामा पनि उनले यस्तै निर्णय गरे । इटाली जान देहरादुनको जग्गा भारु २ लाखमा बेचेर कोलकाता पुग्दा सरकारी खर्चमा विश्वकप हेर्ने सूचीमै उनको नाम रहेछ ।
इष्ट बङ्गाल क्लबमा फर्किएको एक वर्षपछि १९८३ मा उनले सक्रिय खेलजीवनबाट विदा लिए । र, १९८५ देखि त्यही क्लबबाट सहायक प्रशिक्षकको रूपमा नयाँ करिअर शुरु गरे । त्यसको ६ महिनामा प्रशिक्षक भएर १९८७ मा लण्डनबाट डिप्लोमा इन कोचिङ गरे । त्यसपछि अल इन्डिया फूटबल फेडेरेसनमा प्रशिक्षक भए ।
१९९० देखि २००२ सम्म किशोर खेलाडी तयार गर्ने विलियम मेगर कम्पनीको परियोजना निर्देशक रहेका उनी २००४ मा प्रशिक्षक भएर नेपाल आउनु अगाडि मोहन बगानमा प्राविधिक निर्देशक थिए । नेपालमा उनी यु–१६, युथ–१९ हुँदै राष्ट्रिय टीमको प्रशिक्षक बने । माओवादी द्वन्द्व र एन्फा आफैं विवादमा फँसिरहेका बेला नेपाली फूटबलमा चाहे जति गर्न नसकेको थापा बताउँछन् ।
२००८ मा मोहन बगानमै पुगेका थापा त्यसपछि जमसेदपुरमा टाटा फूटबल एकेडेमीको प्राविधिक निर्देशक बने । अहिले कोलकाताको पाइलियन वल्र्ड स्कूलमा फिफाको युवा विकास कार्यक्रमका निर्देशक छन्, उनी । उनी नेपाली फूटबलको विकास नभएको भन्दा पनि कछुवागति भन्न रुचाउँछन् । उपयुक्त वातावरण बनाउन सके नेपाल फूटबलबाटै विश्वमा चिनिन सक्ने उनको आकलन छ ।
नेपाली राष्ट्रिय टीमका कप्तान सागर थापा, अनिल गुरुङहरूलाई थापाले कडा प्रशिक्षण दिएका थिए । नेपालमा आउँदा उनी कुपण्डोलको फ्रेन्डस् क्लबबाट खेल्थे । उनको बुझाईमा ब्राजीलमा भईरहेको विश्वकपबाट नेपालले सिक्नु पर्ने भनेको लामो तयारी र प्रर्याप्त योजना हो । थापा भन्छन्, “कम्तीमा ३० वर्षको योजना बनाएर अघि बढ्ने हो भने फूटबलबाटै नेपालको विश्व चिनारी सम्भव छ ।”
माइग्रेनको होस या आधा टाउको दुखाईको असह्य पीडा, यसलाई भोगिरहेकाहरुलाई एउटा सुसमाचार छ । माइग्रेनबाट पीडितहरुले दिनहुँ नियमितरुपमा औषधि सेवनगरे दुखाईबाट छुटकारा मिल्नसक्छ, तर हालै गरिएको एक रिसर्चका अनुसार माइग्रेनले टाउको दुखी रहेको अवस्थामा शारीरिक सम्वन्ध स्थापित गर्नाले दुखाईबाट छुटकारा मिल्न सक्छ ।
जर्मनीका शोधकर्ताहरुव्दारा हालै प्रकाशित गरिएको एक रिपोर्टमा माइग्रेन पीडित ६० प्रतिशत र साधारणत टाउको दुख्ने रोगबाट पीडित मानिसहरुले टाउको दुखीरहेको अवस्थामा शारीरिक सम्बन्ध स्थापित गरेमा दुखाईको पीडा कम हुने र धेरै अर्थमा यो रोगबाट छुटकारा पाउन सहयोगी सावित हुने बताएका छन् ।माइग्रेनको समस्या भएका ८ सयका साथै साधारणत टाउको दुखिरहने रोगबाट पीडित २ सय जनामा गरिएको शोधमा दुखाईका अवसरमा यौनक्रिया गर्ने पाँच जनामा एकजनाको दुखाई पीडा अन्त्य भएको पाईयो । शोधकर्ताका अनुसार मानिसहरु सिर दुखेको अवस्थामा सेक्स गर्दैनन् तर सेक्स उनिहरुलाई मुक्ति दिलाउन सहयोगी सावित हुनसक्छ ।
जर्मनीका मुन्स्टर युनिवर्सिटीमा गरिएको यस शोधमा शामिल एक शोधार्थीका अनुसार सेक्स टाउको दुखाईबाट आँशिक या पूर्णत छुट्कारा दिलाउन सहयोगी छ । यस स्थितिमा यदि औषधिको सट्टा माइग्रेनको पीडा या धेरै टाउको दुखिरहेको अवस्थामा यौनसम्वन्ध स्थापित गरे यो शरीरकालागि पनि राम्रो हुन्छ । -एजेन्सी












