आज राति मिठो निद्रामा मलाई ऐठन जस्तो भयो ..मैले सम्झे अनुसार ऐठन हुनु पूर्वको घटना भने यस्तो थियो ....धार्मिक , सास्कृतिक तथा जातीय छुवाछुतको कारणले गर्दा समाजमा परम्परा देखि चालिएको कुरीति र कुसस्कारले कुल जनसङ्ख्याको करिब ६० लाख अर्थात् १३ प्रतिशत जनसङ्ख्या रहेको दलित समुदाय असमानताको गहिरो खाडलमा पर्नुका साथै गरिबीको मारमा पिल्सिनु परेको छ । यहि दलित समुदायलाई संविधान सभाबाट संविधान बनाउदा दलितका आर्थिक, सामाजिक, रोजगार र स्वास्थ्य शिक्षा जस्ता उथान गर्ने लगायत दलित पिडा , समस्या र अधिकारको न्योचित ढंगले कानुनी व्यवस्था संबिधानमै किटान गरिनु पर्छ , नयाँ संविधानमा सबै तह र क्षेत्रमा दलित समुदायको पहुँचको ग्यारेन्टी गरिनु पर्छ भन्दै सम्बन्धित निकाय सम्म आवाज पुराउन ,बोधार्थ गराउन म लगायत केहि मित्रहरु संविधानसभा अन्तर्गतका बिभिन्न समितिहरुमा भेट्न जादै गर्दा ढोकामा भयंकर अनिष्ट त्राशपुर्ण छाया आफनै अगाडि उभिएर रोक्यो । कता कता मलाई त्यो छाया आफुले पछिल्लो पटक भोट हालेर जिताएको दलित मुक्तिको चीला र चिप्ला कुरा गर्ने उहि उमेदवारको जस्तो लागि रहयो ।
यो छायाको रोकावट बाट मलाई सकस भईरहेको थियो अनि म यसरि कराउन थालेछु मेरो भोट फगत भोट मात्र होइन ..मैले भोट दिएर जिताउन अहम भूमिका खेले पछी तिमीहरुले पनि संबिधान बनाएर हामी जस्ता राज्यका मूलधार बाट बर्षौ उत्पीडित , दमित र प्रताडित भएका शोषित पिडितहरुको मुक्तिको सपना, आशा र चाहनाहरु लाई बाच्ने आधार दिनु पर्छ ।
त्यस पछी ६० लाख दलितका लागि मुक्तिको आभास गराउने बेला यहि हो भन्दै अटेर गरि उभी रहेको त्यो छाया हटाउन हामि गएका जतिले तानातान गर्न थालेछौ ..हार जित के भो त्यो थाहा नभई एकाशी ब्युझे । पछी पो थाहा भो .. मलाई त ऐठन पो भएको रैछ ....
©गोपाल सिवा (प्रस्तुत लघुकथा आफ्नै पुरानो लेख बाट साभार )
डोम परिवारलाई इनार प्रयोगमा अवरोध गरेको घटना बुझ्न बिहीबार सिरहाका प्रमुख जिल्ला अधिकारी पीडितको घरमा पुगेका बेला इनार छुन नदिने रामऔतार महतोले जातपात छैन भने पनि धार्मिक ग्रन्थमा जातपात किन राखियो र वर्णाश्रम व्यवस्था अनुसार वैश्य,शुद्र किन राखियो भन्दै प्रश्न गरेछ्न्।
हिन्दु धर्म भित्रको वर्णाश्रम व्यवस्थाले समाजमा कति विभेद जन्मिएको रहेछ सवैलाई उदाहरणका रूपमा देखाइ दिएको छ यो भनाइले ।अब ढिलो नगरि आफू सग वर्णाश्रम व्यवस्था च्यापेर हिड्ने मनुवादी सनातनिहरुको समयमै धर्मले जन्माएको बिकृतीहरु सुदृढीकरण गरेर रक्षा गर्ने चेत आओस ।
२०५८ सालको जनगणना अनुसार राज्यको कुल जन्सन्ख्या को १३% दलितमध्ये तराईमा दलितको हिस्सा ३५ प्रतिशत छ भने डुम समुदाय को हिस्सा १ प्रतिसत छ । गत बर्ष सिराहा लालपुरका दुर्गी मल्लिकको परिवारले घरनजिक इनार भए पनि कथित ठुला जातीले पानी नभर्दिए पछि , पानी तान्न नदिए पछि पाँच वर्ष देखि दहको पानी पिउँदै आएको खबर सुनियो ।सोही ठाउँमा केही बर्ष अघि यस्तै समस्या भोग्दै आएका सोही लालपुर ४ का धनेशर मल्लिकले उनको आफ्नै आँगनमा भएको इनारमा पानी भर्दा इनार छोएको निहुँमा गाउँलेले पाता कसेर कुटपिट गरी जरिबाना समेत गराइ अब उप्रान्त इनार नछुने कवुलनामा गराएको खबर पनि सुनिएको थियो ।यो बर्ष साझा सवाल मार्फत दिपक मलिक्क लाई सोही घटना दोहोरियो ।
दुर्गी मल्लिक देखि दिपक मल्लिक सम्मको पुस्ताले ‘माथिल्लो’ जातकाले खुशी भएर निगाहामा भरिदिएको पानी पिउदै जीउँदै आउनु परेको पीडा दोहोरिदै तेहरिदै सुनिदै छ ।मुलुकमा जुनसुकै व्यवस्था आए पनि दलित समुदायमा अति पिछडिएका मल्लिक समुदायले पिउने पानी भर्न समेत पाउदैन भने यी मल्लिकले समाजमा आत्मसम्मानपूर्वक घुलमिल हुने स्थिति कहिले बन्छ ? कस्ले बनाउछ ? कुन ब्यब्स्थामा बन्छ ? नेपालको संविधान, प्रचालित कानुन र अन्तर्राष्ट्रिय कानुनले प्रदान गरेको अधिकार समान हुन पाउने र आत्मसम्मान पाउने हकबाट वञ्चित यी मल्लिक्को पीडा र समस्या कसले सुनिदिनछ ?
यदि कोही छौ सुन्ने भन्ने समयमै जातीय उत्पीडन, सामाजिक भेद्भभाव भोगिरहेका गरिबी र भूमिहीन डोम , मुसहर सहित सम्पूर्ण दलितहरुलाई राज्यको मूलधारमा नल्याए सम्म सामाजिक रुपान्तरण हुन सक्दैन भनेर बुझ्न ढिला नगरौ । अन्यथा यहि १ % समुदायमा लागेको विभेदको उत्पीडनको आगो सल्किएर १३ % हुँदै समग्र मुलुकमा भोलि सामाजिक रुपान्तरणको क्रान्ति नहोला भन्न सकिन ।
©गोपाल सिवा
केही समय अघिको एउटा घटना शेर गर्न चाहे । ६/७ ओटा देशको नागरिक काम गर्ने बिदेश स्थित एक कम्पनीमा नेपालीहरु पनि उल्लेख्य रूपमा हामि कार्यरत थियौ । एक दिन मेनेजरले स्टोक गरि राखिएको केही समानको काटुनमा कसैले नेपाली अक्षरमा लेखीएको कुरा देखेछ्न । मेनेजर थिए भारतीय नागरिक । मेनेजरले मलाइ बोलाए अनि भने भएका सवै नेपालीलाई बोलाउ । मैले पनि भेटे जतिलाई बोलाए ।
अनि मेनेजरले भने यो नेपालीमा लेखेको हो ? सवै ले जवाफ दिए हो सर । त्यशो भए के लेखेको छ पढेर मलाइ अर्थ लगाउ । लेखिएको कुरा अस्लिल ,छाडा र असभय थियो। कसैले पढ्ने हिममत गरेनन । बहुसंख्यकले बुरा लिखा है पढ नहि सकता भने । केहीले मुन्टो झोक्राइ रहे । यो परिस्थिति चिर्दै मेनेजर ले भने नेपालीहरु बहादुर भनेर चिनिएका छौ यति पढ्न पनि हिम्मत भएन कसैलाई ? म नेपाली पढ्न जान्द्छु र बुझ्द्छु पनि ।त्यही भएर आजै बाट सभय बन्न सिक , यस्तो मानसिकता उजागर गर्नु ठिक होइन । नेपाली बुझ्ने बिदेशीले पढे भने नेपाली लाई कती जङ्गली र असभ्य भन्लान सोच ।मेनेजरको कुराले लेख्ने ले के अनुभव गर्यो कुनि ? मलाइ भने लज्जा बोध भैरहयो ।
आज त्यस्तै मान्सिक्ता श्रवण गर्ने मौका जुर्यो फेरि । यता को सार्वजनिक बसमा ३ जना नेपाली मित्रहरू बसमा अस्लिल ,छाडा र असभय बोलिरहेका थिए। बिदेशमा आएर जे बोल्दा पनि हुन्छ भनेर होकि, कसैले चिन्दैन भनेर हो बातै पिच्छे छाडा र असभय भाषाको प्रयोग गर्दैथे । जे पायो तेही बोल्दा नेपालीले त सहलान तर जब नेपाली बुझ्ने बिदेशीले सुन्लान बुझ्लान तब हामीलाई कती जङ्गली र असभ्य भन्लान सोच्ने होकि ?
इति:- गोपाल सिवा// ८ भदौ
अमेरिकी सरकारद्वारा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिए लगत्तै जुकरबर्गको क्याफेमा अदालतको आदेशप्रती सहमति जनाउँदै फेस्बुकका सस्थापक मार्क जुकरवर्गले सुरु गरेको ‘सेलेब्रेट प्राइड’ मार्फत सबै बराबर भन्ने संकेत दिदै समानताको पक्षमा आफ्नो समर्थन जनाए।भने केही मित्रहरूले भने नेपालीको यो समर्थनलाई यी र यस्ता प्रश्न तेर्साएर खिल्ली उडाए ।
१) समलिङ्गी विवाह सृष्टीको नियम बिरुद्द हो ।के तपाईं समलिङ्गी बिवाहको पक्षमा हो ?के बुझेर ‘सेलेब्रेट प्राइड’ मा सहभागी हुनु भा हो ?
२)अन्तरजातिय बिबाह हुन नसकेको देशका नेपालीहरु किन अमेरिकाको समलिङ्गी बिबाहमा एक्यवद्धता जनाउछ्न ?
३) क्रीष्चियन धर्मशास्त्रले पुरुषका लागि महिला र महिलाका लागि पुरुष भन्दै समलिङ्गी विवाह रोक लगाएको छ ।त्यही भएर क्रीष्चियन अनुयायीहरु लाई ‘सेलेब्रेट प्राइड’ मा सहभागी नहुन आग्रह ।
प्रस्न तेर्साउने मित्रहरू , के समलिंगी भनेको हालसालै देखापरेको अप्राकृतिक सम्श्या हो ? प्रकृतिक रूपमा भएको कुरा के यो सृष्टीको नियम बिरुद्द हो ? प्रकृतिकले समलिंगी भएकाहरु समलिंगी खोजेर रोजेर विवाह गर्छन भने के त्यो सामाजीक अपराध हो ?
समलिंगी हुनु भनेको सौख होइन । न त यो कुनै कन्सेप्ट नै हो ।न त कोहि चाहेर समलिंगी बन्न सक्छ। धर्म शास्त्र देखि आधुनिक बिज्ञानले पनि समलैङ्गता कुनै रोग नभएर प्रकृतिक प्रकिया हो भनेर पुष्ठि गरेको छ । प्रकृतिले निर्धारित गरेको यो बाध्यताको बारेमा अहिले सम्म प्राप्त तथ्यहरुले के देखाउँछन भने शरिर विज्ञानसंगै सम्बन्धित भएर देखापर्ने हुँदा समलिङ्गी सम्श्या र समलिङ्गी विवाह यो मानव सभ्यतासंगै देखापरेको थियो। ससारको सवै भन्दा पुरानो ग्रीस सभ्यतामा समलिंगी प्रथालाइ चित्रकला कोरेर, मूर्ती बनाएर , गीतहरु लेखेर आदर र सम्मान गरिन्थ्यो भन्ने प्रमाण पेरिसको अन्भेर्सस्थित नग्न संग्रहालय,ग्रीसको लेस्बोन टापू, पेरिसमा अझै पनि भएका रु दे दाम र रु देजोम भन्ने गल्लिहरु बाट प्रष्ट हुन्छ । त्यही भएर यो अन्तरजातिय बिबाहको सोच आउनु भन्दा धेरै पुरानो हो भने प्राचीन ग्रीस सभ्यता भन्दा धेरैपछि भिक्टोरियाली शताब्दीमा तपाइको क्रीष्चियन धर्मशास्त्रले पुरुषका लागि महिला र महिलाका लागि पुरुष भन्दै समलिंगी सम्बन्धलाइ रोक लगाएको हो।
अझ नेपाली समाज र समलिंगी नेपालीहरु एक अर्काका सत्रु जस्तो सम्झने मानसिकता भएको हाम्रो देश नेपालको सर्वोच्च अदालतले आजभन्दा ८ वर्षअघि प्रेमकुमारी नेपाली र रजनी शाहीको समलिङ्गी जोडीलाई छुट्याउन परिवारले गरेको कोशिश बिरुद परेको रिट्मा नै समलिङ्गी सम्बन्ध र विवाहलाई मान्यता दिदै समलिङ्गीहरुको समान अधिकार दिनुपर्ने फैसला गरेको थियो भने अहिले त तेस्रो लिङ्गी लेखिएको नागरिकता समेत दिइन्छ।
मानव सभ्यता संगै प्राकृतिक रूपमा देखिएको समलिङ्गीहरुको सम्श्या नेपाल ,अमेरिका जहाँ भए पनि राज्यमा समानता पुर्वक स्थापित हुन्छ जित हुन्छ भने सक्नु हुन्छ समर्थन गर्नुस । प्राकृतिक रूपमा समलिङ्गी भएकाहरु लाइ बाच्ने हौशला र सामाजिक बाताबरण दिनुस तर सक्नु हुन्न भन्ने समलिङ्गी विरुद्ध धर्म र कुन्ठित मान्सिक्ता पालेर सिरिया र इराकमा आइएसले समलिङ्गीहरु लाई बाच्न दिनु हुन्न भनेर खोजी खोजी मारे जस्तो तपाई पनि भेदभावको रूप र व्यबहार नदेखाउनुस ।
समग्रमा जो सुकै होस , जुनसुकै लिङ्गी होस् यो साझा संसारमा मानिशले स्वतन्त्रता पुर्बक बच्न पाउनु पर्छ ।संसार त्यो होइन जहाँ मान्छेको सोचिएको साघुरो घेरा भित्र समेटियोस। जात ,धर्म र लिङ्ग भन्दा माथी उठेर संसारलाइ खुला आँखाले हेरेन प्रयास गर्नुस् संसार बृहत छ ।
हाम्रो शरीरमा श्वासप्रश्वासको माध्यमवाट रोगका किटाणुहरु पसेर रुघा, खोकी र निमोनिया जस्ता श्वासप्रश्वास सम्वन्धि सरुवा रोग लाग्ने अवस्थालाई ए.आर. आई. (एक्युट रेस्पिरेटरी ईन्फेक्सन) भनिन्छ । सुरुमा रुघाखोकी लागेको बच्चालाई समयमै राम्ररी हेरचाह गरिएन भने पछि बिस्तारै रोगीको अवस्था बिग्रदैँ गएर खोकी र सास पनि छिटो छिटो बढ्दै जान्छ । यसरी बढ्दै गएपछि बच्चालाई (कडा खालको एआरआई) निमोनिया हुन्छ र खतरापूर्ण स्थितिमा पुग्छ ।
बिश्वभरीमा प्रत्येक बर्ष निमोनियाले करीव २० लाख बच्चाहरुको मुत्यु हुन सक्ने तथ्याँकले देखाएको छ । साथै हाम्रो देशमा हाल एक वर्षमा झण्डै १३ हजार केटाकेटीहरु यस रोगवाट मर्छन ।
हाम्रो शरीर स्वस्थ राख्न र वाँच्न हामीलाई शुद्ध हावाको आवश्यकता पर्दछ । हावा कम भएमा हामीहरु निस्सासिएको अनुभव गर्दछौं । हामीले सास लिँदा लिएको हावा हाम्रो शरीरभित्र सास फेर्ने वाटो नाक, मुख, घाँटीभित्र हुने श्वासनली हुँदै फोक्सोमा पुग्दछ र फोक्सोवाट रगतमा हुने राता रक्त कोषको माध्यमवाट सम्पूर्ण शरीरमा पुग्दछ । तर शरीरभित्र हुने यस हावाको बाटोमा रोगका किटाणुहरु पसेर बच्चालाई रोग लागेमा तुरुन्तै उपचार गराउनु पर्दछ ।
यदि सुरुमै राम्ररी उपचार गर्न नसकेमा रोग क्रमसः बढ्दै गएर रोग लागेका बच्चाको मृत्यु पनि हुन सक्छ । छातीमा लाग्ने रोगहरुमध्ये कुनै कुनै छातीको रोगले बिस्तारै–बिस्तारै च्याप्दै ल्याउँछ र कुनै कुनै छातीको रोग भने अकास्मात लाग्ने र सा¥है नै कष्ट दिने खालको हुन्छ । यसरी अकास्मात लाग्ने श्वासप्रश्वास सम्वन्धि रोगलाई नै रुघा, खोकी र निमोनिया (एआरआई.) भन्दछन । यो ज्यादै डरलाग्दो रोग हो । यो रोग ठुला साना सवैलाई लाग्न सक्छ तर ठुलो मानिसलाई भन्दा साना बच्चालाई धेरैजसो लाग्छ र मृत्यु पनि हुन्छ । साना बच्चाहरुमध्ये पनि पाँच वर्ष मुनीकालाई बढी लाग्छ ।
श्वासप्रश्वासको संक्रमण (एआरआई) लाई लक्षणहरुका आधारमा तीन तहमा बिभाजन गर्न सकिन्छ ।
१. साधारण रुघाखोकी
२. निमोनिया
३. कडा निमोनिया
१. साधारण रुघाखोकीका लक्षणहरु
#खोकी लाग्छ ।
# नाकवाट सिंगान, पानी चुहिने वा पहेंलो सिंगान आउने हुन्छ ।
# नाक वन्द हुन्छ, नाक थुनिन्छ ।
# बच्चाले प्रतिमिनेटमा ५० पटक भन्दा कम सास फेर्छ ।
#साधारण ज्वरो आउन सक्छ र आँखा पनि रातो हुन सक्छ ।
२. निमोनियाका लक्षणहरु ः
ड्डखोकी लाग्ने र घ्यार घ्यार हुने हुन्छ ।
ड्ड सास छिटो छिटो फेर्ने हुन्छ (प्रतिमिनेट ५० देखि ७० पटकसम्म)
ड्ड पहेंलो खकार आउन सक्छ ।
ड्ड ज्वरो बढी आउँछ र सास फेर्दा कन्ने हुन्छ ।
ड्ड राम्रोसित दुध पिउन र चुस्न नसक्ने हुन सक्छ ।
३. कडा निमोनियाका लक्षणहरु
#खोकी लाग्ने र कोखा हान्ने हुन्छ ।
# खोकी लाग्ने र दुध, पानी र दाल जस्तो झोल पदार्थ खान नसक्ने हुन्छ ।
# धेरै चाँडो चाँडो सास फेर्छ (एक मिनेटमा ७० पटक भन्दा वढी)
# बच्चा काम्न थाल्छ, दुध पिउन÷चुस्न नसक्ने हुन्छ ।
# नाकका पोरा हल्लन्छन ।
#रुन्छ, सिकिस्त देखिन्छ ।
#शरीर सुख्खा भई जल बियोजन हुन्छ ।
# बच्चा वेहोस हुन्छ र उठाउँदा पनि उठ्न गा¥हो मान्छ । जीउ, ओठ निलो हुन सक्छ
रोग सर्ने तरिका
यो हावा (सास) को माध्यमवाट सर्ने रोग हो । एआरआई रोगीले आप्mनो सासवाट रोगको किटाणु वाहिर प्mयाँकिरहेको हुन्छ । यसरी रोगी मानिसले आफु वसेको वरपरको हावा दुषित वनाई दिन्छ । त्यस्तो हावामा सास फेर्नाले निरोगी मानिसलाई पनि रुघा, खोकी र निमोनिया रोग सर्छ । रोगीसंग मुखमुख जोडेर गफ गर्नाले, संगै सुत्नाले वा खेल्ने गर्नाले यो रोग छिटो सर्न सक्छ ।
लक्षण देखा पर्ने अबधि
रोगको किटाणु सम्पर्कमा आएको २÷३ दिनमै यो रोगका लक्षण देखा पर्न थाल्छन ।
रोगवाट बच्ने उपायहरु
#बच्चालाई समय समयमा पेटभरी पोषिलो खाने कुरा खुवाउने ।
# बच्चालाई आमाको दुध २÷३ वर्षसम्म खुवाउने ।
# वच्चालाई दिनु पर्ने खोपहरु समयमानै दिलाउने ।
# बच्चासंगै वसेर चुरोट, बिडि नखाने ।
#बच्चालाई चुरोट, चुलो, अगेना, स्टोभको धुँवा र मटिट्टतेलको खारवाट जोगाउने ।
#बच्चालाई रोगीसित सुत्न, खेल्न नदिने ।
# बच्चालाई सफा र न्यानो पारेर राख्ने । (तर धेरै गरम हुने गरी होईन)
#धेरै भीड भई गुम्सिएको ठाउँमा बच्चालाई नराख्ने
#हरियो सागपात, आँप, सुन्तला, मेवा गाँजर ईत्यादि भिटामिन “ए” पाईने खानेकुरा बच्चालाई खुवाउने ।
# नाक सधैं सफा गर्ने (खास गरेर दुध खान दिनु र सुताउनु अघि)
#बच्चा सुताउने कोठामा हावा स्वच्छ राख्न समय समयमा कोठाको भ्mयाल ढोका खुला राख्ने ।
उपचार तथा व्यवस्थापन
बच्चालाई सामान्य रुघाखोकी लागेको बेला तथा सामान्य रुघाखोकीको लक्षण देखिंदा घरायसी (घरमै) उपचार गर्न सकिन्छ । यस्ले रोगीको शरीरको रोगसंग लड्न सक्ने शक्ति बढाई रोग बढ्न नदिई निको पार्न मद्दत गर्छ । यो उपचार बच्चाको आमाले घरमै पनि गर्न सक्ने हुन्छ । प्रायजसो साधारण तहको रुघाखोकीलाई घरेलु उपचारलेनै बिसेक पार्न सकिन्छ । साधारण रुघाखोकी भएको बच्चालाई घरमै उपचार निम्न तरिकाले गर्न सकिन्छ ।
#रोगी बच्चालाई प्रशस्त झोल पदार्थ खान दिने । यदि बच्चाको शरीर ज्यादैनै सुख्खा भए जीवनजल पनि खुवाउने ।
#आमाको दुध खाने बच्चा भए आमाको दुध ख्वाई नै राख्ने ।
#वच्चालाई सधैं खुवाउने गरेको खाना फकाई फुल्याई नियमित रुपले खुवाउने ।
#बच्चालाई चिसो नहुने गरी र अति धेरै गर्मी पनि नहुने गरी ठिक्कको हलुका लुगा लगाई दिने ।
#बच्चालाई खुला कोठामा न्यानो हुने गरी राख्ने ।
#बच्चाको नाक र कान सधैं सफा राख्ने ।
#यदि बच्चालाई सास फेर्न गा¥हो भएको भए तातो नुन पानीको वाफ लिन लगाउने ।
मध्यम र कडा तहको रुघाखोकी र निमोनियालाई पनि घरेलु उपचारले निकै फाईदा गर्छ । तर साधारण तहमा जस्तो कडा र माध्यम तहको रुघाखोकी र निमोनियामा सहायक उपचारले मात्र पुग्दैन, मुल उपचार पनि गर्नु पर्दछ । त्यसकारण मध्यम तहको रुघाखोकी र निमोनिया भएको खण्डमा तुरुन्तै स्वास्थ्य कार्यकर्ता वा महिला स्वास्थ्य स्वयंसेबिकासंग सम्पर्क राखी आवश्यक उपचार गर्नु पर्दछ । यदि कडा तहको रुघाखोकी र निमोनिया भएको खण्डमा स्वास्थ्य कार्यकर्तासंग मात्र सल्लाह गरेर पुग्दैन, तुरुन्तै नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा लैजानु पर्छ, नत्र बच्चा मर्न पनि सक्छ ।