गैर आवासयि नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी १८ अगष्ट २०१७ मा हुने राष्ट्रिय पाँचौं राष्ट्रिय महाधिवेशनको मिति घोषणा भए लगत्तै एनआरएनए ,कुवेतको नेतृत्व कसले गर्ला भन्ने जिज्ञासा र चासो आम कुवेतवासी तथा कुवेत बाहिरका नेपाली समुदायमा एकाएक बढेर गएको छ ।पछिल्लो समय कस-कसको उमेद्वारी आउला भन्ने नेपाली समाजमा चासो बढिरहेको बेलामा नवलपरासी जिल्ला देउराली गाविस – ६ झयाल्वास घर भएका विष्णु परियार पुन: उपाध्यक्षमा उमेद्वारी दिएका छन।
परियार बिगतका केहि वर्ष देखि सक्रिय रुपमा एनआरएनए,कुवेतको उपाध्यक्ष पदमा रहेर नेपाली समुदासंग नजिक भएर काम गरिसकेका व्यक्ति हुन् । उपाध्यक्ष पदबाट एक बर्ष अघि मात्र राजिनामा दिएका परियार लुम्बिनी समाज नेपाल कुवेतका सल्लाहकार , दलित एकता संजाल कुवेतका वरिष्ठ सल्लाहकार एव बिभिन्न संघ सस्थाका विभिन्न पदमा वसेर काम गरेको अनुभव र कार्यकुशलताको अनुभवी समेत रहेका छन् । २०५४ साल देखि कुबेतलाइ कर्म थलो बनाएर काम गर्न थालेका बुद्धिजीवी समाजसेबि एव सामाजिक व्यत्तित्व बिष्णु परियार संग हाम्रो संचार डट कमका लागि गोपाल शिवाले गरेको संक्षिप्त कुराकानी :-
एनआरएनए,कुवेतको उपाध्यक्ष पदबाट गत बर्ष राजीनामा दिएको तपाइँ फेरी उठ्दै हुनु हुन्छ, किन नि ?
कुबेतमा नेपालीहरुको बीचमा राम्रो भूमिका निर्वाह गरेकै कारण बिगतमा भन्दा अहिले एनआरएनलाई आफ्नो ठान्ने र यसमा आबद्ध हुनुपर्छ भन्ने भावनाको बृद्दी भएको मैले पाएको छु । यहाँका अधिकांश बैचारिक, सामाजिक, क्षेत्रीय तथा जातीय संस्थाहरु पनि अहिले एनआरएनप्रति आकर्षित भएको र यसलाई सबैको साझा चौतारीको रुपमा हेर्ने बातावरण बनेका ले हामी धेरै भन्दा धेरै नेपालीको बिश्वास जित्ने क्रममा छौं जस्तो लाग्छ ।
स्थानीय समस्याहरु समाधानका लागि एनआरएनले अग्र पंक्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने मान्यता यसबीचमा स्थापित भैसकेको छ । अत: जबसम्म हामी बलियो संगठनमा आबद्ध हुदैनौ तबसम्म आफ्ना समस्याका बारेमा सम्बन्धित निकाय सम्म आफ्नो माग र आवाज पुर्याई आफुलाई स्थापित गर्न सक्दैनौ भन्ने लागेर नै मैले फेरी उमेद्वारी दिएको हु ।
एनआरएन अग्र पंक्तिमा छ भन्नु भो एक लाख भन्दा धेरै नेपालीहरु रहेको कुबेतमा जम्माजम्मी केहि सय जनाले मात्रै एनआरएनको पंजीकृत सदस्यता लिनुलाई कसरी हेर्नुहुन्छ ?
धेरै नेपालीहरु एनआरएनमा आबद्ध हुने इच्छा हुँदाहुँदै पनि फरक फरक ड्युटी गर्ने समय ,स्थानीय नियम कानुनका कारण, छुट्टी नमिल्ने कारण, दैनिक ८-१० घण्टा काम गर्नुपर्ने तथा काम गर्ने स्थान र बासस्थान टाढा टाढा हुँदा हुने गरेका समय अभावका कारणले गर्दा संगठनमा सक्रिय रुपले समाहित हुन नसकेको यथार्थ हो । र यहि यथार्त बुझेर पनि एनआरएन कुबेत पनि यहाँका नेपालीहरुबीच जति पुगिसक्नु पर्थ्यो त्यति पुग्न नसकेको यथार्थतालाई हामीले स्विकानु पर्छ । तर कुबेतमा बस्ने तमाम नेपालीहरुको एनआरएन एउटा त्यस्तो संगठन हो जसको मध्यमद्वारा हामीले विश्वभर सामना गरिरहेका चुनौती र समस्याको गहिराई सम्म पुगेर समाधानका लागि उचित व्यवस्था गर्न सक्छौं र अवसरहरुलाई नियाल्दै त्यसलाई प्राप्त गर्न समेत सक्दछौं ।त्यसैले कुबेतमा कार्यरत सवै नेपालीहरुलाई यस्तो संबेदनशीलता बुझौ र आफै पनि एनआरएनमा आबद्द हुन् लागौ ।
धेरै नेपालीहरु एनआरएनमा आबद्ध हुने इच्छा हुँदाहुँदै पनि फरक फरक ड्युटी गर्ने समय ,स्थानीय नियम कानुनका कारण, छुट्टी नमिल्ने कारण, दैनिक ८-१० घण्टा काम गर्नुपर्ने तथा काम गर्ने स्थान र बासस्थान टाढा टाढा हुँदा हुने गरेका समय अभावका कारणले गर्दा संगठनमा सक्रिय रुपले समाहित हुन नसकेको यथार्थ हो । र यहि यथार्त बुझेर पनि एनआरएन कुबेत पनि यहाँका नेपालीहरुबीच जति पुगिसक्नु पर्थ्यो त्यति पुग्न नसकेको यथार्थतालाई हामीले स्विकानु पर्छ । तर कुबेतमा बस्ने तमाम नेपालीहरुको एनआरएन एउटा त्यस्तो संगठन हो जसको मध्यमद्वारा हामीले विश्वभर सामना गरिरहेका चुनौती र समस्याको गहिराई सम्म पुगेर समाधानका लागि उचित व्यवस्था गर्न सक्छौं र अवसरहरुलाई नियाल्दै त्यसलाई प्राप्त गर्न समेत सक्दछौं ।त्यसैले कुबेतमा कार्यरत सवै नेपालीहरुलाई यस्तो संबेदनशीलता बुझौ र आफै पनि एनआरएनमा आबद्द हुन् लागौ ।
एनआरएन कुबेत बाट यहाँका नेपालीलाइ समाहित गर्ने किन प्रयास नभएको नि ?
समाहित गर्ने अभियान संचालन गर्न आर्थिक अभाव, ड्युटी गरेर बचेको समयले संगठन संचालन गर्नुपर्ने हुँदा यथेष्ट समयको अभावका कारण बिशेष क्याम्पेन चलाउन नसक्नुले गर्दा केहि समस्या आएका पनि छन् । तर हामी हिजोको तुलनामा हेर्ने हो भने धेरै फैलिरहेका छौं । यदि मलाइ उपाध्यक्षमा मौका दिनु भयो भने धेरै भन्दा धेरै नेपाली सम्म के कसरि पुग्ने , बुझाउने र जोड्ने भन्ने अध्ययन गरि काम गर्नेछु ।
उपाध्यक्षका लागि पाँच जनाको उमेद्वारी परेको छ , कडा प्रतिस्पर्धा हुने देखियो । के भन्नु हुन्छ ?
एनआरएन सबै प्रवासी नेपालीहरुको साझा संस्था भएकाले उमेद्वारी पर्नु स्वाभाविक हो । धेरै जनाको उमेद्वारी पर्यो भन्दैमा म उमेद्वारीबाट पछी हट्ने कुरो आउदैन । नेतृत्व गर्नका लागि अनेकौं कठिनाईलाई सामना गर्नसक्छु भन्ने आत्मविश्वासका साथ नेपाली समुदायको अगाडी उभिएको छु ।अब मैलाई केहि महत्वपुर्ण र नविन योजनाहरु कार्यन्वयन लागी मलाइ थप एकपटक मौका दिनुहोस ।
पाँच जना मध्ये तपाई पनि एक हुनु हुन्छ र छानिनु भएको खण्डमा के कस्ता कामहरु गर्ने सोच बनाउनु भएको छ ?
बिगतमा काम गर्दै जाने क्रममा सबैको चित्त बुझाउन नसकिएको पनि होला, सबै साथीहरुको हरेक दृष्टिकोणलाई सम्बोधन गर्न नसकिएका कारण कहीं कसैको सानातिना असन्तुष्टि पनि हुनसक्ला । तर सपथ लिएर नेतृत्व सम्हालेपछि उचित रुपले पदीय भूमिका निर्वाह गर्नैपर्छ र मेरो हकमा मैले सकेसम्मको पहल र प्रयत्न गर्नेछु ।
एनआरएनएमा पद्धतिको विकास र पालना गर्न, राजनीतिक प्रभावबाट मुक्त राख्न, सिपमुलक तालीम संचालन गरि नेपालीलाइ कुबेतको दक्ष श्रमबजारमा प्रबेश गराउन ,नेपाल र कुबेत सरकार विच व्यापार सम्झौताको लागी पहल गर्न , कुबेतका नेपाली समुदायलाइ एनआरएनप्रति आकर्षण बढाउन र कुबेतमा नेपालीले सिकेको सिपलाइ नेपालमा लगी उपयोग गर्ने बाताबरण बनाउने कुराको सुनीस्चितताको लागी र घरेलु नेपाली महिला कामदारका समस्या निराकरण , ब्यबस्थापनका लागि मेरो उमेद्वारी हो । कुबेतको नेपाली समाजमा र एनआरएनए कुबेतमा मैले दिएको योगदान र प्राप्त उपलब्धीको मुल्यांकन गरि नेतृत्व गर्ने मौका दिनुहोस् ।
कुबेतको नेपाली समाजले कसरि तपाईंको योजनामा टेवा पुर्याउन सक्छ ?
हामी सबै नेपालीहरुको बीच लोकप्रिय बन्दै सबैका सामुहिक समस्या समाधानमा अघि बढ्ने मेरा योजनाहरु म एक्लैले पुरा गर्न सक्दिन। त्यसैले कुनै पनि कुरालाई निष्कर्षमा पुर्याउनका लागि हामीलाई एउटा राम्रो समुहको खाँचो पर्छ र धेरै भन्दा धेरै साथीहरुलाई समेट्ने मेरो प्रयास रहनेछ। जसमा कुबेतमा क्रियाशील मिडिया , संघ सस्था , समुदाय , दुताबास सवैको सहयोग अपरिहार्य छ । सर-सर्ति भन्नु पर्दा मेरा मुद्दाहरु हामि सवैका मुदा हुन् अत गैर आवासयि नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतमा प्लेटफर्म तयार गर्ने ,योजना बनाएर अघि बढ्न सकिन्छ ।
हामीले गरेका कामलाई कुबेतमा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरुले सकारात्मक रुपमा लिएको मैले अनुभव गरेको छु र आउने दिनमा यहि सकारात्मक साथको अपेक्षा गरेको छु । यहि नै त्यो शक्ति हो जसले सबै कठिनाईको सामना गर्दै सामाजिक क्रियाकलापमा लागिरहन प्रेरित गरिरहेको छ ।
तपाईंलाई एनआरएन उपाध्यक्षको अग्रिम शुभकामान । अन्तमा हाम्रो संचार डटकम मार्फत कुबेतको नेपाली समाज र तपाईंका समर्थकहरुको लागि केहि भन्न चाहनु हुन्छ?
धन्यवाद हजुर लगायत हाम्रो संचार डटकम लाइ, तपाईंहरुले कुबेतको नेपाली समाज सम्म मेरा एजेण्डाहरु पुग्न मदत गर्नु भएको छ । जसले मेरो चुनाबी माहोललाई प्रतक्ष्य वा अप्रतक्ष दुवै हिसाबले सहयोग पुग्ने छ। आफूले अमुल्यमतको सधै क़दर र सम्मान गर्ने प्रण गर्दै एनअनएनको उपाध्यक्षमा जिताउन सबैमा अपिल गर्दछु । तपाईहरुले दिएको विस्वासले कुबेतको नेपाली समाज र नेपालीहरुको हितमा काम गर्छु यो नै मेरो प्रतिबध्ता हो ।
केहि दिन अघि साझ पख घुम्न निस्किएको थिए । मरर्भुमिमा १० घण्टा कम्पनिको दैनिक काम बाट बचेको समय केहि कमाउ भन्ने अभिप्रायले दुई जना तराइका नेपाली भाइहरुले खेल्ने ग्राउण्ड भन्दा केहि पर चटपटे बेच्न सुरु गर्नु भएको रहेछ। २/४ जनाको जमघट रहेको माहोलमा चटपटेको दाम सोध्दै बनाएको हेरेर उभि रहेका थियौ त्यसै बीच एक जना अर्को नि नेपाली थपिनु भो । मित्रले आगमन संगै तातिदै भन्नु भयो मदेसी भैया भोलि देखि यहा चटपटे बेच्ने हैन है । नत्र फ्याली दिउला तेरा चटपटे ...तेरो चटपटेले हाम्लाई खेल्न डिस्टर्ब भयो । त्यो सुनेका उपस्थित ले मात्र हैन ति दुवै मधेशी समुदायका ति नेपाली युवाले त्यहाँ वाक्यमा प्रयोग गरिएका शब्दहरूमाथि कुनै आपत्ति व्यक्त गरेनन्, न त प्रतिवाद नै,शायद देश फेरिए पनि मानसिकता उही रहेछ यिनको भनेर स्वभाविक रूपमा सहजै यी दुइ भाइले बुझिसकेका थिए ।
तातिने युवा खेल्ने ग्राउण्ड तिर जादा मैले सोधे भाइ तपाइँहरुको चटपटेले खेल्न डिस्टर्ब कसरि भयो भनेर किन सोध्नु पनि भएँन नि ? उनले जवाफ दिए दाइ खेल हेर्न आउने नै रक्सि पिएर आउछन, अनि झगडा गर्छन ।रक्सि बेच्ने र खाने संग त बोल्न सक्दैनन् तर हामी केहि नबोल्ने भनेर होला मदेसी, मस्र्या, काले , भैया जस्ता सम्बोधन गर्दै होच्याएर गालि र आरोप चै हामीलाई नै लगाउछन् । भाइहरुको कुरा सुने पछि लाग्यो जातका आधारमा, वर्गका आधारमा, वर्णका आधारमा विभेद गर्ने हाम्रो मानसिकता देश बाट प्रदेश सम्म आइ पुगेछ । खासगरी बहुपहिचान भएको हाम्रो मुलुकमा केहि बर्ष अघि सम्म आमरुपमा राजधानी लगायतका केहि क्षेत्रमा पहाडी समुदायले आफ्नै तजबिजीमा मधेसीलाई मदेसी, मस्र्या, काले , भैया जस्ता सम्बोधन गर्दै होच्याएर शब्दको प्रयोग गर्थे ।०६३ को मधेस विद्रोहले धेरै हद सम्म सामाजिक रुपान्तरण भयो जसले गर्दा अपबाद छाडेर यसरी नेपालका आफ्ना दाजुभाइ लाइ नै हेप्ने क्रम धेरै कम भएको थियो ।तर सात समुद्र पारि पनि उहि आचरण र ब्यबहार ....कस्तो बिडम्बना !
लगभग ३० हजार नेपाली रुपैया मासिक तलबमा काम गर्न आएका यी चटपटे बनाउने भाइहरु महिना भरिको खर्च जोगाउदा नेपाली २०/२१ हजार जति बचाउदा रहेछन । ब्याज माथि स्याज थपेर नेपाल बाट आएको ऋण सम्म तिर्न गाह्रो भै राखेको बेला आफुले जानेको यसो केहि गरौ भन्ने पवित्र अभिप्राय बोकेर कम्पनीले थाहा पाए केहि गर्ला कि भन्ने डर मन भरि बोकेर सुरु गरेका रैछन चटपटे बनाउन । यस्ता सोझा र नियति संग संघर्ष गरिरहेका नेपाली दाजुभाइले केहि रुपिया कमाउन यसरि श्रम गरि खादा डिस्टर्ब भएको ठान्नु कहाँसम्म तर्कपूर्ण हो ? जवाफ म संग पनि छैन । छ त् एउटा सत्य त्यो के हो भने खेलाडी मित्र हुन् कि , चटपटे बनाउने मित्र हुन् या तपाई र म नै किन नहौ देश प्रतिको माया भए पनि विदेश पलायन हुनुको कारण गरिबी मात्र नभएर जातपात, छुवाछुत, रुढिबादी संकीर्ण सामाजिक कु-संस्कार, धर्म, अवसरको कमि, व्यापक भ्रस्टचार,तुच्छ राजनीति सोच, सामाजिक सुरक्षा , बाच्न पाउनु पर्ने अधिकार जस्ता कुरा बाट बन्चित भए पछि अवसरको खोजि गर्दै बिदेशिएका हौ । देशविदेश देखेका, जान्नेसुन्ने, टाठाबाठा हामी श्रमजीवी त देशका लागि गर्वको कुरा हौ तर यता आएर पनि अझ पनि परिवर्तनका सम्बाहक हामीभित्र नै कति विषयसँग निहित उही मानसिकता हावी भएको देखिन्छ ।
हामीले बिदेशमा हुदा बिभिन्न देशका बिभिन्न धर्म र सस्कार भएका संगै हातेमालो गरेर टिममा काम गरि रहेका छौ । सवै धर्म जात र समुदायका मान्छे लाइ आदर गर्न सिकेका छौ ।समग्रमा भनु पर्दा हामीले बहुपहिचानको मर्मलाइ ब्यबहारिक रुपमा बुझेर त्यसमा चलेर आघुनिकता अँगालेका छौ । तर उहि नेपाली समाजबाट आएका दलित , गरिब , मधेशी लाइ हेप्ने परम्परागत मानसिकता भने फ्याक्न सकेका छैनौ ।नेपाली समाजले एकले अर्कोलाइ सम्मान गर्ने परिपाटीको बिकास देश बिदेशमा देखेर भोगेर पनि हुन् सकेको छैन ।देश बिदेशमा देखेर भोगेर पनि अहिले सम्म पनि बोलीचालीमा कसैलाई डुम , मर्सिया,धोती, भेले, भैया, भोटे, टुप्पी बाजे आदि भनेर रंगभेद र दुर्व्यवहार गरेर हामीले एकले अर्कोलाइ सम्मान गर्ने परिपाटीको बिकास गर्न समेत जानेनौ । हामी भित्र जरा गाडेर बसेको संक्रिण सोचाई र कमजोरी जसले होच्याएर बोल्ने र विभेद गर्ने मानसिकताको अशोभनीय चिन्तनलाई बानीलाइ निरन्तरता दिएको छ त्यसलाई चांडो भन्दा चांडो अन्त गरौं नत्र यसले बिनास निम्त्याउछ, सामाजिक द्वन्द बढाउछ , हामी नेपालीको एकतालाई शक्तिहीन बनाउछ ।
पछिल्ला वर्षहरुमा लाखौँ नेपाली युवा युवती आफू र आफ्नो परिवारलाई सुख दिने सपना बोकेर विदेशिएका छन्। एकातिर बैदेशिक रोजगारले लाखौँ नेपालीहरुको रेमिट्यान्सले देशको अर्थव्यवस्थालाई ठूलो योगदान गरेको छ भने अर्को तिर यसले कयौँ सामाजिक समस्या पनि निम्त्याएका छन्। यहि सामाजिक समस्या मध्ये एक आत्महत्या पनि हो भन्दा फरक पर्दैन । पछिलो समय कुबेत बाट फर्किए पछी घरेलु कामदारमा आएका नेपाली चेलीहरुले बिभिन्न माध्यम बाट आफुले पाएको शारीरिक, मानसिक, भौतिक र यौन दुव्र्यवहार लगायतको यातनाका केही प्रतिनिधि भिडियोहरु सार्वजनिक गरेर कुबेतको नेपाली समाजलाइ लजित बनाई रहेको बेला यसै साता कुबेतमा धेरै समय बसेर नेपाल फर्किएकी चिरपरिचित एक चेलीको आत्महत्याले सवैलाई स्तब्ध बनाएको छ।
त्यसो त् अहिले सम्म घरेलु कामदारका रुपमा आएका केहि नेपाली चेलीहरुले यौन शोषण, यातना , पारिश्रमिक नपाएर र अन्य कारणहरुले केहिले आत्महत्या गरेर हामीलाई आत्महत्याको शाश्वत सत्य देखाई सकेका छन् । तर यतै हुदा नेपाली युवा संग प्रेममा परेकी थिइन भनेर बुझेको नेपाली समाजले उनै युवासंग बर्षौ पछी भेट हुदा उनले किन र कसरि यो बर्षौको अध्यायको प्रेमलाई सलको गाठोमा कसेर शाश्वत प्रेमको आत्मिक स्पर्श दिएर आफै आफ्नो देहलिला समाप्त गरिन भन्ने सवाल मनभरी मडारिरहेको छ । बिरालोले आची लुकाएर राखेजस्तो हरेक कुरा आफ्ना परिवार श्रीमान श्रीमतीबाट लुकाइलुकाइ सवैकुरा लाई सामान्य ठानेर सम्बन्धहरु जोडिएका , लिभिंग टुगेदर गर्दै संसार चलाईरहेका कयौ थुंगा फूलहरुले सजिएको यहाको नेपाली समाजलाइ यिनको अर्थात एउटा परिचितको प्रेमको रहस्मय भाव झल्काउने आत्महत्याले बेस्सरी झस्काएको छ ।
जीवनमा केही सम्पत्ति आर्जन गरि सुखसँग जीवन गुजारा गर्ने र आफ्ना बालबच्चालाई शिक्षित बनाउने सुन्दर सपना बोकेर विदेशी भूमिको प्रत्येक टेकाइमा चलीरहेको धेरै नेपाली महिला पुरुष केही समय भए पनि माया प्रेमको आकर्षणको भ्रम पालेर असामान्य भोगाइ र अनुभूतिमा बाँचेको छन । माया प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो र यो दुई व्यक्ति साथसाथै हुर्कंदा विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ । प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैको कदर गरिनुका साथै र उक्त व्यक्तिलाई सुखी-खुसी राख्न प्रयत्न गरिन्छ । तर आजको मोडलिङ सोसाइटीमा यसरि जोडिएका सम्बन्धहरु प्रेम होकी आकर्षण हो भनेर भिन्नता छुट्टयाउन नसकने प्रेम वा भनौं मायाका भावना बोक्ने ति बुझाईका बेथितिहरूको सर्वत्र सोच्न बाध्य बनाएको छ ।त्यस्तै गरि एकातिर बैदेशिक रोजगारले विकसित हुँदै गइरहेको पारिवारिक विखण्डन, व्यक्ति, समाज र संस्कृतिका तहतहका विस्थापनहरूको एउटा पाटो उजागार गरेको छ ।अर्को तिर भावनामा बगेर गरेको प्रेमले पछि दुःख पाउछ । यसैले मानिस यथार्थमा जिउन सिक्नु पर्छ । आज प्रवासमा हुदा भावानामा बगेर यस्तो गर्छु भन्ने बाचाकसमहरु भोली यर्थाथताको धरातलमा उभिदा नितान्त फरक हुन् सक्छ अनि त्यही कारणले दुवैको सम्बन्धमा बन्धन बन्न सक्छ । जसको पछिलो परिणाम यिनै चेलीले जसरि बन्द कोठामा आफैलाई सिध्याउनु पर्ने त हैन भन्ने एउटा डरलाग्दो संस्कृतिको पटाक्षेप गरिरहेको छ।
विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार हरेक वर्ष ८ लाखले आत्महत्या गर्छ जसमा नेपाल आत्महत्या गर्ने मुलुकको टप आठ नम्बर भित्रमा छ । जीवनको वास्तविक भोगाई र बुझाइ भित्र दुख, पिडा, रोग व्याधि, असन्तुष्टी,भय,क्षय सबैको हुन्छ । जीवन, समय र संघर्षको बाटोमा मान्छेलाई आआफ्नै व्यक्तिगत समस्या, पारिवारिक र सामाजिक समस्याले सताईरहेको हुन्छ ।तर पनि जीवन जिउन संघर्ष गर्ने हो भने संसारमा हरेक कुराको समाधान छ । जीवन एउटा भोगाइ हो र पिडा , दु:ख भन्ने कुरा एउटा समस्या मात्र हो । यसको पनि समाधान छ । मात्र संयम भएर हामीले खोज्न सक्नुपर्छ । आत्म हत्या गर्दैमा यो घट्दैन, हट्दैन । भित्रि बाहिरी जतिसुकै कारण भए पनि दु:खी हुँदा हाम्रो सोच्ने शक्ति पनि कमजोर हुन्छ अत आत्महत्याको कर्ता र मर्ता व्यक्ति आफै हुन्छ । त्यसैले जीवन देखि हार खाएर आत्महत्या जस्तो आफ्नै इहलीला समाप्त पार्ने बाटोमा नपुगौ ।
अन्त्यमा, सुख र दु:ख जीवनका समानान्तर पाटा हुन् र केही सिमित समस्या आउदैमा जीवन जिउन गार्हो मान्नेहरुको लागि जिउन संसार हैन।यधपी ज्ञातअज्ञात जानेर नजानेर आत्महत्या गर्ने सवैको आत्मा लाइ शान्ति मिलोस । त्यस्तै गरि आफ्नो जीवनलाइ लौका घिरौला झुण्डिए जस्तो झुन्डाउने कुबुद्दी कसैलाई नआओस । बरु एउटा बलियो खम्बा र दरिलो आधार बनाएर सकारात्मक समयप्रति जीवनलाई एउटा संघर्षको मैदानमा भिड्न उभियाएको सुन्न देख्न पाउ , समयसग सम्झौता होईन संघर्ष गरेको सुन्न पाउ । ईति
विसं २०७२ को भूकम्पबाट क्षति पुगेको ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको गोरखा दरबारको पुनःनिर्माण पुरातत्व विभागले ५ करोड ५० लाख खर्च गरि सुरु गरेछ ।
२०५० सालमा कथित दलित समुदायका केहि पुजा गर्न भनि गोर्खा दरवार परिसरमा रहेको गोरखकाली मन्दिरमा प्रवेश गरि पुजा गर्न खोज्दा अछुत जातिलाई पस्न निषेध भै आएको भनि राज्य बाट यसरि पत्र दिइएको थियो । अब पुनःनिर्माण भए पछी सवैको अपनत्व हुने गरि आस्था राख्ने सवैलाई हेर्न पुजा गर्न खुला गरियोस । अनि मात्र ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको हुनेछ ।
गुल्मीको चन्द्रकोट ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर पुनले पीडित मान बहादुर बिकले पनि अव बढि नबोल्ने , पीडक वडाध्यक्ष टेक बहादुर पुनले पनि अब उनलाई कुटपिट नगर्ने भन्दै दुवै पक्षले क्षमायाचन गरेको बताएछन ।
के बढ़ी बोले बिकले ? पीडक वडाध्यक्षले पनि अब उनलाइ कूटपिट नगर्ने भनेको के ? आफैले चुनाबमा यो दिनछु र त्यों दिनछु भन्ने प्रलोभन देखाएर भोट मागने अनि चुनाबमा जीते पछि दिनछु भनेको कुरा भनदा कानको जाली फूटने गरी हान्ने ?
यसरी जनप्रतिनिधि चुनिएकाले नै केही हज़ार पैसा तिरेर कूटदै उम्कीने हो भने पीडक वडाध्यक्षले बिक लाई नकुटे पनि भोली अर्क़ो ग़रीब , अपांग र कथित दलित समुदायका परियारलाई , सार्क़ीलाई कूटन सक्छ्न अनि त्यस गाबिसका उत्पीडित दलित ग़रीबले कहिले न्याय नपाउन सक्छ्न । त्यही भएर वडाध्यक्ष नभनि क़ानूनको दायारामा ल्याई सजायको ब्यबस्था गरियोस ।
कथित दलित समुदायका युवा सँग प्रेम सम्बन्ध राखेको आरोपमा पिडित मिना यादव र केटा दिनेश लोधलाई कुटपिट गरिएको भिडियो हेर्दा मानवता विरुद्धको जघन्य अपराध हो भन्न कसैलाई हिचकिचाहट हुन्न । यस्तो अमानविय घटना सार्वजनिक भएपछि पनि सामान्य रूपमा लिने इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर उदयसिंह सिंजापति उपर पनि विभागिय कारबाही गरिने भएछ ।जुन निर्णय सराहनीय छ ।
त्यसो त प्रशासनिक निकायमा उपल्ला पुरातनपन्थीकै वर्चस्व भएकाले अहिले सम्म दलित समुदायले जोडिएको घटना सकेसम्म गाउँघरमै मिलापत्र गर्ने, प्रहरीसम्म पुुगेपनि प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आनाकानी गर्ने, यदि मुद्दा दर्ता गरे तापनि फैसला गैरदलित पीडकको पक्षमा गर्ने चलन चल्दै आएको छ ।जसको कारण लक्ष्मी परियार जस्ता धेरै दलितहरु मृत्युबरण गर्न बाध्य छन ।त्यसैले अब यसरि समाजका हरेक अमानवीय घटनालाइ सामान्य रूपमा लिने स्थानीय प्रशासनमा पछि सम्म एउटा नजिर बसोस, त्यसको लागि पनि यस्तो कारवाही गर्नु जरूरी छ ।