कार्तिक २९ - नेपालका उत्पादनशील उमेरका युवायुवतीहरूको लक्ष्य यतिबेला वैदेशिक रोजगारी भएको छ । नाताबाद , कृपाबादले स्वदेशमा काम नपाउने र पाइहाले पनि उचित पारिश्रमिक नपाउने पीडाका कारण अधिकांश युवाको सोच नै विदेश जाने बनेको छ ।देशमा भने जस्तो रोजगार पनि नपाइने, राज्यले चाजो पाजो नमिलाई दिने , बाताबरण र ब्यबस्था पनि नगरिदिदा एक चौथाईले पनि मुलुकमा रोजगारी नपाउने अवस्था छ भने बाँकी तीन चौथाई रोजगारीका लागि विदेश जान वाध्य हुनु पर्ने भएको छ। अनि कोहि आफै त कोहि ललाईफकाईमा परेर बैध अबैध तरिकाले हन्टर खादै विदेश लागेर रेमिट्यान्स पठाएर देशलाई योगदान दिने क्रममा बिपत्तिमा पर्ने र मर्ने एक थरि नेपालीहरु कति छन् कति । अर्को थरि नेपालीहरु जो आफै दुख भोगेर बोकेर आफु आएको देशको परिवेश , तय तरिका ,सत्य तथ्य बुझेर बिभिन्न गैर कानूनी कार्य मार्फत यताको उताको कानुनको आँखामा कसरी धुलो हालिदो रहेछ भन्ने राम्रो जानकारी पाए । फलस्वरूप हामी मध्येकै केहि अग्रज , अगुवा , जानेबुझेका समाजसेवी एवम् वुद्धिजीवीवर्ग कहलिएका नेपालीहरुले बिभिन्न माध्यम बाट गरिबी र कमजोरीको दलदलमा हेलिएका नेपाली चेलीहरुलाई खाडीमा ल्याएर भेडा बाख्रा जस्तै थुन्ने र बेच्ने त कोहि बेश्यावृति गराउने त् कोहि लागु औषध त कोहि मदिरा प्रतिबन्धित लोकल रक्सीको कारखाना खोलेर अबैध धन्दा गर्दै समातिएको समाचारको हेडलाइनमा देख्दै सुनिदै आइएको छ।
अबैध काम हुन् है भनेर जानेका बुझेका नेपाली समाजमा समाजसेवी एवम् वुद्धिजीवीवर्ग कहलिएका यिनले आफुले गैर कानुनी काम गरुन्जेल मौनता साधेर आफ्ना मतियारहरुको , सहयोगीहरुको पक्षपोषण गर्दै ढाकछोप गरिरहे । अनि जब आफु समातिएर कानुनको नजरमा दोषी ठहरिए देश निकाला भए अनि तेस्रो नेत्र समेत खोलेर हेरे अनि सवै तिर बेथिति देख्न थाले । अनि बर्बराउदै समाज सुधार्न भनेर समाज सुधारक बनेर देखा परे । केहि यस्ता समाजसेवी एवम् वुद्धिजीवीवर्ग पनि देखीए जसको ब्यबहारले सानो छंदा जंगलमा भेडा चराउने कालु नामको भेडी गोठालोको एउटा कथा पढेको याद आयो । कथा अनुसार एकदिन कालुलाई जंगलमा भेडा चराउँदै गर्दा सोझा गाउँलेलाई उल्लु बनाउने विचार आउँछ र एक्कासि जोडसँग चिच्याउँछ, ‘बाघ आयो, बाघ आयो ।’ सबै गाउँले आफ्नो कामधन्दा छोडेर बाघ लखेट्न लाठो र हतियार लिएर जंगलमा पुग्छन् । कालु भने रूखमा चढेर ‘सबैलाई उल्लु बनाएँ’ भन्दै रमाइरहेको हुन्छ । गाउँलेले उसको कुरा कहिल्यै नपत्याउने प्रण गर्छन् । तर एक दिन साँच्चिकैको बाघ आउँछ र भेडाहरू खान थाल्छ । आपतमा परेको कालुले आत्तिएर ‘बाघ आयो, बाघ आयो, गुहार गुहार’ भन्दै घण्टौंसम्म चिच्याउँछ । तर विश्वास नलागेकोले मद्दतका लागि कोही पनि पुग्दैन ।
यस कथाले यताको नेपाली समाजको सन्दर्भमा चल्ने बहस र गरिने व्यवहारको स्पष्ट चित्र देखाउछ। हिजो आफु जान्ने बोलने सक्ने हुदा बिचारलाई लालचमा परेर घरेलु कामदारमा अबैध तरिकाले नेपाली चेलीहरु ल्याइदा समाजसेवा गरेको हो भनेर उल्लु बनाउदा नेपाली चेलीहरुलाई गैरकानुनी तवरबाट ल्याइने बाटाहरु बिस्थापित गर्दै लैजानु साटो झन् मौलायो , पिडामा डुबेर मृत्युबरण गरेका चेलीहरुको समवेदनालाई आग्रह पूर्वाग्रहले थिच्यो । उबेला आखा चिम्ली दिएका कुरामा आज आफुले बिरोधाभाष कुरा गरेर राम्रो काम गरे भन्दै भ्रम बाँडेर, आफ्नो बढाइचढाई गरेर र अरूलाई मानमर्दन गरेर र बर्षौ आफुले गरेका गैरकानुनी काम र आफ्ना खराबीलाई बिरालोले दिशा लुकाए झैँ ढाकछोप गरेर समाज सेवा हो भन्दै बेथिति बिरुद्ध कराउदै कोरश गर्न साथ माग्नुको कुनै अर्थ छैन । किनकी धेरै घरेलु काममा आएका नेपाली चेलीका पीडा सरि भएर प्राण पखेरु हिजो पनि अस्ताएका छन ।हिजो यहि बसेर आफुले गैरकानुनी काम गरिरहदा मौनता साधेर कयौ नेपाली चेलीको मृत्युले केहि फरक नपरेका पात्रहरु आज नेपालमा फर्किएर आफु स्वघोषित समाजसेवी बनेर नेपाली चेलीका पीडालाई ठूलो मानिदै प्रपोगाण्डा बनाउनु र लेखाजोखा गर्दै समवेदनालाई पृथक ठानि हल्ला गर्नु भनेको बेथिथिको सहारा लिँदै पिडा र समश्याको ढाडमा टेकेर समाजसेवाको शिखरमा पुग्न खोज्नु हो भन्ने हामी सवैको सिधा बुझाइ र विश्लेषण छ ।
हो धन कमाउने प्रलोभनमा पारेर गैरकानुनी तवरबाट श्रीलंका, भारत हुदै घरेलु कामदारमा कुबेत ल्याउनेहरु हिजो जसरि सक्रिय थिए आज पनि छन् र आगामी कैयौं बर्ष सम्म हुने छन।बैदेशिक रोजगारमा देखिएको यो हाम्रो एउटा प्रमुख समस्या हो किनकि गाँस, बास र कपासको लडाइँमा होमिएका हामी भगवान भरोशामा हिंड्न बाध्य छौ , हाम्रो राज्य , सरकार योजनाबिहिन नीतिबिहिन छ , यहाको समाजसेवी एवम् वुद्धिजीवीवर्ग जमात जानेर बुझेर पनि निरिह छ, आवाज दबेको जमात छ ।
तर यसो भनेर समाजमा स्थापित खराब प्रचलनहरुको बिरुद्ध ,घरेलु कामदारका दिशाहीन समश्याहरुका बारेमा बोल्नु को तुक छैन भन्न खोजेको होइन । हो सामाजिक संजालमा मात्र हैन मिडियामा पनि कोहिले त वास्तविकताले भरिएको अपिलहरु बोल्नै पर्छ, कसैले त यथार्थ बुझाउन लेख्नै पर्छ ताकि यस्ता नेपाली चेलीबेटीहरुको विदेशको पीडा र घटनाबारे सबैले बुझ्न सकून्र र सम्भावित दुर्घटनाबाट बच्न सकून् । तर बेथिति प्रति आस्वस्त गराउन, एउटा भरपर्दाे शक्ति निर्माण गर्न र अग्रगामी बाटो देखाउन ,आफ्नो बारेमा पर्याप्त फिड ब्याक लिने उत्सुकता र आलोचना सुन्न सक्ने धैर्यता भएको व्यक्ति हुनु पर्छ किनकी गलत कुरालाई सय पटक सही भनेर सधैंभरि आफु सहि हु भनेर आफ्ना कर्तुत लुकाएर सुध्रिएको आभाष भन्दा पनि भ्रमबाट समाजसेवा गर्छु भन्ने गोयबल्सको सिद्धान्त अपनाउनेहरूलाइ असल नागरिक त के पिडित र पीडितका परिवारले पनि स्वीकार्न सक्दैन । त्यसैले समाजमा आफ्नो प्रभुत्व देखाउन, चिनिन, प्रतिशोध साधन , पिडामा परेका मान्छेको समस्यामा रजाई गर्न वा चाँडो चर्चा कमाउनका लागि मात्रै आफूलाई जागरुक अगुवाका रुपमा प्रस्तुत नगरौ ।
तर यसो भनेर समाजमा स्थापित खराब प्रचलनहरुको बिरुद्ध ,घरेलु कामदारका दिशाहीन समश्याहरुका बारेमा बोल्नु को तुक छैन भन्न खोजेको होइन । हो सामाजिक संजालमा मात्र हैन मिडियामा पनि कोहिले त वास्तविकताले भरिएको अपिलहरु बोल्नै पर्छ, कसैले त यथार्थ बुझाउन लेख्नै पर्छ ताकि यस्ता नेपाली चेलीबेटीहरुको विदेशको पीडा र घटनाबारे सबैले बुझ्न सकून्र र सम्भावित दुर्घटनाबाट बच्न सकून् । तर बेथिति प्रति आस्वस्त गराउन, एउटा भरपर्दाे शक्ति निर्माण गर्न र अग्रगामी बाटो देखाउन ,आफ्नो बारेमा पर्याप्त फिड ब्याक लिने उत्सुकता र आलोचना सुन्न सक्ने धैर्यता भएको व्यक्ति हुनु पर्छ किनकी गलत कुरालाई सय पटक सही भनेर सधैंभरि आफु सहि हु भनेर आफ्ना कर्तुत लुकाएर सुध्रिएको आभाष भन्दा पनि भ्रमबाट समाजसेवा गर्छु भन्ने गोयबल्सको सिद्धान्त अपनाउनेहरूलाइ असल नागरिक त के पिडित र पीडितका परिवारले पनि स्वीकार्न सक्दैन । त्यसैले समाजमा आफ्नो प्रभुत्व देखाउन, चिनिन, प्रतिशोध साधन , पिडामा परेका मान्छेको समस्यामा रजाई गर्न वा चाँडो चर्चा कमाउनका लागि मात्रै आफूलाई जागरुक अगुवाका रुपमा प्रस्तुत नगरौ ।
कार्तिक २६ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिन भिषा र हवाईजहाजको टिकट हात पारेर लामबद्ध भएका खुशिहरु मुद्रामा युवायुवतीहरूको ओहोर–दोहोर गरेको दृष्य हेर्दा झट्ट एउटा रहर जस्तो देखिन्छ तर हजारौं नेपालीहरु रहरभन्दा पनि बाध्यता र विवशताले रोजगारीको खोजिमा दिनहुँ श्रम बेच्न बिदेशिने क्रम बढ्दो छ भनेर प्रत्यक्ष देख्न सकिन्छ । प्यारो मातृभूमिलाई छोडेर विदेशतिर पलायन हुने हरेकका आ आफ्नै पिडा छन् , भोगाई छन् र त्यस बाट पार पाउने प्रयासहरु छन ।यहि हुलमा एउटा ठूलो सपना बोकेर उडेको एउटा पात्र म पनि हु।दशैँ मनाउन भनेर स्वदेश फर्किएको म फेरी कर्मभुमि फर्किदाको त्यो दिनको सम्झना मेरो मन मस्तिष्कमा अझै ताजा छ ।
आफ्नो जन्मभूमि ,सामाजिक, पारिवारिक ,आफन्त सँग बिछोडिनुको पीडा,मायामोह मनभरी बोकेर ठूलो जहाजसँगै उड्दै भारी मन गर्दै विदेशी भूमि तिरै फर्किने प्रक्रियामा थिए । बोर्डिंग लिने क्रममा कुवेतमा जुझारु,सहयोगी , मिलनसार ,निरन्तर संघर्षरत र कुवेतबासी नेपाली दाजुभाई-दिदीबहिनीहरुमा परिचित कुबेत स्थित नेपाली दुताबासमा कार्यरत आदरणीय मित्र सिंजाली दाइ संग भेट भयो । यात्रा रमाइलै हुने भो भन्दै बोर्डिंग लियौ । तर त्यसबेला छुटिएका हामी ओमनको ट्रान्जिटमा मात्र देखादेख भयौ । धेरै तिर बाट जोडिएर किताकाट हुदै कुबेतका लागि छुटिएका हामी नेपाल बाट आएकामा अझै केहि नेपाली थपिएका थियौ । ति मध्ये भारत हुदै घरेलु कामका लागि कुबेतका लागि आएका दुई जना नेपाली चेलि पनि थिए । घरेलु कामदारको रूपमा खाडी र मध्यपूर्वका विभिन्न देशमा जाने महिला असुरक्षित भएपछि कडा पारिएको नियम अनुसार नेपाल सरकारको नीति नियमलाइ छल्दै भारत हुदै अब अन्तिम गन्तब्यमा जाने तयारीमा थिए ।ट्रान्जिटमा बस्नुंजेल सम्म कुवेत हिडेका दिदिका कुरा मैले नि सुनी रहे,२ लाख खर्चेर भारत हुदै आएको भन्दै थिइन् ... धेरै बोल्ने ..सहजै लाग्थियो यिनी पहिले पनि बैदेशिक रोजगारमा आइसकेकी छिन तर उनि संगै भएकि साथि भने डराएको जस्तो भावमा आफ्नो टाउको सांकेतिकरुपमा हलाउथिन मात्र ।
ट्रान्जिटको बसाइमा भएका भलाकुसारीमा एक महिनाको अवधिमा कुबेतमा घरेलु कामदारका रुपमा आएका सुनसरीकी वसन्ती उराव, झापाका अम्बावरी राजवंशी र बहा मर्मुकीको प्राण पखेरु उडे संगै कुबेतको नेपाली समाजको ध्यानको केन्द्रबिन्दु बनेको कुरा बताउदै बैदेशिक रोजगारमा हामीले दुःख पाउनुको मुख्य कारण हामी जिम्मेवार नबन्नु र सरकारी निकायले जिम्मेवारी बहन नगर्नु हो दिदि । त्यहि भएर यसरि भारत हुदै तपाइँहरु चै आउनु भएछ अरु चेलीहरु चै नआउन भने । गरिबीको कारणले त् होनी भाइ जे सुकै होश भनेर आँखा चिम्लेर विदेश भासिएको दिदि ले जवाफ फर्काइन ।
हुन पनि हो महिला हुन् कि पुरुष हामी सवै घर परिवार, ब्यबहार र आर्थिक विपन्नताले गाँजिएर भविष्य खोज्दै त् हो नि श्रम बेचेर पैसा कमाउन जे जसरि जहाँ सकिन्छ त्यसरी नै विदेश लागेका त हौनि । गरिबीको पिडा र त्यस बाट उन्मुक्ति पाउने चाहनामा घरेलु कामदारका रुपमा खाडी जान नदिने नीति कानून र देशको अनुरोध, विभिन्न मानवअधिकारकर्मीको सल्लाहले जसरि नेपाली दिदिबहिनीहरु लाइ रोक्न सकेको छैन त्यसै गरि नेपाली पुरुषहरुलाई पनि इराक , अफगानिस्तान ,लिबिया र सिरिया जान रोक्न कहा नै सकेको छ र ? दिदीको कुरा सुनेर यस्तै कुराहरु मनभरी फत्की रहे ।
सवैलाइ ट्रान्जिट बाट मुक्ति दिन ४५ मिनेट जति पर्खे पछि बस पनि आईपुग्यो ....सवैको कर्म भुमि आउने भएर होला ओमान बाट कुबेतको लागि यात्रा गर्ने बेला प्राय नेपालीहरुमा बढी कौतुहलता, उत्साह, उमंग अनि खुशी देख्न सकिन्थियो ।उक्लेर सबैजना प्लेनको आरामदायी आ-आफ्नो सिटमा गएर बस्यौ र आफू सँग भएको झोला सिट माथिको सामान राख्ने ठाउमा राखे,देखे मित्र सिंजाली दाइ मेरो अपोजिट तिरको अघिल्लो सिटमा हुनु हुदो रैछ ।दाइ संगै मस्कट बाट थपिएकी नेपाली चेलीहरु मध्ये एक रैछिन । संजोगले उनी संगै कि ति नया चेली चै धेरै पछाडी सिटमा परिछन ....उनी अझै उभिएर आश लाग्दो गरि अघिल्ल तिर हेरिरहेकी थिइन् । अनन्त सवै आ -आफ्नै सिटमा बस्यौं , सारा चहलपहल सामसुम, सुनसान हुन पुग्यो माहोल ...... सवै दृश्य गायव हुर्दै प्लेन उडयो । उडेको केहि समय देखि मित्र दाइ र चेलिको गफ सुरु भयो । सरकारले नै वैध बाटो बन्द गरेपछि सरकारको नयाँ निर्णयको पर्खाइमा बस्न सकिएन त्यहि भएर २/२ लाख खर्च गरेर दुइ हप्ता लगाएर भारत हुदै आइयो दाइ , के गर्नु पोइसा कमाउने पर्यो ,बालबच्चा घर परिवार सवै हेर्नु पर्छ । ट्रान्जिटमा सवैको सामु बोलेका यिनै कुरा मित्र दाईलाई बताउदै थिइन् । आफ्ना कुरा हावी गर्दै बोल्दै आएकी यी चेलीले फ्याट सोधिन दाइ तपाइँ कम्पनीमा काम गर्नु हुन्छ हो ? नेपाली दुताबासमा काम गर्छु मित्र दाईले जवाफ दिनु भयो । त्यस पछी अघि सम्म हाबी भएकी चेलीको आवाज दबिएको जस्तो अलि कम भयो ।केहि समय मै खाना आयो...सवै खान व्यस्त चेली पनि त्यति बोलेको सुनिएन ..... ।
बैदेशिक रोजगारमा महिला पुरुष आउनु नौलो विषय होइन। तर एक महिनाको अवधिमा कुबेतमा घरेलु कामदारका रुपमा आएका ३ जना चेलीको निधन संगै शोकाकुल बनेको कुबेतको नेपाली समाजमा अर्को पिडा यसै साता थपिएको छ । भारतीय बाटो हुँदै कुबेतमा घरेलु कामदारका रुपमा आएकी काठमाडौंकी २७ वर्षीया अनिता शाक्यको कुवेत आई पुगेको १४ दिनमै उनलाई बन्दी बनाइ राखेको हवालीस्थित ऐजेन्टको घरबाट भाग्न खोज्दा घरको तलाबाट खसेर मृत्यु भएको खबर सुनियो । घटनामा भारतीय बाटो हुँदै आएकि शाक्यलाई ल्याउने ल्याउने म्यानपावरविरुद्ध दुताबासले पनि कारबाहीको पहल गर्न नसकेको सुने पछी ट्रान्जिटमा भेटिएकी ति दुइ चेलीलाई सम्झी रहे ।
एकातिर यस्तो यस्ता घटनाहरूबाट हामी नेपालीहरूले ठूलो पाठ सिक्नु पर्ने खाचो त् देखाएकै छ अर्को तिर वैदेशिक रोजगारीमा गएका महिला अलपत्र हुँदा , निधन हुदा त्यस्ता महिलालाई कसरी उद्धार गर्ने र क्षतिपुर्ती भरण पोषण गराउन नसकिने अवस्था सृजना भएको सुन्दा सरकारले महिलालाई घरेलु कामदारमा पठाउन रोक्दा त्यसले झन् जोखिम बढाएको पो होकि ? घरेलु कामदारमा पठाउन राम्रा रोजगारदाताको खोजी सरकारले गर्न पो नसकेको होकी ? रोजगारदातालाई जिम्मेवार बनाउने नीति नियम कानुनको आवश्यक पो छकि ? सीप सिकाउने , नेपालमै रोजगारको ब्यबस्था पो गर्न नसकेको होकी ? जस्ता दर्जनौ प्रश्नले हामीलाइ घेरा हालेर किंकर्तव्यविमूढ अवस्थामा उभाएको छ । ‘मलार्इ खाने बाघले तँलार्इ पनि खान्छ’ भनेझैँ यस्तो अवस्था भोलि कुनै पनि बेला हामी मध्ये कोहीलार्इ पनि आइलाग्न सक्छ । अत सरकारले यसलाई व्यवस्थित गर्न सक्नुपर्छ । बैदेशिक रोजगारमा आउने र ल्याउनेले पनि आफ्नो भूमिका निभाउनुपर्छ। असुरक्षित बन्दै गइरहेको हाम्रो बैदेशिक रोजगारको आखिरीमा दोषी को ......? अनिता शाक्यको मृत्यु हामी सबैको साझा नियति हो त्यसैले सत्य तथ्य खोजि गरि यस किसिमको सस्कार लाइ निरुत्साहित गरौ ।
मेरो पिता पूर्खाले अर्जेको मुलुक भंदै २५० बर्ष देखी राज गर्ने राजाहरू आम नागरिक बनेको जिउदो इतिहास आफनै अघि साक्षी राखेर हजारौ लाखौ श्रोताले आँखाको नानीमा सजाएका हाम्रा केही कलाकार बाट धर्मविरुद्ध सार्वजनिक रुपमा बिष बमन गरेको सुंन्दा, आफु ठूलो जातको हूँ भन्दै अरुलाई गुहूँ भन्दै सार्वजनिक अभिब्यक्ति दिएको सुन्दा यिनले नेपाली कला क्षेत्रलाई लगायका गुण क्षणभर मैं सबै फिक्का भएका छन् ।
एउटा कलाकारले कुनैपनि धर्म, जातमा अलझिएर बोलनु भनेको मानवीय चेतना र नैतिक शिक्षाको धॆरै कमी भएको बुझाउनु हो । आफ़नो दम्भ र अहंमता छताछुल्ल भएर पोखनु हो ।
जुन उठाउन धेरै समय लाग्न सकने मात्र हैंन , दर्शकको आँखाको नानीमा बर्षौ कमाएको ईज्जत र प्रतिस्ठा कसिंगर भएर पल भरमैं बिराज हूँनछ।त्यसैले आदरणीय कलाकार ज्यूँहरू धर्म र जात भन्दा माथि उठ्न सिकौ , समाजमा बिधमाँन कुरीति र कुप्रथालाई सिरोधार्य गरी म ठूलो जात र म मात्र सही भन्ने कुलसित सोच बेलैमा त्यागौ ।
©गोपाल शिवा
बैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय , बिबिद्य अावश्यकता र बाध्यताका पर्खालहरूलाई पार गर्नका लागी जागीरका सिलसिलामा ४० लाख भन्दा बढी नेपाली युवाहरू बिदेशी भुमिमा श्रम गर्न बाध्य भइ बिदेसिएको तथ्य हामी माझ छर्लङ्ग छ। हो तिनै लाखौं बिदेसिएका युवाहरू मध्यको एक म पनि एक पात्र हुँ । घाम झुल्कने र डुब्ने नित्य कर्मको दुई फेरोभित्र कम्पनिमा कार्यरत केहि सय हामी नेपाली युवायुवती कम्पनीले दिएको फरक फरक जिम्मेवारी बहन गर्न दैनिक दौडधुपमा लागि रहेका हुन्छौ । हातगोडा सद्दे हुदा सम्म प्रवासी जीवनको रथ सायद यसैगरी सहज र स्वाभाविक चलिरहन्छ जस्तो लाग्दो रहेछ ।तर, समय सधैं एकनाश नरहने रैछ । पञ्चतत्वले बनेको मानव शरीर कुन मोडमा अशक्त हुन्छ , बिरामी हुन्छ भनेर हेका कहिल्यै नहुने रहेछ ।
नियमित डिउटी गरिरहेका रुममेट भाई दुई दिनको पेट दुखाइ पछि कार्यस्थल नजिक किल्निक्मा गएछन । पेन किलर ठिक हुन्छ भनेर आश्वाशन दिएर पठाएको किल्निक्को औषधिले दुई दिन खादा पनि छेउटुप्पा नै छोएन । भाईलाई झन दुख्न थालेको भने पछी इलाकाको ठुलो भनिएको आदान अस्पतालमा गइयो । किल्निकको सिफारिसको आधारमा मात्र बिरामी लिने नियम बनेको आदान अस्पतालमा पाएको जानकारी अनुसार सिफारिस लिन भनेर फर्वानिया किल्निक त कहिले एयरपोर्ट किल्निक्मा धाइयो ।दुइ दिन सम्म धाउदा पनि उही पेन किलर दिएर ठिक हुन्छ भनेर आश्वाशन पाउने मात्र काम भयो तर बिसको उन्नाइस भएन र सिफारिस पनि पाइएन । झन्डै ५ दिन देखि दुखाइ सहदै आएका भाइका अनुसार लगातार पेटको दाँया र बाँया दुख्ने, कहिले नाइटो दुख्ने र पेटको तल या माथि दुख्ने गर्दथ्यो। त्यस पछी महबुला स्थित अलिया अस्पताल गएर जचाउने कुरा भयो र त्यतै लागियो । त्यहा पेट दुखेर आएको आफूलाई चेक जाच गरेर आदान अस्पताल जान रिफर पेपर चाहिएको कुरा सुनेर रिसिप्सनले बिरामी फाइल खोल्न र चेकजाच गर्न मिनिमम ३०/४० केडी लाग्ने र औषधि, इन्जेक्सन , एक्सरेको छुट्टै गरि ८० /९० केडी लाग्ने बरु मुवारक अल्कबिर तिर जान सुझाब दिए । उपाचार होला कि भन्ने आशा बोकेर फर्वानिया किल्निक,एयरपोर्ट किल्निक,अलिया अस्पताल,आदान अस्पतालको चककर भाइ संगै ट्याक्सीमा काटियो। चक्कर काट्ने क्रममा उपचार नपाइएला कि, यसरि नै सवै तिर बाट यहा होइन भन्दै फ़र्काइएला कि भन्ने आशंकाले भाइ संगै पछिला दिन देखि अस्पताल धाएको मेरो मनलाई गाजी रहयो ।अनन्त भाइलाइ दुखाई यथावत भए पछि आज झन्डै एक हप्ता पछी मेट्रो मेडिकल कियर फर्वानियामा गएर चेक जाच गरियो । गुणस्तरीय, भरपर्दो र सस्तो एवं सुलभ शुल्कमा उपचार सेवा दिने मेट्रो मेडिकल कियर पुगेर सवै जाच गरे पछी बल्ल थाहा भो भाइलाई अल्सर भएको रहेछ ।
मानिसले जीवनमा भोगेका साझा रोगको सूची तयार गर्ने हो भने पेटसम्बन्धी रोग नै अग्रस्थानमा आउँछ । प्राय जसो बहुसंखय्क नेपालीहरुको एकै कामको प्रकृति भएको प्रवासमा राम्रोसँग निदान र उपचार नहुँदा वर्षौंदेखि पेटसम्बन्धी समस्या पालेर हिँड्ने नेपालीहरुको संख्या निकै ठूलो छ । चिकित्सकहरूका भनाइमा जीवनशैली, खानपान, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको पेटको रोगलाई सामान्य रूपमा लिने बानीले पछिल्ला दिनमा सुरुमा झाडापखालादेखि, ग्यास्ट्रिक, अल्सर हुँदै क्यान्सर सम्म हुने गरेको देखिदै आएको छ ।त्यसैले सधैं स्वास्थ हुनु अावश्यक छ। अझै बिदेशी भुमिमा स्वास्थ हुनु अति अावश्यक छ। बिदेशी भुमिमा अाफ्नो स्वास्थ्यको ख्याल अाफैं गर्नु पर्ने हुन्छ।
यहाँ बिरामी भएमा साह्रै कष्टकर हुदो रहेछ भन्ने कुरा माथि भाइले दुखेको पेट समाउदै काटेको एक हप्ताको चक्कर बाट थाहा हुन्छ । सामान्य बिरामी पर्दा घरमा भए एउटा आउथ्यो, अर्को आउथ्यो र “ए के भयो ? ए पेट दुखेको हो ? यसो गर उसो गर ठीक हुन्छ” भनेर सहानुभुती दिन्थे तर यहाँ त संगै भएका साथीहरु पनि नुनको सोझो गर्नमा नै व्यस्त छन । गुनासो पनि कसलाई गर्नु सवैको आआफ्नै समस्या छन , जिम्मेवारी छ , डिउटीको समय छ । अर्को तिर एक्लै अस्पताल जान पनि झन्झटिलो प्रक्रिया,थोरै तलब खाने हामी नेपालीको आर्थिक समस्या , बिरामी पर्दा त काममा जानु पर्ने बाध्यता र बिरामी अवस्थामा अाफ्ना घर परिवारको मायाँ एवं साथ अनि हेरचाह नपाइने यो प्रवासी दैनिक जीवन कति कष्टकर र पिडादायक हुन्छ म शब्दमा ब्याख्या गर्न सक्दिन त्यसैले सकभर आफ्नो जीवनशैलीमा सामान्य ध्यान दिऊ किनकि रोकथाम असहज छैन ।
संसारमा बहादुर नेपाली, इमानदार नेपाली, नुनको सोझो चिताउने नेपाली इत्यादि विश्लेषणको तक्मा छाती भरि लाएर श्रम गर्दै देशको अर्थतन्त्रमा रेमिटेन्स पठाएर उल्लेख्य भूमिका खेल्ने हामी नेपाली प्रवासमा बिरामी हुदा पनि प्रक्रिया नबुझेर , नजानेर र पहुच नपुगेर रोग पाल्दै प्रताडित धेरै हुनु परेको छ। यो र यस्ता पिडादायी कुरा सुनेर बिदेशमा रहने नेपालीको समस्या र भोगाई हो भनेर अध्ययन अनुसनधान गरि नेपाल सरकारको सरोकारवाला निकाय एव नेपाली राजदुताबासले नेपाली समुदाय संग बिरामी भएमा कहा कसरि उपाचार गर्न जाने भनेर समय समयमा चेतना मुलक तालिम र काम गर्ने देशमा भएको परिवर्तित नियम एव जानकारी गराउने सके बिरामी परेको आपतकालिन अवस्थामा धेरै नेपालीहरुलाइ मदत पुग्ने थियो कि !
बैदेशिक रोजगारले सामाजिक संरचनामा पारेको बिचलन , तनावमय र पीडित हुँदै आएको नेपाली समाजको साक्षी तपाई हामी छौ ।त्यस्तै अर्को तिर मातृभूमिको न्यानो काख छोडेर सपनाको पोको बोकेर खाडी छिरेका नेपाली समाजका युवा हुन् कि युवती आफ्नो भावाना अटाउने र मन मिल्ने साथीको खोजी र फेरफारमा धेरै जना बरालिंएको देखेका छौ । आज यस्तै प्रकृतिको एक जना नेपाली भाइ र फिलिपिनी चेलीको प्रेम जीवन र भोगाइको साक्षि बक्दैछु । केहि बर्ष अघि बिदेशमा आए संगै यी जोडीले प्रवासमा एक्लो हुनुको पीडालाई तिलाञ्जलि दिन एकाअर्काको लागि नै यो संसारमा बनेको भनेर हिमचिम बढाए , सवै कुराको मोह त्यागेर कम्पनीले बस्न दिएको सुबिधा सम्म लत्याएर आफै डेरा गरि बाहिर बस्दै रमाए ।दुवैको बिगत के थियो कुन्नि तर देख्ने ले समेत यिनका मायाका पूर्ण दिन ,सुखद अनुभूति ,स्वर्गीय आनन्द भएको ठहर गरे ।
मौसम जस्तै फेरी रहने डिउटीले गर्दा धेरै दिन भएको थियो यी जोडीलाई मैले नदेखेको ।पछिला केहि दिन देखि बहिनिलाई मात्र सकी नसकी बोझिलो मन लिएर बडेमाको पेट लिएर डिउटी गर्न गएको देख्छु । नेपाली भाइ संगै सिटमा बसेर हासो पोखिरहने बहिनि अहिले आँसुले पोतेका आफ्ना कथा र व्यथाको आलो पेन्टिङ टाँगेंर मौन भएर बस्छिन ।चोइटा मन लिएर बाध्यताको गह्रुङ्गो पाइला चाल्दै काममा जाने आउने गर्छिन । मनभरि ति संगै हुदाका मित्रवत् रगत सिञ्चित गरिरहे पनि आखिर धोकाको झोक्का खेप्न बाध्य छिन ऊनि । आफ्नो पेटमा हुर्किँदै गरेको सन्तानको मायामा यिनी सर्जाम जुटाउन सकि नसकी काम गर्दैछिन । मनभरिको जिज्ञाशा यताउति सुनेपछि पो थाहा भो काँचो धागोजस्तै यिनीहरुको नाता त उहिले नै पो टुटीसकेको रहेछ । बहिनिको पेटमा बच्चा बस्यो भने पछी सुरु भएको गम्भीर खटपटले सधै केटीको झोला बोकेर आउने भाइ त आफ्नो कर्तुतुको झोला बाधेर थाहै नदिई रातारात नेपाल पो पुगी सकेछन । नेपाली युवा बाट प्रताडित बनेकी यी फिलिपिनी बहिनिले आफु संगै काम गर्ने अरु नेपालीलाइ आफ्ना वरीपरी देख्दा भित्रभित्रै कति रिस उठ्दो हो ?
नेपाली भाइ र फिलिपिनी बहिनिको जीवनमा के त्यस्तो भयो, दुवैले मूल्याङ्कन गरेका होलान् ।तर जब जब यी बहिनीलाइ देख्छु अनि किंकर्तव्यविमूढ बनेर प्रश्नको ठेलीहरु पल्टदै मेरो मनले मलाई सोध्छ -के माया , विश्वास यति चिसो ,निरस र पिध नभएको लोटा जस्तो हुन्छ ? किन आज भोलि प्लास्टिकका सामान जस्ता हाम्रा मनहरुपनि प्लास्टिक-जस्तै भएका ? मनलाई, आत्मसम्मानलाई चटपटे खाने कागजमा गुटमुट्याएर फाले जस्तो यसरि दुइ जिउको भए पछी केहि बर्ष संगै संगै कुम जोडेर बसेकी प्रेमिकालाइ मानवीय समबेदना समेत बिर्सेर बहादुर भनेर परिचय बनाएको नेपालीले कसरि छाडेर कायर जस्तो भाग्न सकेको ? जवाफ त् मनले भेट्दैन तर यिनै फिलिपिनी बहिनिले जस्तै बेला बेलामा मायाको नियति भोग्न विवश हाम्रा नेपाली दिदीबहिनीहरू विदेश बाट अनुहार भरि लुकेको पिडा र आफ्ना माया प्रेमको निशानी बोकेर आफ्नै आँखाले नेपाल फर्किएको प्रत्य्क्ष र समाचारहरुको हेडलाइन बन्ने गरेका देख्दा चै टिट फर टाट भएको पो रहेछ भन्ने लागि रहेको छ ।
मुनामदन जस्तो एक अर्काले जति कुरे पनि माया नमार्ने सस्कार बाट हुर्किएको नेपाली समाज पछिल्लो समय पश्चिम मुलुकको सस्कार बाट प्रभावित बनेर मुनामदनको भन्दा गहिरो माया–पिरती भएका युवायुवतीहरु सम्बन्धमा केही समय रहेपछि, नयाँपन पाउन छाडेपछि त्यसबाट अघाउने र बन्धनको रूपमा लिने र जीवन बर्बाद बनाउँने तिर उद्दत हुदैछन् । जसको गतिलो उदाहरण यी नेपाली भाइ र फिलिपिनी बहिनि बनिन र यस्तो प्रकृतिको नियति प्रदेशमा लागेका र घर देशमा भएका हाम्रा धेरै नेपाली दाजुभाइ दिदीबहिनीको साझा नियति पनि बन्दै गएको छ । कुनै एक नेपाली चेली विदेश बाट पेट बोकेर घर फर्किन भने नेपाली समाजमा जिउन कति लाल्छना र चुनौतीको सामन गर्नुपर्छ ? सायद त्यो हेकका भाग्ने नेपाली भाइलाई नहोला तर यो संसार गोलो छ र सबैको कर्मको हिसाब किताब बुझाउने पालो आउछ । मलार्इ खाने बाघले तँलार्इ पनि खान्छ’ भनेझैँ यस्तो प्रकृतिको घटना भोलि कुनै पनि बेला यिनै भगुवा भाइका छोरीचेली आफन्त या नेपाली युवायुवती कोहीलार्इ पनि आइलाग्न सक्छ ।
असुरक्षित बन्दै गइरहेको यो विश्वमा कुनै पनि बेला जस्तै मै हु भन्नेको पनि दिन बिग्रन सक्छ । हुन् सक्ला माया गराई र्भोगाई र बुझाइकोआफ्नै तय तरिका होला तर गाँस, बास र कपासको लडाइँमा होमिएका आफु जस्तै अरु देशका युवायुवती बिचरा तीन लाइ मायाको अनुभूति गराएर सकभर पीडाको बोझ दिएर असह्य पिडा संगै बाच्न बाध्य बनाउने परिस्थिति सृजना गरेर कुनै पनि नेपालीले निष्ठुरीको उपमा नपाऊन ।माया र सहृदयी भावलाइ कुनै पनि भूगोल र जात धर्म ले छेक्दैन । त्यसैले नेपाली र बिदेशी युवा युवतीको मायामा ट्राजेडीको शृङ्खलाको अन्तिम पात्र यिनै भगुवा नेपाली भाइ र पिडाको दलदलमा हेलिदै गरेकि यिनै फिलिपिनी बहिनि नै बनून् । इति
समाजमा बसेपछि त्यसप्रति सबैको दायित्व हुन्छ, सकेको जानेको आआफ्नै दायित्व निभाउने तय तरिका हुन्छन ।समयको प्रभावसँगै सात समुद्र पार आइ पुगेर पनि पत्रकारितालाई माया मार्न सकिएन । केहि बर्ष अघि देखि नेपालमा गरेको पत्रकारिताको तलतल लाई झन्डै एक लाख जति नेपाली रहेको कुबेतमा नेपालीका समस्या र सफलतासँग नजिक बनेर बनाईएका लेख र समाचारले कुनै आफ्नै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको दैनिकी परिवर्तन पो गर्न सकिन्छ कि ? भन्ने पवित्र उदेश्यले आफु बसेको यहाको समाजलाई सुसूचित गर्ने, सचेत र सजग बनाउने जिम्मेवार समाजका अघोषित पहरेदार सिपाही बनेर सकेको दायित्व निभाउन हामी क्रियाशील छौ । एकातिर समाचार लेखे बापत आफ्नै तलब बाट ईन्टरनेट खर्च र कार्यक्रम स्थल सम्म गाडी भाडा तिर्दै आएका छौ भने अर्को तिर समाचार लेखेकै भरमा कुनै पनि बेला जो कोहीबाट डर, त्रास तथा धम्कीको सामना गर्नुपर्ने स्थिति रहदै आएको छ । यस्तै चुनौतीका बिच पनि कुबेतमा २ दर्जन भन्दा बढी पत्रकार क्रियाशिल छौ ।
कुबेतमा बस्ने नेपालीहरुको चासो र सरोकारका बिषयलाई उच्च प्राथमिकताका साथ सही समयमै खुलस्त पार्नु हामी पत्रकार र मिडियाहरुको प्रधान दायित्व हो । यहि जगलाई टेकेर नेपाली राजदुताबास र नेपाली समाज कुबेतका बिचमा पत्रकार महा संघ बैदेशिक शाखा कुबेतको भूमिका बिषयक एक अन्तरक्रिया कार्यक्रम आज नेपाली राजदुताबासको हलमा सम्पन्न भएको छ । समग्रमा कार्यक्रममा सहभागी दुताबास र नेपाली समाजको बुझाइमा नेपाली मिडियाहरु पनि समय सापेक्ष ब्यवस्थित, मर्यादित, परिष्कृत एवं थप जिम्मेवार हुनु पर्ने रहयो भने आफुलाई सुचनाको सम्बाहक ठान्ने हामी पत्रकारहरुले प्रवासको पत्रकारिता अत्यन्त जोखिम र चुनौतीपूर्ण रहे पनि पेशागत धर्म र मर्मलाई केन्द्रमा राखी हामीले गर्ने पत्रकारितामा यहा कै नेपाली समुदायको सहयोगी भूमिका आवश्यक रहेको भन्दै आपेक्षा गरियो ।
देश होस् या प्रवास, हरेक समाज र समुदायमा संचारको भूमिका उल्लेख्य हुन्छ । यहि भूमिका निर्वाहा गर्दा नेपाली समाजमा देखिएका बिकृति सुधार गरौ भन्दै बिकृतिको बिरुद्ध कलम चलाउँदा , पत्रकारितालाइ समाजसेवाको रुपमा अंगालेर काममा बगाएको पसिना अलावा दिन रात खटेर राखेको निशुल्क सूचना शिविरको पुरस्कार आफ्नै समाजका अगुवाहरुबाट तारो समेत बन्नु पर्दा चै निकै नमिठो अनुभूति हुदो रैछ ।त्यहि भएर आज आयोजना गरिएको कुबेतका नेपाली पत्रकारिता सँग गाँसिएको सामाजिक अन्तरक्रियाले नेपाली समाजमा संचारको भूमिकाको अनुभूति गर्ने चेतनाको निर्माण गर्नु मुख्य उदेश्य थियो। सुसुचित नेपाली समाज निर्माणका लागि संचारको प्रमुख भुमिका हुन्छ भन्नु थियो । एउटा कुशल पत्रकार जहा रहे पनि समाज र देशको कुशल नागरिक हो त्यसैले सभ्य नेपाली समाज निर्माणका लागि निस्वार्थ र स्वच्छ पत्रकारिताको आश्यकता कुबेतमा छ भनेर नेपाली समाजलाइ प्रतित गराउनु थियो । कुबेतको नेपाली समाजमा भए गरेका राम्रा नराम्रा सबै कुरा उजागर गर्दा एव समाचार लेखेको वा नलेखेकै भरमा कुनै पनि बेला कुनै पनि पत्रकारमाथि हुन सक्ने संभावित खतराको डटेर सामना गर्न र पत्रकारिता क्षेत्रलाई थप मर्यादित र ब्यवस्थित तुल्याउन पत्रकार महासंघ बैदेशिक शाखा कुबेत छ भनेर बुझाउनु थियो । पत्रकारिताको दीर्घकालिन यात्रामा आइपर्न सक्ने चुनौतीहरुको सामना गर्न जुनसुकै बेला आफुलाई आन्तरिकरुपमा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुबेत तयार छ भनेर यसमा आबद्ध पत्रकारलाई प्रत्याभूत गराउनु थियो । फलस्वरूप संचारको भूमिका सर्वाधिक महत्वपूर्ण हुनेमा विमति नगरी अहिले सम्मका परिस्थिति र बस्तु स्थितिका चिरफार गर्दै नेपाली राजदुताबास ,नेपाली समाज कुबेत र पत्रकारहरुको एक अर्काका भूमिकाका बारेमा छलफल र अन्तरक्रिया गर्दै कार्यक्रमको समापन भयो ।
कार्यक्रमको समापन संगै हामीले आफ्नो काम धन्दा गरेर बचेको नितान्त व्यक्तिगत समयलाई सदुपयोग गर्दै कलम चलाएर सूचना फैलाउदा सम्प्रेषित सामाग्री कत्तिको संवेदनशील छ र यसले समाजमा सकारात्मक वा नकारात्मक कस्तो भूमिका खेल्ला भन्ने कुराको हेक्का राख्दै सामाजिक दायित्व र जिम्मेवारी अझ बढी सम्झिन जोड दिएको छ । हामीलाई थाहा छ पत्रकारिता सेवामुलक कार्य भए पनि जश नपाउने पेसा हो फेरी पनि आजको कार्यक्रम बाट हामीलाई जस्तै कुबेतका नेपाली समाजलाइ प्रस्तुत सामाग्रीमा अलिकति नकारात्मक कुराबाट प्रस्तुत नभई सल्लाहा, सुझाब र प्रेणा दिन अझ बढी जोड मिलोस् ।त्यहि नै हामी सूचनाका संवाहकको सहोभाग्य हुनेछ । हामी सवैको जय हुनेछ ।