हरेक वर्ष लाखौं महिला र पुरुष अनुहार काम तथा दामको खोजीमा नचाहँदा–नचाहँदै पनि वैदेशिक रोजगारमा जान बाध्य छन् । तथ्यांक नियालेर हेर्ने हो भने पुरुषको तुलनामा महिला निकै कम जाने गरेको पाइन्छ । घरपरिवारले अनुमति नदिएर हो वा समाजको डरले वा आर्थिक कारणले वैदेशिक रोजगारको लागि महिलाहरूको पाइला कम सरेको देखिन्छ । यसका साथै सरकारबाट बेलाबखत लगाइने प्रतिबन्ध र खाडी तथा मलेसिया जस्ता गन्तव्य मुलुकमा हुने महिलाको वैदेशिक रोजगारीप्रति नकारात्मक सोच एवं धारणा पनि यसको प्रमुख कारण रहेको विभिन्न अध्ययनबाट देखिन्छ । तर पनि वैदेशिक रोजगारबाट महिलाहरूले पुर्याएको योगदानलाई कम आँक्न भने सकिन्न । बितेका एक दशकमा नेपाली महिला वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देशमा गएका छन् । नेपालका धेरै घरपरिवार नेपाली महिलाले विदेशमा बगाएको पसिनाले धानेको तथ्य कसैबाट लुकेको छैन । चुलाचौकोमा सिमित नेपाली महिलाहरु व्यक्तिगत रुपमा स्वदेशमा केहि गर्न सकिएन भने विदेशमा गएर भएपनि मैले कमाउन सक्छु भन्ने आत्मबल आएको छ । यसलाई सकारात्मक नकारात्मक भनेर विश्लेषण गर्नु भन्दापनि यो आत्मबलले आफूले आफूलाई नै हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । वैदेशिक रोजगार भनेको महिला, पुरूष दुवैको लागि अवसरको खोजी हो भनेर बुझाएको छ । अझ खास गरि पुरुष संगै वैदेशिक रोजगारमा महिलाहरु जाने क्रमले नेपाली महिलामा आत्मबलको विकास भएको र महिलाहरुको सशक्तिकरण हुदै गएको एव महिलाहरुले पनि मौका पाए भने कमाउन सक्छन भने अध्ययनहरुले तथ्यहरु देखाएका छन् ।
गरिबी, घरेलु हिंसा र परिवारको आर्थिक स्थितिका कारण वैदेशिक रोजगारमा जाने आउने अधिकांश नेपाली दिदी बहिनीहरु अहिले पनि खास गरि खाडीमा आएर घरायसी काम मै सिमित भएको पाइन्छ । केहि अपबादलाई छोडेर अन्यको कुरा गर्ने हो भने घरेलु काममा आउने अधिकांश नेपाली दिदिबहिनीहरु अवैध तरिकाले आउने र घर भित्र रहेर काम गर्नु पर्ने भएकाले आफ्नो आधारभूत मानव अधिकारबाट समेत वञ्चित हुने गरेका छन् । अझ त्यस माथि यिनलाई यता प्रलोभन र लोभ देखाएर ल्याउने दलाल तथा मेनपावर एजेन्सीले एउटा काम भनेर अर्को काम दिने, एउटा देश भनेर अर्को देश लैजाने प्रवृत्ति समेत देखिएकाले धेरै नेपाली दिदीबहिनीहरु धेरै किसिमको हिंसाको शिकार हुदै आएका छन् । समयमा तलब नदिने, शारिरिक शोषण, बलात्कार, घरमा समय समयमा सम्पर्क गर्न नदिने, सोचे जस्तो नभएपछि मानसिक स्थिति गुमाउने देखि आत्महत्या गर्ने र मृत्युबरण समेत हुदै आएको धेरै घटनाहरु सार्वजनिक भएका छन । समृद्धिको सपना बुनेर घर परिवार छाडेर विदेशी भूमिमा काम गर्न आएका नेपाली दिदीबहिनीहरुले समस्या पर्दा आफनो राजदूतावाससंग सम्पर्क गर्न समेत नसक्ने, परिवारसंग बर्षौ सम्पर्क विहिन अवस्थामा बस्नु पर्ने जस्ता अनेकौं समस्याले जेलिएर आर्थिक र शारीरिक शोषणबाट प्रताडित हुदै बाचेका छन्।
यसै साता मात्र मैले यस्तै अमानविय रुपमा प्रताडित भएकी घरायसी कामदारको रुपमा साउदीमा काम गर्दै आएकी राेल्पा जिल्ला पाखापानि, रातामाटा वडा नं.४ घर भएकि चिन्ता कुमारी खत्रीको साउदी अरवकाे रियाद स्थित वादी अल दावसिर हस्पिटलमा शव अलपत्र रहेकाे घटना सार्वजनिक भएको थाहा पाए ।सबैभन्दा दुखको कुरा आफ्नी श्रीमतीको इज्जत भन्दा पैसालाई ठुलो मानी उनकै कमाईमा रमाउने श्रीमान निधन भएर आफ्नी श्रीमतीको लाश अस्पतालमा राखिएको छ भन्ने कुरामा समेत अनभिज्ञ रैछन भने साउदीमा रहेको राज्यको निकाय पनि बेखवर रहेको पाइयो ।
जाँड रक्सिमा झुत भएर श्रीमान दिन दिनै हिड्ने घर ब्यबहारमा आफ्नो भूमिका निर्वाहा नगर्ने गरे पछी आजित भएर दुइ छाेरा र एक छाेरीको लालन पालन र साहुकाे ऋणको बोझ कम गर्न भनेर भारत तिर संगिनीहरु संग कामको खोजीमा हिडेकी चिन्ता कुमारीलाइ बोर्डर बाटै माइती नेपालले फर्काइ दिएछ। त्यस पछि बाध्य भएर पतिका आफन्त समेत रहेका विदेश पठाउने एजेन्टको सम्पर्कमा पुगेकी चिन्ता कुमारी केहि बर्ष अघि नेपाल बाट कुवेतमा घरेलु कामदारको रुपमा काम गर्न आइपुगेकी रहेछिन । कुवेतबाट दलालले साउदी पठाए पछी साउदीको वादी-दमासार भन्ने ठाउमा साउदिको घरमा काम गर्ने सिलसिलामा उनले धेरै कस्ट भोग्न बाध्य भैछिन ।आफै बिरामी पर्दा पनि उपाचार नपाई काममा खटिरहनु पर्ने बाध्यता भए पछी आफुलाई पठाउने एजेन्ट जो श्रीमानका साथी थिए उनलाई सयौ पटक हार गुहार लगाई छिन ।
आफु समश्यामा पर्दा आफन्त बाट उनले कहिले आस्वाशन समेत पाइनछिन त्यसपछि आफु संग सम्पर्कमा रहेका नेपालीलाइ दाजुभाईलाइआफुलाई उद्दार गर्न आग्रह गरिछिन ... बिरामी छु मलाई साहुले उपाचार नगरी काममा याताना दिदै दिन रात गराइरहेको छ भन्दै छटपटाइरहेकी चेलीको चित्कार सुनेर कयौ पटक राजदुतावास सम्म खबर पुराउन दाजुभाइहरुले प्रयास पनि गरेछन । तर नेपाली कामदारहरु बिचल्लीमा परेर दुतावासलाई हारगुहार गर्दा खाडीका दुतावासमा सम्पर्क गर्दा फोन नउठ्ने त पुरानो चलन नै छ । अनन्त यहि भयो ...कति प्रयास गर्दा पनि यस्तो अबश्थामा दुतावासमा फोन गर्दा पनि कुनै सहयोगको आस्वासन त के दुतावासको फोन नै उठेनछ । आज चेलीको निधन भएको र अस्पतालमा लास रहेको कुरा सार्वजनिक भए पछी यी दाजुभाइहरु पनि स्तब्ध भएका छन । समश्यामा परे भन्दै उदारको लागि बारम्बार आग्रह गर्दा समेत पति र पठाउने एजेन्टले गरेको बेवास्ता र अहिले निधन भए पछी उनका पतिले देखाएको ब्यबहारले के मान्छे यति सम्म नि मानवता हराएको हुन् सक्छ र ? भनेर प्रश्न गरिरहेको छ ।त्यति मात्र हैन आफ्नो देशको राजदुतावास हुदा हुदै र लाखौ नेपाली दाजुभाई दिदि बहिनीहरु हुदा हुदै यसरि कुनै पनि नेपालीले कुकुर बिरालो झैँ मर्न न परोस् ! यो दुःखद घटना बारे नेपाली दुतावास साउदीले अब र आउने दिनमा कस्तो भुमिका खेल्नु पर्ने हो प्रश्न तेर्शिएको छ ।
अझ निधन भएको जानकारी दिदा पनि श्रीमतीको निधन प्रतिको शोक भन्दा पनि आफ्नो स्वाभिमान र कर्तब्य भुलेर श्रीमतीको लाश झिकाउने , पठाउने लाइ कारवाहीको दायारामा ल्याउने भन्दा पनि श्रीमतीले बिमाको हकवाला कसको नाममा गरेको छ ? कति आउछ ? नाता प्रमाणित गर्न र आफ्नो नाममा बिमा रकम पाउन के के डकुमेन्ट आवश्यक पर्छ भनेर पठाउने एजेन्ट साथै लिएर पहिलो प्राथमिकता दिदै हिडिरहेका छन् ।एउटा श्रीमान बिदेशमा श्रीमतीको लाश झिकाउन भन्दा पनि बिमाको खोजि लाइ पहिलो प्रथामिकता दिन्छ भने यो भन्दा बिडम्बना अरु के हुन्छ? जिउदो हुदा नि खाडीमा गएर याताना सहदै कमाएर खुवाउनु पर्ने र मर्दा नि श्रीमतीको लाश भन्दा बिमा खोज्ने पतिको यो ब्यबहारले मानसिक र भावनात्मक रुपमा चिन्ता कुमारीले बर्षौ पति बाट भोगेको पिडा र अपमानको आकलन गर्न सकिन्छ ।
त्यति मात्र हैन पित्तृसत्तात्मक समाजमा यस्ता धेरै सुरविर जस्ता पतिहरुको ब्यबहार र पित्तृसत्तात्मक दृष्टिबाट , हिंस्रक व्यवहारबाट नेपाली समाजमा ज्यादै तल्लोस्तरमा बाच्न विवश धेरै नेपाली महिला दिदीबहिनीहरु दुःख, पीडा, वेदना र मर्म बोकेर जे पर्छ टर्छ भन्दै लखेटिएका , विदेशिएको उजागर हुन्छ। महिलालाई पनि पुरुषसरह विकासको मूलधारमा समाहित गरेर संसारका धेरै मुलुकहरु अगाडी बढी रहेका छन तर हाम्रो मुलुकमा भने शताब्दीयौँ देखि महिला माथि शारीरिक मानसिक दवाब दिदै अन्याय, अत्याचार लाद्दै , हिंसा तथा तीरस्कार गरेर दाशको रुपमा हेर्ने सुरविरहरुको मानसिकता जरो गाडेर बसेको छ । अब सोच्ने बेला आएको छ र सोच्ने मात्र होईन हाम्रो सोचलाई ब्यबहारमा परिवर्तन गर्नु जरुरी भैसकेको छ । पुरुषप्रधान संस्कृति र समाजको उपजको रुपमा महिलालाई जे जस्तो परे पनि सहनु पर्ने, जतिसुकै पीर, जतिसुकै दुःख दिए पनि पचाउनै पर्ने, पतिलाई परमेश्वर मान्नेहरु एव पित्तृसत्तात्मक समाज र पित्तृसत्तात्मक दृष्टिबाट पुरुषका हिंस्रक व्यवहार जायज मान्ने मानसिकताहरु सच्याउन निकै कसरत गर्नुपर्ने अवस्था देखिएको छ ।
अन्त्यमा चिन्ता कुमारीको शब् नेपाल झिकाउन , अन्तिम सस्कार गर्न र निजले पाउने राहत र क्षतिपुर्ति निजका नाबालक सन्तानहरुको पालन पोषण र सिक्षामा खर्च हुने गरि सरोकारवाला निकायले पहल गरिदिन सवै संग आग्रह छ ।
केहि बर्ष अघि अर्थात एमबी बम्जन गोल्डकपको १५ औ खेलको आयोजना हुदा हेर्ने भनेर म पनि गएको थिए । हाम्रो संचार डटकम मार्फत पत्रकारिता शुरु गरे देखि नेपाली समाजमा घुलमिल हुने पहिलो अवसर थियो मेरो ...धेरै आदरणीय पात्रसँग परिचित्र हुने सौभाग्य पाएँ।आयोजकहरु फाइनल खेलको तयारीमा मिलाउदै थिए । आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गर्दै हामी केहि साथीहरु मैदान संगै रहेको चमेना गृहमा सेल रोटी तरकारी चपाउदै थियौ । भित्र मैदानमा एक्कासी नेपाली-नेपाली बिचको विवादको बिउले उग्र रुप लिएछ । बिबादको चुरो के थियो कुन्नि तर सम्झाउने समाजका अगुवाहरु , सस्थाका प्रतिनिधिहरु , पत्रकारहरु सवै माकुराको जालोमा साङ्ला जेलिए सरि बिबादमा जेलिए । पहिलो विवाद समाधान नहुँदै फेरि अर्को विवाद देखिन थाल्यो । फाइनल खेलको कुरा भन्दा विवाद पहिलो प्राथमिकता भएपछि आयोजकलाई फाइनल खेल सुरु गर्न फलामको च्युरा चपाउनु सरह भयो । बिस्तारै खेलप्रेमी दर्शकहरु बाटो लाग्न थाले । बिबाद झगडा गरेर पाउनु केहि थिएन त्यहि भएर ईमान्दारी पुर्वक हामी मिडियाकर्मी पनि साईड लाग्यौ ।
त्यस यता म कयौ कार्यक्रममा स्रोता भए , अथिति भए ,दर्शक भए ,मुक दर्शक भए तर कुबेतमा नेपाली समुदाय द्वारा आयोजना हुने रक्तदान कार्यक्रम , सास्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिताहरुले नै कुबेतमा क्रियाशील नेपाली संघ सस्था र नेपाली समुदाय माझ सेतुको काम गरेको पाए । हुन् सक्ला आर्थिक लगायत बिबिध कारणले अरु धेरै सहभागिता र कार्यक्रमहरु नियमित हुन सकेको छैनन होला । तर जे जति भएका छन् तिनले नेपाली कला सांस्कृतिकको संम्रक्षण , प्रबर्दन , पहिचान , संस्कृति र एकता झल्काएका छन् । त्यसैले समाजलाई गति प्रदान गर्न खेलको माध्यमद्वारा आपसी भाईचाराको विकास गर्ने तथा खेलको माध्यमद्घारा स्वस्थ मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ आयोजना हुन् लागेको यस खेल आयोजनाको इतिहासलाइ फेरि पछाडि नफर्काउ । २१औं शताब्दीमा प्रवासमा रहेका हामी नेपालीहरु लडाई झगडा गरेर समय व्यतित गर्नु भनेको साधन, स्रोत र समयको दुरुपयोग गर्नु मात्र होइन, नेपाली समाजलाई पछाडी तिर धकेल्नु हो। झगडा गरेर एकताको लक्ष्य हासिल गर्न कहिले सकिदैन बरु समय मै हामी बिच रहेको अहमता र घमण्डको पर्खाल भत्काएर एकताको लागि पुल हालौ ।
मुलुकको घिनलाग्दो राजनीतिको कालो छायाले खेल जगत्लाई अस्तव्यस्त बनाएको छ । सरकार फेरिए पिच्छे खेलकुदको नेतृत्व पनि परिवर्तन हुने रोग मुलुकको खेलकुद विकासमा तगारोका रूपमा रहेको बिर्सन सकिन्न ।यधपी देशमा राजनीतिले जति पीडा थपेपनि हामी नेपाली जनतालाई त खेलकुदले बेला बेलामा खुशी बनाएको छ ,मल्हम लगाएको छ भने यता बिदेशमा भए पनि खेलकुदले आन्तरिक एकता भरपुर रहेको प्रस्टै बुझाएको छ ।हामी भित्रको खेलकुदलाई जीवन्त राख्न कुबेतमा छरिएर रहेका प्रवासी नेपालहरु वीच यहि आउदो फेव्रुअरी १६ र २३ तारिख कुवेतको सबै भन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव कुवेतले एमबी बम्जन गोल्डकपको १६ औ खेलको आयोजना गर्ने भएको छ। यस आयोजनाले एकातिर नेपाली बीच लुकेर रहेको प्रतिभालाई खेलको मध्यमबाट अगाडी बढाउन मद्दत गर्दै आएको आयोजक कमिटि तथा ब्यबस्थापक आफैमा उदाहरणीय छ ।अर्को तिर लगातार कार्य ब्यस्तताको कारण भएको शारीरिक थकान अनि आफ्नो मातृभूमि एबं परिवारदेखि टाढा रहनु परेको मानसिक पिडालाइ क्षेणिक भएपनि भुलाउन र भरपूर्ण मनोरंजन दिन उक्त खेलले निकै मदत गर्ने निश्चित छ ।
कुवेतको खेलकुद मन्त्रालयबाट स्वीकृत लिएर डेढ दशक देखी हरेक बर्ष आयोजना गर्दै आएको एमबी बम्जन गोल्डकपलाई यहाँसम्म ल्याइपुर्याउँनको लागि माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव कुवेत र नेपाली समाजका अभिभावक राजेन्द्र तामाङ बम्जनले दिनुभएको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ । अत आउनुस आयोजक कमिटीले परिकल्पना गरेको निकै छोटो अबधि र सिमित प्रचारमा कुबेतमा क्रियाशील सवै नेपाली संघ सस्था र नेपालीजनले आ-आफ्नो टिम सहित बिशाल सहभागिता जनाई , प्रवासमा कार्यरत हामी नेपालीहरु कसरि एकजुट हुनसक्छौ भन्ने देखि नेपालीहरुले पनि मैत्रिपुर्ण र अनुशासित ढंगले प्रतियोगिता सम्पन्न गर्न सक्छन भन्ने प्रष्ट पारौ ।त्यसैले आउनुस नेपाली समुदाय द्वारा आयोजना हुने हरेक सकारात्मक कार्यक्रम हाम्रो लागि लडाईं झगडा गर्ने बहाना होइन, एकताको प्रतिक बनाउने ब्यबहारिक प्रण गरौ ।
कुबेतमा आयोजित पछिल्ला केहि सांगीतिक कार्यक्रममा दर्शक , मनोरंजन लिने एउटा पात्र म पनि हु । नेपाली कला र सस्कृतिलाई प्रवासमा संरक्षण र प्रर्वधन गर्नको लागि कुबेतमा पनि केहि कलाकारहरु मिलेर केहि बर्ष अघि देखि नेपाल कुबेत सास्कृतिक मंच र अन्तरास्ट्रिय नेपाली कलाकार समाज कुबेत जस्ता संघ सस्था क्रियाशील रहेका छन् । संस्थाका कलाकारहरुले कुबेतमा रहेका नेपाली प्रतिभाहरुलाइ गोलबद्ध गरि गायन नृत्य र कुबेतमा आयोजना हुने हरेक कार्यक्रममा पन्चे बाजा बजाएर थप आकर्षक बनाउदै नेपाल बाट आउने अतिथि कलाकारहरु संगै एक्यबधता गर्दै ,कोरश गर्दै नेपालीपनलाइ जीवन्त राख्दै आएका छन् । यसका अतिरिक्त कुबेतमा गठन भएका क्रियाशील विभिन्न संघ सस्थाले समय समयमा नेपाली कलाको सम्मान गर्दै नेपाली कलाकारको हौसला बढाउने अभिप्रायले नेपाली कला सस्कृति सम्बन्धि बिभिन्न कार्यक्रम गरेर नेपाली नेपाली विचमा मात्र नभएर विदेशीहरुको विचमा पनि नेपाली कला सस्कृतिलाइ परिचित गराउने काम गर्दै आएका छन् ।
देशको संक्रमणकालीन राजनीतिक अवस्थाले रोजगारीका बाटाहरु प्रायः बन्द छन्।फलस्वरूप अधिकांश पुरुष युवा युवतीहरु विदेशतिर पलायन हुन्छन्। जता पलायन भए पनि कला र सस्कृति देशको पहिचान भएकाले यसको जगेर्ना गर्नु हामी सबैको दायीत्व हो । यधपी प्रवाशमा रहेको देशको नीति नियम कानुन र परिस्थितिमा नेपाली कार्यक्रमको आयोजना गर्नु र दर्शकलाई कार्यक्रम स्थल सम्म ल्याउनु कम चुनौतीपूर्ण छैन। यहि चुनौती लाइ स्वीकार गर्दै केहि महिनाको फरकमा कुबेतको नेपाली समाजमा आयोजित दलित एकता संजाल कुवेत र विश्वकर्मा समाज कुवेतद्धारा संयुक्त सन्देश मुलक सांस्कृतिक कार्यक्रम एव राप्ति भेरी कर्णाली एकता समाज कुवेतको आयोजनामा अनाथ बालबालीकाको सहयोगार्थ आयोजित न्यु ईयर धमाका २०१८ सांगीतिक कार्यक्रमले दर्शकहरुलाई मंत्रमुग्ध बनाउंदै कार्यक्रम भएको अवधिभरि त्यहांको वातावरणलाई संगीतमय बनाएको म साक्षि बनेको छु । कार्यक्रममा सयौको संख्यामा नेपालीहरुको उपस्थिति रहेको देखेको छु । प्रवासमा आयोजना हुने विविध सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रमहरुलाई सही ढंग बाट संचालन गर्न सकियो भने प्रवासी नेपालीहरु लाई नेपाली संस्कृति संग सधैं नजिकै राख्न सकिन्छ नै, यसका साथ साथै आफु बसोबास गर्ने देशका नागरिकहरु माझ पनि हामीले हाम्रो संस्कृति प्रवर्धन गर्न सक्दो रहेछौ भन्ने कुरा मैले यी कार्यक्रम हेरे पछी महसुस गरेको छु।
समाज पश्चिमीकरणतर्फ ढल्किरहेको आजको समयमा आफ्नो जन्म भुमी छोडेर प्रवासमा जागिरको कारण ब्यस्त रहने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई एकै ठाउँ भेटघाट गराउदै नेपाली खानाको स्वाद चखाउदै, नाच्दै, गाउदै, रमाउदै, दु:ख सुख साट्दै, सबै एकसाथ बसेर खुशीयाली बाट्ने उद्देश्यका साथ आयोजना हुने यस्ता विविध सांस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रमहरुले खास गरि कुबेतमा कार्यरत घरेलु श्रमिक महिलाहरु, परिवारका साथमा रहेका महिला गृहिणीहरु तथा महिला पुरुष श्रमिकहरु निकै ठूलो जमातमा एक ठाउँमा भेट्ने अवसर पनि मिल्ने र लगातार कार्य ब्यस्तताको कारण भएको शारीरिक थकान अनि आफ्नो मातृभूमि एबं परिवारदेखि टाढा रहनु परेको मानसिक पिडालाइ क्षणिक भएपनि भुलाउन र भरपूर्ण मनोरंजन दिन सहभागीहरू र सम्बन्धित सबैलाई निकै उत्साहित बनाएको एव ऊर्जा दिएको छ । कुबेत मै भए पनि टाढाटाढा रहेका एक अर्का संग भेटघाट नभएका गाउ ठाउका , आफन्त साथीभाईहरुको सामाजिक दूरी घटाउने काम समेत गरेको छ । यहाँका विभिन्न समूदायलाई एक आपसमा जोड्ने सेतुको काम गरेको छ। समग्रमा यस्ता कार्यक्रम आफैमा सन्देशमूलक त् छदैछन यसका अतिरिक्त कार्यक्रम आयोजना हुदा एकै साथ उपस्थिति रहने नेपाली राजदुताबास र नेपाली कामदार बीच सम्श्याहरुको बारेमा प्रत्यक्ष अन्तरक्रिया गर्ने , सामाजिकरण गर्ने एउटा मुख्य आधार बन्न सक्छ र बन्दै पनि आएको छ ।
अत: कुबेतमा छरिएर रहेका नेपालीहरुलाइ एकत्रित गर्न एव एकताको भावाना बिकास गर्न देखि बिभिन्न नेपाली कला, संस्कृति झल्काउने सांस्कृतिक , सांगीतिक , साहित्यक कार्यक्रमहरु आयोजना गरेर नेपालको पर्यटन प्रबद्र्धनको विस्तार र प्रबद्र्धन गर्दै हाम्रो मौलिक परम्पराको जर्गेना गरौ । कुबेतमा कार्यरत नेपालीहरु बिचमा आपसी सद्भाव र मिलोमतोको भावना अभिवृद्धि गर्न तथा एकै ठाउमा जम्मा भएर दु:ख सुख साटासाट गर्न हामी सबै मिलेर भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिऊ ,सामुहिक तवरले मनाउ र त्यसलार्इ मिडियाकरण गरौ जसले कुबेतमा रहेका नेपाली समाजको वारेमा सकारात्मक सन्देश दिन्छ र अहिले सम्म बिग्रिएको हाम्रो छवि सुधार्ने छ ।
नेपाल सरकारको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वार्षिक ५ लाख युवाहरु श्रम बजारमा प्रवेश गर्दछन् । देशभित्र पर्याप्त रोजगारीका अवसरहरु नभएकोले दैनिक करिब १२ सय देखि १५ सय युवाहरु वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति प्राप्त गर्ने गरेका छन् । बैदेशिक रोजगार नेपाली युवाका लागि रहर र बाध्यता दुवै भएको छ । यधपी यी बाध्यताका बीच एकातिर वैदेशिक रोजगारबाट मासिक रुपमा ५५ अर्ब भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिने गरेको छ भने अर्को तिर रेमिट्यान्ससँगै नेपाली युवाले विदेशमा गएर सिकेको सीप र अनुभव पनि नेपाल भित्रिरहेको छ । घरपरिवार छाडेर बिरानो भूमिमा नेपालीहरूले बगाएको पसिना र रगत संचित रेमिट्यान्सले देश चलेको भन्दा फरक पर्दैन । तर मुलुकको कुल गार्हस्थ्य उत्पादनमा झण्डै ३२ प्रतिशत योगदान गर्ने रेमिट्यान्स पठाउने आफ्ना नागरिकप्रति राज्य जुन रुपमा संवेदनशील हुनुपथ्र्यो त्यो अहिले सम्म नि नीतिगत रुपमा संस्कार बसेको छैन । बैदेशिक रोजगारीमा रहेका आफ्ना नागरिकहरु आपत बिपत्तिमा पर्दा राज्य छ भन्ने आभाष दिलाउन समेत राज्य चुकेको छ । अलपत्र पर्दा राज्य मौनता साधेर बसिदिदा राज्य हामीहरूसँग उभिएको छ कि छैन भनेर खोज्नु पर्ने तित्तो अनुभवको एउटा पिडा कुबेतमा घटेको छ ।
कुवेतको नेसनल खराफी कन्स्ट्रक्टिङ कम्पनीका ३ सय भन्दा बढी नेपाली कामदार अलपत्र परेको ४ महिना पुग्न लागि सक्यो । काम बन्द भएको र कम्पनीले खाना खुवाउन छाडेको पनि महिनौ पुगि सक्यो । उद्धारको प्रतीक्षामा रहेका अलपत्र नेपाली कामदारलाई नेपाली समुदायले पैसा उठाएर खाना खुवाइरहेको सार्वजनिक भइरहँदा पनि राज्य मौन भएर बसेको छ । महिनौ अघि परराष्ट्र र श्रम मन्त्रालयलाई तुरुन्त उद्धार आवश्यक भएको भन्दै बजेट उपलब्ध गराइदिन अनुरोध गर्दा पनि राज्य मौन रहेकामा कुवेतस्थित नेपाली दूतावास आफै चिन्तित देखिएको छ। लोकतन्त्रमा सबै नागरिक, सबै संस्था जवाफदेही हुन्छन् भनिन्छ आफ़ना कामदारको आवासीय अनुमति (भिसा)को नविकरण काम लगाउने कम्पनीले गर्दिनु पर्ने होईन र ? किन कूटनीतिक ‘डिलिङ’ बाट यो कुरा हामी उठाऊन सकदैनौ ? अलपत्र परेको खवरले कामदार पठाऊने एसओएसले २० जना कामदारको उद्धार गर्दा सरकारले किन जवाफदेही हुदैन ? कल्याणकारी कोषमा करोडौ जम्मा गराएर पीड़ित नेपालीको किन उद्दार गर्न खोजदैंन ?पीडित कामदारले दुताबास तथा बिभागमा आफुहरु अलपत्र परेको जानकारी दिएको महिनौ बितिसक्दा पनि अबस्था उही हुनु भनेको राज्यको गैरजिम्मेवारपन हो ।
सरकारले राज्यकोषबाट आर्थिक सहायता, उपचार सहायताका नाममा पहुँचवाला र दलका कार्यकर्ता, आफू निकट कार्यकर्तालाइ विभिन्न बाहाना बनाएर करोडौ बाड्दै ,भरणपोषण गर्दै आइरहेको छ तर बिदेशमा दिनरात पसिना र रगत बगाएर रेमिट्यान्स पठाई मुलुकको कुल गार्हस्थ्य उत्पादनमा योगदान पुराउदै आएका नेपाली कामदार अलपत्र पर्दा भने सरकार नतमस्तक भएर मौनता साधेर बसिदिनुले बैदेशिक रोजगार कति सुरक्षित र कति कमजोर छ भनेर सहजै देख्न सकिन्छ ।सरकार भनेको भनेको जवाफदेहीता पनि हो । ३०० जना नेपाली ४ महिना देखि अलपत्र हुदा नि श्रम, परराष्ट्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड मौन हुनु भनेको राज्यको अवस्थालाई इङ्गति गर्दछ ।बैदेशिक रोजगारमा रहेकाहरु प्रति राज्य कति संवेदनशिल छ, जवाफदेही छ , नेपाली कामदारको समस्या र पीडालाई कसरी राज्य सञ्चालनमा स्थान दिएको छ, सरकारको प्रभावकारिता कस्तो छ, बैदेशिक रोजगारलाई सुरक्षित,व्यवस्थित र मर्यादित बनाउन राज्य संवेदनशिल छ/छैन भन्ने कुरालाई इङ्गति गर्दछ ।
बैदेशिक रोजगारीको कारण गरिब नेपालीको घरपरिवार चलेको, शिक्षा, स्वास्थ जस्ता मानव विकास सुचकांकमा सुधार भएको, देशको लागि आवश्यक विदेशी मुद्राको जोहो भएको जस्ता तथ्य अध्ययनले देखाएको छ ।यसरि मुलुकको अर्थतन्त्र तथा जनजिवनमा वैदेशिक रोजगारले उल्लेख्य परिवर्तन ल्याएको भएपनि बैदेशिक रोजगार समस्या रहित हुन सकिरहहेको छैन ।यधपी बैदेशिक रोजगारमा अनगिन्तिी समस्या छन् भन्ने बुझेर नै देशका सबै नीति निर्माण योजना र्बिकासका खाकाहरुमा वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित, सुरक्षित र भरपर्दाे बनाउने भन्ने लेखिएका छन् । आपत्कालीन अवस्थाको व्यवस्थापनका लागि वैदेशिक रोजगार कल्याणकारी कोषमा करोडौ रुपैया जम्मा समेत गरिएको छ । तुलनात्मक रुपमा सरकारी तहबाट कामदारको सुरक्षा र बैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित गराउने नीतिगत प्रयास भएको भएता पनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर छ ।जसका कारण यो क्षेत्र धेरै नै लथालिङ्गको अवस्थामा छ ।
हावा चल्दा नहल्लिने पात हल्लाएर हुदैन । यसलाई संरचना बनाउन सक्नु पर्छ । अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातारण निर्माण गर्न वा उतै काम गर्ने ब्यबस्था मिलाउन सरकारको पहिलो प्राथमिकता र ज्वाफ्देहितामा हुनु पर्छ । छिटो र सहज रूपमा कम खर्चमा पीड़ित नेपालीहरू लाई स्वदेश फिर्ता गर्न कूटनीतिक पहल गर्न गराउन र कानुनी, व्यवहारिक एवं नीतिगत तहमा रहेको जटिलताको बस्तुस्थिति बुझेर पहलिरुपमा काम गर्ने राज्यको संयन्त्र बनिनु पर्छ । त्यस्तै गरि बिदेशमा काम गर्न जादा अलपत्र परेको बेलामा होश या बैदेशीक रोजगारीबाट ज्ञान, शीप र अनुभव सहित स्वदेशमा फर्किएका बेला हुन् कसैलाई पनि नीतिगत अभावमा मारुन की बाचूँन भनेर बेवारिसे अवस्थामा छोडिदिने राज्यको संयन्त्र नबनोस ।अन्यथा बैदेशिक रोजगार कहिले पनि सुरक्षित,व्यवस्थित र मर्यादित हुन सक्दैन । अत रेमिट्यान्सको योगदान बुझेर विप्रेषण आप्रवाहलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन र दीर्घकालीन गरिबी न्यूनीकरण गर्न मद्दत मिल्ने र राष्ट्रिय उत्पादन अभिवृद्धि गराउन बेलैमा बैदेशिक रोजगारलाइ व्यवस्थित र नीतिगत रुपमा मर्यादित बनाउन हाम्रो अावश्यकता के हो? यसको ठोस निष्कर्ष खोज्नु पर्ने समय अाएको छ ।
केहि अघिको कुरा हो नेपाली समाजमा परिचित एक मान्यवरको सामाजिक संजालमा उनकै साइबर सेक्सको भिडियो आयों । नियोजित ढंगले महिनौ लगाएर मान्यवर संग साइबर सेक्स गर्ने युवतीले मान्यवरको उस्तै नामको फेसबुक बनाएर उनका साथीहरुलाई जोड्दै माकुराको जस्तो जाल बुन्दै बसेकी रहेछिन । माकुराले झिंगालाई मख्ख परेर आफ्नो जालोमा आमन्त्रण गरे झैँ यिनले पनि सवै 'साम, दाम, दंड, भेद' अपनाइछिन । युवती संग साइबर सेक्समा दिन दिनै लिप्त भएका मान्यवर केहि नसोची झन् झन् योनी कुंजमा आफैलाई हराउदै गएछन । प्रविधिको त्यति ज्ञान नभएका मान्यवरको अघि जब साइबर सेक्सको मुल्य चुकाउन महंगा मोवाईल र गरगहनाको अफरहरुको चांग राखियो अनि विवश भएर सक्दिन भनेछन । नियत मै खोट भएकी यिनको साइबर सेक्स गर्ने जोडीले आफ्ना जति दृश्य काट्ने हटाउने छोप्ने गरिछन र मान्यवर मात्र साइबर सेक्समा रम्दै गरेको भिडियो उही नक्कली फेसबुक मार्फत सवैलाई ट्याग गर्दिछन । सामाजिक संजालमा भिडियो आए लगत्तै यसले नेपाली समाजमा खैलाबैला र भूकम्पीय तरंग आयो । साइबर सेक्सको ज्ञान नभएकाहरु रामराम भन्दै बसे , कोहि अक्क न बक्क परे भने साइबर सेक्सको आनन्द लिनेहरु इन्तु न चिन्तु भए । कसले कहा कसरि पहल गर्यो कुन्नि भिडियो राखेको आधा घण्टामै नेपाली समाजमा मान्यवरको मर्यादा माटोमा मिलाउदै त्यो फेसबुक पनि डिएकटिभ भयो ।
यस्तै केहि समय अघि एक जना मेरा मित्र पनि प्रताडित भएको घटना सुने । मित्रका अनुसार केहि समय अघि फेसबुकमा मित्रलाइ आफ्नै जिल्लाबासी युवतीको साथि हुन अनुरोध आएछ। उनले पनि नचिने पनि जिल्लाबासी हो भनेर सहजै स्वीकारे छन् । त्यसपछि च्याट चलेछ, अनि भिडियो च्याट गर्न ईमो नम्वर लिनेदिने काम भएछ । ईमोमा पनि साथि बने पछि शुरु भएछ भिडियो च्याट। ति युवतीहरु केहि दिन पछी देखि नै भिडियो च्याट गर्दै आफु पनि नांगिएर साथीलाई पनि नंग्याइछिंन ।परिणाम के हुन सक्दछ भन्ने कल्पनासम्म पनि नगरेका साथीले पनि साइबर सेक्सको आनन्द लिई रहेछन् । केहि महिना पछी केटिले एक लाख रुपिया सहयोग मागिछन ।मित्रले आफुले दिन नसक्ने भने पछी आफु संग साइबर सेक्स गरेको भिडियो रेकर्ड गरिएको र सामाजिक संजालमा हालिदिने भनि आफ्नो जति दृश्य हाईड गरेको भिडियो पठाउदै सहयोगलाई अब ब्ल्याकमेलिङ्मा बद्लिछिन । साथीले असहजता महसुस गरिरहेको बेला यस घटनामा केहि पुरुषहरु पनि थपिएछन । तैले हाम्री चेलीलाई यस्तो भिडियो पठाइस रे यस्तो उस्तो गरिस रे भन्दै ब्ल्याकमेलिङ गर्ने जस्तो अभिप्रायले फोन गर्न, मेसेज गर्न थालेछन । साथीले पनि आफ्नो मोवाइलमा मोबिजेन स्क्रिन रेकर्ड गर्ने एप्स उहिले डाउनलोड गरेर दुई चार ओटा स्मरणीय गतिबिधिहरु दृश्य रेकर्ड र स्क्रिनसट गरेर धन्न राखेका रैछन । युवतीको मेसेजको जवाफमा साथीले ति आफु संग भएका दृश्य र तस्विर पठाए पछी बिचराको बोल्ती बन्द भएछ।अहिले युवतीले मित्रलाई फेसबुक इमोमा बल्क गरेकी छिन रे ।
यी त हामीले बाहिर देख्दै आएका प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो समय यस्ता घटनाले विकराल रुप लिदैँ आएको छ । घटनासँग जोडिएका पात्र र प्रवृत्तिहरूले सामाजिक प्रवृत्ति र सामाजिक समस्याको रूप उजागर गरेको छ । त्यसो त् बिज्ञान प्रविधिमा इन्टरनेटको बिकासले मान्छेको जीवनमा धेरै सहजता ल्याएको छ। जब केही मानिसहरूबीच प्रविधिले नजिक बनाउछ , एक अर्कालाई चिन्ने बुझ्ने मौका जुराउछ अनि प्रेम र विश्वासको सम्बन्ध तयार हुन्छ तब उनीहरू आपसमा मित्र बन्दछन् । सच्चा मित्रद्वारा एकअर्काप्रति दर्साइने व्यवहारबाट जति सुख प्राप्त हुन्छ, त्यसको तुलना दुनियाँको कुनै सुखसँग गर्न सकिन्न । तर इन्टरनेटले जति सहज बनाएको छ, त्यति नै असहज स्थिति पनि निम्त्याएको छ । मान्छेको जीवनमा ल्याएको सहजतासंगै अनकौ बिकृति र विसंगती पनि भित्र्याएको छ ।इन्टरनेटको माध्यमबाट मानवीय समवेदना ,प्रेमको बहाना बनाएर कसैको भावना , ईज्जत , शारिर र धन सम्पत्ति संग खेलवाड गर्नेहरु बर्षा याममा उम्रिएका च्याउ सरि छन् हाम्रो समाजमा। फलस्वरूप इन्टरनेटका माध्यमबाट फरक दुरीका व्यक्तिहरु आफ्नो स्वार्थको लागि च्याट वा भिडियो च्याट गर्दै आफू स्वतन्त्र भएझैं बिना रोकतोक उडान भरिरहेको पंक्षी झैं हुन्छन । मन मिल्नेहरुको बीचमा लुकिछिपी भिडियो च्याट मार्फत यौन आनन्द लिने र दिने सम्म पुग्छन । अनि के कुरामा चित बुझ्दैन , आफुले भने जस्तो हुदैन त्यस पछी निकटता र आत्मीयताको मैदानमा सँगसँगै खेलेको मध्ये एउटा पात्र वैमनस्य र कटुताका झोक फेर्दै आफ्नो अनुहार छोपेर आफु संगै रम्ने साथीको भिडियो तस्बिर खिचेर नंग्याउन उद्दत हुन्छन । मनमा पापको बिज उमारेर साथीको जिन्दगी नै तहस नहस पार्ने , समय समयमा एक अर्कालाई ब्ल्याकमेलिङ, बार्गेनिंग, र नेगोसिएसन गरिरहेका हुन्छन । यो घटना जसरी फाट्टफुट्ट सामाजिक संजालमा आइरहेको छ । के यस्तो अशिष्टता प्रदर्शित गर्ने आचरण , ब्यबहार र सस्कार भोलि यति मै सिमित रहला त ? मनमा प्रश्न खडा भएको छ।
आस्ट्रियाका महान मनोविश्लेषक सिग्मंड फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्नेर तथ्यपूर्ण ढंगले ब्याख्या गरिसकेका छन त्यसैले सत्य के हो भने सेक्स भनेको सबैको आवस्यकता हो । यसको कुनै निश्चित समय हुदैन र कुनै वष्तुनिष्ठ सिद्धान्त पनि छैन । मानिसहरुका आफ्नो समय र उपयुक्तताका आधारमा आआफ्नै तय तरिका हुन्छन । साइबर सेक्स – यौन आनन्द लिने कुनै नौलो तरिका पक्कै पनि होइन तर ब्यबहारले नियन्त्रित नहुदा , साइबर सेक्समा एकछिनको आनन्दको लागि आफु नाङ्गिदा आफ्नो सामाजिक र ब्यवसायिक मर्यादा र इज्ज़त को धुज्जी उडाउन भनेर आफु संगै कसैले आत्मीयताको नाटक गर्दैछ भने ? आफु संगै गरिएको भिडियो च्याटका समीपता र सद्भावनाबाट उत्पन्न गतिबिधि नै आफ्नो गलाको पासो बन्दछ भने मान्छे स्वाभाविक रुपमा घरको न घाटको हुन्छ ।
देशमा होश की बिदेशमा होश बिरसिलो जीवनबाट उब्जिएको वियोगजन्य रतिराग तथा एक्लोपनले भरिएको जीवनका कुण्ठा, यौन कुण्ठा र निराशा त्यसमाथि इन्टरनेटको सहजता संगै च्याट र भिडियो च्याटको मान्ध्यम बाट पासो थापन अभिशप्त भएका नियत मै खोट भएका पात्रहरूका कारण प्रवासको नेपाली समाजमा साइबर सेक्सले धेरैको दोहोरो चरित्र उदाङ्ग पार्ने निश्चित छ ।किनकि हामी एक्काइसौ शताब्दीका नागरिक भन्छौ तर खोज्दै जाँदा अरु पनि भेटिने छन् । यस्ता नियत मै खोट भएकाहरुको कथा ।त्यसैले ब्यक्तिगत बिषयमात्र नभएर हाम्रो समाजको गम्भीर सामाजिक समस्या पनि हो।आज अपवादमा २,४ जना महिला पुरुष मित्रहरुमा देखिएको गल्तिहरु बाट हामी पन्छिने भन्दा पनि भोलिको दिनमा यस्ता गल्तिहरु नहोस भनि सचेत हौ ।
प्रतिक्रियाको लागि :- gopsiwa@gmail.com
४ पुस २०७४ - खै किन, किन,’ आमा भन्ने शब्द देखि नै घृणा लागेर आउछ, यसो भन्दै गर्दा उनका आँखा हल्का रसाए । मलाई मेरो ड्याडीको धेरै ‘माया लाग्छ ‘ धोका दिने मेरी ममीलाइ कहिले भलो नहोस्’ उनी उत्तेजित भइन । उनको संकेत आफ्नै जन्म दिने ममी तर्फ थियो । उनि आफ्नै घर तहस नहस भएको पिडा भोगेर बाँचेकि एक पात्र रहेछिन ।
हामी संगै एभियसन फिल्डमा काम गर्थियौ । गत बर्ष मात्र रोजगारीमा जोडिएकी यी भारतीय चेलीले केहि दिन अघि मात्र जागिर छोडेर भारत गइन । माइती चेलीको जस्तै सम्बन्ध रहेको हामि बीच मन त्यसै प्रफुल्लित थियो, हामी काम गर्ने वाताबरण पनि रमाइलो थियो । एक पछी अर्को गफ,फेरी त्यसपछि अर्को गफ,यसरि समय कट्दै थिए ।जागिर छोड्ने अन्तिम दिन प्राय हामी एकै सिफ्टमा अफिसमा भयौ ।एक दिन उनले मलाई सहोदर दाइ जस्तै मानेको बताउदै भनिन, ” दाई काम गर्ने बेलामा म बाट भएका गरिएका सवै व्यवहारका लागि माफी चाहन्छु । मेरो सबै व्यक्तिगत कुरा म यहाँ बताउन चाहन्न । जागीर किन छोड़ी भन्ने जिज्ञाशा दाईंको नि मनमा होला सायद । सबैका जीवनमा थुप्रै व्यक्तिगत घटना घट्ने गर्छन मेरो जीवनमा पनि घटे होलान त्यो कुनै नौलो कुरा होइन् । तर मैले जागीर छोड्नुको कारण मेरो ममी हो । आफूलाई जन्मदिने आमा भन्दा ठूलो यो संसारमा अरु के नै हुन्छ र भन्छन तर …. ? उनि भन्दै थिइन म ति दिन सम्झिन चाहन्न भन्छु ,नसम्झि बस्न पनि सक्दिन,सम्झिदा मुटु कट्टक भएर अाउँछ चरम पिडा हुन्छ तर पनि त्यहि पिडाँमा जिउने वानी परे …हुर्किए । तर अब दाइ आज तपाईलाई मेरो पिडा भनेर सधै सधैको लागि मन बाट निकालेर फाल्दिन चाहन्छु…अब उप्रान्त कहिले पनि सम्झिने छैन भन्दै आफ्नो आमाको कारण कठिन पीडा सहनु परेको पीडाको पोको मेरो सामु खोलिन ।
सबैको व्यक्तिगत जीवन हुन्छ उसको भावना एकजनासँग मात्र होइन कि अरूसँग पनि गाँसिएको हुन सक्छ। त्यसैले उनको भोगाई र पिडा मैले सार्वजनिक गर्नु जायज होला नहोला तर प्रवासमा जानेर नजानेर प्रेममा अन्धो बनेका धेरै नेपाली जोडीको बिहेपछि घरबार टुटेको छ … समाज कुरुप बन्दै गएको छ यस्तो बेलामा यिनको भोगाइले बैदेशिक रोजगारमा आफ्ना घर परिवार देखि बर्षौ टाढा हुदा दबाएर राखेको यौन चाहना र यौन आवेग अनि त्यसलाई रोक्न नसकेर सम्बन्ध बनाइँ आदर्श, नैतिकता र कर्तब्य च्युत भएका र चरित्रहिन बन्न लागेका हामि धेरै नेपालीहरुको जिम्मेवारी र कर्तव्यलाई सकेसम्म इमान्दारीपूर्वक पूरा गर्ने प्रेरणा पलाउँछ र सजक रहे पति पत्नीको सम्बन्ध युग युगौ सम्म चल्ने हुन्छ एव यसरि हामी नेपालीलाई घरबार बिगार्ने हावा नलागोस भन्ने मुख्य अभिप्रायका साथ् यहा राख्दैछु ।
कुरा आज भन्दा एक दशक अघिको रहेछ।यिनका पिता कुबेत एयरबेजको इन्जीनियरिंग डिपार्टमा राम्रो तलब सहित काम गर्दा रहेछन।भारतको मुम्बैमा घर जमिन जोडेका यिनले पारिवारि लाइ आफै संग कुबेत लिएर आउने निर्णय गरे अनुसार ममीले ब्युटीपार्लर सिकीसके पछि १२ बर्षकी यिनी, ३ बर्षको भाई र ममी (श्रीमती)लाइ कुबेत झिकाए । कुबेतमा आए संगै आमाले पनि ब्युटीपार्लरमा काम गर्न थालिन भने म र भाई यहिको भारतीय स्कुलमा पढ्न थालयौ।
कामको सिलसिलामा पिता हरेक समय काममा व्यस्त हुनु हुन्थियो । पिता आफ्नो काम, घरपरिवारबाहेक अरू कुराको हेक्का कहिले राख्नु हुन्थेन । कुबेतमा सपरिवार बस्न थालेको केही महिना सम्म हाम्रो परिवार निकै सुखद् थियो । ड्याडी ममी प्रति गर्व महसुस गर्नु हुन्थियो । पिता इन्जीनियरिंग डिपार्टको काम गर्ने, आमा ब्युटीपार्लरमा काम गर्ने हामी पढ्ने …. जिन्दगी निकै सहजताका साथ बितिरहेको थियो । तर, हाम्री आमाले गति छाडि सकेकी रहेछिन । जसकारण हाम्रो घर परिवार निकै पीडादायक बनयो । हाम्रो ड्याडी कहिल्यै पनि ममीप्रति शंका गर्ने मान्छे होइन । र शंका पनि गरेको कहिले हामीले अनुभव सम्म गरेनौ किनकि ड्याडी ममीलाई निकै माया गर्नु हुन्थियो । हामीले थाहा पाए सम्म दम्पत्य जीवनमा पिताले कहिल्यै पनि ममीले भनेको कुरा काटेको सम्म थाहा भएँन हामीलाई । ममीले जे चाहन्थिन्, ड्याडीले पूरा गरेँ । अत्याधिक माया र विश्वासका कारण ड्याडीले कमाएको सम्पति र बैक ब्यालेन्स सबै सम्पत्ति ममीकै नाम राखेँको थिए । तर, ड्याडीले मात्र हैन हामीले पनि कहिल्यै सोचेको थिइनँ कि आमाले त्यसो गर्लिन भनेर ।
महिनौ देखि हाम्रो दैनिकी सपरिवार एकै साथ् बाट घर बाट ड्याडी काममा , ममी ब्युटीपार्लरमा र हामि स्कुलको लागि निस्कने बेलका समयमै फर्कने गरि चलेको थियो । सातामा एक दिन भने घरपरिवारमै रमाउने गरेको थियौ । जिन्दगी रमाइलोसँग बितिरहेको थियो । हामी त् नियमित झैँ स्कुल गयौ तर एक दिन ड्याडी आफैले ममीलाई काम गर्ने ठाउमा पुराई दिने भनेर पर्खिनु भो ।त्यसै बिचमा ममी नुहाउन गएको बेला आमाको मोवाइलमा ४/५ मिस कल र मेसेज आएछ । ड्याडीले हेर्नु भएछ किन मेसेजको रिप्लाई नगरेको म पर्खी राख्या छु प्रिय भनेर कसैले मेसेज गरेको रहेछ। ड्याडीले विश्वास गर्नै सक्नु भएनछ । ड्याडीले ममीलाई कुरा के हो भनेर सोधनु भएछ । उनले, त्यो सिटि बसको ड्राइभर हो सधै गाडीमा भेट हुने र आफूहरू बोलचाल गर्ने साथि हो भनेर बताइछिन् । ममीले भनेको कुरामै विश्वास मान्नु भएछ ड्याडीले । त्यो कुरा त्यत्तिकै साम्य भयो ।
एक दिन फेरी ममी ज्वरो आएर काममा जान नसकेको दिन मोवाइलमा मेसेज आएछ । बारम्बार एउटै प्रकृतिको मेसेज आइरहेको र आफ्नी श्रीमतीलाई अर्का मान्छेले आफ्नी प्रिय भन्दै मेसेज गरेको देखे पछी ड्याडीले वास्तविकता बुझ्न चाहनु भएछ । तर, ममीले चर्काचर्का कुरा गरिछन । ड्याडीसँग झगडा गरिछन ।ड्याडीले पनि सहन नसकेर २/४ थपड लाइ दिनु भएछ । त्यस पछी बाहिर निस्केकी आमाले प्रहरीलाई लिएर आइछिंन र बुवालाई महिला हिँसा गरेको आरोपमा पक्रेर लगेछन ।स्कुलबाट आएको हामीलाई ममीले केहि बताइनन तर ड्याडीको गाडी चै घरमा तर ड्याडी चै धेरै बेर सम्म नदेखे पछी हामीले कर गरेर ड्याडीको बारेमा सोधी रहयौ । अनि बल्ल आफुलाई पिटेको भएर प्रहरीले पक्रिएर लागेको बताइन । हाम्रो रोइकराई पछी भोलि पल्ट अब देखि यसरि कुटपिट नगर्ने मौखिक मिलापत्र गराएँर पुलिसको अगाडि जिम्मेवार पति बन्ने सहमति गराएर ड्याडीलाइ लिएर कोठामा आइन ।
यो घटना पछि ममीमा एउटा उन्माद चढेको थियो , अहमता बढेको थियो , यहि अहमताको कारणले ममीको घर आउने, जाने समय पनि अब अनिश्चित हुन थाल्यो ।ड्याडीले छोराछोरीको भविष्य बिग्रिन्छ जे भए पनि अब यसो नगर भनेर सम्झाउनु हुनथियो, तर उनले मानिनन् ब्युटीपार्लर गएकी ममीको घर र्फकने टुंगो अनियमित हुन् थाल्यो । त्यही कुरामा घरमा अब दिनहुँ डिस्कस हुन थाल्यो । ममी निकै लापरबाही रूपमा प्रस्तुत हुन थालेकि थिइन् । यसै बीच एक दिन फलाटका ड्याडीका साथीभाइले आमालाई फर्वानिया गार्डेनमा अर्को पुरुष संगै बसेको सुनाएछन । ममीको ब्यबहार देखेर आजित बनेका ड्याडीको मनमा बलेको आगोमा घ्यु थपेको त्यो साझ डयाड़ीले कतै बाट रकसि पिएर आएका रहेछन । फेरी त्यही कुरामा बिबाद भयों अनी हाम्रै अघि ड्याडीले बेल्ट खोलेर ममीलाई कूटनू भयो । कुटेको निशाना सहित प्रहरी कहाँ पुगेकी ममीले आफ़ै संग फेरी प्रहरी लिएर आइछिन । त्यस पछी ड्याडीलाइ पक्रेर लगे …केहि महिनाको कैद संगै देश निकाला गरियो , हामीले देखन भेटन नि पाएनौ ।
भारत पुगेका पिता सुरुमा कयौ दिन साँझ फोन गर्नु भो तर ममी आफु नि बोलिन्न र हामीलाई नि बोल्न दिईनन …बरु ड्याडी डिपोर्ट भएको केहि दिनमै यता ममीले आफ्ना प्रेमीलाई कोठामा लिएर आइन । उता ड्याडीलाई आफ्नो जीवनका सवै बाटाहरु बन्द भएको अनुभुति भएछ । यहि पीडाले ,एक्लोपनले ड्याडी पागल जस्तै भौतारिदै, रूमलिदै भोकै नांगै हिड्ने मानसिक रोगी बनाएछ । त्यस बिचमा सम्पति सवै ममीले रोक्का गरि सकेकी रैछिंन …न सम्पति न परिवार संगको सम्पर्कले विछिप्त बनेका ड्याडी आफन्तको सहयोगमा केहि बर्ष देखि सुधारगृहमा छन भने यता हामी दिन रात सौतेनी पिता र आफ्नै जन्म दिने आमाले देखाएको ब्यबहारले पल पल पिडा पायौ । अझ सौताने पिता बाट छोरी भए देखि त हामीलाइ हेर्ने नजर नै अर्को भयो गरिने ब्यबहार नै फरक भयो ..बिरक्त लाग्दा एकोहोरो दिनहरु जोडिएर बर्षौ.हामी शुन्य र भाव बिहिन भएर बाची रहयौ । तर हाम्रो सामु बिकप्ल्प थिएन …हरेक दिन स्कुल बाट साझ फर्किदा हाम्रो कुरा सुनी दिने ड्याडी थिएनन । खाना खादा नि गालि , बस्दा नि गालि केहि चाहना व्यक्त गर्दा नि गालि …चेपिएर निसासिएर जीवन बचाउनु पर्ने जिउदै टुहुरा बनेका थियौ हामी …जसलाई सब्दमा म बयान गर्न नि सकदिन । लामों सास फेर्दै भनिंन हाम्रो भविष्यलाइ अन्धकारमा राख्ने , पितालाई मानसिक रोगी बनाउने जिन्दगी नै तहस-नहस गरिदिन हाम्री आमालाई भगवानले एकदिन उनको पनि जिन्दगी बर्बाद पारेर पाठ सिकाओस । तर दाईं यस बिचमा हाम्रो जीवनमा जे जति घटना घटे, त्यसले जीवनमा धेरै कुरा सिकाइ दियो हामीलाई । अस्तब्यस्त जिवनको बावजुत पनि ममी र सौतेनी बुवा लाई बिस्वास दिलाउन बर्षौ लाग्यो …बल्ल हामी दिदि भाईले भारत फर्किने चाजो पाजो मिलाएका छौ । अब ड्याडी संग बस्ने हो , त्यहि भएर म जागिर छोडेर जादैछु ।
बिरक्त लाग्दो लामो भोगाईको बाचन पछी उस्का कुरा सिधिए…उ फर्किई , त्यही अन्तिम दिनहरु बिताईरहेको जागिरमा , डिउटीमा । उ मनको बोझ मेरै सामु बिसाएर हल्का भै तर म स्तब्ध भए । ऊसँग प्रति प्रश्न गर्ने बिषय र शक्ति ममा रहेन । तर मनमा निचोड बन्यो …ऊ भित्र जिवनको गोरेटो बनाउने प्रेरणा छ .. शाहस छ …. काडा नै काडाहरुको बिचमा घेरिएर मुस्कुराई रहेको एक गुलाब जस्तै ।
प्रतिक्रियाको लागि :-gopsiwa@gmail.com







