२५ वर्षको उमेरदेखि अनुहारमा विभिन्न समस्या देखिन थाल्छन् । यही उमेरदेखि
डार्क सर्कल्स, एजस्पट, फाइन लाइन, रिंकल्स आदि देखापर्छन् । यद्यपि २५
वर्षको उमेरमा यी सबै हुन्छन् भन्ने होइन । कतिपय कुरा ४० वर्षको उमेरपछि
पनि देखापर्न सक्छन् । अध्ययनअनुसार चाउरी पर्नु बढ्दो उमेरको संकेत मात्र
होइन, यो खानपान, व्यवहार एवं जीवनशैलीको संकेत पनि हो । अनुहारमा रिंकल्स
देखापर्नु, स्किन टेक्सचरमा परिवर्तन आउनु, छालाको रंग परिवर्तन हुनु आदिले
बढ्दो उमेरको असरलाई स्पष्ट गर्छ । अनुसन्धान अनुसार छालामा उमेरको भन्दा
चुरोटको धूवाँ र प्रदूषणको प्रभाव बढी देखिन्छ । खानपान, तनाव, निद्रा एवं
शारीरिक व्यायामको कमी, छालाको राम्रो हेरचाह नहुनु आदिले पनि छालालाई
बाहिरी रूपमा प्रभाव पार्छ ।
डर्मेटोलोजिस्टहरूका अनुसार छालामा विभिन्न समस्या देखिनुको बाहिरी कारणमा चुरोटको धूवाँ एवं प्रदूषण हो । विभिन्न किसिमका प्रदूषण छालाको सम्पर्कमा आउनेबित्तिकै यस्ता अनपेयर्ड आरओएसले तुरुन्तै हमला गर्छन् । यसको परिणाम छाला रंगहीन हुन्छ ।
यो अवस्थामा छालालाई सधै जवान राख्न विभिन्न एन्टी एजिङ वा रिंकल कम गर्ने उत्पादनप्रति आकषिर्त हुनु स्वाभाविक हो । एन्टी एजिङको चाहनालाई लक्षित गरी सञ्चालन गरिएको कस्मेटिक सर्वेको एक रिपोर्टअनुसार बितेका २ वर्षमा एन्टी एजिङ क्रिमको बिक्री ७२ प्रतिशतले बढेको छ ।
एन्टी एजिङ क्रिमको प्रयोग
एन्टी एजिङ प्रोडक्ट अल्फाहाइड्रोक्सी एसिड 'एएचए' भिटामिन ए, इ र सेलिसिलिक एसिड मिसाएर तयार गरिन्छ । अल्फाहाइड्रोक्सी एसिड सबै खाले स्किन केयर टि्रटमेन्टमा प्रयोग गर्न सकिन्छ । यस्तो एसिड प|mुट्स एवं उखु आदिमा पाइन्छ । अल्फाहाइड्रोक्सी एसिडअन्तर्गत ग्लाइकोलिक, लेक्टिक, मेलिक, साइटि्रक र टार्टरिक एसिड पर्छन् । एएचएले छालाको एसिड अल्काइन सन्तुलन ठीक राख्न सहयोग पुर्याउँछ ।
केही एन्टी एजिङ क्रिममा डीएमएइ अर्थात् डाइनिथाइल एमिनो एथेनलको पनि प्रयोग गरिन्छ । यसको केमिकललाई कतिपय कम्पनीले एन्टिरिंकल क्रिम तथा फेस लिफ्टिङ प्रोडक्टमा प्रयोग गर्छन् । यसमा पाइने केमिकलका कारण मृत सेल केही समय सक्रिय हुन्छन् । मृत सेल सक्रिय हुनेबित्तिकै अनुहार कान्तिमय देखिन्छ । यो केमिकल माछाको शरीरमा पाइन्छ ।
उमेर बढे के गर्ने
समयलाई कसैले रोक्न सक्दैन, न त यसको प्रभावलाई कसैले रोक्नसक्छ । बढ्दो उमेरको प्रभाव रोक्न प्राकृतिक उपाय अवलम्वन गर्नु उचित हुन्छ । समयमै स्तरीय उत्पादन प्रयोग गर्दा यसले केही हदसम्म रोक्न सहयोग गर्छ । एक अनुसन्धानअनुसार मोस्चराइजर प्रयोग गर्ने १८ देखि ३० वर्षका महिलाको तुलनामा मोस्चराइजर प्रयोग नगर्ने महिलामा रिंकलको समस्या बढी देखिएको थियो । यसबाट छालामा मोस्चराइजरको प्रयोग नियमित रूपमा गर्ने बानी बसाल्नु एक मात्र उपाय हो भन्ने देखाएको छ । एन्टी एजिङ क्रिमबाट छालालाई आरओएसको हमलाबाट पनि जोगाउन सकिन्छ । आरओएस जब एन्टी एजिङ क्रिममा रहेको भिटामिन इको सम्पर्कमा आउँछ तब त्यसले भिटामिन इको एउटा इलेक्ट्रोनलाई लिएर आफ्नो पेयर पूरा गर्छ, जसले छालालाई हानि गर्दैन । एक क्लिनिकल स्टडीअनुसार मोस्चराइजर प्रयोग गर्ने महिलामा हाइपर पिगमेन्टेसन स्पटको कमी आएको पाइयो ।
स्तरीय उत्पादनका साथै आफ्नो खानपानमा पनि सुधार गरेर उमेरको प्रभावलाई केही कम गर्न सकिन्छ ।त्यसका लागि आफ्नो भोजनमा भिटामिन सी, इ र मिनरलयुक्त एन्टी ओक्सिडेन्ट समावेश गर्नुपर्छ । भिटामिन सी, इ र मिनरलयुक्त सुन्तला, कागती, ब्लुबेरी, स्ट्रबेरी, पालक, ब्रोकाउली आदि हरियो साग सेवन गर्नुपर्छ । भिटामिन इका लागि सनफ्लावर ओयल, अनाज, नट्स डेयरी प्रोड्रक्टसको सेवन लाभदायक हुन्छ ।
पि्रमेच्योर रिंकल्सबाट बच्न सनस्त्रिmन एसपीएफ १५ को प्रयोग नियमित गर्नुपर्छ ।
चिया, कफीको सेवन भरसक कम गर्नुपर्छ ।
चिल्लो-पिरो-मसलेदार भोजनमा कमी ल्याउनुपर्छ ।
निराशा, तनाव, क्रोध आदिबाट जोगिनुपर्छ ।
एसीमा लामो समय बस्दा पनि छालामा रिंकल पर्ने सम्भावना बढ्छ । यसको प्रयोगबाट वायुमा अक्सिजनको स्तर कम हुने भएकाले यसको प्रभाव छालामा पर्न जान्छ ।
मेकअपका लागि राम्रो कम्पनीको फेसवास, क्लिन्जर, टोनर एवं मोस्चराइजर आदि प्रयोग गर्नुपर्छ ।

कालिकोटमा चुलो छोएको निहुँमा मनवीर सुनारको हत्या, सुर्खेतमा छोराको
अन्तर्जातीय विवाह गरिदिएका निहुँमा सेते दमाईको हत्या , कास्कीमा सामूहिक
भोजमा दलितहरूलाई पनि सहभागी गराउन खोजेको निहुँमा कर्णबहादुर नेपाली लाई
कालो मोसो दलिएको, रौतहट पिपरियामा रहेको एक मन्दिरमा पुजा गर्न खोजेको
निहुँमा दलित समुदायका २४ जना घाइते तथा बेलबारीमा एक दलित महिलालाई
जबरजस्ती करणी गर्न खोजेको कुरामा दलित महिलालाई प्रहरीमा जान र दोषी साबित
गर्न खोजेको निहुँमा स्थानीय महिला बाट पत्रकार मनोज बिश्वकर्मा सहित अनिल
बिक र माया सार्की लाई कालोमोसो दलिएको आदि घटनाले यही समाजमा दलित हुनुको
नियति भोग्न विवश प्रतिनिधि पात्रहरू मात्र हुन् ।
प्रहरी र
स्थानीयको दबाबमा दबिएर बसेका हजारौ घटना छन् जसमा मिडियाको , दलित
अधिकारकर्मीको नजर पुग्न सकेको छैन । दलित समुदायका सदस्यले समाजमा
असुरक्षित महसुस गर्नु तथा उनीहरूमाथि विभिन्न निहुँमा, बहानामा क्रमिक
रूपमा भइरहेका हिंसा, कुटपिट साथै हत्यासम्मका घटनाले नेपालमा दलितको
पक्षमा कानुनको निमार्ण गरेर , जातीय छुवाछुत विरुद्धको सन्धीलाई ससंदबाट
पारित गरेर कानुनी कागजले मात्र समाजको कालो रुप फेर्न सक्दैन भन्ने थप
पुष्टि गर्छ। अब दलितको पक्षमा बनेको अधिकार नीति नियम कानुन सम्मतरुपमा
राज्य बाट कार्यान्वयन हुनुपर्छ।दलित वस्तीहरुमा देखिएको समस्यालाई
राजनैतिक दलहरुले, राज्यले स्वीकार गर्ने पर्छ ।गरिवी अभाव रोग भोक
दरिद्रता अशिक्षा अस्वस्थता सबै समस्या दलितभित्र देख्दा देख्दै किन
राजनैतिक दलहरुका एजेण्डाहरुमा दलित को अहिलेसम्म पनि अधिकारको सुनिश्चितता
छैन ?दलितहरुलाई बन्दुक बोकाउनेहरु , दलितहरुलाई पार्टीको कार्यक्रममा
उतार्नेहरु , महिला अधिकारकर्मीहरु र दलितको नाम बेचेर खानेहरु यतिबेला
किन निदाएको नाटक गरिरहेको छन ? किन दलित प्रति यस्तो अमानविय घटना हुदा
सबै निदाएका छन ?
परिवर्तनका लागि आन्दोलनका अनेकौ रुप र तरिकाहरु
अपनाउदै पूर्ण समानता ल्याउन र जातीय छुवाछुत प्रथा हटाउनका लागि आ आफ्नो
ठाउँ बाट आन्दोलित हुनै पर्छ !सैदान्तिक, बैचारिक , सास्कृतिक आन्दोलनलाई
निरन्तरता दिनै पर्छ !दलितभित्र रहेका अनेक प्रकारका समस्यालाई सुल्झाउन ,
अब हामी माथि उठ्न र आफ्नो अधिकारको बारेमा वकालत गर्न सक्नु पर्छ र
दलितहरुले एकढिक्का भएर दलित आन्दोलनलाई जुर्मुराउनु अत्यन्तै आवश्यक
छ ।बेलबारी घटनामा प्रताडित हुन्न विवश भएका मनोज बिश्वकर्मा,अनिल बिक र
माया सार्की लाई उचित न्याय र क्षतिपूर्तिको लागि अपिल गर्दै दलित नागरिक
समाजको अगुवाइमा भएको आज दिउँसो २ बजेदेखि ४ बजेसम्म सिंहदरबार घेराउ र
धर्ना कार्यक्रममा म र रामचन्द्र परियार जी पनि हेल्प राइजका तर्फ
बाट सहभागी भएका थियौ !हेरौ केहि दृश्यहरु
उपेक्षित उत्पिडित र दलित बर्ग हामी दलितमा आफ्नो
पहिचान र जातियताको रक्षार्थ विभिन्न संस्थाहरु स्थापना गरेर हामी दलित
एकताको संदेश प्रवाह गरी रहेका हुन्छौँ।कति खुशी लाग्छ यस्तो परिवर्तित
एजेन्डा लिएर हामी दलितमा चेत आएको मा तर परिवर्तित एजेन्डा लिएर एक जुट
भएर एक कदम अघि बढंन नपाई , सुन्दर कुरा अनि उपलब्धिमुलक काम गर्न नपाई
एजेन्डा र संरचनाहरु टुक्रा टुक्रा परेर दलित को लागि म ,हामी मात्र हौ
भन्दै एक टुक्रामा उभिएर निती र योजना को बारेमा हल्ल्हा फिजाउछन । अहिले
सम्म भएका ५०१ दलित सस्थाहरु मा एकता गरेर एकताले समाजमा सकारात्मक सन्देश
जाने एकता पश्चात दलितहरु बलियो भएर दलितहरुको हितमा काम गर्न सकिन्छ भने
चेत हामीमा कहिले आएन बरु एकताको कुरा गरेर ५०२ , ५०३ हुदै गयौ । छरिएर
बसेका दलितहरु लाई एउटा सूत्रमा उनेर एकताको संदेश दिन यस्ता सयौ संगठन
को जरुरी छ त् ? दलितको हक अधिकार ,समानता मुलक समाज र आर्थिक उन्नन्ति
गर्नु आजको आवश्यकता हो उडन्ते सयौ संगठन को गफबाट हो त् ? ५०२ , ५०३
हुदै आफ्नो कर्तब्य त् हामी आफैले किटान गर्न सकेनौ फलस्वरूप दलीत
भित्रै एकताको अभावमा जातीय र क्षेत्रिय दरार बढ्दै गइरहेको छ । दलित
एकता दलित एकता दलित एकता भनेर जति कराए पनि जति बोले पनि हामीले जे
सिक्छौ जे देख्छौ त्यही नै ब्यबहारमा लागु गरि रहेका छौ । प्रस्ट छ यसरि
दिनानु दिन खुल्ने सस्थाले के इंकित गर्दछ भने दलित जाने बुझ्नेहरु पद ,
प्रतिष्ठा र स्वार्थको चरम विवादको घेरामा पिल्सिरहेको छन । आफै एकता
हुने बेलामा अहमता साधेर हिड्छन अनि भोलि कुनै नया सस्था खोलेर दलित एकता
हुनु पर्छ, दलित को लागि मै(हामी ) मात्र हौ र दलित एकताको बिकल्प
छैन भन्नु आफैमा कति हास्यास्पद हुन्छ ?
कहिले काहिँ त् लाग्छ नेपाली
सामाजिक परिवेश लाई नै कति दोष दिने हामी दलित जो मातृभूमि देखि बिकशित
देशमा जति बसेपनि जति शिक्षा हासिल गरेपनि राम्रा कुरा जति सिकेपनि जब पद
प्रतिष्ठाको लागि मैदान मा उत्रन्छौ अनि उही घिन लाग्दा ब्यबहार अनि तामसा
देखाएर नै छोडछौ। दलित अधिकारको निम्ती आवाज उठाउन एउटा सफा मन अनि फराकिलो
दिल लिएर सोचौँ। परिबर्तन नै चाहने हो भने समय अनुसार अनि परिवर्तित
एजेन्डा लिएर एक जुट भएर परिबर्तन हुन् सिकौ।
देशभर छरएिको र सामाजिक-आर्थिक रूपमा सबैभन्दा पछाडि रहेको दलित समुदाय देशभरको कुल
जनसङ्ख्यामा दलितहरूको अंश १३ प्रतिशत रहेको छ ।४५ प्रतिशत दलितहरू गरिबीको रेखामुनि रहेका, दलितहरूको प्रतिव्यक्ति
आय अन्य जातजातिहरू भन्दा कम रहेको, ३८.०२ प्रतिशत साक्षर
रहेका, तराई मधेसका दलितहरूको साक्षरता २७.३२ प्रतिशत मात्र रहेको, दलितहरूको मानव विकास सूचकांक सबैभन्दा कम ०.४२४ रहेको, नेपालभरिका कुल ४०५१
नगरपालिका र गाविस मध्ये पश्चिम तथा सुदूर पश्चिम पहाड र पूर्वी तराइमा गरी जम्मा २११ वटा गाविसमा
दलितहरूको उपस्थिति ३० प्रतिशत र १२ वटा गाविसमा दलितहरूको एकलौटी निरपेक्ष बहुमत छ । तर जिल्ला तहमा उनीहरू
कहीँ निरपेक्ष बहुमतमा छैनन् । निर्वाचित हुने राजनीतिक पदहरूमा दलितको सहभागिता शून्य प्रायः भएको, नागरिक समाजको
नेतृत्वमा दलितको संख्या ०.७ प्रतिशत रहेको, निजामती सेवाको अधिकृत स्तरमा दलितहरूको उपस्थिति ०.९ प्रतिशत रहेको, दलितहरूको उद्योग वाणिज्यको क्षेत्रमा प्रत्यक्ष नेतृत्व प्रायः शून्य रहेको, औसत आयुमा दलितहरूको
सबैभन्दा कम ६१.०३ वर्ष रहेको पाइएको छ । २००३/४ सालबाट शुरु भएको दलित आन्दोलनको उपलब्धीका ठोस स्वरुप आज गणतन्त्र स्थापनासम्म हेर्ने हो भने कहिकतै उल्लेख्यरुपमा पाइदैन । यद्यपी दलितको पक्षमा कागजीरुपमा कानुन बनाइयो यसलाई आन्दोलनको उपजका रुपमा लिन सकिएला । तर, कार्यान्वयनविनाको
कानुनलाई कुनरुपमा हेर्ने ? गणतन्त्र स्थापनापछि पनि दलित समुदाय दलिँदै गएको कुनै न कुनै
रुपमा पिल्सिदै गएको अनेकौ अमानबिय घटना हाम्रो अघि ताजा छन् । यो सामाजिक समूहको
न्यायोचित व्यवस्थापन कसरी गर्न सकिन्छ ?
सरकारले अहिले सम्म दलितको लागि दिएको कोटाको कार्यक्रम निगाहका रूपमा रहेकाले हचुवा र अव्यावहारिक छ । दलितको लागि दिएको कोटालाई
कार्यान्वयन गर्ने सम्बन्धमा कुनै संयन्त्रका बारेमा समेत उल्लेख गरिएको छैन । न त
ती समुदायको अलगअलग अवस्थाका बारेमा नै कसैले ध्यान दिइएको छ । धेरैजसो दलितहरू अहिले पनि रोग, भोक,
अशिक्षा, सामाजिक असुरक्षा, अन्याय, अत्याचार, शोषण, उत्पीडन तथा विभेद , राज्य र समाजद्वारा
सदियौंदेखि पछाडि पारिएका, राज्यमा प्राप्त स्रोत र साधनबाट वञ्चितप्राय छन दलितहरू । दलितका विद्यमान भूमिहीनता, गरिबीजस्ता आर्थिकलगायत
राजनीतिक–प्रसाशनिक र सामाजिक–सांस्कृतिक
समस्याहरूलाई पटक्कै महत्व नदिने परम्परागत एवम् गलत चिन्तन र परिपाटीको परिणाम हो अहिले दिएको कोटा । व्यवहारले
नै प्रमाणित गरिसकेको छ दलित समस्या र छुवाछुतबाट मुक्ति जे पनि कोटा छुटाउने क्रियाकलाप वा घोषणाबाट हुन सक्तैन । सरकारले अहिले
सम्म दलितको लागि दिएको कोटाको कार्यक्रम
निगाहका रूपमा रहेकाले अहिले सम्म कोटा कार्यान्वयन गर्ने सम्बन्धमा कुनै संयन्त्रका बारेमा समेत उल्लेख
गरिएको छैन अत स्वत दलितहरुलाई थुमथुमाउने सिमित पर्ने, हचुवा र अव्यावहारिक कार्य मात्र भै रहेको छ । सामाजिक,
आर्थिक, शैक्षिक, सांस्कृतिकजस्ता
पक्षहरूमा सीमित कोटाको कार्यक्रम थुमथुमाएको खण्डमा दलित समस्या समाधान भइहाल्छ भनेर दलित आन्दोलनलाई विमुख गराउने सुधारवादी आमूल परिवर्तनविरोधी शक्तिहरू एक सीमासम्म सफल भएका छन् । राज्यका हरेक निकायमा गैरदलितको प्रभुत्व हुनुले पनि दलितलाई विभिन्न
सेवा सुविधा तथा अवसरबाट बञ्चित बनाउँदै दलित लाई कोटा दिएको छ है भन्दै ल्याइएको छ । हिजोका
दिनहरुमा दलित आन्दोलनको नेतृत्व लिने केही ब्यक्तिहरु सुकिलामुकिला हुनु र बाँकी पीडित र निमुखा
दलितहरुको अवस्था झनै नाजुक
हुनुले प्रस्ट छ दलित लाई दिएको कोटा कति हचुवा र अव्यावहारिक
थियो भनेर ! अझ दलितको ट्याग
झुन्डाएर खाई लाई पल्केका नजिक बाट देख्नेहरु आज आफ्ना वास्तविक नाम लुकाएर दलित भनेर प्रस्ट चिनिने थर लुकाएर हामी दलित भनिनु पर्छ दलित भनेर
चिनिनु पर्छ भने प्रभाब हाम्रा दलित
जान्ने बुझ्ने सम्म गाडेको छ र त् भन्छन दलितको लागि दिएको अहिले सम्मको सुबिधा कोटा चाहिदैन भन्न सकिदैन भनेर !
दलित विरोधी शक्तिहरू दलितमुक्तिको सवाललाई वर्गीय आन्दोलनबाट पृथक् राख्न प्रयत्न
गरिरहेका छन्, दलितहरूको आरक्षण र
धर्मान्तरणको सवाललाई बढी नै प्राथमिकता दिइरहेका छन् । दलितहरू आफ्नो पहिचान र राज्यको उचित हिस्सा प्राप्त गर्नका लागि एक भएर दबाबको बाटो
अपनाउनुपर्ने बेला बिभिन् गुट गुटमा
फुटेर वैचारिक कमजोरी देखाई रहेका छन् जसले दलितमुक्तिलाई
साकार पार्न सक्तैन ।हामी दलितमा साझा अवधारणा बोकेर फडको मार्ने सोच कहिले आउछ ?