के तपाईं सुतेर उठेपछिa सधैँ खराब मुडमा हुनुहुन्छ ? अथवा के तपाईं बिहानको नास्ता खानुहुन्न ? यहाँ यस्ता केहि व्यवहारहरु दिइएका छन् जसलाई हामी धेरैजसोले बिहान उठ्ने बित्तिकै आत्मसाथ नगरेर आफ्नो स्वास्थ्यमाथि खेलबाड गरिरहेका छौँ ।
१. बिहान उठ्नासाथ जिममा जानुः बिहान बिस्तारै बिस्तारै काम सुरु गर्नुहोस् । आफूलाई आरामसँग उठ्ने समय दिनुहोस् र आफ्नो मांसपेशीहरुलाई बिस्तारै हल्लाउनुहोस् । निन्द्राबाट ब्युझिँएपछि दाहिने पट्टीबाट घुमेर बेडबाट उठ्नुहोस् । यसले तपाईंको इनर्जी ब्यालेन्स हुन मद्दत गर्दछ ।
२. जिउ नतन्काउनुः जब हामी बिहान उठ्छौँ तब हाम्रो मांसपेशी विषेशतः मेरुदण्ड दह्रो हुने गर्दछ । यदि उठ्ने बित्तिकै जीउ नतन्काउने हो भने तपाईं दिनभरी त्यहि दह्रो मेरुदण्ड लिएर घुम्नुपर्ने हुन्छ र आफ्ना कामहरु गर्न तपाईंलाई असजिलो महसुस हुन्छ । उठिसकेपछि आनन्दले हिँड्नुहोस् । उठिसकेपछि दुई–तीन पटक जिउ तन्काउनुहोस् र केहि लामो–लामो सास फेर्नुहोस् ।
३. दिनको सुरुवात चियाबाट गर्नुः राम्रो मेटाबोलिजमको रहस्य चिया होइन त्यसकारण दिनको सुरुवात एसिडिक खानेकुरा जस्तै चीनि, दुध, चिया वा कफीबाट नगर्नुहोस् । पानीमा कागती मिसाएर पिउनुहोस् । त्यसपछि तपाईं दुध हालेको चिया वा ग्रिन टि पिउनसुक्नुहुन्छ ।
४. फोन चेक गर्नुः कहिले पनि दिनको सुरुवात मेल चेक गरेर अथवा कामको बारेमा सोचेर नगर्नुहोस् । उठेको दुईघण्टा भित्र तपाईंले आफ्नो सबै समस्याको समाधान गर्नसक्नुहुन्न । उठिसकेपछि तपाईंको इनर्जी सबैभन्दा महत्वपूर्ण स्थानमा खर्च हुन आवश्यक छ ।
५. नास्ता नगर्नुः केहि अनुसन्धानका अनुसार बिहानको नास्ता नगर्नाले तपाईं मोटोपन, डाइबिटिज, कमजोर इम्युनको शिकार हुनुहुनेछ । यदि तपाईंको बिहानको नास्ता सहि नभएमा तपाईं दिनभरी गलत खाना खानुहुनेछ । तपाईंले राजा–महाराजाहरुको जस्तो नास्ता खानु आवश्यक छैन तर नास्ता खान आवश्यक छ । (एजेन्सी)
तपाईं हरेक दिन स्वस्थ खाना खानका लागि निकै ध्यान दिनुहुन्छ तर त्यही खानेकुरामा गरिएको सानो गल्तीका कारण तपाईंले चाहे अनुरुपको प्रतिफल पाइराख्न नसक्नु भएको हुनसक्छ । जसले गर्दा तौलमा कमी आउने वा तौल व्यवस्थापन गर्न गाह्रो र समयमा सोचे अनुसारको परिणाम नआउन सक्छ ।
कहिलेकाहीँ हानिकारक नहुने वा नदेखिने खानाले पनि तपाईंको तौल व्यवस्थापनलाई निकै असर गरिराखेको हुन्छ । जसबारे हामी धेरै अनभिज्ञ हुन्छौं । यी खानाहरु हामीले हरेक दिन खायौं भने यसले हाम्रो तौल व्यवस्थापनमा निकै असर पु¥याउन सक्छ ।
१) दुधः
हुनतः दुध एक स्वस्थवर्धक पेय हो तर यसले पनि तौल व्यवस्थापनमा असर गरिराखेको हुन्छ । यदी तपाईं सुत्न अघि, खाना वा खाजामा हरेक दिन दुध खानुहुन्छ भने यसलाई एक महिनाको लागि रोक्नुहोस् । यसले तपाईंलाई तौल घटाउन र अनुहारमा भएका डण्डीफोर हटाउन मद्दत गर्छ ।

२) खानापछि गुलियो खानेकुराः
धेरै मानिसहरुलाई खानापछि केही गुलियो खानेकुरा खाने बानी हुन्छ । यो अनावश्यक हो । यदी तपाईं हरेक दिन खानापछि पनि गुलियो खानुहुन्छ भने यसलाई तुरुन्तै रोक्नुहोस् । हप्ताको एक दिन आफूलाई उपहार दिए जसरी खानुभयो भने चाँही यसले त्यति असर गर्दैन ।

३) साँझ भारी खाजाः
दिउँसो र रातीको खानाको बीचको समयमा तपाईंलाई कतिको भोक लाग्छ ? हामी मध्ये प्रायः धेरैलाई दिउँसो खाजा मज्जाले खाने बानी छ । समोसा, मोःमोः जस्ता खाजा त हाम्रो प्रिय नै भयो । यसले तपाईंको तौल घटाउन कुनै मद्दत गर्दैन । यसको साटो उच्च प्रोटिन भएका खानेकुरा जस्तै बदामहरु बोक्नुपर्छ जसले गर्दा तपाईं भोकले गर्दा बेहोस् नहुनुहोस् ।
४) आलुः
४) आलुः
आलुमा बासो नभए पनि हावार्ड विश्वविद्यालय हालै गरिएको एक अध्ययनले आलुले कालान्तरमा मानिसको तौल बृद्धि गर्ने देखाएको छ । तपाईं घरमा आलु हालेर स्वस्थ तरकारी खानुहुन्छ होला । त्यसमा आलु थपेर अझ स्वादिलो बनाउनुहुन्छ होला । यसले तौल घटाउनेभन्दा तौललाई अझ बढाउने छ ।
५) ‘स्वस्थ स्न्याक’:
५) ‘स्वस्थ स्न्याक’:
बजार स्वस्थ स्न्याक भनेर विभिन्न खानेकुरा पाइन्छ । विज्ञापनमा पनि यिनीहरु असली खाना जतिकै पोषिलो हुने बताइन्छ । तर यस्ता प्रशोधित खानाहरुले पनि तपाईंको तौल वृद्धि गरिरहेको हुन्छ । ख्याल राख्नुहोस् ।
मृत्युदण्ड दिइएकी इरानकी २६ वर्षीया युवती रेहानाले मृत्युपश्चात सबै अंगहरु दान गर्ने इच्छा व्यक्त गर्दै आफ्नी आमालाई निकै मर्मस्पर्शी सन्देश पठाएकी छन् ।अन्तर्राष्ट्रिय स्तरमा भएका अनेकन प्रयासका बावजुद २६ वर्षीया इरानी युवती रेहाना जब्बारीलाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्ड दियो ।
‘इन्टेरियर डिजाइन’ सम्बन्धी सल्लाह लिन भन्दै भेट गरेपछि जबरजस्ती करणीको प्रयास गर्ने पूर्व इन्टिलिजेन्स अफिसर अब्दोआली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा रेहानालाई इरानको सर्वोच्च अदालतले मृत्यु दण्ड दिएको छ । अदालतले हत्या जानी बुझी गरिएको बताएको छ ।
७ वर्षदेखि जेलमा सजाय भोगिरहेकी रेहानालाई २५ अक्टुबरमा फाँसी दिइयो । उनले मृत्युअघि आमालाई सन्देश पठाउँदै मृत्युपछि आफ्ना अंगहरु आवश्यकता भएकाहरुलाई दान गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।
रेहानाले गत अप्रेल महिनामै यो सन्देश पठाएको भए पनि रेहानाका समर्थकहरुले मृत्युको भोली पल्टमात्रै यो सन्देश सार्वजनिक गरे ।उनकी आमाले न्यायाधीशसँग पूर्व इन्टिलिजेन्स अफिसर सरबन्दीको हत्या आरोपमा छोरीको सट्टा आफूलाई फाँसी दिन माग गरेकी थिइन् ।मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनलले अदालतको आदेशलाई गलत ठहर गरेको छ । एम्नेस्टीका अनुसार जब्बारीले सरबन्दीको हत्या आफूले गरेको बताए पनि त्यसबेला घटनास्थलमा अर्को व्यक्तिको पनि उपस्थिति थियो र हत्या अर्कैले गरेको थियो ।

रेहानाको पत्रको भावार्थः
मेरी प्रिय आमा,
आजै थाहा पाएँ मैले किस्सास (इरानी विधि व्यवस्थामा प्रतिकार कानून) को सामना गर्नुपर्ने छ । म आफ्नो जीवनको अन्तिम अवस्था नजिकै आइपुगेकी छु भन्ने तपाइले अझै स्वीकार गर्न नसक्दा म खिन्न भएकी छु ।
तपाइको उदासीले मलाई निकै सताउँछ । एकपटक तपाइँ र बुवाको हात चुम्ने मौका मलाई किन दिनु हुन्न ?
आमा, यो संसारले मलाई १९ वर्ष बाँच्ने मौका दियो । त्यो कहालीलाग्दो रातमा नै मेरो हत्या हुनु पर्थ्यो । मेरो शव शहरको कुनै कुनामा फालिएको हुनु पर्थ्यो र मेरो शवको पहिचानका लागि प्रहरीले तपाइँलाई बोलाएपछि थाहा पाउनुहुन्थ्यो– हत्या अघि मेरो बलात्कार पनि भएको रहेछ ।
मेरो हत्यारा कहिल्यै पक्राउ पर्ने थिएन किनभने हामीसँग न त उसको जस्तो धन छ, न ताकत नै । त्यसपछि तपाइँ पीडा र लज्जामा बाँच्नु हुन्थ्यो र केही वर्षपछि त्यही पीडाले मर्नुहुन्थ्यो । तर, कुन श्राप ले गर्दा हो त्यसो हुन सकेन ।
मेरो शव त्यसबेला फालिएन तर, इविन जेलको चिहान, त्यो सँगैको एकालास कोठरी र अहिले चिहान जस्तो शहर–ए–रे जेलमा त्यही हुँदैछ । अव यसलाई मेरो भाग्य ठान्नहोला र कसैलाई दोष नदिनु होला । तपाइँलाई थाहा छ मृत्यु जीवनको अन्त्य होइन ।
तपाइँ भन्ने गर्नु हुन्थ्यो नि, हामी अनुभव बटुल्दै त्यसबाट पाठ सिक्न यो संसारमा आउँछौ । मानिस भएर जन्मेपछि हाम्रा केही जिम्मेदारी हुन्छन् र नमरुन्जेल आफ्नो जीम्मेदारी निर्वाह साथै आफ्ना मूल्य को रक्षा गर्नु पर्छ ।
आमा, मलाई एउटा हत्यारा जस्तै गरी अदालतमा उपस्थित गराइयो तर, त्यसबेला मैले कत्ति पनि आँशु बगाइन । मैले आफ्नो जीवन रक्षाको भिक्षा मागिन । मलाई चिच्याउन मन लागेको थियो तर, पनि कानून प्रतिको विश्वासले मैले त्यसो गरिन ।
हामी स्कुल जाँदा ज्ञानी केटी भएर झगडा र गुनासाहरुबाट टाढै रहन तपाइँले हामीलाई सिकाउनुहुन्थ्यो । तपाइँलाई सम्झना छ आमा, हाम्रो व्यवहार देखेर त्यसबेला तपाइँ दिक्क परेको ? तर तपाइँको अनुभव काम लागेन त ।
जब यो घटना भयो, मैले सिकेको ज्ञान केही काम लागेन ।
आमा, तपाइँलाई थाहा छ, मैले एउटा लामखुट्टे पनि मारेकी छैन । साङ्लोे त जुँगा पकडेर बाहिर फालिदिन्थे । तर, अहिले मलाई जानीबुझी हत्यारा बनाइएको छ ।
जनावरप्रतिको मेरो प्रेमलाई अदालतमा ‘क्रुर पुरुष’ को जस्तो भनेर ब्याख्या गरियो तर, न्यायाधीशले घटनाका बेला मेरा नङहरु लामा र सिंगारिएका थिए भन्ने जान्न चाहेनन् ।
एकातिर ‘क्रुर पुरुष’ जस्तो भन्दै कुटियो अर्कोतिर नङ पालिस लगाइएका मेरा औंला हेरेर पनि कुटियो । जब मैले मेरो सौन्दर्यको अन्तिम निशानी कपाल खौरिदिएँ त्यसको पुरस्कार मलाई दिइयो– ११ दिनसम्म कालकोठरीको बास ।
न्यायाधीशसँग न्यायको अपेक्षा गर्नेहरु कति आशावादी हुन्छन् । तर, मलाई न्यायाधीशले मेरा हातहरु बक्सरका जस्ता खस्रा किन छैनन भनेर कहिल्यै सोधनन् ।
र, यो देश जसका प्रति तपाइँले मेरा मनमा मायाको विजारोपण गरिदिनुभएको थियो त्यही देशमा सोधपुछ गर्नेले मलाई निकै अश्लिल गाली गर्दै कुटपिट गरिरहँदा मेरो पक्षमा बोलिदिने कोही छैन, यहाँ म विरानी भएकी छु ।
यो सुनेर नरुनुहोला आमा, प्रहरी कार्यालयमा मलाई पहिलो दिन नै लामा र पालिस लगाइएका नङ देखेर कुटियो ।
मलाई थाहा छ अहिले सौन्दर्यको कदर छैन । अनुहारको सौन्दर्य, विचार र अभिलाषाको सौन्दर्य, सुन्दर लेखोट, आँखा र दृष्टिकोणको सौन्दर्य र मिठो आवाजको सौन्दर्य ।
मेरी प्यारी आमा, मेरो विचारधारा परिवर्तन भएको छ । तर, तपाइँ यसका लागि जिम्मेदार हुनुहुन्न । मेरा शब्दहरुको अन्त्य छैन र मैले यो सबै कसैलाई लेखेर दिएकी छु, यदि तपाइको जानकारी विना नै मलाई फाँसी दिइयो भने यो पत्र तपाइँलाई दिइयोस ।
मैले आफ्नो नासोका रुपमा केही हस्तलिखित दस्तावेज तपाइँका लागि छोडेकी छु ।
आफ्नो मृत्यु भन्दा पहिले म तपाइँलाई केही भन्न चाहन्छु । आमा, म माटो भित्रै कुहिन चाहन्न । म आफ्ना आँखा र जवान मुटु माटो बनुन भन्ने चाहन्न ।
त्यसैले प्रार्थना गर्छु, मृत्युदण्ड पछि चाँडो भन्दा चाँडो मेरो मुटु, मेरा मृगौला, मेरा आँखा, हड्डीहरु र त्यो सबै जसको प्रत्यारोपण गर्न सकिन्छ, मेरो शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपहारका रुपमा दिइयोस ।
मेरा अंगहरु जुन व्यक्तिका लागि दिइन्छ उसलाई मेरो नाम नभन्नु होला । म चाहन्न ऊ मेरा प्रति अनुग्रहित होस र मेरा लागि प्रार्थना गरोस ।
मैले मेरो हृदयदेखि नै तपाइलाई भनिरहेकी छु, तपाइ मेरो चिहानमा आएर दुख व्यक्त गर्नुस र पीडित बन्नुहोस भन्ने म चाहन्न । म तपाइँले कालो लुगा लगाएर मेरो चिहानमा प्रार्थना गर्न आउनुहोस भन्ने चाहन्न ।
मेरा दुखका दिनहरु विर्सिदिनुहोला र मलाई हावाको जिम्मा लगाइदिनुहोला उडाएर निकै पर लैजानका लागि ।
यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यले त्यसो हुन दिएन । अब म मृत्युलाई अंगाल्दै छु किनभने भगवानको अदालतमा अर्कै इन्सपेक्टर हुनेछन, त्यहाँ मैले इन्स्पेक्टर शामलोउलाई मुद्दा हाल्नेछु, न्यायाधीशहरु र यो मुलुकको सर्वोच्च अदालतको न्यायाधीशहरु जसले म जागै रहँदा सताइरहे उनीहरु विरुद्ध मुद्दा हाल्नेछु ।
सृष्टिकर्ताको अदालतमा मैले ति सबै जसले अज्ञानताबस वा गलत मनसायले मेरो अधिकार खोसे र कहिलेकाहीं वास्तविकता बाहिर देखिए भन्दा फरक हुन्छ भन्ने तथ्यमा ध्यान दिन चाहेनन् ति सबैविरुद्ध आरोपपत्र प्रस्तुत गर्नेछु ।
कोमल हृदयकी मेरी आमा, अर्को संसारमा अरुहरु आरोपित हुनेछन जुनबेला आरोपपत्र दायर गर्ने तपाइँ र म मात्रै हुनेछौं । हेरौं भगवान के चाहँदा रहेछन् ।
नमर्दासम्म म तपाइँलाई अँगालोमा बाँधीरहन चाहन्थे । आइ लभ यु । रेहाना एजेन्सी

दुध हाम्रो आहाराको महत्वपूर्ण हिस्सा हो । दुधमा प्रोटिन, खनिज र भिटामिनजस्ता पौष्टिक तत्वको प्रचुर मात्रा पाइने गर्दछ । हरेक उमेर समूहका मानिसलाई दुध किन आवश्यक हुन्छ भन्ने विषयमा हामी जानकारी दिँदैछौँ ।
बाल्यकालः
बाल्यवस्थामा शरिरिक र मानसिक विकास तिव्र रुपले हुने हुँदा बच्चाहरुलाई गुलियो पेय पदार्थभन्दा दुध दिनु राम्रो मानिन्छ । दुधमा पाइने प्रोटिन सन्तुलित एमिनो एसिडबाट बन्ने गर्दछ जुन जैविक रुपमा उपलब्ध हुने गर्दछ । दुध सजिलै पच्ने भएका कारण शरिरभित्र यसको प्रयोग निकै प्रभावकारी ढङ्गले हुने गर्दछ । दुधको क्याल्सियम बच्चाको बढिरहेको हड्डी, दाँत र मस्तिष्कलाई बलियो बनाउन मद्दत गर्दछ । अतिरिक्त पोषण तत्वले भरपूर दुधमा भिटामिन डी पाइने गर्दछ । यो निकै महत्वपूर्ण भिटामिन हो जसले हड्डीलाई बलियो बनाउने गर्दछ । यसले रातो रक्त कोशिकाहरुको उत्पादनलाई बढाउने गर्दछ । यसले पाचन प्रणालीलाई बढाउने कार्य गर्दछ र रोग प्रतिरोधात्मक क्षमतालाई साहारा दिने गर्दछ । ११ वर्ष उमेर समूहका बच्चाहरुलाई दिनहुँ थोरैमा पनि दुई पटक दुध र डेरी प्रडक्ट खुवाउनु आवश्यक छ ।
किशोरावस्थाः
बलियो हड्डीका लागि कोशोरावस्थामा पनि गुलियो पेय पदार्थभन्दा दुध खानु नै उपयुक्त मानिन्छ किनभने यो अवस्थामा शरिररको असाधारण परिवर्तन हुने गर्दछ । तसर्थ यतिबेला शरिरलाई हर्मोन्स सम्बन्धि, मांसपेशी र रक्त संचारको अधिकतम विकासका लागि उर्जायुक्त पोषक तत्वको आवश्यक पर्ने हुन्छ । किशोरावस्था एउटा यस्तो समय हो जतिबेला हड्डी बलियो हुने गर्दछ । यस्तो अवस्थामा दुध निकै लाभदायक हुने गर्दछ ता कि तपाईंले कहिलेपनि हड्डी कमजोर हुने समस्या भोग्नु नपरोस् र ओस्टियोपोरोसिसको समस्या पनि झेल्नु नपरोस् ।
वयस्क अवस्थाः
वयस्क अवस्थामा पनि शरिरको क्याल्सियमको आवश्यकता हुने गर्दछ । भिटामिन डी र फोस्फोरसको अलावा पनि सबै उमेरका वयस्कका लागि हड्डी कमजोर हुने खतरा हुने गर्दछ त्यसकारण दुध मानिसको जुनसुकै अवस्थाको लागि पनि आवश्यक हुने तत्व हो ।

मुखको स्वास्थ्य ठीक राखिएन भने दाँतमा क्षति पुग्ने, गिजा कमजोर हुने र सास गनाउने जानकारी प्रायः मानिसलाई हुन्छ । तर, दाँत सफा नराखेमा अझ खतरनाक रोगले समात्ने सम्भावना रहन्छ । अस्वस्थ दाँत र गिजाले गर्दा तपाइले अनुमान गरेको भन्दा गम्भीर रोग लाग्नसक्छ।
अल्झाइमर रोग
सन् २०१० मा न्युयोर्क विश्वविद्यालयको अनुसन्धान टोलीले २० वर्षदेखिको तथ्याङ्क केलाएर गिजाको रोग र अल्झाइमर रोगबीच सम्बन्ध हुने जनाएको थियो । तथापि सो अनुसन्धान थोरै मानिसमाथि गरिएको थियो । सन् २०१३ मा बेलायतको युनिवर्सिटी अफ सेन्ट्रल लङ्कासायरका अनुसन्धानकर्ताले अल्झाइमर रोगले पीडित १० जना तथा सो रोग नभएका १० जना मानिसको मस्तिष्कको नमूनाको तुलनात्मक अध्ययन गरी न्युयोर्कका वैज्ञानिकको खोजलाई समर्थन पु¥याए । बेलायती अनुसन्धानकर्ताले अल्झाइमर रोगीको मस्तिष्कको नमूनामा पर्फाइरोमोनास जिन्जिभालिस ब्याक्टेरिया पाए । जुन स्वस्थ मानिसको मस्तिष्कमा थिएन । यस ब्याक्टेरियाले गिजामा सङ्क्रमण गर्छध्र
प्यान्क्रियाजको क्यान्सर
अमेरिकाको बोस्टनमा रहेको हार्बर्ड स्कुल अफ पब्लिक हेल्थको अनुसन्धान टोलीले पहिलो पटक सन् २००७ मा गिजाको रोग र प्यान्क्रियाजको क्यान्सरबीचको सम्बन्ध पत्ता लगाएको थियो । अनुसन्धान टोलीले गिजाको रोगमा जिम्मेवार ब्याक्टेरियाले गर्दा प्यान्क्रियाजको क्यान्सर हुन्छ भने प्रमाणित गरेको छैन तर यी दुई समस्याबीच सम्बन्ध देखिएको चाहिँ जनाएको छ । यसैगरी, ब्रिटिस डेन्टल हेल्थ फाउन्डेसनले गिजाको रोग र प्यान्क्रियाजको क्यान्सरबीच सम्बन्ध रहेको स्पष्ट पारेको छ । गट जर्नलमा प्रकाशित यस सम्बन्धी विवरण अनुसार गिजाको रोगमा भूमिका खेल्ने केही ब्याक्टेरियाले प्यान्क्रियाजको क्यान्सरको खतरा दोब्बर बढाउँछन् । अर्कोतर्फ हानिकारक नहुने मुखका अन्य ब्याक्टेरियाले प्यान्क्रियाजको क्यान्सरको खतरा ४५ प्रतिशत कम गर्ने तथ्य पनि जुटाइएको छध्र
गिजाको समस्या पेरियोडोन्टाइटिसले दाँतलाई सहयोग गर्ने तन्तुलाई प्रभाव पार्दछ । यस समस्याका कारण दाँतको जरा वरिपरीको हड्डी क्षय हुन्छ । गिजामा हुने अर्को समस्या जेन्जिभाइटिसले दाँत वरिपरीको तन्तु सङ्क्रमित हुन्छ तर यसले गर्दा क्यान्सर नहुने जनाइएको छ । अनुसन्धान टोलीले गिजाको रोग भएका मानिसको मुखमा क्यान्सरजन्य तत्वको उच्च मात्रा र प्यान्क्रियाजको क्यान्सरबीच सम्बन्ध फेला पारेको थियो । नाइट्रोसामाइन भनिने ती तत्वले आन्द्रामा पाचक रसायनसँग प्रतिक्रिया देखाउँदा प्यान्क्रियाजको क्यान्सरका लागि वातावरण बन्ने अनुुसन्धान टोलीको भनाइ छध्र
मुटुको रोग
अमेरिकाको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले हरेक व्यक्तिले आपूmलाई मुटुको रोगबाट जोगाउन पहिले आफ्नो गिजा स्वस्थ पार्नुपर्ने सुझाव दिएका छन् । गिंजाको स्वास्थ्य सुधारे धमनीमा फोहर जम्ने समस्या कम हुने भनाइ अनुसन्धान टोलीको छ । अमेरिकन हर्ट एसोसिएसनको अनलाइन जर्नलमा यस बारेमा जानकरी दिँदै गिजालाई स्वस्थ पारेमा मुटुको समस्या एथ्रोस्क्लेरोसिसको विकास दर घट्ने बताइएको छ । यस प्रक्रियामा धमनीमा विस्तारै फोहर जम्न थालेको हुन्छ । जसले मुटुमा खतरा उत्पन्न गर्ने र मस्तिष्कघातको सम्भावना बढाउँछध्र
अनुुसन्धान टोलीले स्वयंसेवीको गिजामा हुर्केका ११ प्रजातिका ब्याक्टेरियाको जाँच गरेको थियो । यस्तै, मुखमा हुने ब्याक्टेरियाले केही गरी रगतमा पुगेमा रक्तथेक्ला सिर्जना गरेर जीवन खतरामा पार्ने अवस्था इन्डोकार्डिटिस उत्पन्न गर्दछन् । डब्लिनमा भएको माइक्रोबायलोजी सोसाइटीको वसन्तकालीन सम्मेलनमा वैज्ञानिकले यस सम्बन्धी अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्दै थप अनुसन्धानले मुुटुमा सङ्क्रमण रोक्न नयाँ औषधि रचना गर्ने बाटो प्रसस्त हुने अपेक्षा व्यक्त गरेका छन्ध्र
स्ट्रेप्टोकोकस गोर्डोनी मुखमा हुने एक प्रमुख ब्याक्टेरिया हो र यसले गर्दा दाँतको सतहमा फोहर जम्छ । यदि रगत बग्ने गिजाको माध्यमबाट यी ब्याक्टेरियाले रक्त सञ्चार प्रणालीमा प्रवेश पाएमा मानव प्रोटिनको रूपमा झुक्याएर क्षति पु¥याउन थाल्छन् । आयरल्यान्डको रोयल कलेज अफ सर्जन्स र ब्रिस्टल विश्वविद्यालयका अनुसन्धानकर्ताले स्ट्रेप्टोकोकस गोर्डोनी ब्याक्टेरियाले आफ्नो सतहमा बनाउने एक प्रकारको अणुद्वारा मानव प्रोटिन फाइब्रिनोजेनको नक्कल गर्नसक्छ । फाइब्रिनोजेनलाई रक्तथेक्लाको एक कारक मानिन्छ । यसले प्लेटलेट्सलाई रक्तनली भित्र नै एकआपसमा टाँसिएर झुप्पा पर्न लगाउँछ । यसरी बनेका रक्तथेक्लामा लुकेर ब्याक्टेरिया प्रतिरक्षा प्रणाली र एन्टिबायोटिक्सबाट जोगिन सक्छन् । प्लेटलेट्सको झुप्पा मुटुको भल्भमा जम्मा हुने वा त्यसले रक्तनली साँघुरो भएर मुटु र मस्तिष्कमा रगत प्रवाह रोकिन सक्छध्र
अनुसन्धानपत्र प्रस्तुत गर्दा डा. हेलेन पिटर्सनले भन्नुभएको छ– ब्याक्टेरिया र प्लेटलेट्सबीचको सम्बन्धलाई राम्ररी बुझेर सङ्क्रमित इन्डोकार्डिटिसको उपचारमा नयाँ उपाय पत्ता लगाउन मद्दत पुग्ने छ, सङ्क्रमणले भएको इन्डोकार्डिटिसमा प्रमुख पक्ष भनेको मुटुको भल्भमा ब्याक्टेरिया टाँसिएपछि प्लेटलेट्सलाई जमाएर थेक्ला सिर्जना गर्नु हो, हामीले यस प्रक्रियामा शृङ्खालाबद्ध अनुसन्धान गरेका छौँ । स्ट्रेप्टोकोकस गोर्डोनीको प्रभाव मुखमा घटाउन नियमित रूपमा उचित किसिमले दिनमा दुई पटक दाँत माभ्mनु पर्छध्र
यौन दुर्बलता
३०औँ वसन्त पुगेका पुरुषको गिजामा समस्या भएमा उनीहरूमा यौन उत्तेजना तुलनात्मक रूपमा तीन गुणा कम हुने सम्भावना हुन्छ । सेक्सुअल मेडिसिन जर्नलमा जनाइए अनुसार टर्कीमा अनुसन्धान टोलीले यौन दुर्बलता भएका ३० देखि ४० वर्ष उमेरका ८० जना पुरुषको समान उमेर समूह र सङ्ख्याका स्वस्थ पुरुषसँग तुलनात्मक अनुसन्धान गरी उक्त निष्कर्ष दिएका हुन् । गिजा सङ्क्रमित भएका ५३ प्रतिशत पुरुषमा यौन दुर्बलता देखिएको अनुसन्धान टोलीको भनाइ छ । नियन्त्रित समूहमा यो समस्या २३ प्रतिशतमा मात्र देखियोध्र
अनुसन्धान टोलीले जीवन र शरीरका अन्य पक्ष मोटोपना, परिवारको आय र शिक्षा जस्ता विषयलाई पनि हेरेर विश्लेषण गरी गिजामा सङ्क्रमण भएका पुरुषमा स्वस्थ गिजा भएकाको तुलनामा यौन दुर्बलताको खतरा ३.२९ गुणा अधिक हुने नतिजा निकलेको थियो । इनोनु विश्वविद्यालयका प्राध्यापक तथा प्रमुख अनुसन्धानकर्ता डा. पैmथ ओगुजले भन्नुभएको छ– यौन उत्तेजनामा दुर्बलता एक प्रमुख स्वास्थ्य समस्या बन्दैगएको छ, यसले विश्वमा लगभग १५ करोड पुरुष र उनीहरूको यौन साथीको जीवनमा प्रभाव पारिरहेको छ । एजेन्सी
सिन्धुपाल्चोकको राम्चे गाविसमा पर्ने जुरेमा आएको बाढी पहिरोका कारण ८ जनाको ज्यान भएको छ भने सयौं बेपत्ता छन् ।
साउन १७ गते विहान करिब दुई बजे आएको पहिरोका कारण १७ घाइते भएका छन् भने ४० घर पुरिएका छन् । पहिरोको कारणले रोखिएको नदीको बहावलाई नियन्त्रित बहाव सुरु गरी क्षतिलाई न्युनिकरण गर्न २ पटक विष्फोटक पदार्थ प्रयोग गरी रोकिएको नदीको बहाव पुनः सुरु भएको छ ।
पहिरोबाट नदीको करिव २०० मिटर लम्बाई र करिव १५० मिटर उचाईको क्षेत्र पुरिएको थियो । जसले सुनकोशी नदीको पानीको बहावलाई अवरुद्ध गरी उक्त स्थानभन्दा मुनिका क्षेत्रलाई खतराजन्य क्षेत्रमा परिणत गरेको छ । उक्त खतरालाई न्युनिकरण गर्न नेपाली सेनाको ईन्जिनियर्स टोली उक्त स्थानमा परिचालन भई पानीको बहावलाई नियन्त्रित तरिकाले बहाव सुरु गर्न गरेको प्रयास सफल भएको छ ।
तस्वीर सौजन्यः नेपाली सेना