१. दुध : दुध क्याल्सियमको निकै राम्रो स्रोत हो, महिनावारीको पीडालाई कम गर्न एक ग्लास दुध पिउने गर्नुहोस् यसले तपाईंको क्याल्सियमको कमीलाई पूरा गरिदिनेछ र पीडाबाट आराम मिल्नेछ । यदि तपाईंलाई दुध मिठो लाग्दैन भने तपाईंले क्याल्सियमको चक्की पनि खानसक्नुहुन्छ ।
२. मेवाः महिनावारी भएको बेला मेवा खानाले फाइदा पुराउँछ । धेरैपटक महिनावारीको दौरान रक्त प्रवाह सहि तरिकाले हुने गर्दैन जसका कारण अझ पिडा हुने गर्दछ । यस्तो अवस्थामा मेवाको सेवन गर्नाले रक्त प्रवाह ठिक तरिकाले हुने गर्दछ र पीडा पनि कम हुने गर्दछ ।
३. गाजरः गाजरले आँखाको लागि राम्रो गर्ने मात्र नभई महिनावारीको पीडालाई पनि कम गर्ने गर्दछ । स्त्रीरोग विशेषज्ञका अनुसार, एक ग्लास गाजरको रस पिउनाले माहिनावारी भएको बेला रक्त प्रवाह राम्रो तरिकाले हुने गर्दछ र पीडाबाट पनि राहत मिल्ने गर्दछ ।
४. घिउकुमारीः महिनावारीको दौरान एक चम्चा महमा यसलाई मिसाएर खानाले भइरहेको पीडालाई कम गर्ने गर्दछ ।
५. तुलसीः पीडा भइरहेको बेलामा तुलसीको पातलाई चियामा मिसाएर खानुहोस् । तुलसीमा भएको क्याफीड एसिडले महिनावारीको पीडालाई कम गर्ने गर्दछ । धेरै पीडा भइरहेको छ भने ७–८ वटा तुलसीको पातलाई आधा कप पानीमा हालेर उमाल्नुहोस् र त्यसलाई छानेर त्यसको पानी पिउनुहोस् ।
६. तातो पानीले नुहाउनुहोस्ः तातो पानीले नुहाउनाले रक्त प्रवाह राम्रो गरेर पीडा कम हुने गर्दछ ।
७. अदुवाः एक कप पानीमा अदुवालाई काटेर उमाल्नुहोस् । यदि यसको स्वाद मिठो लागेन भने थोरै नुन पनि हाल्नुहोस् र खाना खाइसकेपछि दिनको तीन–चार पटक खाने गर्नुभयो भने पीडाबाट मुक्ति पाइन्छ ।
८. व्यायामः हुुन त हामीले दिन दिनै व्यायाम गर्नु जरुरी छ तर महिनावारीको पीडा भएको बेलामा व्यायाम अत्यावश्यक कुरा हो । उक्त प्रवाहलाई राम्रो गराउन व्यायामको निकै आवश्यकता पर्ने गर्दछ ।
९. जंक फुडहरुबाट टाढै रहनुहोस्ः मासिक धर्मको बेला आफ्नो खाने व्यवहारमा पनि ध्यान राख्नुहोस् । जति सक्नुहुन्छ जंक फुड नखानुहोस् र रक्सीबाट टाढै रहनुहोस् ।
के तपाईं आफ्नो बढिरहेको कम्मरका कारण तनावमा हुनुहुन्छ रु लुगाबाट प्रस्टै देखिने मोटो कम्मरबाट सम्भवतः सबैलाई छुटकारा पाउन मन लाग्छ होला । तर, सहि तरिका थाहा नपाउँदा नचाहँदा नचाहँदै पनि यस्तो समस्याको शिकार धेरै मानिसहरु हुनुपर्छ ।मोटोपन कसैलाई पनि मन पर्दैन। जोही पनि आफु सुन्दर देखिन चाहन्छ । मनिसको सुन्दरता बढाउन शरिरका रहेक अङ्गको उतिकै महत्तो हुन्छ। पेट लागेको व्यक्ति खसै आकर्ष्क देखिदैनन् । बिचार गर्नुहोस् कतै तपाई पनि पेट लागेर तनावमा त हुनुहुन्न? यस्तो हो भने तपाइँको लागि खुसीको खवर छ । पेट घटाउन चाहनेहरुका लागि नयाँ वेट ट्रेनिङ विकाश भएको छ ।
अमेरिकाको हावार्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुले आफ्नो अध्यनका क्रममा पेटघटाउने नयाँ विधी विकाश गरेका हुन् जुन केवल २० मिनेटको अभ्यास गर्दा तपाइँको पेट सहजै घट्छ । शोधकर्ताहरुका अनुसार २० मिनेटको एरोबेटिक्स वा वेट ट्रेनिङको मद्दतले तपाइँको मसल नघटाइकन पेट घटाउन सकिने बताएका छन् । शोधर्कताहरुले यस्तो ट्रेनिङ तथा एरोबेटिक्सबाट उमेर घर्किसकेका मानिसले पनि पेटघटाउन सक्ने दावी समेत गरेका छन् । शोधका क्रममा सन् १९८८ देखि २००८ सम्म ४० वा त्यस भन्दा बढी उमेरका महिला पुरुष गरेर १० हजार जनामा यस्तो अनुसन्धान गरिएको थियो । बीस मिनेटमा पेट घटाउने यो विधीले धेरैलाई फाइदा गर्ने विश्वास गरिएको छ । आउनुहोस्, हामी तपाईंलाई घरेलु उपायद्वारा पातलो कम्मर पाउने सजिलो तरिकाको बारेमा जानकारी दिँदैछौँ ।
अमेरिकाको हावार्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुले आफ्नो अध्यनका क्रममा पेटघटाउने नयाँ विधी विकाश गरेका हुन् जुन केवल २० मिनेटको अभ्यास गर्दा तपाइँको पेट सहजै घट्छ । शोधकर्ताहरुका अनुसार २० मिनेटको एरोबेटिक्स वा वेट ट्रेनिङको मद्दतले तपाइँको मसल नघटाइकन पेट घटाउन सकिने बताएका छन् । शोधर्कताहरुले यस्तो ट्रेनिङ तथा एरोबेटिक्सबाट उमेर घर्किसकेका मानिसले पनि पेटघटाउन सक्ने दावी समेत गरेका छन् । शोधका क्रममा सन् १९८८ देखि २००८ सम्म ४० वा त्यस भन्दा बढी उमेरका महिला पुरुष गरेर १० हजार जनामा यस्तो अनुसन्धान गरिएको थियो । बीस मिनेटमा पेट घटाउने यो विधीले धेरैलाई फाइदा गर्ने विश्वास गरिएको छ । आउनुहोस्, हामी तपाईंलाई घरेलु उपायद्वारा पातलो कम्मर पाउने सजिलो तरिकाको बारेमा जानकारी दिँदैछौँ ।
२. क्रेनबेरीको रसः क्रेनबेरीमा भरपूर मात्रामा मेलिक एसिड, साइट्रिक एसिड र क्यूनिक एसिड हुने भएका कारण यसले इन्जाइमको रुपमा काम गर्ने गर्दछ । त्यसकारण यसले कम्मरको चौडाईलाई घटाउन मद्दत गर्दछ । हरेक दिन शत प्रतिशत शुद्ध क्रेनबेरीको रस पिउनाले तपाईंले केहि दिनमा नै पातलो कम्मर पाउन सक्नुहुन्छ ।
३. माछाको तेल पिउनुहोस् अथवा माछा खानुहोस्ः आफ्नो पेटमा जमेको बोसोलाई कम गर्न चाहनुहुन्छ भने माछाको तेलको सेवन गर्नुहोस् । माछाको ओमेगा थ्रीको फ्याटी एसिडमा पाइने आइकोसिपेन्टिनोइक एसिड, डोकोसुहेक्सीनोइक एसिड र लिनोलेनिक एसिडले पेटको बोसोलाई घटाउन मद्दत गर्दछ ।
४. अदुवा हालेको चियाः हुन त नेपाली खानामा अदुवाको प्रयोग नियमित रुपमा हुने गर्दछ जसले पातलो कम्मर हुन मद्दत गर्दछ । अदुवाले हाम्रो शरिरको तापक्रमलाई बढाउँदछ जसले गर्दा पेटमा जमेको बोसोलाई कम गर्दछ । तपाईंको पेटमा बोसो थुप्रै कारणले जम्मा हुन सक्दछ तर यसको विकल्पद्वारा निकै सजिलै सँग जम्मा भएका बोसो घटाउन सक्नुुहुनेछ ।
अदुवाको सेवन शरिरमा कोर्टिसोलको उत्पादनलाई घटाउने गर्दछ र शरिरको उर्जालाई नियन्त्रणमा राख्ने गर्दछ । त्यसकारण यदि तपाईं तरकारीमा अदुवा हाल्नु हुन्न भने चियामा हालेर पिउनुहोस् ।
जाडो मौसममा रुघाखोकी तथा चिसोको समस्या हुन्छ । यस्तो बेलामा सन्तुलित आहार, व्यायाम, पर्याप्त निद्रा तथा तनाव कम भएन भने रोगप्रतिरोधी क्षमता कम घट्दछ र चिसो मौसममा हुने संक्रमणको जोखिम बढि हुन्छ ।
हामीले खाने केही सामान्य खानेकुराहरु यस्ता हुन्छन् जसले चिसो तथा रुघाखोकीबाट बचाउँछन् । ती सुपरफुडहरु निम्न छन् ।
१. गाजर ( क्यारोटमा बेटा क्यारोटिन तत्व पर्याप्त मात्रामा पाइन्छ । यसमा भिटामिन ए पनि पर्याप्त मात्रामा पाइन्छ । गाजरको नियमित सेवनले चिसोमा हुने विभिन्न खाले संक्रमणबाट बचाउन सहयोग गर्छ ।
२. ग्रिन टी ग्रिन टी लाई शक्तिशाली एन्टीअक्सिडेन्ट भनिन्छ । यसमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी तत्व पाइन्छ । दिनमा ३ कम ग्रिन टी पिउनाले रोग प्रतिरोधी क्षमता बढाउँछ र जाडो याममा हुने विभिन्न संक्रमणको जोखिम पनि घटाउँछ ।
३. च्याउ- च्याउमा पनि विभिन्न खाले पोषक तत्वका साथै औषधीय तत्व पाइन्छन् । यसलाई रोगप्रतिरोधी क्षमताको प्रवर्द्धक मानिन्छ । चिसोमा हुने भाइरसजन्य संक्रमणबाट जोगिन नियमित रुपमा च्याउको सुप खानु आवश्यक हुन्छ ।
४. लसुन- लसुनलाई आयुर्वेदमा पनि अचूक औषधिको रुपमा लिइन्छ र चिसो र ज्वरोको घरेलु उपचारमा समेत यसको प्रयोग हुँदै आएको छ । कलेजोलाई विषरहीत बनाउने तथा सरीरमा रोग प्रतिरोधी क्षमता बढाउने इन्जाइमको मात्रा बढाउनका लागि लसुनले सहयोग पूराउने विभिन्न अनुसन्धानले देखाएका छन् ।
५.मह- जाडो मौसममा हुने रुघाखोकी तथा ज्वरोको सबैभन्दा सजिलो तथा भरपर्दो घरेलु औषधिको रुपमा महको सेवन गर्ने गरिन्छ । महमा ब्याक्टेरिया तथा भाइरस प्रतिरोधी गुण पाइन्छ । महलाई दुधमा मिलाएर पिउँदा चिसो तथा संक्रमणबाट बच्न सकिन्छ
वास्तुशास्त्र एक प्राचीन विज्ञान हो । वास्तुशास्त्रलाई आधुनिक विज्ञानले पनि विस्वाशीलो आधार मान्ने गर्छ । यसै गरी वास्तुशास्त्रलाई हिन्दु शास्त्रले पनि विस्वाश गर्ने गर्छ । वास्तुशास्त्र अनुसार मानिस बस्ने घर अथवा भवन निर्माण गर्दा कुन दिशा शुभ कुन अशुभ हुने कुरा यसरी विश्लेषण गरेको छ ।
पूर्व दिशा
वास्तुशास्त्र अनुसार घरको पूर्व दिशामा मूल ढोका हुनु राम्रो मानिन्छ । यसैगरी बरन्डा, ढोका, झ्याल, बास बेसिन आदि बनाउन शुभ मानिन्छ । बालबालिकाहरुले यो दिशातर्फ फर्केर अध्ययन गरे राम्रो हुने वास्तुशास्त्र बताउँछ ।
दक्षिण–पूर्व दिशा
यसलाई आग्नेय भनिन्छ । यो दिशामा अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ । भान्साकोठा यो दिशामा बनाउन राम्रो हुने वास्तुशास्त्र बताउँछ । ट्रान्सर्फमर, जेनेरेटर आदि यो दिशामा राख्नुपर्छ । यसका साथै यो दिशामा घरमा काम गर्नेको कोठा, ट्वाइलेट आदि बनाउन सकिन्छ ।
दक्षिण–दिशा
घरको दक्षिण–दिशामा खुलापन हुनुपर्छ । यो दिशामा कुनै प्रकारको खाल्टो अथवा चर्पी हुनु राम्रो नहुने वास्तुशास्त्र बताउँछ । यो दिशा धन सम्पत्ति अथवा पैसा राख्न उपयुक्त मानिन्छ ।
दक्षिण–पश्चिम दिशा
घरको दक्षिण–पश्चिम दिशामा परिवारको मुलीको कोठा हुनु शुभ मानिन्छ । यो दिशामा बिर्षेर पनि घरमा काम गर्नेहरु बस्ने कोठा बनाउनु हुदैन । यो दिशामा झ्याल ढोका बनाउनु हुदैन ।
पश्चिम दिशा
घरको पश्चिम दिशामा भोजन कक्ष वा शौचालय निर्माण गर्दा राम्रो हुने वाीतुशास्त्र बताउँछ ।
उत्तर–पश्चिम दिशा
वास्तुशास्त्र अनुसार घरको उत्तर–पश्चिम दिशामा गोठ, बेडरुम, ग्यारेज आदि बनाउनु शुभ मानिन्छ । घरमा काम गर्नेहरुको कोठा पनि यही दिशामा हुनु राम्रो मानिन्छ ।
श्रोतः नेपाली विकिपीडिया र एजेन्सीहरु
श्रोतः नेपाली विकिपीडिया र एजेन्सीहरु
काभ्रे
देवीटार गाविस की २० वर्षीया कल्पना रिजाल (विक) लाइ सोही जिल्लाको सिपापोखरी गाविसका
१९ वर्षीय सन्तोष आचायले विवाह गरेको तीन दिनमा नै दलित भन्ने थाहा पाएपछि सम्बन्ध
विच्छेद गरेको खबर अहिले मुलधारका मिडिया भन्दा सामाजिक सञ्जाल र ब्लगहरु मा आगो सरि
फैलिएको छ । हजारौ दलित गैर दलित सम्म यो खबर
पुगेको छ । कतिपय साथीहरुले दलित भन्न नरुचाउनेहरु नरुचाउनेहरुले किन आवाज उठाएनन
? यस्तो घटना हुदा सम्म कहा पुछार लुकाए ? हजारौ दलित सस्था हुदा नि निकम्मा भए भनेर धेरै ले भनी रहेको छन् । कोहिले हाम्रा चेलीहरुलाई माथिला
जात बाट हुने प्रेमको नाटक बाट होसियार भन्दै खवरदारी गरिएको छन ।
अझ त्यतिले मात्र नपुगि त्यस घटना माथि थप राजनीति गन्ध सुरु पनि भै सकेको छ । गैर दलित समुदायमा दलितहरुलाई विभेद गर्नुपर्छ भन्ने भावना भएकाहरु थुप्रै छन् र दलित समुदायमा पनि गैर दलितहरुसँग लडेर बदला लिनुपर्छ भन्ने भावना भएका व्यक्तिहरु पनि छन् भन्ने कुरा सामाजिक सन्जालमा यस्ता समचार आउदा लेखेका र गरेका टिका टिप्पणीहरु हेर्दा प्रस्ट हुन्छ । युगौ देखि नेपालका कथित दलितहरु समाजका हरेक ठाउमा विभेदका शिकार भएका छन् जातीय असमानता , छुवाछुत, विभेद ले पिल्शिएका छन् , प्रताडित भएका छन् ,जकडिएका छन र यिनै सबै कुराहरुलाई मध्यनजर गरेर राज्यले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको पनि छ , कानुनमा सुधार पनि गरेको छ । समाजमा सबै जातजातिबीच सहजरुपमा वैवाहिक सम्बन्ध कायम हुन सक्ने परिपाटीको विकास हुनु पर्छ भन्ने सोचलाई नेपाल सरकारले सम्बोधन गर्दै दलित जातीको पूर्ण मुक्तिका लागि वैवाहिक सरलताको लागि सरकारले प्रोत्साहन रकम दिने थालनी पनि गरेको छ । गैर दलित सग बैबाहिक जीवन बिताएर नाम र दाम कमाएका पनि धेरै दलित महिलाहरु पनि हाम्रा समाजमा छन् । तर बिडम्वनाका साथ भन्नु पर्छ वर्षाै बितिसक्दा समेत मुलुकको व्यवहारमा मा समता मुलुक ब्यबहारको थालनी भन्दा पनि उही पुरानो जातीय विभेदका जटिलताहरु हाबि भएको छन त्यही भएर पनि मुलधारका मिडियामा भन्दा पनि सामाजिक सञ्जालमा नेपाली कथित दलित समुदायका अगुवाहरु यस्तो गम्भिर बिषयमा खुलेरै अनेकै खबरदरि गर्दै एकताबद्ध हुदै छन् जुन आजको आवश्यकता पनि हो।
अझ त्यतिले मात्र नपुगि त्यस घटना माथि थप राजनीति गन्ध सुरु पनि भै सकेको छ । गैर दलित समुदायमा दलितहरुलाई विभेद गर्नुपर्छ भन्ने भावना भएकाहरु थुप्रै छन् र दलित समुदायमा पनि गैर दलितहरुसँग लडेर बदला लिनुपर्छ भन्ने भावना भएका व्यक्तिहरु पनि छन् भन्ने कुरा सामाजिक सन्जालमा यस्ता समचार आउदा लेखेका र गरेका टिका टिप्पणीहरु हेर्दा प्रस्ट हुन्छ । युगौ देखि नेपालका कथित दलितहरु समाजका हरेक ठाउमा विभेदका शिकार भएका छन् जातीय असमानता , छुवाछुत, विभेद ले पिल्शिएका छन् , प्रताडित भएका छन् ,जकडिएका छन र यिनै सबै कुराहरुलाई मध्यनजर गरेर राज्यले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको पनि छ , कानुनमा सुधार पनि गरेको छ । समाजमा सबै जातजातिबीच सहजरुपमा वैवाहिक सम्बन्ध कायम हुन सक्ने परिपाटीको विकास हुनु पर्छ भन्ने सोचलाई नेपाल सरकारले सम्बोधन गर्दै दलित जातीको पूर्ण मुक्तिका लागि वैवाहिक सरलताको लागि सरकारले प्रोत्साहन रकम दिने थालनी पनि गरेको छ । गैर दलित सग बैबाहिक जीवन बिताएर नाम र दाम कमाएका पनि धेरै दलित महिलाहरु पनि हाम्रा समाजमा छन् । तर बिडम्वनाका साथ भन्नु पर्छ वर्षाै बितिसक्दा समेत मुलुकको व्यवहारमा मा समता मुलुक ब्यबहारको थालनी भन्दा पनि उही पुरानो जातीय विभेदका जटिलताहरु हाबि भएको छन त्यही भएर पनि मुलधारका मिडियामा भन्दा पनि सामाजिक सञ्जालमा नेपाली कथित दलित समुदायका अगुवाहरु यस्तो गम्भिर बिषयमा खुलेरै अनेकै खबरदरि गर्दै एकताबद्ध हुदै छन् जुन आजको आवश्यकता पनि हो।
आज
मैले यहाँ उठाउन खोजेको बिषय भने दलित महिला आफ्नै कारणले अझ बढी हिंसा खेप्न बाध्य
भएका छन भन्ने हो । पुरुष भएर महिलाको कमजोरी देखायो भन्नु होला
तर आमा ,दिदि, बहिनि ,जीवन साथी, छोरी र साथीहरु महिला पात्र नै भएको पुरुष हु त्यसैले
सबैलाई बुझेको छु । महिलाहरुको आर्थिक, राजनैतिक,
सामाजिक र लैङ्गिक अधिकारका कुराहरुमा पहुँच भए पनि पुरुषहरु सरह समान सहभागिता र समान
अधिकारका सवालमा खासै उपलब्धि भएको छ भन्न मिल्ने अवस्था अहिले पनि छैन भनेर सर्वत्र
भनि रहेका छौ र हो पनि । त्यसमा पनि दलित समुदाय धार्मिक, आर्थिक, राजनैतिक, सामाजिक
रुपले पिँधमा पारिएको समुदाय हो । अझ दलित
महिलाहरुको कुरा के गर्नु बाल विवाह, बहु विवाह,बलत्कार , बोक्सी, दाईजो जस्ता कुसँस्कारहरु
बाट पनि दलित महिलाहरु नै वढि पिडित हुने गरेका देखिन आएको छ । अन्य महिलाको तुलनामा दलित महिला बढी हिंसाको सिकार
हुनुपरेको छ भन्दै हामी हरेक पिडामा खुलेर समर्थन गर्छौ तर कहिले हामीले हाम्रा चेलीबेटीको
मुर्खता प्रति , गल्ती प्रति फर्केर हेर्ने बानि गरेका छौ त ? सवै भन्दा पुरानो आन्दोलन भनिने दलित आन्दोलन लाई
अहिले सम्मको कसौटीमा राखेर हेर्नुस । के मुलुकमा
दलित समुदायका व्यक्तिहरुको सक्रियतामा मात्रै जातीय विभेदको अन्त्य सम्भव छ
? दलित आन्दोलनलाई उचाइमा पुर्याउन अन्य समुदायको
कुनै पनि भूमिकै छैन त् ? छ भने घटनालाई बंग्याउने,
दलितका गल्ती कमजोरी ढाक छोप गर्ने हाम्रा
दलित चेलीका कारणले गैर दलित सग दूरी
बढाउने र तिक्तता बढाउने काम किन भै रहेको
छ ? किन हामीले हाम्रा चेली बेटीहरुको बानि
व्यहोराले आफु प्रति हिशा वढाउने , घटना घटाउने र समस्या खडा गर्ने कार्यले क्षणिक रुपमा फाइदा भए पनि दीर्घकालिन रुपमा
यसले दलित समुदाय लाइ नै असर पार्ने कुरामा
हामी किन मौन छौ ? लौ आउनुस यी केहि घटनालाइ केलाएर हेरौ ।
प्रशंग
एक :-
कल्पना रिजाल (विक) ले धेरै समय सम्म प्रेममा रनभुल्ल
हुदा पनि आफ्नो जात लुकाउन सफल त भईन । हरेक भेटमा विक लुकाएर लुकाएर रिजाललाई परमुखता
पनि दीईन तर अनन्त जात लुकाएर आफ्नै खुट्टामा बन्चरो हाने काम गरिन ।सनिवारे
मेलामा भेट भयो आँखा जुध्यो माया बस्यो अनि उही संग हिडेको जस्तो गरेका छन्
। कल्पना रिजाल (विक)लाइ आफ्नो बास्तबिकता उजागर गर्ने चेस्टा नहुनु र सन्तोष आचायलाइ प्रेम गरुन्जेल जात थर जान्ने फुर्सद
नहुनु बाट पनि प्रेम अन्धो हुन्छ भनेर दुबैले आँखा चिम्लेको आभास हुन्छ । तर समाजमा सबै जातजातिबीच सहजरुपमा वैवाहिक सम्बन्ध
कायम हुन सक्ने परिपाटीको लागि पनि एक अर्काको बारेमा रामरी बुझिन्छ । नीति नियम कानुन
मा जति परिवर्तन भएका भए पनि ब्यबहारिक रुपमा जात लुकाएर माया बस्यो प्रेम भयो भन्दैमा
वैवाहिक सरलताको ब्यबहारको थालनी गर्ने जुन गल्ती कल्पनाले गरेकी छिन त्यसैको परिणाम
विवाहको ३ दिनमै सम्बन्ध बिच्छेद उपहार पनि पाएकी छिन । दलित भनि विभेद गरिएको हुनाले पीडकलाई छुवाछुत ऐन
अन्र्तगत कारवाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाइ सकेको छ ।अब सम्भबत पीडकलाई
कारवाही र पिडितलाई अंश या मानो चामल भरिने छ
तर पनि जात लुकाएर विभेद को आफै सिकार भएकी उनि आफै बाट गरिएको गल्तिको बारेमा
हामीले सोच्ने कहिले ? हाम्रा लैला मजनु जस्ता प्रेमीलाई चेतनाबोध कहिले गराउने ?
प्रशंग
दोस्रो :-
मोरङ
बेलवारीमा माया सार्कीलाई कुट्दै मोसो दलियो त्यो एउटा बर्बरताको घटना थियो जसको सजाय
अहिले दोषीहरुले भोग्दै छन् । माया सार्कीले साउन ७ गते साझ आफु माथि बलत्कारको प्रयास
भएको र बेलबारी ३ कै छिमेकी जीवन भनिने चेतन भेटवाल जस्तो लागेर इलाका प्रहरी कार्यालय
बेलबारीमा घटनाको विषयमा सोही दिन किटानी जाहेरी दिएको भन्ने पीडितको भनाई सहित घटनास्थलमा
गई विभिन्न सरोकारवाला निकाय, पीडितहरु तथा संघसंस्थाहरुसंग गरिएको छलफल, अन्तरक्रिया
तथा स्थलगत अध्ययनको आधारमा तयार गरिएको यो प्रारम्भिक घटनास्थल अध्ययन प्रतिवेदनमा
उल्लेख छ ।बास्तबमा केहि पछि माया सार्कीलाई बलत्कार गर्ने अभियुक्त्त मोरङ शनिश्चरे
८ का ३५ बर्षिय कृष्णबहादुर सुन्दास पक्राउ परे । बास्तबिक अपराधी दलित समुदायकै रहेछन
तर बलत्कारको प्रयास गरेको भन्दै नाम नै तोकेर
किटानी जाहेरी दिएपछि आक्रोशित गाउँलेले झुटो
आरोप लगाएको कुरामा यो घटना घटेको कटु यथार्थ सबैकेा अगाडी छ ।केही बर्षदेखी बेलबारी
३ को मिर्मिरे टोलमा बस्दै आएका कृष्णबहादुर
सुन्दासलाइ समेत माया सार्की राम्ररी चिनदि रहिछन तर आफुलाई बलत्कारको प्रयाश गर्नेको नाम किटान गर्दै भन्नाले
एउटा कल्पनै नगरेको घटना घट्यो । दलित सघर्ष समिती गठन भए घट्नाको विरुद्ध बेलबारी
र घटना स्थलमा बिशाल –याली र ईलाका प्रहरी कार्यालय बेलबारी अगाडी कोण सभा गरी पिडीतलाई
न्याय र पिडक लाई कानुनी कारबाहीको लागि जोडदार मागहरु भए तर बलत्कार प्रयाश आफ्नै समुदायको बाट घटेको र मायाले झुठो आरोप लगाउदा
यो सब घटना घटेको सार्वजनिक भयो अनि दलित समुदायको अनुहारमा कति कालो पोतियो ?
उनि बाट गरिएको गल्तिको बारेमा हामीले
माया सार्कीको दोष केलाएर हेर्ने आट किन गरिनौ ?
प्रशंग
तेस्रो :- यो घटना अदालतमा मुदा चलिरहेको हुनाले नाम खुलाएको
छैन । घटना अनुसार अर्घखाची सीतापुर कि दलित समुदाय कि युवती लाइ बिबाह गरेको केहि
महिनैमा उनका पति मलेशिया गएछन । साढे तिन बर्षमा घर आउदा उनकी श्रीमती साढे तिन
महिनैको गर्भवती भएको पाए ।२ /३ ओटा अस्पतालमा
दोहोराई तेहराई भिडियो एक्सरे गरेर हेर्दा पनि बचचा १५ हप्ताको नै भएको रिपोट पाए । आफु आएको एक महिनामै
साढे तिन महिनाको बच्चा कसरि भयो भनेर केरकार
गर्दा कहिले बलत्कार भए त कहिले राजी खुशी
मेरो भटराई थरका प्रेमीको हो भन्न थाले पछि
उनले श्रीमतीका पिता दाजु दिदि लाइ सल्लहा गर्न सम्पर्क गरेछन । केहि दिन पछि आएर उनका
दाई पिताले श्रीमतीलाई लिएर गएछन । श्रीमती लगेको केहि दिन पछि घरमा बोलाएर ३ बर्ष सम्म राखेको तपाइको
कमाई गरगहना फिर्ता लानु हाम्री छोरी चेली ले गल्ति गरि बिबाह दर्ता गर्नु भएको रहेनछ
यो समस्या घरमै मिलाउ यो आफै बाटो लगेर जान्छे भन्दै युवतीका बाउ दाइ दिदि रोए छन्
।सामाजिक परिबेशमा बसेका अनि एकै दलित समुदायको समस्या किन बाहिर सार्वजनिक गर्नु भनेर दुवै तर्फका
बसेर नेपाली कागजमा सामान रुपैया बुझी लिएको र अब देखि आआफ्नो बाटो लाग्ने भनि
कागज गरेछन ।दुवै आआफ्ना बाटो लागेका उनीहरु केटाले फेरी विबहा गरे छन् भने केटीलाइ
पेट बोकाउने भटराई थरका व्यक्तिले ललाई फकाई
गरी गर्भ पत्न गराएर फरार भए छन् । अहिले सात महिना पछी राजधानीका केहि दलित महिलावादीले
उक्साएर पहिलेकै पतिले दाइजो मागेको कुटेको भन्दै झुठो बिबरण सहित अश मुदा अदालतमा
चली रहेको छ । घटनालाई बंग्याउने, दलितका गल्ती कमजोरी ढाक छोप गर्ने कार्यले क्षणिक
रुपमा कसैलाई फाइदा भए पनि दीर्घकालिन रुपमा यसले दलित समुदाय लाइ नै असर पार्ने कुरा हाम्रा दलित महिला अधिकारबादीहरुले
कहिले बुझ्ने ?
खुराफाती
र अधिकरबादिको अहिले सस्कार नै दलित समुदायको महिला पुरुष सबैमा हुर्किएको छ । यी र
यस्ता कयौ घटना हेर्दा कता कता अधिकारबादीहरुको उक्साहटमा , परिवारको उक्साहटमा हामीले हाम्रा समुदायका महिला दिदि बहिनि लाइ उनीहरुकै आफ्नै कारणले अझ बढी हिंसा खेप्न बाध्य हुने बाताबरणमा
दलित भनेर हेप्यो चेप्यो मात्र भनेर मलजल त् गरि रहेका छैनौ ? हामी सबै जिम्मेवार व्यक्तिहरु
थप गम्भीर हुनु पर्ने पो होकी ?
पर्तिक्रियाको लागि
गोपाल सिवा
gopsiwa@gmail.com
विश्वका अधिकांश समुदायमा देवी एक अध्यात्मिक संसारको प्रतिक हो । तर, नेपालमा देवीहरु बाँचिरहेका छन् । उनीहरुलाई जीवित देवी कुमारीको रूपमा पुजिन्छ । यो भूमिकाका लागि उनीहरु कठोर ३२ चरण पार गर्नु पर्ने हुन्छ ।
तर, उनीहरुलाई नाम र सम्मान मात्र दिइँदैन, उनीहरुको जीवन नै परिर्वतन हुन्छ । उनीहरु आफूले चाहेको बेला घरबाहिर निस्कन र हिडडुल गर्न पाउँदैनन् । चाडपर्वहरुमा मात्र उनीहरु जिवित देवी कुमारीका रुपमा उपस्थित हुन्छन् ।
यसरी जाँदा पनि उनीहरुको पाउले भुई छाएको हुँदैन । रथमा राखेर यात्रा गराइन्छ वा बोकिन्छ । उनीलाई स्कुल जान रोक लगाइएको हुन्छ भने समाजमा दिनदिनै हुने कामकारबाहीबाट पनि अलग गरिएको हुन्छ । आवश्यक पठन पाठनको व्यवस्था छुट्टै मिलाइन्छ ।
तर, जब उनीहरु यौवन अवस्थामा पुग्छन्, फेरि सबै परिर्वतन हुन्छ । रजश्वाला भएपछि उनीहरुलाई १२ दिने गुफामा राखिन्छ र उनीहरुको कुमारी जीवन अन्त्य भएर समान्य जीवन सुरु हुन्छ ।
- कुमारी भएपछि समिता बज्राचार्य । उनीहरुलाई घर बाहिर जान दिइँदैन । कुमारीलाई पर्वहरुमा हुने पूजाहरुमा मात्र जिवित देवीको रुपमा लैजाने गरिन्छ ।
- कुमारी भएपछि समिता बज्राचार्य स्कुल जान पाइनन् । उनलाई अध्ययनका लागि छुट्टै व्यवस्था गरिएको थियो । उनलाई पढाउन सेन्ट भेभियरबाट एक शिक्षकलाई घरमै बोलाइएको थियो ।
- चाडपर्वमा जिवित कुमारीका रुपमा उपस्थित हुने बेला समितालार्इ परम्परागत श्रृगार लगाइदिँदै ।
- जीवित कुमारीको रुपमा मन्दिरमा बोकेर लैजाँदै परिवारका सदस्य । कुमारी भएको अवधीमा उनीहरुले भुइँमा टेकको हुँदैन । रथमा यात्रापछि यसरी नै बोकेर लैजाने प्रचलन छ ।
- कुमारी जीवन अन्त्य भएपछि स्कुलका साथीहरुसँग खेल्दै समिता ।
- गुफा राखेको समयमा समितालाई समारोहमा ल्याउँदै उनकी आमा पूर्णासोभा । गुफा बसेको समयमा उनीहरुले घाम देख्नु हुँदैन भन्ने मान्यता रहकाले अनुहार छोपिएको छ ।
- गुफापछि बाबु कुलरत्न, आमा पूर्णासोभा र भाई सविनको साथमा समिता । अब उनकाे जीवन अन्य किशोरीहरू जस्तै सुरू हुन्छ ।
- १२ दिन गुफा बसेका समिता नजिकैको नदीमा आफ्नो निधारमा तेस्रो आँखाका रुपमा बनाइएको आकृति पखाल्दै । जुन परम्परागत रंगले बनाइएको हुन्छ ।
- सामान्य जीवन सुरू गर्दै । १२ दिनको गुफापछि उनले नयाँ जीवन सुरू गरिन् र अन्य मानिसहरू जस्तै समाजमा हरेक काममा संलग्न हुन सकिन् ।
- पूर्व कुमारी समिता बज्राचार्य अन्य साथीहरुसँग प्रवेशिका परीक्षामा सहभागी हुँदै ।
डेलिमेलको सहयोगमा

