छोराको हत्यारा लाई कारवाहि गरी पाऊँ भंदै न्यायको लागी अनसनमैं कृष्णप्रसाद मरेको साक्षी बनेको नेपाली समाजमा अजित मिझारको हत्या जस्तो जघन्य अपराधमा प्रहरी आफ़ै खालडो खनेर पोस्टमार्टम नगरी लॉस दबाऊन तातिएकों , दबाबपछि प्रहरीले पक्राउ गर्न जाँगर गरेको देखेर ,नेपालको सविधान अनुसार क़ानूनी उपचार पाउने नागरिक हक़ हुदाहुदै न्याय पाईन भनेर पत्रकार सम्मेलन , सड़क आन्दोलन देखी प्रधानमन्त्री सम्म गुहार लाउनु पर्ने जून बाध्यता भए त्यही समय मैले त छनक पाई सकेको थिए । अजितका हत्याराहरू नेपाली समाजमा बालकृष्ण ढुगेल जसरी निर्धक्कसँग अब छिटै हिडछन घूमछन बसछन् भनेर । अनन्त अजित मिजार हत्या प्रकरणका अभियुक्तहरु सामान्य धरौटि तिरेर निसकने फ़ैसला भएछ । अब हेरी रहनु होला यही प्रक्रिया भनौ की संस्कार लक्ष्मी परियारको मूँदामा पनि हूँनेछ।
अधिकारकर्मीदेखि राजनीतिक दल र सरकारका प्रमुख व्यक्तित्वको समेत ध्यानाकर्षण भएको एवं प्रधानमन्त्रीले दलित समाजको कुरा सुनने बितिकै घटना राष्ट्रिय मुद्दा बनेको , २ मिनेटमा प्रहरी प्रमुख र गृहसचिव ड़ाकेर छानबिन गर्न टोली बनाइ अदालत सम्म पुगेको अजित मिझारको घटनामा समाननिय अदालत बाट जून फ़ैसला भएकों छ त्यसको आलोचना समेत गर्न मिल्दैन । तर अब प्रस्ट संग दलित समुदायको अघि दुई ओटा बाटो देखाइ दिएको छ। पहिलो क़ानूनी राज्य आत्मसाथ गरेर क़ानूनी उपचार नै खोजने । किनकी कुरीति तथा कुसंस्कारजन्य प्रथाको उन्मूलन कानुनी प्रक्रियाबाट मात्रै सम्भव छ।घटनामा संलग्न पीडकलाई तत्काल कानुनबमोजिम कारबाही गर्न र पीड़ितलाई न्याय दिलाउन अब ढीला नगरी अजित मिजार हत्या प्रकरणका अभियुक्तहरुलाई छाड़ने फ़ौसलाको पुनरावलोकन दर्ता गरौ । किनकी हाम्रै अघि लोकमानको योग्यता सम्बन्धी दायर रिट सर्वोच्चले खारेज गर्दै उनको नियुक्ति सदर गरेको फ़ैसला पुनरावलोकन दर्ता हुदा सोही अनुसार पुनरावलोकनमा सर्वोच्चले पुरानो फैसला उल्टी गरी लोकमानलाई अयोग्य घोषितको फ़ैसला गरेको ताज़ा इतिहास छ।
अर्क़ो उपाय भनेको लातकि भूत बातले मानदैन भने झै दलिहरू मोर्चा बन्दी गरेर मुक्तिको आन्दोलन गरौ । नेपाली समाजलाई के कसरी तत्काल रुपान्तरण गर्न सकिनछ दलित समुदाय आफ़ै जे सकिनछ त्यों गर्ने । हिजो अरुको उदेश्यमा बन्दूक़ बोकनेहरू, हरेक आन्दोलनमा अघि लाग्ने दलितसमुदायको एकता नहुदा साझा सोच उदेशय नहुदा ,दलित शक्ति कमज़ोर हुदा नेपाली समाजमा एक पछि अर्कों अमानबिय घटना हूँदैछन । जब सम्म आफु र आफंनो समुदाय बिरुद हूने अन्यायको बिरुद मार्ने /मरने या आमा समूहले गाउका जड़ियाँ फटाहालाई बाधेर भाटे कारवाहि गरे जस्तो दलितले तत्काल र सोही ठाऊमा गर्न सकदैंनन तब सम्म धेरै मानविर ,अजित र लक्ष्मीहरू मारी रहनछन।
गत १२ फेव्रुअरीमा कुबेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल प्रमुख अथिति रहनु भएको नेपाल तामाङ घेदुङले आयोजना गरेको ल्होछार मनाउने कार्यक्रममा नेपालीबीच झडप भएको थियो । झडप लगतै नेपालीको कार्यक्रममा आपसी झगडाको साथै घरेलु हातहतियारबाट आक्रमण हुन थालेका कारण कुबेत सरकारले यस्ता कार्यक्रमलाई अबिलम्ब रोक्न नेपाली दुताबासलाई अनुरोध गरेको ब्यहोरा खुलाएर कुवेत स्थित नेपाली दुतावासद्वारा विज्ञप्ति जारी भएको थियो ।विज्ञप्ति सँगै हप्तैपिच्छे एउटा न एउटा कार्यक्रम भईरहने कुबेत नगरीमा त्यस पछि नेपाली कार्यक्रमहरु हुने क्रममा धेरै ब्रेक लागेको थियो। दर्जनौं नेपाली संघसस्था क्रियाशील रहेको कुबेतमा आयोजना हुने गरिने कार्यक्रममा सकि-नसकी र भ्याई-नभ्याई सहभागी भै एक्यबध्ता जनाउँदै आउनु भएका महामहिम राजदूत र राजदूतावासका अन्य पदाधिकारी त्यस पछि धेरै नेपालीहरुले आयोजना गरेको बोलाएको नेपाली कार्यक्रमहरुमा उपस्थिति हुन छाडेका थिए ।
कुबेत सरकारले नेपाली समुदायको कार्यक्रम रोक्न दुताबासलाई अनुरोध गरे पछि नेपाली समुदायलाइ अन्तराष्ट्रिय सन्धी अनुसार कन्सुलर सम्बन्धी मात्रै काम नेपाली दूतावास कुबेतमा हुने जानकारी गराउँदै त्यस पछिका दिनमा आयोजना भएका कार्यक्रममा राजदूत र राजदूतावासको अनुपस्थिति धेरैको बोलने , लेखने र आलोचना गर्ने प्रमुख कारक तत्व बन्यो । कुबेतमा नेपाली दूतावास भनेको नेपालीहरुले आयोजना गर्ने कार्यक्रमहरुमा उपस्थिति जनाएर सोभा बढाउनु मात्र हो भन्दै बोलने , लेखने र आलोचना गर्ने बौद्धिकहरूले नेपाली दूतावास भनेको त नेपालीहरुका हकहितकालागि ,नेपालीहरुको समस्या समाधान गर्न र नेपालको परराष्ट्र नीतिलाई लागु गर्दै अन्य देशसँग राम्रो कुटनीतिक सम्बन्ध स्थापना गर्ने प्रमुख निकाय पनि हो भन्ने सम्म भुले ।
गैरआवासीय नेपाली संघसहित विभिन्न राजनीतिक, जातिय, क्षेत्रिय संघसंस्थाहरु क्रियाशील कुवेतमा झन्डै ६० हजार नेपाली कार्यरत छन् । जसमा २६ हजार घरेलु कामदार रहेका छन् । नेपालीकै कारणले कुवेतमा नराम्रो सन्देश गएकोप्रति दुताबासले दुख व्यक्त गर्दै कुबेतमा के गर्न हुन्छ र के गर्न हुदैन भन्ने सम्म नेपाली समाजमा जानकारी बाड़यो । कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुलाइ कयौ पटक राजदुताबासले निमन्त्रणा गरेर हामी नेपाली बाट हुने गरेका गल्ती, कमी, कमजोरीलाई सच्याएर लाने प्रतिबद्धता र ऐक्यबद्धता चाह्यो । सम्बन्ध सुधारन पछिल्लो समय नेपाली समुदायहरुले आयोजना गरेका कार्यक्रमहरुलाई प्राथमीकताका साथ राखेर महामहिम राजदूत र राजदूतावासका अन्य पदाधिकारीहरुले ऐक्यबद्धता जनाउनु भएको छ । प्रवासको ठाउँमा यसरी सबैजना जम्मा भएर मनाउने कार्यक्रममा अभिभावकत्व ग्रहण गर्दै भएको उपस्थितिले हाम्रो आत्मबल बढाएको मात्र हैंन हाम्रो सँस्कृति र सँस्कारलाई जहाँ रहेता पनि संरक्षण गर्नुपर्छ भनेर गरेको सम्मान हो ।
फलस्वरूप अहिले फेरी दिनहुँजसो कुबेतमा २/३ वटासम्म नेपाली कार्यक्रम भैरहेका छन । आयोजना भइरहेका नेपाली कार्यक्रमहरुमा महाहिम राजदूत र एक न एक राजदूतावासका अन्य पदाधिकारी बिनाको कार्यक्रम सायदै होला भन्दा पनि हुन्छ । जिफन्ट कुबेत , तमु संमाज कुबेत ,किरातराईहरुको उधौली पर्व , राजनीतिक, जातिय, क्षेत्रिय संघसंस्थाहरुको अधिबेशन देखि हिजो राप्ती भेरी कर्णाली एकता समाज कुवेतको आयोजनामा अङ्ग्रेजी नयाँ बर्ष २०१७ को शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रममा लोकदोहोरी गायक राम्जी खांड, कल्पना काफ्ले र भूमिका गिरी लगायतका राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति सहितको कार्यक्रम भव्य र सभ्य ढंगले संपन्न भएको छ ।
यसरी धेरै दिनको मौनता पछी एकातिर महाहिम राजदूत र एक न एक राजदूतावासका अन्य पदाधिकारी उपस्थिति स्मरणीय छ ,सराहानीय छ । सजिलो त छैन नै तर फेरी पनि सबैलाई समेटेर सबैको बिश्वास जितेर कुबेतमा क्रियाशील संगठनहरुसंगको सम्बन्ध , समन्वय र सहकार्यलाई सन्तुलित रुपले अघि बढाउनु पर्ने पहल र प्रयत्न राजदूतावास बाट सधै गरिनु पर्छ ।बिगतका कमजोरीको लेखाजोखा हुनुपर्छ। राजदुताबास संग को सम्बन्ध सुदृढीकरण गर्न र हाम्रा गतिविधिहरु संस्थागत विकास गर्न अब भन्ने सवै संघ सस्थाले नियमित प्राथमिकताभित्र पर्नुपर्छ। त्यस्तै गरि स्थानिय कानुनको बर्खिलाप नहुने गरि अब संस्थाहरु बाट कार्यक्रम र उदेश्य अनुरुप कार्य गर्न दूतावासले र राजदुत महोदयले सक्रियता देखाउदै उत्प्रेरित निर्देशित गर्नु भएको अनुसरण हुनुपर्छ ।अर्को तीर यहाँ आयोजना हुने धेरैजसो कार्यक्रमहरु सामाजिक संघ संस्थाहरुले नेपालमा कहीँ कतै सहयोग गर्नको लागी परोपकारी उद्देश्यका साथ गरिरहँदा देशकै लागि वरदान पनि हुनेछ ।राजदुतावास जति हामि नेपालि समुदाय को हो त्यतिनै नेपालि समुदाय पनि राजदुतावास को हो,अर्थात् नेपाल हामि सबै नेपाल र नेपालीको हो त्यहि भएर हात बाधेर होइन हात खोलेर , मन मुटाब बिर्सेर , आत्मा आलोचना गरेर सहकार्य गरौ । अब फेरी हाम्रा सम्बन्धहरु नबिगरिउँन भनेर हामि सवै सचेत एव उत्तरदायी बनौ ।
नेपाल हिन्दु रास्ट्र हुनुपर्छ भन्ने केहि नेताले देशको समस्या समाधान गर्न संविधान संशोधन गरौं भन्दै हिडेका छन । तर युगौ देखि हिन्दु धर्म भित्रको बर्ण ब्यबस्थाबाट सृजित जातिय विभेदको समस्या समाधान गर्न वेद,पुराण संशोधन गरौं चै किन भन्न नसकेको होलान ?
अब साच्चिकै नेपाल समृद्धिको बाटोमा हिडाउने हो भने देश र जनताको हक अधिकारका सम्बन्धमा संविधान मात्र होईन धर्म निरपेक्ष रास्ट्र भए पनि बहु संख्यकले मान्दै आएका धार्मिक आस्थामा समाता ल्याउन धर्म शास्त्रहरु पनि संशोधन हुनु पर्छ ।
सकने भए मान्छे दान गर्ने कन्यादान संस्कार फेर
ढ़ूँगा पूजेर मान्छेलाइ दिशा खूवाउने संस्कार फेर
ढ़ूँगा पूजेर मान्छेलाइ दिशा खूवाउने संस्कार फेर
एक्कासी कालिमाई उत्रेर घरबाट हिँडेकी अमरअर्वाथोक–९ डाँडापोखरीकी १७ वर्षिया पुजा परियार गुल्मीको ऐतिहासिक चारपाला दरवारको इश्वरी देवी मन्दिरमा हिजो देखि पुजा आराधना गर्दै रैछिन। इश्वरीमातालाई प्रत्यक्ष भेटेर पुजा गर्न चाहन्छु, ढोका खोली दिनुहोस भनेर आग्रह गर्दा मन्दिर को पुजा समितिका पदाधिकारीहरुले अहिले चाँवी छैन्, खोल्न सकिदैन भनेर टारेछन ।
आफूमा जागेको ईश्वरिय शक्तिले परियारले ताला खोलि प्रवेश गरे पछि उक्त चारपाला दरवार स्थापना भएको झण्डै तीन शताव्दीको इतिहासमा दलित युवा युवती उक्त मन्दिरमा एक्लै प्रवेश गरेर पुजा आराधना नगरेको भन्दै पुजा समितिका मानिसहरु र अन्य समुदाय भित्र कोलाहलमय हंगामा सुरु भएको छरे ।
ए हंगामा गर्ने धर्मका पाखन्डीहरु हो ,यो समाजमा एउटै आस्था राख्नेलाइ कहिले सम्म मन्दिरको ढोका बन्द गर्छौ ? कहिले सम्म कथित दलितलाई यो समाजको बराबारी हुन बाट रोक्छौ ?
कान्तिपुर टेलिभिजनमा प्रसारित फायर साइड कार्यक्रममा भुषण दाहाल र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी. शर्मा वली बिच भएको कुराकानी सुने । समावेशीकरण नीतिको विरुद्धमा केपिले दिएको विचार सुन्दा अहिलेको परिवर्तित समय र सन्दर्भमा एमालेको मूल आदर्शको समयसापेक्ष थप व्याख्या हुन जरुरी रैछ ।
दलित, महिला, जनजातीको भोट लिन सेन्टीमेन्ट लाई क्याच गर्न एमालेका भातृसंगठनहरु खुलाएको मात्र हो ? हैन भने समानता र सहभागिताले सामाजिक द्वन्द्व, असमानता र विभेदलाई अत्य गर्न मद्दत गर्छ भन्ने मूल्य—मान्यता हो, समावेशी लोकतन्त्रको तर ओलिको बोलीमा ठ्याक्कै बिरोधाभाष किन ?
अहिलेसम्म राज्य बाट उत्पीडित भएका सवैले नयाँ संविधान मार्फत सबै तहमा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितताको खोजी गरिएको छ । राज्यका सबै निकाय, तह र क्षेत्रमा सबै जाति, भाषा, लिंग, वर्ग, क्षेत्र, समुदायको समान ढंगको पहुँच सुनिश्चित भएको अवस्थाको मागलाई ओलिले नाजायज भन्न मिल्दैन ।
जातीय विभेदलाई सामाजिक रुपले अमानवीय र छुवाछुत तथा भेदभाव कानुनीरुपले दण्डनीय भनिए पनि एकातीर आजको आधुनिक समाज कथित दलित समुदाय भएकै कारण अपमानजनक र अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने , बोक्सी भन्दै मलमूत्र खुवाउने दुर्व्यवहार गर्ने , अन्तरजातीय बिबाह गरे ह्त्या गरिदिने जस्ता अमानवीय कार्य गरेर आधुनिक समाजको बराबरीमा कुनै पनि स्तर बाट कथित दलित समुदायलाइ आऊंन नदिन उदत भएर लागेको छ । अर्कोतीर अमानवीय र छुवाछुत तथा भेदभाव जस्ता दलितको समश्याले राज्यमा प्रत्यक्ष्य प्रहार नहोस भने उद्देश्यले राज्यले दलितको समस्या गएर सुनने भनी बनाएको ठाउँहर पीड़ितलाई अहिले सम्म न्याय दिलाउन भन्दा पनि झुलाउने काम मात्र गर्दै बसेका छन ।
अजित मिझारको घटना देखि मलाई त कसैले जातीय भेदभाव गर्यो भने, प्रायोजित ढंगले कसैले दलितको ह्त्या गर्यो भने कारवाही हुन्छ की हुदैन होला ? पीड़ित ले न्याय पाउँछन की पाउदैन होला भन्ने मात्र लाग्छ यद्यपि हामी कानूनी राज्यमा बिस्वास गर्छौ र कानून सवैको लागि बराबरी ब्यबहारिक रुपमा हुनु पर्छ ।यसै बिच काभ्रेमा बोक्सी भन्दै हत्या गरिएकी लक्ष्मी परियारको छोरा प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीले धुलीखेल प्रहरी परिसरमा यसरी बयान दिएका छन । यस्ता घटना भोली जोकोही लाइ पर्न सक्छ एउटा मानब भएर न्यायको लागि पहल गरौ।



