बैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय , बिबिद्य अावश्यकता र बाध्यताका पर्खालहरूलाई पार गर्नका लागी जागीरका सिलसिलामा ४० लाख भन्दा बढी नेपाली युवाहरू बिदेशी भुमिमा श्रम गर्न बाध्य भइ बिदेसिएको तथ्य हामी माझ छर्लङ्ग छ। हो तिनै लाखौं बिदेसिएका युवाहरू मध्यको एक म पनि एक पात्र हुँ । घाम झुल्कने र डुब्ने नित्य कर्मको दुई फेरोभित्र कम्पनिमा कार्यरत केहि सय हामी नेपाली युवायुवती कम्पनीले दिएको फरक फरक जिम्मेवारी बहन गर्न दैनिक दौडधुपमा लागि रहेका हुन्छौ । हातगोडा सद्दे हुदा सम्म प्रवासी जीवनको रथ सायद यसैगरी सहज र स्वाभाविक चलिरहन्छ जस्तो लाग्दो रहेछ ।तर, समय सधैं एकनाश नरहने रैछ । पञ्चतत्वले बनेको मानव शरीर कुन मोडमा अशक्त हुन्छ , बिरामी हुन्छ भनेर हेका कहिल्यै नहुने रहेछ ।
नियमित डिउटी गरिरहेका रुममेट भाई दुई दिनको पेट दुखाइ पछि कार्यस्थल नजिक किल्निक्मा गएछन । पेन किलर ठिक हुन्छ भनेर आश्वाशन दिएर पठाएको किल्निक्को औषधिले दुई दिन खादा पनि छेउटुप्पा नै छोएन । भाईलाई झन दुख्न थालेको भने पछी इलाकाको ठुलो भनिएको आदान अस्पतालमा गइयो । किल्निकको सिफारिसको आधारमा मात्र बिरामी लिने नियम बनेको आदान अस्पतालमा पाएको जानकारी अनुसार सिफारिस लिन भनेर फर्वानिया किल्निक त कहिले एयरपोर्ट किल्निक्मा धाइयो ।दुइ दिन सम्म धाउदा पनि उही पेन किलर दिएर ठिक हुन्छ भनेर आश्वाशन पाउने मात्र काम भयो तर बिसको उन्नाइस भएन र सिफारिस पनि पाइएन । झन्डै ५ दिन देखि दुखाइ सहदै आएका भाइका अनुसार लगातार पेटको दाँया र बाँया दुख्ने, कहिले नाइटो दुख्ने र पेटको तल या माथि दुख्ने गर्दथ्यो। त्यस पछी महबुला स्थित अलिया अस्पताल गएर जचाउने कुरा भयो र त्यतै लागियो । त्यहा पेट दुखेर आएको आफूलाई चेक जाच गरेर आदान अस्पताल जान रिफर पेपर चाहिएको कुरा सुनेर रिसिप्सनले बिरामी फाइल खोल्न र चेकजाच गर्न मिनिमम ३०/४० केडी लाग्ने र औषधि, इन्जेक्सन , एक्सरेको छुट्टै गरि ८० /९० केडी लाग्ने बरु मुवारक अल्कबिर तिर जान सुझाब दिए । उपाचार होला कि भन्ने आशा बोकेर फर्वानिया किल्निक,एयरपोर्ट किल्निक,अलिया अस्पताल,आदान अस्पतालको चककर भाइ संगै ट्याक्सीमा काटियो। चक्कर काट्ने क्रममा उपचार नपाइएला कि, यसरि नै सवै तिर बाट यहा होइन भन्दै फ़र्काइएला कि भन्ने आशंकाले भाइ संगै पछिला दिन देखि अस्पताल धाएको मेरो मनलाई गाजी रहयो ।अनन्त भाइलाइ दुखाई यथावत भए पछि आज झन्डै एक हप्ता पछी मेट्रो मेडिकल कियर फर्वानियामा गएर चेक जाच गरियो । गुणस्तरीय, भरपर्दो र सस्तो एवं सुलभ शुल्कमा उपचार सेवा दिने मेट्रो मेडिकल कियर पुगेर सवै जाच गरे पछी बल्ल थाहा भो भाइलाई अल्सर भएको रहेछ ।
मानिसले जीवनमा भोगेका साझा रोगको सूची तयार गर्ने हो भने पेटसम्बन्धी रोग नै अग्रस्थानमा आउँछ । प्राय जसो बहुसंखय्क नेपालीहरुको एकै कामको प्रकृति भएको प्रवासमा राम्रोसँग निदान र उपचार नहुँदा वर्षौंदेखि पेटसम्बन्धी समस्या पालेर हिँड्ने नेपालीहरुको संख्या निकै ठूलो छ । चिकित्सकहरूका भनाइमा जीवनशैली, खानपान, मानसिकता र शरीरको प्रकृतिसँग जोडिएको पेटको रोगलाई सामान्य रूपमा लिने बानीले पछिल्ला दिनमा सुरुमा झाडापखालादेखि, ग्यास्ट्रिक, अल्सर हुँदै क्यान्सर सम्म हुने गरेको देखिदै आएको छ ।त्यसैले सधैं स्वास्थ हुनु अावश्यक छ। अझै बिदेशी भुमिमा स्वास्थ हुनु अति अावश्यक छ। बिदेशी भुमिमा अाफ्नो स्वास्थ्यको ख्याल अाफैं गर्नु पर्ने हुन्छ।
यहाँ बिरामी भएमा साह्रै कष्टकर हुदो रहेछ भन्ने कुरा माथि भाइले दुखेको पेट समाउदै काटेको एक हप्ताको चक्कर बाट थाहा हुन्छ । सामान्य बिरामी पर्दा घरमा भए एउटा आउथ्यो, अर्को आउथ्यो र “ए के भयो ? ए पेट दुखेको हो ? यसो गर उसो गर ठीक हुन्छ” भनेर सहानुभुती दिन्थे तर यहाँ त संगै भएका साथीहरु पनि नुनको सोझो गर्नमा नै व्यस्त छन । गुनासो पनि कसलाई गर्नु सवैको आआफ्नै समस्या छन , जिम्मेवारी छ , डिउटीको समय छ । अर्को तिर एक्लै अस्पताल जान पनि झन्झटिलो प्रक्रिया,थोरै तलब खाने हामी नेपालीको आर्थिक समस्या , बिरामी पर्दा त काममा जानु पर्ने बाध्यता र बिरामी अवस्थामा अाफ्ना घर परिवारको मायाँ एवं साथ अनि हेरचाह नपाइने यो प्रवासी दैनिक जीवन कति कष्टकर र पिडादायक हुन्छ म शब्दमा ब्याख्या गर्न सक्दिन त्यसैले सकभर आफ्नो जीवनशैलीमा सामान्य ध्यान दिऊ किनकि रोकथाम असहज छैन ।
संसारमा बहादुर नेपाली, इमानदार नेपाली, नुनको सोझो चिताउने नेपाली इत्यादि विश्लेषणको तक्मा छाती भरि लाएर श्रम गर्दै देशको अर्थतन्त्रमा रेमिटेन्स पठाएर उल्लेख्य भूमिका खेल्ने हामी नेपाली प्रवासमा बिरामी हुदा पनि प्रक्रिया नबुझेर , नजानेर र पहुच नपुगेर रोग पाल्दै प्रताडित धेरै हुनु परेको छ। यो र यस्ता पिडादायी कुरा सुनेर बिदेशमा रहने नेपालीको समस्या र भोगाई हो भनेर अध्ययन अनुसनधान गरि नेपाल सरकारको सरोकारवाला निकाय एव नेपाली राजदुताबासले नेपाली समुदाय संग बिरामी भएमा कहा कसरि उपाचार गर्न जाने भनेर समय समयमा चेतना मुलक तालिम र काम गर्ने देशमा भएको परिवर्तित नियम एव जानकारी गराउने सके बिरामी परेको आपतकालिन अवस्थामा धेरै नेपालीहरुलाइ मदत पुग्ने थियो कि !
बैदेशिक रोजगारले सामाजिक संरचनामा पारेको बिचलन , तनावमय र पीडित हुँदै आएको नेपाली समाजको साक्षी तपाई हामी छौ ।त्यस्तै अर्को तिर मातृभूमिको न्यानो काख छोडेर सपनाको पोको बोकेर खाडी छिरेका नेपाली समाजका युवा हुन् कि युवती आफ्नो भावाना अटाउने र मन मिल्ने साथीको खोजी र फेरफारमा धेरै जना बरालिंएको देखेका छौ । आज यस्तै प्रकृतिको एक जना नेपाली भाइ र फिलिपिनी चेलीको प्रेम जीवन र भोगाइको साक्षि बक्दैछु । केहि बर्ष अघि बिदेशमा आए संगै यी जोडीले प्रवासमा एक्लो हुनुको पीडालाई तिलाञ्जलि दिन एकाअर्काको लागि नै यो संसारमा बनेको भनेर हिमचिम बढाए , सवै कुराको मोह त्यागेर कम्पनीले बस्न दिएको सुबिधा सम्म लत्याएर आफै डेरा गरि बाहिर बस्दै रमाए ।दुवैको बिगत के थियो कुन्नि तर देख्ने ले समेत यिनका मायाका पूर्ण दिन ,सुखद अनुभूति ,स्वर्गीय आनन्द भएको ठहर गरे ।
मौसम जस्तै फेरी रहने डिउटीले गर्दा धेरै दिन भएको थियो यी जोडीलाई मैले नदेखेको ।पछिला केहि दिन देखि बहिनिलाई मात्र सकी नसकी बोझिलो मन लिएर बडेमाको पेट लिएर डिउटी गर्न गएको देख्छु । नेपाली भाइ संगै सिटमा बसेर हासो पोखिरहने बहिनि अहिले आँसुले पोतेका आफ्ना कथा र व्यथाको आलो पेन्टिङ टाँगेंर मौन भएर बस्छिन ।चोइटा मन लिएर बाध्यताको गह्रुङ्गो पाइला चाल्दै काममा जाने आउने गर्छिन । मनभरि ति संगै हुदाका मित्रवत् रगत सिञ्चित गरिरहे पनि आखिर धोकाको झोक्का खेप्न बाध्य छिन ऊनि । आफ्नो पेटमा हुर्किँदै गरेको सन्तानको मायामा यिनी सर्जाम जुटाउन सकि नसकी काम गर्दैछिन । मनभरिको जिज्ञाशा यताउति सुनेपछि पो थाहा भो काँचो धागोजस्तै यिनीहरुको नाता त उहिले नै पो टुटीसकेको रहेछ । बहिनिको पेटमा बच्चा बस्यो भने पछी सुरु भएको गम्भीर खटपटले सधै केटीको झोला बोकेर आउने भाइ त आफ्नो कर्तुतुको झोला बाधेर थाहै नदिई रातारात नेपाल पो पुगी सकेछन । नेपाली युवा बाट प्रताडित बनेकी यी फिलिपिनी बहिनिले आफु संगै काम गर्ने अरु नेपालीलाइ आफ्ना वरीपरी देख्दा भित्रभित्रै कति रिस उठ्दो हो ?
नेपाली भाइ र फिलिपिनी बहिनिको जीवनमा के त्यस्तो भयो, दुवैले मूल्याङ्कन गरेका होलान् ।तर जब जब यी बहिनीलाइ देख्छु अनि किंकर्तव्यविमूढ बनेर प्रश्नको ठेलीहरु पल्टदै मेरो मनले मलाई सोध्छ -के माया , विश्वास यति चिसो ,निरस र पिध नभएको लोटा जस्तो हुन्छ ? किन आज भोलि प्लास्टिकका सामान जस्ता हाम्रा मनहरुपनि प्लास्टिक-जस्तै भएका ? मनलाई, आत्मसम्मानलाई चटपटे खाने कागजमा गुटमुट्याएर फाले जस्तो यसरि दुइ जिउको भए पछी केहि बर्ष संगै संगै कुम जोडेर बसेकी प्रेमिकालाइ मानवीय समबेदना समेत बिर्सेर बहादुर भनेर परिचय बनाएको नेपालीले कसरि छाडेर कायर जस्तो भाग्न सकेको ? जवाफ त् मनले भेट्दैन तर यिनै फिलिपिनी बहिनिले जस्तै बेला बेलामा मायाको नियति भोग्न विवश हाम्रा नेपाली दिदीबहिनीहरू विदेश बाट अनुहार भरि लुकेको पिडा र आफ्ना माया प्रेमको निशानी बोकेर आफ्नै आँखाले नेपाल फर्किएको प्रत्य्क्ष र समाचारहरुको हेडलाइन बन्ने गरेका देख्दा चै टिट फर टाट भएको पो रहेछ भन्ने लागि रहेको छ ।
मुनामदन जस्तो एक अर्काले जति कुरे पनि माया नमार्ने सस्कार बाट हुर्किएको नेपाली समाज पछिल्लो समय पश्चिम मुलुकको सस्कार बाट प्रभावित बनेर मुनामदनको भन्दा गहिरो माया–पिरती भएका युवायुवतीहरु सम्बन्धमा केही समय रहेपछि, नयाँपन पाउन छाडेपछि त्यसबाट अघाउने र बन्धनको रूपमा लिने र जीवन बर्बाद बनाउँने तिर उद्दत हुदैछन् । जसको गतिलो उदाहरण यी नेपाली भाइ र फिलिपिनी बहिनि बनिन र यस्तो प्रकृतिको नियति प्रदेशमा लागेका र घर देशमा भएका हाम्रा धेरै नेपाली दाजुभाइ दिदीबहिनीको साझा नियति पनि बन्दै गएको छ । कुनै एक नेपाली चेली विदेश बाट पेट बोकेर घर फर्किन भने नेपाली समाजमा जिउन कति लाल्छना र चुनौतीको सामन गर्नुपर्छ ? सायद त्यो हेकका भाग्ने नेपाली भाइलाई नहोला तर यो संसार गोलो छ र सबैको कर्मको हिसाब किताब बुझाउने पालो आउछ । मलार्इ खाने बाघले तँलार्इ पनि खान्छ’ भनेझैँ यस्तो प्रकृतिको घटना भोलि कुनै पनि बेला यिनै भगुवा भाइका छोरीचेली आफन्त या नेपाली युवायुवती कोहीलार्इ पनि आइलाग्न सक्छ ।
असुरक्षित बन्दै गइरहेको यो विश्वमा कुनै पनि बेला जस्तै मै हु भन्नेको पनि दिन बिग्रन सक्छ । हुन् सक्ला माया गराई र्भोगाई र बुझाइकोआफ्नै तय तरिका होला तर गाँस, बास र कपासको लडाइँमा होमिएका आफु जस्तै अरु देशका युवायुवती बिचरा तीन लाइ मायाको अनुभूति गराएर सकभर पीडाको बोझ दिएर असह्य पिडा संगै बाच्न बाध्य बनाउने परिस्थिति सृजना गरेर कुनै पनि नेपालीले निष्ठुरीको उपमा नपाऊन ।माया र सहृदयी भावलाइ कुनै पनि भूगोल र जात धर्म ले छेक्दैन । त्यसैले नेपाली र बिदेशी युवा युवतीको मायामा ट्राजेडीको शृङ्खलाको अन्तिम पात्र यिनै भगुवा नेपाली भाइ र पिडाको दलदलमा हेलिदै गरेकि यिनै फिलिपिनी बहिनि नै बनून् । इति
समाजमा बसेपछि त्यसप्रति सबैको दायित्व हुन्छ, सकेको जानेको आआफ्नै दायित्व निभाउने तय तरिका हुन्छन ।समयको प्रभावसँगै सात समुद्र पार आइ पुगेर पनि पत्रकारितालाई माया मार्न सकिएन । केहि बर्ष अघि देखि नेपालमा गरेको पत्रकारिताको तलतल लाई झन्डै एक लाख जति नेपाली रहेको कुबेतमा नेपालीका समस्या र सफलतासँग नजिक बनेर बनाईएका लेख र समाचारले कुनै आफ्नै नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको दैनिकी परिवर्तन पो गर्न सकिन्छ कि ? भन्ने पवित्र उदेश्यले आफु बसेको यहाको समाजलाई सुसूचित गर्ने, सचेत र सजग बनाउने जिम्मेवार समाजका अघोषित पहरेदार सिपाही बनेर सकेको दायित्व निभाउन हामी क्रियाशील छौ । एकातिर समाचार लेखे बापत आफ्नै तलब बाट ईन्टरनेट खर्च र कार्यक्रम स्थल सम्म गाडी भाडा तिर्दै आएका छौ भने अर्को तिर समाचार लेखेकै भरमा कुनै पनि बेला जो कोहीबाट डर, त्रास तथा धम्कीको सामना गर्नुपर्ने स्थिति रहदै आएको छ । यस्तै चुनौतीका बिच पनि कुबेतमा २ दर्जन भन्दा बढी पत्रकार क्रियाशिल छौ ।
कुबेतमा बस्ने नेपालीहरुको चासो र सरोकारका बिषयलाई उच्च प्राथमिकताका साथ सही समयमै खुलस्त पार्नु हामी पत्रकार र मिडियाहरुको प्रधान दायित्व हो । यहि जगलाई टेकेर नेपाली राजदुताबास र नेपाली समाज कुबेतका बिचमा पत्रकार महा संघ बैदेशिक शाखा कुबेतको भूमिका बिषयक एक अन्तरक्रिया कार्यक्रम आज नेपाली राजदुताबासको हलमा सम्पन्न भएको छ । समग्रमा कार्यक्रममा सहभागी दुताबास र नेपाली समाजको बुझाइमा नेपाली मिडियाहरु पनि समय सापेक्ष ब्यवस्थित, मर्यादित, परिष्कृत एवं थप जिम्मेवार हुनु पर्ने रहयो भने आफुलाई सुचनाको सम्बाहक ठान्ने हामी पत्रकारहरुले प्रवासको पत्रकारिता अत्यन्त जोखिम र चुनौतीपूर्ण रहे पनि पेशागत धर्म र मर्मलाई केन्द्रमा राखी हामीले गर्ने पत्रकारितामा यहा कै नेपाली समुदायको सहयोगी भूमिका आवश्यक रहेको भन्दै आपेक्षा गरियो ।
देश होस् या प्रवास, हरेक समाज र समुदायमा संचारको भूमिका उल्लेख्य हुन्छ । यहि भूमिका निर्वाहा गर्दा नेपाली समाजमा देखिएका बिकृति सुधार गरौ भन्दै बिकृतिको बिरुद्ध कलम चलाउँदा , पत्रकारितालाइ समाजसेवाको रुपमा अंगालेर काममा बगाएको पसिना अलावा दिन रात खटेर राखेको निशुल्क सूचना शिविरको पुरस्कार आफ्नै समाजका अगुवाहरुबाट तारो समेत बन्नु पर्दा चै निकै नमिठो अनुभूति हुदो रैछ ।त्यहि भएर आज आयोजना गरिएको कुबेतका नेपाली पत्रकारिता सँग गाँसिएको सामाजिक अन्तरक्रियाले नेपाली समाजमा संचारको भूमिकाको अनुभूति गर्ने चेतनाको निर्माण गर्नु मुख्य उदेश्य थियो। सुसुचित नेपाली समाज निर्माणका लागि संचारको प्रमुख भुमिका हुन्छ भन्नु थियो । एउटा कुशल पत्रकार जहा रहे पनि समाज र देशको कुशल नागरिक हो त्यसैले सभ्य नेपाली समाज निर्माणका लागि निस्वार्थ र स्वच्छ पत्रकारिताको आश्यकता कुबेतमा छ भनेर नेपाली समाजलाइ प्रतित गराउनु थियो । कुबेतको नेपाली समाजमा भए गरेका राम्रा नराम्रा सबै कुरा उजागर गर्दा एव समाचार लेखेको वा नलेखेकै भरमा कुनै पनि बेला कुनै पनि पत्रकारमाथि हुन सक्ने संभावित खतराको डटेर सामना गर्न र पत्रकारिता क्षेत्रलाई थप मर्यादित र ब्यवस्थित तुल्याउन पत्रकार महासंघ बैदेशिक शाखा कुबेत छ भनेर बुझाउनु थियो । पत्रकारिताको दीर्घकालिन यात्रामा आइपर्न सक्ने चुनौतीहरुको सामना गर्न जुनसुकै बेला आफुलाई आन्तरिकरुपमा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुबेत तयार छ भनेर यसमा आबद्ध पत्रकारलाई प्रत्याभूत गराउनु थियो । फलस्वरूप संचारको भूमिका सर्वाधिक महत्वपूर्ण हुनेमा विमति नगरी अहिले सम्मका परिस्थिति र बस्तु स्थितिका चिरफार गर्दै नेपाली राजदुताबास ,नेपाली समाज कुबेत र पत्रकारहरुको एक अर्काका भूमिकाका बारेमा छलफल र अन्तरक्रिया गर्दै कार्यक्रमको समापन भयो ।
कार्यक्रमको समापन संगै हामीले आफ्नो काम धन्दा गरेर बचेको नितान्त व्यक्तिगत समयलाई सदुपयोग गर्दै कलम चलाएर सूचना फैलाउदा सम्प्रेषित सामाग्री कत्तिको संवेदनशील छ र यसले समाजमा सकारात्मक वा नकारात्मक कस्तो भूमिका खेल्ला भन्ने कुराको हेक्का राख्दै सामाजिक दायित्व र जिम्मेवारी अझ बढी सम्झिन जोड दिएको छ । हामीलाई थाहा छ पत्रकारिता सेवामुलक कार्य भए पनि जश नपाउने पेसा हो फेरी पनि आजको कार्यक्रम बाट हामीलाई जस्तै कुबेतका नेपाली समाजलाइ प्रस्तुत सामाग्रीमा अलिकति नकारात्मक कुराबाट प्रस्तुत नभई सल्लाहा, सुझाब र प्रेणा दिन अझ बढी जोड मिलोस् ।त्यहि नै हामी सूचनाका संवाहकको सहोभाग्य हुनेछ । हामी सवैको जय हुनेछ ।
भदौ १० - केहि साता अघि एयरपोर्टमा सर्लाही कि एक नेपाली दिदी संग भेट भयो । बिरामी हालतमा घर फर्किन लागेकी रैछिंन । श्रीमानको आसामयीक निधन पछी दुई जना बच्चाको पालन पोषण गर्ने कर्तव्यको स्टेयरिङ आफ्नो हातमा आए पछी बाध्य भएर केहि बर्ष अघि फोहोर व्यस्थापन गर्ने एक कम्पनीमा किलनरको श्रम स्वीकृत लिएर उनलाई कुवेतमा घरेलु कामदारका रुपमा काम गर्न ल्याइएको रहेछ । अनपेक्षित रुपमा बिमारी भए पछी केहि बर्ष काम गरेको घर मालिकले जहा बाट लागेको हो त्यहि फर्काउने अनि अलि सन्चो भए पछी यहाँबाट फेरी अर्कोतिर पठाइने र फेरी बिरामी भए पछी उही ठाउमा फर्काइने गरेर महिनौ पेट भरि खान समेत नपाएर , तलब बिहिन भएर आफुलाई लागेको रोगको समेत उपचार नपाएर बिताएको कठोर कालखण्ड उनले मन भरि संग्रह गर्दै फर्कँदै रैछिंन । साँझको फलाइट भए पनि कुबेतमा स्पोन्सर गर्ने नेपाली चेली र पाकिस्तानीले उनलाई एका बिहानै एयरपोर्टमा लगेर पासपोर्ट र बोर्डिंग दिएर भित्र छिराई दिएका रैछन । साथमा एक सुकों पनि नभएको यिनले दिनभरि भोकै बिताएको जानकारी आए पछि यिनलाई दया लागेर एयरलाइन्स कै एक स्टाफले खाना र पानी खुवाउने ब्यबस्था मिलाई दिएका रैछन । त्यहि भेट भएको उनलाइ यहा ल्याउने नेपाली चेलीले गरेको गालीगलौज र गरेको ब्यबहार र पिडा सुने देखि कहिलेकाहीँ मलाई अचाक्ली घोच्ने गर्छ । भित्रभित्रै चिमोट्ने गर्छ । मेरो मनमा एउटा महिलाले अर्को महिला माथि खुलेआम अपव्याख्या ,ज्यादती कसरि गर्न , हेर्न , सुन्न सकेको ? अपमान र तिरष्कारको नारकीय जीवन बिताउन विवश कसरि बनाएको होला भन्ने भन्ने लागिरहेको छ । मनमा भ्रम र सत्यबीच भयङ्कर वादविवाद समेत चल्ने गर्छ । अनि लाग्छ दुनियाँ यस्तै रैछ ।
आफु जस्तै अन्य १२ जना नेपाली चेलीहरु कोठामा थुनेर राखिएको बताएकी उनले आफुहरुलाई कहिले गाडीमा राखेर कता कता लाने त् कहिले त्यहि कोठामा कोहि हेर्न आउने र मोलमोलाई गर्ने गरेको बताइन । नया पुराना चेलीहरु जाने आउने भए पनि केहि अनुहार भने महिनौ देखि त्यहि थिए जसलाई कहिलेकाही अलच्छिनीहरुलाइ कसैले लादैन, त आए देखि त् ब्यापार नै डामाडोल भो भन्दै दुई चार झापु लगाउने पनि गरिएको रहेछ। बाकीं साथीहरुको आड भरोसामा बिरामी दिदिले पटक पटक केहि दिन काम गरे बापत साहुले दिएको आफु संग भएको केहि रकममा थपेर घर फर्काइ दिन आग्रह गरिछन । आफुले अहिले सम्म खर्च गरेको ३ लाख रुपियाँ दिएर जा हैन भने जेलमा हालदिन्छु भन्दै त्यो भएको केहि रकम समेत थुतेर नेपाली चेलीले मानसिक टर्चर दिन थालिछिन । एउटा उपाचार नपाएको बिरामी त्यसमाथि समयमा पेट भरि खाना पाउनुको साट्टो मानसिक टर्चर पाए पछी दिन दिनै बिक्षिप्त हुन् थालेकी रैछिन । भएका चेलीहरु मध्ये ति स्पोन्सर गर्ने नेपाली चेली र पाकिस्तानीलाइ खुसि पार्ने र मन पराउने केहि चेलीले भने फोन चलाउन समेत छुट दिएका रैछन । एक दिन स्पोन्सर गर्ने नेपाली चेली र पाकिस्तानी नभएको अवस्थामा फोन चोरेर घरमा फोन गरेर आफु महिनौ देखि बिरामी भएको , कोठामा थुनेर राखेको र ३ लाख नदिए यतै जेलमा हालिदिने भनेको कुरा आफन्तलाइ बताउन अनन्त दिदि सफल भैछिन।
साँझ नेपाल बाट दिदीका आफन्तले उनलाई फिर्ता नपठाए नेपाल बाट पठाउने लाई मानव बेचबिखनमा कारवाही गर्न निबेदन दिने भन्दै त्यहि नम्वरमा कल ब्याक गरेर स्पोन्सर गर्ने नेपाली चेली लाइ २ दिनको समय दिएछन ।स्पोन्सर गर्ने नेपाली चेली र पाकिस्तानीले नेपालको कानुनले आफुलाई केहि गर्न नसक्ने भन्दै फोन चोरेर नेपाल गरेकोमा दिदिलाइ २/४ झापु लगाएछन ।झापु लगाए पनि भोलि पल्ट नेपाल बाट धेरै नेपाली महिला पठाउने विस्वासिलो मान्छे भएकाले होला स्पोन्सर गर्ने नेपाली चेली र पाकिस्तानी तलाई डरले होइन मायाले घर पठाई दिन हामि तयार भयौ तर टिकटको आफैले जोहो गर भनेछन ।फेरी नेपालमा फोन गरेर टिकट पठाए पछी बल्ल आज उनि नेपाल फर्किन सकेकी रैछिंन। आखा भरि आशु बनाएर दिदीले आफ्नै देशका चेलीहरुले बिदेशमा रोजगारको नाममा यस्तो भेडाबाख्रा जस्तै गर्ने गरेको आफुले भोगेकोले बाकि चेलीहरु लाइ विदेश नआउन आग्रह गर्दै आफुलाई पिडा दिनेलाइ त्यहि केहि गर्दैन भन्ने नेपालको कानुनले कठघरामा उभाएर पाठ सिकाउने मन रहेको बताईन । महिनौ पेट भरि खान नपाएको , तलब नपाएको र बिरामी हुदा औषधिको साटो गालीगलौज र याताना पाएको त्यो पिडालाइ कानुनको साहारा होला नहोला तर पनि यो दिदिको आशुको श्राप भन्ने अवश्य लाग्ने छ ।
घरको अभिभारा पुरा गर्न विदेशमा घरेलु कामदार भएर परिवारको टेको भरोशा हुन् जति गाह्रो र अप्ठ्यारो महसुस एउटा एकल महिलालाई हुन्छ सायदै त्यो गाह्रो एकल पुरुषलाई र पुरुष साथै भएको महिला लाइ नहोला । एकल महिला भएर नेपाली समाजमा बाल बच्चा हुर्काउने पढाउने अभिभारा बोकेर खाडी हिँडेको एकल महिलालाई त्यही बोझले किचेको बेला उनका टुहुरा बाल बच्चाले आमाको प्राण जोगाउन हार गुहार गर्नु पर्दा मनोविज्ञान कस्तो भयो होला? यस्तो विषम परिस्थितिमा एउटा महिलाका समस्या अर्को महिलाले नबुझेर महिनौ थुनेर राख्नन सक्ने कस्तो पापी मन हो त्यो ?
देश होस् कि प्रदेश होस एउटा महिलाले अर्को महिलालाइ जबसम्म अपहेलित गर्न छोडदैनन तबसम्म महिलाहरुले पुर्ण अधिकार पाउन सक्दैनन् ।देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला आसिन छिन्। प्रधान्यायाधिशमा पनि नेपालले पहिलो पटक महिला पाइसकेको छ। सदनभित्र सभामुख पद पनि महिलाकै हातमा छ। महिलाको स्थान यस्तो समानित बनेको नेपाली समाजका केहि दिदीबहिनी भने आफ्नै दिदीबहिनी लाइ बिदेशमा बोलाइ बोलाइ नारकीय जीवन भोग्न बाध्य बनाउने कारक बनेको सुन्दा सारै दुख लागेको छ ।बिपत्तीमा परेका , समश्यामा परेका , बेरोजगारी र गरिबीले आक्रान्त बनेका एव विकराल समस्या भोग्न बाध्य बनाइएका आफ्नै दिदि बहिनीहरुलाइ ल्याएर भेडा बाखा जस्तै ब्यबहार गर्ने ति मन र सोचहरुले एक पल्ट भए पनि वास्तविक जीवनमा भावुक बनेर सोचून र जीवनलाई यी एकल महिलाको कोणबाट भोगेर समयमै हेरुन, अनुभूत गरुन । संसार गोलो छ आज २ /३ जना लाइ काम लगाएर दाम कमाएको छ भन्दैमा कसैले केहि गर्न सक्दैन भन्ने मानसिकता त्यागि दिऊ किनकि समयको चक्र धेरै फरक छ , धेरै फरक जसले घुम्दै फिर्दै जस्तै मै हु भन्ने लाइ पनि पाठ सिकाउछ ।
गैर आवासयि नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी १८ अगष्ट २०१७ मा हुने राष्ट्रिय पाँचौं राष्ट्रिय महाधिवेशनको मिति घोषणा भए लगत्तै एनआरएनए ,कुवेतको नेतृत्व कसले गर्ला भन्ने जिज्ञासा र चासो आम कुवेतवासी तथा कुवेत बाहिरका नेपाली समुदायमा एकाएक बढेर गएको छ ।पछिल्लो समय कस-कसको उमेद्वारी आउला भन्ने नेपाली समाजमा चासो बढिरहेको बेलामा नवलपरासी जिल्ला देउराली गाविस – ६ झयाल्वास घर भएका विष्णु परियार पुन: उपाध्यक्षमा उमेद्वारी दिएका छन।
परियार बिगतका केहि वर्ष देखि सक्रिय रुपमा एनआरएनए,कुवेतको उपाध्यक्ष पदमा रहेर नेपाली समुदासंग नजिक भएर काम गरिसकेका व्यक्ति हुन् । उपाध्यक्ष पदबाट एक बर्ष अघि मात्र राजिनामा दिएका परियार लुम्बिनी समाज नेपाल कुवेतका सल्लाहकार , दलित एकता संजाल कुवेतका वरिष्ठ सल्लाहकार एव बिभिन्न संघ सस्थाका विभिन्न पदमा वसेर काम गरेको अनुभव र कार्यकुशलताको अनुभवी समेत रहेका छन् । २०५४ साल देखि कुबेतलाइ कर्म थलो बनाएर काम गर्न थालेका बुद्धिजीवी समाजसेबि एव सामाजिक व्यत्तित्व बिष्णु परियार संग हाम्रो संचार डट कमका लागि गोपाल शिवाले गरेको संक्षिप्त कुराकानी :-
एनआरएनए,कुवेतको उपाध्यक्ष पदबाट गत बर्ष राजीनामा दिएको तपाइँ फेरी उठ्दै हुनु हुन्छ, किन नि ?
कुबेतमा नेपालीहरुको बीचमा राम्रो भूमिका निर्वाह गरेकै कारण बिगतमा भन्दा अहिले एनआरएनलाई आफ्नो ठान्ने र यसमा आबद्ध हुनुपर्छ भन्ने भावनाको बृद्दी भएको मैले पाएको छु । यहाँका अधिकांश बैचारिक, सामाजिक, क्षेत्रीय तथा जातीय संस्थाहरु पनि अहिले एनआरएनप्रति आकर्षित भएको र यसलाई सबैको साझा चौतारीको रुपमा हेर्ने बातावरण बनेका ले हामी धेरै भन्दा धेरै नेपालीको बिश्वास जित्ने क्रममा छौं जस्तो लाग्छ ।
स्थानीय समस्याहरु समाधानका लागि एनआरएनले अग्र पंक्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने मान्यता यसबीचमा स्थापित भैसकेको छ । अत: जबसम्म हामी बलियो संगठनमा आबद्ध हुदैनौ तबसम्म आफ्ना समस्याका बारेमा सम्बन्धित निकाय सम्म आफ्नो माग र आवाज पुर्याई आफुलाई स्थापित गर्न सक्दैनौ भन्ने लागेर नै मैले फेरी उमेद्वारी दिएको हु ।
एनआरएन अग्र पंक्तिमा छ भन्नु भो एक लाख भन्दा धेरै नेपालीहरु रहेको कुबेतमा जम्माजम्मी केहि सय जनाले मात्रै एनआरएनको पंजीकृत सदस्यता लिनुलाई कसरी हेर्नुहुन्छ ?
धेरै नेपालीहरु एनआरएनमा आबद्ध हुने इच्छा हुँदाहुँदै पनि फरक फरक ड्युटी गर्ने समय ,स्थानीय नियम कानुनका कारण, छुट्टी नमिल्ने कारण, दैनिक ८-१० घण्टा काम गर्नुपर्ने तथा काम गर्ने स्थान र बासस्थान टाढा टाढा हुँदा हुने गरेका समय अभावका कारणले गर्दा संगठनमा सक्रिय रुपले समाहित हुन नसकेको यथार्थ हो । र यहि यथार्त बुझेर पनि एनआरएन कुबेत पनि यहाँका नेपालीहरुबीच जति पुगिसक्नु पर्थ्यो त्यति पुग्न नसकेको यथार्थतालाई हामीले स्विकानु पर्छ । तर कुबेतमा बस्ने तमाम नेपालीहरुको एनआरएन एउटा त्यस्तो संगठन हो जसको मध्यमद्वारा हामीले विश्वभर सामना गरिरहेका चुनौती र समस्याको गहिराई सम्म पुगेर समाधानका लागि उचित व्यवस्था गर्न सक्छौं र अवसरहरुलाई नियाल्दै त्यसलाई प्राप्त गर्न समेत सक्दछौं ।त्यसैले कुबेतमा कार्यरत सवै नेपालीहरुलाई यस्तो संबेदनशीलता बुझौ र आफै पनि एनआरएनमा आबद्द हुन् लागौ ।
धेरै नेपालीहरु एनआरएनमा आबद्ध हुने इच्छा हुँदाहुँदै पनि फरक फरक ड्युटी गर्ने समय ,स्थानीय नियम कानुनका कारण, छुट्टी नमिल्ने कारण, दैनिक ८-१० घण्टा काम गर्नुपर्ने तथा काम गर्ने स्थान र बासस्थान टाढा टाढा हुँदा हुने गरेका समय अभावका कारणले गर्दा संगठनमा सक्रिय रुपले समाहित हुन नसकेको यथार्थ हो । र यहि यथार्त बुझेर पनि एनआरएन कुबेत पनि यहाँका नेपालीहरुबीच जति पुगिसक्नु पर्थ्यो त्यति पुग्न नसकेको यथार्थतालाई हामीले स्विकानु पर्छ । तर कुबेतमा बस्ने तमाम नेपालीहरुको एनआरएन एउटा त्यस्तो संगठन हो जसको मध्यमद्वारा हामीले विश्वभर सामना गरिरहेका चुनौती र समस्याको गहिराई सम्म पुगेर समाधानका लागि उचित व्यवस्था गर्न सक्छौं र अवसरहरुलाई नियाल्दै त्यसलाई प्राप्त गर्न समेत सक्दछौं ।त्यसैले कुबेतमा कार्यरत सवै नेपालीहरुलाई यस्तो संबेदनशीलता बुझौ र आफै पनि एनआरएनमा आबद्द हुन् लागौ ।
एनआरएन कुबेत बाट यहाँका नेपालीलाइ समाहित गर्ने किन प्रयास नभएको नि ?
समाहित गर्ने अभियान संचालन गर्न आर्थिक अभाव, ड्युटी गरेर बचेको समयले संगठन संचालन गर्नुपर्ने हुँदा यथेष्ट समयको अभावका कारण बिशेष क्याम्पेन चलाउन नसक्नुले गर्दा केहि समस्या आएका पनि छन् । तर हामी हिजोको तुलनामा हेर्ने हो भने धेरै फैलिरहेका छौं । यदि मलाइ उपाध्यक्षमा मौका दिनु भयो भने धेरै भन्दा धेरै नेपाली सम्म के कसरि पुग्ने , बुझाउने र जोड्ने भन्ने अध्ययन गरि काम गर्नेछु ।
उपाध्यक्षका लागि पाँच जनाको उमेद्वारी परेको छ , कडा प्रतिस्पर्धा हुने देखियो । के भन्नु हुन्छ ?
एनआरएन सबै प्रवासी नेपालीहरुको साझा संस्था भएकाले उमेद्वारी पर्नु स्वाभाविक हो । धेरै जनाको उमेद्वारी पर्यो भन्दैमा म उमेद्वारीबाट पछी हट्ने कुरो आउदैन । नेतृत्व गर्नका लागि अनेकौं कठिनाईलाई सामना गर्नसक्छु भन्ने आत्मविश्वासका साथ नेपाली समुदायको अगाडी उभिएको छु ।अब मैलाई केहि महत्वपुर्ण र नविन योजनाहरु कार्यन्वयन लागी मलाइ थप एकपटक मौका दिनुहोस ।
पाँच जना मध्ये तपाई पनि एक हुनु हुन्छ र छानिनु भएको खण्डमा के कस्ता कामहरु गर्ने सोच बनाउनु भएको छ ?
बिगतमा काम गर्दै जाने क्रममा सबैको चित्त बुझाउन नसकिएको पनि होला, सबै साथीहरुको हरेक दृष्टिकोणलाई सम्बोधन गर्न नसकिएका कारण कहीं कसैको सानातिना असन्तुष्टि पनि हुनसक्ला । तर सपथ लिएर नेतृत्व सम्हालेपछि उचित रुपले पदीय भूमिका निर्वाह गर्नैपर्छ र मेरो हकमा मैले सकेसम्मको पहल र प्रयत्न गर्नेछु ।
एनआरएनएमा पद्धतिको विकास र पालना गर्न, राजनीतिक प्रभावबाट मुक्त राख्न, सिपमुलक तालीम संचालन गरि नेपालीलाइ कुबेतको दक्ष श्रमबजारमा प्रबेश गराउन ,नेपाल र कुबेत सरकार विच व्यापार सम्झौताको लागी पहल गर्न , कुबेतका नेपाली समुदायलाइ एनआरएनप्रति आकर्षण बढाउन र कुबेतमा नेपालीले सिकेको सिपलाइ नेपालमा लगी उपयोग गर्ने बाताबरण बनाउने कुराको सुनीस्चितताको लागी र घरेलु नेपाली महिला कामदारका समस्या निराकरण , ब्यबस्थापनका लागि मेरो उमेद्वारी हो । कुबेतको नेपाली समाजमा र एनआरएनए कुबेतमा मैले दिएको योगदान र प्राप्त उपलब्धीको मुल्यांकन गरि नेतृत्व गर्ने मौका दिनुहोस् ।
कुबेतको नेपाली समाजले कसरि तपाईंको योजनामा टेवा पुर्याउन सक्छ ?
हामी सबै नेपालीहरुको बीच लोकप्रिय बन्दै सबैका सामुहिक समस्या समाधानमा अघि बढ्ने मेरा योजनाहरु म एक्लैले पुरा गर्न सक्दिन। त्यसैले कुनै पनि कुरालाई निष्कर्षमा पुर्याउनका लागि हामीलाई एउटा राम्रो समुहको खाँचो पर्छ र धेरै भन्दा धेरै साथीहरुलाई समेट्ने मेरो प्रयास रहनेछ। जसमा कुबेतमा क्रियाशील मिडिया , संघ सस्था , समुदाय , दुताबास सवैको सहयोग अपरिहार्य छ । सर-सर्ति भन्नु पर्दा मेरा मुद्दाहरु हामि सवैका मुदा हुन् अत गैर आवासयि नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतमा प्लेटफर्म तयार गर्ने ,योजना बनाएर अघि बढ्न सकिन्छ ।
हामीले गरेका कामलाई कुबेतमा रहनु भएका नेपाली दाजुभाई दिदीबहिनीहरुले सकारात्मक रुपमा लिएको मैले अनुभव गरेको छु र आउने दिनमा यहि सकारात्मक साथको अपेक्षा गरेको छु । यहि नै त्यो शक्ति हो जसले सबै कठिनाईको सामना गर्दै सामाजिक क्रियाकलापमा लागिरहन प्रेरित गरिरहेको छ ।
तपाईंलाई एनआरएन उपाध्यक्षको अग्रिम शुभकामान । अन्तमा हाम्रो संचार डटकम मार्फत कुबेतको नेपाली समाज र तपाईंका समर्थकहरुको लागि केहि भन्न चाहनु हुन्छ?
धन्यवाद हजुर लगायत हाम्रो संचार डटकम लाइ, तपाईंहरुले कुबेतको नेपाली समाज सम्म मेरा एजेण्डाहरु पुग्न मदत गर्नु भएको छ । जसले मेरो चुनाबी माहोललाई प्रतक्ष्य वा अप्रतक्ष दुवै हिसाबले सहयोग पुग्ने छ। आफूले अमुल्यमतको सधै क़दर र सम्मान गर्ने प्रण गर्दै एनअनएनको उपाध्यक्षमा जिताउन सबैमा अपिल गर्दछु । तपाईहरुले दिएको विस्वासले कुबेतको नेपाली समाज र नेपालीहरुको हितमा काम गर्छु यो नै मेरो प्रतिबध्ता हो ।
केहि दिन अघि साझ पख घुम्न निस्किएको थिए । मरर्भुमिमा १० घण्टा कम्पनिको दैनिक काम बाट बचेको समय केहि कमाउ भन्ने अभिप्रायले दुई जना तराइका नेपाली भाइहरुले खेल्ने ग्राउण्ड भन्दा केहि पर चटपटे बेच्न सुरु गर्नु भएको रहेछ। २/४ जनाको जमघट रहेको माहोलमा चटपटेको दाम सोध्दै बनाएको हेरेर उभि रहेका थियौ त्यसै बीच एक जना अर्को नि नेपाली थपिनु भो । मित्रले आगमन संगै तातिदै भन्नु भयो मदेसी भैया भोलि देखि यहा चटपटे बेच्ने हैन है । नत्र फ्याली दिउला तेरा चटपटे ...तेरो चटपटेले हाम्लाई खेल्न डिस्टर्ब भयो । त्यो सुनेका उपस्थित ले मात्र हैन ति दुवै मधेशी समुदायका ति नेपाली युवाले त्यहाँ वाक्यमा प्रयोग गरिएका शब्दहरूमाथि कुनै आपत्ति व्यक्त गरेनन्, न त प्रतिवाद नै,शायद देश फेरिए पनि मानसिकता उही रहेछ यिनको भनेर स्वभाविक रूपमा सहजै यी दुइ भाइले बुझिसकेका थिए ।
तातिने युवा खेल्ने ग्राउण्ड तिर जादा मैले सोधे भाइ तपाइँहरुको चटपटेले खेल्न डिस्टर्ब कसरि भयो भनेर किन सोध्नु पनि भएँन नि ? उनले जवाफ दिए दाइ खेल हेर्न आउने नै रक्सि पिएर आउछन, अनि झगडा गर्छन ।रक्सि बेच्ने र खाने संग त बोल्न सक्दैनन् तर हामी केहि नबोल्ने भनेर होला मदेसी, मस्र्या, काले , भैया जस्ता सम्बोधन गर्दै होच्याएर गालि र आरोप चै हामीलाई नै लगाउछन् । भाइहरुको कुरा सुने पछि लाग्यो जातका आधारमा, वर्गका आधारमा, वर्णका आधारमा विभेद गर्ने हाम्रो मानसिकता देश बाट प्रदेश सम्म आइ पुगेछ । खासगरी बहुपहिचान भएको हाम्रो मुलुकमा केहि बर्ष अघि सम्म आमरुपमा राजधानी लगायतका केहि क्षेत्रमा पहाडी समुदायले आफ्नै तजबिजीमा मधेसीलाई मदेसी, मस्र्या, काले , भैया जस्ता सम्बोधन गर्दै होच्याएर शब्दको प्रयोग गर्थे ।०६३ को मधेस विद्रोहले धेरै हद सम्म सामाजिक रुपान्तरण भयो जसले गर्दा अपबाद छाडेर यसरी नेपालका आफ्ना दाजुभाइ लाइ नै हेप्ने क्रम धेरै कम भएको थियो ।तर सात समुद्र पारि पनि उहि आचरण र ब्यबहार ....कस्तो बिडम्बना !
लगभग ३० हजार नेपाली रुपैया मासिक तलबमा काम गर्न आएका यी चटपटे बनाउने भाइहरु महिना भरिको खर्च जोगाउदा नेपाली २०/२१ हजार जति बचाउदा रहेछन । ब्याज माथि स्याज थपेर नेपाल बाट आएको ऋण सम्म तिर्न गाह्रो भै राखेको बेला आफुले जानेको यसो केहि गरौ भन्ने पवित्र अभिप्राय बोकेर कम्पनीले थाहा पाए केहि गर्ला कि भन्ने डर मन भरि बोकेर सुरु गरेका रैछन चटपटे बनाउन । यस्ता सोझा र नियति संग संघर्ष गरिरहेका नेपाली दाजुभाइले केहि रुपिया कमाउन यसरि श्रम गरि खादा डिस्टर्ब भएको ठान्नु कहाँसम्म तर्कपूर्ण हो ? जवाफ म संग पनि छैन । छ त् एउटा सत्य त्यो के हो भने खेलाडी मित्र हुन् कि , चटपटे बनाउने मित्र हुन् या तपाई र म नै किन नहौ देश प्रतिको माया भए पनि विदेश पलायन हुनुको कारण गरिबी मात्र नभएर जातपात, छुवाछुत, रुढिबादी संकीर्ण सामाजिक कु-संस्कार, धर्म, अवसरको कमि, व्यापक भ्रस्टचार,तुच्छ राजनीति सोच, सामाजिक सुरक्षा , बाच्न पाउनु पर्ने अधिकार जस्ता कुरा बाट बन्चित भए पछि अवसरको खोजि गर्दै बिदेशिएका हौ । देशविदेश देखेका, जान्नेसुन्ने, टाठाबाठा हामी श्रमजीवी त देशका लागि गर्वको कुरा हौ तर यता आएर पनि अझ पनि परिवर्तनका सम्बाहक हामीभित्र नै कति विषयसँग निहित उही मानसिकता हावी भएको देखिन्छ ।
हामीले बिदेशमा हुदा बिभिन्न देशका बिभिन्न धर्म र सस्कार भएका संगै हातेमालो गरेर टिममा काम गरि रहेका छौ । सवै धर्म जात र समुदायका मान्छे लाइ आदर गर्न सिकेका छौ ।समग्रमा भनु पर्दा हामीले बहुपहिचानको मर्मलाइ ब्यबहारिक रुपमा बुझेर त्यसमा चलेर आघुनिकता अँगालेका छौ । तर उहि नेपाली समाजबाट आएका दलित , गरिब , मधेशी लाइ हेप्ने परम्परागत मानसिकता भने फ्याक्न सकेका छैनौ ।नेपाली समाजले एकले अर्कोलाइ सम्मान गर्ने परिपाटीको बिकास देश बिदेशमा देखेर भोगेर पनि हुन् सकेको छैन ।देश बिदेशमा देखेर भोगेर पनि अहिले सम्म पनि बोलीचालीमा कसैलाई डुम , मर्सिया,धोती, भेले, भैया, भोटे, टुप्पी बाजे आदि भनेर रंगभेद र दुर्व्यवहार गरेर हामीले एकले अर्कोलाइ सम्मान गर्ने परिपाटीको बिकास गर्न समेत जानेनौ । हामी भित्र जरा गाडेर बसेको संक्रिण सोचाई र कमजोरी जसले होच्याएर बोल्ने र विभेद गर्ने मानसिकताको अशोभनीय चिन्तनलाई बानीलाइ निरन्तरता दिएको छ त्यसलाई चांडो भन्दा चांडो अन्त गरौं नत्र यसले बिनास निम्त्याउछ, सामाजिक द्वन्द बढाउछ , हामी नेपालीको एकतालाई शक्तिहीन बनाउछ ।