केहि अघिको कुरा हो नेपाली समाजमा परिचित एक मान्यवरको सामाजिक संजालमा उनकै साइबर सेक्सको भिडियो आयों । नियोजित ढंगले महिनौ लगाएर मान्यवर संग साइबर सेक्स गर्ने युवतीले मान्यवरको उस्तै नामको फेसबुक बनाएर उनका साथीहरुलाई जोड्दै माकुराको जस्तो जाल बुन्दै बसेकी रहेछिन । माकुराले झिंगालाई मख्ख परेर आफ्नो जालोमा आमन्त्रण गरे झैँ यिनले पनि सवै 'साम, दाम, दंड, भेद' अपनाइछिन । युवती संग साइबर सेक्समा दिन दिनै लिप्त भएका मान्यवर केहि नसोची झन् झन् योनी कुंजमा आफैलाई हराउदै गएछन । प्रविधिको त्यति ज्ञान नभएका मान्यवरको अघि जब साइबर सेक्सको मुल्य चुकाउन महंगा मोवाईल र गरगहनाको अफरहरुको चांग राखियो अनि विवश भएर सक्दिन भनेछन । नियत मै खोट भएकी यिनको साइबर सेक्स गर्ने जोडीले आफ्ना जति दृश्य काट्ने हटाउने छोप्ने गरिछन र मान्यवर मात्र साइबर सेक्समा रम्दै गरेको भिडियो उही नक्कली फेसबुक मार्फत सवैलाई ट्याग गर्दिछन । सामाजिक संजालमा भिडियो आए लगत्तै यसले नेपाली समाजमा खैलाबैला र भूकम्पीय तरंग आयो । साइबर सेक्सको ज्ञान नभएकाहरु रामराम भन्दै बसे , कोहि अक्क न बक्क परे भने साइबर सेक्सको आनन्द लिनेहरु इन्तु न चिन्तु भए । कसले कहा कसरि पहल गर्यो कुन्नि भिडियो राखेको आधा घण्टामै नेपाली समाजमा मान्यवरको मर्यादा माटोमा मिलाउदै त्यो फेसबुक पनि डिएकटिभ भयो ।
यस्तै केहि समय अघि एक जना मेरा मित्र पनि प्रताडित भएको घटना सुने । मित्रका अनुसार केहि समय अघि फेसबुकमा मित्रलाइ आफ्नै जिल्लाबासी युवतीको साथि हुन अनुरोध आएछ। उनले पनि नचिने पनि जिल्लाबासी हो भनेर सहजै स्वीकारे छन् । त्यसपछि च्याट चलेछ, अनि भिडियो च्याट गर्न ईमो नम्वर लिनेदिने काम भएछ । ईमोमा पनि साथि बने पछि शुरु भएछ भिडियो च्याट। ति युवतीहरु केहि दिन पछी देखि नै भिडियो च्याट गर्दै आफु पनि नांगिएर साथीलाई पनि नंग्याइछिंन ।परिणाम के हुन सक्दछ भन्ने कल्पनासम्म पनि नगरेका साथीले पनि साइबर सेक्सको आनन्द लिई रहेछन् । केहि महिना पछी केटिले एक लाख रुपिया सहयोग मागिछन ।मित्रले आफुले दिन नसक्ने भने पछी आफु संग साइबर सेक्स गरेको भिडियो रेकर्ड गरिएको र सामाजिक संजालमा हालिदिने भनि आफ्नो जति दृश्य हाईड गरेको भिडियो पठाउदै सहयोगलाई अब ब्ल्याकमेलिङ्मा बद्लिछिन । साथीले असहजता महसुस गरिरहेको बेला यस घटनामा केहि पुरुषहरु पनि थपिएछन । तैले हाम्री चेलीलाई यस्तो भिडियो पठाइस रे यस्तो उस्तो गरिस रे भन्दै ब्ल्याकमेलिङ गर्ने जस्तो अभिप्रायले फोन गर्न, मेसेज गर्न थालेछन । साथीले पनि आफ्नो मोवाइलमा मोबिजेन स्क्रिन रेकर्ड गर्ने एप्स उहिले डाउनलोड गरेर दुई चार ओटा स्मरणीय गतिबिधिहरु दृश्य रेकर्ड र स्क्रिनसट गरेर धन्न राखेका रैछन । युवतीको मेसेजको जवाफमा साथीले ति आफु संग भएका दृश्य र तस्विर पठाए पछी बिचराको बोल्ती बन्द भएछ।अहिले युवतीले मित्रलाई फेसबुक इमोमा बल्क गरेकी छिन रे ।
यी त हामीले बाहिर देख्दै आएका प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो समय यस्ता घटनाले विकराल रुप लिदैँ आएको छ । घटनासँग जोडिएका पात्र र प्रवृत्तिहरूले सामाजिक प्रवृत्ति र सामाजिक समस्याको रूप उजागर गरेको छ । त्यसो त् बिज्ञान प्रविधिमा इन्टरनेटको बिकासले मान्छेको जीवनमा धेरै सहजता ल्याएको छ। जब केही मानिसहरूबीच प्रविधिले नजिक बनाउछ , एक अर्कालाई चिन्ने बुझ्ने मौका जुराउछ अनि प्रेम र विश्वासको सम्बन्ध तयार हुन्छ तब उनीहरू आपसमा मित्र बन्दछन् । सच्चा मित्रद्वारा एकअर्काप्रति दर्साइने व्यवहारबाट जति सुख प्राप्त हुन्छ, त्यसको तुलना दुनियाँको कुनै सुखसँग गर्न सकिन्न । तर इन्टरनेटले जति सहज बनाएको छ, त्यति नै असहज स्थिति पनि निम्त्याएको छ । मान्छेको जीवनमा ल्याएको सहजतासंगै अनकौ बिकृति र विसंगती पनि भित्र्याएको छ ।इन्टरनेटको माध्यमबाट मानवीय समवेदना ,प्रेमको बहाना बनाएर कसैको भावना , ईज्जत , शारिर र धन सम्पत्ति संग खेलवाड गर्नेहरु बर्षा याममा उम्रिएका च्याउ सरि छन् हाम्रो समाजमा। फलस्वरूप इन्टरनेटका माध्यमबाट फरक दुरीका व्यक्तिहरु आफ्नो स्वार्थको लागि च्याट वा भिडियो च्याट गर्दै आफू स्वतन्त्र भएझैं बिना रोकतोक उडान भरिरहेको पंक्षी झैं हुन्छन । मन मिल्नेहरुको बीचमा लुकिछिपी भिडियो च्याट मार्फत यौन आनन्द लिने र दिने सम्म पुग्छन । अनि के कुरामा चित बुझ्दैन , आफुले भने जस्तो हुदैन त्यस पछी निकटता र आत्मीयताको मैदानमा सँगसँगै खेलेको मध्ये एउटा पात्र वैमनस्य र कटुताका झोक फेर्दै आफ्नो अनुहार छोपेर आफु संगै रम्ने साथीको भिडियो तस्बिर खिचेर नंग्याउन उद्दत हुन्छन । मनमा पापको बिज उमारेर साथीको जिन्दगी नै तहस नहस पार्ने , समय समयमा एक अर्कालाई ब्ल्याकमेलिङ, बार्गेनिंग, र नेगोसिएसन गरिरहेका हुन्छन । यो घटना जसरी फाट्टफुट्ट सामाजिक संजालमा आइरहेको छ । के यस्तो अशिष्टता प्रदर्शित गर्ने आचरण , ब्यबहार र सस्कार भोलि यति मै सिमित रहला त ? मनमा प्रश्न खडा भएको छ।
आस्ट्रियाका महान मनोविश्लेषक सिग्मंड फ्रायडले धेरै अघि मानिसका सबैजसो क्रिया यौनमा आधारित हुन्छ भन्नेर तथ्यपूर्ण ढंगले ब्याख्या गरिसकेका छन त्यसैले सत्य के हो भने सेक्स भनेको सबैको आवस्यकता हो । यसको कुनै निश्चित समय हुदैन र कुनै वष्तुनिष्ठ सिद्धान्त पनि छैन । मानिसहरुका आफ्नो समय र उपयुक्तताका आधारमा आआफ्नै तय तरिका हुन्छन । साइबर सेक्स – यौन आनन्द लिने कुनै नौलो तरिका पक्कै पनि होइन तर ब्यबहारले नियन्त्रित नहुदा , साइबर सेक्समा एकछिनको आनन्दको लागि आफु नाङ्गिदा आफ्नो सामाजिक र ब्यवसायिक मर्यादा र इज्ज़त को धुज्जी उडाउन भनेर आफु संगै कसैले आत्मीयताको नाटक गर्दैछ भने ? आफु संगै गरिएको भिडियो च्याटका समीपता र सद्भावनाबाट उत्पन्न गतिबिधि नै आफ्नो गलाको पासो बन्दछ भने मान्छे स्वाभाविक रुपमा घरको न घाटको हुन्छ ।
देशमा होश की बिदेशमा होश बिरसिलो जीवनबाट उब्जिएको वियोगजन्य रतिराग तथा एक्लोपनले भरिएको जीवनका कुण्ठा, यौन कुण्ठा र निराशा त्यसमाथि इन्टरनेटको सहजता संगै च्याट र भिडियो च्याटको मान्ध्यम बाट पासो थापन अभिशप्त भएका नियत मै खोट भएका पात्रहरूका कारण प्रवासको नेपाली समाजमा साइबर सेक्सले धेरैको दोहोरो चरित्र उदाङ्ग पार्ने निश्चित छ ।किनकि हामी एक्काइसौ शताब्दीका नागरिक भन्छौ तर खोज्दै जाँदा अरु पनि भेटिने छन् । यस्ता नियत मै खोट भएकाहरुको कथा ।त्यसैले ब्यक्तिगत बिषयमात्र नभएर हाम्रो समाजको गम्भीर सामाजिक समस्या पनि हो।आज अपवादमा २,४ जना महिला पुरुष मित्रहरुमा देखिएको गल्तिहरु बाट हामी पन्छिने भन्दा पनि भोलिको दिनमा यस्ता गल्तिहरु नहोस भनि सचेत हौ ।
प्रतिक्रियाको लागि :- gopsiwa@gmail.com
४ पुस २०७४ - खै किन, किन,’ आमा भन्ने शब्द देखि नै घृणा लागेर आउछ, यसो भन्दै गर्दा उनका आँखा हल्का रसाए । मलाई मेरो ड्याडीको धेरै ‘माया लाग्छ ‘ धोका दिने मेरी ममीलाइ कहिले भलो नहोस्’ उनी उत्तेजित भइन । उनको संकेत आफ्नै जन्म दिने ममी तर्फ थियो । उनि आफ्नै घर तहस नहस भएको पिडा भोगेर बाँचेकि एक पात्र रहेछिन ।
हामी संगै एभियसन फिल्डमा काम गर्थियौ । गत बर्ष मात्र रोजगारीमा जोडिएकी यी भारतीय चेलीले केहि दिन अघि मात्र जागिर छोडेर भारत गइन । माइती चेलीको जस्तै सम्बन्ध रहेको हामि बीच मन त्यसै प्रफुल्लित थियो, हामी काम गर्ने वाताबरण पनि रमाइलो थियो । एक पछी अर्को गफ,फेरी त्यसपछि अर्को गफ,यसरि समय कट्दै थिए ।जागिर छोड्ने अन्तिम दिन प्राय हामी एकै सिफ्टमा अफिसमा भयौ ।एक दिन उनले मलाई सहोदर दाइ जस्तै मानेको बताउदै भनिन, ” दाई काम गर्ने बेलामा म बाट भएका गरिएका सवै व्यवहारका लागि माफी चाहन्छु । मेरो सबै व्यक्तिगत कुरा म यहाँ बताउन चाहन्न । जागीर किन छोड़ी भन्ने जिज्ञाशा दाईंको नि मनमा होला सायद । सबैका जीवनमा थुप्रै व्यक्तिगत घटना घट्ने गर्छन मेरो जीवनमा पनि घटे होलान त्यो कुनै नौलो कुरा होइन् । तर मैले जागीर छोड्नुको कारण मेरो ममी हो । आफूलाई जन्मदिने आमा भन्दा ठूलो यो संसारमा अरु के नै हुन्छ र भन्छन तर …. ? उनि भन्दै थिइन म ति दिन सम्झिन चाहन्न भन्छु ,नसम्झि बस्न पनि सक्दिन,सम्झिदा मुटु कट्टक भएर अाउँछ चरम पिडा हुन्छ तर पनि त्यहि पिडाँमा जिउने वानी परे …हुर्किए । तर अब दाइ आज तपाईलाई मेरो पिडा भनेर सधै सधैको लागि मन बाट निकालेर फाल्दिन चाहन्छु…अब उप्रान्त कहिले पनि सम्झिने छैन भन्दै आफ्नो आमाको कारण कठिन पीडा सहनु परेको पीडाको पोको मेरो सामु खोलिन ।
सबैको व्यक्तिगत जीवन हुन्छ उसको भावना एकजनासँग मात्र होइन कि अरूसँग पनि गाँसिएको हुन सक्छ। त्यसैले उनको भोगाई र पिडा मैले सार्वजनिक गर्नु जायज होला नहोला तर प्रवासमा जानेर नजानेर प्रेममा अन्धो बनेका धेरै नेपाली जोडीको बिहेपछि घरबार टुटेको छ … समाज कुरुप बन्दै गएको छ यस्तो बेलामा यिनको भोगाइले बैदेशिक रोजगारमा आफ्ना घर परिवार देखि बर्षौ टाढा हुदा दबाएर राखेको यौन चाहना र यौन आवेग अनि त्यसलाई रोक्न नसकेर सम्बन्ध बनाइँ आदर्श, नैतिकता र कर्तब्य च्युत भएका र चरित्रहिन बन्न लागेका हामि धेरै नेपालीहरुको जिम्मेवारी र कर्तव्यलाई सकेसम्म इमान्दारीपूर्वक पूरा गर्ने प्रेरणा पलाउँछ र सजक रहे पति पत्नीको सम्बन्ध युग युगौ सम्म चल्ने हुन्छ एव यसरि हामी नेपालीलाई घरबार बिगार्ने हावा नलागोस भन्ने मुख्य अभिप्रायका साथ् यहा राख्दैछु ।
कुरा आज भन्दा एक दशक अघिको रहेछ।यिनका पिता कुबेत एयरबेजको इन्जीनियरिंग डिपार्टमा राम्रो तलब सहित काम गर्दा रहेछन।भारतको मुम्बैमा घर जमिन जोडेका यिनले पारिवारि लाइ आफै संग कुबेत लिएर आउने निर्णय गरे अनुसार ममीले ब्युटीपार्लर सिकीसके पछि १२ बर्षकी यिनी, ३ बर्षको भाई र ममी (श्रीमती)लाइ कुबेत झिकाए । कुबेतमा आए संगै आमाले पनि ब्युटीपार्लरमा काम गर्न थालिन भने म र भाई यहिको भारतीय स्कुलमा पढ्न थालयौ।
कामको सिलसिलामा पिता हरेक समय काममा व्यस्त हुनु हुन्थियो । पिता आफ्नो काम, घरपरिवारबाहेक अरू कुराको हेक्का कहिले राख्नु हुन्थेन । कुबेतमा सपरिवार बस्न थालेको केही महिना सम्म हाम्रो परिवार निकै सुखद् थियो । ड्याडी ममी प्रति गर्व महसुस गर्नु हुन्थियो । पिता इन्जीनियरिंग डिपार्टको काम गर्ने, आमा ब्युटीपार्लरमा काम गर्ने हामी पढ्ने …. जिन्दगी निकै सहजताका साथ बितिरहेको थियो । तर, हाम्री आमाले गति छाडि सकेकी रहेछिन । जसकारण हाम्रो घर परिवार निकै पीडादायक बनयो । हाम्रो ड्याडी कहिल्यै पनि ममीप्रति शंका गर्ने मान्छे होइन । र शंका पनि गरेको कहिले हामीले अनुभव सम्म गरेनौ किनकि ड्याडी ममीलाई निकै माया गर्नु हुन्थियो । हामीले थाहा पाए सम्म दम्पत्य जीवनमा पिताले कहिल्यै पनि ममीले भनेको कुरा काटेको सम्म थाहा भएँन हामीलाई । ममीले जे चाहन्थिन्, ड्याडीले पूरा गरेँ । अत्याधिक माया र विश्वासका कारण ड्याडीले कमाएको सम्पति र बैक ब्यालेन्स सबै सम्पत्ति ममीकै नाम राखेँको थिए । तर, ड्याडीले मात्र हैन हामीले पनि कहिल्यै सोचेको थिइनँ कि आमाले त्यसो गर्लिन भनेर ।
महिनौ देखि हाम्रो दैनिकी सपरिवार एकै साथ् बाट घर बाट ड्याडी काममा , ममी ब्युटीपार्लरमा र हामि स्कुलको लागि निस्कने बेलका समयमै फर्कने गरि चलेको थियो । सातामा एक दिन भने घरपरिवारमै रमाउने गरेको थियौ । जिन्दगी रमाइलोसँग बितिरहेको थियो । हामी त् नियमित झैँ स्कुल गयौ तर एक दिन ड्याडी आफैले ममीलाई काम गर्ने ठाउमा पुराई दिने भनेर पर्खिनु भो ।त्यसै बिचमा ममी नुहाउन गएको बेला आमाको मोवाइलमा ४/५ मिस कल र मेसेज आएछ । ड्याडीले हेर्नु भएछ किन मेसेजको रिप्लाई नगरेको म पर्खी राख्या छु प्रिय भनेर कसैले मेसेज गरेको रहेछ। ड्याडीले विश्वास गर्नै सक्नु भएनछ । ड्याडीले ममीलाई कुरा के हो भनेर सोधनु भएछ । उनले, त्यो सिटि बसको ड्राइभर हो सधै गाडीमा भेट हुने र आफूहरू बोलचाल गर्ने साथि हो भनेर बताइछिन् । ममीले भनेको कुरामै विश्वास मान्नु भएछ ड्याडीले । त्यो कुरा त्यत्तिकै साम्य भयो ।
एक दिन फेरी ममी ज्वरो आएर काममा जान नसकेको दिन मोवाइलमा मेसेज आएछ । बारम्बार एउटै प्रकृतिको मेसेज आइरहेको र आफ्नी श्रीमतीलाई अर्का मान्छेले आफ्नी प्रिय भन्दै मेसेज गरेको देखे पछी ड्याडीले वास्तविकता बुझ्न चाहनु भएछ । तर, ममीले चर्काचर्का कुरा गरिछन । ड्याडीसँग झगडा गरिछन ।ड्याडीले पनि सहन नसकेर २/४ थपड लाइ दिनु भएछ । त्यस पछी बाहिर निस्केकी आमाले प्रहरीलाई लिएर आइछिंन र बुवालाई महिला हिँसा गरेको आरोपमा पक्रेर लगेछन ।स्कुलबाट आएको हामीलाई ममीले केहि बताइनन तर ड्याडीको गाडी चै घरमा तर ड्याडी चै धेरै बेर सम्म नदेखे पछी हामीले कर गरेर ड्याडीको बारेमा सोधी रहयौ । अनि बल्ल आफुलाई पिटेको भएर प्रहरीले पक्रिएर लागेको बताइन । हाम्रो रोइकराई पछी भोलि पल्ट अब देखि यसरि कुटपिट नगर्ने मौखिक मिलापत्र गराएँर पुलिसको अगाडि जिम्मेवार पति बन्ने सहमति गराएर ड्याडीलाइ लिएर कोठामा आइन ।
यो घटना पछि ममीमा एउटा उन्माद चढेको थियो , अहमता बढेको थियो , यहि अहमताको कारणले ममीको घर आउने, जाने समय पनि अब अनिश्चित हुन थाल्यो ।ड्याडीले छोराछोरीको भविष्य बिग्रिन्छ जे भए पनि अब यसो नगर भनेर सम्झाउनु हुनथियो, तर उनले मानिनन् ब्युटीपार्लर गएकी ममीको घर र्फकने टुंगो अनियमित हुन् थाल्यो । त्यही कुरामा घरमा अब दिनहुँ डिस्कस हुन थाल्यो । ममी निकै लापरबाही रूपमा प्रस्तुत हुन थालेकि थिइन् । यसै बीच एक दिन फलाटका ड्याडीका साथीभाइले आमालाई फर्वानिया गार्डेनमा अर्को पुरुष संगै बसेको सुनाएछन । ममीको ब्यबहार देखेर आजित बनेका ड्याडीको मनमा बलेको आगोमा घ्यु थपेको त्यो साझ डयाड़ीले कतै बाट रकसि पिएर आएका रहेछन । फेरी त्यही कुरामा बिबाद भयों अनी हाम्रै अघि ड्याडीले बेल्ट खोलेर ममीलाई कूटनू भयो । कुटेको निशाना सहित प्रहरी कहाँ पुगेकी ममीले आफ़ै संग फेरी प्रहरी लिएर आइछिन । त्यस पछी ड्याडीलाइ पक्रेर लगे …केहि महिनाको कैद संगै देश निकाला गरियो , हामीले देखन भेटन नि पाएनौ ।
भारत पुगेका पिता सुरुमा कयौ दिन साँझ फोन गर्नु भो तर ममी आफु नि बोलिन्न र हामीलाई नि बोल्न दिईनन …बरु ड्याडी डिपोर्ट भएको केहि दिनमै यता ममीले आफ्ना प्रेमीलाई कोठामा लिएर आइन । उता ड्याडीलाई आफ्नो जीवनका सवै बाटाहरु बन्द भएको अनुभुति भएछ । यहि पीडाले ,एक्लोपनले ड्याडी पागल जस्तै भौतारिदै, रूमलिदै भोकै नांगै हिड्ने मानसिक रोगी बनाएछ । त्यस बिचमा सम्पति सवै ममीले रोक्का गरि सकेकी रैछिंन …न सम्पति न परिवार संगको सम्पर्कले विछिप्त बनेका ड्याडी आफन्तको सहयोगमा केहि बर्ष देखि सुधारगृहमा छन भने यता हामी दिन रात सौतेनी पिता र आफ्नै जन्म दिने आमाले देखाएको ब्यबहारले पल पल पिडा पायौ । अझ सौताने पिता बाट छोरी भए देखि त हामीलाइ हेर्ने नजर नै अर्को भयो गरिने ब्यबहार नै फरक भयो ..बिरक्त लाग्दा एकोहोरो दिनहरु जोडिएर बर्षौ.हामी शुन्य र भाव बिहिन भएर बाची रहयौ । तर हाम्रो सामु बिकप्ल्प थिएन …हरेक दिन स्कुल बाट साझ फर्किदा हाम्रो कुरा सुनी दिने ड्याडी थिएनन । खाना खादा नि गालि , बस्दा नि गालि केहि चाहना व्यक्त गर्दा नि गालि …चेपिएर निसासिएर जीवन बचाउनु पर्ने जिउदै टुहुरा बनेका थियौ हामी …जसलाई सब्दमा म बयान गर्न नि सकदिन । लामों सास फेर्दै भनिंन हाम्रो भविष्यलाइ अन्धकारमा राख्ने , पितालाई मानसिक रोगी बनाउने जिन्दगी नै तहस-नहस गरिदिन हाम्री आमालाई भगवानले एकदिन उनको पनि जिन्दगी बर्बाद पारेर पाठ सिकाओस । तर दाईं यस बिचमा हाम्रो जीवनमा जे जति घटना घटे, त्यसले जीवनमा धेरै कुरा सिकाइ दियो हामीलाई । अस्तब्यस्त जिवनको बावजुत पनि ममी र सौतेनी बुवा लाई बिस्वास दिलाउन बर्षौ लाग्यो …बल्ल हामी दिदि भाईले भारत फर्किने चाजो पाजो मिलाएका छौ । अब ड्याडी संग बस्ने हो , त्यहि भएर म जागिर छोडेर जादैछु ।
बिरक्त लाग्दो लामो भोगाईको बाचन पछी उस्का कुरा सिधिए…उ फर्किई , त्यही अन्तिम दिनहरु बिताईरहेको जागिरमा , डिउटीमा । उ मनको बोझ मेरै सामु बिसाएर हल्का भै तर म स्तब्ध भए । ऊसँग प्रति प्रश्न गर्ने बिषय र शक्ति ममा रहेन । तर मनमा निचोड बन्यो …ऊ भित्र जिवनको गोरेटो बनाउने प्रेरणा छ .. शाहस छ …. काडा नै काडाहरुको बिचमा घेरिएर मुस्कुराई रहेको एक गुलाब जस्तै ।
प्रतिक्रियाको लागि :-gopsiwa@gmail.com
मङ्सिर ११ - म काम गर्ने ठाउमा कंट्रयाक सप्लायर्स मार्फत अफिस सहयोगीका रुपमा म आऊनु भनदा केहि बर्ष अघि देखी एक जना नेपाली दाईं काम गर्दा रहेछन । नेपाली त्यस माथि आफनै मातहतमा काम गर्ने भए पछि यिनको कामको अनुगमन गर्ने र आवश्यकता अनुसार काम लगाउने मेरो पनि कर्तब्य बन्यो । म त्यति अबरोध गर्दिन थे त्यहि भएर यिनी प्राय डाटा सकिएको बेला र ब्यालेन्स रित्तिएको बेला मेरो डेस्कमा आएर कहिले गाउले बहिनीलाइ, कहिले सालीलाइ त कहिले सोल्टिनीलाई फोन गर्नु पर्यो भनेर अफिसको नम्वरबाट फोन लगाउथे । फोनमा यिनी प्राय अस्लिल शब्द मिसाउदै हिजो राति ईमोमा भिडियो च्याट गरेर डाटा सकिदि हालिस त कान्छी ....डाटा लिएर पछी कल गर्छु ल भन्थे ।
यिनको यही नियमिता बाट म परिचित भै सकेको थिए । मैले एक दिन अफिस बाटै गाउले बहिनीलाइ फोन गर्नु पर्ने भन्दै आएको बेला बहिनी भन्या छ फोनमा त माया प्रितीको नाना थरि कुरा गरेको सुन्छु त ? भनेर जिज्ञाशा राखे । उनले हैंन भाई कुबेतमा बनाएको कान्छीलाई हो किन ढाट्नु भने । कान्छी मैले प्रति प्रश्न गरे । समाजसेवा गर्छु भनेर टारे ....हाम्रो कुरा त्यति अगाडि बढ्न सकेन किनकि कामको चाप थियो आफैंमा यो अपर्याप्त समय थियो ।
गत बर्षको रमादानको समय थियो कामको चाप त्यति थिएन । अफिसमा फोन आयो नेपाली दाइको नाम गरेर ....दाईलाई बोलाइ दिए । दाइले फोनमा बोल्दै न रो-के तेरो लागि काम खोज्दैछु तलाई काम मिलाएरै घर जान्छु राख फोन पिर नगर भरै म कल गर्छु भनेर राखी दिए । हामी फरक फरक ठाउमा बस्थियौ ...त्यहि भएर अफिस मै दाइ संग भलाकुसारी गरेर समय सदुपयोग गर्न योग्य बाताबरण र माहोल थियो र परिस्थिति पनि त्यस्तै बन्यो ।मैले दाइको समाजसेवाको प्रेरणाको कुरा गर्ने सोचमा अस्तिको कान्छी... समाजसेवा आज रोई कराई के हो दाई भन्दै गाँठी कुराको गाठो फुकाउन आग्रह गर्दा दाईले अहिले सम्म ४०/५० जना भन्दा बढी घरेलु कामदारमा कार्यरत नेपाली दिदि बहिनीहरुलाई आफुले अन्यत्र काम खोजेर लाइ दिएको गाँठी कुरा फुकाए l यी रुनेलाइ कुबेतिको घर बाट भगाएर केहि दिन आफु संगै राखेर आफुले एक भारतीयकोमा ९० केडीमा काम लगाई दिएको थिए तर भारतीय सपरिवार भारत जाने भएछ काम खोज भन्यो रे त्यहि भएर यसलाई फेरी काम खोज्नु पर्ने छ भनेर दाईले खुलासा गरे l त्यस पछी उनि टुवाइलेट जान्छु भनेर लागे ।
फेरी यो बिषयमा दाईले बाकी कुराको खुलासा गर्ने आँट कहिले गरेनन्।म भित्र भन्ने यिनले लुकाएको बास्तबिकता के होला भन्ने कुरा जान्न उत्सुकताको हुटहुटि जीवित थियो । उत्सुकता लाई एकातिर पन्छाउँदै कर्तव्यको पालाना गरि रहे ।तर मैले पनि मुखै खोलेर फेरी सोधिन किंनकी झंडै २ बर्ष संगै काम गरे पनि पछिल्लो छ महिना यिनले मन लगाएर काम गर्न छाडेका थिए । कंट्रयाक सिधिएर कम्पनिले यिनलाई ओभर टाईम नहुने अर्को कम्पनीमा पठाउने या घर जाने भनेर अप्सन दिए पछि आफ्नो ५ बर्षिय बैदेशिक बसाइलाई बिट मार्दै यिनले घर जाने भनेर रोजेका रैछन ।घर जाने मिति तय भै सकेको रैछ ...तर हामीलाई केहि जानकारी थिएँन र दिएनन । पहिला पहिला लुकीलुकी घरमा फोन गरेको है भाइ भन्दै आधा घण्टा फोन गर्ने दाईले पछिल्लो छ महिनाको अबधिमा काम भन्दा पनि बढी कार्यस्थल कै कुना कुनामा अटेर गरेर नै घण्टौ कुरा गरेर बिताई दिन थाले । केहि कामको लागि सहयोग माग्यो भने खुसि भयो भने गर्दिनथे नत्र होस् म त् गर्दिन हद भए घर पठाई दिने त होनी भन्थे । चिढिने एवं टाढिने स्वाभाव र आचरण देखाउन थालेका यिनी अनन्त इदको छुटिमा जान्छु नि नभनी घर तिर लागेछन ।
वास्तविकता भित्र सम्म पुग्दा मैले के सम्म पाए भने दाईले पछिला केही बर्ष भित्र कतिपय काम गर्ने घर भित्र खुला सामाजिक जीवनको अनुभूति नहुदा मायाका भोका हुने , मालिकले नेपाली चेलीहरूलाई घरमै थुनिराख्ने, नियमित तलब नदिएका, खाना नदिएका, घर जान नदिएका , कुटपिट गर्ने समस्याले भागेर सजिलो खोज्ने चेलीहरू र खुरुखुरु मालिकको घरमा काम गरिरहेका नेपाली दिदीबहिनीहरुको सम्पर्क नम्वर पाए संगै मोबाइलमा दिनहुं कुरा गरेर माया प्रेम बिस्वासका कुरा गरे पछी झांगिंएको सम्बन्धको फाइदा लिदै दाइले बढी तलबमा अन्यत्र काम लाइ दिने भनेर घरबाट भगाएर बाहिर दिनको ५ केडीमा पाइने कोठामा आफु संगै कतिलाइ त केहि दिन श्रीमति बनाएर नै समेत बस्ने गरेका रैछन । जानेर नजानेर यसरि बाहिर आइसकेपछि स्थानीय कानुनअनुसार अवैध भइन्छ भन्ने सम्म हेक्का नभएका चेलीहरुलाई घुमफिरको दैनिकी, अनि राम्रो कमाइको प्रलोभनमा काम गरि रहेको घरबाट हाउसमेडको काम छाडेर दाइका पछि लागेका केहिलाइ भने २० /३० केडी कमिसन खाएर भारतीय पाकिस्तानीको घरमा ९० केडी तलब आउने गरि काममा उही बेला लगाई पनि दिने गरेका रैछन ।
यी दाई त प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता मायाजाल बुनेर प्रलोभनमा पार्ने र फाइदा लिने दाइ मात्र हैन भाइहरुपनि यहा अझै धेरै क्रियाशील छन् । जो पेशागत रुपमै हाउसमेडमा कार्यरत आफ्नै देशका चेलीहरुलाई प्रलोभन देखाउदै माया जालमा पारेर यौन शोषण गर्ने देखि २० /३० केडी कमिसनको लोभमा बिरालोले बच्चा सारे झैँ एक घर बाट अर्को घर सार्ने जस्ता काम गरेर नेपाली चेलीहरुको बिचल्ली पार्ने काममा लागि परेका छन । यिनकै कर्तुतका परिणाम हुदा छदाको घर बाट निकालेर घरको न घाटको बनाई परिबन्दमा परेका हाउसमेडमा कार्यरत चेलीहरू न त भागेका घर सहजै फिर्न पाउँछन् न त् 'भिसा लागेका स्पोन्सरले रद्द नगरेसम्म स्वदेश नै फर्किन सक्छन। अझ यसरी भाग्ने कतिपयलाई त चोरीको मुद्दा समेत हालिदिएको हुन्छ । अनि महँगो कोठाभाडा, भनेका जस्ता साथी नपाउनु । कोठाभाडा एक्लैले तिर्न नसक्नु कै बिकल्पहरु कोहि बंगाली , कोहि पाकिस्तानी त् कोहि अफ्रिकी केटा साथीको शरणमा बसेर जोखिमपूर्ण र शोषित अवस्थामा बस्नु पर्ने बाध्यता एवं अवैध धन्दा र देह व्यापारमा लाग्नु पर्ने बाध्यता आइ पर्छ ।सधैँ मानसिक तनावमा बाँच्नुपर्ने स्थिति आउछ । यस्तो तनावमा बाँच्ने मान्छे न त दिल खोलेर हाँस्न सक्छन्, न त खुसी नै हुन् सक्छन ।त्यस पछि एक्लो हुने , बेबारिसे हुने , अपराधिक मानसिकता हावी हुने र आत्म हत्या गर्ने जस्ता गतिबिधि देखिन थाल्छ ।
![]() |
वेश्यावृत्ति गरेको आरोपमा रङ्गेहात पक्राउहरु। फोटो साभारः अरबटाइम्स |
कार्तिक २९ - नेपालका उत्पादनशील उमेरका युवायुवतीहरूको लक्ष्य यतिबेला वैदेशिक रोजगारी भएको छ । नाताबाद , कृपाबादले स्वदेशमा काम नपाउने र पाइहाले पनि उचित पारिश्रमिक नपाउने पीडाका कारण अधिकांश युवाको सोच नै विदेश जाने बनेको छ ।देशमा भने जस्तो रोजगार पनि नपाइने, राज्यले चाजो पाजो नमिलाई दिने , बाताबरण र ब्यबस्था पनि नगरिदिदा एक चौथाईले पनि मुलुकमा रोजगारी नपाउने अवस्था छ भने बाँकी तीन चौथाई रोजगारीका लागि विदेश जान वाध्य हुनु पर्ने भएको छ। अनि कोहि आफै त कोहि ललाईफकाईमा परेर बैध अबैध तरिकाले हन्टर खादै विदेश लागेर रेमिट्यान्स पठाएर देशलाई योगदान दिने क्रममा बिपत्तिमा पर्ने र मर्ने एक थरि नेपालीहरु कति छन् कति । अर्को थरि नेपालीहरु जो आफै दुख भोगेर बोकेर आफु आएको देशको परिवेश , तय तरिका ,सत्य तथ्य बुझेर बिभिन्न गैर कानूनी कार्य मार्फत यताको उताको कानुनको आँखामा कसरी धुलो हालिदो रहेछ भन्ने राम्रो जानकारी पाए । फलस्वरूप हामी मध्येकै केहि अग्रज , अगुवा , जानेबुझेका समाजसेवी एवम् वुद्धिजीवीवर्ग कहलिएका नेपालीहरुले बिभिन्न माध्यम बाट गरिबी र कमजोरीको दलदलमा हेलिएका नेपाली चेलीहरुलाई खाडीमा ल्याएर भेडा बाख्रा जस्तै थुन्ने र बेच्ने त कोहि बेश्यावृति गराउने त् कोहि लागु औषध त कोहि मदिरा प्रतिबन्धित लोकल रक्सीको कारखाना खोलेर अबैध धन्दा गर्दै समातिएको समाचारको हेडलाइनमा देख्दै सुनिदै आइएको छ।
अबैध काम हुन् है भनेर जानेका बुझेका नेपाली समाजमा समाजसेवी एवम् वुद्धिजीवीवर्ग कहलिएका यिनले आफुले गैर कानुनी काम गरुन्जेल मौनता साधेर आफ्ना मतियारहरुको , सहयोगीहरुको पक्षपोषण गर्दै ढाकछोप गरिरहे । अनि जब आफु समातिएर कानुनको नजरमा दोषी ठहरिए देश निकाला भए अनि तेस्रो नेत्र समेत खोलेर हेरे अनि सवै तिर बेथिति देख्न थाले । अनि बर्बराउदै समाज सुधार्न भनेर समाज सुधारक बनेर देखा परे । केहि यस्ता समाजसेवी एवम् वुद्धिजीवीवर्ग पनि देखीए जसको ब्यबहारले सानो छंदा जंगलमा भेडा चराउने कालु नामको भेडी गोठालोको एउटा कथा पढेको याद आयो । कथा अनुसार एकदिन कालुलाई जंगलमा भेडा चराउँदै गर्दा सोझा गाउँलेलाई उल्लु बनाउने विचार आउँछ र एक्कासि जोडसँग चिच्याउँछ, ‘बाघ आयो, बाघ आयो ।’ सबै गाउँले आफ्नो कामधन्दा छोडेर बाघ लखेट्न लाठो र हतियार लिएर जंगलमा पुग्छन् । कालु भने रूखमा चढेर ‘सबैलाई उल्लु बनाएँ’ भन्दै रमाइरहेको हुन्छ । गाउँलेले उसको कुरा कहिल्यै नपत्याउने प्रण गर्छन् । तर एक दिन साँच्चिकैको बाघ आउँछ र भेडाहरू खान थाल्छ । आपतमा परेको कालुले आत्तिएर ‘बाघ आयो, बाघ आयो, गुहार गुहार’ भन्दै घण्टौंसम्म चिच्याउँछ । तर विश्वास नलागेकोले मद्दतका लागि कोही पनि पुग्दैन ।
यस कथाले यताको नेपाली समाजको सन्दर्भमा चल्ने बहस र गरिने व्यवहारको स्पष्ट चित्र देखाउछ। हिजो आफु जान्ने बोलने सक्ने हुदा बिचारलाई लालचमा परेर घरेलु कामदारमा अबैध तरिकाले नेपाली चेलीहरु ल्याइदा समाजसेवा गरेको हो भनेर उल्लु बनाउदा नेपाली चेलीहरुलाई गैरकानुनी तवरबाट ल्याइने बाटाहरु बिस्थापित गर्दै लैजानु साटो झन् मौलायो , पिडामा डुबेर मृत्युबरण गरेका चेलीहरुको समवेदनालाई आग्रह पूर्वाग्रहले थिच्यो । उबेला आखा चिम्ली दिएका कुरामा आज आफुले बिरोधाभाष कुरा गरेर राम्रो काम गरे भन्दै भ्रम बाँडेर, आफ्नो बढाइचढाई गरेर र अरूलाई मानमर्दन गरेर र बर्षौ आफुले गरेका गैरकानुनी काम र आफ्ना खराबीलाई बिरालोले दिशा लुकाए झैँ ढाकछोप गरेर समाज सेवा हो भन्दै बेथिति बिरुद्ध कराउदै कोरश गर्न साथ माग्नुको कुनै अर्थ छैन । किनकी धेरै घरेलु काममा आएका नेपाली चेलीका पीडा सरि भएर प्राण पखेरु हिजो पनि अस्ताएका छन ।हिजो यहि बसेर आफुले गैरकानुनी काम गरिरहदा मौनता साधेर कयौ नेपाली चेलीको मृत्युले केहि फरक नपरेका पात्रहरु आज नेपालमा फर्किएर आफु स्वघोषित समाजसेवी बनेर नेपाली चेलीका पीडालाई ठूलो मानिदै प्रपोगाण्डा बनाउनु र लेखाजोखा गर्दै समवेदनालाई पृथक ठानि हल्ला गर्नु भनेको बेथिथिको सहारा लिँदै पिडा र समश्याको ढाडमा टेकेर समाजसेवाको शिखरमा पुग्न खोज्नु हो भन्ने हामी सवैको सिधा बुझाइ र विश्लेषण छ ।
हो धन कमाउने प्रलोभनमा पारेर गैरकानुनी तवरबाट श्रीलंका, भारत हुदै घरेलु कामदारमा कुबेत ल्याउनेहरु हिजो जसरि सक्रिय थिए आज पनि छन् र आगामी कैयौं बर्ष सम्म हुने छन।बैदेशिक रोजगारमा देखिएको यो हाम्रो एउटा प्रमुख समस्या हो किनकि गाँस, बास र कपासको लडाइँमा होमिएका हामी भगवान भरोशामा हिंड्न बाध्य छौ , हाम्रो राज्य , सरकार योजनाबिहिन नीतिबिहिन छ , यहाको समाजसेवी एवम् वुद्धिजीवीवर्ग जमात जानेर बुझेर पनि निरिह छ, आवाज दबेको जमात छ ।
तर यसो भनेर समाजमा स्थापित खराब प्रचलनहरुको बिरुद्ध ,घरेलु कामदारका दिशाहीन समश्याहरुका बारेमा बोल्नु को तुक छैन भन्न खोजेको होइन । हो सामाजिक संजालमा मात्र हैन मिडियामा पनि कोहिले त वास्तविकताले भरिएको अपिलहरु बोल्नै पर्छ, कसैले त यथार्थ बुझाउन लेख्नै पर्छ ताकि यस्ता नेपाली चेलीबेटीहरुको विदेशको पीडा र घटनाबारे सबैले बुझ्न सकून्र र सम्भावित दुर्घटनाबाट बच्न सकून् । तर बेथिति प्रति आस्वस्त गराउन, एउटा भरपर्दाे शक्ति निर्माण गर्न र अग्रगामी बाटो देखाउन ,आफ्नो बारेमा पर्याप्त फिड ब्याक लिने उत्सुकता र आलोचना सुन्न सक्ने धैर्यता भएको व्यक्ति हुनु पर्छ किनकी गलत कुरालाई सय पटक सही भनेर सधैंभरि आफु सहि हु भनेर आफ्ना कर्तुत लुकाएर सुध्रिएको आभाष भन्दा पनि भ्रमबाट समाजसेवा गर्छु भन्ने गोयबल्सको सिद्धान्त अपनाउनेहरूलाइ असल नागरिक त के पिडित र पीडितका परिवारले पनि स्वीकार्न सक्दैन । त्यसैले समाजमा आफ्नो प्रभुत्व देखाउन, चिनिन, प्रतिशोध साधन , पिडामा परेका मान्छेको समस्यामा रजाई गर्न वा चाँडो चर्चा कमाउनका लागि मात्रै आफूलाई जागरुक अगुवाका रुपमा प्रस्तुत नगरौ ।
तर यसो भनेर समाजमा स्थापित खराब प्रचलनहरुको बिरुद्ध ,घरेलु कामदारका दिशाहीन समश्याहरुका बारेमा बोल्नु को तुक छैन भन्न खोजेको होइन । हो सामाजिक संजालमा मात्र हैन मिडियामा पनि कोहिले त वास्तविकताले भरिएको अपिलहरु बोल्नै पर्छ, कसैले त यथार्थ बुझाउन लेख्नै पर्छ ताकि यस्ता नेपाली चेलीबेटीहरुको विदेशको पीडा र घटनाबारे सबैले बुझ्न सकून्र र सम्भावित दुर्घटनाबाट बच्न सकून् । तर बेथिति प्रति आस्वस्त गराउन, एउटा भरपर्दाे शक्ति निर्माण गर्न र अग्रगामी बाटो देखाउन ,आफ्नो बारेमा पर्याप्त फिड ब्याक लिने उत्सुकता र आलोचना सुन्न सक्ने धैर्यता भएको व्यक्ति हुनु पर्छ किनकी गलत कुरालाई सय पटक सही भनेर सधैंभरि आफु सहि हु भनेर आफ्ना कर्तुत लुकाएर सुध्रिएको आभाष भन्दा पनि भ्रमबाट समाजसेवा गर्छु भन्ने गोयबल्सको सिद्धान्त अपनाउनेहरूलाइ असल नागरिक त के पिडित र पीडितका परिवारले पनि स्वीकार्न सक्दैन । त्यसैले समाजमा आफ्नो प्रभुत्व देखाउन, चिनिन, प्रतिशोध साधन , पिडामा परेका मान्छेको समस्यामा रजाई गर्न वा चाँडो चर्चा कमाउनका लागि मात्रै आफूलाई जागरुक अगुवाका रुपमा प्रस्तुत नगरौ ।
कार्तिक २६ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिन भिषा र हवाईजहाजको टिकट हात पारेर लामबद्ध भएका खुशिहरु मुद्रामा युवायुवतीहरूको ओहोर–दोहोर गरेको दृष्य हेर्दा झट्ट एउटा रहर जस्तो देखिन्छ तर हजारौं नेपालीहरु रहरभन्दा पनि बाध्यता र विवशताले रोजगारीको खोजिमा दिनहुँ श्रम बेच्न बिदेशिने क्रम बढ्दो छ भनेर प्रत्यक्ष देख्न सकिन्छ । प्यारो मातृभूमिलाई छोडेर विदेशतिर पलायन हुने हरेकका आ आफ्नै पिडा छन् , भोगाई छन् र त्यस बाट पार पाउने प्रयासहरु छन ।यहि हुलमा एउटा ठूलो सपना बोकेर उडेको एउटा पात्र म पनि हु।दशैँ मनाउन भनेर स्वदेश फर्किएको म फेरी कर्मभुमि फर्किदाको त्यो दिनको सम्झना मेरो मन मस्तिष्कमा अझै ताजा छ ।
आफ्नो जन्मभूमि ,सामाजिक, पारिवारिक ,आफन्त सँग बिछोडिनुको पीडा,मायामोह मनभरी बोकेर ठूलो जहाजसँगै उड्दै भारी मन गर्दै विदेशी भूमि तिरै फर्किने प्रक्रियामा थिए । बोर्डिंग लिने क्रममा कुवेतमा जुझारु,सहयोगी , मिलनसार ,निरन्तर संघर्षरत र कुवेतबासी नेपाली दाजुभाई-दिदीबहिनीहरुमा परिचित कुबेत स्थित नेपाली दुताबासमा कार्यरत आदरणीय मित्र सिंजाली दाइ संग भेट भयो । यात्रा रमाइलै हुने भो भन्दै बोर्डिंग लियौ । तर त्यसबेला छुटिएका हामी ओमनको ट्रान्जिटमा मात्र देखादेख भयौ । धेरै तिर बाट जोडिएर किताकाट हुदै कुबेतका लागि छुटिएका हामी नेपाल बाट आएकामा अझै केहि नेपाली थपिएका थियौ । ति मध्ये भारत हुदै घरेलु कामका लागि कुबेतका लागि आएका दुई जना नेपाली चेलि पनि थिए । घरेलु कामदारको रूपमा खाडी र मध्यपूर्वका विभिन्न देशमा जाने महिला असुरक्षित भएपछि कडा पारिएको नियम अनुसार नेपाल सरकारको नीति नियमलाइ छल्दै भारत हुदै अब अन्तिम गन्तब्यमा जाने तयारीमा थिए ।ट्रान्जिटमा बस्नुंजेल सम्म कुवेत हिडेका दिदिका कुरा मैले नि सुनी रहे,२ लाख खर्चेर भारत हुदै आएको भन्दै थिइन् ... धेरै बोल्ने ..सहजै लाग्थियो यिनी पहिले पनि बैदेशिक रोजगारमा आइसकेकी छिन तर उनि संगै भएकि साथि भने डराएको जस्तो भावमा आफ्नो टाउको सांकेतिकरुपमा हलाउथिन मात्र ।
ट्रान्जिटको बसाइमा भएका भलाकुसारीमा एक महिनाको अवधिमा कुबेतमा घरेलु कामदारका रुपमा आएका सुनसरीकी वसन्ती उराव, झापाका अम्बावरी राजवंशी र बहा मर्मुकीको प्राण पखेरु उडे संगै कुबेतको नेपाली समाजको ध्यानको केन्द्रबिन्दु बनेको कुरा बताउदै बैदेशिक रोजगारमा हामीले दुःख पाउनुको मुख्य कारण हामी जिम्मेवार नबन्नु र सरकारी निकायले जिम्मेवारी बहन नगर्नु हो दिदि । त्यहि भएर यसरि भारत हुदै तपाइँहरु चै आउनु भएछ अरु चेलीहरु चै नआउन भने । गरिबीको कारणले त् होनी भाइ जे सुकै होश भनेर आँखा चिम्लेर विदेश भासिएको दिदि ले जवाफ फर्काइन ।
हुन पनि हो महिला हुन् कि पुरुष हामी सवै घर परिवार, ब्यबहार र आर्थिक विपन्नताले गाँजिएर भविष्य खोज्दै त् हो नि श्रम बेचेर पैसा कमाउन जे जसरि जहाँ सकिन्छ त्यसरी नै विदेश लागेका त हौनि । गरिबीको पिडा र त्यस बाट उन्मुक्ति पाउने चाहनामा घरेलु कामदारका रुपमा खाडी जान नदिने नीति कानून र देशको अनुरोध, विभिन्न मानवअधिकारकर्मीको सल्लाहले जसरि नेपाली दिदिबहिनीहरु लाइ रोक्न सकेको छैन त्यसै गरि नेपाली पुरुषहरुलाई पनि इराक , अफगानिस्तान ,लिबिया र सिरिया जान रोक्न कहा नै सकेको छ र ? दिदीको कुरा सुनेर यस्तै कुराहरु मनभरी फत्की रहे ।
सवैलाइ ट्रान्जिट बाट मुक्ति दिन ४५ मिनेट जति पर्खे पछि बस पनि आईपुग्यो ....सवैको कर्म भुमि आउने भएर होला ओमान बाट कुबेतको लागि यात्रा गर्ने बेला प्राय नेपालीहरुमा बढी कौतुहलता, उत्साह, उमंग अनि खुशी देख्न सकिन्थियो ।उक्लेर सबैजना प्लेनको आरामदायी आ-आफ्नो सिटमा गएर बस्यौ र आफू सँग भएको झोला सिट माथिको सामान राख्ने ठाउमा राखे,देखे मित्र सिंजाली दाइ मेरो अपोजिट तिरको अघिल्लो सिटमा हुनु हुदो रैछ ।दाइ संगै मस्कट बाट थपिएकी नेपाली चेलीहरु मध्ये एक रैछिन । संजोगले उनी संगै कि ति नया चेली चै धेरै पछाडी सिटमा परिछन ....उनी अझै उभिएर आश लाग्दो गरि अघिल्ल तिर हेरिरहेकी थिइन् । अनन्त सवै आ -आफ्नै सिटमा बस्यौं , सारा चहलपहल सामसुम, सुनसान हुन पुग्यो माहोल ...... सवै दृश्य गायव हुर्दै प्लेन उडयो । उडेको केहि समय देखि मित्र दाइ र चेलिको गफ सुरु भयो । सरकारले नै वैध बाटो बन्द गरेपछि सरकारको नयाँ निर्णयको पर्खाइमा बस्न सकिएन त्यहि भएर २/२ लाख खर्च गरेर दुइ हप्ता लगाएर भारत हुदै आइयो दाइ , के गर्नु पोइसा कमाउने पर्यो ,बालबच्चा घर परिवार सवै हेर्नु पर्छ । ट्रान्जिटमा सवैको सामु बोलेका यिनै कुरा मित्र दाईलाई बताउदै थिइन् । आफ्ना कुरा हावी गर्दै बोल्दै आएकी यी चेलीले फ्याट सोधिन दाइ तपाइँ कम्पनीमा काम गर्नु हुन्छ हो ? नेपाली दुताबासमा काम गर्छु मित्र दाईले जवाफ दिनु भयो । त्यस पछी अघि सम्म हाबी भएकी चेलीको आवाज दबिएको जस्तो अलि कम भयो ।केहि समय मै खाना आयो...सवै खान व्यस्त चेली पनि त्यति बोलेको सुनिएन ..... ।
बैदेशिक रोजगारमा महिला पुरुष आउनु नौलो विषय होइन। तर एक महिनाको अवधिमा कुबेतमा घरेलु कामदारका रुपमा आएका ३ जना चेलीको निधन संगै शोकाकुल बनेको कुबेतको नेपाली समाजमा अर्को पिडा यसै साता थपिएको छ । भारतीय बाटो हुँदै कुबेतमा घरेलु कामदारका रुपमा आएकी काठमाडौंकी २७ वर्षीया अनिता शाक्यको कुवेत आई पुगेको १४ दिनमै उनलाई बन्दी बनाइ राखेको हवालीस्थित ऐजेन्टको घरबाट भाग्न खोज्दा घरको तलाबाट खसेर मृत्यु भएको खबर सुनियो । घटनामा भारतीय बाटो हुँदै आएकि शाक्यलाई ल्याउने ल्याउने म्यानपावरविरुद्ध दुताबासले पनि कारबाहीको पहल गर्न नसकेको सुने पछी ट्रान्जिटमा भेटिएकी ति दुइ चेलीलाई सम्झी रहे ।
एकातिर यस्तो यस्ता घटनाहरूबाट हामी नेपालीहरूले ठूलो पाठ सिक्नु पर्ने खाचो त् देखाएकै छ अर्को तिर वैदेशिक रोजगारीमा गएका महिला अलपत्र हुँदा , निधन हुदा त्यस्ता महिलालाई कसरी उद्धार गर्ने र क्षतिपुर्ती भरण पोषण गराउन नसकिने अवस्था सृजना भएको सुन्दा सरकारले महिलालाई घरेलु कामदारमा पठाउन रोक्दा त्यसले झन् जोखिम बढाएको पो होकि ? घरेलु कामदारमा पठाउन राम्रा रोजगारदाताको खोजी सरकारले गर्न पो नसकेको होकी ? रोजगारदातालाई जिम्मेवार बनाउने नीति नियम कानुनको आवश्यक पो छकि ? सीप सिकाउने , नेपालमै रोजगारको ब्यबस्था पो गर्न नसकेको होकी ? जस्ता दर्जनौ प्रश्नले हामीलाइ घेरा हालेर किंकर्तव्यविमूढ अवस्थामा उभाएको छ । ‘मलार्इ खाने बाघले तँलार्इ पनि खान्छ’ भनेझैँ यस्तो अवस्था भोलि कुनै पनि बेला हामी मध्ये कोहीलार्इ पनि आइलाग्न सक्छ । अत सरकारले यसलाई व्यवस्थित गर्न सक्नुपर्छ । बैदेशिक रोजगारमा आउने र ल्याउनेले पनि आफ्नो भूमिका निभाउनुपर्छ। असुरक्षित बन्दै गइरहेको हाम्रो बैदेशिक रोजगारको आखिरीमा दोषी को ......? अनिता शाक्यको मृत्यु हामी सबैको साझा नियति हो त्यसैले सत्य तथ्य खोजि गरि यस किसिमको सस्कार लाइ निरुत्साहित गरौ ।
मेरो पिता पूर्खाले अर्जेको मुलुक भंदै २५० बर्ष देखी राज गर्ने राजाहरू आम नागरिक बनेको जिउदो इतिहास आफनै अघि साक्षी राखेर हजारौ लाखौ श्रोताले आँखाको नानीमा सजाएका हाम्रा केही कलाकार बाट धर्मविरुद्ध सार्वजनिक रुपमा बिष बमन गरेको सुंन्दा, आफु ठूलो जातको हूँ भन्दै अरुलाई गुहूँ भन्दै सार्वजनिक अभिब्यक्ति दिएको सुन्दा यिनले नेपाली कला क्षेत्रलाई लगायका गुण क्षणभर मैं सबै फिक्का भएका छन् ।
एउटा कलाकारले कुनैपनि धर्म, जातमा अलझिएर बोलनु भनेको मानवीय चेतना र नैतिक शिक्षाको धॆरै कमी भएको बुझाउनु हो । आफ़नो दम्भ र अहंमता छताछुल्ल भएर पोखनु हो ।
जुन उठाउन धेरै समय लाग्न सकने मात्र हैंन , दर्शकको आँखाको नानीमा बर्षौ कमाएको ईज्जत र प्रतिस्ठा कसिंगर भएर पल भरमैं बिराज हूँनछ।त्यसैले आदरणीय कलाकार ज्यूँहरू धर्म र जात भन्दा माथि उठ्न सिकौ , समाजमा बिधमाँन कुरीति र कुप्रथालाई सिरोधार्य गरी म ठूलो जात र म मात्र सही भन्ने कुलसित सोच बेलैमा त्यागौ ।
©गोपाल शिवा