राजनीतिक स्थायित्व संग जोडिएको छ हाम्रो भाग्य -गोपाल सिवा

" गोपाल जी ,खाली नेता राजनीतिको टिका टिप्पणी गरेर मात्र हुन्छ ?"  यो प्रश्न मेरा मित्रको हो   मैले सामाजिक संजाल फेसबुकमा व्यक्त गर्ने पछिला  राजनीतिक चासोका स्टाटसहरु पढेर आजित हुनु भएको मित्र बाट इनबक्समा सोधिएको थियो हुन् पनि हो सामाजिक संजालमा मौका पाएको बेला खुलेर बाचा ,कसम, माया ,पिरतीका मिठा कुराहरु तस्बिरहरु आदान प्रदान गरेर खुशियाली मनाउनु पर्ने यो दुइ दिनको जिन्दगीमा भने धेरै समय यस्तै मैले आफुले महसुस गरेको  कुराहरु राखेर सबैलाई स्टाटसको हिलो छ्यापी रहेको हुन्छ     मित्र बाट चासोको बिषय बनेर प्रश्न आएको हुनाले सबै कुरा स्पस्ट पार्न मन लाग्यो यसको उत्तर इनबक्समा दिन असम्भब त् छैन तर पनि यही लेख बाट दिंदैछु

हो यथार्त मै नेताको बारेमा टिका टिपणी गर्नु खराव बानी हो नेतालाइ सधै गालि गरेर मात्र हुदैन   मेरा स्टाटसहरु पढ्नु हुने धेरै मित्रहरुको नजरले मेरा सब्दहरुले नेतालाई गाली गरि रहेको देख्नु हुन्छ  तर यथार्तमा भन्नु पर्दा मैले केहि नेतालाई गाली आलोचना गरे पनि राजनीतिलाई माया गरेको छु मुलुकमा रहने बिदेशमा कार्यरत जस्ता युवाहरुको एउटा ठूलो वर्ग जसले राजनीति प्रति चासो राख्दैन त्यो वर्गलाई हाम्रो समाज, हाम्रो समुदायहाम्रो स्थिती हाम्रा आवश्यकताको पहिचान गराउने मेरो दायित्व हो भन्ने मैले बुझेको छु   तानाबाना बुनेर स्टाटसहरु लेखेर तपाई जस्ता सयौ मित्रहरु सामु पुग्ने गरेको छु राजनैतिक नेतृत्व भित्र देखिएको अन्यौलग्रस्त चाल ढाल लाइ समय परिस्थिती अनुसार सुधार्न पर्छ भन्ने मेरो धारणा छ । त्यहि भएर गरिबी , उत्पीडित , विवश नागरिकको पेटमा लात हान्ने मुलुकका समस्यालाइ सिरानी हालेर नतमस्तक भई सुत्ने कुम्भकर्ण   जुन थालमा खायो त्यही थालमा थुक्ने कुपात्र नेताको  गाली आलोचना गरेको छु भने जिम्मेवारी बोध गर्ने ,असल नेता एवं कुशल अभिभावकत्व गुणयुक्त  धेरै नेता राजनीतिकको प्रसंसा पनि गरेको छु

त्यसो त् हाम्रो समाजमा पार्टीगत, दलगत, व्यक्तिगत, समूहगत बिभिन्न वर्ग धर्मको ,सस्कारको , जातको ,भातको, आर्थिक वर्गको, विचारको , राजनीतिक बर्गको जुन सामाजिक सन्जालमा दुरुस्तै देखन पाइन्छ यही समाजको एउटा नागरिक भएर होला साथीहरु संग विभिन्न कुइनेटाहरुमा , बाटाहरुमा विभिन्न सोच राखेर, विचार मिलेर भेट भयो भेट भए पनि सबै भन्दा पहिला नेपाली हौ हाम्रो स्वाभिमानका बिषयमा गर्ब गरियो सुधारका कुराहरु भए पनि मुलत मेरो बिमति छैन यो क्रममा विचार नमिलने भनि आस्थावाल्हरुले आरोपको झटारो हाने पनि असम्ता असमानता औलाउन खोजेको त् होइन तर कहिले पनि मैले फरक फरक वर्गका मान्छेहरु फरक फरक इच्छा चेतनाका हुन्छन् भन्ने कुरा बिर्सेको छैन राजनीतिक सामाजिक व्यङ्ग जोडेर कुराहरु राखे पनि पछिल्लो समय फेसबुकले कसैले गरेको पोस्ट सबै साथिहरु सम्म नपुग्ने ब्यबस्था लागु गरेर हो या लायक कमेन्ट आएनन भनेर मित्रहरुलाई ट्याग गरेर आजित बनाउने दुस्साहस नगरेर होला राजनीति प्रति चासो राख्ने धेरै साथी सम्म मेरा सवै स्टाटसहरु पुग्न सकेका नि छैनन् ।भने केहि राजनीति बाट बित्रिशना जागेका तपाई जस्ता साथीहरुलाई भने मेरा स्टाटसहरुले आजित बनाएको   त्यसको लागि माफी चाहन्छु भने मेरा पोस्टहरुमा लायक कमेन्ट गर्नु हुने सवै मित्रहरुमा सुझाब कमेन्टको आशा गर्दै फेरी पनि धन्यवाद भन्न चाहन्छु


जहा सम्म राजनीतिको कुरा , नेताको मात्र कुरा किन गर्यो भनू होला त्यस बारेमा पनि मेरो धारणा तपाई जस्ता मित्रलाइ आज सुनाउदै छु  आफुलाई बिश्लेसकको स्थानमा पुर्याउन खोजेको हैन लेखमा लेखिएका सबै कुरा सर्बमान्य छन भन्ने पनि होइन  तर यथार्तमा यी बिचारमा मेरो स्वविवेक प्रधान   आजको परिवर्तित सन्दर्भमा जुनसुकै वाद, विचार आदर्शका राजनीति भए पनि हाम्रो मुलुक पौने तीन करोड व्यक्तिहरूको एउटा सामूहिक भाग्य हो -राजनीतिक स्थायित्व  राजनीति गर्ने दल नेता नै राजनीतिक हुन् जसको समाजमा एकल अस्तित्व छैन सामान्य भाषामा भनु पर्दा मुलुक , मुलुक्वाशी मुलुकको हितमा खास गरि मुलुकको समग्र बिकाश ,अर्थ, वातावरण, स्वास्थ्य, शिक्षा, खानेपानी, प्रविधि, मानबअधिकार आदि जस्ता सवालले नै नीति निर्माण कार्यान्वयन गराउने सोच प्रधिबधता गराउदै बहुमत जनता बाट  राजनीतिक मुद्दालाइ स्वरुप अस्तित्व दिलाउने अनुमति प्रदान गरेको हुन्छ। यसरि अनुमति दिएको पाएको कोहि पनि जन निर्बाचित प्रतिनिधि , सारवनिक व्यक्तिहरूको हर गतिविधिमा अनुशासित जिम्मेवार हुनुपर्छ तपाई हामी जनताले हरेक गतिविधिमा निगरानी गर्दै स्थापित गराउनु पर्छ

त्यस्तै गरि अहिले अस्तित्वमा रहेका विभिन्न राजनीतिक दलहरु , पार्टी निर्माण गर्न तपाई हामीले कुनै कुनै रुपमा  ठूलो मात्रामा रगत पसिना बगाएका छौं ।तर पछिलो समय राजनीतिमा देखिएको विषम परिस्थिति देखेर भागी हिडेका छौ , खोज खबर राख्न छाडेका छौ , गतिबिधि निगरानी गर्न सकेका छैनौ  ।राजनीतिक दलहरु मार्फत राजनीतिक जीवनको थालनी गर्न हिच्किचाई रहेका छौ ।जसको परिणाम  यतिका समय हुदा पनि मुलुकमा राजनीतिक स्थायित्व कायम हुन् सकेको छैन  ।यही क्रम बढ्ने हो भने मुलुकमा दिगो शान्ति स्थायित्व कायम हुदैन , राजनीतिक तिक्तता बढ्छ , विकासको मुद्दामा दलहरूबीच ठूलो अन्तर देखिन्छ  आर्थिक संवृद्धि एका देशको कथा जस्तै हुन्छ सबै भन्दा ठुलो कुरा भोलि भाबी पुस्ताले हामीहरुलाई धिक्कार्नेछ  ।त्यसैले आउदो पुस्ताको लागि , समृद् नेपालको लागि , नेपालीको लागि लोकतन्त्र नागरिक सर्वोच्चता  भनि सकेका छौ ।  त्यसैले  सिद्धान्तलाई हामीले व्यवहारमा लागू गर्ने संगठित शक्ति चाहिन्छ, राजनीतिक पार्टी चाहिन्छ अत फरक  फरक दृष्टिकोण राख्ने व्यक्ति समाजले विवेक विचार पुर्याई राजनीतिलाई आत्मसात गरौ  राजनीतिक अभ्यासका कमजोरी माथि ठाडो प्रहार गर्न सिकौ  सिद्धान्त होइन, व्यवहारको थालनी गर्न सबै दल नेतालाई बाध्य बनाऊ राजनीतिक चेतना बढाएर आफ्ना अधिकारका कुरा गर्न मात्र हैन मानवीय विचारलाई परिवर्तन गर्नसक्ने उच्च चेतना नभएसम्म कुनै पनि व्यक्ति, दल पाटिले राष्ट्रलाई दिशानिर्देश गर्न सक्दैन्। यो परिवर्तन गराउने एक मात्र चेतना भनेको राजनीतिक चेतना हो राजनीतिक नेतृत्वले यो कुरा बुझ्नुपर्छ हामीले बुझाउनु पर्छ  हाम्रो नेताहरुमा जुन गलत सोंच संस्कारको बिकास भएको   त्यसको कारण कतै कतै हामीहरु नै हौँ भन्दा कुनै फरक पर्दैन त्यसैले सामाजिक चेतना जागरणको विकास गर्न पछाडि परेका क्षेत्र वर्गहरूमा स्वाभिमानको उदय गराउन आउनुस आजै बाट राजनीतिक चेतना राखौ, राजनीतिक पक्षहरुमा आवद्ध हौ जसले जहाँ बाट जसरि सकिन्छ त्यहि बाट नेता र राजनीतिको मात्र हैन हरेक गलत कामको ,सोचको टिका टिप्पणी गरौ , गलत कामको भण्डाफोर गरौ ।

सुझाब र पर्तिक्रियाको लागि 
गोपाल सिवा 
gopsiwa@gmail.com

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.