सामाजिक सञ्जालले मानिसबीचको सम्बन्धमा परिवर्तन ल्याइदिएको छ- गोपाल सिवा

२१ औं शताब्दीलाई विज्ञान र सुचना प्रविधि वा कम्प्यूटरको युग भनेर चिनिन्छ ।नेपालमा हाल नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकका अनुसार दुई करोड २२ लाख६५ हजार दुईसय ३६ मोबाइल प्रयोगकर्ता मध्ये ८५ लाख १८ हजार ९४ जनाले मोबाइल मार्फत इन्टरनेट चलाउँछन् । जुन जनगणनाको कुल जनसंख्याको ३८.२५प्रतिशत हुन आउँछ । उल्लेखीय रूपमा बढ्न थालेको यो वृद्धीसंगै यसभित्रका विकृतीहरुपनि मौलाउँदै गइरहेको छ । आजको समयमा सूचना प्रविधि र सामाजिकसञ्जाल  मानिसहरुको दैनिक गतिविधिमा आधारभुत अंगको रुपमा विकास हुँदै आएको छ ।सामाजिक सञ्जालले कतिलाई दुःख पनि  दिएको छ त् धेरैलाई खुसीदिएको छ । सामान्य रुपमा भन्नुपर्दा सकारात्मक र नकारात्मका पाटाहरु छन । अहिले केहि कुराको जानकारी दिन रेडियो , टिभी, दैनिक पत्रिका ,वेब भन्दा पहिलासामाजिक सन्जाल जस्तै फेसबुक, फेसबुक पेज, ट्विटर, सामाजिक संजालको माध्यमबाट यति धेरै महत्वपूण भूमिका खेलेको छ । जसलाई अनुकरणीय मान्नु पर्छभने समाज हितका कामहरु पनि धेरै  हुन थालेका छन्  जसको प्रशंशा जति नै गरेपनि कम हुन्छ ।  भौगोलिक दुरी जति टाढा भएता पनि सामाजिक सन्जालमा रहेकाससार भरिका मान्छेले  पोख्ने भावना , बिचारले  बदलिदो समय बीच, सामाजिक बाताबरणमा देखिदै गएको मतभिन्नता विशेषतः व्यवहारगत भिन्नता, जीवनभोगाइ प्रतिको चिन्तन र समयसँग रुपान्तरित नभएको सोचाईहरु देखि संसार भरिका समाजिक मान्यता, संस्कार, संस्कृति, भाषा, रहनसहन लगायत अन्य पक्षबुझ्ने साहित्य र अन्य सूचना धेरै पाउने र आफु पनि चल्ने एउटा प्रेणा दिइरहेको छ   । वास्तबमै भन्ने हो भने स-साना घरेलु संघ-संस्थाहरु देखि लिएर बिश्वका ठुला-ठुला बहुरास्ट्रीय
गोपाल सिवा
सुझावको लागि :-gopsiwa@gmail.com
कम्पनिहरुले समेत यी संजालहरुमा आफ्नो उपस्थिति जनाई सकेका छन् । सामाजिक संजालहरुले परम्परागत व्यापारिक ढाँचामा क्रान्तिकारीपरिवर्तन ल्याईसकेका छन् सत्कार्यहरुका लागी सामाजिक संजालहरुको उपयोग हुन एवं स्वयंमा सामाजिक संजालकै रुपमा समेत विकास हुनथालेको छ ।  हाम्रैनेपालको सन्दर्भमा बिकराल जीवन भोग्न बाध्य भएका लाइ उद्दारको भाव भएर जुटेको पनि छ त्  छ कतिका सम्वन्धहरु यसैले चुडाई दिएको छ । तर पनि सामाजिक संजालले  सामाजिक क्षेत्रमा सक्रिय नेपाली चेलीहरु अनुराधा कोइराला र पुष्पा बस्नेतलाई सिएनएन हिरोको उपाधी दिलाउने क्याम्पीयनमा होस् या गाउमा एम्बुलेन्सजोड्ने , स्कुल बनाउने , स्वास्थ्य चौकी निर्माण गर्ने , बाटो बनाउने होस् या जोडी जुराउने देखि गरिब  उत्पीडित  विद्यार्थीलाई पोशाक देखि बाढीपहिरोमा राहतजुराउन होस् या प्रशान्त लिम्बु देखि तेरिया मगर सम्मलाई बिजेता बनाउन होस्  या हेल्प नेपाल नेटवर्कको परोपकारी अभियान या  अकुपाई वालुवाटार जस्तासामाजिक दवाबमुलक अभियानहरु जस्ता अत्यन्तै सकारात्मक एवं प्रसंसा योग्य थालानिहरु भएका छन्  । त्यसैले सामाजिक संजाललाई  समय सापेक्षित रउपलब्धीमूलक बनाउने थालनी आफु बाट गर्ने हो भने सुचना प्रविधि संगै  समाजको सिर्जना गर्न सकिन्छ ।

सामाजिक सञ्जाल फेसबुकले मानिसबीचको सम्बन्धमा परिवर्तन ल्याइदिएको छ। फेसबुकले एकातिर युवक युवतीबीच चिनजान, मित्रता र सम्बन्धलाई नयाँ आयामादिएको छ भने यही फेसबुकले कतिलाई समस्यामा पारेको छ। सामाजिक संजालहरुलाई नकरात्मक एवं भ्रामक दुस्प्रचारका लागी प्रयोग गर्नेहरुले सामाजिक मार्फत हिंशा भड्काइ पनि रहेका छन्  । हरेकको  हात हातमा मोवाइल र मोवाईल मोवाईलमा इन्टरनेट पहुँच होइदिनाले कतिपय दुषित मानसिकता बोकेका मानिसहरुलेयसको दुरुपयोग गर्ने, सामाजिक संजालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर, प्रोफाइल खोलेर बेईज्यत गर्ने तथा दु:ख दिने,गलत तस्विरहरु तथासन्देशहरु पोष्ट गर्ने, बिभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी ईन्टरनेटमा राख्ने तथा अश्लील बनाएर प्रस्तुत गर्ने,व्यक्तिको चरित्र हत्या गर्नेउद्देश्यले वेभसाईट, सामाजिक संजाल तथा ईमेलको माध्यमद्वारा दुस्प्रचार गर्ने  ,विभत्स तस्विरहरु राख्ने, क्रुर एवं वर्वर किसिमका भिडियोहरु अपलोड गर्ने, सुनेकैआधारमा सूचनाहरु ब्रेक गर्ने जस्ता विकृतीहरुले सामाजिक संजालहरु ग्रस्त हुन थालेका छन् ।भने अर्को तिर कृत्तिम संसारले व्यक्तिको सामाजिक उपस्थितघटाएको तथ्य हेर्दा सामाजिक संजालको दीर्घकालीन प्रयोगले मानसिक असर पनि पारीरहेको छ  । आफ्नो कमजोरी निखारिन नपाउँदा व्यक्तिमा आत्मविश्वासमाकमी आउँछ र वास्तविक सामाजिक उपस्थितिमा ऊ हिच्किचाउँछ ।

यी त् सामाजिक संजालका सकरात्मक र नकरात्मक पाटा भए भने यसलाई दुरुपयोग गर्नेलाई कानुनी कारवाही मात्र गरेर पनि निर्मुल गर्न सकिदैन । समग्रमा भन्नु पर्दा नेपालमा साईबर अपराध बढनुको कारण सर्वसारधारणलाई ईन्टरनेट प्रयोगका सम्बन्धमा प्रयाप्त जानकारी नहुनुका साथै विधुतिय कारोबार ऐन२०६३ छ भन्ने कुराको समेत जानकारी छैन ।जसका उदाहरण अहिले सम्म पक्राउ परेकाहरुले धेरैले देखाएको अन्भिग्यतालाई हेर्न सकिन्छ । त्यति मात्र हैन २०६३सालमा बनेको कानून हालको अवस्थामा समेत अपुग छ । सामाजिक संजालहरुलाई नकरात्मक एवं भ्रामक दुस्प्रचारका लागी प्रयोग गर्नेहरुलाई दुरुत्साहित गर्नकालागी पनि सकरात्मक अभियानहरुलाई थप ब्यापकता दिन जरुरी छ ।  नेपालमा हाल देखा परेका अपराधहरु के कस्ता छन्? विधुतिय कारोबार ऐन २०६३मा सजायँकोके कस्ता व्यबस्था गरेको छ ? सबै अध्यन अनुसन्धान गरेर सम्बन्धीत निकायले त्यसलाई तत्काल परिमार्जन गर्न आवश्यक छ। साथै  इन्टरनेट खुल्ला प्रविधिभएको हुँदा हरेक पर्योगकर्ताले ईन्टेनेटमा व्यक्तिगत विवरण खुल्ला नराखने , सामाजिक संजालमा सबैलाई विश्वास नगर्ने , आफुले प्रयोग गरेका पासवर्ड गोप्यराखने र समय समयमा परिवर्तन गर्ने र साईवर अपराध सम्बन्धी जनचेतना आफुले पनि आफ्ना साथी, समुदाय माझ फैलाउने कार्य गर्न सके पकै पनि विज्ञान र सुचना प्रविधिको युग संगै धेरै अघि बढ्न सकिन्छ भने कुरामा कुनै संका नै छैन ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.