भ्वाइस म्यासेज पठाउने राधा नेपालीको उद्दार कसले गर्ने ? - गोपाल सिवा

ईराकमा पुरुष कामदार मात्र होइन नेपाली महिला कामदारहरु पनि सख्याको अनुपातमा ठुलै जमात अबैध बनेर काम गरि रहेका छन् कि भन्ने प्रतित हुन्छ ।मानव तस्कर सामदेव लामाले इराक पठाएर बेचिएकी रसुवाकि कविता तामाङलाई न्युज २४ टेलिभिजनको कार्यक्रम सिधा कुरा जनतासँग मार्फत आदरणिय कार्यक्रम सन्चालक दाइ रवि लामिछानेलाई सम्पर्क गरेर उनलाइ त्यो कार्यक्रमको प्रभावले कवितालाई केही समय पहिला नेपाल ल्याइए पछी हाल केही नेपाली दिदी बहिनीहरुले संपर्क गरी स्वदेश फर्कन के गर्नु पर्छ जस्ता उत्तरहरु खोज्दै फोन संपर्कमा आउनुले यो पुष्टी गरेको छ । केहि दिन अघि रबि लामीछाने दाइको हामीले साभार गरि प्रसारण गरेको कार्यक्रम हेरे पछी हाम्रो संचारको इनबक्समा इराकमा बेचिएकी एक चेलीले म्यासेज र भ्वाइस म्यासेज प्रेषित गरेकी छिन ।
किर्जिकिस्थानमा राम्रो काम र राम्रो तलब हुन्छ भन्दै ढाँटेर ईराक पुराइएकि रूपन्देही खैरेनि कि राधा नेपाली भ्वाइस म्यासेज(लेख संगै छन ) यसरि लेख्छिन "मेराे नाम राधा नेपाली हाे घर रूपन्देहिकाे खैरेनि हाे हाल म अठाईश महिना देखि ईराकमा छु मलाई नेपाल अाउन दिदैन पिलिज मलाई हेलप गरनु सर म नेपाल अाएपछि म पनि हजुरलाई नै भगवान समझने छु ।
कुनै समय मुम्बईमा बेचिने ९९ प्रतिशत नेपाली चेली हुन्थे । चेलीबेटी बेचबिखन रोकथामका लागि गाउँ सम्म पुगेको जनचेतना र प्रचारप्रसारका कारण अहिले यो संख्या घटेर ५ / ६ प्रतिशतमा पुगेको छ ।तर अशिक्षा, गरिबी, अभाव, अज्ञानताका कारण अहिले वैदेशिक रोजगारमा लाने बाहना बनाएर अफ्रिका र खाडी मुलुकमा लगिएका नेपाली चेलीहरु बेचिन थालेका छन् ।बैदेशिक रोजगारीमा नेपाली महिला जाने क्रम बढेसँगै समस्या पनि फराकिलो भएका छन् । योसँगै फैलिदो छ – नेपाली चेलीले सास्ती पाउने क्षेत्रको सिमाना पनि ।अविवाहितहरू रहरले र विवाहितहरू श्रीमान तथा परिवारले बेवास्ता गरेका र गरिबीको मारमा बाध्यतामा परेका महिलाहरुलाई स्थानिय एजेन्टहरुले एक पैसा पनि नलाग्ने, आफूले गरिरहेकै घर भित्रको काममा मनग्गे कमाई हुने जस्ता प्रलोभन देखाई घरेलु कामदारका रुपमा श्रीलंका र भारतको बाटो हुदै र नेपालबाट अवैधानिक बाटो प्रयोग गरेर घरेलु कामदारका लागि भनेर आएका राधा जस्तै धेरै नेपाली दिदीबहिनीको बिजोग छ परदेशमा र समस्यामा पर्नेको संख्या पनि उत्तिकै छ ।गरिवीको पीडामा वर्षौ सम्म वाच्न विवश महिलाहरु परिवारको सुख शान्ति र समृद्धिको सपनामा नेपाली दिदीबहिनीले पनि एजेन्टकै भर परेर बैदेशिक रोजगार संग सम्बन्धित र सरोकार राख्ने निकाय संग कुनै सल्लाह नलिई बिना कुनै सूचना विदेश जाने र उतै हराउने गरेको भेटिएको छ । यसरि एकातिर धेरै राधा नेपालीहरु आफ्नो जीवनको अमूल्य समय गुमनाम रूपमा पराई भूमिमा बिताउन बाध्य छन् । भने अर्को तिर केहि बर्ष अघि खाडिका गल्ली गल्ली चाहारेका कान्तिपुरका पत्रकार देवेन्द्र भट्टराइले देखेका नेपाली दिदी बहिनीको भयावहताको कुरा उनले आफ्नो किताब रेगिस्तान डायरीमा लेखेका छन् । यहि प्रारुपको भयावहताको उजागर व्यवस्थापिका–संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समिति बाट केहि महिना अघि खाडी मुलुक को भ्रमण सकेर फर्किए पछि उजागर भयो । अझ व्यवस्थापिका–संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध तथा श्रम समिति बाट सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरू खाडी मुलुकमा बेचिन बाध्य भएको समेत खुलासा भयो ।
यहि भयावहताको परिणाम नै हो जुन आज सम्म वैदेशीक रोजगारको नाममा अघोषित रुपमा वेचिरहेका घरेलुकामदारको रुपमा गएका कतिपय चेलीवेटीहरुको कहालीलाग्दो खवरहरु धेरै पटक सार्वजनिक भए र भैरहेका छन् । भनेको बेला तलब नदिने ,घर जान नदिने , काम गर्न बाध्य पारिने , कुट्ने पिट्ने र खाना समेत पेटभरी खान नदिने एव कहिकतै त्यहाको नारकीय जीवनवाट फुत्कीने प्रयास गरेपनि त्यो चुनौतिमय बस्तुस्थिति अहिले पनि रहेको राधा नेपालीले पठाएको भ्वाइस म्यासेज बाट पनि उजागार हुन्छ । अहिलेसम्मका सार्वजनिक भएका धेरैजसो यी र यस्ता घटना र प्रकृति एकै छन् ।खाडीमा अनौपचारिक क्षेत्रमा महिला कामदार जान प्रतिबन्ध छ । त्यहाँ अनौपचारिक क्षेत्रमा काम गर्ने कामदार स्थानीय श्रम कानुनमा पर्दैन । दूतावाससँग पनि उनीहरूको अभिलेख छैन । बिचल्ली परेर उद्धारको अपिल गर्दै दूतावासको ढोकामा आइपुगेपछि मात्रै अवस्था सार्वजनिक हुन्छ ।तावाबाट उम्केर भुङ्ग्रोमा परेका र यस्तो अवस्थामा चाहेरै पनि नारकिय जीवनवाट उम्कन नसकने ति तमाम राधा नेपालीहरुको पुकार के रबि लामीछाने सम्म पुग्ला ? आफ्नै दिदीबहिनी बच्ने ए नेपाली समाज भ्वाइस म्यासेज पठाउने राधा नेपालीको उद्दार कसले गर्ने ?





0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.