मुड्की हैन सुझाब पाऊ - गोपाल शिवा

पत्रकार भनेको आफूले थाहा पाएका कुरा आफ्ना साथीहरूलाई मात्र नबताएर आम मानिसलाई पनि बताउने व्यक्ति हो । पत्रकारले आफ्नै खर्च गरि गरि यो काम समाजप्रति दायित्व पूरा गर्न भन्दा पनि आफैंप्रतिको दायित्व पूरा गर्न गरेको हो ।अर्थात् जुन समाजमा बसेर हामीले ज्ञान आर्जन गरेको हो त्यो ज्ञान त्यही समाजलाई फर्काउनुपर्छ भन्ने हामि पत्रकारहरुको उदेशय छ ।समाचार पाउने कुरामा अहिले सम्म हामि सवै देश बिदेसका ठुला मिडियामा हदैसम्म केन्द्रीकृत भएको छौ । कुनै विषयमा विचार, विश्लेषण थाहा पाउनुपर्‍यो भने ति मिडियाले के लेक्ख्छां भन्ने मुख ताक्ने चलन कायमै छ । यस्तो परिस्थितिमा थप उर्जा दिने अभिप्रायले  कुबेतमै क्रियाशील समुह बाट हाम्रो संचारको सुरुवात भयो ।
डेढ बर्ष अघि सुरु भएको हाम्रो संचारको लोकप्रियता मैले भन्ने होइन । भिन्न प्रस्तुती, नौला विषय अनि सामाजिक बिसंगति र बिकृतिका लेखाइले गर्दा नै केहि थान पत्रकारले डिउटीको बचेको समय सामाजिक भाव बोकेर खट्दा यसरि टिकेको हो । सललाहाकार समिति संग बरु केही पटक आर्थिक समस्याले पिलिएको पिडा बोलेका छौ तर हामीले यसरि सुरु गरेको सामाजिक सेवा अहिले सम्म टिकाउन जीवन्त राख्न कहिले कसैको कोटको फेरो समातेर लौन सहयोग गर्दिनुस भनेको छैन। बरु हाम्रा यात्रामा हामीले सामाजिक सेवा गर्ने सुचनाको सम्बाहक बन्ने पत्रकारलाइ सम्मान गर्न नसकने नजान्ने तर सधै हप्काएर तर्साएर , कुकुरले झै पुच्छर लुकाएर हिड्ने बनाउने मनाशय राख्ने एक थरि आदरणीयहरु नि भेटिउ जो हामीले अलिकता अन्तदृस्टी , अलिकता कल्पना र अलिकता मानवीय सवेदना मिसाएर भोगे सुने देखेका घटना बारे तर्क बितर्क गर्दै समाचार लेख्दा र स्रोत खुलाएर समाचार राख्दा समय समयमा हात खुट्टा भाँच्छु भन्ने देखि नबुझेर लेख्ने गरेको, स्वतन्त्र पत्रकारिता नगरेको र अन्य उल्लेख नै गर्न नहुने निच गालीसम्म को उपमा छाति भरि तक्मा जस्तै दिनु भएको छ । त्यस्तै गरि सत्य तथ्य लेख भनेर हौसाउने र हामीलाई सचाई रहने सलाहाकार समितिका आदरणीय अभिभावक पनि भेटिउ र अर्को तिर हाम्रा सवै समाचार लेख जानकारी पढिदिने तर हमेशी कुनै प्रतिक्रिया नगर्ने केहि अदृश्य र मौन पाठकहरु पनि भेटिउ ।
जसले जे भने पनि कुबेतका मात्र हैन देश विदेशमा संचालित अनलाइन नेपाली मिडियाहरु भनेकै आफुले खोज्ने लेख्ने बाहेक प्रमुख मिडियामा छापिएका र आफ्ना पाठकलाई रुचिकर हुन्छ होला भन्दै जे देख्यो, जस्तो बुझ्यो त्यस्तै लेख्ने हो । आफूलाई जुन विषय सान्दर्भिक जस्तो लाग्छ, जस्तो भेटिन्छ र भोगिन्छ त्यहि लेख्ने हो । आफु बस्ने , नजर पुग्ने , नेपाली मार्फत सुनिने कुबेतमा क्रियाशील नेपाली पत्रकारहरुले यहा क्रियाशील सवैको कार्यशैली देखेका छन , असल काम र कर्तुतको फेहरिस्त सुनेका देखेका छन् तर सामाजिक बस्तु स्थिति बुझेका पत्रकारहरुले कसैको मानहानी हुने गरि समाचार लेखेको भने अहिले सम्म छैनन । अरुले घुम्ने समय हामि निशुल्क सामाजिक सेवामा आफ्नै खल्तीको पोइसा हाली हाली डोमिन किनेर , स्पेश किनेर , समाचार खोजि खोजि राखेर फुर्सदको समय र कमाएको पोइसा पनि डाटा किन्दै अपलोड गर्दै कुबेतका नेपाली समाज लाई सुचित गराउदै आएका छन्  । समाजले गर्ने हरेक कार्यक्रममा डिउटी छलेर बिरामी भएको बहाना गरेर ट्याक्सी खर्च गर्दै पुगेर समाचार संकलन गर्दै आएका छन् । थोरै स्रोत साधनमा चलेका कुबेतमा क्रियाशील नेपाली मिडियाले कसैको पनि पक्ष बिपक्ष नलिई कुबेत स्थित नेपाली समाजलाइ सचेत गराउने , ज्ञान बाड्ने , समन्वय गर्ने , अनुभव र अनुभूति एव भोगाई साट्ने ,देश बिदेशका समाचारका बारेमा अवगत गराउने र नेपाली राजदुताबास र नेपाली समाजको संदेशबाहक भएर सधै काम गर्दै आएका छन् ।
हो हामीले पनि त्यहि गरेका छौ । हामीले डेढ बर्षको अवधीमा हाम्रा आदरणीय पाठक, विज्ञापनदाता, सुभेच्छुक, तथा हाम्रा शुभचिन्तकहरू प्रति कहिल्यै अन्याय गरेनौं । उहाँहरूबाट पाएको अपार माया ममता र सहयोगले समाजमा हुने खराब प्रवृत्ति र वेथितिविरुद्ध आवाज उठाउदै खवरदारी गर्दै समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छौ  । राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक, लैंगिक तथा हरेक समुदाय मिलेर बनेको कुबेतको नेपाली समाजका बिभिन्न मुद्दाहरुलाई उठान गर्दै समाजलाई शान्तिपूर्ण तवरले रुपान्तरण गर्न  सकारात्मक भूमिका खेल्दै आएका छौ  ।
भूमिका निर्वाहा गर्दा हामि बाट कमी कमजोरी भए होलान तर हामी हाम्रा कमजोरीलाई हामी निर्मुल गर्न चाहन्छौं । कुबेतको नेपाली समाजमा हाम्रो संचार लाइ सत्य तथ्य सुचनाको सम्बाहकका रुपमा स्थापित गर्न चाहन्छौं र यसमा हामी प्रतिवद्ध छौं । एउटा बच्चालाई जन्मपछि वयस्क हुन लामो समय लाग्छ । परदेशको ठाउमा डेढ वर्षको अवधी एउटा अनलाइन पत्रिकाका लागि लामो समय होइन । त्यसैले आउदा दिनमा हाम्रा कमजोरीहरुमा मुड्की ताकने भन्दा तपाईहरुको अमुल्य सल्लाहा ,सुझाब दिएर सहयोग गर्दिनु हुन्छ भन्नेमा विश्वस्त र आशाबादी छौ । अन्त्यमा हामिलाई साथ दिने सबै पाठक, विज्ञापनदाता, सुभेच्छुक, तथा हाम्रा शुभचिन्तकहरूलाई धन्यवाद ।
प्रकाशित : हाम्रो संचार 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.