आममाफीमा घर जान साईत नजुरेकाहरु-गोपाल शिवा

सन २०१२ मा खुलेको पूर्ण आममाफी पछी कुवेत सरकारले २४ जनवरी २०१८ अघि सम्म रेसिडेन्सी भिसा सकिएकाहरु मध्ये बाट ‘मुद्दा नलागेका र यात्रा निषेध बाहेक’ का आप्रबासी कामदारहरुका लागि यही जनावरी २९ देखी फेब्रअरी २२ तारिकसम्म २५ दिनको लागि आममाफीको घोषणा गरेको छ । यो २५ दिनको आममाफीको बारेमा नेपाली दुताबास कुवेतले एक सूचना जारी गर्दै भनेको छ, ‘आवासिय कानुन उल्लंघन गरी बिना भिसा गैरकानुनी रूपमा कुवेतमा बसोबास गर्दै आएका कुनै पनि मुद्दा नभएका र यात्रा निषेध नगरिएका नेपाली कामदारहरुले कुनै शुल्क नतिरी आफुसंग सक्कल राहदानी भए सिधै कुबेतको एयरपोर्टबाट टिकट काटेर जान पाउने छन् ।’चोरीको उजुरी नपरेका, आपराधिक मुद्दा नपरेका र यात्रा निषेध नगरिएका घरेलु कामदार तथा अन्य कामदारले घर फर्किन आफुसँग भएको नागरिकता वा राहदानीको सक्कल वा फोटोकपी वा केही कागजात नभए पनि २ प्रति निलो पृष्टभूमिमा खिचिएको ६x४ साइजको फोटो सहित दुताबासमा सम्पर्क गर्न सक्ने छन ।’अपराधिक गतिबिधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न, बैकबाट ऋण वा मोवाइल, इलेक्ट्रोनिक्स सामान किस्ताबन्दीमा लिएर सबै ऋण चुक्ता नभएका कामदारले मुद्दा नसकिएसम्म र हिसाब पुरा नबुझाएसम्म जान सक्ने छैनन ।
दुताबासले सुचनामा भनेको छ ‘स्वदेश फर्किन नचाहने तर वैधानिक बन्न चाहनेले कुवेत सरकारले तोकेको जरिवाना बुझाएर बैधानिक हुँदै भिसा नबिकरण गर्न समेत सक्ने व्यवस्था गरिएको जनाएको छ । यहि सुचनालाइ आधार बनाएर आज सम्म कुवेत बाट करीब पन्ध्र सय नेपालीहरुले स्वदेश फर्किनका लागि यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएका छन् । आफैसँग राहदानी राखेर भागेकाहरु समेत यसअवसरमा आफै टिकट काटेर जान सक्ने भएकोले यकिन रुपमा कति नेपाली लाभान्वित भए भन्ने तथ्याकं दुतावासमा हुँदैन तर यस अवसरमा अत्यधिक घरेलु कामदारको रुपमा कार्यरत महिला कामदारले 'आउट पास' बनाएर फर्किन लागेको कुबेत स्थित नेपाली दुताबासको तथ्यांकले देखाएको छ । तथ्यांकले प्रस्ट रुपमा घरेलु कामदारको रुपमा आएका अत्यधिक महिलाहरु काम छोडेर अबैधानिक रुपमा कार्यरत रहेको स्पस्ट पारेको छ ।
दूतावासहरुमा बजेट नहुँदा अलपत्र कामदारलाई भनेको बेलामा खानाको लागि पनि सहयोग गर्न नसकेको देखिएको छ । विभिन्न अभियोग लागेर जेलमा रहेका निर्दोष नेपालीलाई पनि वकिलको अभावमा मुद्दा लड्न नसक्दा वर्षौसम्म बिनाअपराध सजाय भोग्न बाध्य हुने गरेको पाइएको छ । यस्तो हाम्रो बस्तु स्थितिमा गत साता देखि खुलेको आममाफी हाम्रा लागि चुनौती मात्र होइन, एउटा ठूलो अवसर पनि हो । मुद्दा नभएका र यात्रा निषेध नगरिएकाहरु मुलुक फर्किनका लागि कुनै जरिवाना नलाग्ने , यसरी फर्किने कामदार फेरि कुबेत आउँन पाउने र कुनै मुद्दा नलाग्ने भए पछि आममाफी प्रक्रियामा सहभागी हुन नेपालीलाई आग्रह गर्दै दूतावासले बिभिन्न सुचनाहरु जारी गरेको छ । हटलाइनको ब्यबस्था गरेको छ र कुबेतमा क्रियाशील नेपाली संघ सस्था र मिडिया मार्फत समन्वय गर्दै बढी भन्दा बढी नेपाली लाभान्वित हुन् सक्नु भनेर लागि परेको छ ।फलस्वरूप आममाफी सुरु भएको आज छैठौ दिन सम्ममा १५ सय जना नेपालीले प्रक्रियाका लागि आवेदन दिइसकेका छन् ।
यस आममाफीको अवसरमा खाडी आएका घरेलु कामदारका रुपमा कार्यरत ५ दर्जन भन्दा बढी नेपाली दिदीबहिनीहरु आफु बाट जानेर अन्जानमा भएका गल्तीका कारण आफु संगै आफ्ना बालबच्चासहित देश फर्किन लागेका समेत छन् । केही कुमारी-आमा बनेर आफ्ना बालबच्चासहित फर्किदैछन् ।अलपत्र भएपछि बिचल्लीमा परेपछि आफ्नो नागरिकको जे-जस्तै अवस्थामा पनि उद्वार गर्नु सरकारको कर्तव्य हो । तर यसरि कुमारीहरु , बिबाहितहरु आमा बनेर बच्चा लिएर स्वदेश फर्किदा गाली कसलाई गर्ने? दोष कसलाई दिने? हामीलाई यो नैतिक प्रश्नको जवाफ दिन गाह्रो छ। भोलि यसले पारिवारीक विखण्डन निम्ताउने मात्र होइन विदेशबाट फर्किएका महिलाहरुको चरित्रमा आशंका गर्ने,अपहेलना गर्ने नेपाली समाजको मानसिकतालाई अझ जीवन्त राख्न मद्दत गर्ने छ । यस्तो बस्तुस्थितिमा आफै अनुमति पत्र बनाई दिने नेपाली दुताबासले आउदो दिनमा घरेलु कामदारका रुपमा नेपाली महिला आउँन पाउने र अबैधानिक ढंगले आइरहेकालाई के गर्नु पर्छ भनेर बहस र बिषयको गहन उठान गर्नु पर्ने आवश्यकता टड्कारो रुपमा देखाएको छ ।
अर्को तिर छिटो पोइसा कमाउने धेरै महत्वकांक्षी बनेर कम्पनि र घर बाट भागेकाहरुले साथिसंगतिको लहलहैमा लागेर कुवेतमा बसेर कारखाना खोलेर नै रक्सि बनाउने , लागूऔषधको कारोवार गर्ने , वेश्यावृत्ति गर्ने / गराउने र गैरकानुनि कामहरु गरेर प्रहरीले समाएका कयौं घटनाहरुले नेपाली समाजको लाजले शिर झुकाउन बाध्य छौं। स्थानीय कानुन र प्रहरी प्रशाशनको आँखा छ्लेर अझ लुकिछिपी यस्ता गतिबिधि लाइ अझै निरन्तरता दिई रहेका र गैर कानुनी ढंगले कम्पनी छाडेर अबैधानिक रूपमा श्रम गर्दै बसेका धेरै नेपाली दाजुभाई एव दिदीबहिनीहरु आममाफीको अवसरमा यसरि कानुनी दायरामा साथीभाइ संगै घर फर्किन भनेर बर्षौ पछी दुतावास खुसी हुदै आएका पुगेका होलान ।दुताबास बाट (ट्राभल डकुमेन्ट) पनि लिई सकेका होलान तर भोलि आफुले कम्पनि र काम गर्ने घर बाट भाग्ने क्रममा मालिक र साहुले बिना कसुरको आरोप र मुदा लाएर 'यात्रा प्रतिबन्ध' लगाइएको थाहा पाए पछी यिनका खुशीहरु कति स्खलित हुन्छन होला ? कति हतास/तनाव स्थितिमा सय मनको भारि बोकेर फेरी कुवेत नै फिर्ता हुन्छन होला ? यसरि मुलुक फर्किन लागेकालाइ उनका बिगतका गल्ति कमजोरीहरुको डोरी बाटेर बाध्यताको नथी लागाई यतै बस्न बाध्य हुनु पर्नेहरुले भोलिको दिनमा नेपाली समाजलाइ अझ बदनाम नगर्लान भन्न सकिन्न ।
हतास मनासिकतामा यतै बस्न बाध्य हुनेहरुले एक पछी अर्को गतिबिधि गरेर अबैधानिक बनेर अरु नि मुदाहरुमा आफुलाई जोडन सक्छन । नेपाली समाजको अहिले सम्म कमाएको बनाएको आदर्श र नैतिकतामा ठूलो संकट ल्याउन सक्छन । कुवेतमा हरेक नेपालीको पहिलो र एक मात्र सहारा नेपाली दूतावास हो अत यस्ता किसिमका कतिपय विषय जुन नेपाली नागरिक र नेपाली समाजको मानसिकता, विश्वास तथा आचरणसँग जोडिएका छन तिनको भित्री भाग सूक्ष्म रूपमा अध्ययन गरेर कम्तिमा अब खुल्ने आममाफी सम्म सवै प्रतिबन्धहरुको फुकुवा गर्न पहलिकरण गर्नु पर्ने अपरिहार्यता औलाएको नेपाली बौद्धिक समाज र सरोकारवाला सवैले अब सोच्न पर्छ ।
'

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.