यौन क्षमता बढाउन नवजात शिशुको शवको सुप

गर्भावस्थाको अन्तिम समयतिर खेर गएका तथा एबोर्सन गरिएका भ्रुणबाट यस्तो सुप तयार गर्ने गरिएको छ । बच्चाको सरीरलाई पानीमा डुबाइन्छ अनि विभिन्न खाले स्थानीय जडिबुटी समेत मिसाएर मज्जाले पकाइन्छ । त्यसपछि उक्त पानीबाट बच्चाको लास बाहिर निकालिन्छ अनि बाँकी रहेको झोल ग्राहकलाई दिने गरिन्छ ।
यस्तो झोलको एक कपको मूल्य २ हजार युआनसम्म पर्ने गरेको बताइन्छ । आफै खेर गएका शिशुको मूल्य २ हजार युआनसम्म र एबोर्सन गराएका भ्रुणको मूल्य ५।७ सय युआनसम्म पर्ने गरेको छ । बच्चामात्र नभएर बच्चाको सालनाल भएपनि यस्तो झोल बनाउन प्रयोग गर्ने गरिएको छ ।
समाचार अनुसार एक जना ६२ वर्षका मानिसले समेत यस्तो झोल बनाएर बेच्ने गरेका छन् । आफुले सधैँ बेबी सुप खाने गरेको र सोही कारण आफुले आफ्नी १९ वर्षकी श्रीमतीसँग जोडदार रुपमा नियमित सम्भोग गर्न सक्षम भएको उनको दाबी छ । एकजना पाठकले पठाएको सामाग्री तथा समाचारका आधारमा सिओल टाइम्सले यो घटनाको खुलासा गरेको भएपनि चीनको स्थानीय प्रशासन भने यो विषयमा बेखबर रहेको र त्यस्तो अमानवीय काम गर्ने प्रति कुनै कारवाही नभएको बताइएको छ ।
0 comments
Write Down Your Responses