प्याज भान्सामा नियमित तरकारी वा मसलाको रुपमा प्रयोग हुने बस्तु हो । कतिपयलाई प्याज मन नपरेपनि अधिकांशलाई यो मन पर्छ ।प्याज सामान्य देखिने बस्तु भएपनि यसका दर्जनौं फाइदा छन् । प्याजले रोगसँग लढ्ने क्षमता बढाउँछ भने अनुहार पनि सफा पार्छ । आँखाको दृष्टी बढाउने प्याजले विभिन्न रोगबाट पनि बचाउँछ । यदि तपाई स्वास गन्हाउने डरले प्याज खानुहुँदैन भने आजदेखि मज्जाले प्याज खानुहोस्
यहाँ प्याजका १० फाइदाबारे चर्चा गरिएको छ ।
१. कोलेस्ट्रोल सन्तुलित राख्छ
प्याजमा पाइने एन्टी-ब्याक्टेरियल गुणले शरीरमा हुने कोलेस्ट्रोलको स्तर नियमितरुपमा कम राख्छ । प्याजमा हुने तत्वले पाँचन प्रणाली पनि सुधार गर्छ ।
२. मुटुलाई फाइदाजनक
काँचो प्याजले रक्तचापलाई सन्तुलित राख्छ । यसमा हुने मिथाइल सल्फाइड र एमीनो एसिडले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ मुटुमा हुने रोग लाग्न दिँदैन ।
३. कपालका लागि फाइदाजनक
प्याजले कपाललाई पनि स्वस्थ राख्छ । प्याजको रस लगाउँदा कपाल झर्न रोकिन्छ भने कालो पनि हुन्छ । यसले कपाललाई फुल्नबाट रोकेर कालो पार्ने काम समेत गर्छ ।
४. क्यान्सरबाट बचाउँछ
प्याजमा सल्फर तत्व अधिक हुन्छ । यो पेटमा हुने कोलोन, स्तन वा फोक्सोको क्यानसरबाट बचाउन उपयोगी हुन्छ । यसले पिसावमा हुने संक्रमण समेत रोक्छ ।
५. मधुमेहबाट बचाउँछ
नियमित प्याज सेवन गर्दा शरीरमा इन्सुलिनको मात्र सन्तुलित हुन्छ र मधुमेहबाट बचाउँछ । मधुमेह हुने ब्यक्तिले नियमित खानामा प्याज सलादकोरुपमा खानु राम्रो हुन्छ ।
६. पत्थर
पत्थर भएका ब्यक्तिलाई प्याजको सेवन निक्कै राम्रो हुन्छ । प्याजको रस चिनीसँग मिलाएर शरवत बनाएर सेवन गरेमा पत्थरीको समस्या रहँदैन । प्याजको रस सहितको पानी विहानमा सेवन गर्दा पत्थरी निस्कन्छ ।
७. कब्जियतको समस्या समाधान
प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ । प्याजमा हुने रेशादार पदार्थले पेटमा हुने समस्याबाट मुक्त गर्छ ।
८. चिसोबाट बचाउँछ
प्याज गर्मी चिज हो । यसले चिसो हुनबाट बचाउँछ । चिसो लागेको समयमा वा रुघा खोकी लाग्दा प्याजको सेवन गर्दा फाइदा हुन्छ ।
९. लू बाट बचाउँछ
गर्मी मौषममा प्याज सेवन गर्दा लू लाग्ने खतरा हुँदैन । प्याजको एक चम्चा रस पानीमा मिसाएर छातीमा मालिस गर्दा फाइदाजनक हुन्छ ।
१०. यौन शक्ति बढाउँछ
प्याजले यौन शक्ति पनि वृद्धी गर्छ । सुन्दर यौन जीवनका लागि प्याजको सेवन फाइदाजनक मानिन्छ । पुरुषले प्याजको सेवन गर्दा उनीहरुको यौन शक्ति बढ्छ ।

खास गरेर बच्चाको पेतमा धेरै जुका पाइन्छ । तर कहिलेकाहिँ ठूला मानिसहरुमा पनि यस्ता जुका पर्न सक्छन् । बच्चाको पेटमा जुका पर्यो भने बच्चाले खाएको पौष्टिक आहाराको पोषण तत्व सबै जुकाले खान्छ । बच्चा दुब्लो पातालो र ख्याउरो देखिन्छ । जुकाको रोकथाम समयमै गर्न सकिएन भने बच्चाहरुलाई एनिमिया कुपोषण पेटमा अवरोध एलर्जी आदिको रोगको सिकार बन्नुपर्दछ ।
जुका पर्नुको कारण
- नङ टोक्ने बानिले गर्दा
- हात नधोईकन खानेकुरा खानाले ।
- भुईमा झरेको खानेकुरा खानाले ।
- काँचो मासु खानाले ।
- धेरै पाकेको केरा वा गुलियो पदार्थ धेरै खानाले ।
- फलफूलमा आरु खानाले पनि जुका पर्न सक्दछ ।
जुका परेको कसरी थाहा पाउने
- रोगी दुब्लो पातलो हुनु ।
- अनुहार पहेँलो देखिनु ।
- बारम्बार नाक र गुदद्वार चिलाउनु ।
- रोगीको आँखामुनि कालो घेरो पर्नु ।
- धेरै भोक लाग्ने, पेट ठूलो हुनु ।
- निन्द्रामा दाँत किटकिटाउनु ।
- ओछ्यानमा पिसाब फेर्नु, पिसाब सेतो भएर जम्नु ।
- सानो–सानो भुरामा जिद्धी बन्नु, रुनु कराउनु ।
दाद रोगले मानिसलाई हैरानी बनाउँदछ । दाद रोग चिलाउने भएको कारणले गर्दा बिरामीलाई हैरान पार्दछ । कुनै पनि शरीरभित्रका अङ्गहरुमा खराबी भयो भने दाद रोग नङ्ग, जाँघ, पेटको तल्लो भाग र अण्डकोशमा धेरै आउने गर्दछ । दाद रोगलाई दद्रु र एलोपेथिकमा रिंग वर्म भनेर चिनिन्छ । शरिरको गोप्य आङ्गमा पनि दाद आउने भएकोले यसको उपचार समयमा नै गनुपर्ने हुन्छ ।
दाद रोगको उपचार गर्ने तरिका
-रातो खुर्सानीको तेल, मेवाको दूध या मुलाको बिउलाई कागतीको रसमा पिसेर तातो बनाउने र दादमा बिहान बेलुका लगाउने ।
-छाला, नङ औँलाको बीच तथा चेप, हातखुट्टा टाउकाको नियमित सफाई गर्ने र सधैँ सफा गर्ने ।
-दाद आएको भागमा निमको पातले सधैँ सफा गर्ने ।
-आफ्नो सरसफाइमा ध्यान दिने, सफा कपडा लगाउने ।
-हात खुट्टाको नङ्गलाई सफा राख्ने ।
-रोगीले प्रयोग गरेका सामान जस्तै टुथब्रस काईँयो लुगा रुमाल तौलिया अरुले प्रयोग नगर्ने ।
-दाद आएको भागमा नङ्गले चिलाउने प्रयास नगर्ने ।
-दाद आएको भागमा परेको कपडा सफा गरेर मात्र प्रयोग गर्ने ।
भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फूर्ति बढ्छ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत भएकाले पनि यसले मोटोपन घटाउन मद्धत गर्दछ । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण पुगेको सूचक हुनसक्छ । विशेषगरी, बिहान खाली पेटमा कागतीपानी पिएमा बढी फाइदा पुग्ने बताइन्छ ।
- भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।
- कागती पानी पिउने गरेमा शरीरमा अम्ल र क्षारबीचको सन्तुलन बनाउन मद्दत पुग्छ । - पेक्टिन फाइबर हुने भएकाले आन्द्राको कोलोनलाई स्वस्थ राख्न कागतीले शक्तिशाली एन्टिब्याक्टेरियल गुण देखाउँछ । - बिहान खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्काशनमा सहयोग पुग्छ । - कागती पानीले पाचनमा सहयोग पुग्छ । - कागतीलाई क्याल्सियम, म्याग्नेसियम, पोटासियम, साइट्रिक एसिड र फस्फोरसको राम्रो स्रोत मानिएको छ । - कागती पानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ । - रुघाखोकीको उपचारमा कागती पानी उपयोगी हुन्छ । - मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ । - कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ । - एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ । - कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ । - हरेक दिन कागती पानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ । | |
सुझाब र पर्तिक्रियाको लागि
गोपाल सिवा
gopsiwa@gmail.com
|
निरन्तर संघर्ष पश्चात जातिय विभेदलाई देशको संविधानमा दण्डनीय अपराधको रूपमा उल्लेख गरिएता पनि,कानुनी रूपमा ऐनले हटाए तापनि , छुवाछूत मुक्त राष्ट्र घोषणा गरे पनि नेपालका अधिकांश भागमा अझै कायमै छ, व्यवहारमा दलित समुदाय अपमानित भइरहेको यथार्थ छ । नेपालमा राजतन्त्र ढलेर गणतन्त्र आए पनि समाजमा व्याप्त रुढिवादको पयार्य मनुवादी सस्कार यथास्थितिमै रहिरहेको छ ।जसको बिरुद्धमा सुरु गरेको आन्दोलन सबै भन्दा पुरानो आन्दोलन हो जुन आज सम्म पनि चली रहेको छ । अहिले सम्म नेपालमा भएका जति पनि दलित आन्दोलन छन ति सबैले जातपात छुवाछूतको दुव्र्यवहार तथा आर्थिक, सामाजिक, साँस्कृतिक, लैङ्गिक, क्षेत्रीय भाषिक लगायतका शोषण उत्पीडनबाट मुक्त भई समतामुलक समाज निर्माण गर्नु आफ्नो रणनीति बनाउदै आएका छन । फलस्वरूप हाम्रा समुदायका हकहितका लागि खुलेका राष्ट्रिय संघ देखि एनजीओ ,आइएनजीओ, संगठनहरु हरेक जिल्ला जिल्लामा , अञ्चल अञ्चलमा देश परदेश सम्म फैलेको छन । तर पनि आज सम्म हामि कथित दलित , उत्पीडितहरुले जातिय विभेदका नाममा धेरै हण्डर खाई रहेका छौ ।
विगत लामो समय देखिनको संघर्षका अनेकौ रुपहरुलाई केन्द्रविन्दुमा राखेर हेर्ने हो भने हरेक क्षेत्रवाट समस्याको थाक लाग्ने गरेता पनि समाजमा समता मुलुक ब्यबहारको थालनी नहुदा हामी श्रमजीवि , कला र संस्कृतीको धनी दलित समुदायहरु आज पनि विकराल परिस्थितिमा उभी रहेका छौं । तर आज यो विकराल परिस्थितिको अवस्थामा दलित समुदायका निम्ति सविधान बाटै उचित ब्यबस्था गराउन ऐतिहासिक समय आएको छ । हामीले हाम्रो पराम्परागत पेशा र मौलिक संस्कृतीको संरक्षण गर्दै हरेक ठाँउबाट आवाज निकाल्नुपर्ने जरुरी छ। दलित समुदायलाई माथि उठाएर सम्मानित भएर जीउनको लागि एउटा इमान्दार दलितको रुपमा आँफुलाई खडा गर्नु जरुरी छ। अझ संविधान बन्ने यो घडीमा देशले परिवर्तन समानता र स्वतन्त्रता खोजिरहेको छ। देशले उचित निकाश खोजिरहेको छ। तर आम दलितहरुलाई संविधान सभाको बारेमा थाहा नहुन सक्दछ किनकी दलितहरु ऐतिहासिक रुपले नै विभेदमा पारिएको छ ।
मुलुकका हरेक कुना कुनाका रहेका दलित समुदायका सवैलाई समेट्ने गरी निश्पक्ष रुपमा सहभागि हुने बाताबरण बनाउनु पर्छ ।अब बन्ने संविधानमा दरिलो ढंगवाट दलितका कुरा समावेश गराउनु नै हरेक दलित जातिको अधिकारलाई राज्य व्यवस्थाको हरेक अंङ्ग प्रत्येअङ्ग सित समान रुपमा पहिचान गराउनु हो र त्यो नै हाम्रो जाति माथिको सम्मान हो । अन्यथा हाम्रा मागहरु सम्बोधन नहुन सक्छन , पुरानै अवस्थाको सिर्जना हुने गरी मनुवादीको चलखेलले दलितहरुको हक अधिकारमा एकाधिकार प्रयोग भएको ब्यहोर्नु पर्ने हुनसक्छ। जुन अवसरलाई हामिले गुमाउन पुग्यौ भने आगामि भविष्यमा दलित समुदाय बिस तिस वर्ष पछाडितिर धकेलीन सक्ने छ र जसलाई हाम्रा सन्तती र आगामि पुस्ताले धिकार्नु शिवाय अन्य विकल्प हुन सक्दैन । त्यसैले दलितहरु लाइ सचेत वनाउनु हामी सवैको कर्तब्य हुन आँउछ। त्यसैले आ–आफ्नो ठाउवाट सचेत प्रयास आज बाट नै गरौ ।दलितका पक्षमा सचेत प्रयास गर्न ,तथ्यगत रुपमा अडिएर पैरवी र बहस गर्न , दलितको पहिचान, प्रतिष्ठा र उन्मुक्तिको लागि गर्नु पर्ने धेरै कुराहरु छन् तर पनि तत्काल हामीले तपशिलका चार बुदाहरु पनि तुरुन्तै सुधार गर्नु पर्छ भने मलाई लागेको छ ।

पहिलो कुरा
हामीले आन्तरिक रुपमा हाम्रा कमजोरीहरु लुकाएर बाहुनवाद र मनुवाद्लाई सत्रु देखि रहेका छौ । हामीले विचार गर्नुपर्ने कुरा यो छ की बाहुनबाद र मनुवाद्लाई एउटा औंलाले देखाउदा तीन र्औला आँफैतिर फर्किरहेको हुन्छ। आँफैतिर फर्किरहेका ति तिन औलाले दलित समुदाय भित्र जातिय विभेदको निकै बलियो जरा गाडेको देखाई रहेको छ । दलित समुदायभित्र पनि सानो र ठूलो भन्ने भेदभाव र छुवाछुत तीब्र छ ।दलित-दलितका बीचमा भएको अन्तर्जातीय विवाह गर्दा पनि आफ्नै समुदायबाट बहिष्कृत हुनु परेको छ। के यस्ता भेदभाव र बहिष्कृतले सामुहिक दलित एकता हुन्छ ? के दलित समुदाय सबै भन्दा पुरानो आन्दोलन गरे पनि आफै छुवाछुत् र भेदभावमा रुमलिएर कहिले मनुवादिहरुको प्रतिरोधमा उत्रन सक्छ ?
हो समाज भित्रको एउटा कुरिती र समाज बिकासको एउटा बाधकका रुपमा रहेको विभेदको सोच पछिल्लो समय केहि कम हुदै गएको छ तर यथार्थमा पहिला दलित भित्रको छुवाछुत हटाउन पहल गर्नु पर्छ ।सम्पूर्ण दलित समुदायको अधिकार प्राप्तिका लागि सबै दलित समुदाय एकजुट भएर लाग्नुपर्दछ ।दलित समुदायको वैचारिक, राजनैतिक र वैज्ञानिक चेतना देशभरीमा छरिएर रहेका दलित समुदायको कान कानमा र मन मनमा पुग्न जरुरी छ ।इतिहासदेखि वर्तमानसम्म सबैभन्दा पीडित दलितको अधिकार लिन जागौ ।

दोस्रो कुरा
हरेक गैर दलितलाई हामी सहयोगीको भावना बाट अझै हेर्न सक्ने मानसिक रुपमा तयार भएका छैनउ । दलित आन्दोलनको सहयोगी हातहरु भनेको गैरदलित वर्गहरु हुन् । दलितहरुको वास्तविक मुक्ति भनेको राज्यसत्तामा सहभागिता अथवा राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा गाउँदेखि केन्द्रसम्म सहभागिता हुनु हो ।सामाजिक रुपमा ज्यादै पछि परेको दलित समुदायलाई समाजको हरेक क्षेत्रमा काँधमा काँध मिलाएर हिड्ने अवस्था सिर्जना गर्न गैरदलित सग सहकार्य, अन्तरघुलन गर्नुपर्ने देखिन्छ ।त्यसका लागि दलित समुदायले आज बाट नै सुरु गरौ ।
तेस्रो कुरा
कुनै पनि दलितले समाजमा आफ्नो जातलाई थरलाई नै लुकाएर हिड्ने परम्पराको जव सम्म अन्त्य हुदैन वा गर्दैनन तवसम्म दलित समुदायको मुक्ति सम्भब छैन ।पहिला त आफुले आफुलाई अनि आफ्नो जातलाई सम्मान गर्नु पर्यो, त्यसपछि आफ्नो कर्म अरुले सम्मान गर्ने बनाउनु पर्छ । त्यस्तै गरि दलित समुदायका लागि भनेर संगठित भएका हजारौ संघ सस्था भए पनि परेको बेलामा आफ्नो अस्तित्व रक्षाको खातिर र आपसी सुचना आदनप्रदान गर्ने सवालमा वेखवर छन । दलित समुदायबाट आफ्ना साझा सवाल र त्यसको न्यायोचित सम्बोधनको लागि आपसी सुचना आदनप्रदान , सहयोग र घटनालाई प्रतिकार गर्न सबैले आफ्नोकरण गर्नु पर्छ । त्यसैलाई आधार बनाएर दलितहरुको समस्या लाई दलितहरुको मात्र समस्याको रुपमा नहेरी रास्ट्रिय समस्याको रुपमा उठाउनु जरुरि छ ।
चौथो कुरा
हामी हाम्रो भविषय प्रति पटक्कै चिन्तित छैनौ ।दलितको हैसियत पुनःस्थापित गर्नुपर्छ भन्छौ तर राज्य बाट दलितहरु कसरी बर्षौ देखी उत्पीडित बनाएको छ ? दलितको आत्मसम्मान र पहिचान के हो भने कुरामा अझै पनि हामी एक सोच बनाउन सकेका छैनौ फलस्वरुप ऐतिहासिक गल्ती सच्याउनका लागि अपनाइएका नीतिगत उपाय भन्दै कोहि आरक्षण त् कोहि क्षतीपुर्ती माग्दै छौ ।तर आरक्षण दिएर अहिले सम्म दलित समुदायलाई सुनियोजितरुपमा वञ्चितीकरण गरिएको छ । यथार्तमै दलित समुदायको भविषय प्रति गम्भिर हुने भने यी सवालको जवाफ खोजौ। दलितलाई नीति निर्माण गर्ने निकायमा प्रतिनिधित्व गर्न पाउने अधिकार किन निर्दिस्ट गरिदैन ? राज्यका सवै ठाउमा अन्य जाति, वर्ग र लिंग सरह सरल र सहज पहुँचको सुनिश्चितता दलितको लागि किन गरिदैन ? हाम्रा पेशाहरु गैर दलितले गर्दा सम्मान र हामीले गर्दा हेयको दृष्टिले किन हेरिन्छ ? सयौ बर्ष देखि दलित आन्दोलन मार्फत पहिचान, आत्मसम्मान, अधिकार, न्याय र विकास खोजी राखेका छौ तर किन राज्य बाट यथार्थ विश्लेषण र ब्याख्या हुदैन ?
धन्यवाद !!!
धन्यवाद !!!
१.५ किलो हेरोइनको साथमा पुलिसले पक्राउ गरिएको भनिएको नेपाली महिला ,तस्बिर स्रोत : कुवेत टाइम्स |
नेपालबाट महिला कामदारलाई हाउसमेडका रुपमा पठाउन कुनै पनि देशसँग सम्झौता नभए पनि हजारौं महिलाहरु खाडीमा अवैध रुपमा गइरहेका छन् ।श्रम मन्त्रालययसँग कति महिला यसरी गए भन्ने तथ्यांक छैन । तर वैदेशिक रोजगार व्यवसायी सङ्घको तथ्याङ्क अनुसार वैदेशिक रोजगारमा ३३ लाखको हाराहारीमा नेपाली रहेका छन् । रोजगारका लागि दैनिक लगभग १५ सय नेपाली वैदेशिक रोजगारमा जाने गरेका छन् । आ.व.२०७०।०७१ सम्ममा वैदेशिक रोजगारीका लागि आएका नेपाली महिलाहरु जम्मा संख्याः १‚१३‚७७८ जना छन भने सबैभन्दा बढी महिलाहरु कुबेतमा ३७‚१०२ जना रहेका सरकारी तथ्य्यांक रहेको छ ।अन्य बाटो र भारत हुदै कुबेत आउने नेपाली समेत गर्दा घरेलु कामदार (हाउसमेड) का रूपमा कुबेतमा ४० हजार भन्दा बढी नेपाली महिला कार्यरत छन् ।स्वदेशमा आन्तरिक बजारमा रोजगारीका अवसरमा कमी हुँदा , कमजोर सामाजिक-आर्थिक अवस्थाका धेरै महिला रहर, बाध्यता र दलालहरूको उक्साहटमा व्यक्तिगत भीसामा घरेलु कामदार बनेर खाडी मुलुक रोजगारीमा जान वाध्य छन भने महिला हाउसमेड सम्बन्धी नीति नहुँदा र श्रम सम्झौता नहुँदा नेपाली महिलाहरु विदेशमा असुरक्षित हुनुका साथै अधिकांश कहालीलाग्दो समस्या बोकेर फर्किन् बिबश पनि छन् ।घर मालिक -स्पोन्जरले घरको काम गर्ने महिलालाई न्युन पारिश्रमिक दिने, कुटपिट गर्ने, यौनहिंसा र श्रमशोषण गर्ने , घरबाहिर निस्कन नदिनुका साथै कतिपय ठाउँमा सञ्चार सम्पर्क समेत गर्न नदिएको गुनासो सुन्न पाइन्छ । यस्तो अवस्थामा विभिन्न दुःख झेल्नुपर्दा मनोवैज्ञानिक कारणले बढी महिलाले तनावमा आई आत्महत्या गर्ने , काम गर्न आएको घर छोडी भाग्ने अनि गैर कानुनीरुपले बस्ने , बढी पारिश्रमिक पाउने लोभमा अबैधानिक काम गर्ने , देह ब्यापार गर्ने , अपराधको दलदलमा फस्ने र काम गर्दागर्दै घरमालिकको यौन दुर्व्यवहार , अनैतिक सम्बन्ध बाट बच्चा पाएर कुबेत बाट नेपाल फर्किनु परेका घटना अहिले सम्म देखिदै आएको छ । यी र यस्ता घटना भएको कुरालाई मनन गर्दै नेपाल सरकारले कुबेतमा समेत सेफ हाउस सञ्चालनमा ल्याई संरक्षण गृहमा आवश्यक परामर्श गराउञ्जेल सम्मका लागि अस्थायी रूपमा राख्दै आएको छ ।तर घरेलु महिला कामदार ( हाउसमेड ) उद्धारका लागि भन्दै नेपाली दुताबासको सेल्टरको आश्रयमा बसेका महिनौ बितिसक्दा पनि महिलालाई पाउनु पर्ने सेवा सुबिधा र कानुनी हक अधिकार दिलाउन सकेको छैन भने समयमै उद्धार गरेर स्वदेश पठाउन पनि सकेको छैन । जसको पछिलो उदाहरण नेपाली दूतावास कुवेतमा पिडित महिलाहरु सुरक्षाको लागी दुताबासको माताहतमा सञ्चालित सेल्टरको ढोका तोडी २८ महिला फरार भएका लाइ हेर्न सकिन्छ । आईएलओमा आबद्ध नभएका र नेपालजस्तो कामदार पठाउने मुलुकसँग श्रम सम्झौता समेत नभएका मुलुकमा घरेलु कामदारका समस्या दूतावासले पनि हेर्न सक्दैन भन्ने ब्यबहारिक उदाहरण पछिलो पटक राजदुताबासको सेल्टर बाट चुनौती दिदै निस्कनु र नेपाली चेलीहरु अपराधी गतिबिधिमा समातिनु लाइ बुझन सकिन्छ । कुबेतमा नेपाली कामदारको खास गरि महिला कामदारको सुरक्षाको कमजोरी मानसिकता देखाएर सरकारले प्रतिबन्ध लगाउनु मात्र निराकरण हुन्छ भनेर बसे राज्यले ठुलो समस्या भोग्नुपर्ने अवस्था आउन सक्ने अनुमान गर्न सकिन्छ ।
सरकारले कुबेतमा अलपत्र परेका हाउसमेडको उद्धार गर्न नसकेको, दलालको सिकारमा परेर मानव तस्कर संस्थागत रूपमा हुन थालेको र महिला कामदारको शोषण निकै बढेपछि गत वैशाखबाट हाउसमेडको लागि श्रम स्वीकृति दिन रोकेको छ। भने कामदार पठाउने र ल्याउने १७ देशका प्रधिनिधिहरूबीच छलफल गर्न आयोजित 'आबुधाबी बहस' मा भाग लिन कुबेत आएका श्रममन्त्री टेकबहादुर गुरुङले यहाँका श्रममन्त्री हिन्दसुबाई बाराक अल सुबाईसँग भेट गर्दै द्विपक्षीय सम्झौता नभएसम्म नेपालीको लागि हाउसमेडको भिसा जारी नगर्न अनुरोध आग्रह समेत गरेका छन ।तत्काल यो अनुरोध आग्रह ले प्रतिबन्ध लगाए पनि यहाँ बसेका धेरै गैर कानुनी हाउसमेडका कारण विकृतिमा कमी आउने सम्भावना देखिएको छैन । अपराधको दलदलमा फस्दै गएको विकराल समस्या पैदा गर्ने लक्ष्ण देखिएको हुनाले यस विषयलाई नेपाल सरकारले गम्भीर भई सोचने बेला आएको छ ।बिभिन्न किसिमका अभिमुखीकरण तालीम एवं सीपमूलक तालीम दिएर हाउसमेडमा पठाएको भनिए पनि कुबेतमा लागु औषध को कारोवार, यौन ब्यबसाय गर्नेलाई यहाको कानूनमा कडा कानूनी सजाय छ भनने बारे अनभिज्ञ हुँदा या जानी बुझी गर्दा आउदा दिनमा नेपाली महिलाहरुको अपराधी गतिबिधि बढ्ने सम्भाव्यता धेरै देखिन्छन् । दर्जनौ सघ सस्था, राजदुताबाश र नेपाल सरकारले समेत भएको कुबेतमा यस्तो परिस्थितिको सिर्जना बाट नेपालि समुदायका महिलाहरु अपराधका शृंखलाहरूमा किन होमी राखेका छन् भन्ने कुरा बुझ्नु पर्ने सवाल टड्कारो रुपमा देखा परेको छ । अत समयमै व्यवस्थापन गर्न नसके हाम्रा दिदि बहिनीहरु अपराधीहरूका लागि ‘युज ’गर्ने साधन बन्न सक्छन भन्ने हालैका जिलेब अल शोयखमा पक्राउ परेकी नेपाली चेलीको साथि भनिने बंगलादेशी भागे पछी उनि मात्र पक्राउ पर्नु बाट पुस्टि हुन्छ ।
देशको अर्थतन्त्रमा झन्डै १२ प्रतिशत रेमिटेन्स वृद्धि गरी राज्यलाई महत्वपूर्ण योगदान दिइ रहेका इमान्दारिता र परिश्रमीपन भएका हाम्रा नेपाली महिलाको निम्ति वैदेशिक रोजगार खास गरि खाडी मुलुकमा विशेष माग छ । तर सरकारले विशेष गरी महिलाहरूको सुरक्षाको कुनै ग्यारेन्टी नलिएको कारण पनि महिलाहरू समस्यामा फस्दै आएको पाइएको छ । त्यहि भएर हाउसमेडको भिसा जारी नगर्न अनुरोध गरेर मात्र बेरोजगारीले थाल्थालिएको मुलुकमा महिलालाई प्रतिबन्ध गरि राखन सकिन्न र हुन्न ।सरकारी निकायले समयमै घरेलु कामदारको लागी तालिम दिएर मात्र पठाउने, घरेलु कामदारको रुपमा पठाउँदा सुरक्षा सम्बन्धी विशेष करारनामाको व्यवस्था गर्ने, विदेश पठाउदा दलाल भन्दा म्यानपावर भएर नै जाने ब्यबस्था लागु गर्ने , विदेश पठाइएका महिलाको स्थितिको सम्बन्धमा सम्बद्ध वैदेशिक रोजगार व्यवसायीले कम्तिमा २।३ महिनामा जानकारी राख्ने, राजदुताबास मार्फत महिला कामदारको स्थितिको बारेमा प्रत्येक वर्ष प्रतिवेदन जारी गर्ने , आईएलओ महासन्धीमा हस्ताक्षर गर्ने राष्ट्रमा मात्र घरेलु कामदार पठाउने कामको थालनी गर्नु पर्छ । कामदारको अधिकार संरक्षणको लागी श्रममन्त्री टेकबहादुर गुरुङ बाट लिएको अनुरोध ब्यबस्थित गर्ने एउटा थालनी होला तर यहाँ अपराधका दलदलमा फस्दै गइरहेका, अबैधानिक कामदार भएर मुलुकका छबी बिगारी रहेकाहरुले देशलाई दलदलमा फसाउने निश्चित छ त्यसैले यिनीहरुको लागि पनि चाडो भन्दा चाडो उद्दार अपरिहार्यता छ । य्थार्तमै भन्ने हो भने नेपाली महिलालाई अपराधिक मानसिकता बाट बाहिर निकाल्ने बिषयमा सरोकारवाला सबैको सकारात्मक हातेमालो जरुरी छ ।
सुझाव र पर्तिक्रियाको लागि