कुबेतमा नेपाली महिला अपराधका शृंखलाहरूमा किन होमी राखेका छन् ? -गोपाल सिवा
![]() |
१.५ किलो हेरोइनको साथमा पुलिसले पक्राउ गरिएको भनिएको नेपाली महिला ,तस्बिर स्रोत : कुवेत टाइम्स |
नेपालबाट महिला कामदारलाई हाउसमेडका रुपमा पठाउन कुनै पनि देशसँग सम्झौता नभए पनि हजारौं महिलाहरु खाडीमा अवैध रुपमा गइरहेका छन् ।श्रम मन्त्रालययसँग कति महिला यसरी गए भन्ने तथ्यांक छैन । तर वैदेशिक रोजगार व्यवसायी सङ्घको तथ्याङ्क अनुसार वैदेशिक रोजगारमा ३३ लाखको हाराहारीमा नेपाली रहेका छन् । रोजगारका लागि दैनिक लगभग १५ सय नेपाली वैदेशिक रोजगारमा जाने गरेका छन् । आ.व.२०७०।०७१ सम्ममा वैदेशिक रोजगारीका लागि आएका नेपाली महिलाहरु जम्मा संख्याः १‚१३‚७७८ जना छन भने सबैभन्दा बढी महिलाहरु कुबेतमा ३७‚१०२ जना रहेका सरकारी तथ्य्यांक रहेको छ ।अन्य बाटो र भारत हुदै कुबेत आउने नेपाली समेत गर्दा घरेलु कामदार (हाउसमेड) का रूपमा कुबेतमा ४० हजार भन्दा बढी नेपाली महिला कार्यरत छन् ।स्वदेशमा आन्तरिक बजारमा रोजगारीका अवसरमा कमी हुँदा , कमजोर सामाजिक-आर्थिक अवस्थाका धेरै महिला रहर, बाध्यता र दलालहरूको उक्साहटमा व्यक्तिगत भीसामा घरेलु कामदार बनेर खाडी मुलुक रोजगारीमा जान वाध्य छन भने महिला हाउसमेड सम्बन्धी नीति नहुँदा र श्रम सम्झौता नहुँदा नेपाली महिलाहरु विदेशमा असुरक्षित हुनुका साथै अधिकांश कहालीलाग्दो समस्या बोकेर फर्किन् बिबश पनि छन् ।घर मालिक -स्पोन्जरले घरको काम गर्ने महिलालाई न्युन पारिश्रमिक दिने, कुटपिट गर्ने, यौनहिंसा र श्रमशोषण गर्ने , घरबाहिर निस्कन नदिनुका साथै कतिपय ठाउँमा सञ्चार सम्पर्क समेत गर्न नदिएको गुनासो सुन्न पाइन्छ । यस्तो अवस्थामा विभिन्न दुःख झेल्नुपर्दा मनोवैज्ञानिक कारणले बढी महिलाले तनावमा आई आत्महत्या गर्ने , काम गर्न आएको घर छोडी भाग्ने अनि गैर कानुनीरुपले बस्ने , बढी पारिश्रमिक पाउने लोभमा अबैधानिक काम गर्ने , देह ब्यापार गर्ने , अपराधको दलदलमा फस्ने र काम गर्दागर्दै घरमालिकको यौन दुर्व्यवहार , अनैतिक सम्बन्ध बाट बच्चा पाएर कुबेत बाट नेपाल फर्किनु परेका घटना अहिले सम्म देखिदै आएको छ । यी र यस्ता घटना भएको कुरालाई मनन गर्दै नेपाल सरकारले कुबेतमा समेत सेफ हाउस सञ्चालनमा ल्याई संरक्षण गृहमा आवश्यक परामर्श गराउञ्जेल सम्मका लागि अस्थायी रूपमा राख्दै आएको छ ।तर घरेलु महिला कामदार ( हाउसमेड ) उद्धारका लागि भन्दै नेपाली दुताबासको सेल्टरको आश्रयमा बसेका महिनौ बितिसक्दा पनि महिलालाई पाउनु पर्ने सेवा सुबिधा र कानुनी हक अधिकार दिलाउन सकेको छैन भने समयमै उद्धार गरेर स्वदेश पठाउन पनि सकेको छैन । जसको पछिलो उदाहरण नेपाली दूतावास कुवेतमा पिडित महिलाहरु सुरक्षाको लागी दुताबासको माताहतमा सञ्चालित सेल्टरको ढोका तोडी २८ महिला फरार भएका लाइ हेर्न सकिन्छ । आईएलओमा आबद्ध नभएका र नेपालजस्तो कामदार पठाउने मुलुकसँग श्रम सम्झौता समेत नभएका मुलुकमा घरेलु कामदारका समस्या दूतावासले पनि हेर्न सक्दैन भन्ने ब्यबहारिक उदाहरण पछिलो पटक राजदुताबासको सेल्टर बाट चुनौती दिदै निस्कनु र नेपाली चेलीहरु अपराधी गतिबिधिमा समातिनु लाइ बुझन सकिन्छ । कुबेतमा नेपाली कामदारको खास गरि महिला कामदारको सुरक्षाको कमजोरी मानसिकता देखाएर सरकारले प्रतिबन्ध लगाउनु मात्र निराकरण हुन्छ भनेर बसे राज्यले ठुलो समस्या भोग्नुपर्ने अवस्था आउन सक्ने अनुमान गर्न सकिन्छ ।
सरकारले कुबेतमा अलपत्र परेका हाउसमेडको उद्धार गर्न नसकेको, दलालको सिकारमा परेर मानव तस्कर संस्थागत रूपमा हुन थालेको र महिला कामदारको शोषण निकै बढेपछि गत वैशाखबाट हाउसमेडको लागि श्रम स्वीकृति दिन रोकेको छ। भने कामदार पठाउने र ल्याउने १७ देशका प्रधिनिधिहरूबीच छलफल गर्न आयोजित 'आबुधाबी बहस' मा भाग लिन कुबेत आएका श्रममन्त्री टेकबहादुर गुरुङले यहाँका श्रममन्त्री हिन्दसुबाई बाराक अल सुबाईसँग भेट गर्दै द्विपक्षीय सम्झौता नभएसम्म नेपालीको लागि हाउसमेडको भिसा जारी नगर्न अनुरोध आग्रह समेत गरेका छन ।तत्काल यो अनुरोध आग्रह ले प्रतिबन्ध लगाए पनि यहाँ बसेका धेरै गैर कानुनी हाउसमेडका कारण विकृतिमा कमी आउने सम्भावना देखिएको छैन । अपराधको दलदलमा फस्दै गएको विकराल समस्या पैदा गर्ने लक्ष्ण देखिएको हुनाले यस विषयलाई नेपाल सरकारले गम्भीर भई सोचने बेला आएको छ ।बिभिन्न किसिमका अभिमुखीकरण तालीम एवं सीपमूलक तालीम दिएर हाउसमेडमा पठाएको भनिए पनि कुबेतमा लागु औषध को कारोवार, यौन ब्यबसाय गर्नेलाई यहाको कानूनमा कडा कानूनी सजाय छ भनने बारे अनभिज्ञ हुँदा या जानी बुझी गर्दा आउदा दिनमा नेपाली महिलाहरुको अपराधी गतिबिधि बढ्ने सम्भाव्यता धेरै देखिन्छन् । दर्जनौ सघ सस्था, राजदुताबाश र नेपाल सरकारले समेत भएको कुबेतमा यस्तो परिस्थितिको सिर्जना बाट नेपालि समुदायका महिलाहरु अपराधका शृंखलाहरूमा किन होमी राखेका छन् भन्ने कुरा बुझ्नु पर्ने सवाल टड्कारो रुपमा देखा परेको छ । अत समयमै व्यवस्थापन गर्न नसके हाम्रा दिदि बहिनीहरु अपराधीहरूका लागि ‘युज ’गर्ने साधन बन्न सक्छन भन्ने हालैका जिलेब अल शोयखमा पक्राउ परेकी नेपाली चेलीको साथि भनिने बंगलादेशी भागे पछी उनि मात्र पक्राउ पर्नु बाट पुस्टि हुन्छ ।
देशको अर्थतन्त्रमा झन्डै १२ प्रतिशत रेमिटेन्स वृद्धि गरी राज्यलाई महत्वपूर्ण योगदान दिइ रहेका इमान्दारिता र परिश्रमीपन भएका हाम्रा नेपाली महिलाको निम्ति वैदेशिक रोजगार खास गरि खाडी मुलुकमा विशेष माग छ । तर सरकारले विशेष गरी महिलाहरूको सुरक्षाको कुनै ग्यारेन्टी नलिएको कारण पनि महिलाहरू समस्यामा फस्दै आएको पाइएको छ । त्यहि भएर हाउसमेडको भिसा जारी नगर्न अनुरोध गरेर मात्र बेरोजगारीले थाल्थालिएको मुलुकमा महिलालाई प्रतिबन्ध गरि राखन सकिन्न र हुन्न ।सरकारी निकायले समयमै घरेलु कामदारको लागी तालिम दिएर मात्र पठाउने, घरेलु कामदारको रुपमा पठाउँदा सुरक्षा सम्बन्धी विशेष करारनामाको व्यवस्था गर्ने, विदेश पठाउदा दलाल भन्दा म्यानपावर भएर नै जाने ब्यबस्था लागु गर्ने , विदेश पठाइएका महिलाको स्थितिको सम्बन्धमा सम्बद्ध वैदेशिक रोजगार व्यवसायीले कम्तिमा २।३ महिनामा जानकारी राख्ने, राजदुताबास मार्फत महिला कामदारको स्थितिको बारेमा प्रत्येक वर्ष प्रतिवेदन जारी गर्ने , आईएलओ महासन्धीमा हस्ताक्षर गर्ने राष्ट्रमा मात्र घरेलु कामदार पठाउने कामको थालनी गर्नु पर्छ । कामदारको अधिकार संरक्षणको लागी श्रममन्त्री टेकबहादुर गुरुङ बाट लिएको अनुरोध ब्यबस्थित गर्ने एउटा थालनी होला तर यहाँ अपराधका दलदलमा फस्दै गइरहेका, अबैधानिक कामदार भएर मुलुकका छबी बिगारी रहेकाहरुले देशलाई दलदलमा फसाउने निश्चित छ त्यसैले यिनीहरुको लागि पनि चाडो भन्दा चाडो उद्दार अपरिहार्यता छ । य्थार्तमै भन्ने हो भने नेपाली महिलालाई अपराधिक मानसिकता बाट बाहिर निकाल्ने बिषयमा सरोकारवाला सबैको सकारात्मक हातेमालो जरुरी छ ।
सुझाव र पर्तिक्रियाको लागि
गोपाल सिवा
gopsiwa@gmail.com

0 comments
Write Down Your Responses