नेपालमा जीवित देवी कुमारीहरु
विश्वका अधिकांश समुदायमा देवी एक अध्यात्मिक संसारको प्रतिक हो । तर, नेपालमा देवीहरु बाँचिरहेका छन् । उनीहरुलाई जीवित देवी कुमारीको रूपमा पुजिन्छ । यो भूमिकाका लागि उनीहरु कठोर ३२ चरण पार गर्नु पर्ने हुन्छ ।
तर, उनीहरुलाई नाम र सम्मान मात्र दिइँदैन, उनीहरुको जीवन नै परिर्वतन हुन्छ । उनीहरु आफूले चाहेको बेला घरबाहिर निस्कन र हिडडुल गर्न पाउँदैनन् । चाडपर्वहरुमा मात्र उनीहरु जिवित देवी कुमारीका रुपमा उपस्थित हुन्छन् ।
यसरी जाँदा पनि उनीहरुको पाउले भुई छाएको हुँदैन । रथमा राखेर यात्रा गराइन्छ वा बोकिन्छ । उनीलाई स्कुल जान रोक लगाइएको हुन्छ भने समाजमा दिनदिनै हुने कामकारबाहीबाट पनि अलग गरिएको हुन्छ । आवश्यक पठन पाठनको व्यवस्था छुट्टै मिलाइन्छ ।
तर, जब उनीहरु यौवन अवस्थामा पुग्छन्, फेरि सबै परिर्वतन हुन्छ । रजश्वाला भएपछि उनीहरुलाई १२ दिने गुफामा राखिन्छ र उनीहरुको कुमारी जीवन अन्त्य भएर समान्य जीवन सुरु हुन्छ ।
- कुमारी भएपछि समिता बज्राचार्य स्कुल जान पाइनन् । उनलाई अध्ययनका लागि छुट्टै व्यवस्था गरिएको थियो । उनलाई पढाउन सेन्ट भेभियरबाट एक शिक्षकलाई घरमै बोलाइएको थियो ।
- चाडपर्वमा जिवित कुमारीका रुपमा उपस्थित हुने बेला समितालार्इ परम्परागत श्रृगार लगाइदिँदै ।
- जीवित कुमारीको रुपमा मन्दिरमा बोकेर लैजाँदै परिवारका सदस्य । कुमारी भएको अवधीमा उनीहरुले भुइँमा टेकको हुँदैन । रथमा यात्रापछि यसरी नै बोकेर लैजाने प्रचलन छ ।
- कुमारी जीवन अन्त्य भएपछि स्कुलका साथीहरुसँग खेल्दै समिता ।
- गुफा राखेको समयमा समितालाई समारोहमा ल्याउँदै उनकी आमा पूर्णासोभा । गुफा बसेको समयमा उनीहरुले घाम देख्नु हुँदैन भन्ने मान्यता रहकाले अनुहार छोपिएको छ ।
+20
- १२ दिन गुफा बसेका समिता नजिकैको नदीमा आफ्नो निधारमा तेस्रो आँखाका रुपमा बनाइएको आकृति पखाल्दै । जुन परम्परागत रंगले बनाइएको हुन्छ ।
- सामान्य जीवन सुरू गर्दै । १२ दिनको गुफापछि उनले नयाँ जीवन सुरू गरिन् र अन्य मानिसहरू जस्तै समाजमा हरेक काममा संलग्न हुन सकिन् ।
- पूर्व कुमारी समिता बज्राचार्य अन्य साथीहरुसँग प्रवेशिका परीक्षामा सहभागी हुँदै ।
डेलिमेलको सहयोगमा
0 comments
Write Down Your Responses