क्यान्सर एक असाध्य तथा खतरनाक रोग हो । शरीरका कोषहरुको अनियन्त्रित वृद्धि भयो भने क्यान्सर हुन्छ । क्यान्सरको एकिन उपचार अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यद्यपि यसको आंशिक उपचारमा विभिन्न विधिहरु अपनाउने गरिएको छ । त्यसैले क्यान्सर लाग्नै नदिन सजगता अपनाउनु आवश्यक हुन्छ । आफ्नो दिनचर्या तथा खानपानमा विशेष ध्यान दिने हो भने क्यान्सरको खतराबाट केही हदसम्म जोगिन सकिन्छ । हरियो सागपातको नियमित सेवनले पेटको क्यान्सर लगायतको जोखिम कम गर्छ । फूल गोभी, ब्रोकाउली तथा बन्दा लगायतका तरकारीमा क्यान्सर प्रतिरोधी गुण हुन्छ जसको सेवनबाट सरीरमा घातक क्यान्सरसँग लड्ने क्षमता विकाश हुन्छ । विभिन्न अध्ययनहरुले यो कुराको पुष्टि गरिसकेका छन् । हरियो सागपात तथा तरकारीहरुमा पाइने विभिन्न लवण, फाइबर तथा भिटामिन लगायतका केही त्यस्ता फाइटोकेमिकल्स सरीरमा रोगप्रतिरोधी क्षमता वृद्धि गर्नमा सहयोगी हुन्छन् ।
हरियो सागपातमा पाइने सल्फोफेन नामक तत्वले एचडीएसी नामक इन्जाइमको सश्लेषण कम गर्ने र क्यान्सर प्रतिरोधी इन्जाइमको उत्पादन बढाएर एक क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्ने विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार सल्फोरेफेन नामक तत्वले क्यान्सर कोशिकाहरुको वृद्धि तथा फैलावट नियन्त्रण गर्दछ । सरीरमा हुने डिएनए मिथाइलेसन नामक रासायनिक प्रतिक्रियाको माध्यमबाट जिनका केही भागमा प्रभाव स्थापित गरी कोशिकाहरुको कार्यप्रणाली सन्तुलित गर्ने तथा क्यान्सर कोषको विकाश रोक्ने काम गर्छ । त्यसकारण हरियो सागपातको नियमित तथा यथेष्ट सेवन क्यान्सर लगायतका विभिन्न खाले रोगको खतरा कम गर्न अति महत्वपर्ूण्ा हुन्छ । हरियो सागपात तथा रेशादार खानेकुराको नियमित भोजनले स्तन क्यान्सर, रक्त क्यान्सर जस्ता खतरनाक क्यान्सरको खतरा पनि कम गर्छ ।
थाहा पाउनैपर्ने कुरा के छ भने, यस्ता सागपात पकाउँदा धेरैबेर पकाउनु भने हुँदैन । धेरै पकाइयो भने त्यसमा भएको भिटामिन सी तथा फोलेट जस्ता उपयोगी तत्व नास हुन्छन् । केवल हरियो सागपात मात्र होइन केही रेशादार खाद्यपदार्थहरु पनि क्यान्सर प्रतिरोधी गुणले युक्त हुन्छन् । अदुवाले रगतमा सुगरको मात्रा घटाउँछ, लसुनलेे रगतमा चिल्लोको मात्रा घटाउँछ भने बेसारले सुजन नियन्त्रण गर्न सघाउ पुराउँछ । यावत् पदार्थहरु हाम्रो दैनिक भोजनमा यथेष्ट मात्रामा समावेश गर्ने हो भने क्यान्सर जस्ता असाध्य रोगका साथै अरु विभिन्न खाले स्वास्थ्य समस्याको जोखिम पनि कम हुने कुरा क्लिनिकल एपिजेनेटिक्स जर्नलमा छापिएको छ ।
|
त्यसो त् 'छुवाछूत मुक्त' घोषणा गरिएको एक दशक हुन् लाग्दा पनि लोकतान्त्रिक गणतान्त्रिक नेपालमा दलित समुदाय माथि हुने दुव्र्यवहार र मानव अधिकार हनन्का अमानवीय घटना दोहोरिइरहेका तेहरीइरहेका छन् । कतै सिनु नफालेको निहुँमा दलितहरू नाकाबन्दी गरिएका छन , कतै चुल्हो छोएको निहुँमा मारिएका छन ,कतै जात थाहा पाएर घर बेटीले निकालि दिएका छन त् कतै बोक्शिको आरोपमा दलित समुदाय का महिला लाइ मलमुत्र खुवाएका छन । कतै अन्तरजातीय विवाहका कारण राणा साशन कालमा जस्तो देश निकाला भएका छन् त् कतै खुटा भाचिएका छन् त् कतै मारिएका छन् । मुलुकमा दलित माथिको अत्याचार यो कुनै नौलो होइन, दलितहरु यी भन्दा पनि कति कति जघन्य अपराध सहेर बसेका छन् । नेपाली समाजमा दलित समुदायको स्वाभिमान र निष्ठामाथि कति सम्म अमानवीय ढंगले आघात पुगी रहेको छ भनेर यी र यस्ता घटनाले छुवाछुत मुक्त राष्ट्र भित्रका सबै नागरिकलाई चुनौतीपूर्ण प्रश्न तेस्र्याइदिएको छ । कानुनी रूपमा छुवाछूत मुक्त' घोषणा भएको छ भन्ने कुरालाई कुरी कुरी गरि रहेको छ ।
मुलुकमा हुने प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा जात, जाति, वशं, समुदाय वा पेशाका आधारमा छुवाछुत तथा भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गर्न तथा कुनै पनि स्थानमा गरिने छुवाछुत, बहिष्कार, प्रतिबन्ध, निष्काशन, अवहेलना वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई दण्डनीय बनाई त्यस्तो कार्यबाट पीडित व्यक्तिलाई राहत दिन नेपालको अन्तरिम संविधानको धारा १४ मा छुवाछुत विरुद्धको हक अर्थात् नेपालको अन्तरिम संविधान २०६३ को धारा ८३ बमोजिमको जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ समेत बनेको छ ।राज्यमा कथित दलित समुदायको नैसर्गिक हक र स्वतन्त्रताहरुको प्रत्याभूति राज्यको संविधानद्वारा आफ्ना धाराहरुमा प्रदत्त भएको पनि छ । तर हाम्रो समाजमा कथित दलित अछूतहरू वर्गहरुका साथ सामाजिक अन्याय भइरहेको छ । कागजी समानता र कानुनमा लेखिएको दण्ड पर्याप्त हुँदो रहेनछ । मुलुकमा लगभग एक चौथाई जनसंख्या रहेको दलित समुदाय को उत्पीडनको दन्केको आगोलाई भिजेको लुगाले छोप्ने उपाय जस्तै भएको छ जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाय । दलितहरूले होच्याएर अपाच्य शब्द बोल्दा त्यसप्रति कुनै उजुरबाजुर हुँदैन । कतिपय प्रहरी प्रसासन नै जानिबुझी मौन बस्नाले झन् विभेदमा जातीय भेदभाव गर्न मलजल पुगेको छ ।कारवाही भएका बहु संखय्क उजुरीहरु सकभर प्रहरी प्रशाशन र समाजका टाठाबाठाको दबाबमा मिला पत्रमा टुंगाउने गरिन्छ। दलित माथीको दुर्ब्यवाहर्लाई सजाय हुने बिषयलाई मिलापत्रमा टुंग्याउने अन्यायपूर्ण र विभेदपूर्ण सस्कार बसाउने प्रशाशन र समाजका टाठाबाठाको बारेमा यो घटनाले सोच्न बाध्य पारेको छ ।यस्तो कानुनी व्यवस्थाको पछाडि जुन समाजमा समानताको स्थिति हुँदैन, व्यक्तिलाई सम्मानपूर्वक सँगै बस्ने अवसर प्राप्त हुँदैन, ती तिरस्कृत व्यक्तिहरू परपर हुँदै जान्छन् । सँगै बस्दा पनि रुष्ट र असन्तुष्ट हुन्छन् । र यसरि नै प्रतिसोध्को आगो आफु भित्र दन्काएर बसेका हुन्छन ।जसको पछिलो उदाहरण दलित भन्ने थाहा भए देखि सुरु भएको भेदभावको कारण बनेको बदलाको भावनाले अन्ततोगत्वा यो एसिड काण्ड अपराधले जन्म लिएको देखिन्छ ।
दलित समस्या राजनैतिक, सांस्कृतिक, आर्थिक सामाजिक रुपमा ब्यबहारिक परिवर्तन र नितान्त रुपान्तरणसँग गाँसिएको एजेण्डा हो । त्यसकारण हामीले ब्यबहारिक रुपमा जातिपातिको नाउँमा उँचनीचको वितण्डा खडा गर्ने अन्यायपूर्ण भेदभावसँग जुझ्नुपर्छ । हरेक व्यक्तिले स्वाभिमानीपूर्वक बाँच्न पाउनु उसको नैसर्गिक हक र अधिकार पनि हो र दलितहरूका सवालमा यो प्रसंग लागू नहुन भन्ने प्रश्नै रहँदैन । तर साँच्चै समताका लागि हामी सवैले आज बाट ब्यबहारिक काम गर्नु पर्ने खाँचो छ । प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाजका नाममा , राजनीतिक आर्थिक सामाजिकको नाममा उत्पीडित वर्ग एउटा तहवाट अहिलेसम्म खासै माथि उठ्न सकेको छैन् । त्यहि भएर समानताका लागि सवभन्दा पहिला सर्वहितको सिदान्त चाहिन्छ । विभेदकारी सवै दर्शन र सिदान्तहरु समाज बाट सबै मिलि हटाउन समाजलाई हेर्ने दृष्टिकोण सहि मात्र हैन एक पनि हुनुपर्छ । हामी विच विभाजन कसले ? कसरी ? र किन गरे भन्ने सवालमा वृहत खोज राष्ट्र बाट पहिलो आवश्यक्ता साथ् हुनु पर्छ । त्यसपछि विभेदका जरा नै उखेल्न के गर्नुपर्छ सुत्र पता लगाउँनुपर्छ ।विभेदका सिमानाहरु मेटाउँनै पर्छ हामीले ।कानुनमा राखेको धाराले दलित मुक्तिको ढोका खोल्न र विभेदका जरा उखेल्न सक्दैन तसर्थ दलित समुदायको मात्र समस्या नभई समग्र रास्ट्रको समस्या हो भने बुझेर दलित गैर-दलितले पनि यो कुरोलाई उठाउने र यो सामाजिक विभेदको बिरुद्दमा उभिने हो भने बल्ल आमूल परिवर्तनकारी तथा रुपान्तरणकारी ब्यबहारिक मार्गबाट दलित समश्याको सम्बोधन हुन सक्छ, छुवाछुत र उत्पीडन निर्मुल प्रभावकारी ढंगले हुन सक्छ , नत्र केहि हुन्न ।
२१ औ शताब्दिको आधुनिक विकासको मार्गमा तीव्र रूपले दौडिरहेको यो देशलाई नयाँ नेपालको मार्गमा जानवाट समाज व्यवस्था भित्रका विभेदको समस्याले पनि वञ्चित गरिरहेको छ । अत एक चौथाई जनसंख्या रहेका मुलुकका दलितहरुको आत्म स्वाभिमान र अस्मिता जोगाउन , दलित समस्या अर्थात् रास्ट्रको समस्या निराकरण गर्न राजनीतिक दल, मानवअधिकारवादी, दलित गैर दलित संघसंस्थाहरु , नागरिक समाज, आमसञ्चारकर्मी लगायत सरोकारवालाहरु सबै मिलि अब दबाब दिने बेला आइसकेको छ ।
साभार :-
एसिड काण्ड र कागजी समानता(esamata.com/np )
www.pardeshikhabar.com
पछिल्ला केही महिनामा स्वाईन फ्लु को कारणले विश्वभर थुप्रै मानिसहरुको मृत्यु भईसकेको छ। केही दिन मात्र अगाडी नेपालमा समेत स्वाइन फ्लुको कारण मृत्यु भएको छ ।नेपालस“ग सीमा जोडिएका कारण तथा नेपाल भारतबीच खुल्ला सीमाका कारण नेपालमा संक्रमणको खतरा अधिक छ । तर यदी चाहानु भयो तपाइले स्वाईन फ्लु माथी विजय पाउन सक्नुहुन्छ । यसको लागी यस बारे जानकारी लिनु धेरै जरुरी छ। यसको बारेमा जानकारी लिएर तपाई पनी स्वाईन फ्लु बाट सचेत बन्न सक्नुहुन्छ । त्यसो भए के गर्ने त ? हामीले यसबारे केही जानकारी दिने प्रयास गरेका छौं ।
स्वाइन फ्लू के हो ?:- स्वाईन फ्लु एक खतरनाक भाइरस हो जुन सुगुरको कारण फैलिने गर्दछ । सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्राज इलाकाको सुगु“र फार्ममा सबैभन्दा पहिले देखिएको थियो । यसलाई कतै–कतै सुगुर ज्वरो पनि भन्ने गरिन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन ।
– H1N1
– H1N2
– H3N2
– H3N1
जस मध्ये अहिले ज्ज्ञल्ज्ञ जुन सबैभन्दा खतरनाक भाइरस हो त्यसैको सक्रमण संसारका करिब दुई सय देशहरुमा देखिइसकेको छ । प्रयोगशालामा गरिएको परीक्षणहरु बाट यो रोगको भाइरसको जीन उत्तरी अमेरिकाका सुंगुरमा पाइने जीनजस्तो भएको पत्ता लागेको थियो। जसका कारण यसलाई स्वाइन फ्लू भन्न थालिएको हो ।
कसरी फैलन्छ स्वाइन फ्लू ?:- सर्वप्रथम त सु“गुर को सम्पर्कमा नियमित रहिरहने मानिसहरुमा सु“गुरबाट यो भाइरस सर्ने गर्दछ । त्यसपछि स्वाइन फ्लू प्रभावित व्यक्तीहरुको सम्पर्कमा आउ“दा हावाबाट सर्ने गर्दछ । स्वाइनफ्लुको किटाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ ।रोगीले कुरा गर्दा, खोक्दा वा हाच्छिउ गर्दा किटाणु युक्त स–साना पानीको नदेखिने कण वातावरणमा फैलिन्छ । यस बाहेक घर वा सार्वजनिक स्थानमा दिनहु“ उपयोगमा आउने वस्तुमा समेत किटाणु हुन सक्छन् । ढोकाको हेन्डिल, टी.भी.को रिमोट कन्ट्रोल, हात राखेर हिडने रेलिङ, बसको गेटमा भएको हेन्डिल, कम्प्युटरको कि–बोर्ड, आदि सतहमा विÈाणु घन्टौं जीवित रहन सक्छन् ।
यसका लक्षणहरु के–के हुन त ?:- यसको लक्षण सामान्य रुघा खोकी स“ग मिल्दो जुल्दो हुन्छ तर रगतको परिक्षण बाटमात्र यो पत्ता लगाउन सकिन्छ । स्वाइन फ्लु भए ज्वरो आउने, घा“टी दुख्ने, जीउ दुख्ने, थकाइ लाग्नेजस्ता लक्षणदेखिन्छ । सास लिन कठिनाइ, वान्ता, झाडापखाला समेत हुन सक्छ ।
उपचार र बचावटका उपायहरु :- यदी शुरुवाती दिनहरुमा नै यस रोगको पहिचान हुन सकेमा यस रोगको उपचार केही हद सम्म सम्भव छ । यदी नेपालमा यसको संक्रमण्ँ भेटिएमा नेपाल सरकारले काठमाडौमा यसको उपचारका लागि विशेस प्रबन्ध गरेको छ ।यसबाट बच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा–सुग्गर रहनु नै हो । सार्वजनिक स्थानहरुमा जा“दा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउ“ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही उपायहरु हुन किनकी फोहोरबाट भाइरस छिटै फैलिन सक्छ ।