....आखिर दोषी को ? - गोपाल सिवा

१६ पौष - सामाजिक सञ्जालको फैलिँदो आकर्षणसँगै सामाजिक व्यवहारको आदानप्रदान खुम्चिएर ‘भर्चुअल पाथ’ मा कैद हुँदै गएको छ। जे छ दुनियाँ फेसबुक नै छ भन्ने मनस्थितिले जरो गाड्दै गएको छ फलस्वरूप एउटा शिक्षित पुस्तामा समेत सामाजिक सञ्जाल लभ अफेयर प्रमाणित गराउने एउटा गतिलो साधन भएको छ । केहि समय अघि जुकरबग क्याफेको भित्तामा यस्तै प्रमाणित गराएको देखियो । नेपाली समाजमा जाने मानेका केहि हस्तीले खुलमखुला बहु विवाहको ताज आफै लगाएको देखियो । सामाजिक ब्यक्तित्व बनी सकेका यिनले गरेको अभिमान नेपाली समाजमा कानूनत स्वीकार्य हुन सक्ने विषय होइन र हुन सक्दैन । जुकरबग क्याफेको भित्तामा पोखिएको सोच र चिन्तलाई पुरुषको दोष भन्ने कि महिलाको ? मैले अझै नृकियौल गर्न सकेको छैन ।सरसरती हेर्दा एकातीर महिलामाथि जाने बुझेकै महिला बाट सौता बनेर जादा शोषण हुदो रहेछ भन्ने प्रमाणित भएको छ भने अर्कोतीर पहुच , सम्पति र बौद्विक जमात भनेर चिनिएका पुरुषहरुले महिलालाई खेलौनाको साधनको रुपमा उपभोग गर्दा नि हुदो रहेछ भन्ने जस्ता बहस पुरुषहरु र महिलाहरुको सवालमा केन्द्रीत गराएको छ । महिलालाई खेलौना सम्झिने यी बौद्विक जमातको होडवाजीले आउदा दिनमा श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा भन्दै समता मूलक समाजको परिकल्पना गर्ने हामी नेपालीको सोच भएको नेपाली समाज लाई कहाँ पुर्‍याउने हो भन्ने चिन्ता थपिएको छ ।
त्यसो त विधमान नेपालको कानून लाइ हेर्ने हो भने बहुविवाह गर्नेलाई अहिले मुलुकी ऐन अनुसार सजाय हुन्छ। मुलुकी ऐनको बिहावारी महल अनुसार कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी जीवित छंदै वा कानून बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नहुँदै अर्की स्वास्नी मानिससँग विवाह गरे वा अर्की स्वास्नी राखे एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना समेत हुने व्यवस्था छ। पहिलो श्रीमती भएको थाहा पाई पाई त्यस्तो विवाह गर्ने वा स्वास्नी बन्न जान्नेलाई पनि उति नै सजाय हुने व्यवस्था छ।२०५८ सालमा ऐन संशोधन गरी सजाय बढाइएको हो। नत्र २०२२ सालमा लागू भएको ऐनमा एक महिनादेखि दुई महिनासम्म कैद र एक हजार रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म जरिबाना मात्र हुने व्यवस्था थियो। वहुविवाह विरोधी कानून आएको पाँच दशक नाघिसक्दापनि बहुविवाहको प्रवृत्ति प्रचलनमै रहेकाले सरकारले अब नया संबिधान अन्तर्गत बिहेवारीका महलका विभिन्न प्रवाधानहरु पनि संशेधन गदैछ । जसअनुसार ‘लोग्ने र स्वास्नी अंशबण्डा भई भिन्न बसेको अवस्थामा बाहेक’ अर्को विवाह गर्न पाइने छैन भनी दफा ल्याउन लागेको छ ।परिवर्तित दफा बुझेका सुनेका पढ़े लेखेका, जाने बुझेका ,लैङ्गिक समानताका कुरा गर्नेहरु नै फेरी किन त सार्वजनिक रुपमा  खुलमखुला बहु विवाहको ताज लगाउछन ?बहसको लागि तर्क र विचार अनेक हुन सक्छन । तर नि एउटा प्रश्न जीवन्त रहन्छ आखिर दोषी को ?

एकातिर नेपाली समाजका बहुसंख्यक महिलाले सधैँभरि आफ्नो शत्रु पुरुष सिवाय कसैलाई देखेनन् । महिलाको भविष्य बिगार्ने, महिलामाथि थिचोमिचो र अन्याय–अत्याचार गर्ने, महिलामाथि हिंसा थोपर्ने काम पुरुषबाहेक कसैले गर्न सक्दैन भन्ने ठोकुवा गर्न पनि महिला पछि परेका छैनन । अझ एउटी महिलामाथि अर्की महिला नै सौता भएर आउँछे,तर त्यसको मुख्य पात्र त पुरुष नै हो भन्छन । पितृसत्तामक समाज भएकाले महिला माथी पुरूषले केहि हद बढ़ी अन्याय गरेको छ । विवेक गुमाएको छ । तर के यो काममा एउटी नारी माथी पुरूषलाई अन्याय गर्न सहयोग गर्ने भुमिका अर्की नारीले नै गरेकी छैन ? उसले म जस्तै नारी हो उसलाई परेको दुःख मलाई जस्तै नै हो भन्ने सोच नभई सौता किन बन्छे ? बहु संख्यक ठाउमा बास्तबिकता बुझेर पनि एउटि नारी माथी सौता बनेर आउने नारीहरूले नै किन गरेको छन ? आजसम्म न कुनै महिला अधिकारवादीले महिलाले महिलामाथि गरेको हिंसाको सवालमा आवाज उठाए न त अन्य महिलाले नै यसबारे बोल्न आँट गरे । आँट र हिम्मत गरे पुरुषमाथि दोष थोपर्न मात्र । महिलाले जतिसुकै वा जस्तोसुकै गाह्रो काम गर्नु परेपनि दुःख नहुने तर सौता भन्ने चिज मुटुको किला भएकाले यो भन्दा अर्को ठूलो चोट महिलाको लागि जिन्दगीमा अरु केही हुनै सक्दैन भन्ने यो समाजमा घरमा श्रीमती बाल बच्चा देख्दा देख्दै सौता आउने महिलाको दृष्टिभ्रम हो कि होइन ? महिलाले आफ्ना कमजोरी कहिल्य उजागर गर्ने ? अर्काको सुन्दर घरबार भताभुंग बनाऊंन भुसको आगो जस्तै बनेर सौता बनेर आज आउने जो कोहीलाइ यौवनको प्यास मेट्दै हिड्ने यही पुरुष बाट यही ब्यबहार भोली आफुमाथि दोहोरिन सक्छ भनेर सोचने कहिले ? जानी जानी भीरबाट हाम्फाल्दा भोली पुर्पुरो समातेर रुनु बाहेक कुनै उपाय बचेको हुन्न । तसर्थ सौता भई कान्छीको माया पाउने हिसाबले आउने सवै सौताहरुमा जीवनबृत्तिको हिसाबले सोचने सोच आओस ।

त्यस्तै गरी “मारे पाप, पाले पुण्य”भन्दै घरपरिवारले कन्यादान गरेर दिनुको अर्थ यो धर्तीमा चाहिँ उजुरी गर्दैनौँ भनेको होइन । नेपालको तथ्याङ हेर्ने हो भने अधिकाशं महिलाहरु अधिकारबाट बञ्चित र गरिबीको रेखामुनि रहेका छन् । नेपाली महिलाहरुको आर्थिक जीवनस्तर अझै उस्किन सकेको छैन ।बहुसंख्यक महिलाहरुलाई समाजले यसरी पाठ पढाएको छ कि उनीहरु पुरुषलाई नै सबैथोक ठान्छन् र दाजु-भाइ, लोग्ने, छोरा कै उन्नती र प्रगतिका लागि आफ्नो सारा बल-बुद्धी र रगत-पसिना खर्चिन्छन्। उनीहरुलाई खुशी राख्नु र उनीहरुका नामसँग आफ्नो नाम जोडिनुलाई नै जिवनकै सम्पुर्ण र सबै भन्दा ठुलो उपलब्धी ठान्दछन् । श्रीमानले सौता ल्याई दीदा पनि घरपरिवारको सेवागर्नु र कुनैपनि असमझदारी आउन नदिनु उनीहरुको प्राकृतिक दायित्व हो भनेर जंतर बाधेर बसेका छन। तर पुरुष संग आफ्नो नाम जोडिदैमा र पुरुषलाई दोष लगाउदैमा आफू चोखो होइदैन भन्ने कुरा महिलाहरुले बुझ्नु पर्दछ । महिलाहरुलाई अधिकारबाट बञ्चित गराउनको लागि सामाजिक संस्कार र संस्कृति बाधक रहेको विषयमा कसैको पनि विमति छैन ।हजारौं हजार बर्ष सम्म चलेको सामन्ती संस्कारले  हाम्रो समाजमा महिलालाई पनि निक्कै कसेर बाँधेको छ । तर आफूमाथि अन्याय गरी बहुविवाह गर्नेलाई कानुनको कठघरामा उभ्याएर कारबाही हुन्छ भन्ने थाहा पाएर मिलेर बस्छु , जे भए पनि भई हाल्यो भनेर मौन नबसौ। 
अर्को तिर घर की श्रीमतीलाई परनिर्भर बनाइराखेर दासत्व सोच पालने पुरुषहरुले अहिले सम्म महिलालाई खेलौनाको साधनको रुपमा उपभोग गर्दै आएका छन । महिलालाई चुलाचौकाबाट बाहिर निस्कन दिनु हुँदैन भनेर सामान्तवादी सोच र चिन्तन पालेका पुरुषहरु जति सुकै बौद्विक भए पनि श्रीमती भनेको आफ्नो यौन चाहना मेटाउने खेलौना हो र चुपचाप दास जस्तै बनेर घर सजाओस , आफुलाई साथ दियोस र आफुले चाहेको बेलामा पिरतीको छाता ओढ़ीदियोस भने कुल्सित मानसिकता पालेर बसेका छन ।पछिलो समय सामाजिक सञ्जालमा देखिएको प्रेम समाजको कलंक हो बिकृति हो मैले अझै बुझेको छैन । के बिबाह भनेको लैनो भैँसी किन्नु र थारो भएपछि बेचेर पुनः अर्को किन्ने जस्तो हो ? फेरी किन ८ / १० बर्ष सम्म घरजम गरेर बसेको जोडी छुटिएर एक दुइ बर्ष बिदेश धन कमाउन लाग्न साथ दुइ बर्ष बिदेश बस्दैमा ,अर्कैसंग भेट हुँदैमा श्रीमती/श्रीमान घोषित भएर सामाजिक संजाल भरी किन पोखिएका छन ? मर्द को छोरा हु भन्दै सौता हाल्ने पुरुषहरुले माने पनि नमाने पनि आफ्नो पतन आफै निम्त्याएका छन । अझ आफ्नी श्रीमती कसै संग बोलि भने, कसै संग लसपस गरेको शंखा भयो भने श्रीमतीलाई गोर्खे लौरो कसेर सिस्नु पानी लगाउने पुरुषलाई ले पाएको छूट देखेर त छक्क लाग्छ ।
केहि महीना अघि मेरा एक बौद्विक मित्रले संस्कारको हवाला दिदै हाकाहाकी दुवै श्रीमतीलाई मिलाएर राखेको कथा मलाई सुनाए । संस्कार, संस्कृति, परम्परा जोगाउने नाममा पुरुषलाई मात्र सौता ल्याउन छूट हुने कस्तो संस्कार ? कस्तो धर्म ? मैले अझै सम्म बुझेको छैन । तर यति बुझेको छू तपाई जस्तो समाजको सबैभन्दा चेतनशील तप्का भएर संस्कार र संस्कृतिको आधारभूत पक्ष ठीक छ तर सहायक पक्ष मात्र बेठीक छ भने त्यसको खराब पक्ष झिकेर आधारभूत पक्षलाई दीर्घजीवी बनाउन सुधार गर्नुपर्छ । म ठोकुवा गरेर भन्छु कुनै पनि धर्मको ग्रन्थमा महिलालाई अन्याय हुने कार्य गर्न उल्लेख गरिएको छैन । यो त तपाई जस्ता धर्मका व्याख्याताले गलत व्याख्या गरेर बिगारेका हुन् ।’
अन्त्यमा , देशमा राष्ट्रपति , सभामुख र प्रधान न्यायाधीस महिला बने भनेर गर्व गरे पनि अझै सम्म पनि पुरुष प्रधान समाज भएको हाम्रो मुलुकमा धेरै रीति-थीति र नियम-कानुनहरु पुरुषलाई सर्बोपरि अर्थात पहिलो दर्जाको नागरिक र महिलालाई दोस्रो दर्जाको नागरिक मानेर तयार गरिएका छन्। आधा आकास ढाक्ने महिलाहरुले आफु माथि अत्याचार हुदा पनि स्वीकार गर्न बाध्य पार्ने सौता संग मिलेर बसन दबाब दिने तिनै समाजका पितृसत्तात्मक सोचहरु हूँन जसले हिजो आफु मरे सँगै श्रीमतीलाइ सती पठाउने संस्कार चलाए ।अहिले सम्म पनि समाजका जानेमानेका पुरुषहरु नै महिलालाई कृपा र सहानुभुतिको पात्र सम्झेर ब्याबहार गर्दै आएका छन भन्दा गलत हुने छैन ।
बिवाह दुई निर्दोष आत्माहरुको संगम हो , बिबाह जीवनको एउटा यस्तो मोड़ हो जसले भविष्यको पूर्वधार खड़ा गर्न उक्साउछ त्यसैले अब पुरुषलाई बहु बिबाह गर्नु हुन्न भन्न सक्ने हाम्रो समाजले , सौता बन्नु हुन्न भनेर महिला लाइ पनि अब सिकाऊन ढीला गर्नु हुन्न । समाजका बौद्विक भनिएर चिनिएका, स्थापित भएका र आधार स्तम्भ बनाएकाहरुले व्यक्तिगत आचरण र अभ्यास समाजमा अनुकरणीय बनाउन बोलेर मात्र हैं ब्यबहारले पनि गरौ ।केहि महीना अघि कलाकारिताको माध्यमवाट नेपाली कला संस्कृति र साहित्यको प्रवद्र्धन गरि समाज र राष्ट्रको पहिचान अभिवृद्धि गर्न सचेत र सक्रिय रहेका नेपाली चलचित्रका कलाकारहरुले बहु बिबाह गर्न नपाउने आचार संहिता बनाएर केहि समय अघि देखि आफैमा लागू गरेका छन । यसरी नै समाजमा स्थापित भएका परिचित भएका तपाईहरुले समाजमा उदाहरणनीय भएर देखाउनु पर्यो जसले गर्दा हाम्रो भावी पिढीले तपाईहरुको सामाजिक जागरणलाइ अनुसरण  गर्न सकूँन। इति~ह्यापि न्यू ईयर २०१७ सवैमा ~ 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.