नयाँ नेपाल ,धुर्मुससुन्तली र हाम्रो मौनता - गोपाल सिवा
सवैले पछिलो केहि बर्ष देखि नयाँ नेपाल बनाउ भन्दै एक किसिमको कोरस गरिरहेका छन् । गाडीको पछिल्ल तिर मुक्तक र कवितामा ढालेर नयाँ नेपालको गुनगान लेखिएको छ । अनेकै राजनीतिक आस्था राख्ने नयाँ पुराना सवै नेताले नयाँ नेपाल भन्ने शिर्षकमा कयौ घण्टा भाषण गरेर नथाक्नेको पनि छन । कयौ कलमबिरले कयौ लेख नयाँ नेपालको बारेमा लेखेका छन । सामाजिक विभेद र कुण्ठामा जकडिएर परिवर्तन कुरेर बसेको समाजमा नयाँ नेपाल नयाँ सोच बोकेर आशाको किरण बनेर आएको पक्कै हो तर नयाँ नेपाल आखिरी बनाउने कसले त् ?
जब नेपालमा गणतन्त्रको प्रादुभाव भयो नयाँ नेपालको बारेमा पछिला समय सविधान बनाउन सफल भएका दलहरुले नेतागणहरुले कागजमा सबै कुरा योजनावद्व तरिकाले लेखिएको सुनाए हामी अचम्म मान्यौ ।जनतालाई छक्का पन्जा गर्न अभिसप्त भएका हाम्रा नेतागणहरुको बहुमतको हाबी भयो , एकै बोलि भयो...नयाँ नेपाल नयाँ नेपाल अब बन्छ नयाँ नेपाल । हामीलाई पनि लाग्यो अहिले सम्मको पुरानो नेपाल हुन् त् राजतन्त्र पो बाधक भएको रहेछ !
हामीले स्वीकारे पनि नस्विकारे पनि थपी थपी बर्णन गरे पनि नयाँ नेपालको बर्णन गरेर फकाइ फुलाइ देशलाई थुप्रै अबगुणको थुप्रो बिछ्याएर गणतन्त्रका महाराजहरुले, नेता र राजनीतिक दलले नयाँ नेपाल भन्दा पनि पुरानै नेपाल ठिक भन्ने मानसिकता जनतामा उमारेका छन् । नयाँ नेपाल बनाउने भन्दै परिवर्तनको लागी देशको माया गर्न सिकाउनेहरु आज नायक हैन हुत्तीहाराहरु भएका छन जो सत्ता भन्दा प्यारो देश हैन भन्ने मानसिकता मा बाचेका छन । इतिहासलाई हेर्ने हो भने प्रजातन्त्रको लागि २००७ सालमा भएको परिवर्तनको क्रान्ति होस् चाहे २०४६ सालको परिवर्तनको क्रान्ति होस् चाहे २०६२/६३ सालमा गरिएको परिवर्तनको क्रान्ति होस् नेपालको मुहार फेरिन्छ कि भनेर ,नयाँ नेपाल बन्छ कि भनेर सबै क्रान्ति आन्दोलन परिवर्तनका लागी गरियो, जनताले साथ् दिए , कति सहिद बने ,कति टुहुरा बने, कति अंगभंग भए । फेरी पनि सबै क्रान्ति सफल भए । तर देश नयाँ हैन झन् झन् पुरानो हुदै गयो ।अहिले सम्म क्रान्ति र आन्दोलन बाट बाँचेकाहरुले त्यस्तो कुनै परिवर्तनको आभास गर्न सम्म पाएका छैनन् । पछिल्ला दिनहरुमा नया नेपालको नाउँमा यति विकृतिहरुको विकास भएको छ कि त्यसको कुनै लेखाजोखा छैन । परिवर्तनको लागी देशको माया बोकेर २००७ साल देखि ६२/६३ साल सम्मका क्रान्तिको बिकुल फुक्दै सोझा जनतालाइ युद्ध भुमीमा लडाउन उस्काउने नेतृत्व वर्ग आज राजा महाराज भन्दा पनि बढी सम्पन्न भएर गणतन्त्रका महाराजा बनेका छन् । देशको बागडोर सम्हालेका छन् । फेरी पनि नयाँ नेपाल बनाउने पुराण सुनाएर अझै हिडेका छन् । अझ नेपालको इतिहास बुझेका गणतन्त्रका महाराजहरुले त झन राणा काल सँग देखि देश बन्न नसकेको बखान गर्न समेत पछि पर्दैनन । हाम्रा आस्थाका दल र दलका नेताहरूले गाउने यस्ता अनगिन्ती गाथाको लामो सूची नै छ जसमा हामीले कोरस गरेका छौ । तर यो सूची नारामा मात्र सिमित हुनुले नया नेपाल भन्दै पुरानो बोतलमा नयाँ स्वादको रक्सि राख्दै राजनीतिक गरेको भन्दा अतियुक्ति नहोला ।
विनाशकारी भूकम्पमा नेपाली जनता थिलथिलिएको झन्डै १८ महिना भइसकेको छ । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने भनेर आयोग समेत बनि सकेको छ तर पुनर्निर्माणको काम कति भयो आम जनताको अघि घाम जस्तै छर्लंग छ । १७ अर्ब रुपैयाँको बजेट पनि विनियोजन भएर पनि भूकम्पपीडित जनताले जवाफदेहिता, पारदर्शितासहितको पुनर्निर्माणमार्फतअझै कति जनताले राहत पाउन सकेका छैन्नन ।भूकम्प पीडितहरुका लागि सरकारले एकीकृत वस्ती बनाउनका लागि दीर्घकालिन आवासीय योजना कागजमा बनाइरहँदा काभ्रेको काभ्रेपलाञ्चोक भगवती मन्दिर नजिक रहेको पहरी बस्तीमा बनाएको ‘धुर्मुस सुन्तली एकीकृत नमूना बस्ती’ स्थानीय २० पहरी घरपरिवारलाई घर बनाएर हस्तान्तरण गरे । यसै साता मात्र मेलम्ची ८, सिन्धुपाल्चोकस्थीत गिरान्चौर एकिकृत नमुना बस्तीमा ६५ भूकम्प पिडित घरपरिवारलाई घर बनाएर हस्तान्तरण गरे । पुनर्निर्माण गर्न सरकारको योजना कोइराला सरकार, ओली सरकार, प्रचण्ड सरकार हुदै परिवर्तन हुदैछ। पुनर्निर्माण कछुवाको गतिमा हिडिरहेको आम जनताले प्रस्ट देखिरहेका छन् । कहाँबाट, कसरी, कुन मोडलमा पुनर्निर्माण सुरु गर्ने भन्नेमा सरकार अझै पनि धेरै प्रस्ट हुनसकेको छैन । निर्माणको जिम्मा कस्ले कसरि हुने र लिने भन्ने प्रश्न तर्सिरहेको बेला धुर्मुस सुन्तलीले नीति निर्माणमा नयाँ सोच र आयाम थपिदिए ,केवल कलाकारिता नभई मानवीय संवेदनाको एउटा रुप समेत हुने उदाहरण धुर्मुस र सुन्तलीले प्रस्तुत गरे र सरकारको कागजी योजनाहरुलाई कुरीकुरी बनाउदै अब देश बनाउने जीमा आफुले लिने प्रतिबध्ता गरे । जनताको काम गर्न सपथ खानेहरुले कुचोले बढालनु पर्ने कसिंगर हावाले उड़ाई बेश गर्यो भनेर झैँ धुर्मुससुन्तलीले थालेको गरेको प्रयास लाइ बक्सिसको रुपमा ग्रहण गर्ने हुन या जिम्मेवारीको रुपमा मनन गर्ने हुन, त्यो भने आउदो दिनमा हेर्न बाँकी छ । तर निचोडमा भन्नु पर्दा यसरि राहत र परिवर्तनको आशा बोकेर बसेका भूकम्प पिडितको मुहारमा ब्यबहारिक रुपमा केहि गरेका कारण आज भोलि यो देश बनाउन कति जोडी धुर्मुससुन्तली चाहिएला भनेर औलामा गन्ति गर्न र खोज्न थालिएको छ ।
एकातिर नया नेपाल बनाउ भन्ने परिवर्तनको कसम खाएर सहिदको रगत र नेपाली जनताको पसिनाको मलजलले हुर्केका नेता र नीति नियम बनाउनेहरु राजनीतिक बहसमा मात्र रुमल्लिँदा भुइँचालोले ल्याएको विनाश र पुनर्निर्माण ओझेलमा परेको छ ।अर्को तिर नया नेपाल बनाउ भन्ने आम जनशक्ति कस्तुरी झैँ भौतारी रहेका छन धुर्मुससुन्तलीको खोजीमा , नया नेपाल देख्ने चाहनामा ,अरुले बनाइदेलाकि भन्ने बहानामा ।बिहानीको किरण संगै सुरुवात गरिएन भने अस्ताउन लागेको सूर्य हेरेर जति कसिए पनि काम पुरा हुदैन भने झैँ हातमा नया नेपाल बनाउने साचो हुदा हुदै घनले साचो फुटाउने मुर्खता गरेर हामि यो देश बनाउन कति धुर्मुससुन्तली चाहिएला भनेर औलामा हिसाब किताब गर्दैछौ । हो हाम्रा अगाडी नया नेपाल बनाउने अवसरहरु छन, चुनौतीहरु छन तर सवै भन्दा बढी दृढ ,ब्यबहारिक इच्छा शक्तिको कमिका लाम छन् । धुर्मुसले पछिलो समय गिरान्चौर एकिकृत नमुना बस्ती हस्तान्तरण गरि सके पछी हामीले नगरेरै देश नबनेको हो, गरे बनाउन सकिन्छ भनेर हामि सवैलाई अभिप्रेरित गरेका छन्।
भूकम्प पीडितहरु के गर्ने स्थायी रुपमा बसोबास व्यवस्था कसरी गर्ने होला भन्ने चिन्ताको विषय अझै पनि ज्युको त्यु छ , राज्यको राहत सम्म नपुगेको अझै पनि धेरै ठाउहरु छन् । अत् सबैले समान रुपमा जीवन जिउन पाउनु पर्छ भन्ने भावनाको विकास गरौं यही नै मानवीय धर्म हो । एक पाखे झुपडीमा बस्ने देखि करोडपतीहरुलाई पनि प्रकृतिले रोडपती बनाएर को धनी को गरीव यसमा भेदभाव गर्नु व्यर्थ रहेछ भन्ने कुरा २०७२ साल बैशाख १२ गते आएको भूकम्पले सत्य सावित गराई दिएको छ । त्यसैले धुर्मुससुन्तलीहरु खोज्ने भन्दा पनि धुर्मुससुन्तलीले सिकाएको ,दिएको आत्माबिस्वास र अनुभवको मुल मर्म र उद्देश्यलाई बिर्सने काम नहोस भन्ने तर्फ हरेक नागरिकले सोच्नै पर्छ ।नया नेपाल बनाउने हो भने देशका हरेक नागरिकले परिवर्तनको सुरुवात् आफै भित्र बाट गरिनु पर्छ । त्यस्तै गरि राज्य हाक्ने र नीति नियम बनाउनेहरु पनि पुनर्निर्माणका आफ्ना नीति नियम लाइ कागजमा सिमित गराएर आफ्नै कर्मचारीको धन्यवाद थाप्ने भन्दा पनि धुर्मुससुन्तली बाट केहि सिक्नु पर्छ, पुनर्निर्माण नीति र त्यसलाई कार्यन्वयन गरिने बलियो ब्यबहारिक कार्यदिशा देखाउन अब तातिनै पर्छ ।
0 comments
Write Down Your Responses